Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Friday, March 27, 2009

0 ए एन ए सम्मेलन बिबाद किन ?

-शेखर ढुङेल्
क्यालिफोर्निया
उत्तर क्यालिफोर्निया हुन गै राखेको ए एन ए सम्मेलन २००९ को बारेमा बिभिन्न पत्र पत्रीका मा छापिये का समाचार र अन्तर्वाता ले एक पटक फेरी हाम्रो न बदलियेको प्रबिर्ती प्रती न त मस्तक हुनु परेको छ आखिर अहिले उठाइएको बिबाद को चुरो को समाधान त ए एन ए सम्मेलन आयोजक समिती गठन गर्न बर्कली मा बसेको स्थानिय संघ सस्था र सक्रिय सदस्य हरु को मिटिङ ले नै दिएको हो । त्यो मिटिङ मा ए एन ए सम्मेलन उत्तरि क्यालिफोर्निया मा गर्न हामी ले लेराएको भन्ने केही उतसाहित युबा हरु लाई ब्यक्ती को नेत्रित्व मा सस्था जादैन सस्था को नेत्रित्व मा नै आयोजना हुनु पर्दछ भनी सन्क्रामेन्तो देखी सान ओजे सम्म का सस्था र सदस्य को सहमति भै सस्था का प्रतिनिधि समेत ले मतदान मार्फत्त् यो आयोजक समिती गठन गरिएको हो । न्यान्सी को नाम मा लेराएको ले न्यान्सी कै नेत्रित्व मै हुनु पर्दछ भन्ने तर्क कसरी उचित होला जब कि यो एरिया मा अन्य सस्था पनि भएका ले सबै लाई समेटेर नै यो आयोजक समिती बनेको छ र समिती मा उप सम्योजक मध्य न्यान्सी का प्रमुख लगायत कुनै न रुप मा न्यान्सी का सदस्य कै सहभागिता पनि छ । दु:ख लाग्ने अर्को पाटो के भने ज जसले मतदान गरेर यो समिती बनाउन योगदान दिये उनी हरु नै बिरोध गर्दै छन ।
नेपाली हरु को सस्था न्यान्सी का एक जिम्मेवार सदस्य ले त आफ्नै पदिय गरिमा को समेत ख्याल नराखी ठेकेदार र दलाल हरु भनी आयोजक समिती माथि आरोप लगाये पीडित ले कानुनी उपचार खोजे के होला ? ए एन ए सम्मेलन को यो आयोजक समिती लाई ब्यक्ती बादी देख्नु वा कुनै एक सस्था ले मात्र अधिकार खोज्नु को औचित्य देखिदैन किन कि मतदान बाट निर्बाचित यो समिती मा सबै समेटिएका छन । शिप , अनुभब र इच्छा भ्एका को स्वस्फुर्त सहभागिता भन्दा तान्ने र सिफारिस गर्ने लहड बाजी नै बिबाद को चुरो देखिएको छ । फल खाने कि रुख खोज्ने ? यसै सेरो फेरो मा रुमल्लि राखेको छ यो बिबाद ।
यो ए एन ए सम्मेलन मा नेपाल बाट कसै लाई नबोलाउने , प्रमुख अतिथी देखी कलाकार अमेरिका भित्र बाट नै ब्यब्स्था गर्ने निर्णय भएको छ । यहाँ दलाली र ठेकेदारि को कुरो कहाँ बाट आयो ? आर्थिक फाईदा कै कुरो गर्दा पनि ए एन ए सम्मेलन को ईतिहास मा ५ देखी ८ हज्जार डलर भन्दा बढि कमाएको रेकर्ड छैन रे त्यस मा पनि ८० % ए एन ए को खाता मा र २० % मात्र स्थानिय सस्था मा जाने हुँदा यो मामला मा पनि टाउको फोर्नु को औचित्य देखिदैन । तसर्थ नबिर्सौ हामी अमेरिका मा छौ र यहाँ नेत्रित्व जबर्जस्ती होइन सहमति मा गरिन्छ र जुलाई ५ तारिख पछी पनि यही नै बस्ने हो सामाजिक भाई बन्धु को नाता समेत टोडिने गरी आरोप प्रत्यारोप ले कस्तो सन्देस सहभागि हरु मा जाला ?
गर्ब गरौ कम से कम जस्ले लेराये पनि हामी ले एक पटक अन्य भाग का नेपाली हरु को स्वागत गर्ने मौका पाएका छौ । हाते मालो गर्दै खुशी खुशी सहयोगी बनौ एकता प्रदर्शन गरौ आफु मा भ्एको रचनात्मक प्रतिभा देखाऔ र सम्मेलन सफल पारौ


0 comments:

Feeds Comments