Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Sunday, April 5, 2009

0 मैले कसरी लेख्न सिकेँ

म्या_िम्सम गोर्की

… सामान्यतः उखानतुक्काहरु र उक्तिहरुले छोटकरीमा श्रमजीवी जनताले सँगालेको सामाजिक एवम् ऐतिहासिक अनुभवलाई नै सारमा प्रस्तुत गर्दछन् र लेखकले यो सामग्रीको अध्ययन गर्नु अनिवार्य आवश्यकता छ किनभने यसले मुठ्ठीमा औँलाहरु जुन तरिकाले खाँदिन्छन् त्यही तरिकाले शब्दहरुलाई खाँद्न र अनि खाँदिएका शब्दहरुलाई शब्दहरुद्वारा विस्तृत रुप दिन लेखकलाई सिकाउँनेछ । यसो गर्दा लुकीछिपी बसेका समयका कार्यभारविरोधी वा साधारणरुपमा भन्दा पुराना अर्थहरु उद्घाटित हँुनेछन् । 
मैले उखानतुक्काहरुबाट अर्को शब्दमा सूत्रका रुपमा चिन्तनबाट प्रशस्त सिकेको छु । म एउटा घटना सम्झन्छु ः मेरो एकजना साथी याकोभ सोल्दातोभ-जो पाले थिए र ख्यालठट्टा गर्न खुबै मन पराउँथे-एकपटक नयाँ कुचो समातेर बाटो बढारिरहेका थिए । याकोभले मलाई पुलुक्क हेरे प्रमुदित आँखा यस्सो झिम्क्याए र टिप्पणी गरे ः 
ँम जे गर्छु कहिल्यै पूरा गर्दि्रनँ जति-जति बढार्छु त्यति-त्यति फोहोर आउँछ ।’
उनी एकदमै साँचो बोलिरहेका थिए भन्ने मलाई लाग्यो । छिमेकीहरुले आÇनो हिस्साको बाटो सफासुग्घर राखेकै भएपनि हावाले नजिकैका बाटाहरुबाट धूलो ल्याउँथ्यो सहरका सबै बाटाहरु सफा राखिए भने पनि हावाले नजिकैका बाटाहरुबाट धुलो ल्याउँथ्यो सहरका सबै बाटाहरु सफा राखिए भने पनि छिमेकका सहरहरुबाट वा वरिपरिका मैदान र सडकहरुबाट धूलोको बादल त्यहाँभित्र आउँथ्यो । वास्तवमा आÇनो घर वरिपरिको क्षेत्र हरेकले सफा राख्नैपर्छ तर हरेकको श्रमले त्यतिखेरमात्र बढी लाभ पुर् याउँनेछ जब यसलाई सम्पूर्ण बाटो सम्पूर्ण सहर र सम्पूर्ण विश्वमा विस्तार गरिँनेछ । 
यही किसिमले एउटा सूत्र निर्माण गर्न सकिन्छ । कसरी एउटा सूत्र अस्तित्वमा आउँछ त्यसको एउटा उदाहरण यहाँ प्रस्तुत छ । निझ्नी-नोभ्गोदोरोभमा एकपटक हैजा फैलियो त्यतिखेर बासिन्दामध्येको एकजनाले के हल्ला फैलाउन थाल्यो भने डाक्टरहरुले रोगीहरुलाई मार्दैछन् । गभर्नर बरानोभले उसलाई समात्न र हैजाको मामिला हेर्ने हस्पिटलमा सेवकको रुपमा काम गर्न लगाउन पठाउँने आदेश दिए । के भनिन्छ भने केही समयपछि पहिलेको हल्लावाजले आफूलाई त्यो शिक्षा दिएकोमा गभर्नरलाई धन्यवाद दियो । त्यसको ओठे जवाफ गर्भनरले यसरी दिए ः 
ँसाँचो डक्दैन झूटो टिक्दैन ।’ 
बरानोभ खस्रोखालका मान्छे थिए तर मूर्ख थिएनन् र मलाई लाग्छ यस्ता कुराहरु भन्न एकदमै सक्षम व्यक्ति थिए । यस अतिरिक्त यी शब्दहरु कसले भन्यो त्यसले के पो फरक पर्छ र 
यस्ता थिए जीवित विचारहरु जसले मलाई सिक्न सोच्न र लेख्न सहयोग पुर् याए । किताबहरुमा मैले उस्तै विचारहरु पाएँ जुन विचारहरु मैले पाले र कानुन व्यवसायीहरुबाट त्यस्ता व्यक्तिहरुबाट जसले आÇनो जाति मानिसका अवस्था र अवसर सबै गुमाएका छन् तिनबाट सुनेको थिएँ तर किताबमा यी विचारहरु अरु नै शब्दका पोसाकमा थिए । वास्तवमा जीवनका अनुभवहरु र साहित्यका तथ्यहरु एक-दोस्राका पूरक हुन् । 
साहित्यकारहरु ँकसरी प्रतिनिधि पात्र’ प्रारुप र चरित्रहरु सिर्जना गर्दछन् मैले भनिसकेको छु । यस सम्बन्धमा सायद म दुईटा रमाइला उदाहरणहरु उल्लेख गर्न सक्छु । 
गेटेको फाउस्ट कलात्मक सिर्जनशीलताको उच्च कोटीको उपज हो जुन आविष्कार र कल्पना हो वा अझ बढी ठीकसँग भन्ने हो भने जीवनबाट प्राप्त चीजहरु थपेर बनाइएको अनुमानित वस्तुका साथै बिम्बमा चिन्तनको अनुवाद हो । पहिलोपटक फाउस्ट पढ्दा म बीस वर्षको थिएँ र केही समयपछि मैले के थाहा पाएँ भने जर्मन गेटेले भन्दा दुई सय वर्षअघि नै कि्रस्टोफर मार्लो नामक अङ्ग्रेज व्यक्तिले फाउस्टका बारेमा लेखेका थिए पान त्वार्दोस्की नामक सस्तो र झर्कोलाग्दो उपन्यास पनि एक किसिमको फाउस्ट थियो र त्यस्तै प्रुान्सेली लेखक पल भुसेतको उपन्यास ज्याँ ले त्रौभे पनि फाउस्टबारेका सबै पुस्तकहरु व्यक्तिगत सुख समृद्धि प्राप्त गर्ने र अरु मानिसहरु र प्रकृतिका रहस्यहरुमाथि अधिकार जमाउँने अतिशय तृष्णाका कारण आÇनो आत्मा बेच्ने एउटा व्यक्तिसँग सम्बन्धित मध्ययुगीन पौराणिक कथाबाट जन्मिएका थिए । यो कथा जीवनबारे गरिएका निरीक्षणहरु र आधारभूत धातुहरुलाई सुनमा बदल्न र जीवनलाई अजर-अमर बनाउँने औषधी आविष्कार गर्नका निम्ति रसायनविद्हरुले गरेका प्रयत्नहरुको निरीक्षणहरुबाट विकसित भएको थियो । यिनीहरुमध्येका कोही इमानदार र सच्चा चरित्रका स्वप्नद्रष्टा र मनोग्रन्थीबाट मुक्त मानिसहरु थिए भने केहीचाहिँ छद्म चिकित्सक र छद्म पण्डित पनि थिए । ँसर्वोच्च शक्ति’ प्राप्त गर्ने यी व्यक्तिहरुको प्रयत्नहरुको व्यर्थतालाई उपहास गर्नका निम्ति शैतान स्वयम्को सामथ्र्यभन्दा बाहिरको वस्तु प्रमाणित सर्वज्ञता र अमरत्व प्राप्त गर्ने मध्ययुगीन फाउस्टको दुस्साहसको कथालाई नमूनाका रुपमा प्रस्तुत गरिएको थियो । 
दुःखी फाउस्टको सँग-सँगै अर्को आकृति सबै मानिसहरुसँग परिचित आकृति देखा पर् यो ः इटलीमा यो पुन्चिनेलो थियो भने इङ्ग्ल्याण्डमा पन्च टर्कीमा करापेट र हाम्रो देशमा पेत्रुस्का । जहाँसुकै लोक कठपुतली-प्रदर्शनको अपराजेय नायक जो सधै पहिलो स्थानमा हुन्छ प्रहरी पुरेत-पादरी शैतान र मृत्युलाई समेत बुद्धिद्वारा पराजित गरिरहेको र स्वयम् मृत्युहीन । श्रमजीवी जनता यो सरल एवम् स्वाभाविक र अपरिष्कृत आकृतिमा आफू स्वयंको र अन्ततोगत्वा आफू र आफू एक्लैले सबै र हरेक कुरामाथि विजय प्राप्त गर्नेछौँ भन्ने कुरामा आÇनो विश्वासको मूर्त रुप पाउँछन् ।
यी दुई उदाहरणले फेरि पनि मैले पहिले भनेजस्तै ँनामहीन’ कार्यहरु-अर्थात् त्यस्ता कामहरु जुन हामीले केही पनि नजानेका जनताले उत्पादन गरेका छन्-को समर्थन गर्दछन् र कुनै सामाजिक समूहका विशेषता र लक्षणहरुको अमूर्तीकरणका नियमहरुका साथै त्यस समूहको प्रतिनिधि पात्रमा यी लक्षणहरुको प्रारुपीकरणका नियमहरुको अनुमोदन गर्दछन् । कलाकारले ती नियमहरुको पालना गरेको खण्डमा ऊ ँप्रतिनिधि पात्र’ रचना गर्न सक्षम हुन्छ । यही तरिकाले चाल्स्र द क्रोष्टरले थील उलेन्स्पेइजेल सिर्जना गरेका थिए भने Çलेमिङ र रोमा रोलाँका राष्ट्रिय प्रतिनिधि पात्र-कोलास बे्रेउग्नोन बुर्गुन्डी र अल्फोन्से दाउदेत तार्तरियन यसरी नै बनेका थिए । प्रारुपित मानिसहरुका यस्ता जीवन्त चित्र निरीक्षण-शक्ति समानता र असमानता खोज्ने र विवेचना गर्ने योग्यता र निरन्तरको अथक अध्ययन भएको खण्डमा मात्र सृजन गर्न सकिन्छ । ठीक-ठीक ज्ञान नभएमा अनुमान गर्नुपर्ने हुन्छ र दशवटा अनुमानमध्ये नौवटा अनुमान निश्चितरुपमा गलत हुन्छन् । 
म आफूलाई ओब्लोमोभ रुदिन र् याक्षानोभ र यसखालका प्रतिनिधि पात्र र चरित्रहरुका समक्ष मूल्य राख्ने चरित्र र प्रतिनिधि पात्रहरु सृजन गर्नमा सक्षम र निपुण हस्ती ठान्दिनँ । तथापि फोमा गोर्देयेभ लेख्नका निम्ति मैले थुप्रै दर्जन व्यापारिक घरानाका त्यस्ता सन्ततिहरुको अध्ययन गर्नुपर् यो जो आÇना बाबुहरुको जीवन र कामसँग असन्तुष्ट थिए र जसमा त्यस किसिमको एकरस जीवन र ँउत्पीडनकारी नीरस’ जीवनमा खास अर्थ छैन भन्नेखालको अस्पष्ट भावना थियो । जीवनको नीरसतालाई आÇनो अपमान ठानेर त्यसलाई निन्दा गर्ने फोमा गोर्देयेभजस्ता मानिसहरुका बीचमा एकातिर रक्स्याहा गुन्डा र लम्पटहरु उत्पन्न भैरहेका छन् भने सामान्य चलनको अपवादका रुपमा सम्पन्न वर्गका अर्कातिर। लेनिनवादी इस्क्राको प्रकाशनको आर्थिक प्रबन्ध गर्ने सभ्भा मोरोजोभ सामाजिक क्रान्तिकारीहरुलाई आर्थिक सहारा दिने पर्मका जहाज मालिक एन। मेश्कोभ कलुगाका कारखाना मालिक गोन्चारोभ र मास्कोका कारखाना मालिक एन। मिल्युतिन र अरु थुप्रै मानिसहरु देखा परिरहेका छन् भन्ने कुरा मानिसहरुले विचार गर्न थाले । त्यही सामाजिक वातावरणबाट क्षेरेपोभेत्सका मेयर मिल्युतिन र मास्को र प्रान्तबाट थुप्रै व्यापारीहरुजस्ता संस्कृतिका नेताहरु जन्मिए जसले विज्ञान कला र अन्य सांस्कृतिक गतिविधिको सम्बद्र्धनमा पर्याप्त कौशल र समर्पणभाव प्रदर्शन गरे । फोमाका धर्मपिता मयाकिन पनि ँउखानतुक्काहरु’ का निम्न लक्षणहरुद्वारा बनेका मानिस थिए र मैले यहाँ विवेकपूर्ण मूल्याड्ढन के गर्नुपर्दछ भने सन् १९०५ मा मजदुर र किसानहरुका लासहरुले मयाकिनहरुलाई सरकारमा जान सजिलो बनाइदिएपछि यी मयाकिनहरुले पछि आएर मजदुरवर्गकै विरुद्ध एकदमै महŒवपूर्ण भुमिका खॆले र आजसमेत आÇना पुराना गुँडहरु फर्काउँने आशा उनीहरु गरिरहेका छन् । 
नवयुवकहरु मसँग सवाल गरिरहेका छन् किन मैले ँआवारा र असहायहरु’ का बारेमा लेखेँ । 
कारण एकदमै सरल थियो । जुन समयमा क्ष्ाद्र कूपमण्डूकहरुका बीचमा म रहेको थिएँ र अरुहरुको जीवन-रक्त चुस्ने त्यस रगतलाई पैसामा बदल्ने र अनि त्यो पैसालाई पनि रुपैयाँमा रुपान्तरण गर्ने प्रयत्नबाट सताइएकाहरुले घेरिएको थिएँ त्यतिखेर मसँग पत्रव्यवहार गर्ने उन्नाइस वर्षीय युवकमा जस्तै ममा पनि मेरो अस्तित्वका रेसा-रेसामा एउटै सालमा एउटै टकसारमा छापिएका पाँच पैसे ढ्याकजस्तै एक दोस्रासँग दुरुस्त र समान नीरस मानिसहरुको लामखुट्टे सरहको अस्तित्वप्रति स्वस्थ घृणा विकसित भएको थियो । 
यी आवारा र बेकार मानिसहरु मलाई साधारण ढाँचाकाँचाका मान्छेभन्दा बाहिरका लाग्दथे । साधारण मानिसहरुभन्दा उनीहरु के कारण फरक थिए भने उनीहरु जातिच्यूत तथा वर्गबाट बहिष्कृत थिए र उनीहरुले आÇनो अघिल्लो पृष्ठभुमिका अधिकांश विशिष्ट लक्षणहरु छाडिसकेका थिए । 
आवारा र असहायमध्येका केही निझ्नी नोभ्गोरोदको कथित मिलिओन्कामा बस्तथे र उनीहरु एक-आपसमा मित्रतापूर्वक जीवन बिताउँथे । पहिलेका सम्पन्न नगरवासी मेरो मामा अलेक्जान्डर कासिरिन इटालेली चित्रकार विनम्र स्वप्नदर्शी तोन्तिनी पूर्वव्यायाम शिक्षक ग्लाद्कोभ पहिले डाकाजनीको समयमा पुलिसमा सहायक निरीक्षकको काम गर्ने कोही व्यारोन बी। र वास्तविक नाम भान्दर िÇलत भएको ँनिकोल्का दि जनरल’ उपनामको नामी चोर यी सबै त्यहाँ घनिष्टतापूर्वक बसेका थिए । 
कजानको स्तेक्ल्यान्नी क्षाभोदमा लगभग बीस जनाको उस्तै प्रकृतिका विभिन्न रङ्गका मानिसको एउटा टोली थियो । क्रमशः



0 comments:

Feeds Comments