Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Wednesday, January 27, 2010

0 नेपालको वर्तमान शिक्ष्ँा नीति

-समीक्ष्ँा पंडित क्षेत्री
कुनै पनि देशको प्रमुख विकासको आधारशिलाको रुपमा शिक्षा रहेको छ, जसलाई
देश विकासको मेरुदण्डको रुपमा मानिन्छ । भनिन्छ, शिक्ष्ँाले अन्धकारमय
जीवनलाई उज्यालोतर्फलम्काउन र जीवन सफलतातर्फ उन्मुख गराउन ठूलै भूमिका
खेलेको हुन्छ। अझैं विस्तृत रुपमा भन्नुपर्दा, अशिक्षित व्यक्तिले देश
विकासको कार्यमा सक्रिय सहभागिता जनाउन सक्दैन तर शिक्षित व्यक्ति देश
विकास कार्यमा हरदम तत्पर रहन्छ । तर अब के भइरहेको छ भने, यी सबै कुरा
र्व्यर्थ भइसकेको छ।
हाम्रो देशको पर्रि्रेक्ष्यमा कुरा गर्नुपर्दा, दिनप्रतिदिन भइरहेको
अनैतिक, चरित्रविहिन अर्थात् कुशिक्ष्ँा नीति देख्दा तपाई-हामी जसलाई पनि
दुःख एवं लाज लाग्नु स्वभाविक हो। दुःख के अर्थमा छ भने बन्द, हडताल तथा
चक्काजाम हुंदा विभिन्न विद्यार्थीहरुको पर्ढाईमा पनि बन्दको प्रभाव त
पर्छ नै जस्ले गर्दा नेपाली विद्यार्थीहरुको भविष्य नै अन्यौलमा पर्दछ र
लाज के अर्थमा भने नि यही बन्द, लर्डाई तथा झगडामा अधिकतम रुपमा
विद्यार्थीकै संलग्नता रही त्यस्ता हडताल बन्दको प्रभाव अवश्य नै सफल
हुन्छ। अझ त्यसमा बढी विद्यार्थीहरुको संलग्नताले नै देखाउंछ कि हाम्रो
देशमा शिक्ष्ँा नीति कतिको बलियो छ। अब यसमा विद्यार्थीको मात्र दोष रहेन
किनकि यस्ता दिनदिनै भइरहेको झैंझगडा, बन्दको पछाडि पनि विभिन्न
राजनीतिमा संलग्न रहेका दलहरु एवं सरकारी तहका अनेक व्यक्तिहरुको पनि हात
रहेको छ। यदि यसो नभइदिएको भए बत्तीमा किराहरु उडी गएर मर्नु झैं हाम्रै
आंखा अगाडि विद्यार्थीहरु एक आपसमा असमझदारीले लर्डाईं तथा झगडा गरी
मर्दैनन् थिए होला -
अब कुरा गरौं, किन शैक्षिक स्थिति र अबका नयां पिढीहरु पर्ढाईप्रति अमन
भइरहेका छन् त। एक त परीक्ष्ँा आउनु अगावै र समयमा नै कुनै पनि किताबको
विषयवस्तुहरु राम्ररी सक्किएको हुंदैन। त्यसमाथि पनि हरेक वर्षनयां
सिलेवस तयार भइरहन्छन् तर त्यससंग सम्बन्धित नयां पुस्तकहरु बजारमा
बिक्री वितरण नै भइरहेको हुंदैन। अब भन्नुहोस्, यसमा कस्को दोष छ - कसैले
भन्छन्- प्रेसलाई, कसैले शिक्ष्ँा विभागलाई त कसैले लेखकलाई नै तर यसमा
हरेक व्यक्ति जो शिक्षासंग सम्बन्धित छन् उनीहरुको ढिलाईपनलाई दोष
मान्नर्ुपर्छ। यसरी जब विद्यार्थीहरु आप\mनो पर्ढाईबाट असन्तोष भइरहेका
हुन्छन् भने पक्कै पनि हाम्रा देशका कर्ण्र्ाार मानिएका विद्यार्थीहरु
विस्तारै पर्ढाईको स्तरबाट खस्किदै गएर पर्ढाईप्रति अरुचि देखाउंछन्।
जसले गर्दा कोही कोही त विदेशै पलायन भएका छन् भने कोहीले पर्ढाई छाडी
अपराधिक क्रियाकलाप, नराम्रो धन्दा तथा अन्य कार्य गर्न तत्पर छन् र जसको
प्रभाव सिधैं देश विकासमा अवरोध सिर्जना हुन सक्छ।
हरेक वर्षसरकारले विभिन्न क्षेत्रको दिगो विकासको लागि भनि बजेटहरु
निर्माण गर्ने गर्दछन्। तर खासगरी यी बजेटहरु देश विकासका लागि नभई
विभिन्न राजनीतिक पार्टर्ीी ठूलो ओहदामा रहेका दलहरुले निहित स्वार्थ
पर्ूर्तिका लागि खर्च गरिरहेका हुन्छन्। त्यस्तै छ, शैक्षिक क्ष्ँेत्रमा
पनि बजेटको बांडफांड। शैक्षिक विकासका लागि भनि ल्याइने ती बजेटहरु
विद्यालय स्तर, क्याम्पस, कलेज स्तर तथा पुस्तकालयको विकास भएको थाहा नै
नपाई अदृश्य रुपमा हाम्रो पछाडि रहेका दर्ुइ खुट्टे भूतले नै बजेटलाई
चिलिम्मै पारिदिन्छन्। अब हांसउठ्दो कुरा के छ भने आप\mनै गाउं, देश तथा
जनताको लागि भनि ल्याइने ती बजेटहरु आप\mनो स्वार्थ पूरा गर्ने त्यस्ता
व्यक्तिलाई के राति आरामदायी खाटमा सुत्दा पनि सन्तोष हुन्छ होला त - यदि
हुंदैन भने फेरि किन आप\mनै भातृत्वका हक-अधिकार छिन्न र पशुसरह रगत
चुस्न खोज्छन् त ती व्यक्तिहरु।
यता विभिन्न उच्च स्थानमा रहेका विद्यालय, क्याम्पस, कलेजहरुले टाइ,
सुट, बुट चट्ट विद्यार्थीहरुलाई दिइ तयार गराउंदैमा व्यस्त छन् भने उता
सानोतिनो चित्त नबुझेको कुरामा आन्दोलन गराउनमा व्यस्त रहेका छन्
राजनैतिक दलहरु। ती भलादमी नेताहरुले त्यस्ता राम्रो, चिटिक्क परेर पढ्न
जाने विद्यार्थीहरुलाई आन्दोलन गर्नका निम्ति मैदानमा उतार्छन् भने अब
आउने नयां पिढीहरु पनि तम्सेर त्यो आन्दोलनमा गइ शहीद हुने सपना देख्नु त
राम्रै होला नि कि होइन र - यसरी नै यदि पर्ढाई सम्बन्धी अझैं कुरा
गर्नुपर्दा, विद्यालय, क्याम्पस वा कलेजमा पूरा विषयको पाठ्यक्रम
सक्किएको हुंदैन। केही महिना दिनपछि परीक्ष्ँा हुन कठिन छ यदि कथमकदाचित
भइहाल्यो भने पनि त्यस परीक्ष्ँाको परिणाम निस्कन धेरै समय लाग्छ र धेरै
समयपश्चात त्यो परीक्ष्ँाको परिणाम निस्किहाल्यो भने पनि त्यस परिणामबाट
त्यस्ता विद्यार्थीले रोजगार पाउन अलि गाह्रै हुन्छ। कारण दिनदिनैको
बन्द, हडताल अर्थात् नियमित विद्यार्थी, क्याम्पस, कलेज वा विद्यालय जान
नपाउनु हो।
यी माथि उल्लेखित सवै कुरा थिए, शहरी क्षेत्रका अब कुरा गरौं ग्रामीण
क्षेत्रको पर्ढाई पनि शहरिया पर्ढाई जस्ता छन् त - गाउंघरमा एक त त्यति
विद्यालयहरु नै हुंदैनन्। यदी भए पनि माध्यमिक र निम्न माध्यमिक तहसम्म
हुन्छ। त्यहां पढ्ने विद्यार्थीहरु धेरैजसो गरिबस्तरका हुन्छन्, जस्ले
गर्दा तिनीहरुको पर्ढाई पनि गरिबै रहेको छ भन्दा फरक नपर्ला । सरकारले
प्रायजसो शिक्षकका लागि राहत दरबन्दी कोटाहरु निकालिरहेका हुन्छन् तर
त्यो राहत दरबन्दी कोटाहरुमा कि त नेताका पहुंच रहेका व्यक्तिहरुको नाम
निस्किन्छ कि त भारतीय प्रमाणपत्र देखाउनेहरुको। यसैगरी नै गाउंघरमा
रहेका विद्यालयहरुमा कमै मात्रामा शिक्ष्ँा कार्यालयबाट अनुगमन गर्न
जान्छन् वा भनौं कतिपय विद्यालयमा त अनुगमन कार्य नै हुंदैन। यदि शिक्षा
कार्यालयबाट अनुगमन भइहाल्यो भने पनि त्यहां नातावाद र कृपावाद गर्दैमा
ठिक हुन्छ । अब कुरा आउंछ, धनि व्यक्ति छोराछोरी किन पढ्दैनन् त ती
गाउंका विद्यालयहरुमा। किनकि धनी व्यक्तिहरुसंग टन्न सम्पत्ति हुन्छ,
जसले गर्दा धनी घरका छोराछोरीहरु बाहिर पढ्न जान्छन्। तिनीहरुको पर्ढाई
सक्किए पश्चात आप\mनै स्वदेशमा फर्किन्छन् तर भने जस्तो नोकरी नपाई पुनः
विदेश पलायन भइ नेपालको जनशक्ति न्यून हुंदै गइरहेको छ।
यसरी नेपालको कमजोर शिक्षा व्यवस्थाको कारण गुणस्तरहीन विद्यार्थीको
उत्पादन हुन्छ,जस्ले गर्दा देश विकासमा हाम्रो नेपाल अन्तिम स्थानमा सम्म
पुग्न सक्दछ। हाम्रो नेपालको विद्यालय, क्याम्पस तथा कलेजहरुमा पढाइने
कुनै पनि विषयवस्तुको बारेमा जान्ने र बुझ्ने मन विद्यार्थीको हुंदैन।
किनकि विद्यार्थीहरुको मन-मष्तिष्कमा के बसिसकेको हुन्छ भने अहिले पढेर
के गर्ने, मेहनत किन गर्ने - यदि चिटले नै परीक्ष्ँामा काम चल्छ भने।
यसरी विद्यार्थीलाई आप\mनो मेहनत बिना नै सवैथोक प्राप्त हुने -जस्तै
रोजगारी) भएकोले आजकलका यी विद्यार्थीहरु घरमा पनि स्वअध्ययन गर्दैनन्।
यसमा त र्सवप्रथम सरकारी तहलाई दोष दिंदा केही फरक नहोला किनकि सरकारी
स्तरबाट नै अध्ययनको सिलसिला राम्ररी चलायो भने आज शिक्ष्ँा क्ष्ँेत्रमा
यस्तो अवस्था आउने थिएन होला।
तर्सथ हाम्रो देशको गाउं, शहरको पर्ढाई त्यति माथि तहसम्म भनौं वा विश्व
जगतमा टक्कर दिने खालको छैन। त्यसैले वर्तमान अवस्थामा हाम्रो नेपालको
शिक्ष्ँा नीतिमा सुधार ल्याउन धेरै नै बांकी छ। -वीरगंज
Read More...

Tuesday, January 26, 2010

0 Fwd: अव कांग्रेसबाट पचास भन्दा माथिका नेताहरुलाई बिदा दिनु पर्छ

कांग्रेसका रावणरुपी बुढा पुस्तालाई तत्काल बिदा गरौं
-संजीव सत्याल-
आफैबाट शुरु गर्छु। म तीन बर्षेखि खैनी सेवन गर्ने गर्थे। गत जनवरी १
देखि अव खैनी खाँदै खाँदिन भनेर म दृढ संकल्पित रहे र छोडे पनि । खैनी
छोडन मलाई खासै गाह्रो परेन। हप्ता दिनमै मैले खैनी पूरै छोडन सफल रहे।
तर त्यस पछि मैले अदभूत अनुभव गरेँ। व्यक्तिले छोडेर मात्र खैनी -अंवल,
बिकृति) छोडिदो रहेन छ। खैनी छोडेकोले म जनवरी वीस सम्म एक किसिमले
बिरामी नै भएँ। मैले सेवन गर्ने खैनी केवल मुखले मात्र लिने हैन रहेछ।
त्यो त हाम्रो देशमा तलबाट लिने घुस माथी माथी गर्दै मन्त्री
प्रधानमन्त्री सम्म पुग्ने गरेझै त्यसको मजा त आँखा, नाक, दिमाग, जीव्रो,
मुटु, कलेजो, मृगौला, रगत सवैले लिदा रहेछन्। अतः मैले खैनी लिन छोडेपछि
त मेरा शरीरको हरेक अंग प्रत्यङ्गले एकजूट भएर २०६२/६३ सालको जनआन्दोलन
जस्तै आन्दोलन नै गर्न लागे। मलाई त एकाएक व्लडप्रेसरको असैहृय पारा
चढ्यो। रिस उठ्या उठ्यै हुन थाल्यो। हात खुट्टा थरथराउन थाले। होस नै गुम
भयो। बोली नै लरवराउन लागे। -अहिले माधव नेपालले सरकारमा पनि बिसंगति
पर्ूण्ा रुपले हटाउन कदम चालुन त त्यही बिसंगतिमा तर् मारी मारी राजनीति
गर्दै आएका पार्टर्ीी मिलेर उनलाई यसै गरी सिद्याइदिन्छन् )। तर पनि म
बिचलित भइन र खैनी लिदै लिइन। अव मैले र मेरो शरीरले खैनी माथी जीत हासिल
गर्दै गएको छ। त्यस्तै गत दशैमा एक जना भाईले रक्सी छोडेछन् तर आज सम्म
उनको एक्कासी बढेको रक्तचाप तल र्झन सकेको छैन। मतलव बिसंगति एक चोटी
बहाल भए पछि त्यसलाई छुटाउन असाध्दै गाह्रो हुन्छ र त्यही नै जीवनको बाटो
बन्छ। र ति बिसंगतिले रामलाई पनि रावण बनाउछ, शुरु देखि बिसंगति हटाउनु
पर्नेमा नेताहरुको विकृत मानसिकता , आत्मकेन्द्रीत प्रबृत्ति, गैह्र
जिम्मेवारीपन र नियतनै, ब्रि्रेको अवस्थाको फाइदा उठाउनु, भएकाले आज
हाम्रो राजनीतिमा कोही राम छैनन् सव रावण नै रावण छन। यिनलाई नहटाइ देशमा
शान्ती र प्रगति हुनेवालानै छैन। अव यि रावण नै विसंगति हुन र बिसंगति
हटदै नहटने चाँही होइन। तर त्यसलाई हटाउन दृढ संकल्पित हुनु पर्छ। एवं
रितले देशमा अहिले सम्म पार्टर्ीी नेता रुपी रावणहरुको लोभ र
स्वइच्छाचारी कूशासनका कारण हरेक क्षेत्रमा बिशंगतिले किलो गाडेर वसेका
छन् र ती विसंगतिबाट देशलाई मुक्त गर्न अव पुस्तानै परिवर्तन गर्नु पर्छ।
२०४६ सालको आन्दोलन पश्यात देशलाई भ्रष्टाचार, अपमान, क्रुरता लगायत
यावत विसंगति समाप्त पारी नयाँ प्रणाली लागू गरी समाजलाई सही दिशामा लान
सकिन्थ्यो तर दर्ूभाग्य नेताहरुका निहित स्वार्थ र बुझनै नसक्ने
पागलपनले गर्दा ती विसंगति सात साल देखि अहिले सम्म बारम्वार परिवर्तनको
मौका आउदा पनि नेपाल र नेपाली समाज यस्तो दलदलबाट उत्रनुको सट्टा झन झन
फँस्दै गएको छ । जव राणाशाही गयो, त्यस पछि आधुनिक नेपालको अभ्यास नयाँ
प्रणालीबाट हुनु पथ्र्यो। तर त्यही बेला देखीनै राणाजीको देखासिकी गरी
आफू पनि रावणराज गर्ने नियत बनाइ बसेका कांग्रेसले राज्य व्यवस्था र
त्यससंग गरीनुपर्ने व्यवहारको कुनै खाका नाकोरी पुरानै शामन्ती पारामा
अझै भन्नु पर्दा जनता उत्साहित हुने खालको नभै अहिले जस्तै
दर्ूर्व्यवहारयुक्त राणाहरुको भन्दा निकृष्ट शैलीमा शासन गरेर जनतलाई
प्रजातन्त्र पनि बेकारको हुदो रहेछ भन्ने पार्‍यो। फलस्वरुप जनता
त्यसैवेला कांग्रेस र अन्य पार्टर्ीी गर्ने गरेको प्रजातन्त्रसंग कुनै
पटरी नखाने व्यवहारबाट दिक्क भए। त्यो ८ बर्ष-२००७ देखि २०१५साल) सम्म
नेपाली जनताले देशमा प्रजातन्त्र आएको हो वा होइन अनुभव नै गर्न पाएनन्।
जनताको लागि त्यसवेला पनि राणा विहिन राणाशासन नै थियो, जस्तो अहिले
गणतन्त्रको अनुभव जनताले कांग्रेसकै कारण सकरात्मक रुपमा गर्न सकिरहेका
छैनन्। तै पनि ०१५ साल आयो र अरु पार्टर्ीीे खासै कुनै भूमिका नहुनु र
प्रजातन्त्रको राग अलाप्ने केवल कांग्रेसमात्र भएकोले जनताले कांग्रेसलाई
नै जीताए। तर सत्तामा पुग्नासाथ जनता र सहयोगीहरुलाई सनक्क सन्किएर धोका
दिने वानी लागिसकेका रावण बनेको कांग्रेसले त्यसवेला पनि राणाशाहीलाई
समेत मात गर्ने गरी क्रुर शासन गर्‍यो। यद्यपि त्यसवेलाका प्रधानमन्त्री
जनतासंग सारै नम्र व्यक्ति थिए। तै पनि कांग्रेसका रावणहरुले अव हामीलाई
कसैले केही गनै सक्दैन भनेर उल्टो जनताको बिरुद्ध अहिलेको माओवादीले
जस्तो हिंसात्मक भौतिक कार्यवाही जस्तो क्रुर व्यवहार गरेकोले त्यसवेला
र्सवसाधारणले आफ्ना बैरीलाई 'तेरो घरमा कांग्रेस पसि जाउन् ' भनेर समेत
सराप्थे। अर्थात अहिलेको माओवादीभन्दा पनि त्यो बेलाको सत्ताधारी
कांग्रेस धेरै क्रुर थियो। त्यसताका जनताद्वारा निर्वाचित भइ सत्तामा
बसेको कांग्रेससंग जनतानै त्राहिमाम थिए जस्तो अहिले आफैले निर्वाचित
गरेको माओवादीसंग जनता तर्सिनुपर्ने अवस्था छ । त्यसैले रावण कांग्रेसको
यही कमजोरी देखेर चतुर इन्द्रे राजा महेन्द्रले २०१७ साल पौषमा सैनिक कु
गरेर पञ्चायती व्यवस्था लागू गरे। देशमा प्रजातन्त्र अपहरण हुँदा पनि
जनताले कांग्रेसको त्यसवेलाको व्यवहारले वाक्क भएरे राजाको कदमको विरोध
गरेनन्। फलतः देशमा जनताले पञ्चायति व्यवस्थाको प्रकोप फगत २९ बर्षझेल्नु
पर्‍यो। त्यस बिच समाजमा नै तीन तीन पुस्ता परिवर्तन भैसकेको थियो। २०४६
सालको आन्दोलन हुनु भन्दा केही पहिले समाजका प्रबुद्ध बुढाहरु हामी
प्रजातन्त्र भनेर हुरुक्क भई आन्दोलनको लागि हौसिएका युवाहरुलाई देखेर
अचम्म परेर भन्ने गर्थे ' यि केटाहरु प्रजातन्त्र भनेर कांग्रेसलाई वल
पुराउदै छन्। यिनलाई अनुभव छैन भोली कांग्रेसको विरुद्ध यिनै केटाहरु
लाग्नेछन, हामीले भोगेर आएका हौ , कांग्रेसले पनि तिमिहरुलाई प्रजातन्त्र
दिन्छन भन्या - यो त गोरु व्याउने कुरा जस्तो मात्र हो।' प्रजातन्त्रको
अनुभव गर्ने हतारोले हामी ती बुढाहरुलाई हाँसेर टाथ्र्यौर्। तर आज
प्रजातन्त्रमा विश्वास गर्ने हर नेपाली, कांग्रेसको व्यवहार देखेर
आक्रोशीत हुने वाहेक अरु कुनै प्रतिकृया दिने अवस्थामा छैनन्। कांग्रेसमा
आज पनि उही राणाकालका नेता कार्यकर्ता र तिनका आजका अनुयायिहरु चाहे त्यो
महेश आचार्य उमेरका हुन चाहे नविन्द्र राज उमेरका हुन वा गगन थापा उमेरका
हुन ति पुराना राणाकालका नेताहरुले आफ्नो उही पुरानो क्रुर संस्कार नयाँ
सदस्यमा बोक्सीमन्त्रको रुपमा हस्थ्ाान्तरण गरेको स्पष्ठ महशुस गर्न
सकिन्छ। हिजो दरवारको उत्पादनको रुपमा एमाले भन्ने कम्युनिष्ट समुह बने
भने आज बनेको माओवादी पुरापुर लंकेश गिरिजाको शासनको उत्पादन हो। त्यसको
साथै आज बनेका साना ठूला सशस्त्र समूहहरु पनि आजको कांग्रेसकै उत्पादन
हो। अर्को पक्षलाई पनि अवलोकन गरौ।
२०४६ सालमा पञ्चायति व्यवस्था ढले लगत्तै त्यसमा रहेका विसंगति अन्त गरी
कांग्रेसले देशमा पर्ूण्ा प्रजातान्त्रीक बातावरण वहाली गर्ने मौका पाएको
थियो। तर कांग्रेसको रावण नेताका विगत नै क्रुर थियो र उसका कर्ता पनि
उही थिए। उसले भ्रष्टाचार रहित, सभ्य समाज, सवको लागि न्यूनतम
प्रजातान्त्रीक उपभोगको उपाय अवलम्वन गर्न सक्थ्यो। तर कांग्रेसका ती
पुराना नेताहरुको कुनै योजना र भिजननै रहेन छ। उनीहरु त झन शुरु देखि उही
पुरानो परिवारवाद, चाकडि, भ्रष्टाचार, विदेशी प्रभू, विसंगति लगायत आफ्ना
कमजोरी समेत समावेश गरेर क्रमिक रुपमा पञ्चायत भन्दा पनि क्रुर शासन
गर्दै जान लागे। माथी भनिएझै कुनै विसंगति हटाउन त्यति सजिलो हुदैन, कुनै
एक स्थापित विसंगति हटाउदा त्यस विसंगतिबाट बाँच्नेहरु आन्दोलनमा
उत्रिन्छन्। शरीरमा त यो कुरा लागू हुन्छ भने सामाजिक जीवनमा त लागू
नहुने कुरै भएन। जस्तो अहिले टुकुचाको माथी सायद दुइसय घरहरु त बनेका
होलान्। अहिलेको घडिमा सरकारले ति घर भत्काउने निर्ण्र्ाामात्र गरोस त एक
लाख मान्छे सडकमा उत्रिन्छन्। भन्सार, मालपोत, यातायात विभाग, लगायत
विसंगतिहरु माओवादीको सरकारले समेत हटाउन सकेन, अहिलेको त सरकारनै
विसंगतिले बाँचेको छ । तर २०४६ सालपछि गरौ भने कांग्रेसले देशमा पुरानो
शासन गएको अवस्थामा पूरै रिक्तता थियो र पुराना सवै बिसंगतिलाई आँखा
चिम्लेर हटाइ सभ्य र कानूनी समाजको निर्माण गर्न सक्थ्यो। तर उसले
पञ्चायतले सिर्जना गरेका तमाम विसंगतिलाई स्वीकारी त्यसबाट
प्रधानमन्त्री, मन्त्रीहरु र पार्टर्ीी फाइदा लिने बाटो बनाएकोले देश र
जनताको दूरावस्था झन जटिल बन्दै गइ बर्षदिन नवित्दै जनतामा
प्रजातन्त्रप्रतिनै बितृष्णा बढ्यो। जसकारण देशमा कम्युनिष्टको विगविगी
बढन पुग्यो। यसरी कांग्रेसले पुरानै व्यवस्थाको निरन्तरता पनि विकृत
रुपमा कायम गरेकोले देशमा कुनै नयाँ प्रणाली विकसित हुनै नदिएर देशलाई
आजको अवस्थामा आइपुग्न बाध्य गरायो। त्यसैगरि ५०/५० बर्षजनतालाई
प्रजातन्त्र दिलाउन लडेका पार्टर्ीी नेताहरुले जनतालाई नै केन्द्र विन्दू
मानेर मालिक संझि जनपक्षिय कार्यक्रम ल्याई जनतालाई चकाचौध पार्न सक्थ्यो
तर जव गिरिजा प्रधानमन्त्री भए त्यसपछि उनले सवैभन्दा पहिले परिवारवादलाई
प्रश्रय दिई पार्टर्ीीे ३० बर्षो प्रजातन्त्रको लागि लडेको लडाइमा पानी
फेरीदिए। त्यसपछि पञ्चायतले धनी बनाएका रोहिणी थपलिया र सिताराम प्रर्साई
जस्ता धनाढ्यलाई पार्टर्ीीे नाममा पैसा लिएर उल्टो उनीहरु जस्तालाई नै
पोसाउन थाले, उल्टो ति विसंगतसंग नातारिस्ता कायम गर्न थाले। उनका
आसेपासे र मन्त्रीगणहरु पनि विसंगति, भोटको लागि केही भुठ्ठीभरका फटाहा
जिल्लाबासी लाई जनि गर्ने र अन्दाधुन्द भ्रष्टाचारमा लिप्त रहि जनतालाई
चाँही अपमान गर्न थाले। जनतामा रत्तिभर विश्वास नभएका लंकेश गिरिजाले
जनतालाई जहिले पनि 'तँ' को व्यवहार आफूले पनि गरे सहयोगिलाई पनि गर्न
लगाए र त्यो भन्दा पनि उनले जहिले पनि क्रुर व्यक्तिहरुलाई आफ्नो कोर्टमा
राखी प्रजातन्त्रको नाम भजाई जनताको भरपूर अपमान गरे। समग्रमा पञ्चायत
भन्दा विसंगत र क्रुर शासन गरे। प्रजातन्त्रको इतिहासमा लंकेश गिरिजाको
शासन भन्दा कालो शासन कुनै हुनै सक्तैन। उनी भन्दा पनि उनका आसेपासे धेरै
क्रुर मात्र हैनन मानसिक संतुलननै ठिक नभएका प्रतित हुन्छन् । गिरिजा
अन्डर म्याटि्रक रहेर पनि सायद उनले म्यानेज गर्न सकेनन वा उनमा आफन्त
भन्दा बढी कुनै एजेण्डानै थिएन वा उनको नियत नै खराव थियो। जसकारण
प्रजातन्त्र बाहाली भएको अवस्थामा पनि देश र जनताले दुख पाउनु पर्‍यो।
जस्तो हुनुपर्ने हो जनताको लागि कांग्रेस त्यस्तो बनिदिएको भए आज देशमा
साँच्चै रामराज्य हुन्थ्यो, जनतामा आक्रोश बढी देश हिंसाको चपेटामा पर्ने
थिएन र सवले न्याय पाँउथे। तर लंकेश गिरिजाले सत्ता पाउनासाथ कुकुरले
हड्डी कसैलाई नदिइ लिएर दौडेर कुनामा लगि एक्लै खाए जस्तै सारा नेपालीको
उम्मिद र धरोहर प्रजातन्त्रनै अपहरण गरी आफ्नो परिवार र खुस्केट
सहयोगिलाई लगाई वलात्कार गरी गरी मारी दिए। त्यतिले तृप्त नभएर फेरी
पार्टर्ीीई गणतन्त्रमा लगि लोकतन्त्रको नारा लगाई आन्दोलनमा जान लाजै
नमानी आफूले निरन्तर धोका दिदै आएका जनतालाई आहृवान गरे। जनताले पनि
प्रजातन्त्र अपहरण गरी जनताको सहयोगको आहृवान गरेको राजालाई अपहरण गर्दा
केही नवोलेका जनतालाई दुइदुइ बर्षसम्म केही राहत नदिएकाले उनको विरुद्ध
एकै पटक सडकमा उत्रे र लोकतन्त्र ल्याए। त्यसबेलामा पनि गरौ भने पूराना
विसंगति हटाइ नयाँ बिसंगतिमुक्त समाजको स्थापना गर्न सकिन्थ्यो।
सुध्रिने मौका थियो तर त्यस पश्यात पनि लंकेस गिरिजाले केही गरेनन्। झन
क्रुर शासन गरी जनता चिढाएकोले जनताले कांग्रेसलाई शर्मनाक तरीकाले
हराइदिए। तर पनि शासकको रवैयामा कुनै वदलाव आएन। किनकी जति नयाँ
नयाँ परिवर्तन भए पनि शासक उही पूराना बदनियत भएकानै किलो गाडेर बसेका
छन। उनीहरुलाई नहटाइ देश र जनताले कुनै परिवर्तन र सुधारको अनुभव गर्न
पाउने छैनन र लोकतन्त्रले जनताको मनमा घर गर्न सक्दैन। बरु उनीहरुको
कारण एमाले त भाँडियो भाँडियो अहिले सत्ता र पैसा भनी भनी देश र जनताको
लागि भनेर कात्रो बाँधेर लडेका माओवादीहरु समेत भाँडिएका हामीले देखेका
छौ। उनीहरु गणतन्त्रको नारा लगाएर फेरी जनतालाई मनाउन लागे। त्यस पछि पनि
जमिन खाली थियो गरौ भने धेरै कुरा सुधार्न सकिन्थ्यो तर शासक उही भएको र
परिवर्तित अवस्थामा पुरानो पृष्ठभूमीमा चाहेर पनि शासकले जति जोर लगाए
पनि कुनै परिवर्तन गर्न सकेनन्। यो सवै व्यक्ति उही यथावत रहेर जति
व्यवस्था परिवर्तन भए पनि केही हुदैन भन्ने पाठ अव नेपाली जनताले यही बाट
सिक्नु पर्छ।
नेपाली सुधारात्मक परिवर्तनको भोका भैसकेका छन्। साँच्चै परिवर्तनलाई
आत्मासात गर्ने हो भने अव पुस्ता परिवर्तन हुनु पर्छ। यहाँ
जुन सुकै व्यवस्था ल्याएपनि व्यवस्था खराव हैन व्यक्ति खराव भएर हामीले
परिवर्तनको अनुभव गर्न
पाएनौ।
त्यसैले अव कांग्रेसबाट शुरु गरी तमाम पार्टर्ीी पुस्ता परिवर्तन हुनै
पर्छ। किनकी कांग्रेसनै सवै भन्दा मुख्य भँडुवा हो। त्यहा पुस्ता
परिवर्तन हुन लागे पछि अन्य पार्टर्ीीमा पनि पुस्ता परिवर्तनको लहर आउछ।
जव सबै पार्टर्ीीयाँ पुस्ताले राम बनी पुराना रावणहरुलाई हटाउने छन्।
त्यही आधा समस्या समाधान हुने छ र त्यस पछि सवै पार्टर्ीी नयाँ पुस्ता
मिलेर छलफल गरेरै समस्या समाधान गर्दै जानेछन्। अन्तमा यो भन्न चाहान्छु
कि पुस्ता परिवर्तनको लागि ४० बर्षो उमेर ठिक हुन्छ।

तर यहाँ ५० बर्षपुगेका व्यक्तिहरु पनि कांग्रेसका रावणले केही गर्नै
नदिएर बर्वाद गरेकाले उनीहरु पनि कांग्रेसमै पनि निस्कलंंक छन।
उनीहरुसम्मकामा कुनै विसंगति आएको छैन। त्यसैले पुस्ता परिवर्तनको उमेर
कांग्रेसको हकमा ५० वर्षराख्दा हुन्छ। तर अव हरेक राजनीतिक पार्टर्ीी
पुस्ता परिवर्तनको लहर आउनै पर्छ र यसको शुरुवात कांग्रेसबाटै
हुनर्ुपर्छ।

Read More...

Sunday, January 17, 2010

0 तर्राईवासी नेपाली जनताहरुमा लाल सलाम

भारतीय विस्तारवादलाई कालो सलाम
नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ति तथा राष्ट्रिय एकता
दिवसको दिन मेची देखि महाकालीसम्म भारतीय विस्तारवादद्वारा पीडित देशभक्त
नेपालीहरुले राष्ट्रिय स्वाधीनता रक्ष्ँाका लागि भारतीय विस्तारवाद
मर्ुदावाद, कठपुतली सरकार मर्ुदावाद, राष्ट्रिय स्वाधीनताको रक्ष्ँा गरौं
बुलन्द नाराका साथ र्‍याली निकालेर जनएकता र शक्ति पर््रदर्शन गरेका छन्।
विशेषगरी तर्राईवासी नेपालीलाई लाल सलाम र विस्तारवाद भारतलाई कालो सलाम
दिनै पर्छ। एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादीले तराइ- मधेशको
विभिन्न स्थानमा भारतद्वारा अतिक्रमित नेपाली भूमिमा राष्ट्रिय जागरण
अभियान अर्न्तर्गत मार्चपास र जनसभाको आयोजना राष्ट्रिय एकता र भावनात्मक
एकीकरणको सशक्त पहल गरेको छ जसको फलस्वरुप देश तथा विदेशमा सकारात्मक
प्रभाव परेको छ। राष्ट्रियता, जनगणतन्त्र र जनजीविकाको लागि नयां दिनको
सुरुवात भएको छ।
राष्ट्रिय जनजागरण कार्यक्रममा सरिक भइ भारतद्वारा अतिक्रमित सीमा
क्षेत्र सुस्तामा भारतीय विस्तारवाद मर्ुदावाद नारा मैले पनि लगाए।
एनेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईको नेतृत्वमा करिब १०
हजार नरनारीले विवादित सीमा क्षेत्र सुस्तामा मार्चपास गरे। नवलपरासी
जिल्ला त्रिवेणी सुस्ता गाविस-४ मा १४ हजार हेक्टर जमिन ६ दशकदेखि भारतले
अतिक्रमण गर्दै आएको छ। नारायणी नदीको किनारमा रहेको भारतको विहार
राज्यसंग सीमा जोडिएको सुस्ता क्षेत्रमा बसोबास गर्ने नेपाली
नागरिकहरुमाथि भारतीय जनता र सरकारले पटक पटक नानाथरिका थिचोमिचो गर्दै
आइरहेका छन्। सुस्तावासीको कथा व्यथा वर्ण्र्ाागरेर साध्य छैन।
भारतद्वारा निरन्तर गरिएको ज्यादतिको भनेर भन्न सक्ने अवस्था छैन। भारतीय
कठपुतली नेपाल सरकारका प्रधानमन्त्री माधवकुमार नेपाल उपप्रधानमन्त्री,
एवं परराष्ट्र मन्त्री सुजाता कोइराला, नेकपा एमालेका नेता केपी ओली
लगायत विभिन्न राजनीतिक दलका नेताहरु भारतद्वारा गरिएको सीमा अतिक्रमणको
विरोध गर्ने पक्षमा छैनन्। राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने सवालमा
निकै पछि हटेको वर्तमान सरकार र उस्को र्समर्थक राजनीतिक दलहरुलाई
स्वाभिमानी देशभक्त नेपालीहरुले पहिचान गरिसकेका छन्।
भारतको नीति, नियत र नियति नेपाली जनताहरुले गहिरोसंग बुझिसकेका छन्।
नयां उदीयमान देशभक्त क्रान्तिकारी पार्टर्ीी शक्ति एनेकपा माओवादीले
नेपाली जनताका दर्ुइ दुश्मन भारतीय विस्तारवाद र भारतीय विस्तारवादको
पुच्छर समातेर राजनीति बैतरणी तर्न चाहने नेपालका राजनीति दलहरुका दलाल
विरुद्ध खुलेर हिमाल, पहाड र तर्राईका देशभक्त जनताहरुको सक्रिय सहयोग र
र्समर्थनमा देशभक्ति र न्यायपर्ूण्ा लर्डाईं लडिरहेको छ।
योंग कम्युनिष्ट लिग नेपाल, अवध मधेश राज्य समिति नेपालले नेपाल-भारत
सीमा नाका महेशपुरमा ठड्याइएको साइनबोर्डमा ँसंसारका क्रान्तिकारी
युवाहरु एक होऔं। मार्क्सवाद-लेनिनवाद-माओवाद विचारधारा जिन्दावाद,
भारतीय विस्तारवाद नेपाल भूमि छोड, सीमा अतिक्रमण बन्द गर लेखिएको छ। सो
नाका ओहरदोहर गर्ने सबै भारतीयहरुले रोकिएर आर्श्चर्य मानेर सो
साइनबोर्डमा लेखिएको शब्द पढ्ने गरेका छन्। नेपालबाट खतरा देखेर ठूलो
संख्यामा भारतले आप\mनो सीमामा बोर्डर सेक्युरिटी फोर्स
-बिएसएफ सेना) तैनाथ गरेको छ। ठूटीबारी स्थित भारतीय सेनाले पनि नेपाली
सीमा महेशपुरमा भारतीय विस्तारवादका विरुद्ध गाडीएको साइनबोर्ड टुलुटुलु
हर्ेर्ने गरेका छन्। हिजोआज नेपाल-भारत सीमाका मानिसहरु एकआपसमा भारत
सरकारको ज्यादतिका बारेमा चर्चा गर्ने गर्दा रहेछन्। जनस्तरमा नेपाली र
भारतीय सीमा क्षेत्रका जनताहरुबीच दैनिकी सम्बन्ध राम्रो देखिएतापनि सीमा
विवाद र राजनीति कुटनीतिका कारण कुनै पनि बेला नराम्रो परिणाम
भोग्नुपर्ने अवस्था आउन सक्दछ।
पुस २७ गते बाक्लो शितलहरको कुनै प्रवाह नगरी स्थानीय जनताहरु
बेलटारीस्थित नेपाल-भारत मैत्री भवन त्रिभुवन क्याम्पसको प्रांगणमा
आयोजित राष्ट्रिय जागरण अभियान अर्थात आमसभामा भेला भएका थिए। एनेकपा
माओवादीका नेता डा. बाबुराम भट्टर्राईले जनसम्बोधन गर्दै भन्नुभएको थियो
-क्रान्तिकारी मूलधार माओवादी आन्तरिक प्रतिक्रियावादी दलाल र सुगौली
सन्धि पश्चात निरन्तर हैकम जमाउंदै आएको भारतीय विस्तारवादबाट नेपाली
जनताहरुलाई मुक्ति दिलाउन देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियानको
थालनी गरिएको हो। २०५२ सालमा सशस्त्र जनयुद्ध सुरु गर्नु अघि माओवादीले
राखेको ४० सूत्रीय मांगमध्ये १० वटा मांग
राष्ट्रियतासंग गांसिएको थियो। एमाले र कांग्रेसले प्रजातन्त्र र
लोकतन्त्रको मात्र कुरा गरे, सन् १९५० लगायत सबै असमान सन्धि खारेजका
लागि पहल गरेनन्। राजतन्त्रकै पालामा सन् १९६५ को असमान सन्धि भएको थियो

एनेकपा माओवादीले राष्ट्रियता र गणतन्त्र संगसंगै उठाउने प्रयत्न
गरिरहेको छ। सन् १९५० को सन्धि खारेजी, नेपालको अतिक्रमित भूमि फिर्ताको
कुरा पार्टर्ीीध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएर भारतको औपचारिक भ्रमण
गर्दा उठाउनुभएको थियो। असमान सम्झौता होइन, राष्ट्रियताको हितमा सम्झौता
हुनु पर्दछ । माओवादीले जनता र राष्ट्रको पक्षमा काम गरेको देखेर
प्रतिगामी शक्तिहरु अत्तालिएका छन्। शान्ति प्रक्रिया, संविधान निर्माण,
नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको मांग राखेर संर्घष्ा सुरु
भएको छ। निरन्तर दमनमा उत्रिएको, देशमा बेथिति कायम राखेको, आजसम्म
प्राप्त राजनीति उपलब्धि खोस्न खोज्ने, राष्ट्रघाती, व्यभिचारी
कर्ुर्सर्ीी बसेसम्म नयां नेपाल बन्दैन। लाखौं लाख जनता सडकमा उत्रिएको
देख्दैन। कान र आंखा नभएको रिमोटबाट चल्ने बुख्याचा, कठपुतली सरकार र
उस्लाई र्समर्थन गर्ने बाह्य शक्तिहरुका विरुद्ध नेपाली देशभक्त
मुक्तिकामी जनताहरुले आन्दोलन सुरु गरेका हुन्। राष्ट्रियतामाथि लागेको
कहिले निको नहुने क्यान्सर घाउ हो सुस्ता समस्या । नेपालको अभिन्न अंग
सुस्ता क्ष्ँेत्रमा लालपर्ूजा भएको १४ हजार हेक्टर नेपालीको जमिन भारतले
बेदखल गरेको छ। सुगौली सन्धि अनुशारको सीमा निर्धारण हुनु पर्दछ। अस्थिर
सिमाना होइन, स्थिर सिमाना हुनर्ुपर्दछ । भारतीय जनताहरुसंग हाम्रो कुनै
दुश्मनी छैन। भारतीय जनताहरु पनि भारतीय शासकद्वारा शोषित, उत्पीडित
छन्। हाम्रो झगडा दिल्लीमा बस्ने अन्यायी भारतीय शासकहरुका विरुद्ध हो।
हामी आधुनिक प्रगतिशील राष्ट्रवादका पक्षमा छौं। संसदवादी दलहरुले नक्कली
राष्ट्रवादको कुरा गरेर नेपाली जनताहरुलाई ठगिरहेका छन्। हामीहरुले
भारतसंग फौजी लर्डाई लड्ने कुरा गरिरहेका छैनौं। हामी हाम्रो अधिकार र
न्यायका लागि लडिरहेका छौं। नेपाली जनता पर्ूण्ारुपमा स्वाधीन हुन
चाहन्छन्। भारतसंग बराबरीको सम्बन्ध होस् भन्ने चाहन्छौं। सीमा विवाद र
असमान सन्धि नसुल्झाएसम्म सौहार्दपर्ूण्ा सम्बन्ध हुन सक्दैन। दिल्ली र
वासिङटनको थिचोमिचो हामी चाहदैनौं। नेपाल, भारत र चीन दर्ुइ छिमेकी
मुलुकसंग सन्तुलित, पंचशीलको सिद्धान्त अनुशारको सम्बन्ध चाहन्छ।
द्वन्द्व भनेको राष्ट्रियता र स्वाभिमानको सवाल हो। एनेकपा माओवादीका
उपाध्यक्षको भाषण सुनेर सुस्तावासी स्तब्ध भएका थिए। भारतीय
विस्तारवादविरुद्ध लड्ने प्रण गरेका थिए। तर्सथ भारतीय विस्तारवादको
अन्त्येष्टिको दिन अब धेरै दिन बांकी छैन। सुस्तावासीलाई लाल सलाम १
Read More...

Tuesday, January 12, 2010

0 कायरहरूको मारमा पत्रकारको कलम

-हरि प्रसाद पोखरेल-
पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न लालबहादुर चौधरी, कुन्दन फौजदार
जेलमा हुनु पर्नेमा अहिले माओवादीको बारा जिल्ला समितिको सचिवालय सदस्यमा
कार्यरत छन्। २०६४ असोज १८ गते अपहरण गरी हत्या गरिएका पत्रकार साहको
हत्याको आरोपमा उनीहरूमाथि बारा प्रहरीमा मुद्दा चलिरहेको छ। तर हत्याका
आरोपित कुन्दन फौजदार र हरेराम पटेल स्थानीय विद्यालय व्यवस्थापन समितिको
अध्यक्ष पदमा समेत रह"दै आएका छन्।
Read More...

Sunday, January 10, 2010

0 माओवादी जनसेना अयोग्यलाई त बर्हिरगमन, योग्यलाई कहां समायोजन ?

- किरण राज पाण्डे -
विदेशीहरू अर्थात् (अनमिन्) प्रमाणीकरणद्वारा माओवादीका लडाकूहरूमध्ये देशभरका २८ शिविरमा रहेका चार हजार आठ सय लडाकुलाई पुनः प्रमाणीकरण उमेरको कारण देखाई निकैपछि आएर मात्र अयोग्य ठहर गर्‍यो। त्यो पनि माओवादी बाहेक नेपालका अन्य दलहरूले चर्को आवाज उठाएर अनमिनले योग्य लडाकु भनेर शिविरमा राखेको ३ वर्षछि। र अयोग्यलाई माओवादी सेनाको शिविरबाट बहिरगमन गराउने प्रक्रियाको थालनी भएको छ। त्यो पनि नेपालको शान्तिको लागि नेपाललाई दिएको सहयोग र ऋणको करोडौं, अरबौं रकमबाट अयोग्य ठहरिएका माओवादी सेनालाई जनही २२ हजार नगद र डे्रस समेत दिएर टिका र माला लगाएर शिविरबाट बहिरगमन गर्दै (बाहिर पठाउंदै) छ।
अनमिनले बहिरगमन गराउनु अगाडि नै अयोग्य ठहर भएकामध्ये एक चौथाईले शिविर छाडेर गइसकेका छन् भने औपचारिकताको कार्य निभाउन बसेकाहरूलाई बहिरगमन गराउन सिन्धुलीको दुधौलीस्थित जनसेनाको दोश्रो डिभिजनबाट २२ गते बुधवारदेखि बहिरगमन कार्य प्रारम्भ गर्न राष्ट्रसंघीय निकाय सिन्धुली पुगिसकेको छ र बुधवारदेखि बहिरगमन प्रारम्भ गर्नेछ। त्यस्तै क्रममा अधिराज्यभरका सबै शिविरमा रहका पुन प्रमाणीकरणबाट अयोग्य ठहर भएका सेनालाई १२ महिनाको लागि परिचयपत्र दिएर सोही आधारमा उनीहरूलाई प्याकेज सुविधा उपलब्ध गराउने निर्ण्र्ाासमेत गरेको छ।
तर नेपाल सरकार र संयुक्त राष्ट्रसंघले हालसम्म माओवादी -लडाकु) यसेनालाई अधिराज्यका २८ वटा शिविरमा राखेर नेपालका अन्य सुरक्षा अंगहरूलाई दिएसरह राष्ट्रिय ढुकुटीबाट सुविधा दिएर विगत चार वर्षेखि राखेको छ। र, उनीहरूलाई राज्यको कुनै कार्यमा खटाएको छैन। अब यहां एउटा जटिल र महत्वपर्ूण्ा सवाल आएको छ। त्यो के भने अयोग्य सेनालाई त बर्हिगमन गराउने कार्य शुरू भयो। तर योग्य ठहर भएका माओवादी सेनालाई कहां समायोजन गराउने त्यो विषयमा हाल सम्म पनि कुहिरोको काग जस्तै नेपाली जनता र स्वयं माओवादी सेनालाई बनाइएको छ।
सबैलाई थाहा छ र सबैले बुझेको विषय पनि हो माओवादी सेनालाई राष्ट्रिय सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी लगायत हालसम्म नेपालमा रहेका सुरक्षा निकायमा राख्ने संभावना देखिदैन र मिल्दैन पनि। किनभने १० वर्षो जनयुद्धमा नेपालका सरकारी सुरक्षा निकाय र माओवादी लडाकुबीच जुन एकले अर्कोलाई दुश्मन सम्झेर जस्ले जहा मौका पायो त्यही सफाया गर्दै आएका थिए। त्यति मात्र नभएर माओवादी लडाकु र नेपालको राष्ट्रिय सुरक्ष्ँा तहमा रहेका सुरक्ष्ँाकर्मीका परिवारसम्ममा एकले अर्कोलाई सफाई गर्ने, अनेक यातना, प्रताडना दिई रिस सांध्ने र बदला लिने परिस्थितिको अन्त्य ऐले सम्म पनि नभएको हुंदा माओवादी सेनालाई हालको सुरक्षा संयन्त्रमा मिलाउन नसक्ने र मिलाइ हालियो भने पनि भित्रै विस्फोट हुने स्थिति छ।
राजनीतिक दलहरूकै भाषा अनुसार माओवादी सेनाको व्यवस्थापन नभएसम्म संविधान बन्न र बनाउन नसकिने हुंदा एवं संविधान निर्माण गरी र्सार्वजनिक गर्न ०६७ जेठ १४ गतेसम्मको मिति अन्तिम हो। २-३ महिनाभित्र माओवादी सेनालाई व्यवस्थापन हुन सकेन भने नयां संविधान आउन सक्दैन। त्यसकारण माओवादी सेनालाई देशको कुन र कस्तो संयन्त्र बनाएर उनीहरूलाई के जिम्मा दिइने हो भन्ने विषयमा अन्यौल नै देखिन्छ। अर्कोतिर पछिल्लो समयलाई नियाल्ने हो भने वर्तमान २२ दलीयहरू र दलका कार्यकर्ताबीच भएको मारामार र लर्डाईंले अनि उनीहरूकै बानीले माओवादी सेनालाई समायोजन गराउलान् र गर्ला भन्न सकिने स्थिति छैन र आम नेपालीले देखेका र दलहरूले देखाउन सकेका छैनन्।
Read More...