Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Sunday, January 10, 2010

0 माओवादी जनसेना अयोग्यलाई त बर्हिरगमन, योग्यलाई कहां समायोजन ?

- किरण राज पाण्डे -
विदेशीहरू अर्थात् (अनमिन्) प्रमाणीकरणद्वारा माओवादीका लडाकूहरूमध्ये देशभरका २८ शिविरमा रहेका चार हजार आठ सय लडाकुलाई पुनः प्रमाणीकरण उमेरको कारण देखाई निकैपछि आएर मात्र अयोग्य ठहर गर्‍यो। त्यो पनि माओवादी बाहेक नेपालका अन्य दलहरूले चर्को आवाज उठाएर अनमिनले योग्य लडाकु भनेर शिविरमा राखेको ३ वर्षछि। र अयोग्यलाई माओवादी सेनाको शिविरबाट बहिरगमन गराउने प्रक्रियाको थालनी भएको छ। त्यो पनि नेपालको शान्तिको लागि नेपाललाई दिएको सहयोग र ऋणको करोडौं, अरबौं रकमबाट अयोग्य ठहरिएका माओवादी सेनालाई जनही २२ हजार नगद र डे्रस समेत दिएर टिका र माला लगाएर शिविरबाट बहिरगमन गर्दै (बाहिर पठाउंदै) छ।
अनमिनले बहिरगमन गराउनु अगाडि नै अयोग्य ठहर भएकामध्ये एक चौथाईले शिविर छाडेर गइसकेका छन् भने औपचारिकताको कार्य निभाउन बसेकाहरूलाई बहिरगमन गराउन सिन्धुलीको दुधौलीस्थित जनसेनाको दोश्रो डिभिजनबाट २२ गते बुधवारदेखि बहिरगमन कार्य प्रारम्भ गर्न राष्ट्रसंघीय निकाय सिन्धुली पुगिसकेको छ र बुधवारदेखि बहिरगमन प्रारम्भ गर्नेछ। त्यस्तै क्रममा अधिराज्यभरका सबै शिविरमा रहका पुन प्रमाणीकरणबाट अयोग्य ठहर भएका सेनालाई १२ महिनाको लागि परिचयपत्र दिएर सोही आधारमा उनीहरूलाई प्याकेज सुविधा उपलब्ध गराउने निर्ण्र्ाासमेत गरेको छ।
तर नेपाल सरकार र संयुक्त राष्ट्रसंघले हालसम्म माओवादी -लडाकु) यसेनालाई अधिराज्यका २८ वटा शिविरमा राखेर नेपालका अन्य सुरक्षा अंगहरूलाई दिएसरह राष्ट्रिय ढुकुटीबाट सुविधा दिएर विगत चार वर्षेखि राखेको छ। र, उनीहरूलाई राज्यको कुनै कार्यमा खटाएको छैन। अब यहां एउटा जटिल र महत्वपर्ूण्ा सवाल आएको छ। त्यो के भने अयोग्य सेनालाई त बर्हिगमन गराउने कार्य शुरू भयो। तर योग्य ठहर भएका माओवादी सेनालाई कहां समायोजन गराउने त्यो विषयमा हाल सम्म पनि कुहिरोको काग जस्तै नेपाली जनता र स्वयं माओवादी सेनालाई बनाइएको छ।
सबैलाई थाहा छ र सबैले बुझेको विषय पनि हो माओवादी सेनालाई राष्ट्रिय सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी लगायत हालसम्म नेपालमा रहेका सुरक्षा निकायमा राख्ने संभावना देखिदैन र मिल्दैन पनि। किनभने १० वर्षो जनयुद्धमा नेपालका सरकारी सुरक्षा निकाय र माओवादी लडाकुबीच जुन एकले अर्कोलाई दुश्मन सम्झेर जस्ले जहा मौका पायो त्यही सफाया गर्दै आएका थिए। त्यति मात्र नभएर माओवादी लडाकु र नेपालको राष्ट्रिय सुरक्ष्ँा तहमा रहेका सुरक्ष्ँाकर्मीका परिवारसम्ममा एकले अर्कोलाई सफाई गर्ने, अनेक यातना, प्रताडना दिई रिस सांध्ने र बदला लिने परिस्थितिको अन्त्य ऐले सम्म पनि नभएको हुंदा माओवादी सेनालाई हालको सुरक्षा संयन्त्रमा मिलाउन नसक्ने र मिलाइ हालियो भने पनि भित्रै विस्फोट हुने स्थिति छ।
राजनीतिक दलहरूकै भाषा अनुसार माओवादी सेनाको व्यवस्थापन नभएसम्म संविधान बन्न र बनाउन नसकिने हुंदा एवं संविधान निर्माण गरी र्सार्वजनिक गर्न ०६७ जेठ १४ गतेसम्मको मिति अन्तिम हो। २-३ महिनाभित्र माओवादी सेनालाई व्यवस्थापन हुन सकेन भने नयां संविधान आउन सक्दैन। त्यसकारण माओवादी सेनालाई देशको कुन र कस्तो संयन्त्र बनाएर उनीहरूलाई के जिम्मा दिइने हो भन्ने विषयमा अन्यौल नै देखिन्छ। अर्कोतिर पछिल्लो समयलाई नियाल्ने हो भने वर्तमान २२ दलीयहरू र दलका कार्यकर्ताबीच भएको मारामार र लर्डाईंले अनि उनीहरूकै बानीले माओवादी सेनालाई समायोजन गराउलान् र गर्ला भन्न सकिने स्थिति छैन र आम नेपालीले देखेका र दलहरूले देखाउन सकेका छैनन्।


0 comments:

Feeds Comments