Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Tuesday, January 12, 2010

0 कायरहरूको मारमा पत्रकारको कलम

-हरि प्रसाद पोखरेल-
पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न लालबहादुर चौधरी, कुन्दन फौजदार
जेलमा हुनु पर्नेमा अहिले माओवादीको बारा जिल्ला समितिको सचिवालय सदस्यमा
कार्यरत छन्। २०६४ असोज १८ गते अपहरण गरी हत्या गरिएका पत्रकार साहको
हत्याको आरोपमा उनीहरूमाथि बारा प्रहरीमा मुद्दा चलिरहेको छ। तर हत्याका
आरोपित कुन्दन फौजदार र हरेराम पटेल स्थानीय विद्यालय व्यवस्थापन समितिको
अध्यक्ष पदमा समेत रह"दै आएका छन्।
हत्याको पुष्टि भएपछि माओवादीको
छानविन समितिले समेत उनीहरूलाई कारबाही गरिएको बताएको थियो।
जनकपुरकी पत्रकार उमा सिंहको हत्यामा संलग्नमध्ये श्रवण यादव माओवादीका
क्षेत्रिय सदस्य हुन् भने र नेवलाल पासवान तराइ एकता परिषद्का कार्यकर्ता
। उनीहरू पक्राउ परेपनि उनको मुद्दा फिर्ता लिन उमाकि आमालाई यतिखेर
धम्कि आउन थालिसक्यो।
पत्रकार महासंघका अनुसार माओवादी शान्तिप्रकृयामा आईसकेपछि पनि प्रकाश
ठकुरी वेपत्ता र जेपी जोशिको हत्यामा समेत माओवादीको संलग्नताको पुष्टि
भयो।
गएको मंसिर १३ गते रूकुमकि पत्रकार टिका विष्टलाई समाचार लेखेकै कारण
अक्षरहरू लेख्ने हातका पाचै औला व्लेडले चिरेर भीरबाट गुल्ट्याएको आज
दर्ुइ हप्ता भन्दा बढि भईसक्यो। तर आक्रमणकारीको पहिचान गर्न नजिकै पगेर
पनि राज्यको गृहप्रशासन मोन छ, उनीहरूलाई कारवाहि गर्ने सवालमा।
यतिसम्मकि शंका लागेर अनुसन्धान गर्नै नपाउने राजनीतिक दवाव छ प्रहरीलाई।
पत्रकार टिका विष्टलाई पनि मार्ने नियतले माओवादीले नै आक्रमण गरेको
पत्रकार महासंघको ठहरले पत्रकारहरू माओवादीबाट नै सुरक्षित छैनन् भन्ने
कुराको बोध गराएको छ।
हन त पुष १० गते मेघबहादर श्रेष्ठको संयोजनमा माओवादीले जारी गरेको टीका
विष्ट घटना प्रकरणसम्बन्धी अध्ययन-प्रतिवेदनमा पत्रकार महासंघद्धारा गठित
मिडिया मिसनले तथ्य एकातिर निष्कर्षअर्कोतिर निकाल्नु उहा"हरूको मर्यादा
र इमान्दारीभन्दा राजनीतिक 'प्रेसर'मा भएको आरोप लगाएको छ। अनि
माओवादीलाई बदनाम गराउन एमालेको मिलेमतोमा विष्ट आफैले हातका औला चिरेर
भीरबाट हाम फालेको भन्ने निष्कर्षपनि माओवादीको छ। तर प्रतिवेदन हर्ेदा
लाग्छ, पंचायतकालमा दईचारजना बसेर आफ्नो पक्षमा मुचुल्का तयार पारेजस्तो।
जनयुद्ध रोकर शान्तिप्रकृयामा सामेल भईसकेपछि पनि माओवादीबाट माथि
उल्लेखित पत्रकारको हत्या र आक्रमणका घटनाले नेपाली पत्रकारिता अझै
असुरक्षित छ भन्ने देखाएको छ। नेपालमा धेरै पत्रकार मारिएका छन्। कोहि
मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन्। कोहि राजनीतिक आस्थाका आधारमा
मारिएका छन्। यसरी कलमदेखि डराउने कायरहरूले अनि कृष्ण सेनदेखी उमा
सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मार०को तथ्यांक
छ। तर दुःखको कुरा, कारवाहि भने कसैलाई भएको छैन।
माओवादी द्वन्द्वकालमा पत्रकार राज्य र माओवादी दुवैबाट पीडित थिए।
शान्तिप्रकृयामा आईसकेपछि चाहि राज्यबाट पत्रकार पीडित हुने क्रम थोरै
रोकिएपनि माओवादीबाट पत्रकार मारमा परिरहेको यथार्थतालाई नकार्न सकिदैन।
वीरेन्द्र साह, जेपी जोशी र उमा सिंहको हत्या अनि प्रकाश ठकुरीकौ वैपत्ता
र टिका विष्ट माथिको आक्रमण यसका उदाहरण हुन्। माओवादीबाट भएका यस्ता
कार्य कुकृत्य हुन्, यसको जति निन्दा गरेपनि थोरै हुन्छ।
पत्रकारमाथिको यस्तै खाले आक्रमणले माओवादीको प्रेस स्वतन्त्रताप्रतिको
प्रतिवद्धता खोक्रो सावित बन्दै गएको छ। माओवादीको राष्ट्रिय हैसियत र
चर्चाका पछाडि नेपाली प्रेसको विशेष भूमिका छ। नेपाली प्रेसले माओवादीलाई
एउटा राजनीतिक शक्तिको सम्मान दिईरहैको छ। तर कार्यकर्ताका गतिविधिका
कारण किन माओवादीलाई आतंककारी बन्न मन लाग्छ - अहिले माओवादी ठुलो संसदीय
दल हो। निश्चय नै उसका कार्यकता र र्समर्थक अरू दलका भन्दा बढि छन्। तर
ती कार्यकर्तालाई नियमको परिधिभित्र राख्न सक्नुपथ्र्यो। उनीहरूलाई
अनशासित बनाउन नसक्नु त नेतृत्वको कमजोरी नै हो। यसो गर्न सकेको भए
कार्यकर्ताको गल्तीबाट नेतृत्व र पार्टर्ीीालोचित हुनुपर्ने अवस्था आउने
थिएन।
हुन त नेपालका कुनै पनि राजनीतिक दलको घोषणापत्रमा पत्रकारलाई आक्रमण
गर्ने र मार्ने लेखिएको छैन। माओवादीको पनि यस्तो नीति र योजना छेन।
तैपनि पत्रकार किन माओवादीको तारो बनिरहन्छन् - अरू राजनीतिक दलसंग भन्दा
माओवादीसंग अलि बढि डराएको जस्तो किन गर्छ नेपाली प्रेसले -
जुनुसुकै राजनीतिक आस्था बोकेको किन नहोस्, पत्रकारमाथिको हत्या र
आक्रमणको पीडा कुनै राजनीतिक दललाई भन्दा बढ्ता पत्रकारलाई नै दुख्छ।
जताजतै श्रम गरेर ज्यालाको जिन्दगीमै काम गरि राष्ट्रमै परिचित बनिरहेको
पत्रकारिता पेशाका दुश्मन धेरै हन्छन्। यो सबैले जानिराखेको कुरा हो। अनि
यस्ता दुश्मनहरूलाई राजनीतिक संरक्षण दिईरहदा यो पेशा विस्तारै संकटमा
पर्दै पनि गएको छ।
पछिल्लो तीन वर्षो घटनाक्रमले के देखाउँछ भने पत्रकारलाई आक्रमण गर्ने र
मार्नेलाई माअेावादीले जोगाएको छ। माओवादीका लागि नेपालका कानुन मकैका
खोस्टा हुन्- उसलाई कुनै नियमले छुनै सक्तैन। एमालेले पनि अखवारी
प्रोपोगाण्डामा आफूलाई सीमित राखेको छ। अनि कांग्रेसले यौ विषयमा निरीहता
देखाईरहेको छ। राजनीतिक दल त यस्तै भए भए, पत्रकारहरूको छाता संगठन नेपाल
पत्रकार महासंघको हालत पनि उस्तै छ। महासंघले कुनैपनि घटनालाई निष्कर्षा
पुर्याएर अपराधिलाई कारवाहिको दायरामा ल्याउन दवाव दिएको रर्ेकर्ड छैन।
एउटा कुनै घटनालाई निष्कर्षा पुर्‍याएर अपराधीलाई सजाँय दिलाउन सकिए
मात्र पछिल्ला दिनमा यस्ता घटना दोहोरिने थिएनन्। कारबाही भए मात्र
अपराधीको मनोबल गिर्ने सम्भावना रहन्थ्यो।
प्रेसलाई चिढ्याउनु भनेको पहाडसंग ठोक्किनु र अरिङ्गालको गोलामा हात
हाल्नु सरह हो। अरू मुलुकका पे्रस ज्ञाताहरू यहि भन्छन्। मलेसियाका पर्ूव
प्रधानमन्त्री मोहमद महातिरले आफ्नो बारेमा या सरकारका विरूद्ध केहि
लेखेको भेटे भने बेलुका आफै भेटेर उसको असन्तुष्टीको विसयमा बहस गर्थे
रे। खै त नेपालमा यस्तो - यो बहस हरेक राजनीतिक दलले गरे हुन्छ। कसैका
लागि पत्रकार त विपक्षी हुनै सक्दैन। पत्रिकामा लेखेकै भरमा कसैलाई पनि
ज्यानको धम्की दिनु अथवा यो वा त्यो नाममा शारीरिक आक्रमण गर्नु भनेको त,
यो कलम देखि डराउने कायरहरूले मात्रै गर्ने काम हो। जुनसुकै बादको खोल
ओढेर गरिने यस्ता कामको सबैतिरबाट निन्दा गरिनु आवश्यक छ , अनि यस्ता
खाले प्रवृतिलाई निरूत्साहित गर्न कडा भन्दा कडा कारबाही गरिनु पनि
उत्तिकै आवश्यक छ्र। तर नेपाली पर्रि्रेक्ष्यमा पत्रकारले न्याय माग्यो
भने ऊ आफै अरिंगालको गोलामा पर्न जाँदो रहेछ। यहि कुराले पनि नेपालमा
दण्डहिनता घटेको होईन, मौलाएको संकेत गर्छ। यहि भएर नै नेपाली प्रेसको
र्सवमान्य दायित्व अहिले आएर थला परेको छ। पत्रकार निरिह सावित हुन
थालेका छन्।
राजनीतिक दलको चरित्रमा सुधार नआईकन राज्य प्रणालीमा सुधार आउन सक्दैन।
कलमको जवाफ कलमबाट नभई हतियारले दिने संस्कार मौलाउदै गएपछि दण्डहिनताको
मारमा पत्रकार पर्दै गएका छन्। यद्दपि अन्तमा कलमकै जीत भएको त छ नि। पदम
ठकुराठीको कलमलाई भा"च्न खोज्दा दरवारीया भूमिगत गिरोह छताछुल्ल भएकोर्
इतिहास पनि छ, अनि कृष्ण सेनको कलमलाई दोबार्दा दरवारै चट भएको यथार्थता
पनि छ। यसैले कलमस"ग जिस्कने हुतिहाराको विजोग मारिएका पत्रकारले
नदेखेपनि बाँचेकाले त एकदिन अवश्य देख्छन्।
यसैले राजनीतिक दलको चरित्र जोगाउन आफ्नो चरित्रलाई बन्धक राख्ने र
बेच्ने काम पत्रकारबाट गरिनु पनि हुदैन। अहिले काखी च्यापे पनि
पत्रकारिता पेशा छाडेको भोलिपल्ट राजनीतिक दलले पत्रकारलाई जुम्राले लास
छाडेझै गरेर छाड्छन्। पछिल्लो समयमा ऋषि धमलाको चरित्र जोगाउन पत्रकार
महासंघले आफ्नो चरित्र बेचेपछि पनि पत्रकारिता पेशालाई हर्ेर्ने
दृष्टिकोणसंगै पत्रकारका वर्ग दुश्मन बढ्दै गएका छन्। राजनीतिक दल पनि अब
आफ्नो खोक्रो आदर्शबाट माथि उठ्न सक्नपर्छ। पत्रकारमाथि वाइसियलले आक्रमण
गर्‍यो भने माओवादीले बचाउने, युथ फोर्सले हत्या गर्‍यो भने एमालेले
बचाउने र तरूण दलले मरणासन्न पार्यो भने कांग्रेसले बचाईराख्ने हो भने
कसरी हुन्छ प्रेस स्वतन्त्रता - पत्रकार सबैका साझा हुन् भनेर एकपटक सबै
राजनीतिक दलले सोच्नुपर्ने भएको छ, विशेष गरेर माओवादीले। - नागोया,
जापान, hpralesh@gmail.com
लेखक परिचय ः
केन्द्रीय पार्ष्, नेपाल पत्रकार महासंघ चितवन


0 comments:

Feeds Comments