Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Sunday, January 17, 2010

0 तर्राईवासी नेपाली जनताहरुमा लाल सलाम

भारतीय विस्तारवादलाई कालो सलाम
नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ति तथा राष्ट्रिय एकता
दिवसको दिन मेची देखि महाकालीसम्म भारतीय विस्तारवादद्वारा पीडित देशभक्त
नेपालीहरुले राष्ट्रिय स्वाधीनता रक्ष्ँाका लागि भारतीय विस्तारवाद
मर्ुदावाद, कठपुतली सरकार मर्ुदावाद, राष्ट्रिय स्वाधीनताको रक्ष्ँा गरौं
बुलन्द नाराका साथ र्‍याली निकालेर जनएकता र शक्ति पर््रदर्शन गरेका छन्।
विशेषगरी तर्राईवासी नेपालीलाई लाल सलाम र विस्तारवाद भारतलाई कालो सलाम
दिनै पर्छ। एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादीले तराइ- मधेशको
विभिन्न स्थानमा भारतद्वारा अतिक्रमित नेपाली भूमिमा राष्ट्रिय जागरण
अभियान अर्न्तर्गत मार्चपास र जनसभाको आयोजना राष्ट्रिय एकता र भावनात्मक
एकीकरणको सशक्त पहल गरेको छ जसको फलस्वरुप देश तथा विदेशमा सकारात्मक
प्रभाव परेको छ। राष्ट्रियता, जनगणतन्त्र र जनजीविकाको लागि नयां दिनको
सुरुवात भएको छ।
राष्ट्रिय जनजागरण कार्यक्रममा सरिक भइ भारतद्वारा अतिक्रमित सीमा
क्षेत्र सुस्तामा भारतीय विस्तारवाद मर्ुदावाद नारा मैले पनि लगाए।
एनेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईको नेतृत्वमा करिब १०
हजार नरनारीले विवादित सीमा क्षेत्र सुस्तामा मार्चपास गरे। नवलपरासी
जिल्ला त्रिवेणी सुस्ता गाविस-४ मा १४ हजार हेक्टर जमिन ६ दशकदेखि भारतले
अतिक्रमण गर्दै आएको छ। नारायणी नदीको किनारमा रहेको भारतको विहार
राज्यसंग सीमा जोडिएको सुस्ता क्षेत्रमा बसोबास गर्ने नेपाली
नागरिकहरुमाथि भारतीय जनता र सरकारले पटक पटक नानाथरिका थिचोमिचो गर्दै
आइरहेका छन्। सुस्तावासीको कथा व्यथा वर्ण्र्ाागरेर साध्य छैन।
भारतद्वारा निरन्तर गरिएको ज्यादतिको भनेर भन्न सक्ने अवस्था छैन। भारतीय
कठपुतली नेपाल सरकारका प्रधानमन्त्री माधवकुमार नेपाल उपप्रधानमन्त्री,
एवं परराष्ट्र मन्त्री सुजाता कोइराला, नेकपा एमालेका नेता केपी ओली
लगायत विभिन्न राजनीतिक दलका नेताहरु भारतद्वारा गरिएको सीमा अतिक्रमणको
विरोध गर्ने पक्षमा छैनन्। राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने सवालमा
निकै पछि हटेको वर्तमान सरकार र उस्को र्समर्थक राजनीतिक दलहरुलाई
स्वाभिमानी देशभक्त नेपालीहरुले पहिचान गरिसकेका छन्।
भारतको नीति, नियत र नियति नेपाली जनताहरुले गहिरोसंग बुझिसकेका छन्।
नयां उदीयमान देशभक्त क्रान्तिकारी पार्टर्ीी शक्ति एनेकपा माओवादीले
नेपाली जनताका दर्ुइ दुश्मन भारतीय विस्तारवाद र भारतीय विस्तारवादको
पुच्छर समातेर राजनीति बैतरणी तर्न चाहने नेपालका राजनीति दलहरुका दलाल
विरुद्ध खुलेर हिमाल, पहाड र तर्राईका देशभक्त जनताहरुको सक्रिय सहयोग र
र्समर्थनमा देशभक्ति र न्यायपर्ूण्ा लर्डाईं लडिरहेको छ।
योंग कम्युनिष्ट लिग नेपाल, अवध मधेश राज्य समिति नेपालले नेपाल-भारत
सीमा नाका महेशपुरमा ठड्याइएको साइनबोर्डमा ँसंसारका क्रान्तिकारी
युवाहरु एक होऔं। मार्क्सवाद-लेनिनवाद-माओवाद विचारधारा जिन्दावाद,
भारतीय विस्तारवाद नेपाल भूमि छोड, सीमा अतिक्रमण बन्द गर लेखिएको छ। सो
नाका ओहरदोहर गर्ने सबै भारतीयहरुले रोकिएर आर्श्चर्य मानेर सो
साइनबोर्डमा लेखिएको शब्द पढ्ने गरेका छन्। नेपालबाट खतरा देखेर ठूलो
संख्यामा भारतले आप\mनो सीमामा बोर्डर सेक्युरिटी फोर्स
-बिएसएफ सेना) तैनाथ गरेको छ। ठूटीबारी स्थित भारतीय सेनाले पनि नेपाली
सीमा महेशपुरमा भारतीय विस्तारवादका विरुद्ध गाडीएको साइनबोर्ड टुलुटुलु
हर्ेर्ने गरेका छन्। हिजोआज नेपाल-भारत सीमाका मानिसहरु एकआपसमा भारत
सरकारको ज्यादतिका बारेमा चर्चा गर्ने गर्दा रहेछन्। जनस्तरमा नेपाली र
भारतीय सीमा क्षेत्रका जनताहरुबीच दैनिकी सम्बन्ध राम्रो देखिएतापनि सीमा
विवाद र राजनीति कुटनीतिका कारण कुनै पनि बेला नराम्रो परिणाम
भोग्नुपर्ने अवस्था आउन सक्दछ।
पुस २७ गते बाक्लो शितलहरको कुनै प्रवाह नगरी स्थानीय जनताहरु
बेलटारीस्थित नेपाल-भारत मैत्री भवन त्रिभुवन क्याम्पसको प्रांगणमा
आयोजित राष्ट्रिय जागरण अभियान अर्थात आमसभामा भेला भएका थिए। एनेकपा
माओवादीका नेता डा. बाबुराम भट्टर्राईले जनसम्बोधन गर्दै भन्नुभएको थियो
-क्रान्तिकारी मूलधार माओवादी आन्तरिक प्रतिक्रियावादी दलाल र सुगौली
सन्धि पश्चात निरन्तर हैकम जमाउंदै आएको भारतीय विस्तारवादबाट नेपाली
जनताहरुलाई मुक्ति दिलाउन देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियानको
थालनी गरिएको हो। २०५२ सालमा सशस्त्र जनयुद्ध सुरु गर्नु अघि माओवादीले
राखेको ४० सूत्रीय मांगमध्ये १० वटा मांग
राष्ट्रियतासंग गांसिएको थियो। एमाले र कांग्रेसले प्रजातन्त्र र
लोकतन्त्रको मात्र कुरा गरे, सन् १९५० लगायत सबै असमान सन्धि खारेजका
लागि पहल गरेनन्। राजतन्त्रकै पालामा सन् १९६५ को असमान सन्धि भएको थियो

एनेकपा माओवादीले राष्ट्रियता र गणतन्त्र संगसंगै उठाउने प्रयत्न
गरिरहेको छ। सन् १९५० को सन्धि खारेजी, नेपालको अतिक्रमित भूमि फिर्ताको
कुरा पार्टर्ीीध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएर भारतको औपचारिक भ्रमण
गर्दा उठाउनुभएको थियो। असमान सम्झौता होइन, राष्ट्रियताको हितमा सम्झौता
हुनु पर्दछ । माओवादीले जनता र राष्ट्रको पक्षमा काम गरेको देखेर
प्रतिगामी शक्तिहरु अत्तालिएका छन्। शान्ति प्रक्रिया, संविधान निर्माण,
नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको मांग राखेर संर्घष्ा सुरु
भएको छ। निरन्तर दमनमा उत्रिएको, देशमा बेथिति कायम राखेको, आजसम्म
प्राप्त राजनीति उपलब्धि खोस्न खोज्ने, राष्ट्रघाती, व्यभिचारी
कर्ुर्सर्ीी बसेसम्म नयां नेपाल बन्दैन। लाखौं लाख जनता सडकमा उत्रिएको
देख्दैन। कान र आंखा नभएको रिमोटबाट चल्ने बुख्याचा, कठपुतली सरकार र
उस्लाई र्समर्थन गर्ने बाह्य शक्तिहरुका विरुद्ध नेपाली देशभक्त
मुक्तिकामी जनताहरुले आन्दोलन सुरु गरेका हुन्। राष्ट्रियतामाथि लागेको
कहिले निको नहुने क्यान्सर घाउ हो सुस्ता समस्या । नेपालको अभिन्न अंग
सुस्ता क्ष्ँेत्रमा लालपर्ूजा भएको १४ हजार हेक्टर नेपालीको जमिन भारतले
बेदखल गरेको छ। सुगौली सन्धि अनुशारको सीमा निर्धारण हुनु पर्दछ। अस्थिर
सिमाना होइन, स्थिर सिमाना हुनर्ुपर्दछ । भारतीय जनताहरुसंग हाम्रो कुनै
दुश्मनी छैन। भारतीय जनताहरु पनि भारतीय शासकद्वारा शोषित, उत्पीडित
छन्। हाम्रो झगडा दिल्लीमा बस्ने अन्यायी भारतीय शासकहरुका विरुद्ध हो।
हामी आधुनिक प्रगतिशील राष्ट्रवादका पक्षमा छौं। संसदवादी दलहरुले नक्कली
राष्ट्रवादको कुरा गरेर नेपाली जनताहरुलाई ठगिरहेका छन्। हामीहरुले
भारतसंग फौजी लर्डाई लड्ने कुरा गरिरहेका छैनौं। हामी हाम्रो अधिकार र
न्यायका लागि लडिरहेका छौं। नेपाली जनता पर्ूण्ारुपमा स्वाधीन हुन
चाहन्छन्। भारतसंग बराबरीको सम्बन्ध होस् भन्ने चाहन्छौं। सीमा विवाद र
असमान सन्धि नसुल्झाएसम्म सौहार्दपर्ूण्ा सम्बन्ध हुन सक्दैन। दिल्ली र
वासिङटनको थिचोमिचो हामी चाहदैनौं। नेपाल, भारत र चीन दर्ुइ छिमेकी
मुलुकसंग सन्तुलित, पंचशीलको सिद्धान्त अनुशारको सम्बन्ध चाहन्छ।
द्वन्द्व भनेको राष्ट्रियता र स्वाभिमानको सवाल हो। एनेकपा माओवादीका
उपाध्यक्षको भाषण सुनेर सुस्तावासी स्तब्ध भएका थिए। भारतीय
विस्तारवादविरुद्ध लड्ने प्रण गरेका थिए। तर्सथ भारतीय विस्तारवादको
अन्त्येष्टिको दिन अब धेरै दिन बांकी छैन। सुस्तावासीलाई लाल सलाम १


0 comments:

Feeds Comments