Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Tuesday, January 26, 2010

0 Fwd: अव कांग्रेसबाट पचास भन्दा माथिका नेताहरुलाई बिदा दिनु पर्छ

कांग्रेसका रावणरुपी बुढा पुस्तालाई तत्काल बिदा गरौं
-संजीव सत्याल-
आफैबाट शुरु गर्छु। म तीन बर्षेखि खैनी सेवन गर्ने गर्थे। गत जनवरी १
देखि अव खैनी खाँदै खाँदिन भनेर म दृढ संकल्पित रहे र छोडे पनि । खैनी
छोडन मलाई खासै गाह्रो परेन। हप्ता दिनमै मैले खैनी पूरै छोडन सफल रहे।
तर त्यस पछि मैले अदभूत अनुभव गरेँ। व्यक्तिले छोडेर मात्र खैनी -अंवल,
बिकृति) छोडिदो रहेन छ। खैनी छोडेकोले म जनवरी वीस सम्म एक किसिमले
बिरामी नै भएँ। मैले सेवन गर्ने खैनी केवल मुखले मात्र लिने हैन रहेछ।
त्यो त हाम्रो देशमा तलबाट लिने घुस माथी माथी गर्दै मन्त्री
प्रधानमन्त्री सम्म पुग्ने गरेझै त्यसको मजा त आँखा, नाक, दिमाग, जीव्रो,
मुटु, कलेजो, मृगौला, रगत सवैले लिदा रहेछन्। अतः मैले खैनी लिन छोडेपछि
त मेरा शरीरको हरेक अंग प्रत्यङ्गले एकजूट भएर २०६२/६३ सालको जनआन्दोलन
जस्तै आन्दोलन नै गर्न लागे। मलाई त एकाएक व्लडप्रेसरको असैहृय पारा
चढ्यो। रिस उठ्या उठ्यै हुन थाल्यो। हात खुट्टा थरथराउन थाले। होस नै गुम
भयो। बोली नै लरवराउन लागे। -अहिले माधव नेपालले सरकारमा पनि बिसंगति
पर्ूण्ा रुपले हटाउन कदम चालुन त त्यही बिसंगतिमा तर् मारी मारी राजनीति
गर्दै आएका पार्टर्ीी मिलेर उनलाई यसै गरी सिद्याइदिन्छन् )। तर पनि म
बिचलित भइन र खैनी लिदै लिइन। अव मैले र मेरो शरीरले खैनी माथी जीत हासिल
गर्दै गएको छ। त्यस्तै गत दशैमा एक जना भाईले रक्सी छोडेछन् तर आज सम्म
उनको एक्कासी बढेको रक्तचाप तल र्झन सकेको छैन। मतलव बिसंगति एक चोटी
बहाल भए पछि त्यसलाई छुटाउन असाध्दै गाह्रो हुन्छ र त्यही नै जीवनको बाटो
बन्छ। र ति बिसंगतिले रामलाई पनि रावण बनाउछ, शुरु देखि बिसंगति हटाउनु
पर्नेमा नेताहरुको विकृत मानसिकता , आत्मकेन्द्रीत प्रबृत्ति, गैह्र
जिम्मेवारीपन र नियतनै, ब्रि्रेको अवस्थाको फाइदा उठाउनु, भएकाले आज
हाम्रो राजनीतिमा कोही राम छैनन् सव रावण नै रावण छन। यिनलाई नहटाइ देशमा
शान्ती र प्रगति हुनेवालानै छैन। अव यि रावण नै विसंगति हुन र बिसंगति
हटदै नहटने चाँही होइन। तर त्यसलाई हटाउन दृढ संकल्पित हुनु पर्छ। एवं
रितले देशमा अहिले सम्म पार्टर्ीी नेता रुपी रावणहरुको लोभ र
स्वइच्छाचारी कूशासनका कारण हरेक क्षेत्रमा बिशंगतिले किलो गाडेर वसेका
छन् र ती विसंगतिबाट देशलाई मुक्त गर्न अव पुस्तानै परिवर्तन गर्नु पर्छ।
२०४६ सालको आन्दोलन पश्यात देशलाई भ्रष्टाचार, अपमान, क्रुरता लगायत
यावत विसंगति समाप्त पारी नयाँ प्रणाली लागू गरी समाजलाई सही दिशामा लान
सकिन्थ्यो तर दर्ूभाग्य नेताहरुका निहित स्वार्थ र बुझनै नसक्ने
पागलपनले गर्दा ती विसंगति सात साल देखि अहिले सम्म बारम्वार परिवर्तनको
मौका आउदा पनि नेपाल र नेपाली समाज यस्तो दलदलबाट उत्रनुको सट्टा झन झन
फँस्दै गएको छ । जव राणाशाही गयो, त्यस पछि आधुनिक नेपालको अभ्यास नयाँ
प्रणालीबाट हुनु पथ्र्यो। तर त्यही बेला देखीनै राणाजीको देखासिकी गरी
आफू पनि रावणराज गर्ने नियत बनाइ बसेका कांग्रेसले राज्य व्यवस्था र
त्यससंग गरीनुपर्ने व्यवहारको कुनै खाका नाकोरी पुरानै शामन्ती पारामा
अझै भन्नु पर्दा जनता उत्साहित हुने खालको नभै अहिले जस्तै
दर्ूर्व्यवहारयुक्त राणाहरुको भन्दा निकृष्ट शैलीमा शासन गरेर जनतलाई
प्रजातन्त्र पनि बेकारको हुदो रहेछ भन्ने पार्‍यो। फलस्वरुप जनता
त्यसैवेला कांग्रेस र अन्य पार्टर्ीी गर्ने गरेको प्रजातन्त्रसंग कुनै
पटरी नखाने व्यवहारबाट दिक्क भए। त्यो ८ बर्ष-२००७ देखि २०१५साल) सम्म
नेपाली जनताले देशमा प्रजातन्त्र आएको हो वा होइन अनुभव नै गर्न पाएनन्।
जनताको लागि त्यसवेला पनि राणा विहिन राणाशासन नै थियो, जस्तो अहिले
गणतन्त्रको अनुभव जनताले कांग्रेसकै कारण सकरात्मक रुपमा गर्न सकिरहेका
छैनन्। तै पनि ०१५ साल आयो र अरु पार्टर्ीीे खासै कुनै भूमिका नहुनु र
प्रजातन्त्रको राग अलाप्ने केवल कांग्रेसमात्र भएकोले जनताले कांग्रेसलाई
नै जीताए। तर सत्तामा पुग्नासाथ जनता र सहयोगीहरुलाई सनक्क सन्किएर धोका
दिने वानी लागिसकेका रावण बनेको कांग्रेसले त्यसवेला पनि राणाशाहीलाई
समेत मात गर्ने गरी क्रुर शासन गर्‍यो। यद्यपि त्यसवेलाका प्रधानमन्त्री
जनतासंग सारै नम्र व्यक्ति थिए। तै पनि कांग्रेसका रावणहरुले अव हामीलाई
कसैले केही गनै सक्दैन भनेर उल्टो जनताको बिरुद्ध अहिलेको माओवादीले
जस्तो हिंसात्मक भौतिक कार्यवाही जस्तो क्रुर व्यवहार गरेकोले त्यसवेला
र्सवसाधारणले आफ्ना बैरीलाई 'तेरो घरमा कांग्रेस पसि जाउन् ' भनेर समेत
सराप्थे। अर्थात अहिलेको माओवादीभन्दा पनि त्यो बेलाको सत्ताधारी
कांग्रेस धेरै क्रुर थियो। त्यसताका जनताद्वारा निर्वाचित भइ सत्तामा
बसेको कांग्रेससंग जनतानै त्राहिमाम थिए जस्तो अहिले आफैले निर्वाचित
गरेको माओवादीसंग जनता तर्सिनुपर्ने अवस्था छ । त्यसैले रावण कांग्रेसको
यही कमजोरी देखेर चतुर इन्द्रे राजा महेन्द्रले २०१७ साल पौषमा सैनिक कु
गरेर पञ्चायती व्यवस्था लागू गरे। देशमा प्रजातन्त्र अपहरण हुँदा पनि
जनताले कांग्रेसको त्यसवेलाको व्यवहारले वाक्क भएरे राजाको कदमको विरोध
गरेनन्। फलतः देशमा जनताले पञ्चायति व्यवस्थाको प्रकोप फगत २९ बर्षझेल्नु
पर्‍यो। त्यस बिच समाजमा नै तीन तीन पुस्ता परिवर्तन भैसकेको थियो। २०४६
सालको आन्दोलन हुनु भन्दा केही पहिले समाजका प्रबुद्ध बुढाहरु हामी
प्रजातन्त्र भनेर हुरुक्क भई आन्दोलनको लागि हौसिएका युवाहरुलाई देखेर
अचम्म परेर भन्ने गर्थे ' यि केटाहरु प्रजातन्त्र भनेर कांग्रेसलाई वल
पुराउदै छन्। यिनलाई अनुभव छैन भोली कांग्रेसको विरुद्ध यिनै केटाहरु
लाग्नेछन, हामीले भोगेर आएका हौ , कांग्रेसले पनि तिमिहरुलाई प्रजातन्त्र
दिन्छन भन्या - यो त गोरु व्याउने कुरा जस्तो मात्र हो।' प्रजातन्त्रको
अनुभव गर्ने हतारोले हामी ती बुढाहरुलाई हाँसेर टाथ्र्यौर्। तर आज
प्रजातन्त्रमा विश्वास गर्ने हर नेपाली, कांग्रेसको व्यवहार देखेर
आक्रोशीत हुने वाहेक अरु कुनै प्रतिकृया दिने अवस्थामा छैनन्। कांग्रेसमा
आज पनि उही राणाकालका नेता कार्यकर्ता र तिनका आजका अनुयायिहरु चाहे त्यो
महेश आचार्य उमेरका हुन चाहे नविन्द्र राज उमेरका हुन वा गगन थापा उमेरका
हुन ति पुराना राणाकालका नेताहरुले आफ्नो उही पुरानो क्रुर संस्कार नयाँ
सदस्यमा बोक्सीमन्त्रको रुपमा हस्थ्ाान्तरण गरेको स्पष्ठ महशुस गर्न
सकिन्छ। हिजो दरवारको उत्पादनको रुपमा एमाले भन्ने कम्युनिष्ट समुह बने
भने आज बनेको माओवादी पुरापुर लंकेश गिरिजाको शासनको उत्पादन हो। त्यसको
साथै आज बनेका साना ठूला सशस्त्र समूहहरु पनि आजको कांग्रेसकै उत्पादन
हो। अर्को पक्षलाई पनि अवलोकन गरौ।
२०४६ सालमा पञ्चायति व्यवस्था ढले लगत्तै त्यसमा रहेका विसंगति अन्त गरी
कांग्रेसले देशमा पर्ूण्ा प्रजातान्त्रीक बातावरण वहाली गर्ने मौका पाएको
थियो। तर कांग्रेसको रावण नेताका विगत नै क्रुर थियो र उसका कर्ता पनि
उही थिए। उसले भ्रष्टाचार रहित, सभ्य समाज, सवको लागि न्यूनतम
प्रजातान्त्रीक उपभोगको उपाय अवलम्वन गर्न सक्थ्यो। तर कांग्रेसका ती
पुराना नेताहरुको कुनै योजना र भिजननै रहेन छ। उनीहरु त झन शुरु देखि उही
पुरानो परिवारवाद, चाकडि, भ्रष्टाचार, विदेशी प्रभू, विसंगति लगायत आफ्ना
कमजोरी समेत समावेश गरेर क्रमिक रुपमा पञ्चायत भन्दा पनि क्रुर शासन
गर्दै जान लागे। माथी भनिएझै कुनै विसंगति हटाउन त्यति सजिलो हुदैन, कुनै
एक स्थापित विसंगति हटाउदा त्यस विसंगतिबाट बाँच्नेहरु आन्दोलनमा
उत्रिन्छन्। शरीरमा त यो कुरा लागू हुन्छ भने सामाजिक जीवनमा त लागू
नहुने कुरै भएन। जस्तो अहिले टुकुचाको माथी सायद दुइसय घरहरु त बनेका
होलान्। अहिलेको घडिमा सरकारले ति घर भत्काउने निर्ण्र्ाामात्र गरोस त एक
लाख मान्छे सडकमा उत्रिन्छन्। भन्सार, मालपोत, यातायात विभाग, लगायत
विसंगतिहरु माओवादीको सरकारले समेत हटाउन सकेन, अहिलेको त सरकारनै
विसंगतिले बाँचेको छ । तर २०४६ सालपछि गरौ भने कांग्रेसले देशमा पुरानो
शासन गएको अवस्थामा पूरै रिक्तता थियो र पुराना सवै बिसंगतिलाई आँखा
चिम्लेर हटाइ सभ्य र कानूनी समाजको निर्माण गर्न सक्थ्यो। तर उसले
पञ्चायतले सिर्जना गरेका तमाम विसंगतिलाई स्वीकारी त्यसबाट
प्रधानमन्त्री, मन्त्रीहरु र पार्टर्ीी फाइदा लिने बाटो बनाएकोले देश र
जनताको दूरावस्था झन जटिल बन्दै गइ बर्षदिन नवित्दै जनतामा
प्रजातन्त्रप्रतिनै बितृष्णा बढ्यो। जसकारण देशमा कम्युनिष्टको विगविगी
बढन पुग्यो। यसरी कांग्रेसले पुरानै व्यवस्थाको निरन्तरता पनि विकृत
रुपमा कायम गरेकोले देशमा कुनै नयाँ प्रणाली विकसित हुनै नदिएर देशलाई
आजको अवस्थामा आइपुग्न बाध्य गरायो। त्यसैगरि ५०/५० बर्षजनतालाई
प्रजातन्त्र दिलाउन लडेका पार्टर्ीी नेताहरुले जनतालाई नै केन्द्र विन्दू
मानेर मालिक संझि जनपक्षिय कार्यक्रम ल्याई जनतालाई चकाचौध पार्न सक्थ्यो
तर जव गिरिजा प्रधानमन्त्री भए त्यसपछि उनले सवैभन्दा पहिले परिवारवादलाई
प्रश्रय दिई पार्टर्ीीे ३० बर्षो प्रजातन्त्रको लागि लडेको लडाइमा पानी
फेरीदिए। त्यसपछि पञ्चायतले धनी बनाएका रोहिणी थपलिया र सिताराम प्रर्साई
जस्ता धनाढ्यलाई पार्टर्ीीे नाममा पैसा लिएर उल्टो उनीहरु जस्तालाई नै
पोसाउन थाले, उल्टो ति विसंगतसंग नातारिस्ता कायम गर्न थाले। उनका
आसेपासे र मन्त्रीगणहरु पनि विसंगति, भोटको लागि केही भुठ्ठीभरका फटाहा
जिल्लाबासी लाई जनि गर्ने र अन्दाधुन्द भ्रष्टाचारमा लिप्त रहि जनतालाई
चाँही अपमान गर्न थाले। जनतामा रत्तिभर विश्वास नभएका लंकेश गिरिजाले
जनतालाई जहिले पनि 'तँ' को व्यवहार आफूले पनि गरे सहयोगिलाई पनि गर्न
लगाए र त्यो भन्दा पनि उनले जहिले पनि क्रुर व्यक्तिहरुलाई आफ्नो कोर्टमा
राखी प्रजातन्त्रको नाम भजाई जनताको भरपूर अपमान गरे। समग्रमा पञ्चायत
भन्दा विसंगत र क्रुर शासन गरे। प्रजातन्त्रको इतिहासमा लंकेश गिरिजाको
शासन भन्दा कालो शासन कुनै हुनै सक्तैन। उनी भन्दा पनि उनका आसेपासे धेरै
क्रुर मात्र हैनन मानसिक संतुलननै ठिक नभएका प्रतित हुन्छन् । गिरिजा
अन्डर म्याटि्रक रहेर पनि सायद उनले म्यानेज गर्न सकेनन वा उनमा आफन्त
भन्दा बढी कुनै एजेण्डानै थिएन वा उनको नियत नै खराव थियो। जसकारण
प्रजातन्त्र बाहाली भएको अवस्थामा पनि देश र जनताले दुख पाउनु पर्‍यो।
जस्तो हुनुपर्ने हो जनताको लागि कांग्रेस त्यस्तो बनिदिएको भए आज देशमा
साँच्चै रामराज्य हुन्थ्यो, जनतामा आक्रोश बढी देश हिंसाको चपेटामा पर्ने
थिएन र सवले न्याय पाँउथे। तर लंकेश गिरिजाले सत्ता पाउनासाथ कुकुरले
हड्डी कसैलाई नदिइ लिएर दौडेर कुनामा लगि एक्लै खाए जस्तै सारा नेपालीको
उम्मिद र धरोहर प्रजातन्त्रनै अपहरण गरी आफ्नो परिवार र खुस्केट
सहयोगिलाई लगाई वलात्कार गरी गरी मारी दिए। त्यतिले तृप्त नभएर फेरी
पार्टर्ीीई गणतन्त्रमा लगि लोकतन्त्रको नारा लगाई आन्दोलनमा जान लाजै
नमानी आफूले निरन्तर धोका दिदै आएका जनतालाई आहृवान गरे। जनताले पनि
प्रजातन्त्र अपहरण गरी जनताको सहयोगको आहृवान गरेको राजालाई अपहरण गर्दा
केही नवोलेका जनतालाई दुइदुइ बर्षसम्म केही राहत नदिएकाले उनको विरुद्ध
एकै पटक सडकमा उत्रे र लोकतन्त्र ल्याए। त्यसबेलामा पनि गरौ भने पूराना
विसंगति हटाइ नयाँ बिसंगतिमुक्त समाजको स्थापना गर्न सकिन्थ्यो।
सुध्रिने मौका थियो तर त्यस पश्यात पनि लंकेस गिरिजाले केही गरेनन्। झन
क्रुर शासन गरी जनता चिढाएकोले जनताले कांग्रेसलाई शर्मनाक तरीकाले
हराइदिए। तर पनि शासकको रवैयामा कुनै वदलाव आएन। किनकी जति नयाँ
नयाँ परिवर्तन भए पनि शासक उही पूराना बदनियत भएकानै किलो गाडेर बसेका
छन। उनीहरुलाई नहटाइ देश र जनताले कुनै परिवर्तन र सुधारको अनुभव गर्न
पाउने छैनन र लोकतन्त्रले जनताको मनमा घर गर्न सक्दैन। बरु उनीहरुको
कारण एमाले त भाँडियो भाँडियो अहिले सत्ता र पैसा भनी भनी देश र जनताको
लागि भनेर कात्रो बाँधेर लडेका माओवादीहरु समेत भाँडिएका हामीले देखेका
छौ। उनीहरु गणतन्त्रको नारा लगाएर फेरी जनतालाई मनाउन लागे। त्यस पछि पनि
जमिन खाली थियो गरौ भने धेरै कुरा सुधार्न सकिन्थ्यो तर शासक उही भएको र
परिवर्तित अवस्थामा पुरानो पृष्ठभूमीमा चाहेर पनि शासकले जति जोर लगाए
पनि कुनै परिवर्तन गर्न सकेनन्। यो सवै व्यक्ति उही यथावत रहेर जति
व्यवस्था परिवर्तन भए पनि केही हुदैन भन्ने पाठ अव नेपाली जनताले यही बाट
सिक्नु पर्छ।
नेपाली सुधारात्मक परिवर्तनको भोका भैसकेका छन्। साँच्चै परिवर्तनलाई
आत्मासात गर्ने हो भने अव पुस्ता परिवर्तन हुनु पर्छ। यहाँ
जुन सुकै व्यवस्था ल्याएपनि व्यवस्था खराव हैन व्यक्ति खराव भएर हामीले
परिवर्तनको अनुभव गर्न
पाएनौ।
त्यसैले अव कांग्रेसबाट शुरु गरी तमाम पार्टर्ीी पुस्ता परिवर्तन हुनै
पर्छ। किनकी कांग्रेसनै सवै भन्दा मुख्य भँडुवा हो। त्यहा पुस्ता
परिवर्तन हुन लागे पछि अन्य पार्टर्ीीमा पनि पुस्ता परिवर्तनको लहर आउछ।
जव सबै पार्टर्ीीयाँ पुस्ताले राम बनी पुराना रावणहरुलाई हटाउने छन्।
त्यही आधा समस्या समाधान हुने छ र त्यस पछि सवै पार्टर्ीी नयाँ पुस्ता
मिलेर छलफल गरेरै समस्या समाधान गर्दै जानेछन्। अन्तमा यो भन्न चाहान्छु
कि पुस्ता परिवर्तनको लागि ४० बर्षो उमेर ठिक हुन्छ।

तर यहाँ ५० बर्षपुगेका व्यक्तिहरु पनि कांग्रेसका रावणले केही गर्नै
नदिएर बर्वाद गरेकाले उनीहरु पनि कांग्रेसमै पनि निस्कलंंक छन।
उनीहरुसम्मकामा कुनै विसंगति आएको छैन। त्यसैले पुस्ता परिवर्तनको उमेर
कांग्रेसको हकमा ५० वर्षराख्दा हुन्छ। तर अव हरेक राजनीतिक पार्टर्ीी
पुस्ता परिवर्तनको लहर आउनै पर्छ र यसको शुरुवात कांग्रेसबाटै
हुनर्ुपर्छ।



0 comments:

Feeds Comments