Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Saturday, October 31, 2009

0 चीन भारत तनाव र हाम्रो स्थिति

*दीपक गजुरेल***
चीन र भारत बीच आरोप प्रत्यारोप जारी छ । कूटनीतिक स्तरमा 'सम्बन्ध बिस्तार
गर्ने' प्रयाश गर्ने बिचार दुबै पक्षले हालै थाइल्याण्डको राजधानी ब्याङ्ककमा
व्यक्त गरे । चीनका प्रधानमंत्री वेन जियावाओ र भारतका प्रधानमंत्री मनमोहन
सिंहबीच आशियानको बैठकका क्रममा भेटवार्ता भयो । आर्थिक, प्राविधिक आदि
क्षेत्रमा सम्बन्ध बढाउने कुरा भएको बताइए पनि आपसी द्वन्द्वमा अल्झिएका यी दुई
एशियाली मुलुकका नेताहरुले विवाद र तनावका बारेमा कुरा गरेनन्‍ । सीमा विवाद,
कश्मिर, दलाई लामाको प्रस्तावित अरुणाचल भ्रमण जस्ता तातो मुद्दामा वेन सिंह
वार्ता प्रवेश नै नगरेको जानकारी सञ्चार माध्यमहरुले दिएका छन्‍ ।

गम्भीर विवाद तथा तनावका बेला सम्बन्धित देशका सरकार प्रमुखहरुको भेटमा मूल
विषयमा नै कुरा नहुनु आफैँमा अर्को सोचनीय तथा गम्भीर संकेत हो । विवादको टुँगो
लगाउनुको साटो मतभिन्नता र झगडालाई थाँती राखौँ भन्ने सन्देश बेइजिङ र दिल्लीले
दिएका छन्‍ । तर अहिलेको विवाद, खास गरी दलाई लामाको प्रस्तावित अरुणाचल
भ्रमणका कारण यी दुबै देश पछाडि फर्कन नसक्ने बिन्दूमा पुगेका छन्‍ र स्थितिले
कुन मोड लिने हो भन्न सकिने अवस्था छैन ।

*नेपालमाथि भारतको दवाव**: *

आणविक शक्ति सम्पन्न दुई छिमेकीबीच बढ्‍दो तनावले नेपाललाई के कस्तो असर पर्ला
भन्ने विश्लेषण नेपालमा एक थरीले गर्दैछन्‍ । चीनसँग विवाद बढ्‍दै जाने क्रममा
भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा
ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय
अधिकारीहरुले नेपाललाई जोडेका छन्‍ ।

भारतीय प्रधानमंत्री मनमोहन सिंहले माओवादीलाई नेपाली भूमिवाट सहयोग भैराखेको छ
भन्ने आरोप लगाए । चीनसँग भारतको विवाद बढ्‍दै गएका बेला भारतीय प्रधानमंत्रीले
लगाएको यो आरोपप्रति नेपाल सरकारले आधिकारिक रुपमा केही प्रतिक्रिया जनाएको छैन
। यसरी केही नबोल्नुको अर्थ नेपाली भूमिवाट भारतीय माओवादीहरुलाई सहयोग
भैराखेको छ भन्ने लाग्छ, कूटनीतिमा । यद्यपि भारतले पनि यहाँवाट, यसरी, यसले
भारतीय माओवादीलाई सहयोग गरिराखेको छ भनेर ठोस किटान गर्न सकेको छैन ।

यसैक्रममा भारतीय गृहमंत्री पी. चिदम्बरम्‍ले नेपालमाथि अर्को गम्भीर आरोप
लगाएका छन्‍ । भारतमा बढ्‍दो माओवादी हिँसा सम्बन्धमा बोल्दै चिदम्बरम्‍ले
नेपाली भूमिवाट भारतीय माओवादीलाई हतियार समेत गैराखेको छ भन्ने गम्भीर आरोप
लगाए, गत साता । उनले पनि ठोस आधार दिएनन्‍, नेपालमाथि थोपरिएको यो आक्षेप
सम्बन्धमा ।

यस बारेमा नेपालका शासकहरु आधिकारिक स्तरमा रहश्यमय ढंगले मौन बसेका छन्‍ ।
यसैबेला हाम्री उपप्रधानमंत्रीले यसमा अर्को रहश्य थपिदिइन्‍, नेपालवाट भारतीय
माओवादीलाई हतियार जाँदैछ भनेर । 'नेपालवाट भारततर्फ हतियार गइरहेको मलाई थाहा
छ,' भनिन्‍ उपप्रधानमंत्रीले (राजधानी, कात्तकि ०१, २०६६) । भारतीय शासकहरुको
होमा हो मिलाउने यो भनाइबारे बिस्तृत जानकारी गराउन भने सरकारले आवश्यक ठानेको
छैन । यथार्थ के हो, कसले, कसलाई, किन, कहाँवाट ल्याएर र कसरी नेपाली भूमिवाट
भारतमा कस्ता हतियार पठाउँदैछ भन्ने जानकारी नदिनु भनेको अन्तर्राष्ट्रिय
आतंकवादीलाई पाल्नु हो । त्यसैले सरकारले नेपाल राष्ट्रलाई जानकारी दिनु जरुरी
छ यसबारेमा ।

अवैध व्यापार, नक्कली मुद्रा, आतंकवाद जस्ता अपराधमा संलग्नहरु समेतले नेपाली
भूमि प्रयोग गरिराखेका छन्‍ भन्ने दावी गरिराखेको छ भारतले । सुपुदर्गी सन्धिमा
हस्ताक्षर गराउन दवाव दिने उद्देश्यले मात्र भारतले यसवेला यस्तो आरोप लगाएको
हो भन्ने ठान्नु गल्ती हुनेछ ।

नेपालको आन्तरिक राजनीति अन्यौलग्रस्त रहेका वेला र चीन तथा भारतबीच तनाव बढ्‍दै
गएको समयमा नेपालकी उपप्रधानमंत्रीले नै अप्रमाणित भारतीय आरोपलाई पुष्टि
गरिदिनु भनेको खतरनाक हुनसक्छ ।

*चीनको दवाव** :*

चीन भारत विवादमा भारतवाट मात्र नेपालमाथि दवाव आइराखेको छैन । चीनले पनि आफ्नो
स्थिति प्रष्ट पार्दै लगेको छ । 'नेपालको आन्तरिक राजनीतिमा भारतको हस्तक्षेप
अव मलाई सह्य छैन' भन्ने सन्देश चीनले कडा शैलीमा प्रवाह गर्न थालेको छ ।
तुलनात्मक रुपमा नरम कूटनीतिक भाषा अनौपचारिक ढंगले प्रयोग गर्दै आएको चीनले
यसबेला निकै कडा शैली अपनाएको छ ।

नेपाल विशेषज्ञ चिनियाँ प्राध्यापक वाङ होङ वेईको हालैको टिप्पणीलाई यही
सन्दर्भमा हेर्नु उपयुक्त हुन्छ । बिबिसि नेपाली सेवासंगको एउटा अन्तर्वार्तामा
प्राध्यापक वाङले 'भारतले धेरै अघि देखि नेपालमाथि नियन्त्रण जमाउन खोज्दै आएको'
आरोप लगाए । आफ्नो देशसंग प्रत्यक्ष सरोकार नदेखिने सन्दर्भमा 'विशेषज्ञ' हरु
मार्फत स्पष्ट सन्देश दिने र त्यही अनुसार काम गर्ने चिनियाँ तरिकालाई ध्यानमा
राखेर प्राध्यापक वाङको यो टिप्पणीको विश्लेषण गर्नु उचित हुन्छ । प्रष्ट
छ, 'नेपालमाथि
अब तिम्रो हालीमुहालीका दिन सकिए' भन्ने सन्देश बेइजिङले दिल्लीलाई दिन खोजेको
छ ।

नयाँ दिल्लीको चाहना अनुरुप नेपालको आन्तरिक राजनीति अगाडि बढ्‍दा र नेपालमा
राजतन्त्र वा गणतन्त्र जुन प्रणाली रहे पनि आफूलाई फरक नपर्ने खालको संकेत गरेर
बसेको चीन अहिले सतर्क हुन बाध्य भएको छ । 'गणतान्त्रिक नेपाल' का शासकहरुले
चीनको राष्ट्रिय सुरक्षा तथा हित विपरित नेपाली भूमि चीन विरोधी शक्तिहरुलाई
व्यापक रुपमा दूरुपयोग गर्न दिन थाले पछि बेइजिङले कान ठाडो पार्नु स्वभाविक हो

चीन विरोधी तिब्बती पृथकतावादीहरु झण्डै चीनको सीमा सम्म नारा जुलुस गर्न
पुग्नु, काठमाण्डौँस्थित चिनियाँ राजदूतावास अगाडि 'अभूतपूर्व' शैलीमा चीन
विरुद्ध प्रदर्शन जारी रहनु, मुस्ताङ लगायतका चिनियाँ भूमिसँग जोडिएका नेपाली
क्षेत्रमा अस्वभाविक गतिविधि हुनु आदिलाई चिनियाँ शासकहरुले सामान्य ठान्ने
प्रश्नै छैन ।

नेपाली भूमिवाट चीन विरोधी गतिविधि हुन नपाओस्‍ भनेर चिनियाँहरुले पटक पटक
गरेको 'आग्रह' काम नलाग्ने ठानेरै हुन सक्छ, चिनियाँहरु खुलेरै आउन थालेका छन्‍ ।
आफ्ना सञ्चार माध्यम र विशेषज्ञहरु मार्फत चीनले स्पष्ट सन्देश दिइराखेको छ ।

*नेपाल अव कता** ?*

बेइजिङ र नयाँ दिल्लीबीच 'समान दूरी' राखेको देखाउने चेष्टाले निकै गति पाएको छ,
हाम्रा राजनीतिक खेलाडीहरुमा । तर यी राजनीतिक नेता तथा शक्तिहरु झन्‍ झन्‍ हलुका
बन्दै गएका छन्‍, विदेशी प्रतिद्वन्द्वि शक्तिहरुका आँखामा । चीन र भारत दुबै
तिरका उच्च तहका नेताहरुले हाम्रा नेताहरु प्रति हालका दिनमा देखाएको
व्यवहारवाट धेरै कुरा प्रष्ट भएको छ ।

भारतले गराइदिएको ०२ बुँदे सम्झौताको मार्गचित्रमा हिँडेर 'नयाँ नेपाल' बनाउने
प्रतिवद्धता व्यक्त गर्ने हाम्रा राजनीतिक शक्तिहरुको अहिलेको प्रवृत्तिलाई चीन
भारत तनावको सन्दर्भमा अलग राखेर हेर्न मिल्दैन । भारतीय इच्छा अनुरुप 'सहमति' मा
हिँडेर यहाँ सम्म आइपुगेका संसदवादी दलहरु र माओवादीबीच दिन प्रति दिन दूरी बढ्
‍दै जानुमा हाम्रा नेताहरुको भूमिका न्यून देखिन्छ । विदेशी शक्तिहरुको
स्वार्थमा काम गर्ने 'नयाँ नेपाल' का सूत्रधारहरु अहिले अप्ठ्‍यारोमा परेको
आभाष पाइँदैछ ।

सात दल र माओवादी आगामी दिनमा पनि भारतीय मार्गचित्र अनुसार मिलेर जानु भनेको
चीनका लागि उपयुक्त हुँदैन भन्ने जनाउ बेइजिङले दिइसक्यो प्राध्यापक वाङ तथा दी
ग्लोबल टाइम्स मार्फत । यसको प्रष्ट अर्थ नेपालमा 'सहमतिवाट नयाँ नेपाल बनाउने'
राजनीतिको भ्रमपूर्ण नारा अव धेरै दिनका लागि होइन भन्ने बुझ्‍नु उपयुक्त हुन्छ
। किनभने स्यूचाटारको मैदान प्रयोग गरेर उत्पात मच्चाउन सकिने समय अहिले होइन ।


विगत् चार दशक भन्दा बढी समयदेखि थाँती राखिएको सीमा विवाद एक्कासी त्यसै
चर्काइएको छैन । 'तिमी आफ्ना लागि होस्‍ गर, धेरै दायाँ बायाँ गर्ने दिन गएको
यथार्थ स्वीकार गर' भन्ने सन्देशका रुपमा अहिलेको विवादलाई बुझ्‍नु उचित हुन्छ
। यति प्रष्ट जनाउ नबुझ्‍ने वा बुझ्‍ पचाउनेले त्यसको परिणाम के हुन सक्छ भन्ने
थाहा पाउन निकट विगत्‍को आफैँले लेखेको इतिहास पढ्‍दा श्रेयष्कर हुन्छ ।

*deepakgajurel@gmail.com*

* *

*गजुरेल त्रिभूवन विश्वविद्यालयमा राजनीति शास्त्रका उपप्राध्यापक हुनुहुन्छ। *
**


*--
Deepak Gajurel

Assistant Professor
Tribhuvan University
G.P.O.Box: 26487
Kathmandu, Nepal
Tel: +977-1-4429621*

Read More...

0 मैले बोल्नै पर्ने भो-१मैले बोल्नै पर्ने भो-१

-दिनेश बस्नेत
फ्री नेपाल डट कमका तथाकथित प्रधानसम्पादक भनेर हिडिरहेका रुसबासी मधुकृष्ण
श्रेष्ठले विषवमन गरेछन् । मलाई साह्रै खुसी लाग्यो । फ्री नेपाल डट कम कसरी
सुरु भयो, कसले यहाँसम्म ल्यायो, कसले कति दुःख गर्‍यो जस्ता कुराहरु आम
समुदायमा छर्लङ्ग छ। तर, उनले देखाएको वास्तविक हैसियत र निचतापूर्ण शब्दहरुले
मलाई स्तब्ध पारेको छ। यस्ता घृणापूर्ण विषवमन गरेर त्यस्को छिटा उनीतिरै
फर्कन्छ भन्ने विर्सेकोमा भने मलाई आश्चर्य लागेको छ।
म स्वयम् फ्री नेपालको भविष्यका विषयमा चिन्तामा थिएँ । मैले कसरी बचाउने भन्ने
विषयमा सबैसँग छलफलसमेत चलाइरहेको थिएँ । तर, चलिरहेको साइटबाट उनले लिङ्क
हटाएपछि नेपालमा कार्यरत श्रमजीवी साथीहरुले वक्तव्य जारी गरेका थिए । त्यो
वक्तव्य उनलाई एक साताअघि नै उपलव्धसमेत गराइएको थियो । तर, उनले मस्को पुगेर
सल्लाह गर्ने र काम गर्नेलाई रकम दिने भनेकोमा उल्छै डट कम हटाएपछि यताका
साथीहरु आक्रोशित हुनु स्वभाविक थियो।
उनले स्क्रीप्ट र सब डोमेन प्रयोगको कुरा गरेछन् । तर, फ्री नेपाल डट कमको
पासवर्ड उनीसँग भएकैले उनले यताका साथीहरुलाई विचल्ली पारेर लिएर भागेको
विर्सेछन्। अत्यन्त छुद्र, निच र आपत्तिजनक शब्द प्रयोग गर्न माहिर तथाकथित कवि
माधुर्यले कति योगदान गरे फ्री नेपालमा त्यसको लेखाजोखा गर्दै जान सकिनेछ । तर,
उनले गरेको विषवमनको सानो उत्तर मात्र यहाँ दिन लागिएको हो ।
आदरणीय दाइहरु कृष्णप्रकाश श्रेष्ठ, डा. जंगव चौहान, शम्भु रिजाल आदिप्रति मेरो
हिजो जति सम्मान थियो । आज पनि त्यत्ति नै छ। तर, मधुकृष्णजस्ता खुराफातीहरुलाई
जवाफ लेख्दा कुनै ठेस पुगेछ भने माफी चाहन्छु ।
मैले मधुकृष्णलाई चिनेको सन् १९९९ तिर हो । एकाथ कविता लेखेर उनी ब्लग जसरी
साइट चलाइरहेका थिए । त्यही क्रममा भएको सल्लाहअनुसार फ्री नेपाल दर्ता गरिएको
थियो । त्यसकारण पासवर्ड भएकै कारण मधु मालिक बनेर देखिएका हुन् । नेपालमा
कार्यालय खोल्ने, कम्प्युटर किन्ने, फोन जोड्ने, रचना संकलन गर्ने सबै कार्य
स्वयम सेवककै रुपमा हामीले गरेका हौं । उनले यसबीचमा चन्दा जसरी केही रकम
नदिएका भने होइनन् । यहाँका साहित्यकार, कवि, कलाकार सबैलाई थाहा छ, स्वयम
सेवकका रुपमा रचना माग्न हरेकको घर आँगनमा पुगेको कुरा । उनले डोमेन दर्ता गरेर
पासवर्ड लिएर बस्नुबाहेक नेपाली साहित्यलाई अनलाइनमा पुर्‍याउन कति योगदान दिए
त्यो सबै सामु छर्लङ्ग छ । बरु उनले आफ्ना भाइ भतिजाको नाम राख्ने तर यहाँ काम
गर्नेहरुको नाम राख्न नदिने गरेको कुरा आज अमिलो मन लिएर भन्नैपर्ने हुन्छ ।
साहित्यिक अनलाइनका रुपमा एउटा चरण पार गरेपछि समाचार र साहित्यलाई सँगै लैजाने
योजना मेरै थियो । त्यसका लागि लगानी गर्न तयार रहेको मधुकृष्णले बताएकै हुन् ।
तर, चार महिना जति केही पैसा पठाएर उनी भूमिगत हुन पुगे । त्यसपछि काठमाडौबाहिर
रहेका विभिन्न सम्वाददाता र काठमाडौका पनि सबैलाई हटाइयो ।
त्यसपछि अवस्था सुध्रेको भन्दै उनीले अब थप उर्चाका साथ लैजाने बताएकै हुन्।
त्यसैले यहाँ केही मान्छे थपिए । उनले पटक पटक साप्ताहिक र पाक्षिक पत्रिका
निकाल्न प्रपोजल बनाउन लगाएकै हुन् । त्यसमा समेत यतैको खर्च हुने गर्दथ्यो ।
तर, उनले पछि लगानीकर्ताले मानेन भनेर पन्छिए यसबाट समेत हामीलाई आर्थिक हानी
भयो ।
सुरुबाटै उनले मस्कोमा रहेका निश्चित व्यक्ति र समूहका विषयमा सकारात्मक कुरा
लेख्नै नहुने निर्देशन दिए । हामीले केही चिर्दै गयौ । उनको स्वार्थमा
लेख्नुपर्दा उनी नेपालमा राति १ बजेसम्म फोन गरेर टिपाउँथे र अन्य मिडियामा
समेत बाँड्न लगाउथे । उनले चिनेका र नाताका सबै फ्री नेपालका प्रतिनिधि थिए तर
काठमाडौमा रगत पसिना बगाएर काम गर्नेहरुको नाम राख्न कहिल्यै दिएनन् ।
त्यसैले कतिपयका लागि फ्री नेपाल सुन्नै नहुने नाम बन्न पुग्यो । यति गर्दा पनि
फ्री नेपाल चलेकै थियो। हामीलाई आश्वासनका पोकाहरु फ्याँकिएकै थिए । यस्तैमा
नेपालमा जिल्ला प्रशासन कार्यालयमा फ्री नेपाल दर्ता गरिएको छ । अनलाइनमा
पासवर्ड भएकै कारण फ्री नेपाल डट कम लिएर मधुकृष्ण भागे पनि नेपालको
कानुनअनुसार फ्री नेपाल डट कमको आधिकारिक मालिक हामी हौं । सोही प्रमाणपत्र
अनुसार फ्री नेपाल डट कम डट एनपी दर्ता भएको हो । स्क्रीप्ट तथाकथित
प्रधानसम्पादक मधुकृष्ण श्रेष्ठले तयार पारेको नभएर हामीले तयार पारेका हौ ।
त्यो हामीसँग अहिले पनि सुरक्षित नै छ। त्यसैले डोमेनको पासवर्ड भएकै आधारमा
आफूलाई मालिक ठानिरहेका मधुकृष्ण श्रेष्ठले नेपाल कार्यालयका कार्यरत
साथीहरुलाई पारिश्रमिक दिनुको सट्टा डोमेन लिएर हिडेका हुन् । उनले नेपालबाट
संचालन भइरहेको एनपी डोमेनमा रिडाइरेक्ट गराएका थिए तर बुधबार उनले हटाएका थिए
। त्यसलगत्तै पारिश्रमिक नपाएका साथीहरुले वक्तव्य निकालेका हुन् ।
त्यसमा म सहजकर्ताकै रुपमा रहेको थिए । तर, उनले प्रयोग गरेका अशिष्ट शब्दावली,
गाली र मार्यादाहीन भाषाशैलीका कारण म लेख्न बाँध्य भएको हुँ ।
जहाँसम्म अबको कुरा छ, यस्ता गालीगलौज मात्र लेख्न जान्ने तथाकथित
प्रधानसम्पादक मधुकृष्ण श्रेष्ठ र उनको परिवारलाई बोकेर हिड्नुभन्दा अलग हुनु
राम्रो ठानिएको हो । मैले विगत १६ वर्षदेखि पत्रकारिता गर्दै आएको छु ।
अनलाइनमा मधुकृष्णहरु कविता लेख्दै गर्दा हामी पत्रिका चलाइरहेका थियौ ।
त्यसैले उनले लगाएका आरोपहरुको खण्डन गरिएको होइन । वास्तविकता मात्र भन्न
खोजिएको हो । यो क्रम उनको अशिष्ट विषवमन जारी रहेसम्म यथावत रहनेछ।
अर्को कुरा नेपालस्थित उस्का अपराधिक जत्था धम्कीको भाषामा धर्काउन थालिसकेको
छ। त्यसैले यसतर्फसमेत आम पाठकलाई सचेत गराउन चाहन्छु । शब्दमा उनले व्यक्त
गरेको तुच्छता नेपालस्थित उनका भरौटेहरुले फोनमार्फत प्रदर्शन गर्न थालेका छन्
। म चुप लागेर मात्र बसेको हुँ । क्रमशः
Read More...

Monday, October 26, 2009

0 जिउँदो हुनुको अर्थ

- अ के ला
आम मानिसहरु सोँच्छन् कि जिउँदो हुनुको अर्थ सास चलिरहनु हो। अर्थात,
जवसम्म सास चलिरहन्छ, देह जिवितै हुन्छ। उनीहरुलाई लाग्छ कि हिँडडूल,
बोलचाल र व्यवहार गरिरहेको शरीर जिवित हुन्छ। उनीहरु सोँच्छन् कि जिवित
ठानेर जिईएको त्योे जिन्दगी भ्रम त हुनैसक्तैन। मानिसहरु मान्दैनन् कि
जस्लाई उनीहरु जिउँदो ठानेर जिईरहेका हुन्छन्, यथार्थमा केवल सासै मात्र
फेरिरहेको पनि हुनसक्दछ। अर्थात, बाँचेको अभिनय। आफु जिउँदो भएको महशुस
गर्नेहरुलाई मौजुदा प्रतिकूल परिस्थितिले छुनुपर्ने हुन्छ, छुँदैन।
पीडाले छटपटाहट हुनुपर्ने हुन्छ(भैरहेको हुँदैन। हृदय पोल्नुपर्ने
हुन्छ(पोलिराखेको हुँदैन। दुख्नुपथ्र्यो(दुख्दैन भने सासै मात्र
फर्ेर्नुलाई जिउँदो मान्न त सकिन्न। आखिर, आरनको खँलाति र त्यो देहमा
अन्तरै पो के रहृयो र -
हामी यस्तो जिउँदा लासहरुको कुरा गरिरहेका छौँ, जो सबै कुरा देख्छन्,
सुन्छन्, अनुभव गर्छन् र जिउँदै छु भन्ने चेतना पनि राख्छ, परन्तु जिउँदो
हुनुको अहसास भने गर्नसक्तैन - मानौँ, आफुभित्रको जिवित मानिस मरिसकेको
होस् र बाहिरबाट जिउँदो, चल्तापर्ुजा र तगडा भएको पुष्टी गर्ने निर्रथक
चेष्टा मात्रै गरिरहेको होस। नत्र, मौजुदा प्रतिकूल परिस्थितिसँग
मुकाविला गर्न किन सकिँदैन - किन सधैँभरी आफुलाई निष्प्राण र निरीह
ठानिन्छ - के हो त्यसको तार्त्पर्य - के प्रयोजन हो(यर्ीर्
इन्द्रीय(ज्ञानेन्द्रीय, सबका सब नाकाम् र निकम्मा बन्नुको -
झण्डाका आडमा चन्दा आतङ्क मच्चिँदा, सिद्धान्तर्,र् इमान(जमानको सौदा
भैरहँदा, पहाड फार्ने हातहरुले बन्दुक उर्ठाईरहँदा, वर्षौ वर्षम्म
गाउँ(वस्ती(शहरका मानिसहरु हर्राईरहँदा, युद्धबन्दीहरुसँग पशुवत व्यवहार
भैरहँदा, ब्यारेकभित्रका बिरान जङ्गलहरु सामुहिक चिहान बनिरहँदा,
युद्धअपराधीहरुको प्रमोशन भैरहँदा, बाहुबलका भरमा मुलुकको राजनीति
चलिरहरहँदा, तुच्छ से तुच्छ कुराहरुमा अनपेक्षित बितण्डाहरु मच्चिरहँदा,
किन(केही गर्नसकिरहेका छैनौ र हातमा दही जमाएर बसिन्छ - यही हो जिवित
हुनुको तार्त्पर्य -
जनताले सधैँभरी भर्ूइँफुट्टाहरुकै खुँडा(खुकुरीको सन्त्राशमा दिन
काट्नर्ुपर्छर्र् आतङ्कति हुनर्ुपर्छ। हत्याराहरु खुलेआम घुमिरहन्छन्।
हत्यारालाई ुहत्याराु कम्,, राष्ट्रसेवकहरुलाई र्ुकर्मचारीु कम र आम
व्यक्तिलाई ुनागरिकु कम पार्टर्ीी कार्यकर्ता ज्यादा ठान्नथालिन्छ भने
त्यसलाई जिउँदो हुनुको प्रमाण मान्न त सकिन्न।
झण्डा(सिद्धान्त(राष्ट्रियता जस्ता चिजहरुको मोलिमोलाउ र सुक्री(बिक्री
भैरहने, प्रतिगमनका मतियारहरु बत्तिसा देखाएर अट्टहास गरिरहने र सच्चा
देशभक्तहरुका शिर सदा लज्जाबोधले निहुरिरहन्छन् भने सास फर्ेर्नुको
औचित्यै के - जिउँदो हुनुको अर्थै के - आरनको खँलाति र हामी बीचको अन्तरै
पो के - आखिर को हृवौँ हामी - कोद्वारा निर्देशित छौँ हामी -
नयाँ बिचार, अग्रगामी चिन्तन र मुलुकको कायापलट गर्नखोज्ने क्रान्तिकारी
दल, भर्ूइँफुट्टा दले र ज्यानमाराहरुको सेल्टर बन्ने, जल(जमिन(जङ्गलमा
उनीेहरुकै दबदबा रहने, उनीेहरु नै कमाउने, उनीहरु नै मोटाउने र मुलुकको
राजनीतिमा कुकुर कम, पुच्छर ज्यादा हावि हुनथालेपछि यो मुलुकमा कस्लाई
जिवित मान्ने र कस्लाई निर्जिव - हिजोका भर्ूइँफुट्टाहरु चैनको बाँसुरी
बजाईरहने र खून(पसिना सिँचेर मुलुकलाई अग्रदिशा दिनखोज्नेहरुलाई विवादको
भूमरीमा पार्नखोजिन्छ र उनीहरुका ललाटमा केवल शिविरको स्याँठै मात्र
लेख्नथालिन्छ भने राजनीतिको अवमूल्यन त हुन्छ नै, अगुवाहरुको नाक त कट्छ
नै। अव्यवस्था बिरुद्ध हिजो आगो ओकल्नेहरु यथास्थितिकै मतियार बन्ने,
भर्ूइँफुट्टाहरु पार्टर्ीी हावि हुनथालेपछि राजनीतिक पार्टर्ीीार्टर्ीीभै
भुमिगत गिरोह बन्ने र पार्टर्ीी नेताहरु(नेता नभै गिरोहको सरदार बन्ने
खतरा त पैदा हुन्छ नै। कदाचित, अगुवाहरु चेत्ने हो भने गलोगाँड् बनेर
जनताका घाँटीमा झुण्डिने राजनीतिक वितण्डाहरुले खासै माने राख्दैनन्।
व्यक्तिहरुसँग एउटा एमाउन्ट डिमाण्ड गर्ने, ठूलो हिस्सा आफुलाई
छुट्टयाउने र उब्रेेको हिस्सा पार्टर्ीीई दान दिने भर्ूइँफुट्टाहरुको
कर्तूतप्रति हाईकमाण्डहरु बेखवर हुन्छन् भने त्यसलाई जिउँदो हुनुको
प्रमाण मान्न त मिल्दैन। व्यक्तिलाई एकलाखको रसिद थमाएर पाँचलाख असुल्ने
र पाँचलाखका बदलामा एकलाखको रसिद लिन नमाने पूरै रकम बुझाउने जस्तोर्
इमोश्नल ब्ल्याकमेलिङ्गद्वारा व्यक्ति र पार्टर्ीीुवैलाई चुतिया बनाउने
भर्ूइफुट्टाहरुलाई राजनीतिको रेशमी च्यादर ओर्ढाईनु पनि जिउँदो हुनुको
प्रमाण हुनसक्तैन। जिउँदो हुन, सास मात्रै फेरेर त पुग्दैन। किनकि,
जिउँदो हुनुको प्रमाण राजनीति गर्नु मात्र नभै गरिएको राजनीतिलाई
र्सार्थकता दिनु पनि त हो, जो गर्न नेताहरु सकिरहेका छैनन्।
जिन्दगीमाथि सबैको समान हक हुनर्ुपर्दछ, त्यो छैन। केवल सपनै मात्र
बाँडेर जिन्दगीहरुसँग खेलवाड् गरिँदैछ, जुन सरासर नाईन्साफी हो। यो
नाईन्साफीले आम नागरिकमा वितृष्णाको जालो लागेको छ। यो भनेको अगुवाहरु
जिउँदो भएको प्रमाण हुँदै होईन। आफुलाई जिउँदो ठान्ने अगुवाहरु
ठान्दाहुन् कि आज जनता जिउँदा छन् त उनीहरुको दया, माया र सहानुभुतिले।
आज मानिसहरु सास फर्दैछन् त उनीहरुको मेहरवानीले। यी जनता, जो आज जिवित
छन्, ती उनीहरुका ऋणी र कृतज्ञ छन्। नत्र यिनीहरु उहिल्यै सिद्ध्याईन्थे।
जुन जिन्दगी आज मानिसहरु जिउँदैछन् र सास फर्ेर्दैछन्, सबै उधारोमा
जिईएका छन्, उधारोमै फेरिएका छन्। अर्थात, एक यस्तो उधारो जिन्दगी, जो
राजनीतिका जुवारीहरुद्वारा कुनैदिन जनतालाई जितौरी दिईएको थियो।
जिउँदो हुन, जिउँदो हुनुको अहसास पनि चाहिन्छ, जुन केवल सत्मार्ग र
सत्प्रयासबाट मात्र सम्भव छ। हिजोदेखि आजसम्म, राज्यको पर्ुनर्सरचना,
मस्यौदा समितिहरुको गठन, सदस्यहरुको चयन, नागरिक सर्वोच्चताको उल्लंघन
एवं राष्ट्रपतिको असम्वैधानिक कदमदेखि सेना समायोजनसम्मका विषयहरुमा जति
पनि असमझदारीता र वितण्डाहरु देखिएका छन्, ती सबैका पछाडि अर्काको
बुद्धिले राजा हुनुभन्दा आफ्नै बुद्धिले जोगी हुनु बेश ठान्ने मानसिकता
छ। कहीँ न कहीँ, कुनै न कुनै निहुँमा हलो अड्काएर मुलुकलाई अनिर्ण्र्ााो
बन्दी बनाउने नेताहरुको यो प्रवृत्ति यसरी नै कायम रहृयो भने कलान्तरमा
उनीहरुले छद्मभेषी जोगी बनेर पनि सुख्ख पाउने छैनन्। किनकि, जिउँदो
हुनुको प्रमाण त्यो होईन। खलाँतिझैँ फोक्सो चल्दैमा जिउँदो भईने त होईन।
जिउँदो हुन आखिर एक यस्तो अहसास पनि चाहियो, जसले उसलाई यथार्थमै जिउँदो
राख्दछ, जो मानिसहरुमा छँदै छैन।
यहाँ, जे जे हुनुहुँदैनथ्यो, जे जे गर्नुहुँदैनथ्यो र जे जे
बोल्नुहुँदैनथ्यो, त्यै त्यै भयो, र यद्यपि भैराख्या छ। सम्भवतः ऐतिहासिक
जनआन्दोलन नै हुनुहुँदैनथ्यो, किनकि, त्यस आन्दोलनले जन्माएका नतिजाहरु
यस्तो अल्पविकसित ९उचझबतगचभ० नवजात शिशु थियो, जो समयपर्ूव नै जन्मेको
थियो, त्यो भयो। त्यसपछि ऐतिहासिक एवं बहुप्रतिक्षित संविधान सभाको
निर्वाचन नै हुनुहुँदैनथ्यो, जसले एकताको सूत्रमा बाँधिएको यहाँको धर्म,
सँस्कृति, अर्थ र राजनीतिमा बिभाजनको यस्तो तिलश्मी रेखा कोर्‍यो, जस्लाई
नचाहेरै पनि नाध्नुपर्ने बाध्यता बन्यो। त्यो पनि भयो। खै त के
भो(उन्नाईदिने ऐतिहासिक जनआन्दोलनले - त्यसको आडमा टप्परर्टर्ूइँयाहरुलेे
यहाँको राजनीतिमा जुन अदाकारी र चाटुकारिता पर््रदर्शन गरे, त्यसबार्टर्
इलाङ् भ्रष्ट(उलाङ भ्रष्ट -मगर उखान) झैँ गरी यहाँको धर्म, सँस्कृति,
अर्थ र राजनीति, सबथोक छिन्नभिन्न, चौपट् र बर्बाद भयो। जनता के यही दिन
देख्न ओईरिएका थिए सडकमा -
शान्तिप्रकृयाको आरम्भसँगै देशमा सबथोक राम्रै चलिरहेको थियो। पुराना
राजाहरु गएर नयाँ रजौटाहरु उदाएकोमा जनतालाई केही आपत्ति थिएन। पुरानो
वस्तु फ्याँकेर नयाँ(नौलो वस्तु ल्याउनु त प्रकृतिको नियमै हो। सबैलाई
लागिरहेको थियो कि राजतन्त्र फ्याँकेर कुनै गल्ति गरिएन। किनकि, जनता
दिग्दार थिए राजतन्त्र र तिनका नन्दीभृङ्गीहरुबाट। तर जव ब्यारेक र
शिविरभित्र राखिएका दर्ुइ सेना आपसमा एक(अर्का विरुद्ध बिष बमन गर्नथाले,
जव बोल्नै नहुने टप् सिक्रेट भिडियो सीडी प्रतिगामीहरुका दिल बहलाउन
थाल्छ, तव सबै खेल चौपट र बर्बाद भयो। वर्षौदेखि शिविरको स्याँठ् खाएर
समायोजनको पर्खाईमा बसेका लडाकुहरु, जो मुलुकको कायापलटका निम्ति आफ्नो
र्सवश्व गुमाईसकेका थिए र गुमाउन उनीहरुसँग आफ्नो जीवन बाहेक केही पनि
छैन, लाई विवादको भुमरीमा पारेर अगुवाहरु आखिर के सिद्ध गर्नखोज्दैछन् -
आफु जिउँदो भएको पुष्टी -
सहीदको बलिदान र जनताको भावनालाई बुझ्न गरिन्छ या कुनै तेला(बेला गरिन्छ
भने बहुप्रतिक्षित महानिर्वाचनको अवमूल्यन मात्र हुँदैन, बाध्यतावश भोली
हतियार त फेरी पनि उठ्नसक्छ। त्यसमाथि, दर्ुइ ठूला छिमेकी मुलुकहरु बीचको
बढ्दो तनाव, हाम्रो भूमि प्रयोग गर्न हाम्रै राजनीतिक माहौललाई आफु
अनुकूल ढाल्ने उनीहरुको कुचेष्टा र आतङ्कवादमाथि साम्राज्यवादीहरुको
बढ्दो कसाव त छँदैछ। बेला छँदै अगुवाहरुले तात्विक निश्कर्षनिकालेर
मुलुकलाई कामचलाउ निकास मात्रै दिए भने अग्रगमनको यो उडानले सुरक्षित
अवतरण गर्नेछ र जनता उनीहरुप्रति कृतध्न रहनेछन्। हैनभने, गईल भैँस
पानीमेँ। सधैँभरीको कच्कच्े राजनीति सदाको निम्ति समाप्त हुनेछ। अर्थात,
न रहे बाँस, न बजे मुरली। अस्तु।
Read More...

Thursday, October 15, 2009

0 राजनीतिमा इमानदारी र विश्वसनीयता

-दीपक गजुरेल-
नेपाली राजनीतिमा इमानदारीको अभाव ठूलो समस्याको रुपमा देखिएको छ। यो
समस्याले राजनीतिक शक्तिहरु प्रति विश्वसनीयतामा ह्रास गराएको छ।
राजनीतिका मुख्य खेलाडीहरुले कुन बेला के बोल्ने हुन् र के कस्तो व्यवहार
गर्ने हुन् भन्ने ठेगान नरहेको अवस्था छ, नेपालमा यसबेला। एउटा व्यक्तिले
बेढँगको शैली तथा व्यवहार देखायो भने समाजलाई अलिकता असजिलो हुन सक्छ। तर
जब त्यो एक व्यक्ति कुनै पद वा जिम्मेवारीमा हुन्छ, त्यस्ताले उच्चारण
गरेका शब्द र गरेको व्यवहारले उराल-धुरालको अवस्था सिर्जना गर्न सक्छ।
व्यक्तिको समूह वा संगठनले बोल्ने कुरा र गर्ने व्यवहार अझ महत्वपर्ूण्ा
हुन्छ। झन् त्यस्ता समूह वा संगठन राज्य सञ्चालन गर्ने सम्मको हैसियतमा
छन् भने त्यस्ताको हरेक शब्द र व्यवहारले दूरगामी असर पारिराखेको हुन्छ।
त्यसो त, राजनीतिमा इमानदारीलाई भन्दा छलकपट, धुर्त्याइँ जस्ता
चरित्रलाई महत्व दिइएको पाइन्छ हामीकहाँ। तर त्यो दर्ीघकालीन हुँदैन।
केही मानिसलाई सधैँ मर्ूख बनाउन सकिएला, सबैलाई केही समय अलमल्याउन
सकिएला। तर सबैलाई सधैँ मर्ूख बनाएर राख्न र त्यसकै आधारमा आफ्नो स्वार्थ
पूरा गर्न सधैँ सकिन्न।
यही स्थिति नेपाली राजनीतिमा केही समय यता देखिँदैछ। हाम्रा प्रमुख
राजनीतिक शक्ति र तिनका ठूला नेताहरु सिङ्गो विश्वलाई सधैँ अलमल्याएर
आफ्नो दूनो सोझ्याइराख्न सफल हुने भ्रममा देखिन्छन्। यो भ्रमलाई विश्वास
ठानेर हिँडिराखेकाहरु राजनीतिमा इमानदारी देखाइराखेका छैनन्। यसरी
इमानदारी छाडेका कारण उनीहरुले आफ्नो देशका जनता सामू मात्र होइन, विश्व
समुदाय समक्ष पनि विश्वसनीयता गुमाउँदै गएका छन्।
संसदवादीहरुको इमानदारी ः
नेपालका प्रमुख संसदवादी दलहरुले आफ्नो व्यवहारमा एकरुपता र इमानदारी
देखाएका छैनन्। जनतालाई ठूला ठूला आश्वासन दिएर पूरा नगर्ने व्यवहार त
उनीहरुको सामान्य विशेषताकै रुपमा स्थापित भैसकेको छ। सिद्धान्त र नीतिमा
समेत यी राजनीतिक दलहरुले इमानदारी देखाएका छैनन्। सत्तामा पुग्ने होडमा
परिस्थिति अनुरुप सिद्धान्तविहीन व्यवहार हाम्रा प्रमुख भनिने राजनीतिक
दलहरुको चरित्र बनेको छ।
२०६२ सालमा भारतको राजधानी नयाँ दिल्लीमा गरिएको १२ बुँदे सहमतिका
शब्द तथा आशयमा संसदवादी दलहरु अडिएनन्। भारतले गराइदिएको यही सम्झौतालाई
आधार मानेर 'सहमति र सहकार्य गरी नयाँ नेपाल बनाउने' प्रतिवद्धता व्यक्त
गरेका हाम्रा राजनीतिक दलहरु आज द्वन्द्वको बाटो हिँड्दैछन्। सबै खाले
राजनीतिक सिद्धान्त बोकेका शक्तिहरु एकजुट भएर मुलुक तथा जनताको हित
गर्लान् भन्ने विश्वासमा आम नेपाली नागरिकले यिनीहरुलाई साथ दिएका हुन्।
तर आफ्नै पर्ूव प्रतिवद्धता विपरित हिँडेर 'दर्ुघटना हुन सक्छ,' 'देश
भडखालामा जाकिन्छ' जस्ता अभिव्यक्ति मात्र दिइराखेका छैनन् हाम्रा
नेताहरु, व्यवहार पनि त्यस्तै देखाइराखेका छन्। 'सहमति' को वाटो छाडेर आज
किन द्वन्द्वको स्थिति सिर्जना भयो भन्ने बारेमा राष्ट्रलाई चित्त बुझ्दो
जवाफ दिन सक्ने अवस्थामा राजनीतिक दल र तिनका नेताहरु देखिन्नन्।
निहित स्वार्थ वा अदृश्य शक्तिका कारण संसदवादी राजनीतिक दलहरुले
इमानदारी छाडेर प्रशस्त काम गरेका छन्, विगत् केही समय यता। 'निरंकूश
राजतन्त्र' विरुद्ध आन्दोलन गरी मुलुकमा 'लोकतन्त्र' स्थापना गर्ने १२
बुँदे सहमतिको प्रतिवद्धता थियो। तर आन्दोलन सफल भएर सत्तामा पुग्ना साथ
हाम्रा दल र नेताहरु आर्श्चर्यजतक ढंगले गणतन्त्रमा गए। मनोनित
सांसदहरुले निर्ण्र्ाागरेरै गणतन्त्रमा जान किन हतार गर्नु परेको हो
भन्ने कुरा हाम्रा नेताहरुले आम नागरिकलाई बताएका छैनन्। हिन्दू राष्ट्र
नेपाललाई धर्म निरपेक्ष बनाउने नाटकीय निर्ण्र्ााा आधार, कारण र
प्रक्रियाका प्रश्नको जवाफ पनि राष्ट्रले पाएको छैन।
'अवको तीन दिनमा सहमति हुन्छ,' 'यो काम पक्का गरिनेछ' जस्ता आश्वासन
यति खोक्रो र हास्यास्पद भैसक्यो कि उनीहरुको आधारभूत सिद्धान्त र नीति
प्रतिको इमानदारी समेत ओझेलमा पारिएको छ।
प्रमुख मध्येको एउटा दल नेपाली काँग्रेसले पार्टर्ीीवधानतः
गणतन्त्रलाई अङ्गकिार गरेको छैन। 'राजतन्त्र' शब्द मात्र झििकएको
पार्टर्ीीवधान रहेको नेपाली काँगे्रस राजतन्त्र वा गणतन्त्र जता पनि जान
सक्ने गरी च्याँखे राजनीति गरिराखेको छ।
आफ्नो जन्म कालदेखि लगातार सधैँ संबैधानिक राजतन्त्र तथा संसदीय
प्रजातन्त्रको सिद्धान्त अंगीकार गरेको नेपाली काँगे्रस 'राजतन्त्र
निरपेक्ष' मात्र छ, यसबेला। १२ बुँदे दिल्ली सहमतिले ल्याइदिएको अवसर
छोप्न 'राजतन्त्र' शब्द आफ्नो विधानवाट हटाउने यो राजनीतिक दल भोलि अर्को
अवसर आएको खण्डमा कुन वाटो हिँड्ने हो - यस्तो अवस्थामा कुन आधारमा यो
दललाई नेपाली नागरिकले विश्वास गर्ने -
संसदीय प्रतिस्पर्धात्मक प्रणालीमा काम गरिसकेका अन्य राजनीतिक
दलहरुको प्रवृति पनि धेरै भिन्न छैन। अवसर आएको देख्ना साथ
'गणतन्त्रवादी' बन्ने कम्यूनिष्ट नामधारी हुन् वा पर्ूव पञ्चहरुका टुक्रे
राजनीतिक दलहरु हुन्, सबैले उस्तै चरित्र देखाएका छन्, पर्ूव पञ्चहरुको
एउटा दल बाहेक। यी दलहरुले आफ्नो आधारभूत मार्ग किन त्यागेका हुन् भन्ने
ठोस, तर्कसंगत तथा प्रामाणिक आधार आज सम्म दिन सकेका छैनन्, नेपाली
जनतालाई।
माओवादीको विश्वसनीयता ः
संविधान सभामा सबै भन्दा ठूलो शक्ति माओवादीको विश्वसनीयता कुन
स्तरमा छ भन्ने बुझ्न भर्खरै नेपालमा आवासीय राजदूतावास स्थापना गरेको
स्वीट्जरल्याण्डका राजदूत थोमस गासको भनाइले सजिलो पार्छ, '... साँचो
राजनीतिमा एउटा भन्ने र अर्को गर्ने कहिल्यै गर्नु हुँदैन। अनमिन मात्र
नभएर अन्य अन्तर्रर्ााट्रय समुदायलाई पनि केही समयका लागि झुक्याउन
सकिएला तर त्यो दिगो हुँदैन ...' माओवादीको व्यवहार सर्न्दर्भमा स्वीस
राजदूतले अन्नपर्ूण्ा पोष्टमा भदौ १६ गते, २०६६ मा यसै भने।
नेपालको सर्न्दर्भमा निकै महत्व राख्ने देशका राजदूतले भनेका यी
शब्दहरुवाट हाम्रो मुलुकको सबै भन्दा ठूलो शक्तिको हैसियत विश्व समुदायका
अगाडि के रहेछ भन्ने झल्कन्छ। माओवादीलाई विश्व समुदायले पत्याउन
छाड्दैछन् भन्ने अर्थमा स्वीस राजदूतको टिप्पणीलाई लिनु उचित हुन्छ।
अविश्वासको यो स्थिति त्यसै सिर्जना भएको होइन। आफ्नो आधिकारिक
दस्तवेजमा एक थोक लेख्ने, त्यस्ता दस्तावेज सके सम्म लुकाएर कसैलाई हर्ेन
नदिने, अनि बाहिर चाहिँ अर्कै थोक बोल्दै र व्यवहार गर्दै हिँड्दाको
परिणाम हो, यो बढ्दो अविश्वास।
चर्चित शक्तिखोर भिडियो प्रकरणका बारेमा देश भित्र र बाहिरवाट उठेका
प्रश्नहरुको चित्त बुझ्दो जवाफ दिन नसक्ने अवस्थामा माओवादी त्यसै पुगेको
होइन। १२ बुँदे दिल्ली संझौतामा हस्ताक्षर गरी बहुदलीय प्रतिस्पर्धात्मक
शासन प्रणाली स्वीकार्ने प्रतिवद्धता जनाएको थियो माओवादीले। उसले
निर्वाचन आयोग र अन्य निकायमा पेश गरेका दस्तावेज, चुनावी घोषणापत्र
आदिमा व्यक्त गरेका प्रतिवद्धता र उसले देखाइराखेको व्यवहार तथा बोली
पटक्कै मेल खाँदैनन्। 'जनव्रि्रोह' '१० लाख जनता मर्छन्' 'सबैलाई
बढारिदिन्छौँ' 'सबै नेपालीका हातमा बन्दूक हुनर्ुपर्छ' 'कब्जा गरिएका
सम्पति फिर्ता गरिन्न' जस्ता धम्कीले माओवादीको प्रतिवद्धता तथा लक्ष्य
के हो भन्ने प्रश्न उब्जाएको छ।
माओवादीको राजनीतिक इमानदारी कुन स्तर सम्म खल्बलिएको छ भन्ने कुरा
उसले संविधान सभामा पेश गरेको संविधानको मसौदावाट पनि थाहा हुन्छ। ' ...
जनवादी केन्द्रीयताको पद्धतिलाई सुदृढ पार्ने ...' भन्ने माओवादीद्वारा
प्रस्तावित संविधानको अंशले विश्वास होइन, अविश्वास बढाउँछ। बहुदलीय
प्रतिस्पर्धात्मक प्रणालीलाई माओवादीले १२ बुँदे संझौता, अन्तरिम संविधान
लगायत अन्य थुप्रै ठाउँमा अंगीकार गरेको अभिलेख कायम छ। यस संगै 'जनवादी
केन्द्रीयता' जस्ता हरफ संविधान मसौदामा पार्नु राजनीतिक इमानदारी
ठहर्दैन।
'छिनमा छिन रंग, दिनमा तीन रंग' भन्ने नेपाली उखान चरितार्थ पार्न
खोजेको आभाष पाइन्छ, माओवादीको बोली र व्यवहारवाट। 'शान्ति प्रक्रिया' मा
आएपछिका दिनमा माओवादीले धेरै पटक आफ्नो नीति, सिद्धान्त र वाटो परिवर्तन
गरेको छ। चुनावी घोषणपत्रमा माओवादीले उल्लेख गरेका वाटा र यसवेला उसले
मसौदा संविधानमा राखेका नीति, सिद्धान्त र वाटोबीच तुलना गरे मात्र पनि
माओवादीको इमानदारी तथा राजनीतिक वजन थाहा पाइन्छ।
त्यसो त, अध्यक्षले 'सहमति हुन्छ' भनेको केही घण्टा भित्रै
उपाध्यक्षले 'सहमतिको संभावना क्षीण' भनेर उद्धोष -राजधानी, असोज २६,
२०६६) गरेको सुन्दा अलिकता पनि राजनीतिक चेतना भएका मानिसलाई हल्का
मनोरञ्जन समेत हुन छाडिसकेको छ। 'म जे बोल्छु र गर्छर्ुुमैले कुरा जति
फेरे पनि, जे गरे पनि मै ठीक' भन्ने दम्भले गर्दा यो स्थिति सिर्जना भएको
हो।
राज्यकै जस्तो सैनिक शक्ति समेत पालेको माओवादीले यसरी इमानदारी तथा
एकरुपताको निरन्तरता कायम नराख्दा यो एउटा शक्ति प्रति अविश्वास वढ्ने
मात्र होइन, राष्ट्र तथा जनताले नै ठूलो तथा भयावह र दर्ूदान्त दिनहरु
भोग्नु पर्ने खतरा वढ्दै जान्छ।
deepakgajurel@gmail.com
गजुरेल त्रिभूवन विश्वविद्यालयमा राजनीति शास्त्रका उपप्राध्यापक हुनुहुन्छ।
Read More...

Sunday, October 11, 2009

0 बर्ुबकहरुको बर्ुबक आईस(ब्रेक

-अकेला-
अमरत्व प्राप्त गर्न मानिसहरु अनेकौँ हत्कण्डा अपनाउँछन्। कोही केतिर
लाग्छन्, कोही केतिर। जो जतातिरै लागे पनि अमरत्व जो कोहीलाई नसिव
-भाग्य) कहाँ - गिनेचुनेका खुश्नसिव -भाग्यमानी) लाई मात्रै यो शौभाग्य
प्राप्त हुन्छ। प्रशस्ती, प्रशंसा वा ख्याति त बहुतले पाउँछन्, अमरत्व
पाउँदैैनन्। किनकि, पद, पैसा र प्रतिष्ठाले पाईने चिज त होईन अमरत्व।
यसको निम्ति जुन कुराको खाँचो पर्छ, जो कोहीमा त्यो हुँदैन। अर्थात,
चराचर जगतका सबै जीवमाथिको यस्तो प्रेम, जो निश्काम् भावले गरिन्छ र
त्यसैबाट व्यक्तिले परमानन्दको अनुभूत गर्दछ।
आजकल, मुलुकका सबै साना(ठूला पत्रपत्रिकाहरुमा लगात्तार केही दर्ुलभ
तस्वीर र दृश्यहरु देखापरिरहेका छन्। ती तस्विर र दृश्यहरु यस्ता छन् कि
जसको निम्ति हामी महिनौँदेखि ललायित र प्रतिक्षारत थियौँ। क्यामरामेन
मित्रहरुद्वारा आफ्ना क्यामरामा कैद गरिएका ती दृश्य र तस्विरहरुलाई न
केवल संयोगै मात्र मान्न मिल्छ, अपितु त्यसको दर्शन गर्न पाउनु हामी
जस्ता देहाति, अन्पढ र गवाँरहरुका लागि अहोभाग्यकै कुरा पनि हो। अहिँसाका
प्रतिमर्ूर्ति महात्मा गान्धीको सम्झनामा आयोजित श्रद्धाञ्जली सभा र
काँग्रेस सभापतिद्वारा आयोजित चियापान कार्यक्रममा जम्मा भएर तीन
शर्ीष्ानेताहरुले खिचाएका अलग अलग तस्विर एवं ती दृश्यहरु सम्भवतः
यसपर्ूव विस्तृत शान्ति सम्झौता ताका मात्रै देख्ने मौका पाईएको थियो। कि
कसो पाठक -
महात्मा गान्धीको श्रद्धाञ्जली सभामा देखिएका यी दृश्यले हम्मेसी ग्रहण
मात्रै लागिरहने नेपाली राजनीतिमा देदिप्यमान नक्षत्रहरु जग्मगाईरहेझैँ
लाग्दैन र पाठक - मुलुकको राजनीतिक खिचातानीबाट आक्रान्त जनताको भाग्य
निर्माणका खातिर महाशयहरुको लचकता देखिँदैन र - राजतन्त्रको कुनै
कालखण्डमा गठित नौ महिने सरकारको उपप्रधानमन्त्री एवं लोकतन्त्र
स्थापनाका क्रममा जनताद्वारा पाखा लगाईएका दोस्रो प्रधानमन्त्री,
गणतन्त्रका संवाहक एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष, बयोवृद्ध नेता
एवं नेपाली काँग्रेसका सभापति र स्वयँ एमाले अध्यक्ष जस्ता हस्तीहरुको यो
अपर्ूव संगम र उनीहरुले खिचाएका ती तस्विरले छिट्टै कुनै
निश्कर्षनिकाल्लान् जस्तो देखिन्न र - महाशयहरुका यी हँसिला अनुहार,
रसिला बोली र जोशिला क्रियाकलापबाट हामीलाई कता कता, के के अनुभूति
हुँदैन र -
उसोभए, के अव आईसब्रेकले र्सार्थकता पाउन लागेकै हो त - के अव, राजनीतिक
तिक्तता(कटुता सकिएकै हो त - के अव, अस्थिर र गोदागोदको राजनीतिबाट हामी
जनता मुक्त हुने नै भईयो त - के अव नेताहरुको ध्याम्पामा घाम लागेकै हो त
- के यिनीहरुको बुद्धि बंगारा पलाएकै हो त - के अव, नेपाली जनताको दिन
फिर्ने नै भो त - के भनिरहेका छन् लामो समयसम्म बोलचालै बन्द गरी एक
अर्कालाई निचा देखाएरै नथाकिरहेका शर्ीष्ानेताहरुका ती दर्ुलभ एवं
अभूतपर्ूव तस्विर र दृश्यहरुले -
निश्कामी, दर्ुवल एवं अर्धनग्न बुढोको जन्मदिन र बि.पी. कोईरालाको
राष्ट्रिय मेलमिलापको परम्परालाई निरन्तरता दिन आयोजित चियापान
कार्यक्रमले राजनीतिक वितण्डाका यी स्रष्टाहरुहरुलाई जुन चतुर्‍यार्ँइका
साथ एकै ठाउँमा ल्यायोे, त्यो बहुतै दर्ुलभ, अभूतपर्ूव र अपर्ूव छ।
पत्रपत्रिकाको प|mन्ट पेजमा छापिएका ती तस्विरहरु, नेताजीहरुका हँसिला
अनुहार र आमोदप्रमोदलाई हर्ेदा त कत्ति पनि लाग्दैन कि उनीहरु फेरी पनि
जनतासँग छल गर्दैछन्। महात्मा गान्धीको बखान गरेरै नथाक्ने यी
नेताजीहरुले अनाशक्त गान्धीको सादापन, सरलता र त्यागको अलिकति अंश अव
आफ्नो जीवन र राजनीतिमा पनि ढाल्लान् त पाठक - के यिनीहरुले आम
मानिसहरुलाई उनीहरुका दर्ुघन्धित सासबाट छुटकारा देलान् त -
बताईन्छ कि जीवनको अन्तिम घडिमार् इश्वर नामको उच्चारण मात्रले पनि
जीवन(मरनको घन्चक्करबाट मुक्ति मिल्छ र परमधामको प्राप्ति हुन्छ।
यसवारे, धमनीमा व्राहृमणवादी सँस्कार बगेका यी महाशयहरुलाईभन्दा बढी
कस्लाई ज्ञान होला - पाप(पुण्य, र्स्वर्गर्(नर्क र जन्म(मरन जस्ता
मामिलाहरुमा महाशयहरुलाई उछिन्न त सकिन्न। परन्तु, यिनीहरु ज्ञानी हुनुको
अर्थ गान्धी अज्ञानी थियो भन्ने त हैन होला। जसले पूरै जीवनलाई गीताकै
आदर्श अनुरुप ढाल्यो र अरुलाई पनि त्यसै मुत्ताविक चल्न(चलाउन अनुनय(विनय
गर्‍यो, के त्यो गान्धी गलत थियो र - नत्र, नाथुराम गोड्सेले गान्धीको
छात्तिमा तडातड गोली दागिरहँदा गान्धीको मुखबाट ुहे रामु नै किन
निस्कनुपर्‍यो - अहिले ननिस्केको ुहे रामु अव कहिले निस्कने -
किन(कोही(केही सिक्न चाहन्नन् कसैबाट - अरेर्,र् इश्वरसँग पनि यत्रो कपट
- आखिर के चाहन्छन् नेताजीहरु -
जीवनको एक यस्तो क्षण, जव कोही, कुनै ठोश निर्ण्र्ााा पुग्दछ, तव पूरै
जीवनशैलि नै बदलिन्छ। जीवनमा यस्ता धेरै क्षणहरु हुन्छन्, जहाँ कुनै
निर्ण्र्ाागरिन्छ, र त्यही निर्ण्र्ाााट पूरै जीवन प्रभावित हुन्छ। यस्ता
कैयन क्षणहरु छन्, जसबाट व्यक्ति, व्यक्तित्व र व्यक्तिको पूरै जीवनशैलि
नै बदलिन सक्दछ। यस्तो क्षण, न केवल राम्रा मानिसहरुमा मात्र, अपितु
नराम्रा मानिसहरुमा पनि आएको हुन्छ। नआएको भए आउँछ। तर आउँछ त जरुर,
जस्ले व्यक्ति, व्यक्तिको पूरै जीवनशैलि नै बदलि दिन्छ र व्यक्तिलाई
कहाँदेखि कहाँ पुर्‍याई दिन्छ। याद गर्नुस त, त्यही एउटा क्षण थियो, जव
तपाईले यस्तो कुनै धुँवादार निर्ण्र्ाागर्नुभो, अनि तपाई, तपाईको
जीवनशैलि नै बदलियो वा भविष्यमा कुनैदिन बदलिनेवाला छ।
अमूक अमूक पेशा वा शौँख जस्तै राजनीति पनि एउटा पेशा वा शौँख नै हो। यो
बाहेक सबैखाले पेशा वा शौँख न केवल आफ्नै निम्ति गरिन्छन्, अपितु आफ्ना
सन्तान(दरसन्तानका निम्ति पनि गरिन्छन्। तर राजनीति मात्रै यस्तो पेशा वा
शौँख हो, जो आफ्नो लागि नभै सिर्फअरुकै निम्ति गरिन्छ। गान्धीको जन्मदिन
र बि.पी.को राष्ट्रिय मेलमिलापको कार्यक्रम पारेर आईसब्रेकमा जुटेका
हाम्रा हस्तीहरुले गान्धी र बि.पी. बाट कम, माफिया एवं कार्यकर्ताहरुबाट
ज्यादा सिक्ने, उनीहरुलाई नै पोस्नथालियो भने त्योभन्दा अर्को दर्ुभाग्य
दुनियामा के होला -
मुखमा रामराम, बगलीमा छुरा र्टाईपको राजनीतिबाट न आईसब्रेक र्सार्थक
हुनसक्छ, न यहाँ कुनै दलको सरकार स्थिर रहनसक्छ, न त मुलुकमा कानूनी
राज्यकै प्रत्याभूति नै। आईसब्रेक नाम दिईएको उनीहरु बीचको सम्वादद्वारा
निकास निकाल्न खोजिरहेका धुरन्धरहरुमा मुख्यतः विश्वास, सहिष्णुता एवं
भाईचाराकै कमी छ। यसको अर्थ हो महाशयहरुले गान्धीगिरी कम् र गोड्सेगिरी
ज्यादा गरिरहेका छन्। नेपाली राजनीतिको समस्यै त्यहीँनेर जेलिएको छ।
सम्वाद, समझदारी र सहमतिको विकल्प त छैन दुनियामा। आखिर, कुन भूतले
सताएको छ यी धुरन्धरहरुलाई - केले खाईरहेको छ यिनीहरुको मुटु - त्यसलाई
त्याग्नु त पर्छ नै। नत्यागिए, मेहनत बेकार जाने मात्र हैन, यो आईसब्रेक
पनि फेल खान्छ र नेताहरुको नेतागिरी नै धरापमा पर्नसक्छ। मान्छेलाई खाने
त पहिला मनकै बाघले हो, बनकाले हैन। पहिला नेताजीहरु त्यसबाट आजाद होउन्।
मासु(चिउरा चबाउनु(चबाईए। चिया(बिस्कुट खानु(खाईयो। गफ्फा, ठट्टा(मस्करी
गर्नु गरिए। गालीगलौज तथा सत्तोसरापको राजनीति बहुत गरियो। किस्सा, कथा र
लेक्चर बहुत दिईयो। तूतू(मेँमेँ तथा शब्द, भाषा र शैलिको राजनीति त बहुत
गरियो। अक्षर र वाक्याँश मात्रै किन - काम पनि गरियोस। केही गरेर
देखाईयोस। विगतले दिएका घाउहरुको स्मरण गरियोस, जसको उन्मुक्तिका निम्ति
बलिदानी हातहरु उठेका थिए, हतियारहरु उठेका थिए। ती मानिसहरुको याद
गरियोस, जसले आफ्ना छात्तिमा यो परिवर्ततका निम्ति हाँसी हाँसी गोलीको
बौछार थापेका थिए। याद, सबैलाई गरियोस। सलाम, सबैलाई ठोकियोस। मुख्यतः
ऐतिहासिक आन्दोलनको गगनभेदी आवाजहरुको पहिचान गरियोस र त्यतातिर लागियोस।
आफ्नै मुखबाट फुत्किएका प्रतिवद्धता एवं पर्ूव सहमतिहरुलाई याद गरियोस र
जनमतको कदर गर्न सिकियोस। बलेको आगो ताप्नेहरुको जमात जहिल्यै पनि ठूलो
हुन्छ, त्यसको पहिचान गरियोस, त्यसको भर नपरियोस। नत्र, यो लोक त गयो
गयो, परलोक पनि बर्बाद हुनेछ। किनकि, राजनीति, दिमागले कम्, दिललेे
ज्यादा गरिने काम हो। याद राखियोस, भिरबाट हाम्फाल्न खोज्नेलाई कसैले
काँध थाप्दैन। राजनीति नगरियोस भन्ने हैन। गरियोस, गज्जवले गरियोस। तर
नेतागिरी कम्, गान्धीगिरी ज्यादा गरियोस। अर्थात, राम्रो राजनीति गरियोस।
स्वस्थ्य, सरल र सहज राजनीति। राजनीति, सानो चित्तले चल्दैन। राम्रो
राजनीतिको निम्त्रि फराकिलो छात्ति चाहिन्छ। मित्रलाईभन्दा बढी माया,
वैरीलाई गरियोस, अरुलाई, आफुलाईभन्दा बढी माया गरियोस। अमर हुनेे हो भने
छक्कापञ्जाको राजनीति त्यागियोस र हजार हजारका कट्कटिया नोठ्हरुमा आफ्ना
फोटाहरु छापिनेखालको राजनीति गरियोस। बर्ुबकहरुलाई ज्ञानै छैन, अमर हुन
यतिविधि दण्डा पेल्नै पर्दैन। अमर त, यसै भईन्छ। अस्तु।
Read More...

Saturday, October 10, 2009

0 दलितको लागि जनता आवास कार्यक्रम

-श्याम किशोर सिंह
पृष्ठभूमि ः
विश्वको कूल जनसंख्या मध्ये करिब १० करोड व्यक्तिहरू घरबार विहिन
अवस्थामा जीवनयापन गरिरहेका छन्। त्यसैगरी प्रत्येक ६ जनामा एकजनासँग
आवास त छ तर पर्याप्त मानवोचित सुविधा उपलब्ध छैन। संयुक्त राष्ट्र संघको
एक अध्ययन प्रतिवेदनले यी तथ्यहरूलाई र्सार्वजनिक गरेको छ। यसले आवासमा
व्यक्तिको अधिकार र पहुँचको प्रत्याभूतिलाई महत्वपर्ूण्ा विषयको रूपमा
स्वीकार गरेको देखिन्छ।
आवासको अधिकार स्वीकार गर्दा राज्यले विद्यमान कानूनी संरचना बमोजिम
सम्पर्ूण्ा नागरिकहरूको लागि निःशुल्क आवासको व्यवस्था गर्नुपर्ने हुन्छ
कि भन्ने सोच पनि यदाकदा प्रकट भएको पाइन्छ। तर यथार्थ त्यसो भने होइन।
राज्यले आवास नीति र अन्य कानूनी व्यवस्थाको माध्यमबाट सबैको लागि आवास
प्राप्त हुन सक्ने वातावरण तयार गरिदिनेसम्म मात्र हो। तर कतिपय देशले
आफ्ना देशका असक्षम एवं गरिब परिवारहरूको लागि बसोवासको व्यवस्था
गरिदिएको पनि पाइन्छ। तर नेपाल जस्तो आर्थिक रूपले आफैं गरिब राष्ट्रको
निम्ति सम्पर्ूण्ा जनतालाई निःशुल्क रूपमा आवासको व्यवस्था उपलब्ध गराउन
सक्ने नत अवस्था छ र सम्भव पनि छैन।
नेपालको राष्ट्रिय आवास नीति २०५३ ले सो नीतिको मूल अवधारणामा
अन्तरनिहित निर्देशक सिद्धान्तको रूपमा सम्पर्ूण्ा जनताको लागि आधारभूत
आवश्यकताको रूपमा आवासको परिपर्ूर्ति गर्ने विषयलाई अंगिकार गरेको छ। यस
नीतिले आवासलाई केवल उपभोगको वस्तुको रूपमा मात्र नलिई राष्ट्रको आर्थिक
उत्पादनको अभिन्न अंगको रूपमा मान्यता दिएको छ। यसका साथै विपन्न वर्गको
लागि आवास व्यवस्थाको लागि केह मात्रामा सरकारी स्तरबाट अनुदान उपलब्ध
गराउने व्यवस्था समेत सो नीतिमा रहेकोले राज्यले आफूलाई आवासको अधिकारको
पक्षमा सवल रूपमा प्रस्तुत गरेको स्पष्ट हुन्छ। आवासको अधिकार व्यक्तिको
नैर्सर्गिक अधिकारको रूपमा लिए पनि नेपालमा पनि हालसम्म आवासको सुविधा
व्यक्तिको पहुँचभन्दा धेरै टाढा छन्।
नेपालको अन्तरिम संविधान २०६३ ले ''शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र
खाद्य सम्प्रभुतामा सबै नागरिकको अधिकार स्थापित गर्ने र आर्थिक, सामाजिक
रूपले पछाडि परेका वर्गलाई जग्गा लगायत आर्थिक, सामाजिक सुरक्षाकेा
व्यवस्था गर्ने नीति लिएको छ।'' उक्त कुरा स्थापित गर्ने दायित्व राज्यले
लिने नीति रहेको छ। तद्नुरूप नेपाल सरकारले आर्थिक वर्ष२०६६/०६७ को बजेट
वक्तव्यको बुँदा नं. १६१ मा ''जनता आवास कार्यक्रम'' अर्न्तर्गत सिरहा,
सप्तरी र कपिलवस्तुका डोम, मुसहर, चमार, दुषाध -पासवान), खत्वे अन्य
दलितहरू र विपन्न मुसलमानलाई लक्षित गरी प्रत्येक जिल्लामा एक/एक हजार
गरी तीन हजार परिवारलाई न्यून लागतमा आधुनिक आवास निर्माण गरी बसोवासको
व्यवस्था गर्ने भन्ने भए अनुरूप शहरी विकास तथा भवन निर्माण विभागको चालू
आ.व. को वाषिर्क कार्यक्रममा उल्लेखित बसोवास कार्यक्रमको लागि रू. ३०
करोडको वजेट विनियोजित भएको सर्न्दर्भमा सिरहा र सप्तरी जिल्लामा रहेका
दलितहरूको आर्थिक तथा सामाजिक अवस्था, हालको आवासको अवस्था र समस्या र यस
कार्यक्रम मार्फ उपलब्ध गराइने आवासको सम्बन्धमा चर्चा गर्नु सान्दर्भिक
हुन्छ ः
सिरहा र सप्तरीमा दलितको अवस्था ः
समाज विभिन्न समुदायका मानिसहरू बसोवास गरे पनि सामाजिक तथा आर्थिक
रूपले पिछडिएका अपहेलित समुदायलाई दलितको रूपमा चिनिएका छन्। मानव
सभ्यताको कलंकको रूपमा रहेको छुवाछुत प्रथा अहिले पनि हाम्रो समाजमा
कायमै छ, जसको प्रत्यक्ष मारमा दलित समुदाय नै पर्ने गरेका छन्। कानूनी
रूपले नेपालमा छुवाछुतको अन्त्य भए पनि व्यवहारमा त्यसो हुन सकेको छैन।
सिरहा र सप्तरी जिल्लामा बसोवास गरिरहेका दलित जातीहरू डोम, मुसहर, दुसाध
-पासवान), खत्वे, हलखोर, मेहतर, बाँतर अन्य दलितहरूले छोएको पानी एवं
खानेकुरा अन्य उपल्लो जातीका मानिसहरूले अहिले पनि खाँदैनन्। तिनिहरूले
छोएको पानी एवं खानेकुरा खाएपछि आफ्नो जात र्झछन् भनि सामाजिक मान्यता
रहेको पाइन्छ। र्सार्वजनिक स्थलहरू जस्तै- विद्यालय, सिनेमा घर, सरकारी
कार्यालय, आदि ठाउँहरूमा छुवाछुत कम भए पनि अहिले पनि दलित जातीहरूलाई
उपल्लो जातिका मानिसहरूले आफ्नो घरमा प्रवेश निषेध गरेको स्थिति कायमै छ।
स्पष्ट शब्दमा भन्ने हो भने यिनीहरू सामाजिक विभेदका शिकार भएको पाइन्छ।
राष्ट्रिय औषत गरिबी ३१% रहेता पनि दलित गरिबी ५०% को हाराहारीमा छन्।
दलितको सम्पत्तिको रूपमा रहेको जातीगत परम्परागत पेशागत पनि हाल संकटमा
परेको छ। दलितहरूका बीचमा पनि छुवाछुत रहेकोले एक दलित जातीले अर्को
जातीभन्दा आफू श्रेष्ठ -ठूलो) जाती भएको ठान्दछन्। यिनीहरूमा व्याप्त
गरिबी एवं पछौटेपनका मुख्य कारण अशिक्षा तथा अज्ञानता पनि हुन्। शिक्षामा
लगानी वृद्धि भए पनि दलितहरू यस तर्फअपेक्षा गरेअनुसार आकषिर्त भएको
देखिंदैन। दलितहरू बढी सुकुम्बासी एवं घरवारविहिन भएको पाइन्छ। अधिकांश
दलितहरूले सरकारी, ऐलानी, पर्ति, बाटो वरिपरी एवं र्सार्वजनिक जग्गामा
फुसको घर बनाएर बसोवास गरिरहेको पाइन्छ। वर्षोनी आउने वाढी, आगलागी,
हावाहुरी, आँधीबाट सबैभन्दा बढी दलितहरू नै प्रभावित भएको देखिन्छ। यसको
मुख्य कारण यिनीहरूको बसोवास अवस्था असुरक्षित एवं अस्वस्थकर हुनु हो।
विकासका पर्ूवाधारहरू दलित वस्तीमा पुग्न नसक्नु अर्को दर्ुभाग्य हो।
यिनीहरू मूल वस्तीबाट भिन्नै अर्थात् पाखा-पखेरा एवं कुना कन्द्रामा बस्न
वाध्य छन्। यिनीहरू बसेका वस्ती पनि नम्बरी जग्गामा नभई ऐलानी पर्ती एवं
र्सार्वजनिक सरकारी जग्गामा छन्। सिरहा तथा सप्तरीको सबै गाउँमा दलितहरू
छरिएर बसेका छन्। यिनी वस्तीहरू प्रायः गुचमुच्च परेको र घना आवादीका
छन्।
वि.सं. २०५८ को राष्ट्रिय जनगणना अनुसार सप्तरी जिल्लाको ११४ गाविस र
एउटा नगरपालिका गरी कूल घरधुरी संख्या १ लाख १ हजार १ सय ४१ रहेका छन्।
सप्तरी जिल्लाको कूल जनसंख्या ५,७०,२८२ मध्ये दलितको जनसंख्या १,०५,२९६
रहेको छ जुन जिल्लाको कूल जनसंख्याको १८.४६% हुन आउँछ। त्यसैगरी सप्तरी
जिल्लामा मुसलमानको जनसंख्या ४६,९६४ जुन की जिल्लाको कूल जनसंख्याको
८.२४% रहेको पाइन्छ। त्यसै गरी वि.सं. २०५८ को राष्ट्रिय जनगणना अनुसार
सिरहा जिल्लाका १११ गाविसको कूल घरधुरी संख्या ९८ हजार ७ सय ५४ रहेका
छन्। सिरहा जिल्लामा मुसलमानको जनसंख्या ४१,४७८ जुन कि जिल्लाको कूल
जनसंख्याको ७.२८% रहेको पाइन्छ।
दलितको बसोवासको वर्तमान अवस्था र समस्याहरू ः
दलितको आवास सम्बन्धी समस्यालाई तीन प्रकारको वर्गीकरणमा राख्न सकिन्छ ः
१. असुरक्षित घर
अधिकांश दलितहरूको घर माटोको गारो वा बाँसको टाटी एवं फुसको छानोबाट
निर्मित भएको पाइन्छ। वषर्ाको वेला घर वरिपरि पानी जमेर माटोको गारो
गल्ने र घर भत्किने जस्ता घटना प्रत्येक वर्षहुने गर्दछन्। यस्ता घरहरूको
आयु केही वर्षमात्र हुन्छ। यस्ता घरहरूमा निरन्तर रूपमा मर्मत सम्भारको
आवश्यकता परिरहन्छ। एक दर्ुइ वर्षछि घर भत्काएर पुनः निर्माण गर्नुपर्ने
स्थिति देखिन्छ।
२. स्वास्थ्य ः
दलित वस्तिको अध्ययन गर्ने हो भने पाँच देखि दश जनासम्मको व्यक्तिहरू
एउटा वा दर्ुइवटा कोठामा बसोवास गरिरहेको स्थिति देखिन्छ। केही परिवारमा
घरमुली दम्पति एवं उसका विवाहित दर्ुइओटा छोराहरूको बस्नका लागि जम्मा
एउटा कोठा मात्र उपलब्ध रहेको स्थिति देखिन्छ। यसको मुख्य कारण घर
बनाउनको लागि जग्गा एवं पूँजीको अभाव हो। दैनिक कमाईले छाँक र्टार्न
सक्ने परिवारको संख्या वढी देखिन्छ। केहीले आफ्नो घरपरिवारको खर्च धानेर
रकम बचत भएपछि जुवा एवं रक्सी पिउनेमा नै उक्त रकम खर्च गर्दछन्।
दलितहरूमा रकम बचत गर्ने प्रवृत्ति निकै कम देखिन्छ। तर्सथ यिनीहरूलाई
बचत गर्ने तरिकाबारे तालिम प्रदान गर्नुपर्ने जरूरी देखिन्छ ताकि बचत
रकमबाट घर निर्माणमा लगानी गर्न सकियोस्।
-क) कोठाभित्र चिस्यान
माटो वा बाँसको टाटीको गारो भएको कारण म्amउ उचययाष्लन अयगचकभ नभई कोठा
भित्र चिस्यानको अवस्था हुन्छ। कोठामा चिस्यान उत्पन्न हुनासाथ गारोलाई
कमजोर तुल्याउने, काठ र बाँसका अवयवहरू चाँडै सँड्ने, गल्ने, कोठाभित्र
भण्डारन गरेका सामानहरू सडेर बर्वाद हुने दर्ुगन्धित ग्याँसको उर्त्र्सजन
हुने जस्ता समस्याहरू देखा पर्दछन्। त्यसैले गर्दा वाल मृत्यु दर एवं
मातृ मृत्यु दर दलित वस्तीमा अन्य भन्दा बढी भएको पाइन्छ।
-ख) धुवाँ तथा भेन्टिलेशन ः सुत्ने तथा खाना पकाउने कार्य एउटै कोठामा
गर्ने गरेको कारण दाउरा, गोबर र सुकेका पातहरू जलाउँदा कोठाभरी धुँवा
भरीएर भित्र बस्ने व्यक्तिहरूलाई श्वाँसप्रश्वासको समस्या, कलेजोको रोग,
उच्चरक्तचाप जस्ता रोगबाट ग्रसित भएको पाइन्छ।
-ग) फुसको छाना
फुसको घरमा आगो चाँडो सल्किने भएकोले देशभरमा प्रत्येक वर्षअन्दाजी दशौं
हजार परिवार घरवार विहिन मात्रै होइन त्यस भित्र रहेका सम्पर्ूण्ा
सम्पत्तिहरू नै नष्ट हुने गर्दछन् जसको प्रभाव निकै पछाडीसम्म रहिरहन्छ।
त्यसमा पनि देशभरीमा नै सबैभन्दा बढी सिरहा र सप्तरी जिल्लामा फुसको घर
बढी भएकोले सबैभन्दा बढी आगलागीको प्रभाव यसै जिल्लाहरूमा देखिन्छ। फुसको
छाना पानीबाट भिजिएर चाँडै सँड्ने र सोबाट व्याक्टेरिया उत्पन्न भई
मान्छेमा विभिन्न किसिमका रोग साने काम गर्दछ।
-घ) पशुपालन ः
कोठाको अभावको कारण सुत्ने कोठामा नै घरपालुवा जनावर बाँध्ने गरेकोले
जनावरबाट र्सर्ने रोग पनि घरभित्र बस्ने मान्छेहरूमा चाँडै र्सदछन्।
-ङ) शौचालय तथा ढलको अभाव ः
शौचालयको अभावको कारण घर वरिपरि जथाभावी दिशापिसाब गर्दा झाडापखाला,
हैजा जस्ता विभिन्न किसिमका महामारी रोग चाँडै फैलिने गर्दछन्। हालसालै
सुदुरपश्चिमको जाजरकोट, रूकुम, डोटी जिल्लामा फैलिएको झाडापखाला जस्तै
सिरहा र सप्तरीको दलित वस्तीमा पनि शौचालय तथा सरसफाईको अभावमा दलित
वस्तीका मानिसहरू वर्षोनी ज्यान गुमाउने गर्दछन्। घर वरिपरि पानी जमेको
कारणले लामखुट्टेको संख्यामा वृद्धि भई मलेरिया तथा कालाजरको प्रकोप बढी
भएको देखिन्छ।
३. प्रकृतिको प्रकोप
अधिकांश दलित वस्तीहरू नदीको किनारमा अवस्थित रहेको हुनाले बाढीको
प्रकोप यि वस्तीहरूमा नै वढी हुने गर्दछन्। भरखरै सप्तरी र सिरहामा आएको
बाढीबाट सबैभन्दा बढी दलित वस्तीहरू नै प्रभावित भई त्यहाँ रहेका
वासिन्दाहरूलाई केही दिनको लागि सुरक्षित ठाउँमा विस्थापित हुनुपरेको
थियो।
समाधानका उपायहरू ः
माथि उल्लेखित पाँचवटै समस्याहरूलाई समाधान गर्नको लागि मानवोचित
जीवनयापनको लागि अत्यावश्यक सुविधा सहितको आवास उपलब्ध गराउनुपर्ने
राज्यको दायित्व हुन जान्छ। वस्तुतः पर्याप्त आवासको प्राप्त गर्ने हरेक
नागरिकको जन्मसिद्ध आधारभूत अधिकार हो। यसको अभावमा मानिस भौतिक र मानसिक
रूपमा स्वस्थ्य रहन सक्दैन। अपर्याप्त आवासको अवस्थामा नत व्यक्तिले
शैक्षिक उन्नति गर्न सक्दछ नत अपेक्षित रूपमा आफ्नो वृत्तिको विकास गर्न
सक्छ। यसको अतिरिक्त आवासको अभावलाई आर्थिक द्वन्द्व र पारिवारिक कलहको
रूपमा लिन सकिन्छ। त्यसैले चालू आ.व.को बजेट वक्तव्य मार्फ दलित एवं
विपन्न मुसलमानहरूलाई लक्षित गरी आएको ''जनता आवास कार्यक्रम'' मा उपलब्ध
हुने आवासमा निम्न ८ वटा सुविधाहरू अनिवार्य रूपमा हुनर्ैपर्दछ।
१. सेवा, साधन, सुविधा र पर्ूवाधारको उपलब्धता ः दलित आवासमा पिउने योग्य
पानी, ढल निकासको व्यवस्था, पर्याप्त प्रकाश, हावा, ताप, खाना पकाउने
इन्धन, खाद्य भण्डारन र आकस्मिक सेवाको उपलब्धता हुनु पर्दछ।
२. आवासियता ः परिवारको संख्या अनुसार सबैको लागि पर्याप्त कोठा, सिरहा
सप्तरीको मौसम अनुसारको गर्मी, चिसो, वषर्ा, हावहुरी जस्ता प्राकृतिक
विषमताबाट जोगिने स्वस्थकर डिजाइन भएको घरको निर्माण हुनर्ुपर्दछ।
३. स्वामित्व ः आवासको सुविधा उपभोग गर्ने व्यक्तिले त्यसको निर्वाध
रूपमा भोग चलनको निम्ति घर र जग्गा समेतको स्वामित्व प्राप्त
हुनर्ुपर्दछ। ताकि भविष्यमा कसैले निर्वासन हुन नपरोस्।
४. औकात ः सामाजिक र आर्थिक र्सर्वेले देखाएकेा प्रतिवेदन अनुसार उक्त
कार्यक्रममा विपन्न दलितले पनि जनसहभागिता जुटाउन सकिने सस्तो एवं
किफायती घरको निर्माण हुनर्ुपर्दछ।
५. पहुँच ः शारीरिक रूपमा अशक्त, आर्थिक रूपले सबैभन्दा विपन्न, आफ्नो घर
नभएका उत्पीडित दलितहरूलाई उक्त कार्यक्रममा पहिलो पहुँचको प्रत्याभूति
हुनर्ुपर्दछ।
६. अवस्थिति ः सामाजिक र सांस्कृतिक रूपले आफ्नो जन्मस्थान, नातागोता
भएको ठाउँसित भावनात्मक सम्बन्ध भएको हुनाले सकभर पहिले बसिरहेको ठाउँमा
नै बसोवासको व्यवस्था मिलाउनु उपयुक्त देखिन्छ। प्राकृतिक रूपले
असुरक्षित भएको ठाउँ भए सुरक्षित भएको ठाउँमा पुनर्वास गराउनर्ुपर्दछ।
यस्तो ठाउँको चयन गर्दाखेरि रोजगारीको अवसर, स्वास्थ्य सुविधा, विद्यालय
एवं अन्य सामाजिक केन्द्रबाट आवासको अवस्थिति टाढा हुनुहुँदैन। नदि एवं
खोला किनार, प्रदुषित ठाउँ, जंगल नजिक बसोबासको व्यवस्था गर्नुहुँदैन।
७. सामाजिकता ः सामाजिक संरचनालाई अनुकुल सांस्कृतिक सन्तुलनमा कुनै
प्रतिकुल प्रभाव नपर्नेगरी दलितहरूको बसोबास गराउनर्ुपर्दछ।
८. स्थानिय निर्माण सामग्री र प्रविधिको प्राथमिकता ः आवास निर्माण
कार्यमा प्रयोग हुने निर्माण सामग्री सकभर स्थानिय स्तरमै उपलब्ध हुन
सक्ने एवं स्थानिय व्यक्तिहरूबाट नै निर्माण गर्न सकिने व्यवस्थालाई
पहिलो प्राथमिकता दिनर्ुपर्दछ।
अन्त्यमा, राज्यले आवासको अधिकारलाई सम्मान गरी पिछडिएका दलित वर्गको
लागि स्थानिय निर्माण सामग्री एवं प्रविधिको अधिकतम उपयोग गरी सामूहिक
तथा किफायति आवासको बन्दोवस्त गरी दलित प्रति उत्तरदायित्व निर्वाह गरेको
हुनर्ुपर्दछ।
तर्राईको दलितका समस्यालाई दृष्टिगत गरी नयाँ बजेटमा तर्राईका दलित एवं
विपन्न मुसलमानहरूको लागि ल्याइएको जनता आवास कार्यक्रम अत्यन्तै राम्रो
र प्रशंसनिय छ। यस कार्यक्रमले दलितहरूको बसोवास सम्बन्धी समस्याको
समाधान भई स्वास्थ्य एवं सामाजिक प्रतिष्ठामा सुधार हुनुको साथै
अन्तोगत्वा गरिबी निवारणमा पनि टेवा पुग्ने देखिन्छ। राज्यले दलितप्रति
उत्तरदायित्व निर्वाह गरेको पनि भान हुनेछ।
लेखक ः श्री शहरी विकास तथा भवन निर्माण विभाग, -आवास शाखा) बबरमहल,
काठमाण्डौंका डिभिजन प्रमुख हुनुहुन्छ ।
Read More...