Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Saturday, October 31, 2009

0 मैले बोल्नै पर्ने भो-१मैले बोल्नै पर्ने भो-१

-दिनेश बस्नेत
फ्री नेपाल डट कमका तथाकथित प्रधानसम्पादक भनेर हिडिरहेका रुसबासी मधुकृष्ण
श्रेष्ठले विषवमन गरेछन् । मलाई साह्रै खुसी लाग्यो । फ्री नेपाल डट कम कसरी
सुरु भयो, कसले यहाँसम्म ल्यायो, कसले कति दुःख गर्‍यो जस्ता कुराहरु आम
समुदायमा छर्लङ्ग छ। तर, उनले देखाएको वास्तविक हैसियत र निचतापूर्ण शब्दहरुले
मलाई स्तब्ध पारेको छ। यस्ता घृणापूर्ण विषवमन गरेर त्यस्को छिटा उनीतिरै
फर्कन्छ भन्ने विर्सेकोमा भने मलाई आश्चर्य लागेको छ।
म स्वयम् फ्री नेपालको भविष्यका विषयमा चिन्तामा थिएँ । मैले कसरी बचाउने भन्ने
विषयमा सबैसँग छलफलसमेत चलाइरहेको थिएँ । तर, चलिरहेको साइटबाट उनले लिङ्क
हटाएपछि नेपालमा कार्यरत श्रमजीवी साथीहरुले वक्तव्य जारी गरेका थिए । त्यो
वक्तव्य उनलाई एक साताअघि नै उपलव्धसमेत गराइएको थियो । तर, उनले मस्को पुगेर
सल्लाह गर्ने र काम गर्नेलाई रकम दिने भनेकोमा उल्छै डट कम हटाएपछि यताका
साथीहरु आक्रोशित हुनु स्वभाविक थियो।
उनले स्क्रीप्ट र सब डोमेन प्रयोगको कुरा गरेछन् । तर, फ्री नेपाल डट कमको
पासवर्ड उनीसँग भएकैले उनले यताका साथीहरुलाई विचल्ली पारेर लिएर भागेको
विर्सेछन्। अत्यन्त छुद्र, निच र आपत्तिजनक शब्द प्रयोग गर्न माहिर तथाकथित कवि
माधुर्यले कति योगदान गरे फ्री नेपालमा त्यसको लेखाजोखा गर्दै जान सकिनेछ । तर,
उनले गरेको विषवमनको सानो उत्तर मात्र यहाँ दिन लागिएको हो ।
आदरणीय दाइहरु कृष्णप्रकाश श्रेष्ठ, डा. जंगव चौहान, शम्भु रिजाल आदिप्रति मेरो
हिजो जति सम्मान थियो । आज पनि त्यत्ति नै छ। तर, मधुकृष्णजस्ता खुराफातीहरुलाई
जवाफ लेख्दा कुनै ठेस पुगेछ भने माफी चाहन्छु ।
मैले मधुकृष्णलाई चिनेको सन् १९९९ तिर हो । एकाथ कविता लेखेर उनी ब्लग जसरी
साइट चलाइरहेका थिए । त्यही क्रममा भएको सल्लाहअनुसार फ्री नेपाल दर्ता गरिएको
थियो । त्यसकारण पासवर्ड भएकै कारण मधु मालिक बनेर देखिएका हुन् । नेपालमा
कार्यालय खोल्ने, कम्प्युटर किन्ने, फोन जोड्ने, रचना संकलन गर्ने सबै कार्य
स्वयम सेवककै रुपमा हामीले गरेका हौं । उनले यसबीचमा चन्दा जसरी केही रकम
नदिएका भने होइनन् । यहाँका साहित्यकार, कवि, कलाकार सबैलाई थाहा छ, स्वयम
सेवकका रुपमा रचना माग्न हरेकको घर आँगनमा पुगेको कुरा । उनले डोमेन दर्ता गरेर
पासवर्ड लिएर बस्नुबाहेक नेपाली साहित्यलाई अनलाइनमा पुर्‍याउन कति योगदान दिए
त्यो सबै सामु छर्लङ्ग छ । बरु उनले आफ्ना भाइ भतिजाको नाम राख्ने तर यहाँ काम
गर्नेहरुको नाम राख्न नदिने गरेको कुरा आज अमिलो मन लिएर भन्नैपर्ने हुन्छ ।
साहित्यिक अनलाइनका रुपमा एउटा चरण पार गरेपछि समाचार र साहित्यलाई सँगै लैजाने
योजना मेरै थियो । त्यसका लागि लगानी गर्न तयार रहेको मधुकृष्णले बताएकै हुन् ।
तर, चार महिना जति केही पैसा पठाएर उनी भूमिगत हुन पुगे । त्यसपछि काठमाडौबाहिर
रहेका विभिन्न सम्वाददाता र काठमाडौका पनि सबैलाई हटाइयो ।
त्यसपछि अवस्था सुध्रेको भन्दै उनीले अब थप उर्चाका साथ लैजाने बताएकै हुन्।
त्यसैले यहाँ केही मान्छे थपिए । उनले पटक पटक साप्ताहिक र पाक्षिक पत्रिका
निकाल्न प्रपोजल बनाउन लगाएकै हुन् । त्यसमा समेत यतैको खर्च हुने गर्दथ्यो ।
तर, उनले पछि लगानीकर्ताले मानेन भनेर पन्छिए यसबाट समेत हामीलाई आर्थिक हानी
भयो ।
सुरुबाटै उनले मस्कोमा रहेका निश्चित व्यक्ति र समूहका विषयमा सकारात्मक कुरा
लेख्नै नहुने निर्देशन दिए । हामीले केही चिर्दै गयौ । उनको स्वार्थमा
लेख्नुपर्दा उनी नेपालमा राति १ बजेसम्म फोन गरेर टिपाउँथे र अन्य मिडियामा
समेत बाँड्न लगाउथे । उनले चिनेका र नाताका सबै फ्री नेपालका प्रतिनिधि थिए तर
काठमाडौमा रगत पसिना बगाएर काम गर्नेहरुको नाम राख्न कहिल्यै दिएनन् ।
त्यसैले कतिपयका लागि फ्री नेपाल सुन्नै नहुने नाम बन्न पुग्यो । यति गर्दा पनि
फ्री नेपाल चलेकै थियो। हामीलाई आश्वासनका पोकाहरु फ्याँकिएकै थिए । यस्तैमा
नेपालमा जिल्ला प्रशासन कार्यालयमा फ्री नेपाल दर्ता गरिएको छ । अनलाइनमा
पासवर्ड भएकै कारण फ्री नेपाल डट कम लिएर मधुकृष्ण भागे पनि नेपालको
कानुनअनुसार फ्री नेपाल डट कमको आधिकारिक मालिक हामी हौं । सोही प्रमाणपत्र
अनुसार फ्री नेपाल डट कम डट एनपी दर्ता भएको हो । स्क्रीप्ट तथाकथित
प्रधानसम्पादक मधुकृष्ण श्रेष्ठले तयार पारेको नभएर हामीले तयार पारेका हौ ।
त्यो हामीसँग अहिले पनि सुरक्षित नै छ। त्यसैले डोमेनको पासवर्ड भएकै आधारमा
आफूलाई मालिक ठानिरहेका मधुकृष्ण श्रेष्ठले नेपाल कार्यालयका कार्यरत
साथीहरुलाई पारिश्रमिक दिनुको सट्टा डोमेन लिएर हिडेका हुन् । उनले नेपालबाट
संचालन भइरहेको एनपी डोमेनमा रिडाइरेक्ट गराएका थिए तर बुधबार उनले हटाएका थिए
। त्यसलगत्तै पारिश्रमिक नपाएका साथीहरुले वक्तव्य निकालेका हुन् ।
त्यसमा म सहजकर्ताकै रुपमा रहेको थिए । तर, उनले प्रयोग गरेका अशिष्ट शब्दावली,
गाली र मार्यादाहीन भाषाशैलीका कारण म लेख्न बाँध्य भएको हुँ ।
जहाँसम्म अबको कुरा छ, यस्ता गालीगलौज मात्र लेख्न जान्ने तथाकथित
प्रधानसम्पादक मधुकृष्ण श्रेष्ठ र उनको परिवारलाई बोकेर हिड्नुभन्दा अलग हुनु
राम्रो ठानिएको हो । मैले विगत १६ वर्षदेखि पत्रकारिता गर्दै आएको छु ।
अनलाइनमा मधुकृष्णहरु कविता लेख्दै गर्दा हामी पत्रिका चलाइरहेका थियौ ।
त्यसैले उनले लगाएका आरोपहरुको खण्डन गरिएको होइन । वास्तविकता मात्र भन्न
खोजिएको हो । यो क्रम उनको अशिष्ट विषवमन जारी रहेसम्म यथावत रहनेछ।
अर्को कुरा नेपालस्थित उस्का अपराधिक जत्था धम्कीको भाषामा धर्काउन थालिसकेको
छ। त्यसैले यसतर्फसमेत आम पाठकलाई सचेत गराउन चाहन्छु । शब्दमा उनले व्यक्त
गरेको तुच्छता नेपालस्थित उनका भरौटेहरुले फोनमार्फत प्रदर्शन गर्न थालेका छन्
। म चुप लागेर मात्र बसेको हुँ । क्रमशः


0 comments:

Feeds Comments