Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Monday, October 26, 2009

0 जिउँदो हुनुको अर्थ

- अ के ला
आम मानिसहरु सोँच्छन् कि जिउँदो हुनुको अर्थ सास चलिरहनु हो। अर्थात,
जवसम्म सास चलिरहन्छ, देह जिवितै हुन्छ। उनीहरुलाई लाग्छ कि हिँडडूल,
बोलचाल र व्यवहार गरिरहेको शरीर जिवित हुन्छ। उनीहरु सोँच्छन् कि जिवित
ठानेर जिईएको त्योे जिन्दगी भ्रम त हुनैसक्तैन। मानिसहरु मान्दैनन् कि
जस्लाई उनीहरु जिउँदो ठानेर जिईरहेका हुन्छन्, यथार्थमा केवल सासै मात्र
फेरिरहेको पनि हुनसक्दछ। अर्थात, बाँचेको अभिनय। आफु जिउँदो भएको महशुस
गर्नेहरुलाई मौजुदा प्रतिकूल परिस्थितिले छुनुपर्ने हुन्छ, छुँदैन।
पीडाले छटपटाहट हुनुपर्ने हुन्छ(भैरहेको हुँदैन। हृदय पोल्नुपर्ने
हुन्छ(पोलिराखेको हुँदैन। दुख्नुपथ्र्यो(दुख्दैन भने सासै मात्र
फर्ेर्नुलाई जिउँदो मान्न त सकिन्न। आखिर, आरनको खँलाति र त्यो देहमा
अन्तरै पो के रहृयो र -
हामी यस्तो जिउँदा लासहरुको कुरा गरिरहेका छौँ, जो सबै कुरा देख्छन्,
सुन्छन्, अनुभव गर्छन् र जिउँदै छु भन्ने चेतना पनि राख्छ, परन्तु जिउँदो
हुनुको अहसास भने गर्नसक्तैन - मानौँ, आफुभित्रको जिवित मानिस मरिसकेको
होस् र बाहिरबाट जिउँदो, चल्तापर्ुजा र तगडा भएको पुष्टी गर्ने निर्रथक
चेष्टा मात्रै गरिरहेको होस। नत्र, मौजुदा प्रतिकूल परिस्थितिसँग
मुकाविला गर्न किन सकिँदैन - किन सधैँभरी आफुलाई निष्प्राण र निरीह
ठानिन्छ - के हो त्यसको तार्त्पर्य - के प्रयोजन हो(यर्ीर्
इन्द्रीय(ज्ञानेन्द्रीय, सबका सब नाकाम् र निकम्मा बन्नुको -
झण्डाका आडमा चन्दा आतङ्क मच्चिँदा, सिद्धान्तर्,र् इमान(जमानको सौदा
भैरहँदा, पहाड फार्ने हातहरुले बन्दुक उर्ठाईरहँदा, वर्षौ वर्षम्म
गाउँ(वस्ती(शहरका मानिसहरु हर्राईरहँदा, युद्धबन्दीहरुसँग पशुवत व्यवहार
भैरहँदा, ब्यारेकभित्रका बिरान जङ्गलहरु सामुहिक चिहान बनिरहँदा,
युद्धअपराधीहरुको प्रमोशन भैरहँदा, बाहुबलका भरमा मुलुकको राजनीति
चलिरहरहँदा, तुच्छ से तुच्छ कुराहरुमा अनपेक्षित बितण्डाहरु मच्चिरहँदा,
किन(केही गर्नसकिरहेका छैनौ र हातमा दही जमाएर बसिन्छ - यही हो जिवित
हुनुको तार्त्पर्य -
जनताले सधैँभरी भर्ूइँफुट्टाहरुकै खुँडा(खुकुरीको सन्त्राशमा दिन
काट्नर्ुपर्छर्र् आतङ्कति हुनर्ुपर्छ। हत्याराहरु खुलेआम घुमिरहन्छन्।
हत्यारालाई ुहत्याराु कम्,, राष्ट्रसेवकहरुलाई र्ुकर्मचारीु कम र आम
व्यक्तिलाई ुनागरिकु कम पार्टर्ीी कार्यकर्ता ज्यादा ठान्नथालिन्छ भने
त्यसलाई जिउँदो हुनुको प्रमाण मान्न त सकिन्न।
झण्डा(सिद्धान्त(राष्ट्रियता जस्ता चिजहरुको मोलिमोलाउ र सुक्री(बिक्री
भैरहने, प्रतिगमनका मतियारहरु बत्तिसा देखाएर अट्टहास गरिरहने र सच्चा
देशभक्तहरुका शिर सदा लज्जाबोधले निहुरिरहन्छन् भने सास फर्ेर्नुको
औचित्यै के - जिउँदो हुनुको अर्थै के - आरनको खँलाति र हामी बीचको अन्तरै
पो के - आखिर को हृवौँ हामी - कोद्वारा निर्देशित छौँ हामी -
नयाँ बिचार, अग्रगामी चिन्तन र मुलुकको कायापलट गर्नखोज्ने क्रान्तिकारी
दल, भर्ूइँफुट्टा दले र ज्यानमाराहरुको सेल्टर बन्ने, जल(जमिन(जङ्गलमा
उनीेहरुकै दबदबा रहने, उनीेहरु नै कमाउने, उनीहरु नै मोटाउने र मुलुकको
राजनीतिमा कुकुर कम, पुच्छर ज्यादा हावि हुनथालेपछि यो मुलुकमा कस्लाई
जिवित मान्ने र कस्लाई निर्जिव - हिजोका भर्ूइँफुट्टाहरु चैनको बाँसुरी
बजाईरहने र खून(पसिना सिँचेर मुलुकलाई अग्रदिशा दिनखोज्नेहरुलाई विवादको
भूमरीमा पार्नखोजिन्छ र उनीहरुका ललाटमा केवल शिविरको स्याँठै मात्र
लेख्नथालिन्छ भने राजनीतिको अवमूल्यन त हुन्छ नै, अगुवाहरुको नाक त कट्छ
नै। अव्यवस्था बिरुद्ध हिजो आगो ओकल्नेहरु यथास्थितिकै मतियार बन्ने,
भर्ूइँफुट्टाहरु पार्टर्ीी हावि हुनथालेपछि राजनीतिक पार्टर्ीीार्टर्ीीभै
भुमिगत गिरोह बन्ने र पार्टर्ीी नेताहरु(नेता नभै गिरोहको सरदार बन्ने
खतरा त पैदा हुन्छ नै। कदाचित, अगुवाहरु चेत्ने हो भने गलोगाँड् बनेर
जनताका घाँटीमा झुण्डिने राजनीतिक वितण्डाहरुले खासै माने राख्दैनन्।
व्यक्तिहरुसँग एउटा एमाउन्ट डिमाण्ड गर्ने, ठूलो हिस्सा आफुलाई
छुट्टयाउने र उब्रेेको हिस्सा पार्टर्ीीई दान दिने भर्ूइँफुट्टाहरुको
कर्तूतप्रति हाईकमाण्डहरु बेखवर हुन्छन् भने त्यसलाई जिउँदो हुनुको
प्रमाण मान्न त मिल्दैन। व्यक्तिलाई एकलाखको रसिद थमाएर पाँचलाख असुल्ने
र पाँचलाखका बदलामा एकलाखको रसिद लिन नमाने पूरै रकम बुझाउने जस्तोर्
इमोश्नल ब्ल्याकमेलिङ्गद्वारा व्यक्ति र पार्टर्ीीुवैलाई चुतिया बनाउने
भर्ूइफुट्टाहरुलाई राजनीतिको रेशमी च्यादर ओर्ढाईनु पनि जिउँदो हुनुको
प्रमाण हुनसक्तैन। जिउँदो हुन, सास मात्रै फेरेर त पुग्दैन। किनकि,
जिउँदो हुनुको प्रमाण राजनीति गर्नु मात्र नभै गरिएको राजनीतिलाई
र्सार्थकता दिनु पनि त हो, जो गर्न नेताहरु सकिरहेका छैनन्।
जिन्दगीमाथि सबैको समान हक हुनर्ुपर्दछ, त्यो छैन। केवल सपनै मात्र
बाँडेर जिन्दगीहरुसँग खेलवाड् गरिँदैछ, जुन सरासर नाईन्साफी हो। यो
नाईन्साफीले आम नागरिकमा वितृष्णाको जालो लागेको छ। यो भनेको अगुवाहरु
जिउँदो भएको प्रमाण हुँदै होईन। आफुलाई जिउँदो ठान्ने अगुवाहरु
ठान्दाहुन् कि आज जनता जिउँदा छन् त उनीहरुको दया, माया र सहानुभुतिले।
आज मानिसहरु सास फर्दैछन् त उनीहरुको मेहरवानीले। यी जनता, जो आज जिवित
छन्, ती उनीहरुका ऋणी र कृतज्ञ छन्। नत्र यिनीहरु उहिल्यै सिद्ध्याईन्थे।
जुन जिन्दगी आज मानिसहरु जिउँदैछन् र सास फर्ेर्दैछन्, सबै उधारोमा
जिईएका छन्, उधारोमै फेरिएका छन्। अर्थात, एक यस्तो उधारो जिन्दगी, जो
राजनीतिका जुवारीहरुद्वारा कुनैदिन जनतालाई जितौरी दिईएको थियो।
जिउँदो हुन, जिउँदो हुनुको अहसास पनि चाहिन्छ, जुन केवल सत्मार्ग र
सत्प्रयासबाट मात्र सम्भव छ। हिजोदेखि आजसम्म, राज्यको पर्ुनर्सरचना,
मस्यौदा समितिहरुको गठन, सदस्यहरुको चयन, नागरिक सर्वोच्चताको उल्लंघन
एवं राष्ट्रपतिको असम्वैधानिक कदमदेखि सेना समायोजनसम्मका विषयहरुमा जति
पनि असमझदारीता र वितण्डाहरु देखिएका छन्, ती सबैका पछाडि अर्काको
बुद्धिले राजा हुनुभन्दा आफ्नै बुद्धिले जोगी हुनु बेश ठान्ने मानसिकता
छ। कहीँ न कहीँ, कुनै न कुनै निहुँमा हलो अड्काएर मुलुकलाई अनिर्ण्र्ााो
बन्दी बनाउने नेताहरुको यो प्रवृत्ति यसरी नै कायम रहृयो भने कलान्तरमा
उनीहरुले छद्मभेषी जोगी बनेर पनि सुख्ख पाउने छैनन्। किनकि, जिउँदो
हुनुको प्रमाण त्यो होईन। खलाँतिझैँ फोक्सो चल्दैमा जिउँदो भईने त होईन।
जिउँदो हुन आखिर एक यस्तो अहसास पनि चाहियो, जसले उसलाई यथार्थमै जिउँदो
राख्दछ, जो मानिसहरुमा छँदै छैन।
यहाँ, जे जे हुनुहुँदैनथ्यो, जे जे गर्नुहुँदैनथ्यो र जे जे
बोल्नुहुँदैनथ्यो, त्यै त्यै भयो, र यद्यपि भैराख्या छ। सम्भवतः ऐतिहासिक
जनआन्दोलन नै हुनुहुँदैनथ्यो, किनकि, त्यस आन्दोलनले जन्माएका नतिजाहरु
यस्तो अल्पविकसित ९उचझबतगचभ० नवजात शिशु थियो, जो समयपर्ूव नै जन्मेको
थियो, त्यो भयो। त्यसपछि ऐतिहासिक एवं बहुप्रतिक्षित संविधान सभाको
निर्वाचन नै हुनुहुँदैनथ्यो, जसले एकताको सूत्रमा बाँधिएको यहाँको धर्म,
सँस्कृति, अर्थ र राजनीतिमा बिभाजनको यस्तो तिलश्मी रेखा कोर्‍यो, जस्लाई
नचाहेरै पनि नाध्नुपर्ने बाध्यता बन्यो। त्यो पनि भयो। खै त के
भो(उन्नाईदिने ऐतिहासिक जनआन्दोलनले - त्यसको आडमा टप्परर्टर्ूइँयाहरुलेे
यहाँको राजनीतिमा जुन अदाकारी र चाटुकारिता पर््रदर्शन गरे, त्यसबार्टर्
इलाङ् भ्रष्ट(उलाङ भ्रष्ट -मगर उखान) झैँ गरी यहाँको धर्म, सँस्कृति,
अर्थ र राजनीति, सबथोक छिन्नभिन्न, चौपट् र बर्बाद भयो। जनता के यही दिन
देख्न ओईरिएका थिए सडकमा -
शान्तिप्रकृयाको आरम्भसँगै देशमा सबथोक राम्रै चलिरहेको थियो। पुराना
राजाहरु गएर नयाँ रजौटाहरु उदाएकोमा जनतालाई केही आपत्ति थिएन। पुरानो
वस्तु फ्याँकेर नयाँ(नौलो वस्तु ल्याउनु त प्रकृतिको नियमै हो। सबैलाई
लागिरहेको थियो कि राजतन्त्र फ्याँकेर कुनै गल्ति गरिएन। किनकि, जनता
दिग्दार थिए राजतन्त्र र तिनका नन्दीभृङ्गीहरुबाट। तर जव ब्यारेक र
शिविरभित्र राखिएका दर्ुइ सेना आपसमा एक(अर्का विरुद्ध बिष बमन गर्नथाले,
जव बोल्नै नहुने टप् सिक्रेट भिडियो सीडी प्रतिगामीहरुका दिल बहलाउन
थाल्छ, तव सबै खेल चौपट र बर्बाद भयो। वर्षौदेखि शिविरको स्याँठ् खाएर
समायोजनको पर्खाईमा बसेका लडाकुहरु, जो मुलुकको कायापलटका निम्ति आफ्नो
र्सवश्व गुमाईसकेका थिए र गुमाउन उनीहरुसँग आफ्नो जीवन बाहेक केही पनि
छैन, लाई विवादको भुमरीमा पारेर अगुवाहरु आखिर के सिद्ध गर्नखोज्दैछन् -
आफु जिउँदो भएको पुष्टी -
सहीदको बलिदान र जनताको भावनालाई बुझ्न गरिन्छ या कुनै तेला(बेला गरिन्छ
भने बहुप्रतिक्षित महानिर्वाचनको अवमूल्यन मात्र हुँदैन, बाध्यतावश भोली
हतियार त फेरी पनि उठ्नसक्छ। त्यसमाथि, दर्ुइ ठूला छिमेकी मुलुकहरु बीचको
बढ्दो तनाव, हाम्रो भूमि प्रयोग गर्न हाम्रै राजनीतिक माहौललाई आफु
अनुकूल ढाल्ने उनीहरुको कुचेष्टा र आतङ्कवादमाथि साम्राज्यवादीहरुको
बढ्दो कसाव त छँदैछ। बेला छँदै अगुवाहरुले तात्विक निश्कर्षनिकालेर
मुलुकलाई कामचलाउ निकास मात्रै दिए भने अग्रगमनको यो उडानले सुरक्षित
अवतरण गर्नेछ र जनता उनीहरुप्रति कृतध्न रहनेछन्। हैनभने, गईल भैँस
पानीमेँ। सधैँभरीको कच्कच्े राजनीति सदाको निम्ति समाप्त हुनेछ। अर्थात,
न रहे बाँस, न बजे मुरली। अस्तु।


0 comments:

Feeds Comments