Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Monday, December 21, 2009

0 नेपालको सर्न्दर्भमा साम्यवादको महत्व

- अजय यादव
नेपालको सर्न्दर्भमा साम्यवाद हुनु जरूरी छ। साम्यवाद भनेको त्यो
विचारधारा हो, जसले सामाजिक, राजनैतिक र आर्थिक अवस्थामाथि नै जोड दिन्छ।
साम्यवाद समाजको नयां अवस्था हो जहां राज्य र वर्गहरू हुंदैन र उत्पादनका
समस्त साधनहरूमाथि समाजको नियन्त्रण हुन्छ । सम्यवाद नै एउटा यस्तो
अवस्था हो कि सम्पूर्ण जनताको गांस, बास, कपास सजिलैसंग उपलब्ध गराउन
सकिन्छ। नेपाल धेरै पछाडि परेको मुलुक हो। किनकि यहां धेरै अवसरवादीहरूका
जमात रहेका छन्। अवसरवादीहरू अरूको सुख, सुविधा हर्ेन के सुन्न समेत
चाहदैनन्। त्यसैले आज पनि नेपाली जनता आफनो अधिकारबाट वंचित हुनु
परिरहेको छ । तर विश्वमा व्यापक र वैज्ञानिकरूप दिने महान क्रान्तिकारी
एवं कम्युनिष्टका संस्थापक नेता कार्लमार्क्स नै थिए। त्यसैले मार्क्सलाई
वैज्ञानिक साम्यवादका जन्मदाता मानिन्छ। लेनिनले मार्क्सको सिद्धान्तलाई
व्यवहारिक रूप दिएका थिए भन्ने स्टालिन र माओत्सेतुङले साम्यवादको
पुनव्याख्या गरेका थिए। लेनिन, स्टालिन र माओत्सेतुङले जुन व्यवहारिक रूप
दिएर राजनीतिक सिद्धान्तलाई विकसित र कार्यान्वयन गरे त्यसैलाई नै
साम्यवाद भनिएको हो।
नेपालमा साम्यवाद भए नेपाली जनताहरू सुखी हुन बेर लाग्ने छैन।
साम्यवादीमा समाजवादी क्रान्तिका दर्ुइ अवस्थाहरू छन्।
पहिलो अवस्था - समाजवादी
दोश्रो अवस्था - साम्यवादी
समाजवादी अवस्था भनेको उत्पादनका भौतिक साधनहरूमाथि व्यक्तिगत सम्पत्तिको
अन्त्य हुन्छ र उद्योगलाई सामाजिकीकरण गरिन्छ। जुन शासकवर्ग र
पूंजिपतिवर्गको भित्र विभेद हुन्छ, त्यसलाई समाप्त गर्दछ। प्रत्येक
व्यक्तिलाई उसको योग्यता अनुसार र कार्य अनुसार पहिचान गरिन्छ ।
दोश्रो अवस्था- यसमा राज्यको अन्त्य हुनेछ र धनको वितरणमा अधिकतम समानता हुनेछ ।
प्रत्येकबाट उसको योग्यता अनुसार र उसको आवश्यकता अनुसार।
मार्क्सले भनेका छन्- साम्यवाद अन्तिम समाजवादबाट प्राप्त गर्ने पद्धति
सम्बन्धी दर्शन हो।
साम्यवादले नै पूरा र्सवहारावर्गको अधिनायकत्व कायम गर्न सक्छ। आम
जनताहरू आफनो श्रमबाहेक अरूमाथि विश्वास गर्न सक्दैन। साम्यवादले यस्तो
समाज निर्माण गर्न चाहन्छ जहां न त कोही शोषक, न कोही शोषित हुनेछ, न त
कुनै वर्ग नै हुनेछन्। त्यसैले नेपालमा साम्यवाद लागू भयो भने सारा
नेपालीले सुखानुभूति गर्दछ। बेरोजगारी समस्या खेप्नुपर्ने छैन। कसैले
शिक्ष्ँाबाट वंचित हुनु पर्दैन। महिला र पुरूष दुवै मिली निर्धक्कसंग काम
गर्न सक्ने वातावरण बन्छ। साम्यवादका प्रमुख केही सिद्धान्तहरू रहेका
छन्।
-पंूजीवादीको विरोध
र्-धर्मको विरोध
-अन्तर्रर्ााट्रय साम्यवादको विकास
-द्वन्द्वात्मक भौकिवादीमा विश्वास
र्-वर्ग संर्घष्ामा विश्वास
त्यसैले नेपालको सर्न्दर्भमा साम्यवाद हुन जरूरी छ कि छैन - यसको स्वयं
नेपाली जनताले निर्ण्र्ाागर्ने कुरा हो। यसमा कुसैको दुइमत नहोला। नेपाली
जनताले जुन पार्टर्ीीई जनादेश दिएको छ, त्यो पार्टर्ीी नै नेपाली जनताको
भलो गर्न सक्छ, अरू कसैले गर्न सक्दैन। नेपालको राजनीति एउटा फोहोरी
खेलमा परिणत भइसकेको छ। किनकि सबैले चुनौतीपर्ूण्ा भाषा प्रयोग गरेर
नेपाली जनतालाई ठग्ने गरिरहेका छन्। नेपाल सानो भए पनि नेपालीहरूको मन
सानो छैन। त्यसैले नेपाली जनताको भावना विपरित जाने जुनसुकै दललाई किनारा
लगाउन नेपाली जनता पछि पर्नुहुंदैन। गोली-बारूदको प्रवाह नगरी छाति तानेर
जुन नेपाली जनताहरूले परिवर्तन ल्याए, त्यसलाई टिकाउने काम नेपाली जनताले
म्यान्डेट दिएका नेताहरूले पो गर्नुपर्छ।
देशको अवस्था दिनप्रतिदिन तरल बन्दै गइरहेको छ। त्यसैले बेलैमा ध्यान
नपुर्‍याए खतरा बढ्न सक्ने संभावना छ। नेपालमा अहिले पनि त्यही पुराना
शासकहरूको शासन चलिरहेको छ। सरकार आफनो लाचारीपन देखाएर नेपाली जनतालाई
पिसिरहेका छन्। गरिब, दलित, अपांग, टुहुरा, महिला, पिछडिएका मधेशी,
दर्ुगम जिल्लाका बासिन्दाहरूको समस्या जस्ताको त्यस्तै छ। तर कही कतैबाट
पहल भएको छैन। नागरिक सास्ती खेप्न बाध्य छन्। जनताहरू यदि सुरक्षित
भएनन् भने हाम्रा नेताहरूको के काम - त्यसैले सबै कुराको मूल्याकंन गरी
साम्यवाद भयो भने के घाटा र के नाफा हुन्छ - सबैले एकचोटी सोच्नुपर्ने
बेला आएको छ। नेपाली जनताले विश्वास गरेर पठाएका सभासदहरूले मिली २०६६
जेठ १४ गते राति १२ बजेसम्म नेपालको नयां संविधान बनाएर दिन सक्ने छन् कि
छैनन् यो कुरा गर्भ भित्र छ तर नेपाली जनता नयां संविधानको आशमा बसिरहेका
छन्। - बारा, हर्दिया


0 comments:

Feeds Comments