Thursday, April 30, 2009
0 नौलो महासमरको हामी उद्घोष गछौं
काठमाडौं केन्द्रित आन्दोलनको अन्तिम दिन आज मंगलबार रत्नपार्कस्थित
शान्तिबाटिकामा रक्तिम सांस्कृतिक अभियालने विशेष प्रस्तुति दियो।
क्रान्तिकारी जोश र उमंग भरिएका रक्तिमका गीत तथा नृत्यहरूले आन्दोलनकारी
तथा दर्शकहरूलाई थप उत्साहित बनायो। रक्तिमका प्रत्येक प्रस्तुतिहरूमा
जनमासले जमेर समर्थन गरे तालीको गडगडहाटले।
नेपालीजनताको महान् बलिदानीपूर्ण संघर्षबाट देशमा गणतन्त्रको उदय त भयो,
तर नेपाली जनताको जीवनस्तरमा अझै पनि कुनै परिवर्तन आएको छैन। गरिबका
बस्तीहरूमा पिरलो उस्तै छ, ना183ा जीउहरू अझै ढाकिन पाएका छैनन्, भोका
पेटहरू अझै भरिएका छैनन्–यो अहिलेको नेपाली समाजको यथार्थ तस्वीर हो।
त्यही यथार्थतालाई रक्तिमले आन्दोलनका दिनहरुमा आफ्नो प्रस्तुति बनाउने
गरेको थियो।
नेपाली नेपाली बीचको जातीय र धार्मिक सद्भाव खलबल्याएर यहाँ अस्थिरता
सिर्जना गर्ने, देशमा जातीय कलह बढाउने, सार्वभौम सत्तालाई विभाजित गरी
केन्द्रिकृत शक्तिलाई कमजोर गराउने, अनि क्रमशः टुक्राटुक्रा गरेर
नेपाललाई चपाउँदै जाने–यही हो भारतीय विस्तारवादको गुरू योजना। त्यही
गुरू योजनालाई साकार पार्न उसले नेपालमा संघीयता पैठारी गरेको सहजै बुझ्न
सकिन्छ। तर रक्तिमका कलाकारहरूले कार्यक्रममा देशको जातीय सद्भाव
खल्बल्याउन नदिने अठोट गर्दै आफ्नो प्रस्तुतिमा बोलन चुकेनन्।
नेपालीहरूलाई मधेशी, पहाडी, हिमाली आदि विविध खेमामा विभाजित गरेर आफ्नो
स्वार्थ पूर्तिको कुरूक्षेत्र बनाउन तल्लिन विस्तारवादी शक्तिहरूसित
जनतालाई सजग बनाउँदै नयाँ गीतमार्फत कलाकारहरू समापनको दिन आफ्नो पहिलो
प्रस्तुतिमा भन्दै गए–
तराई हो मुटु हाम्रो, पहाड हो छाति
सगरमाथा उच्च शिर संसारकै माथि
थरी थरी भेष भूषा जात थरी थरी
हामी सबै नेपाली हौं हक बराबरी
मधेशी पहाडी हिमालका हिमाली
सयौं जात जनजाति सबै हामी नेपाली
सबै हामी नेपाली.........
नेपाली आकाशमा गणतन्त्रको लालकिरण झुल्किए तापनि त्यस्को वरिपरि विषाक्त
काला बादलका टाटाहरू पनि देखिएका छ्रन्। जनआन्दोलनको सफलता पश्चात् देशमा
जसरी राजनैतिक गतिविधिहरू विकसित भैरहेका छन्। त्यसले स्वाभीमानी
नेपालीहरूलाई सन्तोषको स्वास फेर्न दिएको छैन। विशेष गरेर जब चोर ढोकाबाट
नेपालमा संघीयता भित्राइयो त्यसबेला देखिनै एउटा यक्ष प्रश्न उपस्थित
भैरहेको छ–के नेपालको राष्ट्रिय अखण्डता अब जोगिन सक्ला? कौवाले कान
लग्यो भनेपछि कान नछामी कागको पछि दगुर्ने संस्कृति बोकेका ठूला भनाउँदा
केही राजनैतिक पार्टीहरू विचार र विश्लेषण नै नगरी संघीयताका पछि दगुरे।
तर राष्ट्रिय जनमेार्चाले संकटमा परेको राष्ट्रियतालाई जोगाउन अभियान नै
संचालन गर्यों । त्यही अभियानको दोस्रो चरण अन्तर्गत राजमोले संचालन
गरेको काठमाडौं केन्द्रित आन्दोलनको अन्तिम दिन शान्तिबाटिका अगाडि
हजारौं दर्शकका बीचमा रक्तिमले पनि देशको यथार्थ तस्वीर अगाडि ल्यायो
यसरी –
वर्गयुद्ध दुश्मनसंग थियो हाम्रो जारी
त्यै युद्धलाई खतम पार्न आए नानाथरी
अखण्ड यो हाम्रो देश खण्डखण्ड पारी
आपसमै लडाउने हुँदैछ तयारी
देश जान थाल्यो टुक्राटुक्रा परेर
उठ देशभक्त हाते मालो गरेर............
काठमाडौं केन्द्रित आन्दोलनले देखाएको एउटा यथार्थ पाटो के हो भने अब
राष्ट्रियता रक्षाको लडाई अर्थात् राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व
राष्ट्रिय जनमोर्चाले मात्र गर्न सक्छ। राष्ट्रिय जनमोर्चाको यो लडाईलाई
एउटा महासमरको उपमा दिए कलाकारहरूले। उक्त महासमरको यात्रा तर्फ लम्कन
सारा नेपालीहरूलाई आह्वान गर्दै अपेरा नृत्य मार्फत उनीहरूले उद्घोष गरे:
सक्तैन रोक्न कोही उर्लि सुनामी आए
को रोक्न सक्छ जनता आगो बनेर छाए
रोकेर रोकिन्न बेग कोशी र गण्डकीको
छेकेर छेकिन्न कहिल्यै लालि हिमा चुलिको
सम्पूर्ण मुक्तियोद्धा एक स्वास भर्छौं
नौलो महासमरको हामी उद्घोष गर्छौं ..
क्रान्तिको बाटो निश्चित रूपमा सरल र सहज हुँदैन। क्रान्तिले बलिदानी
चाहन्छ, व्यक्तिगत स्वार्थ र फाइदाहरूलाई एकातर्फ लत्याएर देश र जनताको
स्वार्थ र मुक्तिलाई केन्द्रामा राखेर अघि बढेको खण्डमा मात्र क्रान्ति
हाम्रो अगाडि आउन सक्छ। क्रान्तिको यही यथार्थतालाई इंगित गर्दै हुनुपर्छ
का. माओले भन्नुभयो–"राजनैतिक सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ।" यहाँ
पनि सामन्ती जालमा फसेर, सुधारवादमा अल्भि्कएर व्यक्तिगत सुख, सुविधा र
भोक विलासमा रमेर क्रान्तिको परिकल्पना गर्नेहरू नभएका होइनन्। उनीहरूलाई
क्रान्तिको साँचो पाठ पढाउने प्रयत्न गरे कलाकारहरुले।
नेपालको राष्ट्रियतामाथि सबै भन्दा बढी खतरा भारतीय विस्तारवादबाट भएको
तथ्य कुनै लुकेको कुरा होइन। अहिले पनि नेपालसँग साँध जोडिएका विभिन्न ५४
स्थानहरूमा भारतले एकातर्फी रूपमा सिमाना सारिरहेको छ। नवलपरासीको
सुस्तामा हाम्रो हजारौं हेक्टर भूमि भारतले लुटिरहेको छ। नेपालको
कालापानीमा वर्षौं देखि भारतले आफ्ना सेनाहरू ल्याएर राखेको छ। देशका
शासकहरू मुखदर्शक भएर बसिरहेका छन्। कुनैबेला विस्तारवादसँग लड्न सुरूङ
युद्धको उद्घोष गर्नेहरू अहिले त्यही विस्तारवादको पाउ मोलेर आफ्नो सत्ता
जोगाउन तल्लीन छन्। त्यसैले स्वाभीमानी नेपाली जनता अब आफै उठ्नु पर्ने
भएको छ– नेपाली राष्ट्रिताको रक्षाको लागि। जोशिलो नृत्यका साथमा
कलाकारहरूले त्यही आह्वान गरे:
घायल छ गाउँ वस्ती बचाउनलाई उठ
सहिदको सपना बोकी रणभूमिमा जुट
सगरमाथाले उठ अब भन्दैछ
सुतेका बस्तिलाई जुट अब भन्दैछ
बिहानी लालि झैं चम्क चम्क भन्दै छ
उक्त गीत मात्र होइन नेपाली माटो जोगाउनको निम्ति विदेशमा रहेका प्रवासी
नेपालीहरूलाई स्वदेश आउन आव्हान गरिएको नेपाली माटो बोलको गीत होस् वा
सालैजोको भाकामा प्रस्तुत "के हेछौं अझ नेपाली युवा" बोलको गीत, यी सबै
प्रस्तुतिहरू मार्फत रक्तिमका कलाकारहरूले राष्ट्रियताको रक्षाको
आन्दोलनमा अघि बढ्न जनतालाई अपील गरे। जब उनीहरू मञ्चमा देखा पर्दथे तब
जनमासमा छुट्टै उमंग छाएको प्रष्ट देखिन्थ्यो। कलाकारहरूको प्रस्तुति
शुरू हुँदा साथ दर्शक दिर्घाबाट पनि तालीको वर्षा हुन थाल्दथ्यो।
कलाकारहरू झनै जोशका साथ गाउँथे र नाँच्दथे। यसरी आन्दोलनरत योद्दाहरूलाई
उर्जा थप्न कार्यक्रममा उपस्थित थिए। रक्तिमका अध्यक्ष जनगायक जीवन शर्मा
सहित उपाध्यक्ष नारायण योगी, महासचिव रेम राना, सचिव नारायण शर्मा,
सचिवालय सदस्यहरू निलिमा पुन, दलबहादुर वि.क, नेत्र राना, केन्द्रीय
सदस्यहरू म्ान बहादुर भण्डारी, दिलमाया पुन, जीवन पुन, विरू लामा, गीता
थापा र कलाकारहरू धनबहादुर थापा, रिता पुन, कमला के.सी., मानवीर गुरूङ,
राजु गिरी, शान्ता आचार्य, शान्ति थापा, सरला सुवेदी, भरत श्रेष्ठ, माया
पुन, देवी सुनामी र हेम पुन।
रक्तिमको प्रस्तृति विविधताले भरिएको थियो। तराई यतिखेर आन्दोलनरत छ।
त्यहाँका आदिवासी,जनजाति थारू समुदायहरू यतिखेर संघर्षको मैदानमा छन्।
आफूहरूको अस्तित्व नामेट पार्ने गरी मधेशी समुदायभित्र सूचिकृत गरिएपछि
उनीहरू आन्दोलनको मैदानमा आएका हुन्। उनीहरूको समग्र आन्दोलनको लक्ष्य र
उद्देश्य प्रति सहमति जनाउन नसकिए पनि आफ्नो अस्थित्व रक्षाको जुन लडाई
उनीहरू लडिरहेका छन्, त्यसप्रति धेरैको साहानुभूति जुटि पनि रहेको छ।
रक्तिमले आफ्नो प्रस्तुतिमा थाहरूहरूको उक्त आवाजलाई पनि समेट्ने प्रयत्न
गर्यो 145यी गाउँ हमार है, यी वस्ती हमार है146, बोलको गीत र नृत्य
मार्फत। तराईको मात्र होइन कालिकोट जिल्लाको 145संघीयता चाहिंदैन, बोलको
देउडा गीत पनि प्रस्तुत गरे कलाकारहरुले समापनको दिनमा।
यसरी काठमाडौं केन्द्रित आन्दोलनको क्रममा दैनिक रुपमा विविध प्रस्तुती
लिएर आन्दोलनकारीहरुलाई उर्जा थपिरहेका थिए कलाकारहरुले। समापनको दिनमा
रक्तिमको प्रस्तुतिले निरन्तर आन्दोलनको मैदानमा क्रियाशील रहन सबैलाई
प्रेरणा जोश र जाँगर दियो। कार्यक्रम सक्दै उनीहरूले घोषणा पनि गरे
(145आफ्नो प्यारो मातृभूमिको रक्षाको लागि तपाईहरूले संचालन गर्ने हरेक
आन्दोलनहरूमा रक्तिम सधै तपाईहरू सँगै हुनेछ। गणतन्त्रको सुदृढीकरण,
राष्ट्रियताको रक्षा र संघीयताको खारेजीको लागि राष्ट्रिय जनमोर्चाले
संचालन गर्ने हरेक चरणका आन्दोलनहरूमा हामी तपाईहरूमा उर्जा थप्न आइरहने
छौं र गाइरहने छौं
Wednesday, April 29, 2009
1 युवाको भूमिका
अक्सफोर्ड डिक्सनरी अनुसार युथ शब्दको अर्थ प्रौढ हुनु अगाडि र
बाल्यकालपछिको समय युवा अवस्था हो। युवाको परिभाषा विभिन्न मुलुक तथा
संस्थाहरूले आ-आप\mनै प्रकारले दिएको पाइन्छ। यो संक्रमणलकालीन अवस्था
हो। यो बाल्यावस्था र प्रौढावस्थाको संगम हो, जुन समयमा मानिसमा निश्चित
शारीरिक तथा मनोवैज्ञानिक परिवर्तनहरू देखा पर्दछन्। इन्टरनेशनल
इन्साक्लोपेडिया अफ सोसल साइन्सको भाग ३ र चारमा युवालाई यसरी परिभाषित
गरिएको छ। बाल्यकालदेखि युवाअवस्थाको संक्रमणमा मनोवैज्ञानिक सचेतना,
सामाजिक प्रशिक्षका साथै विशेष सीपहरू पनि प्राप्त गरिन्छ, त्यस
अवस्थालाई नै युवा अवस्था भनिन्छ। यस परिभाषाहरूले के बुझाउंछन् भने
मानिस शैशवावस्था, बाल्यवस्थाबाट संक्रमण हुंदै किशोरावस्था पार गरेपछि
एउटा त्यस्तो अवस्थामा पुग्दछ जुन बेला उसमा शारीरिक, मानसिक र सामाजिक
रूपमा धेरै परिवर्तनहरू देखा पर्दछन्। त्यो अवस्थामा व्यक्तिले शैक्षिक
योग्यता, सीप, दक्षता एवं सामाजिक दायित्वलाई समेच उचित ध्यान दिनु
पर्दछ। युवावस्था हरेक मानिसको भविष्य निर्धारणका लागि अत्यन्तै
महत्वपर्ूण्ा हुन्छ। युवा अवस्थालाई धेरैजसो मुलुकहरूमा २१ वर्षेखि सुरू
हुने अवस्था मानिन्छ किनकी यी देशहरूमा २१ वर्षाई मताधिकार प्रयोग गर्न
पाउने उमेर मानिएको छ। त्यस्तै केही मुलुकहरू जस्तै पर्ूव सोभियत संघ र
बेलायतले १८ वर्षेखि युवा अवस्थाको सुरूवात मान्दै आएका छन्। यद्यपि केही
राष्ट्रहरूले केटीलाई १८ वर्षर केटालाई २१ वर्षपुगेपछि मतदान गर्न पाउने
अधिकार प्रदान गरेकोले युवावस्थाको प्रारम्भ केटा र केटीमा फरक देखाइएको
पाइन्छ। संयुक्त राष्ट्रसंघले १६ वर्षेखि २५ वर्षो उमेरबाट युवाअवस्था
आरम्भ हुने कुरा मान्दै आएको छ। अन्य विभिन्न मुलुकहरू जस्तै नेपालले
नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने उमेरका रूपमा १६ वर्षर मताधिकारको
आधारमा १८ वर्षाई युवावस्थाको सुरूवात र ४० वर्षभित्रका स्त्री र
पुरूषलाई युवा मानेको छ।
युवावस्थालाई समस्याको रूपमा पनि लिइन्छ किनकि यस अवस्थामा स्वस्थ्य
सामाजिक समायोजनमा जटिलता देखा पर्छ। युवा व्रि्रोह, विद्यार्थी अशान्ति,
कयौं प्रकारका दर्ूर्व्यसन तथा अपराधहरू नै यसका उदाहरण हुन्। शारीरिक
सबलता, मानसिक क्षमतामा वृद्धि, दृढता, घुलमिल हुन सक्ने प्रवृत्ति, यौन
विशिष्ठताहरू देखापर्नु युवाका परिचय हुन्। युवा अवस्था आत्म परिचय वा
स्वभावना देखापर्ने उमेर हो। परिवार, व्यक्ति र जातको भन्दा आप\mनो
छुट्टै अस्तित्व देखाउन खोज्नु उसको प्रवृत्ति हो। खासगरी युवाहरू
सुरूदेखि नै रोजीरोटीका लागि काम, अध्ययन, तालिम, बाबु र सक्षम नागरिक
बन्ने चाहना राख्छन्। उनीहरूको झुकाव काम, व्यवसाय र कमाउनेतिर केन्द्रीत
हुने गर्दछ तर युवतीहरूको प्राय कामभन्दा आप\mनो भविष्यको सहयात्रीको
खोजी वा प्रँप्ति तर्क उन्मुख देखिन्छन् र आफूलाई श्रीमती र आमाको
प्रतिबिम्ब ठानेर सामाजिक दायित्वबाट टाढा राख्न खोज्ने औषत धारणा
राख्दछन्। युवा अवस्थामा सामाजिकीकरण, आप\mनोपन र जीवनयापनलाई मुख्यतया
सामना गर्नु सक्नु पर्दछ। यसका लागि उनीहरू शिक्षित हुनु, रोजगार प्राप्त
गर्नु, राजनीतिक मामिलामा सहभागी हुनु, परिवारलाई सुरक्ष्ँित पार्नु र
सामाजिक क्रियाकलापहरूमा उत्तरदायित्व बहन गर्नुपर्दछ। यौन क्षमताको उचित
छबिका लागि उपयोग, सिर्जनात्मक, नैतिकता, मूल्यमान्यताको सम्मान, धार्मिक
विश्वासको सहिष्णुतात्मक प्रयोगले युवाको वास्तविक पहिचान दिन्छ।
नेपाल एककिरणपछि यसले कयौं राजनीतिक आरोह-अवरोहका साथै सामाजिक
परिवर्तनहरूको अनुभव गर्यो। एकीकरण अभियानपछि शाहवंशीय राजाहरूको
परम्परागत शैलीको शासन प्रणाली वि.सं. १९०३ सम्म कायम रहयो। दरबारिया
षडयन्त्र, राज्यसत्ताको होड, दाउपेंच, युद्ध, हत्या, बदला शाहकालका
आन्तरिक राजनीतिक विशेषताहरू थिए । कोतपर्वको घटनापछि जंगबहादुर राणा र
उनका उत्तराधिकारीहरूले राज्य शक्तिलाई जहानियां तथा स्वकेन्द्रित गरे।
राजालाई शक्तिहिन तुल्याई श्री ३ महाराजाका रूपमा राजा शासकहरूले १०४
वर्षम्म एकछत्र रजाईं गरे। त्यस अवस्थामा प्रतिस्पर्धात्मक बहुदलवादी
शासन व्यवस्थाको अभ्यास हुन पाएन। भारतीय स्वतन्त्रता संग्रामको प्रभावमा
आएर त्यसताका भारतमा अध्ययनरत वीपी कोइराला, डा. डिल्लीरमण रेग्मी र
मनमोहन अधिकारी जस्ता युवा नेपाली विद्यार्थीहरूले बेलायती उपनिवेशवादका
विरूद्ध भारतीय राष्ट्रिय कांग्रेसले संचालन गरेको आन्दोलनमा सन् १९४०
तिर सक्रियरूपमा क्रियाशीलता देखाएकोले बीपी कोइराला र मनमोहन अधिकारीले
भारतीय कारागारमा कारावासको कठोर सजायं समेत पाएका थिए। सन् १९४७ मा भारत
स्वतन्त्र हुनुपर्ूव र तत्पश्चात नेपाली युवा विद्यार्थीहरूले राष्ट्रिय
कांग्रेस र नेपाल कम्युनिष्ट पार्टर्ीीस्ता राजनीतिक दलहरू स्थापना गर्न
सफल भए। यता मुलुकभित्रबाट पनि वि.सं. १९९४ तिर टंकप्रसाद आचार्य लगायतका
व्यक्तिहरूले प्रजापरिषद नामक राजनीतिक संगठन खोले। श्री ५ त्रिभुवनको
सल्लाह र सहयोगमा गंगालाल, शुक्रराज शास्त्री, दशरथचन्द, धर्मभक्तहरूले
पनि गुप्तरूपमा राणा विरोधी आन्दोलनमा सहभागिता जनाए । कृष्णलाल सुवेदीको
मकैको खेती पुस्तकको सिर्जना गरेको सामाजिक सचेतना लक्ष्मीप्रसाद
देवकोटाको प्रयासलाई लाइब्रेरी पर्वका रूपमा गरिएको दमनलाई पनि
राणाविरोधी प्रजातान्त्रिक आन्दोलनमा तत्कालीन नेपाली युवाहरूको
भूमिकालाई स्पष्ट पार्दछ।
२००७ सालको क्रान्तिपर्ूव वि.सं. १९९७ मा चारजना आन्दोलनकारी युवाहरू
शुक्रराज शास्त्री, दशरथ चन्द, र गंगालाललाई राणा शासकहरूले मृत्युदण्ड
दिएको घटनालाई पनि नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा एक
अविस्मरणीय बलिदानीपर्ूण्ा घटनाको रूपमा लिनु पर्दछ। युवा भनेको व्रि्रोह
र यथास्थितिका विरूद्धमा उभिने समूह हो भन्ने कुरालाई २००७ सालको
क्रान्तिले पूरा गरिदिएको थियो। २००४ सालको विराटनगर जुट मिल हडताल, २००७
सालको सशस्त्र क्रान्तिका थीरबम मल्ल लगायतका नेपाली युवाहरूले
प्रजातन्त्रको बहालीका खातिर रगत बगाएका थिए। खासगरी युवाहरूको संगठित
क्रियाकलाप, अन्याय, अत्याचारको विरोध र मूल्य मान्यताको प्रथा एवं
राष्ट्र र राष्ट्रियताको संवाहनका लागि केन्द्रीत हुनु पर्दछ। नेपालमा ७०
प्रतिशत जनसंख्या ४० वर्षमुनिका छन्। अर्थात देशको झन्डै तीन चौथाई
जनसंख्या युवाहरूले ओगटेका छन्। यी युवाहरू देशका भविय हुन् हाम्रो
राष्ट्रको बागडोर भविष्यमा आजका युवाहरूमा नै जानेछ र श्री गणेश पनि
भइसकेको छ। त्यसैले यदि राष्ट्रको प्रगति चाहन्छौं भने र्सवप्रथम त
युवाहरूलाई सक्षम नागरिक बनाउनु पर्दछ। २००७ सालको क्रान्ति, २०१८ सालको
सशस्त्र क्रान्ति, २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको विद्यार्थी
आन्दोलन, २०६२-६३ को आन्दोलन होस् या माओवादीको १० वर्षो जनयुद्ध होस्
सबैमा नेपाली युवाहरू आप\mनो देशको स्वतन्त्रता, प्रजातन्त्र, लोकतन्त्र
र विकासका लागि शहादत भए। कल्पना नै नगरिएको परिवर्तन नेपालमा भए।
संविधानसभाको चुनाव पनि भइयो तर संविधान बन्छ कि बन्दैन नेपाली जनता
अहिले पनि सशंकित छन्। देशमा जेजति परिवर्तन भए त्यो सबै युवाहरूको कारण
मात्र भएको हो तर विगतका दिनहरूमा पनि सरकारले युवाहरूको लागि कुनै खास
कार्यक्रम ल्याउन सकेन । युवाहरूको लगानीलाई विगतका शासकहरूले मजाक
उडाएका छन्। नेपाली जनताले नेपाली युवाहरूले विद्यार्थीहरूले किसानहरूले,
मजदूरहरूले, अहिलेको सरकारसंग धेरै आशा राखेका छन्। तरूण दल,
प्रजातान्त्रिक युवा संघ, राष्ट्रिय युवा मंच, युवा फोरम जेजति पार्टर्ीी
युवक संगठनहरू छन् सबैले आ-आप\mनो पार्टर्ीीे तर्फाट देशको लागि खेलेको
भूमिका सराहनीय छ। नेकपा माओवादीको पनि योंग कम्युनिटी लिग छन् जसले केही
दिन अगाडिसम्म विवादै विवादमा बांचे। कानूनलाई आप\mनो हातमा लिए। विगतका
दिनहरूमा भए गरेका सानातिना गल्लीलाई बिर्सर्ेेअबको नयां नेपाल बनाउनमा
सबै पार्टर्ीी युवाहरूलाई एउटा साझा मंच बनाउन नितान्त आवश्यक देखिएको छ।
सबै पार्टर्ीी युवाहरू मिली युवाहरूको विकासको लागि एउटा साझा नीति नियम
एवं कार्यक्रम लिएर सरकार समक्ष पेश गर्नुपर्छ। नेपाली युवाहरूको
समस्यालाई सरकारले छिटोभन्दा छिटो समाधान गरोस् भन्ने कुरामा दबाब
दिनर्ुपर्छ। अहिलेको प्रधानमन्त्री र अर्थमन्त्री नेपालका लागि बरदान नै
सावित भएका छन्। प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा. बाबुराम
भट्टराइले आप\mनो पार्टर्ीीदा एक स्टेपमाथि उठेर नेपाली युवाहरूको चाहना
आवश्यकता इच्छा र आकांक्षालाई पूरा गर्नेतिर ध्यान दिनुपर्यो। लेखकः असल
शासन जिल्ला समन्वय समिति, पर्सर्ााे सचिव हुनुहुन्छ।
Monday, April 27, 2009
0 एसएलसी दिएर के गर्दै हुनुहुन्छ ? समयको सदुपयोग गरौं
हाम्रँे देशमा एसएलसी परीक्ष्ँा केही दिन अगाडि नै सकिएको छ। परीक्ष्ँा दिई बसेका धेरै विद्यार्थी अहिले निकै फर्ुसदिला भएका छन्। आफनो टाउकोमाथिको बोझलाई बिसाइ निकै आराम तथा सुखको अनुभूति गर्दैछन्। यसरी आफूलाई स्वतन्त्र महसुस गरिरहेका विद्यार्थी त्यत्तिकै खाली बस्नाले एकातर्फ समयको नाश भइरहेको छ भने अर्कोतर्फ उनीहरू गलत बाटोमा लाग्लान् भन्ने त्रास पनि बढ्दै गएको छ। किनकि हामी भन्छौं ँखाली दिमाग सैतानको बास’ अर्थात खाली दिमागभित्र नकारात्मक तथा कुविचारले मात्र बास गर्ने गर्दछ। त्यसैले खाली समयको सदुपयोग कसरी गर्ने भन्ने कुरा नै विद्यार्थीले आत्मसात गर्नुपर्दछ। आफनो खाली समयलाई के-के कार्यहरू गरेर सही सदुपयोग गर्नुपर्दछ भन्ने भावना आफनो मस्तिष्कमा जागृत गराउनु पर्दछ। खाली समयलाई कसरी सदुपयोग गरी भविष्यमा फाइदा लिन सकिन्छ भन्ने केही तरिका यस्ताखाले छन्।
ब्रिजकोर्सको कक्ष्ँामा सहभागी बन्ने ः ब्रिजकोर्स भनेको एसएलसीपछि कुन विषय पढ्ने हो, त्यस विषयका बारेमा पर्ूव जानकारी दिने उद्देश्यले संचालित शिक्षण पद्धति हो। यसको मूख्य उद्देश्य भनेको क्याम्पस लेभलको किताब तथा पर्ढाई सम्बन्धी जानकारी उपलब्ध गर्राई विद्यार्थीलाई जानकार बनाउनु हो। यसको सिकाइले विद्यार्थीवर्गमा पर्ढाईको स्तरलाई अझ वृद्धि गरी कलेजमा भर्ना हुन जांदा लिने प्रवेश परीक्षाका लागि विद्यार्थीलाई तम्तयार रहन निकै मद्दत गर्दछ। ब्रिजकोर्स गराउने शैक्षिक संस्था सम्भवतः सबै सहरमा स्थापना भइसकेका छन्। हाम्रै शहरको सर्न्दर्भमा भन्ने हो भने केही समय अगाडि बिरलै देख्न पाइने त्यस्ता संस्थाहरू हाल आएर दर्जनभन्दा बढीको हाराहारीमा पुगिसकेका छन्। ब्रिजकोर्स सबैका लागि फाइदाजनक भए तापनि यो पढ्न सबैको आर्थिक अवस्थाले भ्याउंछ जस्तो मलाई लाग्दैन। यस अर्थमा आफनो आर्थिक अवस्थाले भ्याउनेले ब्रिजकोर्स गरे हुन्छ भने नभ्याउनेले अन्य विकल्प खोज्नुपर्ने उपयुक्त हुन्छ।
कम्प्युटर तथा ल्याङवेज सिक्नेः अहिलेको युग सूचना तथा प्रविधिको युग हो। त्यसैले हामीले कम्प्युटरको ज्ञान लिनु पनि त्यत्तिकै जरूरी छ। किनभने कम्प्युटरको ज्ञान हासिल गरेपश्चात इन्टरनेटको सहायताले हामी विश्वभरिमा भएका घटना तथा शिक्ष्ँाको थप ज्ञान पाउन सक्छौं। यतिमात्र नभइ कम्प्युटरको ज्ञानले सूचना, मनोरञ्जन, राजनीतिक, सामाजिक, आर्थिक, भौगोलिक, साहित्य जस्ता अनेकखालका विद्या आर्जन गर्ने सुअवसर मिल्दछ। विश्वभरि नै यसको प्रयोग बढीरहेको बेला हाम्रो नेपालमा पनि यसको विकासले फडको मारेको छ। यसरी इन्टरनेटबाट प्राप्त ज्ञान किताबभन्दा विलकुलै फरक तथा पृथक खालको हुने गर्दछ। यसले हाम्रँे मानसिक शक्तिलाई निकै बलियो बनाइ जानकार व्यक्तिको रूपमा समाजमा उभ्याउने काम गर्दछ। यसको ज्ञानले हाम्रो आउने भविष्यलाई निकै फाइदाजनक तथा आशावादी बनाउंछ भन्ने कुरामा पनि सशंकित हुनु पदैन।
यसैगरी वर्तमान विश्वलाई अंग्रेजी भाषाको सूत्रमा बांधेको भाषा अंग्रेजी सिक्न सकिन्छ। अंग्रेजी भाषा दरिलो रूपमा बोल्न जानेको खण्डमा यसले हाम्रँे दैनिकी जीवन पद्धतिलाई नै बदल्ने गर्दछ। अंग्रेजी भाषा, भाषा मात्रै नभइ हाम्रो विषयको कोर्ससंग पनि त्यत्तिकै सम्बन्धित भएकाले यो सिक्न अत्यन्तै जरूरी छ। क्याम्पस लेभलका किताबहरूमा प्रायः धेरै मात्रामा अंग्रेजी भाषाकै प्रयोग गरिएको हुन्छ। त्यसमाथि विज्ञान पढ्नेहरूको लागि पाठयपुस्तक यही भाषामै लेखिएको हुन्छ। अंग्रेजी भाषाले हाम्रो पर्ढाईमा अतुलनीय योगदान पुर्याउंछ भन्ने कुरामा दुइमत छैन। अतः अंग्रेजी भाषा सिक्नमा पनि हामी हाम्रँे समयलाइ लगाउन सक्छौं।
आफन्त भएको ठाउंमा घुम्न जाने -ः
भनिन्छ विद्यार्थीलाई किताबी ज्ञान मात्र पर्याप्त हुंदैन। किताबी ज्ञानका अलावा बाहिरी ज्ञान पनि विद्यार्थीको लागि उत्तिकै महत्वपर्ूण्ा मानिन्छ। किताबी ज्ञान मात्र लिनेलाई किताबी किरा पनि भन्ने गरिन्छ। तर्सथ विभिन्न ठाउंको भूगोल, हावापानी, रहनसहन, संस्कृति, धर्म, परम्परा, प्राकृतिक तथा पुरातात्विक सम्पदा, धार्मिक सम्पदा लगायत अन्य विविध पक्ष्ँको जानकारी विद्यार्थी वर्गले राख्नु पर्दछ। यसका लागि आफन्त तथा नातागोता भएको ठाउंमा जानु उपयुक्त हुन्छ। बाआमा वा दाइ-दिदीहरूसंग पनि यसका लागि घुमफिर गर्न जान सकिन्छ। हामीले किताबमा पढेका त्यस्ता कुरा र स्वयं आफूले त्यसको अवलोकन गर्दा पढेको कुराभन्दा दोब्बर ज्ञान प्राप्त गर्न सकिन्छ । भनिन्छ नि, पढेको भन्दा हेरेको कुरा धेरै याद रहन्छ। तर्सथ यो खाली समयलाई घुमफिर तथा रमाइलो गर्दै ज्ञान समेत प्राप्त गर्दै सदुपयोग गर्न सकिन्छ।
पत्रपत्रिका पढ्ने तथा साहित्यिक रचना लेख्नेः हामीले पत्रपत्रिका पढ्ने बानी आफूमा विकास गर्नुपर्दछ। किनभने पत्रपत्रिका पढ्नाले विभिन्न ठाउंको समाचार मात्र थाहा पाइदैन कि हाम्रो बौद्धिक ज्ञानमा समेत उल्लेख्य मात्रामा वृद्धि हुने गर्दछ। यसको ठोस प्रमाण स्वयं म आफै पनि हंु। मैले पत्रिका पढ्ने बानी बसाले यता मेरो दैनिक जीवनमा परिवर्तन नै आएको छ। अब त एक दिन पनि पत्रिका पढिन भने अपच नै महसुस हुने गर्दछ। अतः विद्यार्थी वर्गले खाली समयको उचित सदुपयोगका लागि पत्रपत्रिका पढ्नु निकै सान्दर्भिक हुन्छ। हाम्रो देशमा तथा सहरमा विभिन्न खालका पत्रपत्रिकाहरू प्रकाशन हुंदै आइरहेका छन् र यो सुलभ तथा सस्तो पनि छ। यसरी समयको सदुपयोग गर्ने तरिकामध्ये यो पनि निकै महत्वपर्ूण्ा उपाय हो।
समयको सदुपयोग गर्ने अर्को तरिका लेख, रचना लेखेर आफूलाई व्यस्त बनाउनु पनि हो। विभिन्न खालका कथा, कविता, निबन्ध, संवाद, व्यङ्ग्य, लेख आदि लेखेर पत्रपत्रिका मार्फ र्सार्वजनिक गर्न सकिन्छ। यसका साथसाथै घरमा नै समाचार सुनेर, लेख्ने अभ्यास पनि गर्न सकिन्छ। यस्ता खालका लेखन कार्यले गर्दा लेखनशैलीमा सुधार आउनुको साथै वौद्धिक स्तरलाई समते बलियो बनाउंछ। पत्रिकामा छापिएका रचनाले आफूलाई सबैको माझ प्रशंसनीय पनि बनाउने भएकोले त्यसमा लाग्न झन् प्रेरणा तथा आत्मबल प्रदान हुन्छ। अतः यस्तो कार्य पनि समय सदुपयोग गर्ने माध्यम हो।
खाली समयलाई सदुपयोग गर्ने तरिकाहरू यतिकै मात्र छैनन्। यसका अलावा पनि धेरै कार्यहरू गरेर फाइदा लिन सकिन्छ। जस्तो कि विभिन्न खेल खेल्ने, टेलिभिजनबाट राम्रा तथा फाइदाजनक कार्यक्रम हर्ेर्ने, सीपयोगी तालिम लिने, सामाजिक विकासको कार्यमा लाग्ने, भाइबहिनीहरूलाई पर्ढाई तथा घरपरिवारलाई विभिन्न घरायसी काममा सहयोग गर्ने, नृत्य सिक्ने, उदघोषण तथा पत्रकारिताको तालिम लिने लगायतका अनेकथरि कामहरू गर्न सकिन्छ। त्यसैले कोही पनि खाली नबसौं, कुनै न कुनै कार्यमा आफूलाई व्यस्त राखौं ताकि हाम्रँे दिमागमा कुविचारले डेरा नजमाओस्। -वीरगंज
Monday, April 13, 2009
0 कहिल्यै नमेटिने सम्झना
Sunday, April 12, 2009
0 ब्ल्याङ्क चेक् भजाउने अन्तिम समय- नव वर्ष २०६६
Friday, April 10, 2009
0 पत्रकारहरूको अवस्था नाजुक
Sunday, April 5, 2009
0 मैले कसरी लेख्न सिकेँ
म्या_िम्सम गोर्की
… सामान्यतः उखानतुक्काहरु र उक्तिहरुले छोटकरीमा श्रमजीवी जनताले सँगालेको सामाजिक एवम् ऐतिहासिक अनुभवलाई नै सारमा प्रस्तुत गर्दछन् र लेखकले यो सामग्रीको अध्ययन गर्नु अनिवार्य आवश्यकता छ किनभने यसले मुठ्ठीमा औँलाहरु जुन तरिकाले खाँदिन्छन् त्यही तरिकाले शब्दहरुलाई खाँद्न र अनि खाँदिएका शब्दहरुलाई शब्दहरुद्वारा विस्तृत रुप दिन लेखकलाई सिकाउँनेछ । यसो गर्दा लुकीछिपी बसेका समयका कार्यभारविरोधी वा साधारणरुपमा भन्दा पुराना अर्थहरु उद्घाटित हँुनेछन् ।
मैले उखानतुक्काहरुबाट अर्को शब्दमा सूत्रका रुपमा चिन्तनबाट प्रशस्त सिकेको छु । म एउटा घटना सम्झन्छु ः मेरो एकजना साथी याकोभ सोल्दातोभ-जो पाले थिए र ख्यालठट्टा गर्न खुबै मन पराउँथे-एकपटक नयाँ कुचो समातेर बाटो बढारिरहेका थिए । याकोभले मलाई पुलुक्क हेरे प्रमुदित आँखा यस्सो झिम्क्याए र टिप्पणी गरे ः
ँम जे गर्छु कहिल्यै पूरा गर्दि्रनँ जति-जति बढार्छु त्यति-त्यति फोहोर आउँछ ।’
उनी एकदमै साँचो बोलिरहेका थिए भन्ने मलाई लाग्यो । छिमेकीहरुले आÇनो हिस्साको बाटो सफासुग्घर राखेकै भएपनि हावाले नजिकैका बाटाहरुबाट धूलो ल्याउँथ्यो सहरका सबै बाटाहरु सफा राखिए भने पनि हावाले नजिकैका बाटाहरुबाट धुलो ल्याउँथ्यो सहरका सबै बाटाहरु सफा राखिए भने पनि छिमेकका सहरहरुबाट वा वरिपरिका मैदान र सडकहरुबाट धूलोको बादल त्यहाँभित्र आउँथ्यो । वास्तवमा आÇनो घर वरिपरिको क्षेत्र हरेकले सफा राख्नैपर्छ तर हरेकको श्रमले त्यतिखेरमात्र बढी लाभ पुर् याउँनेछ जब यसलाई सम्पूर्ण बाटो सम्पूर्ण सहर र सम्पूर्ण विश्वमा विस्तार गरिँनेछ ।
यही किसिमले एउटा सूत्र निर्माण गर्न सकिन्छ । कसरी एउटा सूत्र अस्तित्वमा आउँछ त्यसको एउटा उदाहरण यहाँ प्रस्तुत छ । निझ्नी-नोभ्गोदोरोभमा एकपटक हैजा फैलियो त्यतिखेर बासिन्दामध्येको एकजनाले के हल्ला फैलाउन थाल्यो भने डाक्टरहरुले रोगीहरुलाई मार्दैछन् । गभर्नर बरानोभले उसलाई समात्न र हैजाको मामिला हेर्ने हस्पिटलमा सेवकको रुपमा काम गर्न लगाउन पठाउँने आदेश दिए । के भनिन्छ भने केही समयपछि पहिलेको हल्लावाजले आफूलाई त्यो शिक्षा दिएकोमा गभर्नरलाई धन्यवाद दियो । त्यसको ओठे जवाफ गर्भनरले यसरी दिए ः
ँसाँचो डक्दैन झूटो टिक्दैन ।’
बरानोभ खस्रोखालका मान्छे थिए तर मूर्ख थिएनन् र मलाई लाग्छ यस्ता कुराहरु भन्न एकदमै सक्षम व्यक्ति थिए । यस अतिरिक्त यी शब्दहरु कसले भन्यो त्यसले के पो फरक पर्छ र
यस्ता थिए जीवित विचारहरु जसले मलाई सिक्न सोच्न र लेख्न सहयोग पुर् याए । किताबहरुमा मैले उस्तै विचारहरु पाएँ जुन विचारहरु मैले पाले र कानुन व्यवसायीहरुबाट त्यस्ता व्यक्तिहरुबाट जसले आÇनो जाति मानिसका अवस्था र अवसर सबै गुमाएका छन् तिनबाट सुनेको थिएँ तर किताबमा यी विचारहरु अरु नै शब्दका पोसाकमा थिए । वास्तवमा जीवनका अनुभवहरु र साहित्यका तथ्यहरु एक-दोस्राका पूरक हुन् ।
साहित्यकारहरु ँकसरी प्रतिनिधि पात्र’ प्रारुप र चरित्रहरु सिर्जना गर्दछन् मैले भनिसकेको छु । यस सम्बन्धमा सायद म दुईटा रमाइला उदाहरणहरु उल्लेख गर्न सक्छु ।
गेटेको फाउस्ट कलात्मक सिर्जनशीलताको उच्च कोटीको उपज हो जुन आविष्कार र कल्पना हो वा अझ बढी ठीकसँग भन्ने हो भने जीवनबाट प्राप्त चीजहरु थपेर बनाइएको अनुमानित वस्तुका साथै बिम्बमा चिन्तनको अनुवाद हो । पहिलोपटक फाउस्ट पढ्दा म बीस वर्षको थिएँ र केही समयपछि मैले के थाहा पाएँ भने जर्मन गेटेले भन्दा दुई सय वर्षअघि नै कि्रस्टोफर मार्लो नामक अङ्ग्रेज व्यक्तिले फाउस्टका बारेमा लेखेका थिए पान त्वार्दोस्की नामक सस्तो र झर्कोलाग्दो उपन्यास पनि एक किसिमको फाउस्ट थियो र त्यस्तै प्रुान्सेली लेखक पल भुसेतको उपन्यास ज्याँ ले त्रौभे पनि फाउस्टबारेका सबै पुस्तकहरु व्यक्तिगत सुख समृद्धि प्राप्त गर्ने र अरु मानिसहरु र प्रकृतिका रहस्यहरुमाथि अधिकार जमाउँने अतिशय तृष्णाका कारण आÇनो आत्मा बेच्ने एउटा व्यक्तिसँग सम्बन्धित मध्ययुगीन पौराणिक कथाबाट जन्मिएका थिए । यो कथा जीवनबारे गरिएका निरीक्षणहरु र आधारभूत धातुहरुलाई सुनमा बदल्न र जीवनलाई अजर-अमर बनाउँने औषधी आविष्कार गर्नका निम्ति रसायनविद्हरुले गरेका प्रयत्नहरुको निरीक्षणहरुबाट विकसित भएको थियो । यिनीहरुमध्येका कोही इमानदार र सच्चा चरित्रका स्वप्नद्रष्टा र मनोग्रन्थीबाट मुक्त मानिसहरु थिए भने केहीचाहिँ छद्म चिकित्सक र छद्म पण्डित पनि थिए । ँसर्वोच्च शक्ति’ प्राप्त गर्ने यी व्यक्तिहरुको प्रयत्नहरुको व्यर्थतालाई उपहास गर्नका निम्ति शैतान स्वयम्को सामथ्र्यभन्दा बाहिरको वस्तु प्रमाणित सर्वज्ञता र अमरत्व प्राप्त गर्ने मध्ययुगीन फाउस्टको दुस्साहसको कथालाई नमूनाका रुपमा प्रस्तुत गरिएको थियो ।
दुःखी फाउस्टको सँग-सँगै अर्को आकृति सबै मानिसहरुसँग परिचित आकृति देखा पर् यो ः इटलीमा यो पुन्चिनेलो थियो भने इङ्ग्ल्याण्डमा पन्च टर्कीमा करापेट र हाम्रो देशमा पेत्रुस्का । जहाँसुकै लोक कठपुतली-प्रदर्शनको अपराजेय नायक जो सधै पहिलो स्थानमा हुन्छ प्रहरी पुरेत-पादरी शैतान र मृत्युलाई समेत बुद्धिद्वारा पराजित गरिरहेको र स्वयम् मृत्युहीन । श्रमजीवी जनता यो सरल एवम् स्वाभाविक र अपरिष्कृत आकृतिमा आफू स्वयंको र अन्ततोगत्वा आफू र आफू एक्लैले सबै र हरेक कुरामाथि विजय प्राप्त गर्नेछौँ भन्ने कुरामा आÇनो विश्वासको मूर्त रुप पाउँछन् ।
यी दुई उदाहरणले फेरि पनि मैले पहिले भनेजस्तै ँनामहीन’ कार्यहरु-अर्थात् त्यस्ता कामहरु जुन हामीले केही पनि नजानेका जनताले उत्पादन गरेका छन्-को समर्थन गर्दछन् र कुनै सामाजिक समूहका विशेषता र लक्षणहरुको अमूर्तीकरणका नियमहरुका साथै त्यस समूहको प्रतिनिधि पात्रमा यी लक्षणहरुको प्रारुपीकरणका नियमहरुको अनुमोदन गर्दछन् । कलाकारले ती नियमहरुको पालना गरेको खण्डमा ऊ ँप्रतिनिधि पात्र’ रचना गर्न सक्षम हुन्छ । यही तरिकाले चाल्स्र द क्रोष्टरले थील उलेन्स्पेइजेल सिर्जना गरेका थिए भने Çलेमिङ र रोमा रोलाँका राष्ट्रिय प्रतिनिधि पात्र-कोलास बे्रेउग्नोन बुर्गुन्डी र अल्फोन्से दाउदेत तार्तरियन यसरी नै बनेका थिए । प्रारुपित मानिसहरुका यस्ता जीवन्त चित्र निरीक्षण-शक्ति समानता र असमानता खोज्ने र विवेचना गर्ने योग्यता र निरन्तरको अथक अध्ययन भएको खण्डमा मात्र सृजन गर्न सकिन्छ । ठीक-ठीक ज्ञान नभएमा अनुमान गर्नुपर्ने हुन्छ र दशवटा अनुमानमध्ये नौवटा अनुमान निश्चितरुपमा गलत हुन्छन् ।
म आफूलाई ओब्लोमोभ रुदिन र् याक्षानोभ र यसखालका प्रतिनिधि पात्र र चरित्रहरुका समक्ष मूल्य राख्ने चरित्र र प्रतिनिधि पात्रहरु सृजन गर्नमा सक्षम र निपुण हस्ती ठान्दिनँ । तथापि फोमा गोर्देयेभ लेख्नका निम्ति मैले थुप्रै दर्जन व्यापारिक घरानाका त्यस्ता सन्ततिहरुको अध्ययन गर्नुपर् यो जो आÇना बाबुहरुको जीवन र कामसँग असन्तुष्ट थिए र जसमा त्यस किसिमको एकरस जीवन र ँउत्पीडनकारी नीरस’ जीवनमा खास अर्थ छैन भन्नेखालको अस्पष्ट भावना थियो । जीवनको नीरसतालाई आÇनो अपमान ठानेर त्यसलाई निन्दा गर्ने फोमा गोर्देयेभजस्ता मानिसहरुका बीचमा एकातिर रक्स्याहा गुन्डा र लम्पटहरु उत्पन्न भैरहेका छन् भने सामान्य चलनको अपवादका रुपमा सम्पन्न वर्गका अर्कातिर। लेनिनवादी इस्क्राको प्रकाशनको आर्थिक प्रबन्ध गर्ने सभ्भा मोरोजोभ सामाजिक क्रान्तिकारीहरुलाई आर्थिक सहारा दिने पर्मका जहाज मालिक एन। मेश्कोभ कलुगाका कारखाना मालिक गोन्चारोभ र मास्कोका कारखाना मालिक एन। मिल्युतिन र अरु थुप्रै मानिसहरु देखा परिरहेका छन् भन्ने कुरा मानिसहरुले विचार गर्न थाले । त्यही सामाजिक वातावरणबाट क्षेरेपोभेत्सका मेयर मिल्युतिन र मास्को र प्रान्तबाट थुप्रै व्यापारीहरुजस्ता संस्कृतिका नेताहरु जन्मिए जसले विज्ञान कला र अन्य सांस्कृतिक गतिविधिको सम्बद्र्धनमा पर्याप्त कौशल र समर्पणभाव प्रदर्शन गरे । फोमाका धर्मपिता मयाकिन पनि ँउखानतुक्काहरु’ का निम्न लक्षणहरुद्वारा बनेका मानिस थिए र मैले यहाँ विवेकपूर्ण मूल्याड्ढन के गर्नुपर्दछ भने सन् १९०५ मा मजदुर र किसानहरुका लासहरुले मयाकिनहरुलाई सरकारमा जान सजिलो बनाइदिएपछि यी मयाकिनहरुले पछि आएर मजदुरवर्गकै विरुद्ध एकदमै महŒवपूर्ण भुमिका खॆले र आजसमेत आÇना पुराना गुँडहरु फर्काउँने आशा उनीहरु गरिरहेका छन् ।
नवयुवकहरु मसँग सवाल गरिरहेका छन् किन मैले ँआवारा र असहायहरु’ का बारेमा लेखेँ ।
कारण एकदमै सरल थियो । जुन समयमा क्ष्ाद्र कूपमण्डूकहरुका बीचमा म रहेको थिएँ र अरुहरुको जीवन-रक्त चुस्ने त्यस रगतलाई पैसामा बदल्ने र अनि त्यो पैसालाई पनि रुपैयाँमा रुपान्तरण गर्ने प्रयत्नबाट सताइएकाहरुले घेरिएको थिएँ त्यतिखेर मसँग पत्रव्यवहार गर्ने उन्नाइस वर्षीय युवकमा जस्तै ममा पनि मेरो अस्तित्वका रेसा-रेसामा एउटै सालमा एउटै टकसारमा छापिएका पाँच पैसे ढ्याकजस्तै एक दोस्रासँग दुरुस्त र समान नीरस मानिसहरुको लामखुट्टे सरहको अस्तित्वप्रति स्वस्थ घृणा विकसित भएको थियो ।
यी आवारा र बेकार मानिसहरु मलाई साधारण ढाँचाकाँचाका मान्छेभन्दा बाहिरका लाग्दथे । साधारण मानिसहरुभन्दा उनीहरु के कारण फरक थिए भने उनीहरु जातिच्यूत तथा वर्गबाट बहिष्कृत थिए र उनीहरुले आÇनो अघिल्लो पृष्ठभुमिका अधिकांश विशिष्ट लक्षणहरु छाडिसकेका थिए ।
आवारा र असहायमध्येका केही निझ्नी नोभ्गोरोदको कथित मिलिओन्कामा बस्तथे र उनीहरु एक-आपसमा मित्रतापूर्वक जीवन बिताउँथे । पहिलेका सम्पन्न नगरवासी मेरो मामा अलेक्जान्डर कासिरिन इटालेली चित्रकार विनम्र स्वप्नदर्शी तोन्तिनी पूर्वव्यायाम शिक्षक ग्लाद्कोभ पहिले डाकाजनीको समयमा पुलिसमा सहायक निरीक्षकको काम गर्ने कोही व्यारोन बी। र वास्तविक नाम भान्दर िÇलत भएको ँनिकोल्का दि जनरल’ उपनामको नामी चोर यी सबै त्यहाँ घनिष्टतापूर्वक बसेका थिए ।
कजानको स्तेक्ल्यान्नी क्षाभोदमा लगभग बीस जनाको उस्तै प्रकृतिका विभिन्न रङ्गका मानिसको एउटा टोली थियो । क्रमशः