Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Wednesday, April 29, 2009

1 युवाको भूमिका

-शम्भुप्रसाद यादव
अक्सफोर्ड डिक्सनरी अनुसार युथ शब्दको अर्थ प्रौढ हुनु अगाडि र
बाल्यकालपछिको समय युवा अवस्था हो। युवाको परिभाषा विभिन्न मुलुक तथा
संस्थाहरूले आ-आप\mनै प्रकारले दिएको पाइन्छ। यो संक्रमणलकालीन अवस्था
हो। यो बाल्यावस्था र प्रौढावस्थाको संगम हो, जुन समयमा मानिसमा निश्चित
शारीरिक तथा मनोवैज्ञानिक परिवर्तनहरू देखा पर्दछन्। इन्टरनेशनल
इन्साक्लोपेडिया अफ सोसल साइन्सको भाग ३ र चारमा युवालाई यसरी परिभाषित
गरिएको छ। बाल्यकालदेखि युवाअवस्थाको संक्रमणमा मनोवैज्ञानिक सचेतना,
सामाजिक प्रशिक्षका साथै विशेष सीपहरू पनि प्राप्त गरिन्छ, त्यस
अवस्थालाई नै युवा अवस्था भनिन्छ। यस परिभाषाहरूले के बुझाउंछन् भने
मानिस शैशवावस्था, बाल्यवस्थाबाट संक्रमण हुंदै किशोरावस्था पार गरेपछि
एउटा त्यस्तो अवस्थामा पुग्दछ जुन बेला उसमा शारीरिक, मानसिक र सामाजिक
रूपमा धेरै परिवर्तनहरू देखा पर्दछन्। त्यो अवस्थामा व्यक्तिले शैक्षिक
योग्यता, सीप, दक्षता एवं सामाजिक दायित्वलाई समेच उचित ध्यान दिनु
पर्दछ। युवावस्था हरेक मानिसको भविष्य निर्धारणका लागि अत्यन्तै
महत्वपर्ूण्ा हुन्छ। युवा अवस्थालाई धेरैजसो मुलुकहरूमा २१ वर्षेखि सुरू
हुने अवस्था मानिन्छ किनकी यी देशहरूमा २१ वर्षाई मताधिकार प्रयोग गर्न
पाउने उमेर मानिएको छ। त्यस्तै केही मुलुकहरू जस्तै पर्ूव सोभियत संघ र
बेलायतले १८ वर्षेखि युवा अवस्थाको सुरूवात मान्दै आएका छन्। यद्यपि केही
राष्ट्रहरूले केटीलाई १८ वर्षर केटालाई २१ वर्षपुगेपछि मतदान गर्न पाउने
अधिकार प्रदान गरेकोले युवावस्थाको प्रारम्भ केटा र केटीमा फरक देखाइएको
पाइन्छ। संयुक्त राष्ट्रसंघले १६ वर्षेखि २५ वर्षो उमेरबाट युवाअवस्था
आरम्भ हुने कुरा मान्दै आएको छ। अन्य विभिन्न मुलुकहरू जस्तै नेपालले
नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने उमेरका रूपमा १६ वर्षर मताधिकारको
आधारमा १८ वर्षाई युवावस्थाको सुरूवात र ४० वर्षभित्रका स्त्री र
पुरूषलाई युवा मानेको छ।
युवावस्थालाई समस्याको रूपमा पनि लिइन्छ किनकि यस अवस्थामा स्वस्थ्य
सामाजिक समायोजनमा जटिलता देखा पर्छ। युवा व्रि्रोह, विद्यार्थी अशान्ति,
कयौं प्रकारका दर्ूर्व्यसन तथा अपराधहरू नै यसका उदाहरण हुन्। शारीरिक
सबलता, मानसिक क्षमतामा वृद्धि, दृढता, घुलमिल हुन सक्ने प्रवृत्ति, यौन
विशिष्ठताहरू देखापर्नु युवाका परिचय हुन्। युवा अवस्था आत्म परिचय वा
स्वभावना देखापर्ने उमेर हो। परिवार, व्यक्ति र जातको भन्दा आप\mनो
छुट्टै अस्तित्व देखाउन खोज्नु उसको प्रवृत्ति हो। खासगरी युवाहरू
सुरूदेखि नै रोजीरोटीका लागि काम, अध्ययन, तालिम, बाबु र सक्षम नागरिक
बन्ने चाहना राख्छन्। उनीहरूको झुकाव काम, व्यवसाय र कमाउनेतिर केन्द्रीत
हुने गर्दछ तर युवतीहरूको प्राय कामभन्दा आप\mनो भविष्यको सहयात्रीको
खोजी वा प्रँप्ति तर्क उन्मुख देखिन्छन् र आफूलाई श्रीमती र आमाको
प्रतिबिम्ब ठानेर सामाजिक दायित्वबाट टाढा राख्न खोज्ने औषत धारणा
राख्दछन्। युवा अवस्थामा सामाजिकीकरण, आप\mनोपन र जीवनयापनलाई मुख्यतया
सामना गर्नु सक्नु पर्दछ। यसका लागि उनीहरू शिक्षित हुनु, रोजगार प्राप्त
गर्नु, राजनीतिक मामिलामा सहभागी हुनु, परिवारलाई सुरक्ष्ँित पार्नु र
सामाजिक क्रियाकलापहरूमा उत्तरदायित्व बहन गर्नुपर्दछ। यौन क्षमताको उचित
छबिका लागि उपयोग, सिर्जनात्मक, नैतिकता, मूल्यमान्यताको सम्मान, धार्मिक
विश्वासको सहिष्णुतात्मक प्रयोगले युवाको वास्तविक पहिचान दिन्छ।
नेपाल एककिरणपछि यसले कयौं राजनीतिक आरोह-अवरोहका साथै सामाजिक
परिवर्तनहरूको अनुभव गर्‍यो। एकीकरण अभियानपछि शाहवंशीय राजाहरूको
परम्परागत शैलीको शासन प्रणाली वि.सं. १९०३ सम्म कायम रहयो। दरबारिया
षडयन्त्र, राज्यसत्ताको होड, दाउपेंच, युद्ध, हत्या, बदला शाहकालका
आन्तरिक राजनीतिक विशेषताहरू थिए । कोतपर्वको घटनापछि जंगबहादुर राणा र
उनका उत्तराधिकारीहरूले राज्य शक्तिलाई जहानियां तथा स्वकेन्द्रित गरे।
राजालाई शक्तिहिन तुल्याई श्री ३ महाराजाका रूपमा राजा शासकहरूले १०४
वर्षम्म एकछत्र रजाईं गरे। त्यस अवस्थामा प्रतिस्पर्धात्मक बहुदलवादी
शासन व्यवस्थाको अभ्यास हुन पाएन। भारतीय स्वतन्त्रता संग्रामको प्रभावमा
आएर त्यसताका भारतमा अध्ययनरत वीपी कोइराला, डा. डिल्लीरमण रेग्मी र
मनमोहन अधिकारी जस्ता युवा नेपाली विद्यार्थीहरूले बेलायती उपनिवेशवादका
विरूद्ध भारतीय राष्ट्रिय कांग्रेसले संचालन गरेको आन्दोलनमा सन् १९४०
तिर सक्रियरूपमा क्रियाशीलता देखाएकोले बीपी कोइराला र मनमोहन अधिकारीले
भारतीय कारागारमा कारावासको कठोर सजायं समेत पाएका थिए। सन् १९४७ मा भारत
स्वतन्त्र हुनुपर्ूव र तत्पश्चात नेपाली युवा विद्यार्थीहरूले राष्ट्रिय
कांग्रेस र नेपाल कम्युनिष्ट पार्टर्ीीस्ता राजनीतिक दलहरू स्थापना गर्न
सफल भए। यता मुलुकभित्रबाट पनि वि.सं. १९९४ तिर टंकप्रसाद आचार्य लगायतका
व्यक्तिहरूले प्रजापरिषद नामक राजनीतिक संगठन खोले। श्री ५ त्रिभुवनको
सल्लाह र सहयोगमा गंगालाल, शुक्रराज शास्त्री, दशरथचन्द, धर्मभक्तहरूले
पनि गुप्तरूपमा राणा विरोधी आन्दोलनमा सहभागिता जनाए । कृष्णलाल सुवेदीको
मकैको खेती पुस्तकको सिर्जना गरेको सामाजिक सचेतना लक्ष्मीप्रसाद
देवकोटाको प्रयासलाई लाइब्रेरी पर्वका रूपमा गरिएको दमनलाई पनि
राणाविरोधी प्रजातान्त्रिक आन्दोलनमा तत्कालीन नेपाली युवाहरूको
भूमिकालाई स्पष्ट पार्दछ।
२००७ सालको क्रान्तिपर्ूव वि.सं. १९९७ मा चारजना आन्दोलनकारी युवाहरू
शुक्रराज शास्त्री, दशरथ चन्द, र गंगालाललाई राणा शासकहरूले मृत्युदण्ड
दिएको घटनालाई पनि नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा एक
अविस्मरणीय बलिदानीपर्ूण्ा घटनाको रूपमा लिनु पर्दछ। युवा भनेको व्रि्रोह
र यथास्थितिका विरूद्धमा उभिने समूह हो भन्ने कुरालाई २००७ सालको
क्रान्तिले पूरा गरिदिएको थियो। २००४ सालको विराटनगर जुट मिल हडताल, २००७
सालको सशस्त्र क्रान्तिका थीरबम मल्ल लगायतका नेपाली युवाहरूले
प्रजातन्त्रको बहालीका खातिर रगत बगाएका थिए। खासगरी युवाहरूको संगठित
क्रियाकलाप, अन्याय, अत्याचारको विरोध र मूल्य मान्यताको प्रथा एवं
राष्ट्र र राष्ट्रियताको संवाहनका लागि केन्द्रीत हुनु पर्दछ। नेपालमा ७०
प्रतिशत जनसंख्या ४० वर्षमुनिका छन्। अर्थात देशको झन्डै तीन चौथाई
जनसंख्या युवाहरूले ओगटेका छन्। यी युवाहरू देशका भविय हुन् हाम्रो
राष्ट्रको बागडोर भविष्यमा आजका युवाहरूमा नै जानेछ र श्री गणेश पनि
भइसकेको छ। त्यसैले यदि राष्ट्रको प्रगति चाहन्छौं भने र्सवप्रथम त
युवाहरूलाई सक्षम नागरिक बनाउनु पर्दछ। २००७ सालको क्रान्ति, २०१८ सालको
सशस्त्र क्रान्ति, २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको विद्यार्थी
आन्दोलन, २०६२-६३ को आन्दोलन होस् या माओवादीको १० वर्षो जनयुद्ध होस्
सबैमा नेपाली युवाहरू आप\mनो देशको स्वतन्त्रता, प्रजातन्त्र, लोकतन्त्र
र विकासका लागि शहादत भए। कल्पना नै नगरिएको परिवर्तन नेपालमा भए।
संविधानसभाको चुनाव पनि भइयो तर संविधान बन्छ कि बन्दैन नेपाली जनता
अहिले पनि सशंकित छन्। देशमा जेजति परिवर्तन भए त्यो सबै युवाहरूको कारण
मात्र भएको हो तर विगतका दिनहरूमा पनि सरकारले युवाहरूको लागि कुनै खास
कार्यक्रम ल्याउन सकेन । युवाहरूको लगानीलाई विगतका शासकहरूले मजाक
उडाएका छन्। नेपाली जनताले नेपाली युवाहरूले विद्यार्थीहरूले किसानहरूले,
मजदूरहरूले, अहिलेको सरकारसंग धेरै आशा राखेका छन्। तरूण दल,
प्रजातान्त्रिक युवा संघ, राष्ट्रिय युवा मंच, युवा फोरम जेजति पार्टर्ीी
युवक संगठनहरू छन् सबैले आ-आप\mनो पार्टर्ीीे तर्फाट देशको लागि खेलेको
भूमिका सराहनीय छ। नेकपा माओवादीको पनि योंग कम्युनिटी लिग छन् जसले केही
दिन अगाडिसम्म विवादै विवादमा बांचे। कानूनलाई आप\mनो हातमा लिए। विगतका
दिनहरूमा भए गरेका सानातिना गल्लीलाई बिर्सर्ेेअबको नयां नेपाल बनाउनमा
सबै पार्टर्ीी युवाहरूलाई एउटा साझा मंच बनाउन नितान्त आवश्यक देखिएको छ।
सबै पार्टर्ीी युवाहरू मिली युवाहरूको विकासको लागि एउटा साझा नीति नियम
एवं कार्यक्रम लिएर सरकार समक्ष पेश गर्नुपर्छ। नेपाली युवाहरूको
समस्यालाई सरकारले छिटोभन्दा छिटो समाधान गरोस् भन्ने कुरामा दबाब
दिनर्ुपर्छ। अहिलेको प्रधानमन्त्री र अर्थमन्त्री नेपालका लागि बरदान नै
सावित भएका छन्। प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा. बाबुराम
भट्टराइले आप\mनो पार्टर्ीीदा एक स्टेपमाथि उठेर नेपाली युवाहरूको चाहना
आवश्यकता इच्छा र आकांक्षालाई पूरा गर्नेतिर ध्यान दिनुपर्‍यो। लेखकः असल
शासन जिल्ला समन्वय समिति, पर्सर्ााे सचिव हुनुहुन्छ।


1 comments:

Feeds Comments
Basanta said...

Good thought Yadavjee!