Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Monday, April 27, 2009

0 एसएलसी दिएर के गर्दै हुनुहुन्छ ? समयको सदुपयोग गरौं

चन्दनकुमार रौनियार,
हाम्रँे देशमा एसएलसी परीक्ष्ँा केही दिन अगाडि नै सकिएको छ। परीक्ष्ँा दिई बसेका धेरै विद्यार्थी अहिले निकै फर्ुसदिला भएका छन्। आफनो टाउकोमाथिको बोझलाई बिसाइ निकै आराम तथा सुखको अनुभूति गर्दैछन्। यसरी आफूलाई स्वतन्त्र महसुस गरिरहेका विद्यार्थी त्यत्तिकै खाली बस्नाले एकातर्फ समयको नाश भइरहेको छ भने अर्कोतर्फ उनीहरू गलत बाटोमा लाग्लान् भन्ने त्रास पनि बढ्दै गएको छ। किनकि हामी भन्छौं ँखाली दिमाग सैतानको बास’ अर्थात खाली दिमागभित्र नकारात्मक तथा कुविचारले मात्र बास गर्ने गर्दछ। त्यसैले खाली समयको सदुपयोग कसरी गर्ने भन्ने कुरा नै विद्यार्थीले आत्मसात गर्नुपर्दछ। आफनो खाली समयलाई के-के कार्यहरू गरेर सही सदुपयोग गर्नुपर्दछ भन्ने भावना आफनो मस्तिष्कमा जागृत गराउनु पर्दछ। खाली समयलाई कसरी सदुपयोग गरी भविष्यमा फाइदा लिन सकिन्छ भन्ने केही तरिका यस्ताखाले छन्।
ब्रिजकोर्सको कक्ष्ँामा सहभागी बन्ने ः ब्रिजकोर्स भनेको एसएलसीपछि कुन विषय पढ्ने हो, त्यस विषयका बारेमा पर्ूव जानकारी दिने उद्देश्यले संचालित शिक्षण पद्धति हो। यसको मूख्य उद्देश्य भनेको क्याम्पस लेभलको किताब तथा पर्ढाई सम्बन्धी जानकारी उपलब्ध गर्राई विद्यार्थीलाई जानकार बनाउनु हो। यसको सिकाइले विद्यार्थीवर्गमा पर्ढाईको स्तरलाई अझ वृद्धि गरी कलेजमा भर्ना हुन जांदा लिने प्रवेश परीक्षाका लागि विद्यार्थीलाई तम्तयार रहन निकै मद्दत गर्दछ। ब्रिजकोर्स गराउने शैक्षिक संस्था सम्भवतः सबै सहरमा स्थापना भइसकेका छन्। हाम्रै शहरको सर्न्दर्भमा भन्ने हो भने केही समय अगाडि बिरलै देख्न पाइने त्यस्ता संस्थाहरू हाल आएर दर्जनभन्दा बढीको हाराहारीमा पुगिसकेका छन्। ब्रिजकोर्स सबैका लागि फाइदाजनक भए तापनि यो पढ्न सबैको आर्थिक अवस्थाले भ्याउंछ जस्तो मलाई लाग्दैन। यस अर्थमा आफनो आर्थिक अवस्थाले भ्याउनेले ब्रिजकोर्स गरे हुन्छ भने नभ्याउनेले अन्य विकल्प खोज्नुपर्ने उपयुक्त हुन्छ।
कम्प्युटर तथा ल्याङवेज सिक्नेः अहिलेको युग सूचना तथा प्रविधिको युग हो। त्यसैले हामीले कम्प्युटरको ज्ञान लिनु पनि त्यत्तिकै जरूरी छ। किनभने कम्प्युटरको ज्ञान हासिल गरेपश्चात इन्टरनेटको सहायताले हामी विश्वभरिमा भएका घटना तथा शिक्ष्ँाको थप ज्ञान पाउन सक्छौं। यतिमात्र नभइ कम्प्युटरको ज्ञानले सूचना, मनोरञ्जन, राजनीतिक, सामाजिक, आर्थिक, भौगोलिक, साहित्य जस्ता अनेकखालका विद्या आर्जन गर्ने सुअवसर मिल्दछ। विश्वभरि नै यसको प्रयोग बढीरहेको बेला हाम्रो नेपालमा पनि यसको विकासले फडको मारेको छ। यसरी इन्टरनेटबाट प्राप्त ज्ञान किताबभन्दा विलकुलै फरक तथा पृथक खालको हुने गर्दछ। यसले हाम्रँे मानसिक शक्तिलाई निकै बलियो बनाइ जानकार व्यक्तिको रूपमा समाजमा उभ्याउने काम गर्दछ। यसको ज्ञानले हाम्रो आउने भविष्यलाई निकै फाइदाजनक तथा आशावादी बनाउंछ भन्ने कुरामा पनि सशंकित हुनु पदैन।
यसैगरी वर्तमान विश्वलाई अंग्रेजी भाषाको सूत्रमा बांधेको भाषा अंग्रेजी सिक्न सकिन्छ। अंग्रेजी भाषा दरिलो रूपमा बोल्न जानेको खण्डमा यसले हाम्रँे दैनिकी जीवन पद्धतिलाई नै बदल्ने गर्दछ। अंग्रेजी भाषा, भाषा मात्रै नभइ हाम्रो विषयको कोर्ससंग पनि त्यत्तिकै सम्बन्धित भएकाले यो सिक्न अत्यन्तै जरूरी छ। क्याम्पस लेभलका किताबहरूमा प्रायः धेरै मात्रामा अंग्रेजी भाषाकै प्रयोग गरिएको हुन्छ। त्यसमाथि विज्ञान पढ्नेहरूको लागि पाठयपुस्तक यही भाषामै लेखिएको हुन्छ। अंग्रेजी भाषाले हाम्रो पर्ढाईमा अतुलनीय योगदान पुर्‍याउंछ भन्ने कुरामा दुइमत छैन। अतः अंग्रेजी भाषा सिक्नमा पनि हामी हाम्रँे समयलाइ लगाउन सक्छौं।
आफन्त भएको ठाउंमा घुम्न जाने -ः
भनिन्छ विद्यार्थीलाई किताबी ज्ञान मात्र पर्याप्त हुंदैन। किताबी ज्ञानका अलावा बाहिरी ज्ञान पनि विद्यार्थीको लागि उत्तिकै महत्वपर्ूण्ा मानिन्छ। किताबी ज्ञान मात्र लिनेलाई किताबी किरा पनि भन्ने गरिन्छ। तर्सथ विभिन्न ठाउंको भूगोल, हावापानी, रहनसहन, संस्कृति, धर्म, परम्परा, प्राकृतिक तथा पुरातात्विक सम्पदा, धार्मिक सम्पदा लगायत अन्य विविध पक्ष्ँको जानकारी विद्यार्थी वर्गले राख्नु पर्दछ। यसका लागि आफन्त तथा नातागोता भएको ठाउंमा जानु उपयुक्त हुन्छ। बाआमा वा दाइ-दिदीहरूसंग पनि यसका लागि घुमफिर गर्न जान सकिन्छ। हामीले किताबमा पढेका त्यस्ता कुरा र स्वयं आफूले त्यसको अवलोकन गर्दा पढेको कुराभन्दा दोब्बर ज्ञान प्राप्त गर्न सकिन्छ । भनिन्छ नि, पढेको भन्दा हेरेको कुरा धेरै याद रहन्छ। तर्सथ यो खाली समयलाई घुमफिर तथा रमाइलो गर्दै ज्ञान समेत प्राप्त गर्दै सदुपयोग गर्न सकिन्छ।
पत्रपत्रिका पढ्ने तथा साहित्यिक रचना लेख्नेः हामीले पत्रपत्रिका पढ्ने बानी आफूमा विकास गर्नुपर्दछ। किनभने पत्रपत्रिका पढ्नाले विभिन्न ठाउंको समाचार मात्र थाहा पाइदैन कि हाम्रो बौद्धिक ज्ञानमा समेत उल्लेख्य मात्रामा वृद्धि हुने गर्दछ। यसको ठोस प्रमाण स्वयं म आफै पनि हंु। मैले पत्रिका पढ्ने बानी बसाले यता मेरो दैनिक जीवनमा परिवर्तन नै आएको छ। अब त एक दिन पनि पत्रिका पढिन भने अपच नै महसुस हुने गर्दछ। अतः विद्यार्थी वर्गले खाली समयको उचित सदुपयोगका लागि पत्रपत्रिका पढ्नु निकै सान्दर्भिक हुन्छ। हाम्रो देशमा तथा सहरमा विभिन्न खालका पत्रपत्रिकाहरू प्रकाशन हुंदै आइरहेका छन् र यो सुलभ तथा सस्तो पनि छ। यसरी समयको सदुपयोग गर्ने तरिकामध्ये यो पनि निकै महत्वपर्ूण्ा उपाय हो।
समयको सदुपयोग गर्ने अर्को तरिका लेख, रचना लेखेर आफूलाई व्यस्त बनाउनु पनि हो। विभिन्न खालका कथा, कविता, निबन्ध, संवाद, व्यङ्ग्य, लेख आदि लेखेर पत्रपत्रिका मार्फ र्सार्वजनिक गर्न सकिन्छ। यसका साथसाथै घरमा नै समाचार सुनेर, लेख्ने अभ्यास पनि गर्न सकिन्छ। यस्ता खालका लेखन कार्यले गर्दा लेखनशैलीमा सुधार आउनुको साथै वौद्धिक स्तरलाई समते बलियो बनाउंछ। पत्रिकामा छापिएका रचनाले आफूलाई सबैको माझ प्रशंसनीय पनि बनाउने भएकोले त्यसमा लाग्न झन् प्रेरणा तथा आत्मबल प्रदान हुन्छ। अतः यस्तो कार्य पनि समय सदुपयोग गर्ने माध्यम हो।
खाली समयलाई सदुपयोग गर्ने तरिकाहरू यतिकै मात्र छैनन्। यसका अलावा पनि धेरै कार्यहरू गरेर फाइदा लिन सकिन्छ। जस्तो कि विभिन्न खेल खेल्ने, टेलिभिजनबाट राम्रा तथा फाइदाजनक कार्यक्रम हर्ेर्ने, सीपयोगी तालिम लिने, सामाजिक विकासको कार्यमा लाग्ने, भाइबहिनीहरूलाई पर्ढाई तथा घरपरिवारलाई विभिन्न घरायसी काममा सहयोग गर्ने, नृत्य सिक्ने, उदघोषण तथा पत्रकारिताको तालिम लिने लगायतका अनेकथरि कामहरू गर्न सकिन्छ। त्यसैले कोही पनि खाली नबसौं, कुनै न कुनै कार्यमा आफूलाई व्यस्त राखौं ताकि हाम्रँे दिमागमा कुविचारले डेरा नजमाओस्। -वीरगंज


0 comments:

Feeds Comments