Thursday, April 30, 2009
0 नौलो महासमरको हामी उद्घोष गछौं
-नारायण शर्मा .
काठमाडौं केन्द्रित आन्दोलनको अन्तिम दिन आज मंगलबार रत्नपार्कस्थित
शान्तिबाटिकामा रक्तिम सांस्कृतिक अभियालने विशेष प्रस्तुति दियो।
क्रान्तिकारी जोश र उमंग भरिएका रक्तिमका गीत तथा नृत्यहरूले आन्दोलनकारी
तथा दर्शकहरूलाई थप उत्साहित बनायो। रक्तिमका प्रत्येक प्रस्तुतिहरूमा
जनमासले जमेर समर्थन गरे तालीको गडगडहाटले।
नेपालीजनताको महान् बलिदानीपूर्ण संघर्षबाट देशमा गणतन्त्रको उदय त भयो,
तर नेपाली जनताको जीवनस्तरमा अझै पनि कुनै परिवर्तन आएको छैन। गरिबका
बस्तीहरूमा पिरलो उस्तै छ, ना183ा जीउहरू अझै ढाकिन पाएका छैनन्, भोका
पेटहरू अझै भरिएका छैनन्–यो अहिलेको नेपाली समाजको यथार्थ तस्वीर हो।
त्यही यथार्थतालाई रक्तिमले आन्दोलनका दिनहरुमा आफ्नो प्रस्तुति बनाउने
गरेको थियो।
नेपाली नेपाली बीचको जातीय र धार्मिक सद्भाव खलबल्याएर यहाँ अस्थिरता
सिर्जना गर्ने, देशमा जातीय कलह बढाउने, सार्वभौम सत्तालाई विभाजित गरी
केन्द्रिकृत शक्तिलाई कमजोर गराउने, अनि क्रमशः टुक्राटुक्रा गरेर
नेपाललाई चपाउँदै जाने–यही हो भारतीय विस्तारवादको गुरू योजना। त्यही
गुरू योजनालाई साकार पार्न उसले नेपालमा संघीयता पैठारी गरेको सहजै बुझ्न
सकिन्छ। तर रक्तिमका कलाकारहरूले कार्यक्रममा देशको जातीय सद्भाव
खल्बल्याउन नदिने अठोट गर्दै आफ्नो प्रस्तुतिमा बोलन चुकेनन्।
नेपालीहरूलाई मधेशी, पहाडी, हिमाली आदि विविध खेमामा विभाजित गरेर आफ्नो
स्वार्थ पूर्तिको कुरूक्षेत्र बनाउन तल्लिन विस्तारवादी शक्तिहरूसित
जनतालाई सजग बनाउँदै नयाँ गीतमार्फत कलाकारहरू समापनको दिन आफ्नो पहिलो
प्रस्तुतिमा भन्दै गए–
तराई हो मुटु हाम्रो, पहाड हो छाति
सगरमाथा उच्च शिर संसारकै माथि
थरी थरी भेष भूषा जात थरी थरी
हामी सबै नेपाली हौं हक बराबरी
मधेशी पहाडी हिमालका हिमाली
सयौं जात जनजाति सबै हामी नेपाली
सबै हामी नेपाली.........
नेपाली आकाशमा गणतन्त्रको लालकिरण झुल्किए तापनि त्यस्को वरिपरि विषाक्त
काला बादलका टाटाहरू पनि देखिएका छ्रन्। जनआन्दोलनको सफलता पश्चात् देशमा
जसरी राजनैतिक गतिविधिहरू विकसित भैरहेका छन्। त्यसले स्वाभीमानी
नेपालीहरूलाई सन्तोषको स्वास फेर्न दिएको छैन। विशेष गरेर जब चोर ढोकाबाट
नेपालमा संघीयता भित्राइयो त्यसबेला देखिनै एउटा यक्ष प्रश्न उपस्थित
भैरहेको छ–के नेपालको राष्ट्रिय अखण्डता अब जोगिन सक्ला? कौवाले कान
लग्यो भनेपछि कान नछामी कागको पछि दगुर्ने संस्कृति बोकेका ठूला भनाउँदा
केही राजनैतिक पार्टीहरू विचार र विश्लेषण नै नगरी संघीयताका पछि दगुरे।
तर राष्ट्रिय जनमेार्चाले संकटमा परेको राष्ट्रियतालाई जोगाउन अभियान नै
संचालन गर्यों । त्यही अभियानको दोस्रो चरण अन्तर्गत राजमोले संचालन
गरेको काठमाडौं केन्द्रित आन्दोलनको अन्तिम दिन शान्तिबाटिका अगाडि
हजारौं दर्शकका बीचमा रक्तिमले पनि देशको यथार्थ तस्वीर अगाडि ल्यायो
यसरी –
वर्गयुद्ध दुश्मनसंग थियो हाम्रो जारी
त्यै युद्धलाई खतम पार्न आए नानाथरी
अखण्ड यो हाम्रो देश खण्डखण्ड पारी
आपसमै लडाउने हुँदैछ तयारी
देश जान थाल्यो टुक्राटुक्रा परेर
उठ देशभक्त हाते मालो गरेर............
काठमाडौं केन्द्रित आन्दोलनले देखाएको एउटा यथार्थ पाटो के हो भने अब
राष्ट्रियता रक्षाको लडाई अर्थात् राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व
राष्ट्रिय जनमोर्चाले मात्र गर्न सक्छ। राष्ट्रिय जनमोर्चाको यो लडाईलाई
एउटा महासमरको उपमा दिए कलाकारहरूले। उक्त महासमरको यात्रा तर्फ लम्कन
सारा नेपालीहरूलाई आह्वान गर्दै अपेरा नृत्य मार्फत उनीहरूले उद्घोष गरे:
सक्तैन रोक्न कोही उर्लि सुनामी आए
को रोक्न सक्छ जनता आगो बनेर छाए
रोकेर रोकिन्न बेग कोशी र गण्डकीको
छेकेर छेकिन्न कहिल्यै लालि हिमा चुलिको
सम्पूर्ण मुक्तियोद्धा एक स्वास भर्छौं
नौलो महासमरको हामी उद्घोष गर्छौं ..
क्रान्तिको बाटो निश्चित रूपमा सरल र सहज हुँदैन। क्रान्तिले बलिदानी
चाहन्छ, व्यक्तिगत स्वार्थ र फाइदाहरूलाई एकातर्फ लत्याएर देश र जनताको
स्वार्थ र मुक्तिलाई केन्द्रामा राखेर अघि बढेको खण्डमा मात्र क्रान्ति
हाम्रो अगाडि आउन सक्छ। क्रान्तिको यही यथार्थतालाई इंगित गर्दै हुनुपर्छ
का. माओले भन्नुभयो–"राजनैतिक सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ।" यहाँ
पनि सामन्ती जालमा फसेर, सुधारवादमा अल्भि्कएर व्यक्तिगत सुख, सुविधा र
भोक विलासमा रमेर क्रान्तिको परिकल्पना गर्नेहरू नभएका होइनन्। उनीहरूलाई
क्रान्तिको साँचो पाठ पढाउने प्रयत्न गरे कलाकारहरुले।
नेपालको राष्ट्रियतामाथि सबै भन्दा बढी खतरा भारतीय विस्तारवादबाट भएको
तथ्य कुनै लुकेको कुरा होइन। अहिले पनि नेपालसँग साँध जोडिएका विभिन्न ५४
स्थानहरूमा भारतले एकातर्फी रूपमा सिमाना सारिरहेको छ। नवलपरासीको
सुस्तामा हाम्रो हजारौं हेक्टर भूमि भारतले लुटिरहेको छ। नेपालको
कालापानीमा वर्षौं देखि भारतले आफ्ना सेनाहरू ल्याएर राखेको छ। देशका
शासकहरू मुखदर्शक भएर बसिरहेका छन्। कुनैबेला विस्तारवादसँग लड्न सुरूङ
युद्धको उद्घोष गर्नेहरू अहिले त्यही विस्तारवादको पाउ मोलेर आफ्नो सत्ता
जोगाउन तल्लीन छन्। त्यसैले स्वाभीमानी नेपाली जनता अब आफै उठ्नु पर्ने
भएको छ– नेपाली राष्ट्रिताको रक्षाको लागि। जोशिलो नृत्यका साथमा
कलाकारहरूले त्यही आह्वान गरे:
घायल छ गाउँ वस्ती बचाउनलाई उठ
सहिदको सपना बोकी रणभूमिमा जुट
सगरमाथाले उठ अब भन्दैछ
सुतेका बस्तिलाई जुट अब भन्दैछ
बिहानी लालि झैं चम्क चम्क भन्दै छ
उक्त गीत मात्र होइन नेपाली माटो जोगाउनको निम्ति विदेशमा रहेका प्रवासी
नेपालीहरूलाई स्वदेश आउन आव्हान गरिएको नेपाली माटो बोलको गीत होस् वा
सालैजोको भाकामा प्रस्तुत "के हेछौं अझ नेपाली युवा" बोलको गीत, यी सबै
प्रस्तुतिहरू मार्फत रक्तिमका कलाकारहरूले राष्ट्रियताको रक्षाको
आन्दोलनमा अघि बढ्न जनतालाई अपील गरे। जब उनीहरू मञ्चमा देखा पर्दथे तब
जनमासमा छुट्टै उमंग छाएको प्रष्ट देखिन्थ्यो। कलाकारहरूको प्रस्तुति
शुरू हुँदा साथ दर्शक दिर्घाबाट पनि तालीको वर्षा हुन थाल्दथ्यो।
कलाकारहरू झनै जोशका साथ गाउँथे र नाँच्दथे। यसरी आन्दोलनरत योद्दाहरूलाई
उर्जा थप्न कार्यक्रममा उपस्थित थिए। रक्तिमका अध्यक्ष जनगायक जीवन शर्मा
सहित उपाध्यक्ष नारायण योगी, महासचिव रेम राना, सचिव नारायण शर्मा,
सचिवालय सदस्यहरू निलिमा पुन, दलबहादुर वि.क, नेत्र राना, केन्द्रीय
सदस्यहरू म्ान बहादुर भण्डारी, दिलमाया पुन, जीवन पुन, विरू लामा, गीता
थापा र कलाकारहरू धनबहादुर थापा, रिता पुन, कमला के.सी., मानवीर गुरूङ,
राजु गिरी, शान्ता आचार्य, शान्ति थापा, सरला सुवेदी, भरत श्रेष्ठ, माया
पुन, देवी सुनामी र हेम पुन।
रक्तिमको प्रस्तृति विविधताले भरिएको थियो। तराई यतिखेर आन्दोलनरत छ।
त्यहाँका आदिवासी,जनजाति थारू समुदायहरू यतिखेर संघर्षको मैदानमा छन्।
आफूहरूको अस्तित्व नामेट पार्ने गरी मधेशी समुदायभित्र सूचिकृत गरिएपछि
उनीहरू आन्दोलनको मैदानमा आएका हुन्। उनीहरूको समग्र आन्दोलनको लक्ष्य र
उद्देश्य प्रति सहमति जनाउन नसकिए पनि आफ्नो अस्थित्व रक्षाको जुन लडाई
उनीहरू लडिरहेका छन्, त्यसप्रति धेरैको साहानुभूति जुटि पनि रहेको छ।
रक्तिमले आफ्नो प्रस्तुतिमा थाहरूहरूको उक्त आवाजलाई पनि समेट्ने प्रयत्न
गर्यो 145यी गाउँ हमार है, यी वस्ती हमार है146, बोलको गीत र नृत्य
मार्फत। तराईको मात्र होइन कालिकोट जिल्लाको 145संघीयता चाहिंदैन, बोलको
देउडा गीत पनि प्रस्तुत गरे कलाकारहरुले समापनको दिनमा।
यसरी काठमाडौं केन्द्रित आन्दोलनको क्रममा दैनिक रुपमा विविध प्रस्तुती
लिएर आन्दोलनकारीहरुलाई उर्जा थपिरहेका थिए कलाकारहरुले। समापनको दिनमा
रक्तिमको प्रस्तुतिले निरन्तर आन्दोलनको मैदानमा क्रियाशील रहन सबैलाई
प्रेरणा जोश र जाँगर दियो। कार्यक्रम सक्दै उनीहरूले घोषणा पनि गरे
(145आफ्नो प्यारो मातृभूमिको रक्षाको लागि तपाईहरूले संचालन गर्ने हरेक
आन्दोलनहरूमा रक्तिम सधै तपाईहरू सँगै हुनेछ। गणतन्त्रको सुदृढीकरण,
राष्ट्रियताको रक्षा र संघीयताको खारेजीको लागि राष्ट्रिय जनमोर्चाले
संचालन गर्ने हरेक चरणका आन्दोलनहरूमा हामी तपाईहरूमा उर्जा थप्न आइरहने
छौं र गाइरहने छौं

Subscribe to:
Post Comments (Atom)
0 comments: