Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Friday, April 10, 2009

0 पत्रकारहरूको अवस्था नाजुक

-प्रणय कुमार

वीरगंजका पत्रकारहरूको दिनप्रतिदिन नाजुक अवस्था बन्दै गइरहेको छ । पत्रकारहरूलाई राज्यको चौथो अंग भनिन्छ तर आप\mनो काम, कर्तव्यबाट विमुख भएका केही पत्रकारहरूले गर्दा पत्रकारिता जगतलाई बदनाम हुन पुगेको छ । खासगरी वीरगंजका एउटा र्सवसाधारण जनता, तस्कर, व्यापारी लगायत अन्य व्यक्तिहरूले आफूले चलाउने मोटरसाइकलमा प्रेस लेखी जथाभावी  गुडाइरहेका छन् । यस्ता क्रियाकलाप देख्दा केही पत्रकारहरूलाई साह्रै दुःख लागेको छ । यसको बारेमा क्रियाशील युवा पत्रकार मञ्च नेपालले प्रेस लेखिएको सवारीसाधनलाई चेकजांच गर्ने योजना बनाइरहेको छ । केही व्यक्तिले विगत नौं महिना पहिला खरिद गरेको मोटरसाइकलको नम्बर प्लेटमा अहिलेसम्म इल त्भकत लेखि गुडाइरहेका यस्ता कुराहरूमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको ध्यान कता छ - यस्ता यस्ता व्यक्तिहरूलाई पक्राउ गरी तुरून्त कारबाहीको बाटोमा ल्याउनुबाहेक अरू कुनै विकल्प नरहेको पाइएको छ । संचार भनेको पूल हो जसको काम सूचनालाई जस्तोको त्यस्तै प्रवाह गर्न हो तर नेपाली संचारका हकमा यो मान्यता लागू हुन सकेको छैन । जनताले नेपाली संचारलाई अहिलेसम्म विश्वास गर्न सकेको छैन । वीरगंजका केही पत्रकारहरू दिन रात, घाम, पानी नभनी  भोकै-प्यासै आप\mनो कार्यक्षेत्रमा लागिरहेका छन् । कडा परिश्रम लगनशीलताका साथ आप\mनो काम गरिरहेका छन् । तर उनीहरूलाई पैसाको खा“चो पर्दा समयमा पैसा नपाउनु कतिको उचित हो - आप\mनो मुटुमा हात राखी तपाई आफै महसुस गर्नुहोस् त त्यस ठाउ“मा तपाई भइदिएको भए के हुन्थ्यो - सबै पत्रकारहरूलाई एउटै आ“खाले हेरिनु हु“दैन । 
कोही डेरा लिएर बसेका छन् भने कसैलाई कलम किन्नु पर्दछ त कसैलाई आप\mनो स्कूलको फि तिर्नुछ । उनीहरूसंग पैसा नरहंदा के गर्छन् - एकपल्ट तपाई आफै विचार गर्नुस् । यसै रहयो भने भोलिका दिनमा के होला - केही पत्रकारले कसैको बारेमा अपशब्द लेख्दा भने त्यसलाई भोलिपल्टै ज्यान मार्ने धम्की आउ“छ वा समचारको विषयलाई लिएर पत्रकारको ज्यान मार्ने गरेको पाइएको छ । तर यस्ता घटनापश्चात नेपाल पत्रकार महासंघ वा अन्य संघसंस्थाले झण्डा लिइ बाटोमा आउ“छन् र दोषीलाई कारबाही हुनु पर्‍यो, दण्डहीनताको अन्त्य हुनुपर्‍यो भन्छन् र कराएको लगत्तै सेलाउ“छन् । तर क्रियाशील युवा पत्रकार मंच नेपाल नामक संस्थाले खबरदारी गर्छ कि भोलिका दिनमा संचारमाथि औंला उठाउने व्यक्तिको हामी औला भाचिदिनेछौं । 
नडराउ, नबिराउ भनने कुरा पत्रकारले बुझेर सोही अनुरूपको व्यवहार गरेमा कसैले औंला उठाउन सक्दैनन् । - वीरगंज


0 comments:

Feeds Comments