Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Monday, April 13, 2009

0 कहिल्यै नमेटिने सम्झना

पबी के. सी. 
पत्रकार महासँघको चुनावमा सभापति जितेको अपलक्ष्यमा शत्रुघन सरले गढिमाई एफ एम मा मासु र चिउराको पाटी दिए पछी हामीले सधै सुबोध दाईलाई पनि  पाटीको लागी जिस्काउन थाल्यौ।  दाइले  कति हत्तार गरेको पखन एकै चोटी बिहेको पाटीनै दिउला नि भनेर टार्नुहुन्थ्यो। एकदिन आफैले एफमा काम गर्ने गंगा दिदीलाई बोलाएर पाँचसय रुपैयाको नोट दिदै चाउचाउ पाटीको तयारी गर्न भन्नुभयो र आफु हिड्नुभयो। अरुलाई चाउचाउ पाटी दिनुभयो तर आफु चाही खान आउनु भएन। कतीलाई त थाहा पनि भएन कि त्यो चाउचाउ पाटी पत्रकार महासँघको सदस्यता जितेको उपलक्ष्यमा सुबोध दाईले दिनुभएको हो भनेर। चाँउचाँउ पाटी दिएको केही दिन पछी सुबोध दाईले भन्नु भयो, म तिनदिन पछाडी एउटा साथीको बिहेमार् इन्डीया जादैछु बुढाले बिदा दिने होकी नदिने हो फकाउनु पर्योनी,  भनेर तिनचार ठाउमा रिसेप्सनबाटै फोन घुमाउनुभयो उँहाले फोन गरेका ब्यक्ती मध्ये एक जना नितेश दाई पनि हुनुहुन्थ्यो कुरा गर्राईबाट मैले अनुमान लगाए , उँहाहरु एक अर्कालाई मोटे भनेर सम्बोधन गर्नुहुन्थ्यो। फोन गरेर रिसेप्सनबाट बाहिर जानुभयो र केही सोचे जस्तै गरी एताउती एकछिन घुमेर फेरी रिसेप्सनमा छिर्नुभयो , गोजीबाट मोबाईल निकालेर मोबाईलको स्क्रीन देखाउनु भयो त्याँहा सेतो गारोमा कालो अक्षरमा दर्ुइवटा मात्रै अङग्रेजी वाक्य HEEL WAS FULL...... I AM COME BACK.  लेखेको थियो।   त्यो हेरेर म एकछिन स्तभ्बद्ध भए। उँहा साच्चै त्यो दिन साच्चै अरु दिन भन्दा बढीनै खुशी देखीनुहुन्थ्यो। पछी फेरी दाइले खितित्त हास्दै मोबाईलमा लेखेको कुरालाई नेपालीमा उल्था गर्दै भन्नुभयो। नरक प्याक थियो त्यही भएर म त फर्कीए। “हामी जस्तो ह्रयान्डसम मान्छे पनि काही नरकमा कोचीएर बस्छन् हैनत -” भनेर हास्दै धोक्रे ब्याग बोकेर बाहिर निस्कनु भयो। त्यो दिन देखी उँहा कहिल्यैपनि गढिमाई एफ आउनुभएन। त्यस पछाडी मलाई मनिसा भन्दै ब्याग , चस्मा र हेलमेट राख्न दिन सुबोध दाई कहिल्यै रिसेप्सनमा छिर्नुभएन। सुबोध दाई रिसेप्सनबाट निस्कीएर हिडेको चार दिन पछी उँहाको मृत्युको खबर बिरगंज भरी छरीयो। सारा सञ्चारजगत स्तब्ध भयो। सबैको मुटुको धडकन एकछिनलाई रोकीयो। मलाई सधै भन्नुहुन्थ्यो तिमीमा लेख्न सक्ने कला छ लेखेर मलाई देउ म प्रतिकमा लगेर छापीदिन्छु। त्यती बेला म लेख्दीनथे तर आज मैले जानी नजानी लेख्न थालेकी छु तर मेरो लेख प्रतिकमा लगेर छापीदिन्छु भन्ने सुबोध दाई मेरो लेख पढ्न सक्नुहुन्न। प्रतिकमा मेरो लेख छापीदिने चाहाना सुबोध दाईमा थियो भने प्रतिकमा मेरो लेख छापीयोस भन्न्ो चाहाना मेरो पनि थियो तर त्यतीबेलाको त्यो चाहाना हामी दुबैको अधुरै रह्यो तर सुबोध दाईले खिचिदिनु भएको फोटो  मैले लेखेका लेखहरुमा छापीने गरेका छन् त्यही फोटो मेरो लागी सुबोध दाईको चिनो भएको छ।  जब सुबोध दाईको याद आउछ मलाई त्यही मोबाईलको स्क्रीनमा लेखीएको कुरा याद आउछ। सुबोध दाई जस्तो मान्छेको लागी नरकमा साच्चै ठाउ छैन। बुढापाकाको मुखबाट सुनेको थे भगवानले आफुलाई मनपरेको मान्छेलार्इृ चरा बनाएर आफ्नो बगैचामा छोडिदिन्छन्रे त्यसैले होला उँहा पनि यतीबेला र्स्वर्गको सुन्दर बगैचामा रंगीचंगी पखेटा भएको सानो अनि प्यारो चरा भएर घुमीरहनु भएको होला जस्तो लाग्छ।   जिन्दगीको किताबमा एउटा पानामा सुबोध दाईको  मिठो सम्झना छापीएका छन् , जुन पाना न कहिल्यै च्यातीनेछ न त ति पानामा छापीएका अक्षरहरुनै मेटीनेछन्। धेरैजसो गोजी नै गोजी भएको हाफ ज्याकेट र गोजी नै गोजी भएको पाईन्ट लगाएर हिढ्न मन पराउने , हिस्सी परेको अनुहारमा अलिकती उच्छीटीएको दाँत देखाएर मुस्कुराउदै गफ गर्ने बानि भएका सुबोध दाईले मेरो नाम मनिसा राखिदिनु भएको थियो। तिमीलाई देख्दा मलाई मनिसा कोईरालाको याद आउछ त्यसैले म तिमीलाई मनिसा बहिनी भनेर बोलाउछु माईन्ड नगर है भन्नुहुन्थ्यो।गढिमाई एफ एमको रिसेप्सनको ढोका बाहिरैबाट यसो उघारेर मनिसा बहिनी यो ब्याग जतन सँग राखीदेउ है - यसमा बम छ नी ,नचलाउ नत्र माथी जाउला भन्दै ब्याग, चस्मा र हेलमेट राख्न दिएर भित्र छिर्नुहुन्थ्यो। कहिले काही भित्रैबाट रिसेप्सनमा फोन गरेर भोजपुरी भाषा प्रयोग गरी भुमीगत समुहको मान्छे बनेर मलाई थर्काउनुहुन्थ्यो। म साच्चै डराउन थालेपछी उहाँ राक्षस जस्तै खित्का छोडेर हास्नुहुन्थ्यो र भन्नु हुन्थ्यो नडराउ मनिसा बहिनी म सुबोधदाई हो तिमीलाई कतिको डर लाग्दो रैछ भनेर न्युजरुमबाट फोन गरेर जाचेको। तर आज त्यसरी रमाईलो गर्ने सुबोध दाई हामी माझ हुनुहुन्न। छ त केवल उहाको याद, उँहासँगका साना साना तर रमाईला अनि मिठा पल जुन पलहरु आज मात्र सम्झनामा सिमीत छन्। प्रतीको सम्झनामा समर्पीत छ। दाई तपाईलाई यो पबी  बहिनीको हार्दीक श्रदान्जली छ। 


0 comments:

Feeds Comments