Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Sunday, April 12, 2009

0 ब्ल्याङ्क चेक् भजाउने अन्तिम समय- नव वर्ष २०६६

-अ के ला

अन्तमा, यथास्थितिमै रम्न चाहनेहरुलाई सत्तासाझेदार बामदलहरु बीच सम्पन्न ताजा सहमतिले उल्टो लोप्पा खुवाईएपछि प्रतिगामी तत्वहरु यसपाली हेरेको हेर्‍यै भएका छन्। अर्थात, प्रतिपक्ष लगायत ज्वाईन्टभेञ्चर पार्टनरहरु बीच दूरी बढ्नथालेपछि रुकुम(रोल्पादेखिको वनवास सकेर फर्केका माओवादीहरुलाई फेलियर सावित गर्न बुनिएका सम्पर्ूण्ा तानाबानाहरु धरासायी बने। युगौँदेखि बाँझै रहेका फाँटहरु पुराना, कम्सल जातका बुढा गोरुहरुबाट जोत्न नसकिएपछि मानिसहरुले फाँटहरु जोत्न पुड्का(पुड्की नै भए पनि युवा, जोशिला, रैथाने गोरुहरुको जुन चयन गरियो, सर्ुकासर्ुर्की समेत जोत्न नभ्याउँदै युवा, जोशिला, रैथाने गोरुहरु अप्रत्याशित रुपमा थाक्नथालेपछि फसल लहलहाउने मानिसहरुका स्वणिर्म् सपनाहरु चक्नाचूर बन्ने लगभग पक्कापक्की जस्तै देखिएको थियो। यसको एउटै कारण थियो(बारी जोत्न नारिएका गोरुहरुको आपसी सिङ्गौरी। त्यसपछि सुरु भयो(मानिसहरुको यस्तो दर्ुर्दिन, जहाँ आफ्नै पर्ुर्पुरोलाई कोस्नु वाहेक बिकल्पै थिएन।
यथास्थितिको सोँचले डाम्मिएका बुढा गोरुहरु थाक्ने र तिनीहरुबाट अग्रगमनको हलो नर्सर्ने भएपछि युगौँदेखि बञ्जर रहेर पट्पट् फुटेका कान्लाहरु जोत्न झिकाईएका युवा, जोशिला, जाँगरिला, रैथाने गोरुहरुबाट तिनका मालिकहरुले निकै आसा गरेका थिए। स्वप्नद्रष्टा मालिकहरुका मनमा गुलिया लडडु फुरिरहेका थिए। उनीहरु सोँचिरहेका थिए कि उनका खेत, खलिहानहरु जोतिनेछन्, बञ्जर बारीहरुमा फसल लहलहाउने छन् र सबैलाई आङभरीभरी(पेटभरीभरी चिचि र पापा हासिल हुनेछ। तर जव अलिकति सर्ुकासर्ुर्की र स(स्याना कान्लाकान्ली समेत जोत्न नभ्याउँदै युवा, जोशिला र जाँगरिला भनिएका रैथाने गोरुहरु थाक्नथाले र जथाभावि सिङ्गौरी खेल्नथाले, त्यसपछि आशँका बढ्यो(नयाँ झिकाईएका गोरुहरुप्रति नै। युगौँदेखि राजतन्त्रको जुवामुनी नारिएर सर्ुकासर्ुर्की एवं स(साना कान्लाकान्ली मात्र जोत्दै, दानापानी पचाउँदै आएका बुढा गोरुहरु थाक्ने र तिनको ठाउँमा नयाँ, युवा, जोशिला र जाँगरिला भनिएका गोरुहरु जोत्नभन्दा हान्ने र सिङ्गौरी मात्र खेल्ने भएपछि यी बञ्जर भूमिहरु जोतिने कोबाट - फसलहरु लहलहाउने कसरी -
विगत २४० वर्षेखि यहाँको सुख्खा, बञ्जर जमिनहरु पुराना, कम्सल जातका गोरुहरुबाटै काम चलाउँदै आईएको थियो। चामत्कारिक विज्ञानले दुनियालाई कहाँदेखि कहाँ पुर्‍याईसक्दा, दुनियामा कत्रा कत्रा प्रगतिहरु भैक्दा, मानिसकार् इच्छा, आकाँक्षा कहाँदेखि कहाँ पुगिसक्दाखेरी ती सबैलाई बेवास्ता गर्दै, विज्ञानको चमत्कारलाई दरकिनार गर्दै अझै पनि पुराना, थाकेका र कम्सल नश्लका बुढा गोरुहरुमै निर्भर रहनुपर्ने जुन यथास्थिति चिन्तन हामीमा विद्यमान रहृयो, त्यसबाट नयाँ नेपालको बिशाल फाँट जोतिने सम्भावना क्षीण बन्दैगयो र नयाँ नेपाल जोत्न तम्सिएका गोरुहरुको आपसी सिङ्गौरी रोक्न कार्यदल नै गठन गर्नुपर्ने अत्यन्तै लज्जाजनक स्थिति उत्पन्न भयो।
१० वर्षो जनयुद्धताका र बिस्तृत शान्तिप्रक्रियामा आए यता परिवर्तनकै हिमायति मानिएका माओवादीहरुबाट एकपछि अर्को ज्यादत्तिहरु हुनथालेपछि उनीहरु बिरुद्ध यहाँ जुन जनमत तयार भयो, पारियो, त्यसबाट सत्ताको कमान् हातमा परेकाहरुको बेलैमा चेत् खुल्नुपथ्र्यो(खुलेन। आधा शताब्दिभन्दा बढी समय सामन्तवादको छत्रछायामा रहेर सत्ता र शक्तिमा कपाल फुलाएका काँग्रेसी बुढाहरु आफुहरुसँग सरकारमा जान नचाहेपछि सत्तामा जान आत्तुर हुनेहरुको दिमागमा खतराको घण्टी बज्नुपर्ने थियो(बजेन। आफुहरुबाट कमी, कमजोरी एवं गल्तीहरु होलान्, त्यसबाट पर्राईले काखी बजाउलान्, आफुहरुलाई नालायक, निकम्मा र नादान सावित गर्लान् भन्नेतर्फसचेत हुनुपथ्र्यो(भएनन्। उनीहरु बिरुद्ध उठ्ने गरेका हरेक स्वरहरु सम्भवतः त्यसैको परिणाम थियो।
अर्ढाईसय वर्षम्म निरंकुशताको बुटमुनी किचिएका अन्पढ, गँवार, देहातिहरु राजतन्त्रको निरंकुशताबाट मुक्त भएपछि आज जुन हिसावले सबै जातजाति, वर्ग, क्षेत्र तथा समुदायहरुद्वारा आ(आफ्ना बर्चश्व खोजियो, सडक(सदन अवरुद्ध पारिए, र्सार्वजनिक सम्पत्तिमाथि धावा बोलिए र दुनियाको दिमाग चाटिए, त्यसबाट सिङ्गै मुलुक कुरुक्षेत्र बन्नुको विकल्प थिएन। जातीय, वर्गीय, क्षेत्रीय उन्मुक्तिका नाममा मान्छेहरु बौलाउनथाल्नाले, कोही, कसैको सुन्न तयार नहुनाले, मुलुककै कानूनसँग खेलवाड् गर्नाले ल एण्ड अर्डरको स्थिति हास्यास्पद बन्यो र बनिबनाउ खेल भताभुङ्ग हुने यो खतरा पैदा भयोर्।र्
इश्वर नमान्ने, मठमन्दिरमै नजाने, पूजाअर्चना नगर्ने र मान्छेका बच्चाहरुलाई मान्यजनको आशिष पनि नचाहिने हुनथालेपछि धर्मकर्म डाँडामा, तेरो .... मेरो भाँडामाको यो स्थिति बनेको हो। सत्तारोहणसँगै विवादै विवादको चक्रव्यूहमा फँस्नपुगेकाहरु सुत्ने खाटदेखि लगाउने लुगासम्मका कुराहरुमा र्सतर्क हुनर्ुपर्दथ्यो। छिमेकीहरुसँगको कूटनैतिक ठम्याई बलियो बनाउनु पर्दथ्यो। बिना जनमत मानिसको आस्थामाथि धावा बोल्न हुन्छ, हुँदैन(बिचार गर्नुुपथ्र्यो(गरिएन। उदण्ड कार्यकर्ताहरुलाई नाकेडोरी कस्नुपथ्र्यो(कसिएन, खुकूलै छाडियो। पञ्चायत र राजतन्त्र ढाल्न प्रतिकात्मक भूमिका निर्वाह गर्ने आततायी मण्डलेहरु लगायत भएभरका कूडाकर्कटहरु पार्टर्ीी थुपार्नै हुँदैनथ्यो। अगुल्ठोले पोलेको कुकुर बिजुलीदेखि तर्सर्ेेैँ गरी सधैँभरी राष्ट्रको सेनाप्रति वैरभाव पाल्न हुँदैनथ्यो। कोही, कसैबाट मुखबाट कटुबचनहरु निकालिनु हुँदैनथ्यो। शिविरमा थन्किएका छापामार लगायत कार्यकर्ताहरु उचालिने किसिमका कुनै पनि कार्यक्रम र अभिव्यक्तिहरु कहीँ, कतैबाट आउन हुँदैनथ्यो। अवाञ्छित हर्कतहरु गर्न गराउन मिल्दैनथ्यो। सब बेकार। कुरो गर्‍यो, पल्ला घरकी बुढी ज्यूँदै। सत्तामा गैसकेपछि कोही यहाँ पछाडि फर्केर हर्ेर्नै चाहेनन्, रुचाएनन्। मानिसका यही कुराहरु आज पहाड बनेर खडा छ। 
आफुहरुमा निहित अदूरदर्शिता, नादानीपन, अनुभवहिनता एवं विगतका गल्ती, कमी, कमजोरीहरुलाई ढाल बनाएर पर्राईले फाईदा लुट्लान्, शत्रुलाई कमजोर ठान्नाले आफुहरुलाई पछि अप्ठ्यारो पर्ला, दुनियाका सामु आफुहरु नाङ्गेझार भईएला र बर्षौदेखिको संकलित पार्टर्ीीे पूँजि सारेआम लिलाम होलान् भन्नेतर्फबेलैमा घाम लागेको भए आजको यो नौवतै आउँदैनथ्यो। बिनाशकाले बिपरित बुद्धि गर्दै  एकपछि अर्को चन्दा आतंक, अपहरण, हत्या, लुटपाट, आगजनी आदि वारदातहरुलाई अञ्जाम दिईनाले, जतिसुकै आफ्नो बचाउ गरे पनि, जतिसुकै हारगुहार र बक्बक् गरे पनि अव यहाँ केही हुनेवाला छैन। तमाम् नाकामयावी, नादानीपन र ताजा परिस्थितिको जिम्मेवारी शर्ीष्ानेताहरुले आफ्नै थाप्लामा बोक्नर्ुपर्छ। अव पनि केही गर्ने नै हो भने र्सवप्रथम यस्का आरोपितहरुले आफु लगायत पार्टर्ीीे नाममा गुण्डागर्दी गर्ने आफ्ना नन्दीभृङ्गीहरुलाई  पनि तहलाउनर्ुपर्छ या पार्टर्ीीटै गलहत्याउनर्ुपर्छ।
सत्ताशक्तिको उन्मादले बुद्धिमा कीरा परेकाहरुबाट मिडियामाथिका लगात्तार हस्तक्षेप, आक्रमण, धम्की, आक्रोश र मान्छेको ज्यानै लिने अत्याचारहरु हुनथालेपछि, जस्को जोत् उस्को पोत जस्तो क्रान्तिकारी भूमिसुधारको स्वाँङ रचेर अर्काको घरजग्गा कब्जामा लिने र कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर गर्दै कब्जामा लिईएका घरजग्गाहरु पार्टर्ीी आसेपासे एवं भर्ूइँफुट्टाहरुकै कब्जामा रहनाले त्यस्को र्सवत्र बिरोध भएको हो। १३ हजारको मलामी गएर बन्दुक बिसाएर शिविर छिरेपछि यथास्थितिवादी, प्रतिक्रियावादी, प्रतिगामी लगायत छोराको बिहे गर्न टौवामा पराल थप्ने तथा गोठको पराले टौवा हेरेर छोरी दिने व्राहृमणवादी प्रवृत्तिका मानिसहरु फुरुङ्ग भएका थिए। क्रान्तिका संवाहकहरु यूएन्को निगरानीमा राखिएपछि अवसरवादीहरुले त्यस्को खुशियालीमा दीपावली गर्दैथिए। त्यसपछि सुरु भयो(परिवर्तनका हिमायतिहरुको खोईरो खन्ने अत्यन्तै जालसाजीपर्ूण्ा एउटा यस्तो खेल, जस्को प्रतिकारमा शिविरका ताल्चा नै तोडिने चेतावनी समेत ब्रि्रोहीहरुबाट आयो र बुन्नथालियो(स्थायी शान्ति प्रक्रियाको फलामे फाटक बन्द गरेर मुलुकलाई मूठभेडमा धकेल्ने प्रपञ्चहरु। 
वाईसीएल बिघटन, घरजग्गा फिर्ता लगायतका पर्ूव सहमतिहरुको कार्यान्वयन हुनुपर्ने अडान लिँदै सत्ता बाहिर बसेको नेपाली काँग्रेस, माओवादीसँगै सत्तामा बसेको एमाले लगायत विगतमा दो(दो हात भैसकेका माओवादीसँगै सरकारमा बसिरहेका मधेसवादी दलहरु समेत माओवादीका कतिपय भनाई र गर्राईप्रति सन्तुष्ट हुनसकेनन् र आफ्ना कुराहरुको सुनवाई तथा कार्यान्वयन नभए माओवादीहरु सदार्सवदाको लागि सखाप हुने भविष्यवाणी गर्नथाले। माओवादी बिरुद्ध गरिएका बिभिन्न चेतावनी एवं भविष्यवाणीहरुले व्राहृमणवादी सोँचको अगुवाई गरिरहेका राजनीतिक दलहरु लगायत कतिपय यथास्थितिवादी, प्रतिक्रियावादी एवं प्रतिगामी तत्वहरुलाई अग्रगामीहरु बिरुद्ध आगो ओकल्न सजिलो तुल्यायो। यसले माओवादीलाई सत्ताको सुखभोग गर्नबाट बञ्चित मात्रै गरेन, उल्टै युएन्को ताल्चा तोडेर हतियारसँगै जङ्गल नपसी नहुने ताजा स्थिति समेत देखापर्‍यो। जस्को एउटै अर्थ थियो(फेरी मूठभेड।
मुलुकमा मच्चिएको यी वितण्डाका पछाडि पृथक आकारका नाकहरु छन्। जुन हिसावले मुलुकमा आज मानिसहरु आफ्ना बर्चश्व खोज्दैछन्, ती जायज नै भए पनि तिनका तरिका र प्रक्रिया गलत छन्। जुन बितण्डा हिजो माओवादीहरुले ११ वर्षम्म मच्चाए, त्यही त्यही वितण्डाहरु आज आ(आफ्नो बर्चश्वका नाममा बुद्धिमा कीरा परेका जातजाति, वर्ग, क्षेत्र, लिङ्ग र धर्मभिरुहरु गर्दैछन् र जुङ्गाको लर्डाईँ  लड्दैछन्। उन्मुक्तिका नाममा मुलुकमा चुच्चे नाक, थ्याप्चे नाक, मोटा नाक, कालो छाला, गोरो छाला, होँचो कद, अग्लो कदको निम्ति लडिरहेको जस्तो देखिएको छ। दिनानुदिन मच्चिँदै गरेका यस्ता वितण्डाहरुले कानूनको धज्जी उडाएकै छन्, जनताको न्रि्रा उडाएकै छन्, ती बाहेक, क्यान्ट्रोनमेण्टका तोडिने ताल्चा, खेलमैदानबाट बाहिरिने र भित्रिने दर्ुइ सेनाका छाँटकाँट, हाउभाउ, कटाक्ष एवं मुलुककै प्रधानमन्त्रीको मुखले नेपाली जनतालाई यतिखेर हग्नेलाई भन्दा देख्नेलाई लाजझैँ बनाएको छ र सबैको मुटुमा मूठभेडको ढ्याँग्रो बजिरहेको छ। पर्ूर्वी नेपालमा शिलान्यास भैसकेको नयाँ(पुराना माओवादी ग्रूपको ताजा झडपहरुले नेपालको सुदूर भविष्यतर्फईसारा गरिसकेको छ।
एक जाति अर्को जातिसँग नमिल्ने, एक क्षेत्र अर्को क्षेत्रसँग नमिल्ने र एउटा वर्ग अर्को वर्गसँग नमिल्ने प्रवृत्ति बढ्नथालेपछि, सरकार र राष्ट्रिय सेना बीच, राष्ट्रिय सेना र ब्रि्रोही सेना बीच, एक दल अर्को दल बीच, एउटा भातृसँगठन अर्को भातृसँगठन बीच र सत्तापक्ष सत्तापक्ष, सत्तापक्ष र प्रतिपक्ष बीच अनियन्त्रित शितयुद्ध चलि नै रहने हो भने के हुने यहाँको शान्तिप्रक्रिया र कसरी टार्ने मूठभेडका यी सम्भावनाहरुलाई - राता कितावहरुमा व्याख्या गरिने वर्ग सँर्घष्ा के यस्तै थियो - यस्तै थियो दुनियाले कल्पेको नयाँ नेपालको स्वरुप - 
युद्ध र प्रेममा सबै जायज हुने भएकाले १० वर्षो जनयुद्धका क्रममा मारिएका १३ हजारको शहादतलाई पनि नेपाली जनताले क्रान्तिको उपज ठाने, र पचाए। त्यसपछि मारिएका, बेपत्ता पारिएका, धम्क्याईएका, कुटिएका, पिटिएकाहरुको हिसाव आततायीहरुले दिनैपर्ने हुन्छ। फरक मत राख्नेहरुलाई सिद्धयाउँदै जाने नीति अवलम्वन गरिनाले यो ताजा परिस्थिति उत्पन्न भएको छ। क्रान्तिकारी भूमिसुधार अर्न्तर्गत जस्को जोत, उस्को पोत भन्दै अर्काको घरजग्गा कब्जा गर्नाले ठूला किसान, कर्मचारीमाथि दर्ुर्व्यवहार गरिनाले कर्मचारी, जवरजस्ती चन्दा असुल्नाले उद्योगी, व्यापारी, सत्यतथ्य लेख्ने पत्रकार लगायत मिडियामाथि हस्तक्षेप गर्नाले पूरै सञ्चार जगत, फरक मत राख्ने दलका नेता, कार्यकर्तालाई धम्क्याउने, पिट्ने र मार्ने गर्नाले पूरै राजनीतिक कर्मीहरु नै माओवादी बिरुद्ध खनिएका हुन्। उनीहरुको यो रवैया नै आज आफ्नै लागि अप्ठ्यारो सावित भएको छ। हिजो, राज्य बिरुद्ध हतियार बोक्दा गाउँ, वस्ती, शहरदेखि हिमाल, पहाड र तर्राईका जनताले उनीहरुको स्याहार(सम्भार गरेकै थिए। हतियार बिसाएर शान्तिप्रक्रियामा आएपछि पनि निर्वाचनमा भारी बहुमतले जिताएर जनताले ब्रि्रोहीहरुको सम्मान गरेकै थिए भने आफ्नो असक्षमता, अदूरदर्शिता एवं निकम्मापनको निम्ति माओवादीले त्यस्को दोष कसैलाई दिन नमिल्ने स्थिति सृजित भएको हो।
१० वर्षो जनयुद्ध यता, महान जनआन्दोलन यता, बिस्तृत शान्ति सम्झौता यता, संविधान सभाको निर्वाचन यता, राजतन्त्रको छिनोफानो यता र मुलुक सँघीय लोकतन्त्रमा प्रवेश गरे यता पनि मुलुक रक्तरञ्जित काण्डहरुले दग्ध छ। लासै लासको खात लागिसकेको छ। अराजकता, अशान्ति र अस्थिरताको नाङ्गो नाच नाचिएको छ। मुलुकमा दिगो शान्ति स्थिति बनाईराख्न विगतमा दलका नेता, कार्यकर्ता, नागरिक समाज एवं यो राष्ट्रप्रति प्रेम पाल्नेहरुले खेलेको भूमिका चिरस्मरणीय छ। आपसी द्वन्दले मुलुक त्राहीमाम् छ। अव यीमध्ये केही पनि हुनुहुन्न। सबैले बिर्सनर्ुपर्छ, त्याग्नर्ुपर्छ(आपसी द्वेश र होम्मिनर्ुपर्छ(राष्ट्रनिर्माणको महायज्ञमा। बितेका वर्षरुले जति आँसु दिए पनि, जति प्रताडना दिए पनि यो वर्षतमाम् नेपाली जनताको निम्ति सुखद् बनोस््। कसैको बुद्धिमा कीरा नसल्बलाउन्। घाम, सबैको ध्याम्पामा  लागोस्। सिलाएर राखून् सबैले(आफ्ना थुतुनाहरु। सबैले अभ्यास गरुन्(माना खाएर थानामा बस्न। कोही भाई नफुटून्। अगुल्ठो नठोसी आगो बल्दैन। एउटै सिरानी गरी सुतेपछि गोडा लाग्छ। आपसमा भौतिक आक्रमण नगर्ने, आपसी सम्वादद्वारा सबै हल खोजिने जस्ता विषयमा भएका ताजा सहमतिहरुमा बर्ेइमानीको पुनरावृत्ति नहोउन्। सेना समायोजन, स्र्रविधान लेखन र राज्य पर्ुनर्सँरचना लगायत मुलुकका अग्रगामी एजेण्डाहरु कार्यान्वयन गर्न राजनैतिक दलहरुलाई जनताले जुन ब्ल्याङ्क चेक प्रदान गरेका छन्, त्यसमा जति अङ्क भर्न चाहन्छन्(भरुन्(क्यास् गरुन् र नयाँ नेपालको गन्तब्यतर्फर्साईत गरुन्। यो अन्तिम वर्षहो। नयाँ बर्षे सबैको कल्याण गरोस। अस्तु।


0 comments:

Feeds Comments