Monday, June 29, 2009
0 अन्तरजातिय विभेद अन्त्य गरौं
अन्तरजातिय विभेद अन्त्य गरौ किनकि मान्छेमा एउटा ठूलो भयानक र
डरलाग्दो स्थिति भइसकेको छ। जातको नाममा पनि धेरै आन्दोलन भएको छ। के यो
सम्भव हो - सबै जातलाई बेग्लाबेग्लै राज्य दिन सकिन्छ, सकिदैन। वास्तवमा
एउटा भ्रम नै हो, म ठूलो जात र उ सानो जात भन्ने कुरिती हो। सबैको मेमोरी
पावर एकैनाशको हुन्छ। तर जसले राम्रँे वातावरणमा हर्ुकन्छ, बढ्छ उसको
विचार पनि राम्रो हुन्छ। त्यही खराब वातावरणमा कोही हर्ुर्किरहेको छ
भन्ने उसको विचार, व्यवहार सबै खराब भएको पाइन्छ। समाज मान्छेको लागि
एउटा ऐना जस्तो हो जसरी ऐनामा आप\mनो अनुहार हर्ेन सकिन्छ त्यसरी नै
समाजले खराबलाई राम्रँे र राम्रोलाई नराम्रँे बनाउन सक्छ। हामी सबैजना
एकछिनको लागि सोचौं किन मान्छेले मान्छेलाई घृणा र हेला गरिन्छ - किनभने
त्यो समाजमा मेरो मान, प्रतिष्ठा अरूभन्दा ज्यादै होस्। छुवाछुत गरेर
मानिस आफै एउटा घृणाको पात्र बनिरहेका छन्। आफूभन्दा साना जात जस्तै डोम,
पासवान, हजाम, लोहार, चमार, कुमार, मुसलमान लगायत जातको मान्छे सानो
जातको रूपमा आज समाजमा हर्ेर्ने चलन छ तर यो आफैमा एउटा गलत हो। हिन्दू
धर्मको कुनै किताबमा लेखिएको छैन कि ठूलो र सानो जात। तर भेदभाव भइरहेको
छ। हामी सबै एकै परिवारका सन्तान हौं, कोही ठूलो, कोही सानो छैन।
लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको छ ँमानिस ठूलो दिलले हुन्छ जातले
हुंदैन' हो यो कुरा एकदमै सही हो। रगत सबैको रातो नै हुन्छ। छाला पनि
हाम्रो जस्तो नै हो। के जन्मने बेला ब्रँम्हण, यादव, राजपूत लेखेको
हुन्छ, पक्कै पनि होइन। आज हाम्रो समाज शिक्ष्ँाको क्षेत्रमा पछाडि
परेकोले यस्तो अन्तरजातिय विभेद देखा परेको हो।
म सोध्न चाहन्छु ती ब्राम्हण वा आफूलाई ठूलो जात भनेर धाक लगाउने
व्यक्तिसंग- कहां लेखिएको छ - धर्म आप\mनो मन, बचन र कर्म अनुसार गरिन्छ
जबरजस्ती गराउन पाइदैन।
भनिन्छ- दया होइन उनीहरूलाई मांया चाहिन्छ, घृणा होइन उनीहरूलाई अवसर चाहिन्छ।
अवसर पाए जे पनि गर्नको लागि तयार नै हुन्छ। तर उनीहरूलाई सरकारले कुनै
किसिमको सहयोग उपलब्ध गराउन सकेको छैन। अलि भएको छ, त्यो सानो जातको
पाकेटमा जानुभन्दा अगाडि धनि वा सम्पन्न परिवारका व्यक्तिको हातमा गइ
हाल्छ । सानो भनेर उनीहरूको चित्त नदुखाऔं । भेदभाव सबैजना मिली हटाऔं
जस्ता नारा समाजमा घन्काउनु पर्दछ। आज विश्वको आंखामा बस्न सफल भारतका
ख्यात्रि्राप्त वैज्ञानिक एवं राष्ट्रपति डा. ए.पी.जे अब्दुल कलामलाइ लिन
सकिन्छ । त्यस्ता कयौं पटक मन्त्री बन्न सफल भारतका नेता रामविलास पासवान
र हाम्रै देश नेपालमा सफल राजनेता, कर्मठ इमान्दार नेताहरुलाई लिन
सकिन्छ।
यहां सबैले स्वतन्त्रतापर्ूवक बांच्न पाउनु पर्छ। कसैको धाक-धम्की देखि
डराएर बस्ने वातावरणले अझैं असहज खालको आन्दोलन निम्त्याउंछ । त्यसैले
जातिय नारा लगाएर दंगाफसाद फैलाउनुभन्दा सदभाव, प्रेम, स्नेह, विश्वासका
साथ सबैजना अगाडि बढे देश र समाज दुवैलाई फाइदा हुनेछ। -लेखक प्रगतिशील
भोजपुरी साहित्य परिषदसंग आबद्ध हुनुहुन्छ।
Tuesday, June 23, 2009
0 बिकृतर् इच्छाशक्ति र बीरबलको खिचडी
अकवर(विरवलको खिस्सा -किस्सा) हरुमध्ये यो खिस्सा निकै रोचक छ। विरवललाई
निचा देखाउन र हराउन जतिसुकै बुद्धि लगाए पनि विरवलको चतुर्याईँका अगाडि
अकवरको दाल नगलेका खिस्साहरु जनज्रि्रोमा झुण्डिएका छन्। माघको
ठिहिर्याउँदो जाडोमा पूरै रात पानीमा चोबलिएर बिताउँदा आफ्नो दरवारमा
बलेको बत्तिको न्यानोले रात काटेको उत्तर विरवलबाट सुनेपछि शर्त पूरा
नगरेको भन्दै अकवरले विरवललाई पुरस्कृत गरेन । त्यस्को मजा चखाउन विरवल
लामो समयसम्म अकवरको दरवारै गएन र बाँसको लिङ्गो गाडेर त्यसमाथि भाँडा
बसालेर खिचडी पकाएर आफ्नै घरमा बसिरहृयो। यो खिस्सा रोचक मात्र हैन,
मार्मिक पनि छ। टाढाको खोलासम्म अकवरको दरवार बाहिर बलेको बत्तिको न्यानो
कति पुग्यो होला र विरवलले माघे जाडोको रात काट्यो होला - विरवलले त्यसरी
चिसोरात काट्नसक्नुका पछाडि अकवरको दरवारमा बलेको बत्तिको उज्यालो नभै
विरवलभित्रको त्योर् इच्छाशक्ति थियो, जस्लाई अकवरले बुझ्नै चाहेन या
सकेन। यसरी, दूर खडा रहेको अकवरको दरवार बाहिर बलेका बत्तिको न्यानोमा
माघे जाडोका कठ्याँग्रिदो रात काट्ने विरवलहरु आज पनि हाम्रा समाजमा
मौजुद छन् र आफ्नो दरवारमा बल्ने बत्तिको न्यानोले कठ्याँग्रिदो रात
काट्ने विरवलहरुलाई सताउने त्यस्तै अकवरहरु आज पनि सामु छन्।
हिन्दी फिल्महरुमा टेन्सन लेनेका नहीँ, देनेका हैँ भनेर सिकाईन्छ ।
वास्तवमा हो पनि। नेपाली राजनीतिमा यो कहावत निकै फल्दो(फुल्दो छ। बिहान
आँखा उघारेदेखि चिम्म गरेर सुत्नेबेला नभएसम्म टेन्सनै टेन्सन लिएर के
गरी बाँच्ने - कहिले(कारोवारको टेन्सन। कसैलाई(नामको टेन्सन।
कसैलाई(दामको टेन्सन। टेन्सनै टेन्सन । आखिर के गर्ने यत्रा टेन्सनहरु -
प्रियजनहरुसँग टाढा रहनु। अर्काकोर् इशारा र दानापानीमा बाँच्नु(नाच्नु।
सत्ता(शक्तिमा नरहनु। रहे(जस् नपाउनु । ब्यापार, बिजनेसमा घाटा हुनु ।
आँटेको काम र ताकेको कुरो फत्ते नहुनु । खोजेको(चाहेको वस्तु नभेट्टाउनु।
के काम यस्ता टेन्सनहरु - जस्ले जानाजान हातमा आएको सत्ताको माछो
फुत्काउँछन्। जस्ले अग्रगामी परिवर्तनको निम्ति आफ्ना सम्पर्ूण्ा कुरा
गुमाएर पनि सुख पाउँदैनन्। जो खानु न पिउनु, पर्ुर्पुरोमा चिनु गरी
लेख्दै(कर्ेर्दै, लेख्दै(मेट्दै, फेरी लेख्दै आफ्ना निश्काम भावना,
स्वच्छ र निष्पक्ष बिचारहरु समाजका ती व्यक्तिहरु समक्ष पुर्याउँन
चाहन्छन्, जो ननिदाएर पनि निदाएको अभिनय गरिरहेका हुन्छन् र घरका
चेलीबेटीमाथि बिदेशी सेनाहरुबाट बलात्कार नभएसम्म सुति नै रहन्छन्। आखिर
केको निम्ति - यही कि, एकदिन यस्तो दिन पनि आउनेछ, जव उनीहरुले सोँचेका,
देखेका र अनुभव गर्न नपाएका हरेक कामकुराहरुसँग उनीहरुको साक्षात्कार
हुनेछ - या त्यसरी, जसरी दूर खडा अकवरको दरवारमा बल्ने बत्तिको न्यानोमा
विरवलले कठ्याँग्रिदो रात काटेको हुन्छ -
जो घरदेखि दूर, सात समुद्र पारी छन्, या आफ्ना मुटुको टुक्रा, मुटुको
धडकन, आँखाका नानीहरुलाई पर राखेर उनीहरुकै न्यानोमा बाँचिरहेका हुन्छन्।
कैयौँ दिनदेखि उनीहरु दिल खोलेर हाँस्नसम्म सकिरहेका हुँदैनन्। मानौँ,
हाँस्नै बिर्सर्ेेअनुहारको हाँसो र मुस्कानमा ती केही पनि हुँदैनन्, जुन
हुनर्ुपर्दथ्यो। जति खोके पनि विकृतर् इच्छाशक्तिले जिन्दगीलाई चलाउन
खोजिएकै कारणले यथार्थमा उनीहरु क्रितिम जिन्दगी जिईरहेका हुन्छन्।
छोराछोरीको पौरखको बयान गर्ने, गर्न नपाए खाना हजम् नहुने अभागीहरु
ठ्याक्कै एक यस्तो मोटरर्साईकल जस्ता हुन्छन्, जुन स्र्टार्ट त हुन्छ,
किन्तु पिकअपै लिनसक्तैन। आखिर त्यो जिन्दगी, के जिन्दगी, जसमा न कुनै
रौनक हुन्छ, न त कुनै मुस्कानै - तैपनि गुडेकै छ मान्छेका यी खटाराहरु ।
यही आसामा कि टाढा रहेका आफ्ना प्याराजनहरु एकदिन सबै एकत्रित हुनेछन् र
आपसमा हर्षा आँसु छ्यापाछ्याप् गरेर बिस्मातका दिनहरु भुल्नेछन्।
आउँदा पनि हतार, जाँदा पनि हतार गर्नुलाई हिन्दीमा आँधीका तरह आया और
तूफान की तरह गया भनिन्छ । त्यसरी नै आँधीको रुप धारण गरी मुलुकको
राजनीतिमा छाएका अग्रगमनका मुक्तियोद्धा माओवादीहरु जानेबेलामा पनि तूफान
खडा गरेर गएका छन्। कदाचित, उनीहरुले संविधान सभाको ऐतिहासिक निर्वाचनमा
नेपाली जनताले आफ्ना अपराध र गल्तीहरुको प्रायश्चित गर्न र आफ्नो हैसियत
प्रमाणित गर्न उनीहरुलाई दिएको विश्वासलाई जनताकै नसही माओवादकै मात्र भए
पनि गतिलो र्रर् इमान्दार्रर् इच्छाशक्ति बनाउन सकेको भए आँधीझैँ आएर
मुलुकको राजनीतिबाट तूफानझैँ फर्किनु किमार्थ पर्दैनथ्यो।
मुक्तियोद्धाहरुको दानापानी सकिएर हो वा उनीहरुमा विकृतर् इच्छाशक्ति नै
प्रवल भएर हो, स्वदेशी(बिदेशी प्रभुहरुको मेख् मार्नखोजिएझैँ गरी
महामुश्किलले हासिल भएको सत्ता(शक्ति त्याग्नाले मुलुकको राजनीतिमा आज
यतिबिध्न घिनलाग्दो र वाक्वाकीलाग्दो परिस्थिति पैदा भएको छ। हिजो, दशौँ
हजारलाई श्मशानमा पुर्याउनेगरी थालिएको जनयुद्ध र संविधान सभाको
ऐतिहासिक निर्वाचनमा जनताले गरेको बिश्वास आँधीको गतिमा आएर तूफानी गतिमा
सत्ताबाट बाहिरिनको निम्ति नभै यथास्थितिवादी(प्रतिगामीका हरेक
षडयन्त्रहरुलाई कुल्चदै मुलुकलाई स्पष्ट निकास दिनको निम्ति थियो। दिमागी
फ्यूजन या बिकृतर् इच्छाशक्तिकै कारण मुलुकमा यो कुदिन आएको भए पनि
जनताका दिनचर्या कटिरहेछन्। बिल्कूल त्यसरी, जसरी माघे जाडोमा अकवरको
दरवारमा बलेको बत्तिको न्यानोमा विरवलको रात कटेको थियो। जाउन् पनि आखिर
यी मुक्तियोद्धाहरु कहाँ जाउन् न्याय खोज्न - मत्स्यन्यायको दुनिया जो
ठहरियो।
अगतिलो र बर्ेइमानर् इच्छाशक्ति पाल्नेहरु सबै इतिहासमा खलपात्र बनेर
रहेका छन्। सयमा उनान्सय राम्रो र एउटै मात्र पनि नराम्रो भए पनि पतझडको
सिजनमा हावाले उडाएको पातझैँ त्योर् इच्छाशक्ति कता बेपत्ता हुन्छ, पत्तै
हुँदैन। महात्मा, बिदुर, सन्यासी, ध्यानी, ज्ञानी र तपश्वीका आ(आफ्नर्ैर्
इच्छाशक्ति। कर्मचारका आ(आफ्नर्ैर् इच्छाशक्ति। व्यापारी, उद्योगी,
किसान, मजदुर, रोजगार(बेरोजगार, सबैका आ(आफ्नर्ैर् इच्छाशक्ति। नेता,
कार्यकर्ता सबैका आ(आफ्नर्ैर् इच्छाशक्ति । हिरण्यकसिपुदेखि रावण,
कुम्भकर्ण्र्ाादुर्योधन, दुस्सासन, सकुनी, सबैका आ(आफ्नर्ैर् इच्छाशक्ति।
सबैका आ(आफ्नै दुनिया, सोँचाई, सपना र तानाबाना। सबैका आ(आफ्नै धून र
तन्द्राहरु। सबैका दिनहरु कट्छन््। रातहरु ढल्छन् । यही आसामा कि भोली
फेरी सूर्योदय हुनेछ। बिहानीको मन्द समीरमा चरीहरुको चिरविर सुनिने छ र
त्योसँगै नयाँ उमङ्ग र उल्लासका साथ एक नयाँ(ताजा जिन्दगी अपडेट हुनेछ।
नेताहरु अश्वासन बाँडिरहन्छन्। सपना देखाईरहन्छन्। कार्यकर्ताहरु त्यसमा
होष्टेमा हैँसे गरिरहन्छन्। लाटागाँडाहरु सुनिरहन्छन् मात्र। तर
टप्परर्टर्ुइँयाहरु तालि पिटिरहन्छन्। कोही जान्दैनन् कि उनका
बिधाताहरुका दर्ुगन्धित अश्वासनहरु भोली र्सार्थक हुन्छन्(हुँदैनन्।
उनीहरुले देखेका ती सपनाहरु भोली पर्ूण्ा हुन्छन्(हुँदैनन्। परन्तु,
बाँचिरहेकै हुन्छन्। किनकि, बाँच्नर्ैपर्छ। हाँसिरहेकै हुन्छन्। किनकि,
हाँस्नर्ैपर्छ। र नाचिरहेकै हुन्छन् । किनकि, लङ्गडाले रेस जित्ने यो
मुलुकमा डुँडे नै भए पनि खुट्टा उचाली उचाली नाच्नैपर्ने हुन्छ। यही
आसामा कि एकदिन यस्तो समय पनि आउनेछ, जव नेताहरुले बाँडेका अश्वासन,
देखाईएका सपनाहरुसँग उनीहरुको मुलाकात हुनेछ र जिन्दगीको रेस जितिने छ।
यो समाजमा मौजुद पृथक पृथकर् इच्छाशक्तिहरुकै कारण यहाँ कहिल्यै, क्यै
हासिल भएन र हुँदैन पनि। राजनीतिक दलहरुदेखि दलका नेता( कार्यकर्तासम्मका
पृथक पृथकर् इच्छाशक्तिले गर्दा आम जनताले जितिसकेको बाजी हारेको छ र
हार्नेहरुका हातमा ती सबैथोक परेका छन्, जस्को चाहना सबैमा हुन्छ। एकपछि
अर्को सहमति(सहकार्यर्(इमान्दारीताका धरोहरहरु तोडिदै छ र मुलुकमा
राजनीतिको फ्ल्यासब्याक देखापरेको छ । गुटवन्दीका रुपमा देखापरेको यी
पृथक पृथकर् इच्छाशक्तिहरुले मुलुकलाई विभाजनतर्फधकेलिरहेको त छँदैछ। यो
बाहेक, जुन हिसावसँग यहाँ मानिसहरु आफुमा निहित बिकृतर् इच्छाशक्तिले
दल(गूट(समूह, समाज वा पूरै मुलुकै हाँक्नखोजिरहेका छन् मुख्य चासो र
चिन्ताको विषय यो हो। मुलुक हाँक्ने यी मोराहरुलाई थाहै छैन। इतिहासमा
अटाउन केवलर् इच्छाशक्ति मात्र हैनर्,र् इमान्दारीता र नैतिकता पनि
चाहिन्छ। बिकृतर् इच्छाशक्तिकै कारण मुलुकमा आज गणतन्त्र, सँघीयता र
बिखण्डनको बेमौसमी आँप पाकेको र खुलेआम यस्कै चीरहरण हुनाका खाँट्टी कारण
माओवादी, नेपाली काँग्रेस, एमाले तथा मधेसवादी जस्ता गणतन्त्रवादी दलहरु
लगायत अन्य राजावादी दलहरु तथा तिनका नेता(कार्यकर्ताहरुले पालेका बिकृत
र पृथकर् इच्छाशक्तिहरु नै छन्, जस्लाई मेट्न यहाँका मानिसहरुलाई
शताब्दिभन्दा बढी समय लाग्नेछ। कतै, हामी आफुभन्दा टाढा टाढाको कुनै
मायावी वस्तुको उज्यालो र त्यसको न्यानोमा आफ्नो जिन्दगीको खटारा
गुर्डाईरहेका त छैनौ पाठक - बिल्कूल त्यसरी, जसरी विरवलले टाढा बलेको
बत्तिको न्यानोले पूरै चिसोरात काटेको थियो - कतै हामी आफ्नो पहुँचभन्दा
निकै टाढाको कुनै स्वप्निल, काल्पनिक या मायावी वस्तुको चक्करमा अफिस,
स्कूल, कलेज, क्याम्पस, गोष्ठी, सेमिनार, भोज, भत्तेर, बाटाघाटा, सभा,
जुलुस, बन्द र जामहरुमा पाईलैपिच्छे ठक्कर खाईरहेका त छैनौँ पाठक - दूर
बलिरहेकोे बत्तिको कति न्यानो तपाईसम्म आईपुग्ला र चिसोरात काट्नुहुन्छ -
अथवा भनौँ(बाँसको लिङ्गोमा आगोको राप् कहिले पुग्ने र हामीले पकाएको
खिचडी पाक्ने पाठक - अस्तु।
Thursday, June 18, 2009
0 दक्षिणी सीमाका नागरिक र गौरवमय नेपाली सेना
भारतीय सरकारी भक्षकहरूबाट १५ जना कलिला युवतीहरू दिनदहाडै वलात्कृत
भएका छन्। र, करीव ६ हजारजना राप्ती पारी र वारा जिल्लाको दक्षिणी
सीमाबाट विसथापित भई सदरमुकाम वरपर आएका छन्। कतिपय चेलीहरू छोरी
वुहारीहरू दिनदहाडै आफ्नै सासु-ससुरा र लोग्नेको अगाडिको नाङ्गै पारिएर
वलात्कृत भएका छन्। ती सरकारी भक्षकहरूको यस्तो जघन्य अपराधहरू नेपालमा
धेरै चोटी धेरै ठाउंमा क्रमश हुँदैं नआएका होईनन्। तर, कोईलावास, दशगजा र
अन्य स्थानबाट यिनको घरमा आगो लगाई झोला-झ्याम्टा र खानपानसमेत लुटपाट
गरी लखेट्ने काम हुँदा हाम्रा र्सवहारावादी नेताज्यूहरू मन्त्री को हुने
र कसले नेतृत्व गर्ने होडमा तछाड र मछाड गरिरहेका छन् । मधेशीको अधिकारको
ठेक्का लिएको मधेसी फोरम त 'तँ मन्त्री हुने कि म मन्त्री हुने' भन्ने
होडमै फुट्को संघारमा पुगीसकेको छ।
भारत सदिच्छा नै हो- माथिको आदेशानुसार नेपालको सरकारलाई सदैव अस्थिर
तुल्याईरहनु अर्थात तलबाट कन्याउदै मुटु-कलेजो लुछ्नु। सिक्कीमलाई उस्ले
यसै गर्यो, भुटानमा त्यही भईरहेको छ। अर्थात उसले साना मुलुकहरूलाई कमजोर
तुल्याईरहनेक्रममा 'आकाशमा चील आयो, सावधान भन्दै' तलबाट चल्लाहरूलाई
चिल्लीविल्ली पार्दछ। फलतः अघिल्लो गिरिजा सरकार हुँदा सुस्ताको १४ हजार
जमिन भारतबाट अतिक्रमण भएको थियो भने त्यसपछि माओवादीसंग शान्ति
प्रकृयामा हस्ताक्षर हुनासाथ पर्ख र हेरको दाऊमा ऊ मौन बस्यो। अहिले
माओवादी सरकारलाई कम्युनिष्ट नै उचालेर भत्काई उसले नै यहाँ अस्थिरता
श्रृज्याएको छ। र, यस धमिलो पानीमा गौडागौडाबाट बसेर नयाँ-नयाँ दाऊ
लगाउने चेष्टामा ती बल्लभभाई पटेलहरू तम्तयार छन्। त्यसैगरी भारतकै
कारणले नेपाल भूमिमा साम्प्रदायिक हिंसाको मैदान हुने सम्भावना बढ्दै
गएको छ। जवकि मधेशलाई च्यातेर तान्न नेपालमा आगो लगाई एक मधेश एक
प्रदेशको घीऊ र्छर्किदिएको छ भने यता विभिन्न अपराधी समुह तथा लिम्वुवान
र खुम्वुवानका नाममा चल्ने केही तत्वहरूलाई हतियार विक्रि गरिरहेको छ।
त्यस्ता अपराधीहरूले नेपालमा अपराध गरी उसकै भूमिमा सुरक्षा पाईरहेका
छन्।
फेरि यो सुध एण्ड पावर कम्पनीले हाम्रा मिडिया र प्रत्यक्षदर्शीहरूकै
अगाडि नेपालीलाई सिधै ढाँट्दैछ, जुन हाकाहाकी कुटनीतिक दादागिरी हो।
अर्थात यसलाई, कमजोरसंग लुटेर 'लुटेँ भने लुटेँ लुटेँ, के गर्छस् -'
भन्दै उल्टै थप्पड हान्ने मुन्द्रे दादागिरी भन्दा फरक पर्दैन । दुधको
साक्षी विरालो भने झैं सोही झुठ्मा हाम्रा गोविन्द कुसुमहरू साक्षी
बक्दैछन्। जवकि, कुटिएर, चुटिएर, लखेटिएर, बलात्कृत भएर रगत चुहाउँदै
दाङ, देऊखुरी र नीजगढ, पथलैयातिर आउनेको भिड् अहिले पनि जो-कोहीले
देख्नसक्छ, तिनको दर्दलाई सजिलै मनन गर्न सकिन्छ। यस अर्थमा यी उपल्ला
थरीहरू झुठ्, वर्ेइमानीसहितको पण्डित्याईं गर्दै तिनै पुराना मालिकको
पाऊमा लम्पसार छन्, भन्नै पर्दछ। यसरी पटकपटक अतिक्रमण भईरहँदा नेपाली
नागरिक र वालवालिकामाथि यस्ता वितण्डा मच्चिईरहँदा यतिवेला यी नेता तथा
सीमा रक्षक नेपाली सेनाहरू फुलीकै लर्डाईमा सिंहदरवार र भद्रकालीको चार
दिवारभित्र निदाईरहेकै छन् भन्नु पर्दछ। परमाधिपति राष्ट्रपति भने कानमा
ठँेडी हालेर शितलीटीभित्र मस्त आराममा छन्।
यता यो हिलाम्मे दहमा हाम्रो राजनेताहरू एकआर्कालाई हिलो छ्यापाछ्याप
गर्न तत्पर छन्। तर राष्ट्रियता बचाउने महान कार्यमा भने राष्ट्रको करमा
अघाउनेहरूको यतिवेला पद जाने डरले धोती-कन्दनी खुस्किरहेकेा छ। र,
गठवन्धनकारी सरकार सीमा क्षेत्रका नागरिकहरूको पीडामा थाहा पाउँदैं
नपाएजस्तो गरेर मौन बसेको छ। नेपालको क्षेत्रफलको हिसाव किताव मिलोस् या
नमिलोस्, त्यसप्रति कुनै सरोकार छैन, वरू कुन मन्त्रालय कस्ले
उछिट्ट्याउने जोड-घटाउमा छन्, यिनीहरू। जसो भए होस्, काजविनाका यी
राजनेताहरूलाई दक्षिणी क्षेत्रका ती उत्पीडित र दलितहरू मान्छे जस्तै
नलागेको पनि होला। अथवा ती मान्छेभन्दा कर्ुर्सर्ीीरिद्-विक्री गर्ने
सिंहदरवारका पुराना दलालहरू नै तिनलाई प्रीय लागेको पनि हुनसक्छ। मुख्यतः
हाम्रेा गरिमामय पार्टर्ीीमालेका केही पदलोलुप नेतासमेत सत्ताको मातमा
त्यही गन्धे दहमा मुख जोत्न रति हिच्किचाएका छैनन्। सत्य यही हो।
विदेशर्ीर् इशारामा पर्रि्रेरीत मानवअधिकारवादी कम्युनिष्टहरूलाई भने
उदण्ड भारतीय सरकारी भक्षकहरूले हाम्रा नेपाली दाजुभाई, दिदीवहिनीमाथि
दिनहुँ आक्रमण गर्दा र हाम्रा चेलीमाथि आफन्तकै अगाडिर् इज्जत लुटिँला यो
उत्पीडन मानवअधिकारको सवाल भएकै छैन। बरू यी अंग्रेजी पदौरे कम्पनीहरू
एउटा-एउटा गैरसरकारी अखडामा बसेर अन्तर्रर्ााट्रय प्रेाटोकलको वकालत
गरिरहेका छन्। ती प्रोटोकल र सन्धि-सम्झौतामा बारा, दाङ, कोईलावास,
सुस्ता, दसगजा, कालापानी कहाँ पर्छ भनि खोजीरहेका छन्।
प्रश्न यहाँनिर हो - यी अधिकारहरू मानवका अधिकारवादीकी, नयाँ अंग्रेजका
पुजारी - यी नेता-सभाषद् जनताका प्रतिनिधि कि, सत्ताका दलाल भईरहने -
हाम्रा परमाधिपति राष्ट्रको परमाधिपति की पदको परमाधिपति -- वास्तवमै ती
मानवअधिकारवादी हुन् भने पीडितहरूको पक्षमा उभिन चुक्नु हुँदैन। जनताका
प्रतिनिधि हुनेले यो जटील घढीमा सत्ता-स्वादलाई त्याग्दै ती नागरिकहरूको
रक्षा गर्नै पर्दछ। राष्ट्रकै परमाधिपति हुँ भन्नेले पनि सेनाको फुली
जोगाउन चै बढो चिन्तित हुँदा बारा र कोईलावासका नागरिकहरूको पीडामा तमासा
मात्र हर्ेन हुँदैन। उनले भारतसंग बोल्नै पर्दछ। अनि हाम्रो गौरवमय छवि
भएको सेना ! ....यो सेना जनताको हो की परमाधिपतिको - राष्ट्र र नेपाली
जनताको हो भने राष्ट्रिय सीमामा अतिक्रमण भईरहँदा किन तै चुप मै चुप् छ -
ती कोईलावासी थारू र दलितहरूको सुरक्षा दिन किन कानमा तेल हालेर
बसीरहेका छन्, यी छविलालहरू - ऐतिहासिक छवि बोकेको यो सेनाले यदि सीमा
सुरक्षा दिन सक्दैन भने यो गौरवशाली न कहिलै थियो न त हुनेछन् भन्ने
स्वतः स्पष्ट हुन्छ। यस्तै छ यहाँको चलन।
Sunday, June 14, 2009
0 किन यस्तो हुन्छ संचार क्षेत्रमा
पत्रकारलाई राज्यको चौथो अंग भनिन्छ तर आप\mनो काम कर्तव्यबाट विमुख
भएका केही पत्रकारहरूले गर्दा पत्रकारिता जगत बदनाम हुन पुगेको छ। संचार
संस्थालाई एउटा मन्दिरको रूपमा लिने गरिएको छ तर सो संस्था भित्रका
व्यक्तिहरूले सो मन्दिरलाई अति नै दर्ूगन्धित बनाएको छ। वीरगंजका धेरैजसो
एफएम, रेडियो, पत्रपत्रिका यस्ता पनि छन् जोकि कडा परिश्रमका साथ काम
गराउंछन् तर आप\mनो पारिश्रमिक मांग गर्दा कानमा तेल हालेर बसेको जस्तो
गरिएको पाइएको छ। नेपाल सरकारले अधिराज्यभरि श्रमजीवी पत्रकारहरूको
पर््रवर्द्धनको लागि वैशाख १ गतेदेखि श्रमजीवी पत्रकारहरूको हकमा श्रम ऐन
लागू गरेको पाइएको छ तर वीरगंजमा श्रमजीवी पत्रकारहरूको हकमा यो
निर्ण्र्ााे अझैं पनि कार्यान्वयन हुने मौका पाएको छैन। वीरगंजका केही
पत्रपत्रिका, एफएम, रेडियोमा कार्यरत रहेको कर्मचारीहरूको अवस्था यस्तो
रहेको छ जो कि नियुक्ति त कता हो कता संस्थाको परिचय पत्र समेत दिने
गरिएको छैन। यहांका संघसंस्थामा पीडित धेरै कर्मचारीहरू रहेका छन्।
कसैलाई क्याम्पसको फि तिर्नुछ, त कसैलाई रूम भाडा तिर्नुछ, कसैलाई
टेलिफोन, बत्ती लगायत अन्य काममा खर्च गर्न आवश्यकता परेको बेला पैसा
नपाउने यो कतिको उचित कुरा हो त - संचार भनेको पूल हो जस्को काम सूचनालाई
जस्ताको त्यस्तै प्रवाह गर्नु हो तर नेपाली संचारको हकमा यो मान्यता लागू
हुन सकेको छैन। जनताले नेपाली संचारलाई विश्वास गर्न सकेका छैनन्। वीरगंज
संचार संस्थाका बारेमा लेख्दा अरू संस्थाका व्यक्तिहरू नै झैझगडा गर्न
तयार हुन्छन्। संचार संस्थाका बारेमा नेपाल पत्रकार महासंघलाई सूचना
दिंदा महासंघले उल्टै सूचना दिने व्यक्तिलाई नै दोषी ठहर्याएको गुनासो
उठेको छ। आगामी दिनमा संचार संस्थाको अवस्था कस्ले बुझ्ने त - यदि यसो
रह्यो भने भोलिका दिनमा संस्थामै ठूलो बज्रपात नहोला भन्न सकिन्न।
Thursday, June 11, 2009
0 आखिर पानीहरु किन चल्दैनन् ?
अन्ठाउन्न सालको जनगणनाले नेपालमा २९ लाख -कूल जनसँख्याको १३५)
दलितहरु रहेको देखाएको छ, जसमध्ये दमै, कामी र सार्की बढी छन् । राज्य र
यहाँको धर्म, सँस्कृति र परम्परागत मूल्य(मान्यताले विगतमा यी जातीहरुको
उत्थानको निम्ति केही पनि गरेनन् । बरु छुवाछुत र जातीय भेदभावलाई नै
बढावा दिईरहे । परन्तु, बदलिँदो जमानासँगै दलित वर्गको उत्थानको निम्ति
राज्यले आज जे जति गर्दैर्छ, त्यसबाट दलितहरुले उनीहरुको उत्थानको निम्ति
राज्यले केही पनि गरेन, भेदभाव वा काखा(पाखा गर्यो भन्ने ठाउँ छैन ।
किनकि, दलित, आदिवासी, जनजाति, थारु, मधिसे लगायतका जातजातीहरुको विकास र
उत्थानको निम्ति राज्यले अरवौँ खर्चिरहेको छ । विगतमा यहाँको धर्म,
सँस्कृति र परम्परागत मूल्य(मान्यता तथा स्वयँ राज्यद्वारा नै आफुहरुलाई
पछाडि पारिएको अभियोग लगाउने दलित, आदिवासी, जनजाति, थारु, मधेसी लगायतका
वर्गहरु राजनीतिक सिद्धान्तका नाममा बिभिन्न दल र गूटहरुमा विभाजित
हुनाले यी वर्गहरु अझै पनि पछाडि नै परेका हुन् र त्यस्को जिम्मेवार पनि
उनीहरु आफैँ हुन् । किनकि, राजनीतिका नाममा उनीहरुभित्र बिभिन्न जुन
किसिमका मतमतान्तरहरु छन्, भागबण्डाका कुराहरुमा उनीहरुको आपसी हानाहान र
मारामार छ, त्यस्ले निर्धारित समयमा सिद्ध्याउनुपर्ने दलित उत्थानका कुनै
पनि कार्यक्रमहरु सिद्ध्याउन सक्तैनन् र हेर्याहेर्यै हुनेगरेका छन् ।
युगौँदेखि पिछडिएका दलितहरुको उत्थान जस्सरी पनि हुनर्ैपर्छ, यो
तथ्य त बुझिन्छ, बुझ्नु पनि पर्छ । तर दमैलाई पञ्चेबाजा नै बजाउनुपर्ने र
लुगै सिउनुपर्ने कारण के छ - कामीलाई आरन र खँलाति नै मनपर्नुको कारण के
छ - र सार्कीलाई सिनो तथा छाला सम्बन्धी काम नै मनपर्नुको गाँठ्ठी कारण
के हो भन्ने तथ्य बुझ्न गाह्रो छ । अन्य विकल्प हुँदाहुँद दलित उत्थानको
नाममा राज्यले दिएको बजेटलाई दमैको निम्ति पञ्चेबाजा, बुट्टा भर्ने, लुगा
सिउने, कामीको निम्ति आरन तथा रोलगोल्ड -पित्तलको गहना) बनाउने र
सार्कीको निम्ति छाला र जुत्ताकै कार्यक्रम रोजिनुको प्रेरक तत्व के छ,
बुझ्न सकिँदैन । के दलितहरु यी सबै त्यागेर अन्य कुनै पेशा अपनाउन
सक्तैनन् - प्रश्न उठ्नसक्छ कि दलितहरुले यी सबै गर्नछाडे भने यी सबै
गर्छ कस्ले - गर्छ । आवश्यक परेपछि सबैले गर्छन् । सार्कीहरुले गाउँको
सिनो नउठाउँदा अरु गाउँलेहरुले उठाउन हुँदैन - सिनोका कारण फैलिने
रोगब्याधीबाट मर्ने डर भएपछि सार्की बाहेक अन्य जातजाती सबैले फाल्छन् ।
ज्यानको माया कस्लाई हुँदैन - शताब्दियौँदेखि उनीहरुका पिता(पर्ुखाहरुले
गर्दै आएका यी पेशाहरु आजका प्रगतिशील उर्फअग्रगामी दलितहरुले त्याग्न
सक्तैनन् - यस्को च्याप्टरै क्लोज गरे हुन्न -
रुढीबादी एवं अति व्राहृमणवादी सँस्कारले गर्दा गाउँ, वस्ती तथा
पहाडहरुमा दलितलाई पानी(पँधेरोबाट बञ्चित गरिएको सुन्न(पढ्न पाईन्छ ।
दलित उत्थानका नाममा राज्यले खर्चिरहेको अरबौँको बजेटबाट दलितहरुले आफ्नो
निम्ति बेग्लर्ैर् इनार, धारा, कूवा बनाए हुन्न - क्षेत्री, व्राहृमणहरु
लगायत अन्य ठूलो जात भनौँदाहरुले खर्चेर बनाएका मठ(मन्दिरमा दलितलाई पूजा
गर्न नदिईएकोमा दलितहरुले आफ्नो अपमान भएको ठान्छन् । तर आफ्नो निम्ति
आफैँले त्यस्तो मठ(मन्दिर(गुम्वा र चर्चहरु बनाएर शानसँग पर्ुजार्(अर्चना
गरे हुँदैन - यो युगमा आएर कोही, कसैले, आफु दलित, पीडित भएको हिनताबोध
पाल्नु नै किन पर्यो - के जरुरी छ सधैँ आफुलाई दलित र पीडित ठान्न -
मन(बुद्धिबाटै यस्लाई निकालेर फ्याँकिदिए हुँदैन -
यहाँको राज्य, समाजिक सँस्कार र परम्परा जस्ता सबै कुराले दलितहरु
बिरुद्ध छुवाछुत तथा भेदभाव गरेको भन्ने लाग्छ भने दलितकै उत्थानका
योजनाहरु बनाउन आयोजना हुने गोष्ठी, सेमिनारहरु केवल औपचारिकतामै किन
सिमित बन्दछन् - दलित उत्थानका सहभागीहरु भत्ता र भात लुँड्याउँनासाथ
रफ्फु चक्कर किन हुन्छन् - दर्ीघकालिन योजनाहरु किन बनाउँदैनन् - जसले
दलित मात्र नभै समस्त पिछडिएका जातजातीहरुको उत्थान गर्ने च्याप्टर सदाको
लागि क्लोज गरोस । बारम्बार यो मुद्धा उठ्नुको पछाडि यहाँको राज्य कम र
यहाँको सामाजिक धर्म, सँस्कृति र कुरीति नै जिम्मेवार छन्, । जवसम्म
देखाउने एकथरी र चबाउने अर्कोथरी यो समाजका यी दर्ुइथरी दाँतहरु
झर्दैनन्, तवसम्म नै दलित मात्र हैन, पिछडिएका अन्य वर्गको समस्या पनि
जस्ताको तस्तै रहिरहनेछन् । एउटा मुखले हामी जातीय उन्मुक्तिका डिङ्
हाँक्छौ । त्यही मुखले हामी त्यो धर्मको वकालत पनि गछौँ, जस्लाई हाम्रा
धर्मशास्त्रहरुले निर्दिष्ट गरेका हुन्छन् । त्यस्को सानो दृष्टान्त यहाँ
दिईएको छ ।
व्राहृमण, क्षेत्रीले अपनाएको पेशा अपनाउने शुद्रको र्सवश्व हरण
गरी लखेटी दिनर्ुपर्छ -मनुस्मति(१०।।९६), साँझ(बिहान स्नान् नगर्ने शुद्र
हो -मनुस्मृति(२।।१०३), शुद्रलाई बुद्धि, धर्म, कर्मको उपदेश दिनु हुँदैन
-मनुस्मृति(४।।८०), शुद्रले गैर शुद्रलाई क्रूर बचन प्रयोग गरेमा त्यस्को
ज्रि्रो छेडिदिनर्ुपर्छ । किनकि, शुद्रको उत्पति नै जघन्य स्थानबाट भएको
हो -मनुस्मृति(८।।२७०), व्राहृमण वा कुनै गैर शुद्रको नाम लिने शुद्रको
मुखमा दश अंगूल लामो फलामको झिर तताएर झोसि दिनर्ुपर्छ
-मनुस्मृति(८।।२७१), अहङ्कारपर्ूवक व्राहृमणलाई धर्मको उपदेश दिने
शुद्रको कानमा उमालेको तेल हालि दिनर्ुपर्छ -मनुस्मृति(८।।२७२), गैर
शुद्रको शरिरमा हान्ने शुद्रको शरिरै काटि दिनर्ुपर्छ
-मनुस्मृति(८।।२७९), गैर शुद्रलाई हात वा खुट्टा उठाउने शुद्रको हात वा
खुट्टा, जे उठाएको हो, त्यही काटि दिनर्ुपर्छ -मनुस्मृति(२।।२८०), गैर
शुद्रसँग टाँस्सिएर बस्ने शुद्रको त्रि्राको मासु ताछेर देशै निकाला गरी
दिनर्ुपर्छ -मनुस्मृति(८।।२८१), घृणापर्ूवक गैरशुद्रलाई थुक्ने शुद्रको
ओँठ, मुख, लिङ्ग र गुद्धद्वारै काटि दिनर्ुपर्छ -मनुस्मृति(८।।२८२), रौँ,
दाह्री, गर्दन तथा अण्डकोष समात्ने शुद्रको हात काटि दिनर्ुपर्छ
-मनुस्मृति(८।।२८३), शुद्रलाई व्रहृमाले व्राहृमणको सेवाको लागि बनाएकोले
जसरी भए पनि शुद्रलाई आफ्नो दासै बनाएर राख्नर्ुपर्छ -मनुस्मृति(८।।४१३),
शुद्रलाई दासत्वकै निम्ति बनाईएको हुँदा त्यसबाट उस्ले छुटकारा पाउन
सक्तैन -मनुस्मृति(८।।४१४), शुद्र, व्राहृमणको दास र व्राहृमण त्यस्को
मालिक भएको हुँदा शुद्रको सबै सम्पत्ति व्राहृमणले हरण गर्नुपर्छ
-मनुस्मृति(८।।४१७), शुद्रको निर्वाह व्राहृमणबाट भएन भने क्षेत्रीको,
क्षेत्रीबाट नभए वैश्यको सेवाटहल गरेर गुजारा गर्नुपर्छ
-मनुस्मृति(१०।।१२१), व्राहृमणको सेवा गरेमा मात्र शुद्र र्स्वर्ग पुग्छ
-मनुस्मृति(१०।।१२२), व्राहृमणको सेवा गर्नु नै शुद्रको धर्म हो । त्यो
बाहेक उस्को सबै कर्म निष्फल हुन्छ -मनुस्मृति(१०।।१२३), जुठो अन्न,
च्यात्तिएको लुगा वा परालको ओक्ष्यान बाहेक शुद्रलाई केही दिनु हुँदैन
-मनुस्मृति(१०।।१२५), शुद्रलाई कुनै कुराको पाप लाग्दैन, न त धर्मको उसमा
अधिकार नै हुन्छ -मनुस्मृति(१०।।१२६), कमाउनसक्ने भए पनि शुद्रले धन
जम्मा गर्नुहुँदैन, किनकि, त्यो धनले व्राहृमणलाई दुःख दिन्छ
-मनुस्मृति(१०।।१२९) आदि आदि ।
जन्म जायते शूद्र, सँस्कार द्धिज उच्च्यते । वेदभ्यास भवेत व्रि्र,
व्रहृम्णो वोधती ।। जन्मदा शूद्र हुने र सँस्कार, वेदको अभ्यास र
विद्याबाट व्रहृमत्व प्राप्त भएपछि मात्र उसको जातिगत पहिचान हुने कुरामा
सहमत रहेको हाम्रा यी धर्मशास्त्रहरु दलितहरुप्रति यतिबिध्न किन आक्रामक
छ, बुझ्न अलि गाह्रो छ । दमैको किलामा बाँधिएको लाहुरी भैँसी हडप्ने
व्राहृमणवादी सोँचबाट जन्मिएकै कारणले यी शास्त्रहरु दलितहरुप्रति
आक्रामक भएका हुन् कि - बाहुनको मुख चोखो त यस्सै पनि छँदै थियो, दलितकै
एउटा समुदाय दमैको थुकलाई चोखो मान्नु र उसलाई अघि लाउनुको तार्त्पर्य के
हो - समाजकै नियतमा खोट् भएर हो कि - कानून बन्छर्(धर्मबाट । आधार
हुन्छ(सँस्कृति, परम्परागत मूल्य(मान्यताको । जस्तो धर्म, सँस्कृति,
मूल्य(मान्यता, कानूनको अनुहार पनि त्यस्तै हुन्छ । उसोभए, जातीय विभेद र
छुवाछुतका पछाडि कतै यहाँको धर्म, सँस्कृति, मूल्य र मान्यता त दोषि
छैनन् - अर्थात, खूद हामी, जो युगौँदेखि जातीय उन्मुक्तिको वकालत पनि
गर्दै आएका छौँ र प्रकृतिरुपी परमात्मा परमेश्वरको प्रसादस्वरुपको
पानीलाई बहिष्कार पनि गर्दैछौँ - कतै, हाम्रा यिनै देखाउने र चबाउने
दर्ुइथरी दाँतकै कारण यी सबै भैरहेका त हैनन् - यहाँको धर्म, सँस्कृति र
परम्परागत मूल्य(मान्यताका अस्सली चौकिदार त हामी आफैँ भएकोले यस्को दोष
पनि हामीले आफ्नै थाप्लामा थाप्नर्ुपर्छ ।
जातीय छुवाछुतको अन्त्यको निम्ति बाहुनको छोरोले दमै, कामी वा
सार्कीकै छोरी बिहे गर्नुपर्छ भन्ने छैन । जातीय उन्मुक्तिको निम्ति
दलितको भान्सामै गएर दलितले पकाएकै खानर्ुपर्छ भन्ने पनि छैन र दलितले
बाहुनको भान्सा छोएर यो क्यान्सर निको हुन्छ भन्ने पनि छैन । समस्या यसरी
हल हुँदैन । पानी(पँधेरो, मठ(मन्दिरको निम्ति आपसमा लडेर जातीय उन्मुक्ति
मिल्दैन । त्यसको निम्ति शिक्षा, चेतना या सभ्यता चाहिन्छ, जुन हामीभित्र
छँदा पनि छैन र हुन पनि दिईरहेका छैनौँ । समस्या यहीँनेर छ । एकथरी
आर्तनाद् गरिरहेका हुन्छन् कि मैले छोएको पानी चल्दैन । अर्काथरी छात्ति
ठोकेर भनिरहेका हुन्छन् कि तैँले छोएको पानी चल्दैन, जे गछौँ गर । आखिर
पानीहरु किन चल्दैनन् - गज्जव चल्छ । तर यहाँ कुरो पानी चलाउनु र
नचलाउनुमा मात्र सिमित छैन । यहाँ कुरो छ धर्मको । यहाँ झगडा छ आस्था,
मूल्य र मान्यताको । सवाल छ(थेप्चे, चुच्चे र डल्ले ती नाकहरुको, जस्लाई
हामी आफ्नो शान थान्दछौँ । जातजाती, धर्म, क्षेत्र, लिङ्ग, वर्ण्र्ााथा
सम्प्रदायका नाममा हामीलाई धर्मले घोँडा बनाएको र त्यसैमा हामी जस्ता
लट्टू घोँडाहरु पैँया ठोकिरहेछौँ । हाम्रो यो धूत्याईँ सरासर अपराध हो ।
जातीय उन्मुक्तिको निम्ति र्सवप्रथम पिछडिएका जातजातीहरु नै दलगत
गुटबन्दी र राजनीतिक स्वार्थबाट मुक्त हुनर्ुपर्छ । तव मात्र केही
हुनसक्छ । नत्र, कानूनले लौरो हल्लाउँदैमा र सिकञ्जा कस्दैमा मात्र
छुवाछुतको महारोगवाट समाज मुक्त हुनै सक्तैन र भेदभावका यस्ता द्वन्दहरु
समाप्त हुँदैैनन्, बरु बढ्दै जान्छ । अस्तु ।थ्यगच दचयधकभच mबथ लयत
कगउउयचत मष्कउबिथ या तजष्क imबनभ।
Monday, June 8, 2009
0 रून्छ मन सम्झनामा सम्झदा
आठौं स्मृति दिवसमा कसरी दिउ श्रद्धाञ्जलि, २०५८ साल जेठ १९ गतेको
दिनलाई सम्झनालाई सम्झदा नानाप्रकारका शंका, उपशंकाहरू खेल्ने गर्दछ
मनमा। सत्य, तथ्य के हो एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको
सरकारले आफनो कार्यकालमा दरबार हत्याकाण्डको पूनः छानिबन गर्ने भनी कुरा
उठाए त्यस प्रक्रियाको कदम चाल्ने अगावै सरकार अल्पमतमा परि नवौं महिनामा
नै ढलेकोले आम जनमानसलाई रहस्यताले झन् अन्यौलतामा तर्फधकेल्न पुगे।
संघीय लोकतान्त्रिक गणराज्यको द्वितीय नवनियुक्त सरकार नेकपा एमालेले
गणतान्त्रिक पद्धतिबाट २०५८ साल जेठ १९ गतेको अन्यौलतालाई कसरी हटाउने
हुन् त्यो आउने दिनले नै बताउनेछ।
प्रत्येक सालको आउने जेठ १९ गतेले जसरी राज्यलाई घचघचाइ पिरोली रहेका
छन्। यस विषम परिस्थितिमा जबसम्म सत्य, तथ्य बाहिर आउन सक्दैन तबसम्म
प्रत्येक देशवासीको दिलमा दरबार हत्याकाण्डले खुलबुली मचाइरहने छ।
वैज्ञानिक युगमा नेताहरूले उडी चन्द्रलाई भने झैं ठूलठूला कुराहरू
हांक्ने गर्दछन् तर यस भिषण हत्याकाण्डको बारेमा राजनीतिक पार्टीभित्रै
दर्ुइ मत जस्तो देखिएकाले कहिं दरबार हत्याकाण्डलाई राजनैतिक एजेण्डा
बनाइ आफनो दुनो सोझो गर्न त खोजीरहेका छैनन् यस्ता कुराहरू दिलमा खेल्ने
गर्दछ।
विश्वलाई चकित पारी ताण्डव मचाउने हत्यारा कहि आजाद पंक्षी झैं यस डाल र
त्यो डाल गर्दै घुमफिर गरीरहेका होलान्। गणतान्त्रिक सरकारले पुनः छानबिन
समिति गठन गरी गर्भमा रहेको सत्यलाई खोतली आम नेपाली जनताको हृदयबाट
शंका-उपशंकाहरू हटाउन आजको परिवेशमा अति खांचो छ। पर्ूव छानबिन समितिको
निर्ण्र्ााे जसरी युवराज दीपेन्द्रलाई नै दोषी ठहराएका थिए। विहेको
विषयलाई लिएर तर केही राजनीतिक पार्टीले यसमा प्रश्नचिन्ह खडा गरेर
राज्यलाई नै अन्यौलतातर्फ लगे। सत्य के हो - उनीहरूले नै जनतालाई न्याय
दिन सकेका छैनन्।
यस वैज्ञानिक युगमा मानवले प्रकृतिसंग रातदिन संर्घष्ा गर्दै जसरी
भूमण्डलमा ग्रहहरू पत्ता लगाए त्यसैको आधारमा आज हामीहरू हिंडिरहेका छौं।
मानिसले खोज्दा देवता भेटिन्छ भने गणराज्यको उदयमा नेतृत्वदायीले
त्यसप्रति किन कदम नचालेका हुन - यस्ता प्रश्नले गर्दा आम जनतालाई नै
नारायणहिटी राजदरबारको झझल्को सताउने गरेको छ। यदि कसैले आजको परिवेशमा
वीरेन्द्र संग्राहलयको भ्रमण गरेका छन् भने अवश्य नै उनीहरूको आंखा
रसाएका होलान्, कतिले त नारायणहिटी राजदरबारलाई हेरी राजा वीरेन्द्रको
परिवार बांचेकै होला भनेर मनमनै कुरा गर्ने गर्दछन्। दैवसंयोग २०५८ साल
जेठ १९ गतेको घटनाले सम्पूर्ण जगतलाई नै शोकाकूल बनाए। यस असामयिक
निधनप्रति सरकारबाट कुनै फूल अर्पण नगरेकाले आठौं स्मृतिमा कसरी गरू
श्रद्धाञ्जलि संघीय लोकतान्त्रिक गणराज्यको मुहार हेरी रून्छ मन सम्झनामा
स्व. वीरेन्द्रको परिवारलाई सम्झदा। -वीरगंज-१४
Thursday, June 4, 2009
0 भत्ताको लागि पत्रकारहरुबीच देखिएको हानाथापलाई त्यागौं
वीरगंज, २२ जेठ। नेपालको आर्थिक राजधानी वीरगंज अहिले बदनाम हुंदै
गइरहेको छ। लामो समयदेखि अपराधीहरूको विस्फोट झेल्दै आएको यस क्षेत्रमा
अहिले अपराधिक गतिविधि सेलाए पनि पत्रकारहरूले विस्फोट प्रारम्भ गर्न
सुरू गरेका छन्। वीरगंज नगरका व्यापारीहरू अहिले अपराधीभन्दा बढी कथित
पत्रकारदेखि त्रसित छन्। कमाउने लक्ष्य बोकी वीरगंज आएका
सुरक्ष्ँाकर्मीलाई सुराकी दिएर केही पत्रकारहरू अहिले कमाउन व्यस्त छन् ।
व्यापारीको पसल, गोदाममा गएर कथित पत्रकारले पहिले बार्गेनिङ गर्छन्,
कुरा नमिलेपछि प्रहरी लगाएर छापामारी गरी रकम असूल्ने गरेको एक
व्यापारीले बताए। भ्रमजीवी पत्रकारहरूको लागि समाचारभन्दा ठूलो कुरा पैसा
नै हो। वीरगंजमा यस्ता कथित पत्रकारहरूको संख्या बढ्दै गइरहेको छ ।
हिजो मात्र जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले नेपाल पत्रकार महासंघ
पर्साको सहयोगमा पत्रकारहरूलाई स्वास्थ्य सम्बन्धी विषयमा जानकारी गराउन
अभिमुखीकरण गोष्ठीको आयोजना गरेको थियो । कार्यक्रममा आयोजक संस्थाले
नेपाल पत्रकार महासंघलाई करिब ४० जना पत्रकारहरूलाई कार्यक्रममा सहभागी
गराउन आग्रह गरे पनि त्यहां ७२ जना भन्दा बढी पत्रकारहरूको उपस्थिति
हुंदा जनस्वास्थ्य कार्यालयका प्रमुखको निधारमा पसिना बगेको स्पष्ट
देखिएको थियो । तीन पटक जनस्वास्थ्य प्रमुखले ४० जनालाई खबर गर्नु
भनेकोमा यहां त ७२ जना पुगेछन् भनेको पनि सुनियो ।
गोष्ठी अवधिभरि हल्लैहल्ला भयो, वक्ताहरूले भनेको कुरा राम्ररी सुन्न
पनि सकिएन। प्रश्नकर्ताहरूमध्ये एकले मात्र जनस्वास्थ्य सम्बन्धी प्रश्न
राखे भने अधिकांशले कतिको बजेट आयो - कुन-कुन शिर्षमा खर्च भयो -
स्वयंसेवकहरूमा कति खर्च गर्नुहुन्छ भन्ने मात्र प्रश्न राखेपछि
जनस्वास्थ्यको गोष्ठी नै ओझेलमा परेको थियो। एक साप्ताहिकका प्रकाशक तथा
कार्यकारी सम्पादकले दैनिक पत्रिकालाई विज्ञापन दिनुहुन्छ - साप्ताहिकलाई
सौतेली व्यवहार गर्नुहुन्छ भनेर जुहारी खेल्न समेत भ्याए ।
कार्यक्रम पश्चात पत्रकारहरूमध्ये आप\mनो भत्ता छुट्ला भनेर निकै
तंछाडमछाड गर्न थालेको पनि देखियो । केहीले फोन गरी आप\mनो मित्रलाई
भत्ता लिन बोलाए भने सोही कार्यक्रममा एउटै संचारमाध्यमबाट ५ जनाभन्दा
बढी पुगेका पनि देखियो । सहभागीहरूमध्ये पत्रकारिता क्षेत्रभित्र नपर्ने
केही व्यक्तिहरू समेतको उपस्थिति रहेको पाइयो। भत्ते कार्यक्रमको यस
भीडलाई सहयोगी संस्थाको रुपमा आफूलाई प्रस्तुत गर्ने नेपाल पत्रकार
महासंघका केही पदाधिकारीहरू सो बखत आंखा लुकाएर सोही हलको एक कुनामा
लुकेर बसेको समेत देखियो । आयोजित गोष्ठी सभाहलको दृश्यको अवलोकन
गरीरहेका केही पत्रकारहरुले बारा जिल्लामा गोष्ठीको समयमा हरवाहा,
चरवाहालाई पत्रकार भनी उपस्थित गराउने परम्परा बसेको हुनाले नैं सो
जिल्लामा गोष्ठीका कार्यक्रमहरू बन्द भएको समेत बताए।
यदी वीरगंजमा पनि यस्तै रवैया रहने हो भने भोलिका दिनमा गोष्ठी,
अन्तरक्रिया, सेमिनार जस्ता भत्ते कार्यक्रम हुन् अथवा दिवा, रात्रि
सुरुचि भोजकै कार्यक्रम किन नहोस्, सो कार्यक्रममा सुरक्ष्ँा व्यवस्था
मिलाएर परिचय पत्र हेरेर जेनुन पत्रकारको उपस्थितिलाई मात्रै हस्ताक्षर
गर्ने अवसर आयोजक संस्थाले दिनुपर्ने हुन्छ। जुन अति लाजमर्दो कुरो हो।
यस्ता कुराहरुमा पत्रकारहरुको विशाल छाता संगठन नेपाल पत्रकार महासंघले
पनि ध्यान पुर्याउन जरुरी रहेको आभाष हुन थालेको छ ।
0 प्रसंग हाम्रो राष्ट्र नेपालको
दलगत राजनीतिमा जनता दलको हुन्छ राष्ट्रको हुंदैन। यहां राष्ट्रिय
राजनीतिमा देशमा विपक्षीहरूको विदेशी प्रभाव बलात्कार, हत्या, लुट आतड्ढ
एवं दमनकारी नीतिले सम्पूर्ण नेपाली जनतामा अहिले प्रश्नवाचक चिन्ह खडा
गरेको छ। आदरणीय जनसमुदाय मेरो यो विचार क्रमशः पढ्ने, बुभ\mने प्रयास
अवश्य नै गर्नु हुनेछ भन्ने आशा र विश्वासका साथ शास्त्र अनुसार
सृष्टिबाट शुरू गरेर धार्मिक क्रान्ति, राजनैतिक क्रान्ति, शैक्षिक
क्रान्ति ल्याएर समाजका विकृति र विसङगतिमा आमुल परिवर्तन गर्छर्ाा
अन्तमा कृषिमा क्रान्ति गर्दै आर्थिक क्रान्ति सम्मको बाटो तय हुन्छ
भन्ने जगजाहेर गराउन चाहन्छु। किनकी हाम्रो सभ्यता, संस्कृतिको मूल्य र
मान्यता अनुसार हाम्रो नेपालको हिमवत खण्डबाट विश्वको सभ्यता र संस्कृति
फष्टाएको छ यसैले हामीबाट विश्व हो विश्वबाट हामी होइनौ, यदि हामी यसरी
सोच्दैनौ भने यो हाम्रो अध्ययनको अभाव र समझको फेरी मात्र हो। हाम्रो
देशका कर्ण्र्ाार हाम्रो युवा पिढी कता गइरहेको छ - त्यता पनि म सम्पूर्ण
अभिभावकहरूका ध्यान आकर्षा गराउन चाहन्छु कि हाम्रो भावि सन्तति के कुनै
राजनीतिक दलहरूको त सावित भैरहेको छैन्न् यदि यसो छ भने अविलम्ब रोक्न
सक्नु पर्यो भोलीको स्वच्छ, अनुशासित मर्यादित र प्रगतिशील समाजको लागि
।
सृष्टि जननीबाट शुरू हुन्छ र प्रथम जननी पृथ्वी हो जसलाई मातृभूमिको
नामले पनि सम्बोधित गरिन्छ। दोस्रो सृष्टि वा जननी हामीलाई जन्मदिने आमा
हुन्। त्यसैले आमा अर्थात महिला नै सृष्टि हो आमानै सृष्टिका सम्बाहक
हुन।
शास्त्र अनुसार मातृ देवो भव, पितृ देवो भव, गुरू देवो भव वा आचार्य
देवो भव भनिएको छ। फेरी, गुरूब्रम्हा गुरूविष्णुः गुरूदेवो महेश्वर,
गुरूसाक्षात परब्रम्ह तस्मै श्रीगुरूवे नमः ।।
भनाइको तार्त्पर्य के हो भने मानिस जन्म लिनको लागि आफनो आमाको भ्रुणमा
जुन नौ महिनाको काल रात्री विताउंछ त्यो भन्दा ठूलो कालरात्री अथवा
कारागार यो संसारमा कुनै पनि हुन सक्दैन। बच्चा जन्म लिने वित्तिकै जुन
ऊंवा गर्छ त्यहांबाट नै मानिसको नैर्सर्गिक अधिकार "प्रजातन्त्र" शुरू
हुन्छ। अनि आमाले बच्चालाई स्तनपान गराउने देखी लिएर सम्पूर्ण
स्याहारसुसार, लालनपालन विस्तारै आफनो नैतिक मूल्यमान्यता अनुसार सभ्यता
र संस्कृति सिखाउंदै अगाडि बढाउन प्रयत्न गर्छिन्। जसले गर्दा आमालाई
"मातृदेवो भवः भनिएको छ। यस प्रकार बच्चाप्रति आमाको यति मनको लगाव वढदै
जान्छ र बच्चा यति न स्वतन्त्रतामा रमाइसकेको हुन्छ कि अब बच्चाले आमालाई
र्टर्ेन छोडि दिन्छ अर्थात आमाले खाने समयमा, पढने समयमा क्रमशः खाना खान
हिंड्, पढने बेलामा पढन जाउं भन्दा उस्ले विपरित ९ल्भनबतष्खभ धयचप० गर्छ
जस्तै पढ्ने बेलामा, खाना खानेबेला त्।ख्। हर्ेछ अनि यहांबाट आमाको काख
बच्चाको पहिलो पाठशाला समाप्त हुन्छ र आमा बुवातिर इशारा, गुहार गर्दै
भन्छिन्- हर्ेर्नुस तपाइको छोराछोरी मेरो कुरा मान्दैनन सम्हाल्नुस त्यस
पछाडि शुरू हुन्छ बुवाको कांध दोस्रो पाठशालाको रूपमा, बुवाले पनि आफूले
सकेसम्म आफनो सम्पूर्ण प्रयासबाट बच्चालाई आफनो पर्ूवजहरूको सदिऔं देखी
चलिआएको संस्कार, रीतिरिवाज धर्म, संस्कृति बोलीचाली आचार-व्यवहार आदि
सम्पूर्ण सिकाउने प्रयत्न गर्छ। यसप्रकार बुवा भरणपोषण, अध्ययन, अध्यापन
गराउने भएकोले सन्तानको प्रधान गुरू कहलाउंदै बुवाले आफनो सन्तानलाई
जुनसुकै आज्ञा देओस त्यसलाई सन्तानले आफनो पहिलो धर्म सम्झेर स्वीकार
गर्दै अक्षरक्ष्ँ पालन गर्नु पर्दछ भन्ने हाम्रो सनातन धर्ममा वेदको पनि
यहि नै निश्चित आज्ञा हो किनकी सन्तान बुवाको स्नेह, मांया, ममता,
करूणाको पात्र हुन् र बुवा आफनो सन्तानको र्सवस्व हुन। एउटा बुवाले आफनो
सन्तानको शरीर आदि सबै थोक दिन्छ। त्यसैले निसंकोच सदविचारले सन्तानलाई
बुवाले दिएको आज्ञा पालन गर्नु पर्दछ। जुन सन्तान आफनो बुवाले भनेको कुरा
मान्दछ त्यसको सारा पाप नष्ट भैहाल्छ किनकी गर्भाधान अथवा सीमनतोन्नयन
संस्कार द्वारा बुवाले नै सन्तानको उत्पति गर्छ। बुवाले नै पहिलो -प्रथम)
अन्न वस्त्र दिन्छ अध्ययन, अध्यापन र समस्त लोकव्यवहारको ज्ञान गराउंछ।
यस कारण बुवा नै धर्म हो, बुवा नै र्स्वर्ग हो, बुवा नै सवभन्दा ठूलो तप
हो। सन्तानको लागि बुवा प्रसन्न -खुसी) भएमा समस्त देवता पनि प्रसन्न भई
हाल्छ। सन्तानलाई के बुभ\mनु पर्छ भने बुवाले जे पनि भन्छ यो सन्तानको
लागि आर्शिवाद भइहाल्छ । यदि बुवा प्रसन्न भएर यदि आफनो सन्तानलाई
नमस्कार गर्छ भने यहां बुवा पनि समस्त पापबाट मुक्त हुन्छ। त्यसैले यो २१
औ शताब्दीमा हामीलाई त्यस्तो पात्र बनेर देखाउनु पर्छ। यसै सर्न्दर्भमा
हामी रूख विरूवाबाट अध्ययन गर्न सक्छौ कि रूखले पनि एक न एक दिन आफनो
साथमा रहेको फूल र फल समेतलाई छाडि दिन्छ तर बुवाले ठूलो भन्दा ठूलो संकट
परेको बेला पनि स्नेह, मांया, ममता र अगाध प्रेमको कारणले आफनो सन्तानलाई
छाडदैन र त्यसैले सन्तानको लागि बुवाको स्थान र्सबश्रेष्ठ हुन्छ। यसकारण
वेदमा पितृदेवो भवः भनिएको छ। अर्थात बुवा पनि देवता नै हुन् भनिएको छ।
प्रसंग गणेश संहीता, शिव महिमामा हेरौ, हाम्रा सनातन हिन्दू धर्ममा
र्सबप्रथम भगवान गणेशको पूजा हुन्छ। यहांसम्म आएर सन्तानको लागि बुवाको
कांध दोस्रो पाठशााला पनि समाप्त हुन्छ। यसपछि गुरू देवो भवः अव गुरू
पनि देवता हुन् भने तेस्रो पाठशााला सुरू हुन्छ। र यहांबाट गुरूको प्रसंग
शुरू हुन्छ अब आमाबुवा आफू राजा महाराजा, डाक्टर, इन्जिनियर आदि जे भए
पनि आफूले गुरूबाट नै ज्ञान पाएको हुन्छ र त्यस स्थानसम्म आफूलाई
उभ्याउने क्षमताको विकास, आफू भित्र छुपेर रहेको असिम ज्ञानको प्रष्फुटित
गराउन पनि गुरूको आर्शिवादले मात्र सम्भव भएको हुन्छ र आमा बुवाले यो
कुरा राम्ररी बुझेका हुन्छन् कि आफू जे जति ठूलो भए पनि विना गुरूको
ज्ञान हुंदैन, आफनो घरमा बच्चालाई कुनै पनि उपाधि म्भनचभभ दिन सकिदैन ।
त्यसैले आमा बुवा बच्चालाई पाठशाला मिा लगेर गुरूको जिम्मा लगाउंछन्।
गुरू भन्छन, गुरू त ब्रम्हा हुन् किनकी यो सृष्टिको रचैता मुल
सृष्टिकर्ता ब्रम्हा हुन् ब्रम्हाजी भन्नु हुन्छ, म गुरू होइन, गुरू त
विष्णु हुन् किनकी मेरो उत्पति विष्णुको नाभिबाट भएको हो र मलाई
ब्रम्हाण्ड बनाउने आदेश भो, मैले हां गरे, हो म बनाउंछु यतिकैमा भगवान
श्रीे हरि विष्णु अन्तरध्यान भए। त्यस पछि म सोचमा परे कि ब्रह्माण्ड
कसरी बनाउने कुनै पनि वस्तुको निर्माणार्थ वस्तु िचाहिन्छ यहां त केहि
छैन अर्थात दृश्य मैले स्वयम् निर्माण गर्नु पर्ने, यो जुन उपलब्ध छैन
अर्थात ल्यतजष्लन झउष्तथ शून्यबाट ब्रहमाण्डको निर्माण गर्नु पर्ने भो र
जसमा सम्पूर्ण बस्तु भेटियोस् यो सृष्टिको मानव जति विकसित भए पनि उसले
चाहेको कल्पना गरेको संकल्पबाट सो बस्तु पाउनु पर्ने, पत्ता लगाउन सकोस्
र अविष्कार गर्न सकोस्, यद्यपी यो सजिलो कार्य होइन । ब्रम्हाजी भन्नु
हुन्छ कि मैले सकिन र यसको -हां) दण्ड भनौ या प्रायश्चितको लागि कयौ हजार
वर्षतपस्या गर्नु पर्यो अनि मेरा तपस्याबाट मेरा पिता श्रीहरि विष्णु
प्रसन्न भएर प्रकट भए अनि मैले क्षमा याचना गरे त्यसपछि वहां
ब्रम्हाण्डको पूरा खाका ९ःबउ या ग्लष्खभचकभ० मेरो मगज मा सजाएर राख्नु भो
अनि म निमित्त साधन मात्र भए। वास्तवमा वहांबाट नै यो ब्रम्हाण्डको रचना
भएकोले म गुरू होइन गुरू त श्रीहरि विष्णु हुन्। यहां फेरी श्रीहरी
विष्णु भन्नु हुन्छ- म पनि गुरू होईन, गुरू त महादेव हुन्, पिता महादेव
भगवान श्री शिव हुन्। वहांको आदेश अनुसार मैले तिमीलाई माध्यम बनाएर यो
ब्रम्हाण्डको निर्माण मात्र गराएर, पालनपोषण सम्पूर्ण रेख-देेखको जिम्मा
लिए तर आफैले बनाएको यस ब्रहमाण्डमा आफै अल्झे, किनकी यहां दर्ुइथरि
सोचको विकास भयो। एउटा देवता, अर्को दानव। दुबै एक अर्काका बैरी, दुवैले
एक अर्काे संग ठूलो-सानो, राम्रो-नराम्रो आदिको लागि लडिरहने र त्यस
पश्चात म कहां आउने गर्थे, म पनि सत्य धर्म र न्यायको मार्गमा हिंड्ने
देवतालाई ठिक भन्दा दानवले मलाई छलिया, कपटि भनेर मृत्यृदण्ड आदि जस्ता
सजांय दिन्थे। दुबै मेरै सन्तति, जति सम्झाए पनि नबुभ\mने भएकोले हामीसंग
दर्ुइ नेत्र मात्र भएकोले सकेनौ। महादेवसंग त्रिनेत्र भएकाले वहांलाई
समस्या समाधान गर्न देवादिदेव पिता महादेवलाई पुकारथे अनि वहां नै यसको
समाधान गर्नु हुन्थ्यो त्यसैले गुरू देवो महेश्वर भनिएको हो । यहां अर्थ
आउंछ, महादेव भन्नु हुन्छ, म पनि गुरू होईन गुरू त साक्षात परब्रम्ह
तस्मै श्री गुरवे नमः।
गुरू जो कि ब्रम्हा विष्णु र महेश्वर भन्दा टाढा छन तर साक्षात भनेको
आमनेसामने भएर जो ज्ञान छरिरहेको हुन्छ। आपतविपत वा विभिन्न समस्याबाट
लडन सिकाइरहेको हुन्छ। ज्ञान छरिरहेको हुन्छ। जसको माध्यमबाट शिष्यले
हामीलाई अर्थात भगवानलाई चिन्दछ उनी नै वास्तवीक गुरू हुन्। त्यसैले गुरू
गोविन्द दोय खडे कसको लागु पाउं बलिहारी गुरू देव कि की गोविन्द दिओ
बताए। जुन गुरूले ज्ञानबाट शिष्यको मार्गदर्शन गर्छ। हृदय प्रफुल्लित
हुन्छ आत्म ज्ञानको धनि हुुन्छ वास्तवमा ति गुरू नमन अर्थात नमस्कार
प्रणाम साष्टाङ दण्डवत् अथवा चरण र्स्पर्सको अधिकारी हुन्छन्, किनकी यी
गुरूहरूको आशिर्वादबाट शिष्यलाई आफनो लक्ष्य सम्म पुग्न सहायक हुन्छ ।
यहां माता-पिता र सबै गुरू हुन,
असल गुरूको लागि फेरी अर्को प्रसंग छ।
ध्यानमूलम् गुरूमर्ुर्तिः पूजामूलम् गुरू पदम्
मन्त्रमूलम्ं गुरूवाक्यम् मोक्ष्मुलम् गुरू कृपा
शिष्य विधार्थीहरूले गुरूको स्वरूप आकृतिलाई सम्झेर अध्ययन, अध्यापन
गर्नुपर्छ। त्यस्ता गुरूको प्रत्येक साल गुरू पूणिर्माको दिन चरण
र्स्पर्स गर्नुपर्छ र आर्शिवाद लिनु पर्छ। गुरूले पढाएको वाक्यलाई मन्त्र
समान कहिले नविर्सिने गरी मन-मष्तिकमा राख्नु पर्छ ।
Tuesday, June 2, 2009
0 देश गरिबीको जालोमा, समाधानको दायित्व कस्को -
ँछोरा तं गएदेखि भाइ-बहिनीले भात, रोटी खान पाएका छैनन् । म स्कूलमा
दिउंसो लिटो पकाउन र भाडा माझ्न जान्छु। त्यहीबाट ल्याएको लिटोले
भाइ-बहिनीको सांस नौ महिनादेखि बचाएकी छु। तेरो बुवालाई औषधि गराउन लिएको
ऋण तिर्न नसक्दा एउटा भएको घरसमेत लिए उनीहरूले। अहिले जेठाजुको घरको
माथिल्लो बारीमा सानो झूपडी बनाएर राखेकी छु।'
माथि उल्लेखित भनाइहरू एक दुःखी आमाले परदेशमा रहेको छोरासंग फोनमा
कुराकानी गर्दाताकाको हो। आर्थिक संकटको सामना गर्नको निम्ति छोरा भारतमा
गएको केही दिनपछि आप\mनो आमालाई फोन गर्दा उनीहरूबीच भएको यो संवाद पढ्दा
सबैलाई निकै भावुक बनाउंछ होला। यो लेख २०६६ जेठ १७ गतेको दिन राष्ट्रिय
दैनिकको रूपमा स्थापित नयां पत्रिकामा छापिएको थियो। सो पत्रिकामा
लेखसहित एउटा बुढी आमैको निकै पीडादायी तस्बिर समेत छापेको थियो।
तस्बिरमा आमै आंखाभरि आंशु बोकेर टेलिफोनको रिसिभर हातमा लिइ परदेशका
छोरा चैतेसंग कुरा गर्दैछिन् । तस्बिरले चरम गरिबी झल्किएको छ ।
पत्रिकामा छापिएको त्यो लेख पढ्दा मेरो आंखा रसाएको थियो । मलाई निकै
भावुक बनायो त्यो लेखले पुस्तकालयमा बसेर पत्रिका पढ्दै गरेकोले मात्र म
मेरो आंखाको आंशुलाई नियन्त्रण गरे, नत्र टपलक्क खसीसक्ने थियो आंशु, यदि
म अन्यत्र भएको भए । यथार्थमै त्यो लेख पढ्दा जोकोहीलाई भावुक बनाउनेछ
जस्तो मलाई लाग्यो । त्यो लेखकै कारण म निकै भावुक भए र यसबारेमा केही
नलेखि बस्न सकिन। वास्तवमै त्यो लेखले नै यो लेखलाई उब्जाएको हो।
हाम्रँे देश अहिले चरम गरिबीको शिकार बन्दै गइरहेको छ। यसको मतलब यो
होइन कि यो देशभन्दा पहिला हाम्रँे देशमा गरिबी नै थिएन। गरिबी पहिला पनि
थियो र आज पनि छ। फरक यति मात्रै छ कि, पहिलाको तुलनामा अहिले गरिबी
बढ्दो छ। हामीलाई गरिब देशका धनी जनता भनेर पनि भनिने गरिन्छ। एक
दृष्टिकोणबाट यो भनाइ ठिक लागे तापनि अर्को दृष्टिबाट यो सान्दर्भिक
नरहेको प्रष्ट हुन्छ। गरिबीको समस्याले देशमा विकराल रूप लिंदै गइरहेको
छ। जहांतही भोकमरी, अभाव, खाद्य संकट लगायतका अन्य अवस्था सिर्जना भइ
जनमानसलाई निकै पिरोल्दै गइरहेको छ। कतिपय मानसिहरूलाई गरिबीको सामना
गर्नु परेकैले आत्महत्या गर्नु परेको छ। जुन कार्यलाई हामी तथा हाम्रँे
समाजले घृणित कार्यको संज्ञा दिएका छौं। गरिबीले नै हाम्रँे देशको
मृत्युदरलाई बढाएको छ। आखिरमा गरिबीको जालोमा अल्झेको छ हाम्रो देश।
हाम्रँे देशमा गरिबी अधिक मात्रामा रहेको छ भन्ने यथार्थ त हाम्रँे सामू
र्छल·ै छ। यसको मतलब हाम्रो देशको गरिबीलाई नहटाइने नै हो त - यदि हो भने
यो जिम्मेवारी कस्को हो त - के यो जिम्मेवारी सरकारले मात्र पूरा
गर्नुपर्छ त - यसको निर्मूल गर्नु अन्य व्यक्तिको दायित्व होइन त - यदि
यो समस्याको समाधानप्रति सबैको साझा दायित्व हो भने आखिरमा किन यसलाई
घटाउने प्रयास कहिं कतैबाट भएको छैन। समाज भनेको समाजकै भलाई निम्ति हुने
गर्दछ, चाहे त्यो जुनसुकै जातिको समाज होस। गरिबलाई सहयोग गरी उनीहरूलाई
गरिबीको जालोबाट निकाल्नु तपाई हाम्रै दायित्व हो। कोही चाहिं एक छाक
खानसम्म नपाउने, कोही चाहिं दिनको चारपटक नास्ता नै खाने। यो कस्तो
सिस्टम - के गरिबलाई खाना चाहिंदैन । के उनीहरू फलामले बनेका हुन्छन् -
यदि होइन भने खोइ उनीहरूले सहयोग पाएको -
गरिबीलाई हटाउने प्रमुख दायित्व सरकारको पनि हो। किनभने सरकार भनेको
सम्पर्ूण्ा देशवासीको अभिभावक हो। एउटा अभिभावक भनेको आप\mनो सन्तानलाई
सधै सुख तथा हांसीखुशी बांच्ने वातावरण निर्माण गर्नर्ुपर्छ। तर
दर्ूभाग्य भनौ वा दुःख हाम्रँे देशका अभिभावक भने आफ्ना सन्तानलाई सुख
दिन सकेका छैनन्। गरिबीलाई हटाउने जमर्को गर्नु त कता हो कता आ-आप\mनै
भागवण्डा मिलाउनमा व्यस्त छन्। दलगत स्वार्थले उनीहरूलाई निकै ग्रस्त
तुल्याएको छ। लाग्छ कुनै भयानक रोग लागेको छ र त्यही रोगसंग जुधिरहेका
छन्। नेताहरू जसलाई हामी सरकार मान्दछौं त्यही नेतागण अहिले हामी
नेपालीको दुःख पीडाबाट टाढा छन्। लाग्दछ, कि उनीहरूले गरिबलाई आंखा बन्द
गरी हेरिरहेका छन्। सरकारको रूपमा प्रतिनिधित्व गर्ने नेता तथा दलहरूबीच
राजनीतिक खिंचातानी गर्ने क्रम बढ्दो छ तर हाम्रा दलका नेताहरू भने
गरिबका पीडा ब्यथा जानेर पनि बुझ पचाइरहेका छन्। नत्र भने खोइ त गरिबी
हटाउने ठोस कदम चालेको -
गरिबीको दलदलमा फस्दै गरेको हाम्रँे देशमा यदि गरिबी हटाउने कुनै ठोस
कदम नचालिने हो भने देशको हालत विकराल बन्नेछ। देशलाई यस्ले विकास
तर्फहोइन विनासतर्फलाग्नेछ । भनिन्छ नि, देशका जनताको जीवनस्तर वृद्धि
हुनु भनेको देश विकास हुनु हो। त्यसैले पनि समाज तथा सरकारले यो विकराल
समस्या गरिबीलाई चांडै हटाउने प्रयास गरोस्, नत्र भने यसले एकदिन सबैलाई
गरिबीको भूमरीमा लग्ने निश्चित छ।
-वीरगंज-१९