Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Thursday, June 4, 2009

0 प्रसंग हाम्रो राष्ट्र नेपालको

-राजेन्द्रप्रसाद सिंह--------
दलगत राजनीतिमा जनता दलको हुन्छ राष्ट्रको हुंदैन। यहां राष्ट्रिय
राजनीतिमा देशमा विपक्षीहरूको विदेशी प्रभाव बलात्कार, हत्या, लुट आतड्ढ
एवं दमनकारी नीतिले सम्पूर्ण नेपाली जनतामा अहिले प्रश्नवाचक चिन्ह खडा
गरेको छ। आदरणीय जनसमुदाय मेरो यो विचार क्रमशः पढ्ने, बुभ\mने प्रयास
अवश्य नै गर्नु हुनेछ भन्ने आशा र विश्वासका साथ शास्त्र अनुसार
सृष्टिबाट शुरू गरेर धार्मिक क्रान्ति, राजनैतिक क्रान्ति, शैक्षिक
क्रान्ति ल्याएर समाजका विकृति र विसङगतिमा आमुल परिवर्तन गर्छर्ाा
अन्तमा कृषिमा क्रान्ति गर्दै आर्थिक क्रान्ति सम्मको बाटो तय हुन्छ
भन्ने जगजाहेर गराउन चाहन्छु। किनकी हाम्रो सभ्यता, संस्कृतिको मूल्य र
मान्यता अनुसार हाम्रो नेपालको हिमवत खण्डबाट विश्वको सभ्यता र संस्कृति
फष्टाएको छ यसैले हामीबाट विश्व हो विश्वबाट हामी होइनौ, यदि हामी यसरी
सोच्दैनौ भने यो हाम्रो अध्ययनको अभाव र समझको फेरी मात्र हो। हाम्रो
देशका कर्ण्र्ाार हाम्रो युवा पिढी कता गइरहेको छ - त्यता पनि म सम्पूर्ण
अभिभावकहरूका ध्यान आकर्षा गराउन चाहन्छु कि हाम्रो भावि सन्तति के कुनै
राजनीतिक दलहरूको त सावित भैरहेको छैन्न् यदि यसो छ भने अविलम्ब रोक्न
सक्नु पर्‍यो भोलीको स्वच्छ, अनुशासित मर्यादित र प्रगतिशील समाजको लागि

सृष्टि जननीबाट शुरू हुन्छ र प्रथम जननी पृथ्वी हो जसलाई मातृभूमिको
नामले पनि सम्बोधित गरिन्छ। दोस्रो सृष्टि वा जननी हामीलाई जन्मदिने आमा
हुन्। त्यसैले आमा अर्थात महिला नै सृष्टि हो आमानै सृष्टिका सम्बाहक
हुन।
शास्त्र अनुसार मातृ देवो भव, पितृ देवो भव, गुरू देवो भव वा आचार्य
देवो भव भनिएको छ। फेरी, गुरूब्रम्हा गुरूविष्णुः गुरूदेवो महेश्वर,
गुरूसाक्षात परब्रम्ह तस्मै श्रीगुरूवे नमः ।।
भनाइको तार्त्पर्य के हो भने मानिस जन्म लिनको लागि आफनो आमाको भ्रुणमा
जुन नौ महिनाको काल रात्री विताउंछ त्यो भन्दा ठूलो कालरात्री अथवा
कारागार यो संसारमा कुनै पनि हुन सक्दैन। बच्चा जन्म लिने वित्तिकै जुन
ऊंवा गर्छ त्यहांबाट नै मानिसको नैर्सर्गिक अधिकार "प्रजातन्त्र" शुरू
हुन्छ। अनि आमाले बच्चालाई स्तनपान गराउने देखी लिएर सम्पूर्ण
स्याहारसुसार, लालनपालन विस्तारै आफनो नैतिक मूल्यमान्यता अनुसार सभ्यता
र संस्कृति सिखाउंदै अगाडि बढाउन प्रयत्न गर्छिन्। जसले गर्दा आमालाई
"मातृदेवो भवः भनिएको छ। यस प्रकार बच्चाप्रति आमाको यति मनको लगाव वढदै
जान्छ र बच्चा यति न स्वतन्त्रतामा रमाइसकेको हुन्छ कि अब बच्चाले आमालाई
र्टर्ेन छोडि दिन्छ अर्थात आमाले खाने समयमा, पढने समयमा क्रमशः खाना खान
हिंड्, पढने बेलामा पढन जाउं भन्दा उस्ले विपरित ९ल्भनबतष्खभ धयचप० गर्छ
जस्तै पढ्ने बेलामा, खाना खानेबेला त्।ख्। हर्ेछ अनि यहांबाट आमाको काख
बच्चाको पहिलो पाठशाला समाप्त हुन्छ र आमा बुवातिर इशारा, गुहार गर्दै
भन्छिन्- हर्ेर्नुस तपाइको छोराछोरी मेरो कुरा मान्दैनन सम्हाल्नुस त्यस
पछाडि शुरू हुन्छ बुवाको कांध दोस्रो पाठशालाको रूपमा, बुवाले पनि आफूले
सकेसम्म आफनो सम्पूर्ण प्रयासबाट बच्चालाई आफनो पर्ूवजहरूको सदिऔं देखी
चलिआएको संस्कार, रीतिरिवाज धर्म, संस्कृति बोलीचाली आचार-व्यवहार आदि
सम्पूर्ण सिकाउने प्रयत्न गर्छ। यसप्रकार बुवा भरणपोषण, अध्ययन, अध्यापन
गराउने भएकोले सन्तानको प्रधान गुरू कहलाउंदै बुवाले आफनो सन्तानलाई
जुनसुकै आज्ञा देओस त्यसलाई सन्तानले आफनो पहिलो धर्म सम्झेर स्वीकार
गर्दै अक्षरक्ष्ँ पालन गर्नु पर्दछ भन्ने हाम्रो सनातन धर्ममा वेदको पनि
यहि नै निश्चित आज्ञा हो किनकी सन्तान बुवाको स्नेह, मांया, ममता,
करूणाको पात्र हुन् र बुवा आफनो सन्तानको र्सवस्व हुन। एउटा बुवाले आफनो
सन्तानको शरीर आदि सबै थोक दिन्छ। त्यसैले निसंकोच सदविचारले सन्तानलाई
बुवाले दिएको आज्ञा पालन गर्नु पर्दछ। जुन सन्तान आफनो बुवाले भनेको कुरा
मान्दछ त्यसको सारा पाप नष्ट भैहाल्छ किनकी गर्भाधान अथवा सीमनतोन्नयन
संस्कार द्वारा बुवाले नै सन्तानको उत्पति गर्छ। बुवाले नै पहिलो -प्रथम)
अन्न वस्त्र दिन्छ अध्ययन, अध्यापन र समस्त लोकव्यवहारको ज्ञान गराउंछ।
यस कारण बुवा नै धर्म हो, बुवा नै र्स्वर्ग हो, बुवा नै सवभन्दा ठूलो तप
हो। सन्तानको लागि बुवा प्रसन्न -खुसी) भएमा समस्त देवता पनि प्रसन्न भई
हाल्छ। सन्तानलाई के बुभ\mनु पर्छ भने बुवाले जे पनि भन्छ यो सन्तानको
लागि आर्शिवाद भइहाल्छ । यदि बुवा प्रसन्न भएर यदि आफनो सन्तानलाई
नमस्कार गर्छ भने यहां बुवा पनि समस्त पापबाट मुक्त हुन्छ। त्यसैले यो २१
औ शताब्दीमा हामीलाई त्यस्तो पात्र बनेर देखाउनु पर्छ। यसै सर्न्दर्भमा
हामी रूख विरूवाबाट अध्ययन गर्न सक्छौ कि रूखले पनि एक न एक दिन आफनो
साथमा रहेको फूल र फल समेतलाई छाडि दिन्छ तर बुवाले ठूलो भन्दा ठूलो संकट
परेको बेला पनि स्नेह, मांया, ममता र अगाध प्रेमको कारणले आफनो सन्तानलाई
छाडदैन र त्यसैले सन्तानको लागि बुवाको स्थान र्सबश्रेष्ठ हुन्छ। यसकारण
वेदमा पितृदेवो भवः भनिएको छ। अर्थात बुवा पनि देवता नै हुन् भनिएको छ।
प्रसंग गणेश संहीता, शिव महिमामा हेरौ, हाम्रा सनातन हिन्दू धर्ममा
र्सबप्रथम भगवान गणेशको पूजा हुन्छ। यहांसम्म आएर सन्तानको लागि बुवाको
कांध दोस्रो पाठशााला पनि समाप्त हुन्छ। यसपछि गुरू देवो भवः अव गुरू
पनि देवता हुन् भने तेस्रो पाठशााला सुरू हुन्छ। र यहांबाट गुरूको प्रसंग
शुरू हुन्छ अब आमाबुवा आफू राजा महाराजा, डाक्टर, इन्जिनियर आदि जे भए
पनि आफूले गुरूबाट नै ज्ञान पाएको हुन्छ र त्यस स्थानसम्म आफूलाई
उभ्याउने क्षमताको विकास, आफू भित्र छुपेर रहेको असिम ज्ञानको प्रष्फुटित
गराउन पनि गुरूको आर्शिवादले मात्र सम्भव भएको हुन्छ र आमा बुवाले यो
कुरा राम्ररी बुझेका हुन्छन् कि आफू जे जति ठूलो भए पनि विना गुरूको
ज्ञान हुंदैन, आफनो घरमा बच्चालाई कुनै पनि उपाधि म्भनचभभ दिन सकिदैन ।
त्यसैले आमा बुवा बच्चालाई पाठशाला मिा लगेर गुरूको जिम्मा लगाउंछन्।
गुरू भन्छन, गुरू त ब्रम्हा हुन् किनकी यो सृष्टिको रचैता मुल
सृष्टिकर्ता ब्रम्हा हुन् ब्रम्हाजी भन्नु हुन्छ, म गुरू होइन, गुरू त
विष्णु हुन् किनकी मेरो उत्पति विष्णुको नाभिबाट भएको हो र मलाई
ब्रम्हाण्ड बनाउने आदेश भो, मैले हां गरे, हो म बनाउंछु यतिकैमा भगवान
श्रीे हरि विष्णु अन्तरध्यान भए। त्यस पछि म सोचमा परे कि ब्रह्माण्ड
कसरी बनाउने कुनै पनि वस्तुको निर्माणार्थ वस्तु िचाहिन्छ यहां त केहि
छैन अर्थात दृश्य मैले स्वयम् निर्माण गर्नु पर्ने, यो जुन उपलब्ध छैन
अर्थात ल्यतजष्लन झउष्तथ शून्यबाट ब्रहमाण्डको निर्माण गर्नु पर्ने भो र
जसमा सम्पूर्ण बस्तु भेटियोस् यो सृष्टिको मानव जति विकसित भए पनि उसले
चाहेको कल्पना गरेको संकल्पबाट सो बस्तु पाउनु पर्ने, पत्ता लगाउन सकोस्
र अविष्कार गर्न सकोस्, यद्यपी यो सजिलो कार्य होइन । ब्रम्हाजी भन्नु
हुन्छ कि मैले सकिन र यसको -हां) दण्ड भनौ या प्रायश्चितको लागि कयौ हजार
वर्षतपस्या गर्नु पर्‍यो अनि मेरा तपस्याबाट मेरा पिता श्रीहरि विष्णु
प्रसन्न भएर प्रकट भए अनि मैले क्षमा याचना गरे त्यसपछि वहां
ब्रम्हाण्डको पूरा खाका ९ःबउ या ग्लष्खभचकभ० मेरो मगज मा सजाएर राख्नु भो
अनि म निमित्त साधन मात्र भए। वास्तवमा वहांबाट नै यो ब्रम्हाण्डको रचना
भएकोले म गुरू होइन गुरू त श्रीहरि विष्णु हुन्। यहां फेरी श्रीहरी
विष्णु भन्नु हुन्छ- म पनि गुरू होईन, गुरू त महादेव हुन्, पिता महादेव
भगवान श्री शिव हुन्। वहांको आदेश अनुसार मैले तिमीलाई माध्यम बनाएर यो
ब्रम्हाण्डको निर्माण मात्र गराएर, पालनपोषण सम्पूर्ण रेख-देेखको जिम्मा
लिए तर आफैले बनाएको यस ब्रहमाण्डमा आफै अल्झे, किनकी यहां दर्ुइथरि
सोचको विकास भयो। एउटा देवता, अर्को दानव। दुबै एक अर्काका बैरी, दुवैले
एक अर्काे संग ठूलो-सानो, राम्रो-नराम्रो आदिको लागि लडिरहने र त्यस
पश्चात म कहां आउने गर्थे, म पनि सत्य धर्म र न्यायको मार्गमा हिंड्ने
देवतालाई ठिक भन्दा दानवले मलाई छलिया, कपटि भनेर मृत्यृदण्ड आदि जस्ता
सजांय दिन्थे। दुबै मेरै सन्तति, जति सम्झाए पनि नबुभ\mने भएकोले हामीसंग
दर्ुइ नेत्र मात्र भएकोले सकेनौ। महादेवसंग त्रिनेत्र भएकाले वहांलाई
समस्या समाधान गर्न देवादिदेव पिता महादेवलाई पुकारथे अनि वहां नै यसको
समाधान गर्नु हुन्थ्यो त्यसैले गुरू देवो महेश्वर भनिएको हो । यहां अर्थ
आउंछ, महादेव भन्नु हुन्छ, म पनि गुरू होईन गुरू त साक्षात परब्रम्ह
तस्मै श्री गुरवे नमः।
गुरू जो कि ब्रम्हा विष्णु र महेश्वर भन्दा टाढा छन तर साक्षात भनेको
आमनेसामने भएर जो ज्ञान छरिरहेको हुन्छ। आपतविपत वा विभिन्न समस्याबाट
लडन सिकाइरहेको हुन्छ। ज्ञान छरिरहेको हुन्छ। जसको माध्यमबाट शिष्यले
हामीलाई अर्थात भगवानलाई चिन्दछ उनी नै वास्तवीक गुरू हुन्। त्यसैले गुरू
गोविन्द दोय खडे कसको लागु पाउं बलिहारी गुरू देव कि की गोविन्द दिओ
बताए। जुन गुरूले ज्ञानबाट शिष्यको मार्गदर्शन गर्छ। हृदय प्रफुल्लित
हुन्छ आत्म ज्ञानको धनि हुुन्छ वास्तवमा ति गुरू नमन अर्थात नमस्कार
प्रणाम साष्टाङ दण्डवत् अथवा चरण र्स्पर्सको अधिकारी हुन्छन्, किनकी यी
गुरूहरूको आशिर्वादबाट शिष्यलाई आफनो लक्ष्य सम्म पुग्न सहायक हुन्छ ।
यहां माता-पिता र सबै गुरू हुन,
असल गुरूको लागि फेरी अर्को प्रसंग छ।
ध्यानमूलम् गुरूमर्ुर्तिः पूजामूलम् गुरू पदम्
मन्त्रमूलम्ं गुरूवाक्यम् मोक्ष्मुलम् गुरू कृपा
शिष्य विधार्थीहरूले गुरूको स्वरूप आकृतिलाई सम्झेर अध्ययन, अध्यापन
गर्नुपर्छ। त्यस्ता गुरूको प्रत्येक साल गुरू पूणिर्माको दिन चरण
र्स्पर्स गर्नुपर्छ र आर्शिवाद लिनु पर्छ। गुरूले पढाएको वाक्यलाई मन्त्र
समान कहिले नविर्सिने गरी मन-मष्तिकमा राख्नु पर्छ ।


0 comments:

Feeds Comments