Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Tuesday, June 2, 2009

0 देश गरिबीको जालोमा, समाधानको दायित्व कस्को -

चन्दन रौनियार
ँछोरा तं गएदेखि भाइ-बहिनीले भात, रोटी खान पाएका छैनन् । म स्कूलमा
दिउंसो लिटो पकाउन र भाडा माझ्न जान्छु। त्यहीबाट ल्याएको लिटोले
भाइ-बहिनीको सांस नौ महिनादेखि बचाएकी छु। तेरो बुवालाई औषधि गराउन लिएको
ऋण तिर्न नसक्दा एउटा भएको घरसमेत लिए उनीहरूले। अहिले जेठाजुको घरको
माथिल्लो बारीमा सानो झूपडी बनाएर राखेकी छु।'
माथि उल्लेखित भनाइहरू एक दुःखी आमाले परदेशमा रहेको छोरासंग फोनमा
कुराकानी गर्दाताकाको हो। आर्थिक संकटको सामना गर्नको निम्ति छोरा भारतमा
गएको केही दिनपछि आप\mनो आमालाई फोन गर्दा उनीहरूबीच भएको यो संवाद पढ्दा
सबैलाई निकै भावुक बनाउंछ होला। यो लेख २०६६ जेठ १७ गतेको दिन राष्ट्रिय
दैनिकको रूपमा स्थापित नयां पत्रिकामा छापिएको थियो। सो पत्रिकामा
लेखसहित एउटा बुढी आमैको निकै पीडादायी तस्बिर समेत छापेको थियो।
तस्बिरमा आमै आंखाभरि आंशु बोकेर टेलिफोनको रिसिभर हातमा लिइ परदेशका
छोरा चैतेसंग कुरा गर्दैछिन् । तस्बिरले चरम गरिबी झल्किएको छ ।
पत्रिकामा छापिएको त्यो लेख पढ्दा मेरो आंखा रसाएको थियो । मलाई निकै
भावुक बनायो त्यो लेखले पुस्तकालयमा बसेर पत्रिका पढ्दै गरेकोले मात्र म
मेरो आंखाको आंशुलाई नियन्त्रण गरे, नत्र टपलक्क खसीसक्ने थियो आंशु, यदि
म अन्यत्र भएको भए । यथार्थमै त्यो लेख पढ्दा जोकोहीलाई भावुक बनाउनेछ
जस्तो मलाई लाग्यो । त्यो लेखकै कारण म निकै भावुक भए र यसबारेमा केही
नलेखि बस्न सकिन। वास्तवमै त्यो लेखले नै यो लेखलाई उब्जाएको हो।
हाम्रँे देश अहिले चरम गरिबीको शिकार बन्दै गइरहेको छ। यसको मतलब यो
होइन कि यो देशभन्दा पहिला हाम्रँे देशमा गरिबी नै थिएन। गरिबी पहिला पनि
थियो र आज पनि छ। फरक यति मात्रै छ कि, पहिलाको तुलनामा अहिले गरिबी
बढ्दो छ। हामीलाई गरिब देशका धनी जनता भनेर पनि भनिने गरिन्छ। एक
दृष्टिकोणबाट यो भनाइ ठिक लागे तापनि अर्को दृष्टिबाट यो सान्दर्भिक
नरहेको प्रष्ट हुन्छ। गरिबीको समस्याले देशमा विकराल रूप लिंदै गइरहेको
छ। जहांतही भोकमरी, अभाव, खाद्य संकट लगायतका अन्य अवस्था सिर्जना भइ
जनमानसलाई निकै पिरोल्दै गइरहेको छ। कतिपय मानसिहरूलाई गरिबीको सामना
गर्नु परेकैले आत्महत्या गर्नु परेको छ। जुन कार्यलाई हामी तथा हाम्रँे
समाजले घृणित कार्यको संज्ञा दिएका छौं। गरिबीले नै हाम्रँे देशको
मृत्युदरलाई बढाएको छ। आखिरमा गरिबीको जालोमा अल्झेको छ हाम्रो देश।
हाम्रँे देशमा गरिबी अधिक मात्रामा रहेको छ भन्ने यथार्थ त हाम्रँे सामू
र्छल·ै छ। यसको मतलब हाम्रो देशको गरिबीलाई नहटाइने नै हो त - यदि हो भने
यो जिम्मेवारी कस्को हो त - के यो जिम्मेवारी सरकारले मात्र पूरा
गर्नुपर्छ त - यसको निर्मूल गर्नु अन्य व्यक्तिको दायित्व होइन त - यदि
यो समस्याको समाधानप्रति सबैको साझा दायित्व हो भने आखिरमा किन यसलाई
घटाउने प्रयास कहिं कतैबाट भएको छैन। समाज भनेको समाजकै भलाई निम्ति हुने
गर्दछ, चाहे त्यो जुनसुकै जातिको समाज होस। गरिबलाई सहयोग गरी उनीहरूलाई
गरिबीको जालोबाट निकाल्नु तपाई हाम्रै दायित्व हो। कोही चाहिं एक छाक
खानसम्म नपाउने, कोही चाहिं दिनको चारपटक नास्ता नै खाने। यो कस्तो
सिस्टम - के गरिबलाई खाना चाहिंदैन । के उनीहरू फलामले बनेका हुन्छन् -
यदि होइन भने खोइ उनीहरूले सहयोग पाएको -
गरिबीलाई हटाउने प्रमुख दायित्व सरकारको पनि हो। किनभने सरकार भनेको
सम्पर्ूण्ा देशवासीको अभिभावक हो। एउटा अभिभावक भनेको आप\mनो सन्तानलाई
सधै सुख तथा हांसीखुशी बांच्ने वातावरण निर्माण गर्नर्ुपर्छ। तर
दर्ूभाग्य भनौ वा दुःख हाम्रँे देशका अभिभावक भने आफ्ना सन्तानलाई सुख
दिन सकेका छैनन्। गरिबीलाई हटाउने जमर्को गर्नु त कता हो कता आ-आप\mनै
भागवण्डा मिलाउनमा व्यस्त छन्। दलगत स्वार्थले उनीहरूलाई निकै ग्रस्त
तुल्याएको छ। लाग्छ कुनै भयानक रोग लागेको छ र त्यही रोगसंग जुधिरहेका
छन्। नेताहरू जसलाई हामी सरकार मान्दछौं त्यही नेतागण अहिले हामी
नेपालीको दुःख पीडाबाट टाढा छन्। लाग्दछ, कि उनीहरूले गरिबलाई आंखा बन्द
गरी हेरिरहेका छन्। सरकारको रूपमा प्रतिनिधित्व गर्ने नेता तथा दलहरूबीच
राजनीतिक खिंचातानी गर्ने क्रम बढ्दो छ तर हाम्रा दलका नेताहरू भने
गरिबका पीडा ब्यथा जानेर पनि बुझ पचाइरहेका छन्। नत्र भने खोइ त गरिबी
हटाउने ठोस कदम चालेको -
गरिबीको दलदलमा फस्दै गरेको हाम्रँे देशमा यदि गरिबी हटाउने कुनै ठोस
कदम नचालिने हो भने देशको हालत विकराल बन्नेछ। देशलाई यस्ले विकास
तर्फहोइन विनासतर्फलाग्नेछ । भनिन्छ नि, देशका जनताको जीवनस्तर वृद्धि
हुनु भनेको देश विकास हुनु हो। त्यसैले पनि समाज तथा सरकारले यो विकराल
समस्या गरिबीलाई चांडै हटाउने प्रयास गरोस्, नत्र भने यसले एकदिन सबैलाई
गरिबीको भूमरीमा लग्ने निश्चित छ।
-वीरगंज-१९


0 comments:

Feeds Comments