Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Thursday, June 11, 2009

0 आखिर पानीहरु किन चल्दैनन् ?

-अ के ला----
अन्ठाउन्न सालको जनगणनाले नेपालमा २९ लाख -कूल जनसँख्याको १३५)
दलितहरु रहेको देखाएको छ, जसमध्ये दमै, कामी र सार्की बढी छन् । राज्य र
यहाँको धर्म, सँस्कृति र परम्परागत मूल्य(मान्यताले विगतमा यी जातीहरुको
उत्थानको निम्ति केही पनि गरेनन् । बरु छुवाछुत र जातीय भेदभावलाई नै
बढावा दिईरहे । परन्तु, बदलिँदो जमानासँगै दलित वर्गको उत्थानको निम्ति
राज्यले आज जे जति गर्दैर्छ, त्यसबाट दलितहरुले उनीहरुको उत्थानको निम्ति
राज्यले केही पनि गरेन, भेदभाव वा काखा(पाखा गर्‍यो भन्ने ठाउँ छैन ।
किनकि, दलित, आदिवासी, जनजाति, थारु, मधिसे लगायतका जातजातीहरुको विकास र
उत्थानको निम्ति राज्यले अरवौँ खर्चिरहेको छ । विगतमा यहाँको धर्म,
सँस्कृति र परम्परागत मूल्य(मान्यता तथा स्वयँ राज्यद्वारा नै आफुहरुलाई
पछाडि पारिएको अभियोग लगाउने दलित, आदिवासी, जनजाति, थारु, मधेसी लगायतका
वर्गहरु राजनीतिक सिद्धान्तका नाममा बिभिन्न दल र गूटहरुमा विभाजित
हुनाले यी वर्गहरु अझै पनि पछाडि नै परेका हुन् र त्यस्को जिम्मेवार पनि
उनीहरु आफैँ हुन् । किनकि, राजनीतिका नाममा उनीहरुभित्र बिभिन्न जुन
किसिमका मतमतान्तरहरु छन्, भागबण्डाका कुराहरुमा उनीहरुको आपसी हानाहान र
मारामार छ, त्यस्ले निर्धारित समयमा सिद्ध्याउनुपर्ने दलित उत्थानका कुनै
पनि कार्यक्रमहरु सिद्ध्याउन सक्तैनन् र हेर्‍याहेर्‍यै हुनेगरेका छन् ।

युगौँदेखि पिछडिएका दलितहरुको उत्थान जस्सरी पनि हुनर्ैपर्छ, यो
तथ्य त बुझिन्छ, बुझ्नु पनि पर्छ । तर दमैलाई पञ्चेबाजा नै बजाउनुपर्ने र
लुगै सिउनुपर्ने कारण के छ - कामीलाई आरन र खँलाति नै मनपर्नुको कारण के
छ - र सार्कीलाई सिनो तथा छाला सम्बन्धी काम नै मनपर्नुको गाँठ्ठी कारण
के हो भन्ने तथ्य बुझ्न गाह्रो छ । अन्य विकल्प हुँदाहुँद दलित उत्थानको
नाममा राज्यले दिएको बजेटलाई दमैको निम्ति पञ्चेबाजा, बुट्टा भर्ने, लुगा
सिउने, कामीको निम्ति आरन तथा रोलगोल्ड -पित्तलको गहना) बनाउने र
सार्कीको निम्ति छाला र जुत्ताकै कार्यक्रम रोजिनुको प्रेरक तत्व के छ,
बुझ्न सकिँदैन । के दलितहरु यी सबै त्यागेर अन्य कुनै पेशा अपनाउन
सक्तैनन् - प्रश्न उठ्नसक्छ कि दलितहरुले यी सबै गर्नछाडे भने यी सबै
गर्छ कस्ले - गर्छ । आवश्यक परेपछि सबैले गर्छन् । सार्कीहरुले गाउँको
सिनो नउठाउँदा अरु गाउँलेहरुले उठाउन हुँदैन - सिनोका कारण फैलिने
रोगब्याधीबाट मर्ने डर भएपछि सार्की बाहेक अन्य जातजाती सबैले फाल्छन् ।
ज्यानको माया कस्लाई हुँदैन - शताब्दियौँदेखि उनीहरुका पिता(पर्ुखाहरुले
गर्दै आएका यी पेशाहरु आजका प्रगतिशील उर्फअग्रगामी दलितहरुले त्याग्न
सक्तैनन् - यस्को च्याप्टरै क्लोज गरे हुन्न -

रुढीबादी एवं अति व्राहृमणवादी सँस्कारले गर्दा गाउँ, वस्ती तथा
पहाडहरुमा दलितलाई पानी(पँधेरोबाट बञ्चित गरिएको सुन्न(पढ्न पाईन्छ ।
दलित उत्थानका नाममा राज्यले खर्चिरहेको अरबौँको बजेटबाट दलितहरुले आफ्नो
निम्ति बेग्लर्ैर् इनार, धारा, कूवा बनाए हुन्न - क्षेत्री, व्राहृमणहरु
लगायत अन्य ठूलो जात भनौँदाहरुले खर्चेर बनाएका मठ(मन्दिरमा दलितलाई पूजा
गर्न नदिईएकोमा दलितहरुले आफ्नो अपमान भएको ठान्छन् । तर आफ्नो निम्ति
आफैँले त्यस्तो मठ(मन्दिर(गुम्वा र चर्चहरु बनाएर शानसँग पर्ुजार्(अर्चना
गरे हुँदैन - यो युगमा आएर कोही, कसैले, आफु दलित, पीडित भएको हिनताबोध
पाल्नु नै किन पर्‍यो - के जरुरी छ सधैँ आफुलाई दलित र पीडित ठान्न -
मन(बुद्धिबाटै यस्लाई निकालेर फ्याँकिदिए हुँदैन -

यहाँको राज्य, समाजिक सँस्कार र परम्परा जस्ता सबै कुराले दलितहरु
बिरुद्ध छुवाछुत तथा भेदभाव गरेको भन्ने लाग्छ भने दलितकै उत्थानका
योजनाहरु बनाउन आयोजना हुने गोष्ठी, सेमिनारहरु केवल औपचारिकतामै किन
सिमित बन्दछन् - दलित उत्थानका सहभागीहरु भत्ता र भात लुँड्याउँनासाथ
रफ्फु चक्कर किन हुन्छन् - दर्ीघकालिन योजनाहरु किन बनाउँदैनन् - जसले
दलित मात्र नभै समस्त पिछडिएका जातजातीहरुको उत्थान गर्ने च्याप्टर सदाको
लागि क्लोज गरोस । बारम्बार यो मुद्धा उठ्नुको पछाडि यहाँको राज्य कम र
यहाँको सामाजिक धर्म, सँस्कृति र कुरीति नै जिम्मेवार छन्, । जवसम्म
देखाउने एकथरी र चबाउने अर्कोथरी यो समाजका यी दर्ुइथरी दाँतहरु
झर्दैनन्, तवसम्म नै दलित मात्र हैन, पिछडिएका अन्य वर्गको समस्या पनि
जस्ताको तस्तै रहिरहनेछन् । एउटा मुखले हामी जातीय उन्मुक्तिका डिङ्
हाँक्छौ । त्यही मुखले हामी त्यो धर्मको वकालत पनि गछौँ, जस्लाई हाम्रा
धर्मशास्त्रहरुले निर्दिष्ट गरेका हुन्छन् । त्यस्को सानो दृष्टान्त यहाँ
दिईएको छ ।

व्राहृमण, क्षेत्रीले अपनाएको पेशा अपनाउने शुद्रको र्सवश्व हरण
गरी लखेटी दिनर्ुपर्छ -मनुस्मति(१०।।९६), साँझ(बिहान स्नान् नगर्ने शुद्र
हो -मनुस्मृति(२।।१०३), शुद्रलाई बुद्धि, धर्म, कर्मको उपदेश दिनु हुँदैन
-मनुस्मृति(४।।८०), शुद्रले गैर शुद्रलाई क्रूर बचन प्रयोग गरेमा त्यस्को
ज्रि्रो छेडिदिनर्ुपर्छ । किनकि, शुद्रको उत्पति नै जघन्य स्थानबाट भएको
हो -मनुस्मृति(८।।२७०), व्राहृमण वा कुनै गैर शुद्रको नाम लिने शुद्रको
मुखमा दश अंगूल लामो फलामको झिर तताएर झोसि दिनर्ुपर्छ
-मनुस्मृति(८।।२७१), अहङ्कारपर्ूवक व्राहृमणलाई धर्मको उपदेश दिने
शुद्रको कानमा उमालेको तेल हालि दिनर्ुपर्छ -मनुस्मृति(८।।२७२), गैर
शुद्रको शरिरमा हान्ने शुद्रको शरिरै काटि दिनर्ुपर्छ
-मनुस्मृति(८।।२७९), गैर शुद्रलाई हात वा खुट्टा उठाउने शुद्रको हात वा
खुट्टा, जे उठाएको हो, त्यही काटि दिनर्ुपर्छ -मनुस्मृति(२।।२८०), गैर
शुद्रसँग टाँस्सिएर बस्ने शुद्रको त्रि्राको मासु ताछेर देशै निकाला गरी
दिनर्ुपर्छ -मनुस्मृति(८।।२८१), घृणापर्ूवक गैरशुद्रलाई थुक्ने शुद्रको
ओँठ, मुख, लिङ्ग र गुद्धद्वारै काटि दिनर्ुपर्छ -मनुस्मृति(८।।२८२), रौँ,
दाह्री, गर्दन तथा अण्डकोष समात्ने शुद्रको हात काटि दिनर्ुपर्छ
-मनुस्मृति(८।।२८३), शुद्रलाई व्रहृमाले व्राहृमणको सेवाको लागि बनाएकोले
जसरी भए पनि शुद्रलाई आफ्नो दासै बनाएर राख्नर्ुपर्छ -मनुस्मृति(८।।४१३),
शुद्रलाई दासत्वकै निम्ति बनाईएको हुँदा त्यसबाट उस्ले छुटकारा पाउन
सक्तैन -मनुस्मृति(८।।४१४), शुद्र, व्राहृमणको दास र व्राहृमण त्यस्को
मालिक भएको हुँदा शुद्रको सबै सम्पत्ति व्राहृमणले हरण गर्नुपर्छ
-मनुस्मृति(८।।४१७), शुद्रको निर्वाह व्राहृमणबाट भएन भने क्षेत्रीको,
क्षेत्रीबाट नभए वैश्यको सेवाटहल गरेर गुजारा गर्नुपर्छ
-मनुस्मृति(१०।।१२१), व्राहृमणको सेवा गरेमा मात्र शुद्र र्स्वर्ग पुग्छ
-मनुस्मृति(१०।।१२२), व्राहृमणको सेवा गर्नु नै शुद्रको धर्म हो । त्यो
बाहेक उस्को सबै कर्म निष्फल हुन्छ -मनुस्मृति(१०।।१२३), जुठो अन्न,
च्यात्तिएको लुगा वा परालको ओक्ष्यान बाहेक शुद्रलाई केही दिनु हुँदैन
-मनुस्मृति(१०।।१२५), शुद्रलाई कुनै कुराको पाप लाग्दैन, न त धर्मको उसमा
अधिकार नै हुन्छ -मनुस्मृति(१०।।१२६), कमाउनसक्ने भए पनि शुद्रले धन
जम्मा गर्नुहुँदैन, किनकि, त्यो धनले व्राहृमणलाई दुःख दिन्छ
-मनुस्मृति(१०।।१२९) आदि आदि ।

जन्म जायते शूद्र, सँस्कार द्धिज उच्च्यते । वेदभ्यास भवेत व्रि्र,
व्रहृम्णो वोधती ।। जन्मदा शूद्र हुने र सँस्कार, वेदको अभ्यास र
विद्याबाट व्रहृमत्व प्राप्त भएपछि मात्र उसको जातिगत पहिचान हुने कुरामा
सहमत रहेको हाम्रा यी धर्मशास्त्रहरु दलितहरुप्रति यतिबिध्न किन आक्रामक
छ, बुझ्न अलि गाह्रो छ । दमैको किलामा बाँधिएको लाहुरी भैँसी हडप्ने
व्राहृमणवादी सोँचबाट जन्मिएकै कारणले यी शास्त्रहरु दलितहरुप्रति
आक्रामक भएका हुन् कि - बाहुनको मुख चोखो त यस्सै पनि छँदै थियो, दलितकै
एउटा समुदाय दमैको थुकलाई चोखो मान्नु र उसलाई अघि लाउनुको तार्त्पर्य के
हो - समाजकै नियतमा खोट् भएर हो कि - कानून बन्छर्(धर्मबाट । आधार
हुन्छ(सँस्कृति, परम्परागत मूल्य(मान्यताको । जस्तो धर्म, सँस्कृति,
मूल्य(मान्यता, कानूनको अनुहार पनि त्यस्तै हुन्छ । उसोभए, जातीय विभेद र
छुवाछुतका पछाडि कतै यहाँको धर्म, सँस्कृति, मूल्य र मान्यता त दोषि
छैनन् - अर्थात, खूद हामी, जो युगौँदेखि जातीय उन्मुक्तिको वकालत पनि
गर्दै आएका छौँ र प्रकृतिरुपी परमात्मा परमेश्वरको प्रसादस्वरुपको
पानीलाई बहिष्कार पनि गर्दैछौँ - कतै, हाम्रा यिनै देखाउने र चबाउने
दर्ुइथरी दाँतकै कारण यी सबै भैरहेका त हैनन् - यहाँको धर्म, सँस्कृति र
परम्परागत मूल्य(मान्यताका अस्सली चौकिदार त हामी आफैँ भएकोले यस्को दोष
पनि हामीले आफ्नै थाप्लामा थाप्नर्ुपर्छ ।

जातीय छुवाछुतको अन्त्यको निम्ति बाहुनको छोरोले दमै, कामी वा
सार्कीकै छोरी बिहे गर्नुपर्छ भन्ने छैन । जातीय उन्मुक्तिको निम्ति
दलितको भान्सामै गएर दलितले पकाएकै खानर्ुपर्छ भन्ने पनि छैन र दलितले
बाहुनको भान्सा छोएर यो क्यान्सर निको हुन्छ भन्ने पनि छैन । समस्या यसरी
हल हुँदैन । पानी(पँधेरो, मठ(मन्दिरको निम्ति आपसमा लडेर जातीय उन्मुक्ति
मिल्दैन । त्यसको निम्ति शिक्षा, चेतना या सभ्यता चाहिन्छ, जुन हामीभित्र
छँदा पनि छैन र हुन पनि दिईरहेका छैनौँ । समस्या यहीँनेर छ । एकथरी
आर्तनाद् गरिरहेका हुन्छन् कि मैले छोएको पानी चल्दैन । अर्काथरी छात्ति
ठोकेर भनिरहेका हुन्छन् कि तैँले छोएको पानी चल्दैन, जे गछौँ गर । आखिर
पानीहरु किन चल्दैनन् - गज्जव चल्छ । तर यहाँ कुरो पानी चलाउनु र
नचलाउनुमा मात्र सिमित छैन । यहाँ कुरो छ धर्मको । यहाँ झगडा छ आस्था,
मूल्य र मान्यताको । सवाल छ(थेप्चे, चुच्चे र डल्ले ती नाकहरुको, जस्लाई
हामी आफ्नो शान थान्दछौँ । जातजाती, धर्म, क्षेत्र, लिङ्ग, वर्ण्र्ााथा
सम्प्रदायका नाममा हामीलाई धर्मले घोँडा बनाएको र त्यसैमा हामी जस्ता
लट्टू घोँडाहरु पैँया ठोकिरहेछौँ । हाम्रो यो धूत्याईँ सरासर अपराध हो ।
जातीय उन्मुक्तिको निम्ति र्सवप्रथम पिछडिएका जातजातीहरु नै दलगत
गुटबन्दी र राजनीतिक स्वार्थबाट मुक्त हुनर्ुपर्छ । तव मात्र केही
हुनसक्छ । नत्र, कानूनले लौरो हल्लाउँदैमा र सिकञ्जा कस्दैमा मात्र
छुवाछुतको महारोगवाट समाज मुक्त हुनै सक्तैन र भेदभावका यस्ता द्वन्दहरु
समाप्त हुँदैैनन्, बरु बढ्दै जान्छ । अस्तु ।थ्यगच दचयधकभच mबथ लयत
कगउउयचत मष्कउबिथ या तजष्क imबनभ।



0 comments:

Feeds Comments