Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Monday, June 8, 2009

0 रून्छ मन सम्झनामा सम्झदा

-अरूण विक्रम शाह ।
आठौं स्मृति दिवसमा कसरी दिउ श्रद्धाञ्जलि, २०५८ साल जेठ १९ गतेको
दिनलाई सम्झनालाई सम्झदा नानाप्रकारका शंका, उपशंकाहरू खेल्ने गर्दछ
मनमा। सत्य, तथ्य के हो एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको
सरकारले आफनो कार्यकालमा दरबार हत्याकाण्डको पूनः छानिबन गर्ने भनी कुरा
उठाए त्यस प्रक्रियाको कदम चाल्ने अगावै सरकार अल्पमतमा परि नवौं महिनामा
नै ढलेकोले आम जनमानसलाई रहस्यताले झन् अन्यौलतामा तर्फधकेल्न पुगे।
संघीय लोकतान्त्रिक गणराज्यको द्वितीय नवनियुक्त सरकार नेकपा एमालेले
गणतान्त्रिक पद्धतिबाट २०५८ साल जेठ १९ गतेको अन्यौलतालाई कसरी हटाउने
हुन् त्यो आउने दिनले नै बताउनेछ।
प्रत्येक सालको आउने जेठ १९ गतेले जसरी राज्यलाई घचघचाइ पिरोली रहेका
छन्। यस विषम परिस्थितिमा जबसम्म सत्य, तथ्य बाहिर आउन सक्दैन तबसम्म
प्रत्येक देशवासीको दिलमा दरबार हत्याकाण्डले खुलबुली मचाइरहने छ।
वैज्ञानिक युगमा नेताहरूले उडी चन्द्रलाई भने झैं ठूलठूला कुराहरू
हांक्ने गर्दछन् तर यस भिषण हत्याकाण्डको बारेमा राजनीतिक पार्टीभित्रै
दर्ुइ मत जस्तो देखिएकाले कहिं दरबार हत्याकाण्डलाई राजनैतिक एजेण्डा
बनाइ आफनो दुनो सोझो गर्न त खोजीरहेका छैनन् यस्ता कुराहरू दिलमा खेल्ने
गर्दछ।
विश्वलाई चकित पारी ताण्डव मचाउने हत्यारा कहि आजाद पंक्षी झैं यस डाल र
त्यो डाल गर्दै घुमफिर गरीरहेका होलान्। गणतान्त्रिक सरकारले पुनः छानबिन
समिति गठन गरी गर्भमा रहेको सत्यलाई खोतली आम नेपाली जनताको हृदयबाट
शंका-उपशंकाहरू हटाउन आजको परिवेशमा अति खांचो छ। पर्ूव छानबिन समितिको
निर्ण्र्ााे जसरी युवराज दीपेन्द्रलाई नै दोषी ठहराएका थिए। विहेको
विषयलाई लिएर तर केही राजनीतिक पार्टीले यसमा प्रश्नचिन्ह खडा गरेर
राज्यलाई नै अन्यौलतातर्फ लगे। सत्य के हो - उनीहरूले नै जनतालाई न्याय
दिन सकेका छैनन्।
यस वैज्ञानिक युगमा मानवले प्रकृतिसंग रातदिन संर्घष्ा गर्दै जसरी
भूमण्डलमा ग्रहहरू पत्ता लगाए त्यसैको आधारमा आज हामीहरू हिंडिरहेका छौं।
मानिसले खोज्दा देवता भेटिन्छ भने गणराज्यको उदयमा नेतृत्वदायीले
त्यसप्रति किन कदम नचालेका हुन - यस्ता प्रश्नले गर्दा आम जनतालाई नै
नारायणहिटी राजदरबारको झझल्को सताउने गरेको छ। यदि कसैले आजको परिवेशमा
वीरेन्द्र संग्राहलयको भ्रमण गरेका छन् भने अवश्य नै उनीहरूको आंखा
रसाएका होलान्, कतिले त नारायणहिटी राजदरबारलाई हेरी राजा वीरेन्द्रको
परिवार बांचेकै होला भनेर मनमनै कुरा गर्ने गर्दछन्। दैवसंयोग २०५८ साल
जेठ १९ गतेको घटनाले सम्पूर्ण जगतलाई नै शोकाकूल बनाए। यस असामयिक
निधनप्रति सरकारबाट कुनै फूल अर्पण नगरेकाले आठौं स्मृतिमा कसरी गरू
श्रद्धाञ्जलि संघीय लोकतान्त्रिक गणराज्यको मुहार हेरी रून्छ मन सम्झनामा
स्व. वीरेन्द्रको परिवारलाई सम्झदा। -वीरगंज-१४


0 comments:

Feeds Comments