Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Sunday, June 14, 2009

0 किन यस्तो हुन्छ संचार क्षेत्रमा

-प्रणय कुमार।
पत्रकारलाई राज्यको चौथो अंग भनिन्छ तर आप\mनो काम कर्तव्यबाट विमुख
भएका केही पत्रकारहरूले गर्दा पत्रकारिता जगत बदनाम हुन पुगेको छ। संचार
संस्थालाई एउटा मन्दिरको रूपमा लिने गरिएको छ तर सो संस्था भित्रका
व्यक्तिहरूले सो मन्दिरलाई अति नै दर्ूगन्धित बनाएको छ। वीरगंजका धेरैजसो
एफएम, रेडियो, पत्रपत्रिका यस्ता पनि छन् जोकि कडा परिश्रमका साथ काम
गराउंछन् तर आप\mनो पारिश्रमिक मांग गर्दा कानमा तेल हालेर बसेको जस्तो
गरिएको पाइएको छ। नेपाल सरकारले अधिराज्यभरि श्रमजीवी पत्रकारहरूको
पर््रवर्द्धनको लागि वैशाख १ गतेदेखि श्रमजीवी पत्रकारहरूको हकमा श्रम ऐन
लागू गरेको पाइएको छ तर वीरगंजमा श्रमजीवी पत्रकारहरूको हकमा यो
निर्ण्र्ााे अझैं पनि कार्यान्वयन हुने मौका पाएको छैन। वीरगंजका केही
पत्रपत्रिका, एफएम, रेडियोमा कार्यरत रहेको कर्मचारीहरूको अवस्था यस्तो
रहेको छ जो कि नियुक्ति त कता हो कता संस्थाको परिचय पत्र समेत दिने
गरिएको छैन। यहांका संघसंस्थामा पीडित धेरै कर्मचारीहरू रहेका छन्।
कसैलाई क्याम्पसको फि तिर्नुछ, त कसैलाई रूम भाडा तिर्नुछ, कसैलाई
टेलिफोन, बत्ती लगायत अन्य काममा खर्च गर्न आवश्यकता परेको बेला पैसा
नपाउने यो कतिको उचित कुरा हो त - संचार भनेको पूल हो जस्को काम सूचनालाई
जस्ताको त्यस्तै प्रवाह गर्नु हो तर नेपाली संचारको हकमा यो मान्यता लागू
हुन सकेको छैन। जनताले नेपाली संचारलाई विश्वास गर्न सकेका छैनन्। वीरगंज
संचार संस्थाका बारेमा लेख्दा अरू संस्थाका व्यक्तिहरू नै झैझगडा गर्न
तयार हुन्छन्। संचार संस्थाका बारेमा नेपाल पत्रकार महासंघलाई सूचना
दिंदा महासंघले उल्टै सूचना दिने व्यक्तिलाई नै दोषी ठहर्‍याएको गुनासो
उठेको छ। आगामी दिनमा संचार संस्थाको अवस्था कस्ले बुझ्ने त - यदि यसो
रह्यो भने भोलिका दिनमा संस्थामै ठूलो बज्रपात नहोला भन्न सकिन्न।


0 comments:

Feeds Comments