Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Tuesday, June 23, 2009

0 बिकृतर् इच्छाशक्ति र बीरबलको खिचडी

- अकेला---------
अकवर(विरवलको खिस्सा -किस्सा) हरुमध्ये यो खिस्सा निकै रोचक छ। विरवललाई
निचा देखाउन र हराउन जतिसुकै बुद्धि लगाए पनि विरवलको चतुर्‍याईँका अगाडि
अकवरको दाल नगलेका खिस्साहरु जनज्रि्रोमा झुण्डिएका छन्। माघको
ठिहिर्‍याउँदो जाडोमा पूरै रात पानीमा चोबलिएर बिताउँदा आफ्नो दरवारमा
बलेको बत्तिको न्यानोले रात काटेको उत्तर विरवलबाट सुनेपछि शर्त पूरा
नगरेको भन्दै अकवरले विरवललाई पुरस्कृत गरेन । त्यस्को मजा चखाउन विरवल
लामो समयसम्म अकवरको दरवारै गएन र बाँसको लिङ्गो गाडेर त्यसमाथि भाँडा
बसालेर खिचडी पकाएर आफ्नै घरमा बसिरहृयो। यो खिस्सा रोचक मात्र हैन,
मार्मिक पनि छ। टाढाको खोलासम्म अकवरको दरवार बाहिर बलेको बत्तिको न्यानो
कति पुग्यो होला र विरवलले माघे जाडोको रात काट्यो होला - विरवलले त्यसरी
चिसोरात काट्नसक्नुका पछाडि अकवरको दरवारमा बलेको बत्तिको उज्यालो नभै
विरवलभित्रको त्योर् इच्छाशक्ति थियो, जस्लाई अकवरले बुझ्नै चाहेन या
सकेन। यसरी, दूर खडा रहेको अकवरको दरवार बाहिर बलेका बत्तिको न्यानोमा
माघे जाडोका कठ्याँग्रिदो रात काट्ने विरवलहरु आज पनि हाम्रा समाजमा
मौजुद छन् र आफ्नो दरवारमा बल्ने बत्तिको न्यानोले कठ्याँग्रिदो रात
काट्ने विरवलहरुलाई सताउने त्यस्तै अकवरहरु आज पनि सामु छन्।
हिन्दी फिल्महरुमा टेन्सन लेनेका नहीँ, देनेका हैँ भनेर सिकाईन्छ ।
वास्तवमा हो पनि। नेपाली राजनीतिमा यो कहावत निकै फल्दो(फुल्दो छ। बिहान
आँखा उघारेदेखि चिम्म गरेर सुत्नेबेला नभएसम्म टेन्सनै टेन्सन लिएर के
गरी बाँच्ने - कहिले(कारोवारको टेन्सन। कसैलाई(नामको टेन्सन।
कसैलाई(दामको टेन्सन। टेन्सनै टेन्सन । आखिर के गर्ने यत्रा टेन्सनहरु -
प्रियजनहरुसँग टाढा रहनु। अर्काकोर् इशारा र दानापानीमा बाँच्नु(नाच्नु।
सत्ता(शक्तिमा नरहनु। रहे(जस् नपाउनु । ब्यापार, बिजनेसमा घाटा हुनु ।
आँटेको काम र ताकेको कुरो फत्ते नहुनु । खोजेको(चाहेको वस्तु नभेट्टाउनु।
के काम यस्ता टेन्सनहरु - जस्ले जानाजान हातमा आएको सत्ताको माछो
फुत्काउँछन्। जस्ले अग्रगामी परिवर्तनको निम्ति आफ्ना सम्पर्ूण्ा कुरा
गुमाएर पनि सुख पाउँदैनन्। जो खानु न पिउनु, पर्ुर्पुरोमा चिनु गरी
लेख्दै(कर्ेर्दै, लेख्दै(मेट्दै, फेरी लेख्दै आफ्ना निश्काम भावना,
स्वच्छ र निष्पक्ष बिचारहरु समाजका ती व्यक्तिहरु समक्ष पुर्‍याउँन
चाहन्छन्, जो ननिदाएर पनि निदाएको अभिनय गरिरहेका हुन्छन् र घरका
चेलीबेटीमाथि बिदेशी सेनाहरुबाट बलात्कार नभएसम्म सुति नै रहन्छन्। आखिर
केको निम्ति - यही कि, एकदिन यस्तो दिन पनि आउनेछ, जव उनीहरुले सोँचेका,
देखेका र अनुभव गर्न नपाएका हरेक कामकुराहरुसँग उनीहरुको साक्षात्कार
हुनेछ - या त्यसरी, जसरी दूर खडा अकवरको दरवारमा बल्ने बत्तिको न्यानोमा
विरवलले कठ्याँग्रिदो रात काटेको हुन्छ -
जो घरदेखि दूर, सात समुद्र पारी छन्, या आफ्ना मुटुको टुक्रा, मुटुको
धडकन, आँखाका नानीहरुलाई पर राखेर उनीहरुकै न्यानोमा बाँचिरहेका हुन्छन्।
कैयौँ दिनदेखि उनीहरु दिल खोलेर हाँस्नसम्म सकिरहेका हुँदैनन्। मानौँ,
हाँस्नै बिर्सर्ेेअनुहारको हाँसो र मुस्कानमा ती केही पनि हुँदैनन्, जुन
हुनर्ुपर्दथ्यो। जति खोके पनि विकृतर् इच्छाशक्तिले जिन्दगीलाई चलाउन
खोजिएकै कारणले यथार्थमा उनीहरु क्रितिम जिन्दगी जिईरहेका हुन्छन्।
छोराछोरीको पौरखको बयान गर्ने, गर्न नपाए खाना हजम् नहुने अभागीहरु
ठ्याक्कै एक यस्तो मोटरर्साईकल जस्ता हुन्छन्, जुन स्र्टार्ट त हुन्छ,
किन्तु पिकअपै लिनसक्तैन। आखिर त्यो जिन्दगी, के जिन्दगी, जसमा न कुनै
रौनक हुन्छ, न त कुनै मुस्कानै - तैपनि गुडेकै छ मान्छेका यी खटाराहरु ।
यही आसामा कि टाढा रहेका आफ्ना प्याराजनहरु एकदिन सबै एकत्रित हुनेछन् र
आपसमा हर्षा आँसु छ्यापाछ्याप् गरेर बिस्मातका दिनहरु भुल्नेछन्।
आउँदा पनि हतार, जाँदा पनि हतार गर्नुलाई हिन्दीमा आँधीका तरह आया और
तूफान की तरह गया भनिन्छ । त्यसरी नै आँधीको रुप धारण गरी मुलुकको
राजनीतिमा छाएका अग्रगमनका मुक्तियोद्धा माओवादीहरु जानेबेलामा पनि तूफान
खडा गरेर गएका छन्। कदाचित, उनीहरुले संविधान सभाको ऐतिहासिक निर्वाचनमा
नेपाली जनताले आफ्ना अपराध र गल्तीहरुको प्रायश्चित गर्न र आफ्नो हैसियत
प्रमाणित गर्न उनीहरुलाई दिएको विश्वासलाई जनताकै नसही माओवादकै मात्र भए
पनि गतिलो र्रर् इमान्दार्रर् इच्छाशक्ति बनाउन सकेको भए आँधीझैँ आएर
मुलुकको राजनीतिबाट तूफानझैँ फर्किनु किमार्थ पर्दैनथ्यो।
मुक्तियोद्धाहरुको दानापानी सकिएर हो वा उनीहरुमा विकृतर् इच्छाशक्ति नै
प्रवल भएर हो, स्वदेशी(बिदेशी प्रभुहरुको मेख् मार्नखोजिएझैँ गरी
महामुश्किलले हासिल भएको सत्ता(शक्ति त्याग्नाले मुलुकको राजनीतिमा आज
यतिबिध्न घिनलाग्दो र वाक्वाकीलाग्दो परिस्थिति पैदा भएको छ। हिजो, दशौँ
हजारलाई श्मशानमा पुर्‍याउनेगरी थालिएको जनयुद्ध र संविधान सभाको
ऐतिहासिक निर्वाचनमा जनताले गरेको बिश्वास आँधीको गतिमा आएर तूफानी गतिमा
सत्ताबाट बाहिरिनको निम्ति नभै यथास्थितिवादी(प्रतिगामीका हरेक
षडयन्त्रहरुलाई कुल्चदै मुलुकलाई स्पष्ट निकास दिनको निम्ति थियो। दिमागी
फ्यूजन या बिकृतर् इच्छाशक्तिकै कारण मुलुकमा यो कुदिन आएको भए पनि
जनताका दिनचर्या कटिरहेछन्। बिल्कूल त्यसरी, जसरी माघे जाडोमा अकवरको
दरवारमा बलेको बत्तिको न्यानोमा विरवलको रात कटेको थियो। जाउन् पनि आखिर
यी मुक्तियोद्धाहरु कहाँ जाउन् न्याय खोज्न - मत्स्यन्यायको दुनिया जो
ठहरियो।
अगतिलो र बर्ेइमानर् इच्छाशक्ति पाल्नेहरु सबै इतिहासमा खलपात्र बनेर
रहेका छन्। सयमा उनान्सय राम्रो र एउटै मात्र पनि नराम्रो भए पनि पतझडको
सिजनमा हावाले उडाएको पातझैँ त्योर् इच्छाशक्ति कता बेपत्ता हुन्छ, पत्तै
हुँदैन। महात्मा, बिदुर, सन्यासी, ध्यानी, ज्ञानी र तपश्वीका आ(आफ्नर्ैर्
इच्छाशक्ति। कर्मचारका आ(आफ्नर्ैर् इच्छाशक्ति। व्यापारी, उद्योगी,
किसान, मजदुर, रोजगार(बेरोजगार, सबैका आ(आफ्नर्ैर् इच्छाशक्ति। नेता,
कार्यकर्ता सबैका आ(आफ्नर्ैर् इच्छाशक्ति । हिरण्यकसिपुदेखि रावण,
कुम्भकर्ण्र्ाादुर्योधन, दुस्सासन, सकुनी, सबैका आ(आफ्नर्ैर् इच्छाशक्ति।
सबैका आ(आफ्नै दुनिया, सोँचाई, सपना र तानाबाना। सबैका आ(आफ्नै धून र
तन्द्राहरु। सबैका दिनहरु कट्छन््। रातहरु ढल्छन् । यही आसामा कि भोली
फेरी सूर्योदय हुनेछ। बिहानीको मन्द समीरमा चरीहरुको चिरविर सुनिने छ र
त्योसँगै नयाँ उमङ्ग र उल्लासका साथ एक नयाँ(ताजा जिन्दगी अपडेट हुनेछ।
नेताहरु अश्वासन बाँडिरहन्छन्। सपना देखाईरहन्छन्। कार्यकर्ताहरु त्यसमा
होष्टेमा हैँसे गरिरहन्छन्। लाटागाँडाहरु सुनिरहन्छन् मात्र। तर
टप्परर्टर्ुइँयाहरु तालि पिटिरहन्छन्। कोही जान्दैनन् कि उनका
बिधाताहरुका दर्ुगन्धित अश्वासनहरु भोली र्सार्थक हुन्छन्(हुँदैनन्।
उनीहरुले देखेका ती सपनाहरु भोली पर्ूण्ा हुन्छन्(हुँदैनन्। परन्तु,
बाँचिरहेकै हुन्छन्। किनकि, बाँच्नर्ैपर्छ। हाँसिरहेकै हुन्छन्। किनकि,
हाँस्नर्ैपर्छ। र नाचिरहेकै हुन्छन् । किनकि, लङ्गडाले रेस जित्ने यो
मुलुकमा डुँडे नै भए पनि खुट्टा उचाली उचाली नाच्नैपर्ने हुन्छ। यही
आसामा कि एकदिन यस्तो समय पनि आउनेछ, जव नेताहरुले बाँडेका अश्वासन,
देखाईएका सपनाहरुसँग उनीहरुको मुलाकात हुनेछ र जिन्दगीको रेस जितिने छ।
यो समाजमा मौजुद पृथक पृथकर् इच्छाशक्तिहरुकै कारण यहाँ कहिल्यै, क्यै
हासिल भएन र हुँदैन पनि। राजनीतिक दलहरुदेखि दलका नेता( कार्यकर्तासम्मका
पृथक पृथकर् इच्छाशक्तिले गर्दा आम जनताले जितिसकेको बाजी हारेको छ र
हार्नेहरुका हातमा ती सबैथोक परेका छन्, जस्को चाहना सबैमा हुन्छ। एकपछि
अर्को सहमति(सहकार्यर्(इमान्दारीताका धरोहरहरु तोडिदै छ र मुलुकमा
राजनीतिको फ्ल्यासब्याक देखापरेको छ । गुटवन्दीका रुपमा देखापरेको यी
पृथक पृथकर् इच्छाशक्तिहरुले मुलुकलाई विभाजनतर्फधकेलिरहेको त छँदैछ। यो
बाहेक, जुन हिसावसँग यहाँ मानिसहरु आफुमा निहित बिकृतर् इच्छाशक्तिले
दल(गूट(समूह, समाज वा पूरै मुलुकै हाँक्नखोजिरहेका छन् मुख्य चासो र
चिन्ताको विषय यो हो। मुलुक हाँक्ने यी मोराहरुलाई थाहै छैन। इतिहासमा
अटाउन केवलर् इच्छाशक्ति मात्र हैनर्,र् इमान्दारीता र नैतिकता पनि
चाहिन्छ। बिकृतर् इच्छाशक्तिकै कारण मुलुकमा आज गणतन्त्र, सँघीयता र
बिखण्डनको बेमौसमी आँप पाकेको र खुलेआम यस्कै चीरहरण हुनाका खाँट्टी कारण
माओवादी, नेपाली काँग्रेस, एमाले तथा मधेसवादी जस्ता गणतन्त्रवादी दलहरु
लगायत अन्य राजावादी दलहरु तथा तिनका नेता(कार्यकर्ताहरुले पालेका बिकृत
र पृथकर् इच्छाशक्तिहरु नै छन्, जस्लाई मेट्न यहाँका मानिसहरुलाई
शताब्दिभन्दा बढी समय लाग्नेछ। कतै, हामी आफुभन्दा टाढा टाढाको कुनै
मायावी वस्तुको उज्यालो र त्यसको न्यानोमा आफ्नो जिन्दगीको खटारा
गुर्डाईरहेका त छैनौ पाठक - बिल्कूल त्यसरी, जसरी विरवलले टाढा बलेको
बत्तिको न्यानोले पूरै चिसोरात काटेको थियो - कतै हामी आफ्नो पहुँचभन्दा
निकै टाढाको कुनै स्वप्निल, काल्पनिक या मायावी वस्तुको चक्करमा अफिस,
स्कूल, कलेज, क्याम्पस, गोष्ठी, सेमिनार, भोज, भत्तेर, बाटाघाटा, सभा,
जुलुस, बन्द र जामहरुमा पाईलैपिच्छे ठक्कर खाईरहेका त छैनौँ पाठक - दूर
बलिरहेकोे बत्तिको कति न्यानो तपाईसम्म आईपुग्ला र चिसोरात काट्नुहुन्छ -
अथवा भनौँ(बाँसको लिङ्गोमा आगोको राप् कहिले पुग्ने र हामीले पकाएको
खिचडी पाक्ने पाठक - अस्तु।


0 comments:

Feeds Comments