Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Thursday, June 4, 2009

0 भत्ताको लागि पत्रकारहरुबीच देखिएको हानाथापलाई त्यागौं

-कुबेरचन्द्र गौतम------
वीरगंज, २२ जेठ। नेपालको आर्थिक राजधानी वीरगंज अहिले बदनाम हुंदै
गइरहेको छ। लामो समयदेखि अपराधीहरूको विस्फोट झेल्दै आएको यस क्षेत्रमा
अहिले अपराधिक गतिविधि सेलाए पनि पत्रकारहरूले विस्फोट प्रारम्भ गर्न
सुरू गरेका छन्। वीरगंज नगरका व्यापारीहरू अहिले अपराधीभन्दा बढी कथित
पत्रकारदेखि त्रसित छन्। कमाउने लक्ष्य बोकी वीरगंज आएका
सुरक्ष्ँाकर्मीलाई सुराकी दिएर केही पत्रकारहरू अहिले कमाउन व्यस्त छन् ।
व्यापारीको पसल, गोदाममा गएर कथित पत्रकारले पहिले बार्गेनिङ गर्छन्,
कुरा नमिलेपछि प्रहरी लगाएर छापामारी गरी रकम असूल्ने गरेको एक
व्यापारीले बताए। भ्रमजीवी पत्रकारहरूको लागि समाचारभन्दा ठूलो कुरा पैसा
नै हो। वीरगंजमा यस्ता कथित पत्रकारहरूको संख्या बढ्दै गइरहेको छ ।
हिजो मात्र जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले नेपाल पत्रकार महासंघ
पर्साको सहयोगमा पत्रकारहरूलाई स्वास्थ्य सम्बन्धी विषयमा जानकारी गराउन
अभिमुखीकरण गोष्ठीको आयोजना गरेको थियो । कार्यक्रममा आयोजक संस्थाले
नेपाल पत्रकार महासंघलाई करिब ४० जना पत्रकारहरूलाई कार्यक्रममा सहभागी
गराउन आग्रह गरे पनि त्यहां ७२ जना भन्दा बढी पत्रकारहरूको उपस्थिति
हुंदा जनस्वास्थ्य कार्यालयका प्रमुखको निधारमा पसिना बगेको स्पष्ट
देखिएको थियो । तीन पटक जनस्वास्थ्य प्रमुखले ४० जनालाई खबर गर्नु
भनेकोमा यहां त ७२ जना पुगेछन् भनेको पनि सुनियो ।
गोष्ठी अवधिभरि हल्लैहल्ला भयो, वक्ताहरूले भनेको कुरा राम्ररी सुन्न
पनि सकिएन। प्रश्नकर्ताहरूमध्ये एकले मात्र जनस्वास्थ्य सम्बन्धी प्रश्न
राखे भने अधिकांशले कतिको बजेट आयो - कुन-कुन शिर्षमा खर्च भयो -
स्वयंसेवकहरूमा कति खर्च गर्नुहुन्छ भन्ने मात्र प्रश्न राखेपछि
जनस्वास्थ्यको गोष्ठी नै ओझेलमा परेको थियो। एक साप्ताहिकका प्रकाशक तथा
कार्यकारी सम्पादकले दैनिक पत्रिकालाई विज्ञापन दिनुहुन्छ - साप्ताहिकलाई
सौतेली व्यवहार गर्नुहुन्छ भनेर जुहारी खेल्न समेत भ्याए ।
कार्यक्रम पश्चात पत्रकारहरूमध्ये आप\mनो भत्ता छुट्ला भनेर निकै
तंछाडमछाड गर्न थालेको पनि देखियो । केहीले फोन गरी आप\mनो मित्रलाई
भत्ता लिन बोलाए भने सोही कार्यक्रममा एउटै संचारमाध्यमबाट ५ जनाभन्दा
बढी पुगेका पनि देखियो । सहभागीहरूमध्ये पत्रकारिता क्षेत्रभित्र नपर्ने
केही व्यक्तिहरू समेतको उपस्थिति रहेको पाइयो। भत्ते कार्यक्रमको यस
भीडलाई सहयोगी संस्थाको रुपमा आफूलाई प्रस्तुत गर्ने नेपाल पत्रकार
महासंघका केही पदाधिकारीहरू सो बखत आंखा लुकाएर सोही हलको एक कुनामा
लुकेर बसेको समेत देखियो । आयोजित गोष्ठी सभाहलको दृश्यको अवलोकन
गरीरहेका केही पत्रकारहरुले बारा जिल्लामा गोष्ठीको समयमा हरवाहा,
चरवाहालाई पत्रकार भनी उपस्थित गराउने परम्परा बसेको हुनाले नैं सो
जिल्लामा गोष्ठीका कार्यक्रमहरू बन्द भएको समेत बताए।
यदी वीरगंजमा पनि यस्तै रवैया रहने हो भने भोलिका दिनमा गोष्ठी,
अन्तरक्रिया, सेमिनार जस्ता भत्ते कार्यक्रम हुन् अथवा दिवा, रात्रि
सुरुचि भोजकै कार्यक्रम किन नहोस्, सो कार्यक्रममा सुरक्ष्ँा व्यवस्था
मिलाएर परिचय पत्र हेरेर जेनुन पत्रकारको उपस्थितिलाई मात्रै हस्ताक्षर
गर्ने अवसर आयोजक संस्थाले दिनुपर्ने हुन्छ। जुन अति लाजमर्दो कुरो हो।
यस्ता कुराहरुमा पत्रकारहरुको विशाल छाता संगठन नेपाल पत्रकार महासंघले
पनि ध्यान पुर्‍याउन जरुरी रहेको आभाष हुन थालेको छ ।


0 comments:

Feeds Comments