Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Thursday, September 24, 2009

0 जुत्ता खाने राजनीति नगर्न सुझाव

- अ के ला-
आजको पिँढिले जुन र्टाईपको राजनीति र नेता(कार्यकर्ताको सामना गर्दैछन्,
त्यो उनीहरुकोे बाध्यता हो। नेता(कार्यकर्ताले जहाँ जहाँ आईज भन्छन्,
त्यहीँ त्यहीँ जानु, जहाँ नआईज भन्छन्, त्यहाँ नजानु, जे जे बक्बक्
गर्छन्, त्यो त्यो सुन्नु र जे जे गर् भन्छन्, त्यही त्यही गर्नु जस्ता
बाध्यताहरुको कुनै विकल्पै छैन। किनकि, यो पिँढि सिधा र सरल छन्। तर भावी
पुस्तामा यो हुनेछैन। हामी जस्तै सिधासादा र नेताहरुका बकुलाभगत। कसैले
आईज भने जाने, नआईज भने नजाने र जो कसैको बक्बक् चूपचाप सुनेर(सहेर
बस्ने। राजनीति गर्नेहरुका निम्ति यो एउटा यस्तो खतरा छ, जो निकट
भविष्यमा उनीहरुमाथि खनिनेवाला छ।
अवका पिँढिले यो मुलुकमा राम्रो राजनीति र राम्रा नेता(कार्यकर्ता पनि
पाउने छैनन्। आजको पिँढिले जुन र्टाईपको राजनीति र नेता(कार्यकर्तालाई
भोग्दैछन्, त्योभन्दा अत्यन्तै भयाहव राजनीति र भयानक नेता(कार्यकर्तालाई
भोलीका पिँढिले भोग्नेछन्। अवका पिँढिले देख्ने(भोग्ने राजनीति र
नेता(कार्यकर्ता भनेकै एकप्रकारले अण्डर वर्ल्ड डन्हरु जस्तै हुनेछन्, जो
न केवल उनीहरुले यो मुलुकमा समानान्तर सरकार चलाउने छन्, बल्कि पूरै
राजनीति नै न्ष्खभ बलम त्बपभ को र्टाईपले चल्नेछ। जसले गर्दा मुलुकको
पूरै ल एण्ड अर्डरको स्थिति आजभन्दा पनि निकै कवाडी हुनेछ।
राजनीति मात्र हैन, यसअघि कहिल्यै नदेखिएको मानिसहरुको आक्रामक चरित्र
मुलुकको आर्थिक, सामाजिक, धार्मिक विषयमा पनि बढेको छ। जुन शैलि र
व्यवहारलाई यो पिँढिले अपनाउँदैछ, त्योभन्दा डरलाग्दो शैलि र व्यवहार,
आउँदा पिँढिमा देखिने छ। आम मान्छेहरुले कुनै दलको सदस्यता लिनुको अर्थ
कुनै अण्डर वर्ल्ड ग्याङ्गमा भाइगिरी गर्नु जस्तो हुनेछ भने आम मान्छेले
नेताहरुलाई मान्नु र पार्टर्ीी कार्यकताहरुको संख्या बढाउनुको अर्थ
लाग्नेछ(नेताहरुलाई जुत्ता खानबाट सुरक्षित राख्नु। भूतो न भविष्यतिको
राजनीति गरिरहेका यहाँका नेता तथा कार्यकर्ताहरुमा आफुलाई पार्टर्ीीे
सदस्य कम र फाईटर ज्यादा ठान्ने प्रवृत्तिलाई आत्मसात गर्न यो पिँढि
बाध्य भए पनि भावी पिँढि त्यसको निम्ति बाध्य हुनैछैनन्।
मुलुकको राजनीतिमा सक्रिय रहेका सबैखाले भातृसंगठनहरुमा आफ्ना नेताहरुलाई
खुशि पार्ने र नेतालाई खुशि पार्नसकिए ठूलै झ्याप पारिने मनोविज्ञानले
काम गरिराखेको छ। उनीहरुको त्यस किसिमको मनोविज्ञानबाटै मुलुकको राजनीति
प्रभावित छ। जसबाट, न केवल भातृसंगठनहरुका कार्यकर्ताहरु मात्रै, अपितु
नेताहरुका सेता लवेदा सुरुवालमा लागेको गन्दगी साफ गर्न मुश्किल भैरहेको
छ।
राजनीतिमा हावि हुँदै गएको बढी से बढी दासत्व आम जनतालाई अस्वीकार्य छ।
दासहरुको खरिद(बिक्री बन्द भैसकेको र बालश्रम निषेधित गरिएको यो जमानामा
अव पनि कसैले(कसैलाई दास बनाएर राख्छ वा राख्न चाहन्छ भने त्यो पाच्य
हुँदैन। किनकि, दास र दासत्व सम्बन्धी सबै कामकुरा आज बर्जित एवं निषेधित
छन्। तर हामीकहाँ जुनखाले दासत्वको विकास गरिँदैछ, त्यसलाई आम मानिसले
कसरी स्वीकार्ने - आजको प्रमुख विषय नै यही हो। किनकि, नेपालको राजनीतिमा
जुन कुरालाई र्सवाधिक स्वीकार्य र शिरोधार्य ठानिँदै छ, यो ज्यादै खतरनाक
छ। राजनीति मात्रै यहाँ एक यस्तो चिज बचेको छ, जसमा दासत्व स्वीकार्य र
शिरोधार्य ठानिएको छ। अर्थात, नेताहरुलाई आफ्ना कार्यकर्ताहरुको दासत्व
स्वीकार्य छ त कार्यकर्ताहरुलाई नेताहरुप्रतिको दासत्व शिरोधार्य छ।
जुन र्समर्पण र बलिदानप्रति राजनीतिक दलका कार्यकर्तालाई गर्व र घमण्ड छ,
न केवल त्यो उनीहरुमा निहित स्वार्थ र निचताको उच्चतम् पर््रदर्शन हो,
अपितु नेतालाई खुशि पार्ने र्टाईपको वाकवाकीलाग्दो दासत्व पनि। उनीहरुले
नेताहरुप्रतिको दासत्वलाई र्समर्पण वा त्यागको जामा पहिर्‍याए पनि आम
मानिसहरुमा उनीहरुको त्यो र्समर्पण वा त्यागलाई फगत एउटा दासत्व बाहेक
केही नठान्ने मनोवैज्ञानिक दृष्टिकोणको विकास पनि यहाँ बिस्तारै हुँदैछ र
नेता तथा कार्यकर्ताहरुले त्यसलाई स्वीकार्नैपर्ने हुन्छ।
व्यक्ति फरक पर्नसक्छ। घर, आँगन फेरिनसक्छ। देश, काल र परिस्थिति बदलिन
सक्छ। तर सँस्कार बदलिन कठिन छ। घाम, पश्चिमबाट उदाउनसक्ला। तर मानिसको
सँस्कार जहाँको तहीँ हुन्छ। जमानासँगै बदलिएका आम नागरिकको मर्म र
भावनासँग आफुहरुलाई ढाल्न नसकिनु उनीहरुको यस्तो गलत कुसँस्कार छ, जो
उनीहरुको धमनीमा युगौँदेखि दौडिरहेको छ। आदर्श र्रर् इमानको रामनामी
च्यादरभित्रका यी डरलाग्दा अनुहार, शैलि र सोँचाई त कुसँस्कारकै प्रमाण
हो नि। जतिसुकै वाकपटुता र शाब्दिक चाटुकारिताद्वारा आम मान्छेलाई
हिप्नोर्टाईज्ड गर्नखोजिए पनि के गर्ने पाठक - हुस्सुहरुले आफ्नै पैण्टको
हेडक्वाटर खुलेको पत्तो पाउँदैनन्।
यहाँको राष्ट्रिय राजनीति ब्रि्रेकै कार्यकर्तालाई एक्काको घोँडा बनाउने
नेताहरुको मानसिक बिक्षिप्तता र नेताहरुको भारी नबोेके आफ्नो अभिष्ट पूरा
नहुने कार्यकर्ताहरुको यथास्थितिवादी मनोविज्ञानले हो। त्यस किसिमको
बिक्षिप्तता र यथास्थितिवादी मनोविज्ञानबाट मुक्त नभएसम्म राजनीतिको
रुप(रङ्ग हिँस्रक त बन्छ नै। आजादीको पर्सर्ाा सबैभन्दा पहिला र सबैभन्दा
धेरै खाने त नेतै हुन्। नेता(कार्यकर्ता र तिनका
चटुषष्टीयोगिनी(नन्दीभृङ्गीले खाएर शेष रहे भने न आम नागरिकका हातमा त्यो
पर्सर्ाा पर्ने हो। नत्र त्यो पर्सर्ााप्रति आम नागरिकको के नै मोह हुन्छ
र - मोह त नेता पैदा गर्छन्। अनि त्यही मोहमा आम लाटागाँडाहरु एकअर्कालाई
उछिन्न पेलम् पेल्को राजनीति गरिरहेका हुन्छन्।
नेता तथा कार्यकर्ताहरुका धमनीमा दौडेको कुसँस्कारले यहाँको शदियौँ
पुरानो धर्म, सँस्कृति, अर्थ र राजनीति बिग्रियो(भत्कियो भने त्यसको
जिम्मेवारी आम मानिसले त लिँदैन। त्यसको लागि, आम नागरिकले
नेता(कार्यकर्तालाई नै दोष दिनेछन् र नेता(कार्यकर्ताले लिनु पनि पर्ने
हुन्छ। अन्यथा, राजनीतिमा जुत्ता खाने र खुवाउने सिलसिला सुरु जो भैसकेको
छ। आम नागरिकको जुत्ताबाट बच्न र बचाउन आगामी दिनमा राजनीतिका
खेलाडीहरुले सच्चाई र्रर् इमान्दारीताको राजनीति नरोजि सुख्ख त छैन।
किनकि, मुलुकमा आज जुन र्टाईपको राजनीति चल्दैछ, त्यो त जुत्तै खाने
राजनीति हो। भलै सबैले नहान्लान्, तर कार्यकर्ताहरुकै भिडबाट कुनै दिन
नेताहरुका टाउकामाथि जुत्ताहरु बषिर्ए भने के अनौठो भयो र - शदियौँ
पुरानो आफ्नो धर्म, सँस्कृति, अर्थ र राजनीति बिगार्ने(भत्काउनेहरुलाई आम
मान्छेले त बक्सन्नन्।
नेताहरु चढ्ने कालो सिसावाल बुलेटप्रुफ गाडी, हतियार लैस सुरक्षा गार्ड,
अनि कार्यकर्ताका सुरक्षाचक्रले नेताहरुको छेरुवापनलाई झल्काउँछ।
नेतालाई(सुरक्षा चाहिने, कार्यकर्ताहरु(सुरक्षा दिने। किनकि, यिनीहरुको
दिलोदिमागमा जुत्तै जुत्ता मात्र छ। यी धर्ूतहरु भयभित छन् कि कुनै न
कुनै दिन, भिडको कुनै कुनाबाट यिनका टाउकामाथि जुत्ताको झटारो आउने छ र
त्यसलाई छल्नुपर्नेछ। कदाचित, उनीहरुलाई जुत्ताको भयले नगालेका भए बिना
सुरक्षाचक्र, एक्ला एक्लै आम नागरिकको सामना गर्ने थिएनन् र - देश र
जनताको निम्ति राजनीति गर्नेहरुलाई आखिर केको डर - कोसँग डर - र किन डर
-- डराएर राजनीति चल्छ - त्याग, तपस्या र बलिदानको किस्सा सुनाएर नथाक्ने
यी वीरवहादुरहरुको आज त यो हालत छ भने भोली हातहातमा, पातपातमा एके
फोर्टर्ीीभेन र ग्रिनेड लिएर पैदा हुने भावी पिँढिको यिनीहरुले कसरी
सामना गर्लान् - या त, यी सवालहरुको जवाफ उनीहरुले यसैभित्र खोज्नुपर्ने
हुन्छ, हैनभने, आजैदेखि यिनीहरुले जुत्ता खाने र्टाईपको राजनीति बन्द
गर्नुपर्ने हुन्छ। नवदर्ुगा भवानीले नेताहरुलाई जुत्ता खानबाट बचाउन्।
अस्तु।
Read More...

Tuesday, September 22, 2009

0 धर्मको नाममा किन धनको नाश

-नन्दकिशोर गोयल-
धर्म भनेको मनभित्र रहेको आस्था हो। आस्थाले मानिसमा दृढता उत्पन्न
गराउंछ, दृढताले नयां उर्जा शक्ति प्रदान गर्छ, उर्जा शक्तिले मानिसलाई
कर्मठ र कर्मशील बनाउंछ र कर्मशीलताले नै लक्ष्य पूरा गराउंछ ।
तर वर्तमान समयमा मानिस आस्थाविहिन हुंदै गइरहेको छ । आस्थाभन्दा पनि
मानिसले आप\mनो नामको प्रचार बढीभन्दा बढी गर्न चाहिंरहेको छ। त्यही
प्रचारबाट नै आफूलाई उच्च स्थानमा पुराउन खोजिरहेको छ। त्यो स्थानमा
पुगेपछि आफूलाई पर्ूण्ारूपमा सुरक्ष्ँित पार्न थाल्छन्। पर्ूण्ा
सुरक्ष्ँित ठाउंमा पुगेपछि आप\mनो स्वार्थपर्ूर्ति गर्ने लक्ष्यतिर
लाग्छन् ।
आफूले मानिरहेको आराध्यदेवप्रति आस्था प्रकट गर्न देखावा र आडम्बरमा
करोडौं करोड रूपैयां खर्च गरिरहेका छन्। आराध्यदेवको सामू कसैले ध्यान,
भोग, कसैले चौरासी ब्यञ्जनहरूको साथै मेवा, मिष्ठान्न, मखन, मिश्रीको
थुप्रो लगाउछन्। एकसे एक बहुमूल्य कपडाहरूको थाक लागेको हुन्छ। कति उच्च
वर्गका लक्ष्मीपुत्रहरूले त सुन-चांदी, हिरा समेत गरगहनाहरू भेटी चढाउन
पनि पछि रहदैनन्। त्यही दानी, दाताहरूको दरबार सामुन्ने नांगा, भोका,
रोगी, अपा·हरूको भीड लागेको हुन्छ। तर धनाढ्यहरूले न त एक छाक मीठा
खुवाएर उनीहरूको इच्छा तृप्त गर्न सक्छन्, न नांगा अंग छोप्नको लागि एक
जोड लुगा नै दिन सक्छन्। बाहिर नारायणको रूपमा रहेका नरनारीहरू छटपटाएका
हुन्छन् । भित्र ढुंगाको नारायण सामुन्ने थरिथरि प्रकारको मूल्यवान
वस्त्र, गरगहना राखेर नारायणलाई खुशी पार्ने प्रयासमा लागेका हुन्छन्।
नारायण खुशी होस् कि नहोस्, नारायणको दरबारमा चौकीदारको रूपमा रहेका
ब्राह्मण त मक्ख नै हुन्छन्। के यो नै हो आप\mनो आराध्यदेवलाई आस्था
प्रकट गर्ने तरिका - म यहां एउटा सानो कथा पाठकगणको सामुन्ने राख्न
गइरहेको छु। अवश्य पनि पाठकगणले ध्यान दिनु होला भन्ने आशा पनि लिएको छु।
कथा यसप्रकार छ- एक नगरमा ठूलो साहु महाजन थियो। उनको नियम नै थियो कि
दिनहुं एक ब्राह्मणलाई खाना खुवाइसकेपछि मात्र खाना खाने। एक दिन बिहान
हुंदै दिउंसो र बेलुका भयोे तर न कुनै ब्राह्मण भेट भयो, न ब्राह्मणले
साहुको घरमा भोजन नै ग्रहण गर्‍यो। सांझ पर्ने बेलामा साहुको
नोकरचाकरहरूले एक ब्राह्मणलाई भेट्यो र साहुको सामुन्ने लगेर नोकर भन्यो-
ँसाहुजी मैले ब्राह्मण खोजेर ल्याएको छु हजुर । साहुले ब्राह्मणलाई
हेरेपछि खुशी पनि हुंदै मनमनै सोच्न थाल्यो- मेरो नियम भंग भएन। साहुजीले
ब्राह्मणलाई सोध्नुभयो - ँए हजुर कुन प्रकारको खाना खानु हुन्छ - दाल,
भात, तरकारी, मिठाइ, पुरी, तरकारी के खानु हुन्छ -'
ब्राह्मण बाजेले भन्यो- ँदाल, भात, तरकारी त म सधैं खान्छु तर हजुरले
खाना नै खुवाउनु हुन्छ भने मलाई मीठो खाना मनपर्छ।'
ब्राह्मणको कुरा सुनेपछि साहुजीले तुरून्तै राम्रँे-मीठो पकवानहरू तैयार
गर्न लगाए। र, ब्राह्मणलाई बसाएर खाना खान अनुरोध पनि गरे । ब्राह्मणले
पनि हातखुट्टा नपखालेर नै खान खान बस्नुभयो। ब्राह्मणले न मन्त्र पढे, न
भगवानलाई नै धन्यवाद दिए। फटाफट खान थाल्यो। खाएपछि हात-मुख पनि नधोएर
आफूसंग भएको रूमालबाट पुछेर साहुजीलाई धन्यवाद, आशिष, बरदान नै नदिइ
हिड्यो।
ब्राह्मणको व्यवहारले गर्दा साहुजी असन्तुष्ट भयो। मैले खाना त खुवाए तर
नास्तिक ब्राह्मणलाई त खुवाइन् - यही पीडाले उनलाई पीडित बनाएको थियो।
बल्ल-बल्ल न्रि्रा लागेको थियो कि उनले सपना देख्न थाल्नुभयो। सपनामा
स्वयं नारायणले साहुसंग प्रश्न सोध्नु भयो- ँए साहुजी तिमी आज किन दुखी र
पीडित छौं -'
साहुजीले भन्यो- ँप्रभु मैले आज एक नास्तिक ब्राह्मणलाई खाना खुवाए,
त्यही पीडाले म पीडित छु।'
नारायणले भन्नुभयो - ँसाहुजी तिमीले एक छाक त्यो मानिसलाई खुवाएर यति
पीडित छौं भने मैले त उसलाई ५२ वर्षेखि खुवाइरहेको छु। र, आगे पनि
खुवाउने नै छु। तर म त पीडित भएको छैन। तिमीले नारायणको स्वरूप नै चिन्न
सकेनौं। संसारका समस्त नरनारी नारायणको स्वरूप नै हुन्छन्। तिमीमा अहंकार
उत्पन्न भइसकेको छ र त्यही अहंकारले पीडा दिइरहेको छ। मैले खुवाएको भन्ने
अहंकारलाई त्यागी देउ, त्रि्रो पीडा आफै हराउने छ। परिस्थिति सधैं अनुकूल
हुंदैन, कहिले प्रतिकूल पनि हुन्छ। अनुकूलतामा रमाउने, प्रतिकूलतामा दुःख
मान्ने व्यक्ति आस्थावान हुन नै सक्दैन। मानिसले सधै समभावमा रहेर आप\mनो
आराध्यदेवको आराधना स्वयं गर्नुपर्छ ।' सपनामार्फ ज्ञान प्राप्त भएपछि
साहुजी पनि एक समभाव व्यक्तिको रूपमा रहन लाग्नुभयो।
कथाको मूख्य अर्थ यो छ- आ-आप\mनो आराध्यदेवको पूजाआजा गर्नुपर्छ तर
देखावा, आडम्बरभन्दा टाढा रहेर। बडा दशैंको बेलामा नै मुस्लिम समाजको इद
पर्व पनि परेको छ। मुस्लिम समुदायको महान पर्व इद मनाउने तरिका वा चलन
देखेर बडो खुशी लागेको छ। उनीहरूले जुन सदभावना र समभावले ठूलो-सानो
जातजातिको कुनै मतभिन्नता नराखेर एक ठाउंमा सबै भेला भएर, आप\mनो महान
पर्वको बेलामा नमाज पढेर, एक आपसमा गला मिलेर, एक अर्काप्रति मांया,
प्यार, सदभाव प्रकट गर्दै, एक अर्काको घर-घरमा गएर, यथास्थिति अनुकूल
भएको खानेकुरा खाएर, सदभावका साथ आप\mनो आराध्यदेवप्रति सदभाव प्रकट
गर्नु नै सच्चा पूजा, श्रद्धा, उपासना, पर््रार्थना हुन्छ। उनीहरूमा
धर्मप्रति न त देखावा छ, न कुनै आडम्बर नै छ। न कसैमा कसैप्रति मतभिन्नता
देखिएको छ। हामीले पनि यसप्रकारको सामाजिक सदभावबाट केही सिक्नु पर्छ
भन्ने आशा पनि लिएको छु।
हामीहरूले पनि समग्ररूपमा सबै एक ठाउंमा संगठित भएर नै पूजाआजा गर्ने
बानी बसाल्नु पर्छ। हाम्रो भिन्नताको कारणले धनको नाश हुनुको साथै समभाव
र सदभावना पनि खण्डित भइरहेको छ। एक अर्काको पूजाआजाको प्रतिस्पर्धामा
पनि हामी लागेका छौं, देखावा र आडम्बरमा धनको नाश गरिरहेका छौं।
त्यस प्रकार धन नाश हुन नदिन हामीले आप\mनो सोच परिवर्तन गर्नुपर्छ।
देखावा र आडम्बरमा नचाहिंदो प्रकारको खर्चलाई कटौती गरी आ-आप\mनो ठाउंमा
हामीले एक-एउटा र्सार्वजनिक रूपमा अक्षय कोषको स्थापना गरेर त्यसबाट
असहाय, पीडित, गरिब, अपा·हरूको साथै देशको कुनै ठाउंमा कुनै प्रकारको
दैव्रि्रकोपको घटनाहरू घटेपछि उनीहरूको सहयोगको निम्ति हामीले सरकारभन्दा
पहिला नै पहल गर्नेतिर लाग्नु पर्छ।
नारायणको सच्चा पूजा त संसारका बेसहारालाई सहारा दिनु नै हो।
हजारौं-हजार युनिट देशको उर्जाशक्ति विजुलीको नाश हुनुको साथै बाहिरबाट
नांच, गान गर्न कलाकारहरू बोलाएर आस्थाको नाममा लाखौंलाख रूपैयांको नाश
गरेर मनोरञ्जनलाई के सांच्चै आराध्यदेवप्रतिको सच्चा आस्था मान्न सकिन्छ
- सच्चा आस्था त मानिस स्वयंले मात्र एउटा फूल हातमा लिएर सच्चा मन,
आस्थाले आराध्यदेवको आराधना गर्दा नै उहांहरू प्रशन्न हुनुहुन्छ। आफूले
ज्ञान प्राप्ति गर्नुछ वा पढ्नु छ भने आफै विद्यालयमा जानर्ुपर्छ अनि
मात्र ज्ञान प्राप्ति हुन्छ। आप\mनो सट्टा नोकरलाई पढ्न विद्यालय
पठाइदिएमा आफूलाई ज्ञान कदापि पनि प्राप्त हुंदैन। त्यसप्रकारले नै
आराध्यदेवलाई खुशी पार्नुछ भने बिना देखावा, बिना आडम्बरको मात्र हात
जोडेर आराधना गरेमा उनीहरू खुशी भइहाल्छन्। नोकरले पढेर हामीलाई ज्ञान
प्राप्त हुंदैन भने अह्राएको व्यक्तिले गरेको आराधनाको फल पनि हामीले
पाउदैनौं। देखावा र आडम्बरलाई त्यागी सच्चा रूपमा आस्थाप्रति निष्ठावान
रहन नै सच्चा पूजाआजा हुन्छ। २०६६ विजयादशमीको पावन अवसरमा र्सवमंगलको
कामनाका साथै राष्ट्रिय दैनिकको समग्र परिवार तथा सबै साहित्यकार,
पत्रकार, इष्टमित्रहरूमा मंगलमय शुभकामना पनि टक्राउन चाहन्छु। - वीरगंज
Read More...

Wednesday, September 16, 2009

0 फेरि जनता मार्ने धम्की ः

अब बन्दूक हत्या हिँसा सह्य हुँदैन
-दीपक गजुरेल-
मुलुकमा फेरि बन्दूक गोला-बारुद हिँसा हत्याको स्वर गुिाजन थालेको छ।
मैले भने जस्तो नहुने र नगर्ने हो भने लाखौँ मान्छे मर्नेछन् देशमा फेरि
लडाइँ शुरु हुनेछ भयँकर भिडन्त हुनेछ रक्तपात हुनेछ दुर्घटना हुन्छ जस्ता
धम्कीको भाषा मूर्धन्य नेताहरु बोल्न थालेका छन्।
राष्ट्र तथा नागरिकको सर्वोत्तम भलाइका लागि राजनीति गर्छौँ भन्नेहरुबाट
मुलुकलाई पुनः हिँसा र विध्वंसको भूमरीमा जाक्ने प्रपाच भैराखेको छ। तीन
वर्ष अघि लाखौँ नेपाली जनताले गरेको माग अनुसारको शासन व्यवस्था मुलुकमा
स्थापना हुने आशा बिस्तारै क्षिण बन्दै गएको छ। ुनयाँ नेपालु ुसमुन्नत
नेपालु बनाउँछौँ भन्नेहरुको हातमा यतिबेला राष्ट्रको भाग्य अडिएको छ। तर
स्थिति दिन प्रति दिन भयावह बनाउँदै लगिएको छ।
यो के गर्न खोजेको
२०६३ सालमा एक थरी शक्तिहरुले अबको नेपाल कस्तो हुनेछ भन्ने सपना जनतालाई
बाँडेका थिए। सहमति र सहकार्य गरेर जनताको चाहना र राष्ट्रको आवश्यकता
अनुरुपको शासन प्रणाली मुलुकमा स्थापना गर्ने प्रतिवद्धता यी शक्तिहरुले
राष्ट्र तथा जनता समक्ष जनाएका थिए। तर विदेशीको निर्देशनमा पराइ भूमिमा
सम्´ाैता गरेर आन्दोलन गरी शासन सत्ता हातमा लिनेहरु अहिले खतरनाक
व्यवहार गर्दैछन्।
ु१० वर्षको युद्धमा १० हजार नेपालीले बलिदान गरे। अबको विद्रोहमा १०
लाखको ज्यान जान सक्ने … ु संबिधान सभामा ´ण्डै बहुमतमा रहेको शक्तिका
प्रमुख नेताले एउटा सार्वजनिक भाषणमा यसै भने। हत्या हिँसाले आक्रान्त
नेपाली नागरिक ुहामीसंग हजारौँ बन्दूक छ लाखौँ सेना छन् हामी स्थितिलाई
पर्लक्कै पल्टाइदिन्छौँ होस गरु भन्ने धम्की सुनेर तसे्रका छन्।
प्रमुख शक्तिहरु मध्ये एउटाले मात्र खतरनाक तथा डरलाग्दो व्यवहार
गरिराखेको छैन यसबेला। संबिधान सभामा रहेका अन्य मुख्य शक्तिहरु पनि
जनताको सातो जाने काम तथा व्यवहार गर्दैछन्। सरकारको नेतृत्व गरिराखेको
दलका अध्यक्षले पटक-पटक यसो भनेका छन् ुतोकिएको अवधिमा संबिधान निर्माण
हुन नसके मुलुक संबिधान बिहीन भई सैनिक शासनको खतरा छु। सैनिक शासन भनेको
बन्दूक हिँसा अर्थात् नागरिक हत्या र विनाशकै कुरा हो।
संबिधान सभाको अर्को प्रमुख दलका उच्च नेताहरु पनि यसै गरी हत्या हिँसा
भिडन्त र विध्वंसकै कुरा गर्दैछन्। ु… वर्तमान व्यवहारले मुलुकमा
अकल्पनीय दुर्घटना निम्त्याउँछ देश भयंकर अस्थिरता तर्पु जान्छु
भनिराखेका छन् उनीहरु।
मुलुक हाँकिराखेका प्रमुख शक्ति तथा दलहरु मात्र होइन बौद्धिक जमात र
विश्लेषकहरु समेत सर्वनाश हुने खालको डरलाग्दो भावि दिनको प्रक्षेपण
गरिराखेका छन्। ुदेश अपूर्व रक्तपात र युद्धको मुखैमा पुगेको छु भन्दैछन्
एक थरी विश्लेषक भने अर्काथरी ुमुलुक पुनः भयंकर भिडन्तमा जाँदैछु
भन्दैछन्।
राजनीतिक शक्ति र बुद्धिजीवीहरु मात्र खतरनाक अवस्था औँलाइराखेका छैनन्।
हामी नेपालीको चाला सुक्ष्म ढंगले नियालीराखेका विदेशीहरु पनि यस्तै
अत्याउने दृश्य देखाउँदै हामी जनतालाई सचेत हुन आग्रह गरिराखेका छन्।
ुनेपालको वर्तमान शान्ति प्रकि्रया भंग हुने खतरामा छु भनेर भर्खरै एउटा
प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले आफ्नो प्रतिवेदनमा भन्यो। हाम्रा
सन्दर्भमा निर्णायक भूमिका निर्वाह गर्ने हाम्रा शक्तिशाली मित्र
राष्ट्रहरु लगायत संयुक्त राष्ट्र संघ समेत शान्ति प्रति आशंका व्यक्त
गर्न थालेका छन्।
शान्ति प्रकि्रया संबिधान निर्माण जनताको शासन नयाँ नेपाल जस्ता अघिका
प्रतिबद्धता अहिले ओ´ेलमा पारिएका छन्। जताततै हिँसा विनाश हत्या जस्ता
नकारात्मक कुरा मात्रै सुनिन थालेको छ।
ुशान्तिु प्राथमिकतामा छैन ः
शान्ति यसबेला कसैको प्राथमिकतामा परेको छैन। सत्ता साचालन गरिराखेका
प्रमुख नेताहरु भिडन्त र हिँसा शुरु हुने कुरा गर्वले बताइराखेका छन्।
विपक्षमा बस्ने ुप्रत्येक जनताको हातमा बन्दूक हुनु पर् यो। हामीले भनेको
नागरिक सर्वोच्चता त्यही होु भनेर हिँसा र विनाशकै कुरा बोल्दैछ।
राजनीति र जनताको हक-अधिकारको नाम लिएर देशै भरी बन्दूक चलिराखेको छ।
संबिधान सभा भन्दा बाहिर सयौँको संख्यामा रहेका अर्काथरी छन्। उनीहरु पनि
बन्दूक बम हत्या हिँसाकै बाटो हिँडाउन खोज्दैछन् यो राष्ट्रलाई। यस्तो
स्थितिमा मुलुकमा शान्ति स्थापना गर्ने काम यी मध्ये कुनै पनि शक्तिका
लागि प्राथमिकतामा परेको देखिन्न।
जनताको लागि राजनीति गर्छौँ भन्नेहरुले देखाइराखेको यो चर्तिकला प्रति
हामी राजनीति गर्दैनौँ भन्नेहरु पनि मौन समर्थन जनाइराखेका छन्। मानव
अधिकारको वकालत गर्नेहरु शान्तिको दुहाइ दिनेहरु यसबेला आम नागरिकले
देख्ने र सुन्ने ठाउँमा देखापरेका छैनन्। उनीहरु चुप लागेर देशलाई
भडखालामा जाक्न रचिएको यो प्रपाचलाई साथ दिइराखेका छन्। स्थिति यस्तो
सिर्जना गरिएको छ लाग्छ बुद्धको शान्तिपि्रय यो देशका सबै बन्दूक तथा
हिँसा प्रेमी हुन्।
यसो गर्न पाइन्न ः
देशमा शान्ति भएन जनताले अधिकार पाएनन् भनेर तात्कालीन सत्ता विरुद्ध आम
नागरिकले आन्दोलन गरेका हुन्। मुलुकमा शान्ति आओस् नागरिकहरुले गरिखान
पाउन् सुख शान्ति होस् भन्ने आकांक्षाले जनता यो बाटोमा हिँडेका हुन्। र
आफ्नो नेतृत्व गरिदिन अहिले शासक बन्न पुगेका नेताहरुलाई जिम्मेवारी
दिएका हुन्। यी नेताहरुले नै मुलुकलाई सही बाटोमा हिँडाएर टुंगोमा पुर्
याउने छन् भन्ने आशा राष्ट्रले गरेको
थियो। तर यो आशामा तुषारापात गरिएको छ।
विदेशीको निर्देशनमा पराइ भूमिमै सं´ाैता गरिएको भएपनि मुलुकले सही दिशा
पाउँछ भने ठीकै छ भनेर आम नागरिकले मौन स्वीकृति दिएका हुन् त्यसबेला।
अहिले आएर फेरि पनि मुलुकलाई हिँसाकै भूँमरीमा धकेल्ने हो भने नागरिकले
कसरी सहने किन सहने यिनलाई राष्ट्रले
देशलाई स्वर्ग बनाउँछौँ भन्ने प्रमुख शक्तिहरु एक-आपसमा अनेकौँ बहानामा
´गडा गरिराखेका छन्। एक थरी नागरिक सर्वोच्चता भन्छन् अर्काथरी लोकतन्त्र
भन्छन्। यी सबै भाषणबाजी र राष्ट्रलाई धोका दिने नारा मात्र साबित
भैराखेका छन्।
अहिलेको अबस्थाले स्पष्ट संकेत गरिराखेको छ ुलोकतन्त्रु का हिमायतीहरुले
मुलुकलाई फेरि अकल्पनीय दूर्दशामा जाक्दैछन्। यसो गर्ने अधिकार यी नेता
तथा शक्तिहरुलाई कसले दियो लाखौँ जनताले यिनीहरुलाई त्यसबेला आफ्नो नेता
स्वीकारेका फेरि हत्या हिँसाको वितण्डा मच्याउनका लागि हो त्यसो पटक्कै
होइन। जनताले गरेको विश्वास प्रति नेताहरुले घात् गरेका हुन्।
त्यसैले अब बेला भयो नयाँ नेपाल बनाउने नारा दिने नेता तथा शक्तिहरुले
स्पष्ट पार्नु पर् यो गर्न खोजेको के यो मुलुक र जनतालाई कहाँ पुर् याउन
चाहेको नयाँ नेपाल लोकतन्त्र जस्ता खोक्रा नाराले अब हुँदैन। ठोस रुपमा
इमान्दारीका साथ काम गर्नु पर् यो। आपुूहरुले अघि गरेका बाचाहरु अक्षरशः
पूरा गर्नु पर् यो। एकले अर्कालाई दोष दिएर अनेक नारा र भाषण छाँटेर अब
राष्ट्रले सुन्ने र मान्नेवाला छैन।
होइन अहिलेकै प्रवृत्ति र शैली जारी राख्ने हो भने राष्ट्रले अब धान्न
सत्तैुन। हामी राष्ट्र हाँक्न असफल भयौँ आपुूले गरेका बाचा पूरा गर्न
सक्षम भएनौँ भनेर जनताका सामू स्वीकार गर्नु पर् यो। अहिले सम्म
आपुूहरुले गरेका सबै काम तथा चालेका सबै कदम राष्ट्रको हितमा थिएनन् गलत
थिए भन्ने स्वीकार गर्नु पर् यो। आफ्ना निहीत स्वार्थ पूरा गर्ने नेता
समूह र शक्तिहरुले राष्ट्रसंग अब धेरै खेलवाड गर्न पाइन्न। कि सही बाटो
हिँड्नु पर् यो होइन भने हामीले सकेनौँ भनेर छोड्नु पर् यो।
मुलुकलाई शान्ति र स्थिरता प्रदान गर्नुको साटो ुअ´ै १० लाख मान्छे
मर्छन्ु भन्नेहरु र त्यही शैलीमा भिडन्त निम्त्याउन जम्जमाइरहेकाहरुलाई
अब राष्ट्रले स्वीकार गर्न सक्तैन स्वीकार गर्नु हुँदैन। राजनीतिको नाममा
अब एक जना पनि नेपाली मारिनु पर्ने स्थिति सिर्जना हुनु हुँदैन।- गजुरेल
त्रिभूवन विश्वविद्यालयमा राजनीति शास्त्रका उपप्राध्यापक हुनुहुन्छ।
Read More...

Thursday, September 10, 2009

0 सोह्रश्राद्ध ः आस्था र जनआस्थाको

- अ के ला---
अहिले हाम्रो आस्थाको सोह्रश्राद्ध चलिरहेछ। आमाबाबु गुमाउनेहरु यतिखेर
माछा मासु लगायतका धर्मद्वारा बर्जित खानेकुराहरुमा बारेर पितृहरुलाई
खुशि पार्न जुटेका छन्। परन्तु जुन सोहश्राद्ध मुलुकमा चल्दैछ त्यो
जनास्थाको यस्तो सोह्रश्राद्ध हो जस अन्तर्गत मुलुकलाई यहाँसम्म
ल्याईपुर् याउन आफ्नो बलिबेदी चढाएर पनि मुक्त हुन नसकेर यही भूमिमा
भौँतारिएका अमर सहिदका आत्मालाई खुशि पार्न त्यस्तो केही पनि गरिएको छैन
जो गरिनु पर्दथ्यो। आज यो पंक्तिकार त्यही सोह्रश्राद्धको चर्चा गर्दैछ।
आफ्नो कुरो माथि पार्न मान्छेले केसम्म गर्नसक्छ र केसम्म सक्तैन भन्ने
कुराको ग्यारेण्टी हुँदैन जे पनि गर्नसक्छ। एउटा गल्ती लुकाउन मान्छेले
सैयौँ झूठ बोल्नुपर्छ। एउटै कुरालाई कहिले ुहोु भन्नुपर्छ कहिले ुहोईनु
भन्नुपर्छ। आज ुहोु भनिएको कुरोलाई भोली ुहोईनु भन्नुपर्छ भोली ुहोईनु
भनिएको कुरोलाई पसर्ी ुहोु भन्नुपर्छ। कुन कुरोलाई कतिखेर ुहोु भन्ने र
कतिखेर ुहोईनु भन्ने त्यस्को सिद्धान्तै हुदैन। कार्यव्यस्तताले
मान्छेलाई कहाँ-कतिखेर-कुन कुरालाई ुहोु भनियो र कहाँ-कतिखेर-कुन कुरालाई
ुहोईनु भनियो ह्याकै हुँदैन। कुन कुरोलाई ुहोु भन्दा नाफा हुने हो कुनलाई
ुहोईनु भन्दा नोक्सान हुने हो यसमै मानिसहरु अल्झिन्छन्। ुहोु लाई ुहोु र
ुहोईनु लाई ुहोईनु भन्नेहरु नाफामा त एक-दुई-तीन हुँदै हुँदैनन् बरु
जिन्दगीभरी नोक्सानै नोक्सानको उधारो बहिखाता बोकेर हिँडिरहनुपर्ने
हुन्छ।
कहाँ कतिखेर कस्को अगाडि के भन्दाखेरी नाफामा भईन्छ त्यसमा ध्यान
दिनुपर्छ। यही हो-सफलताको कडी। सम्भवतः मान्छेले खोजेको लोकतान्त्रिक
स्वतन्त्रता पनि यही हुनुपर्छ। कहिले के कुरालाई ुहोु भन्नुपर्छ कहिले के
कुरालाई। कहिले एउटा कुरालाई ुहोईनु भन्नुपर्छ कहिले अर्कै कुरालाई।
सूझबूझ बिना भनिएको ुहोु र ुहोईनु ले फरक पार्ने या नोक्सान हुनेमात्र
हैन पागलै बन्नुपर्ने हुन्छ।
लङ्गडाको देशमा खुट्टा उचालेर हिँड्न जान्नुपर्छ। यो नै दुनियाको रीत हो।
त्यसमाथि अझ आफुले पटाउनुपर्ने मान्छे ुहोु भनेको रुचाउँनेवाला छ कि
ुहोईनु भनेको रुचाउँनेवाला त्यसको पहिचान गर्ने खूवी आफुमा भएन भने त
त्योभन्दा दुर्भाग्य अर्को केही हुनै सक्तैन। ुहोु भनेको रुचाउनेलाई
ुहोईनु भनियो या ुहोईनु भनेको रुचाउनेलाई ुहोु भनियो भने सबथोक उल्टिन्छ
र बन्ने काम पनि बिगि्रन्छ। यही त भैरहेको छ आज। कुन कुरो ुहोु र कुन
कुरो ुहोईनु भन्नुले यहाँ कुनै अर्थ राख्दैन। अर्थ राख्छ-पटाएर काम
लिनुपर्ने मान्छेको मूडमा। यो निर्विवाद सत्य हो।
दुनियामा स्थिर नामको केही पनि छैन। सबै चलायमान छन्। घुमिरहन्छन्।
हिजोसम्म जुन कुरोलाई ुहोु भन्दै हिँडिन्थ्यो आज त्यही कुरोलाई ुहोईनु
भन्दै हिँड्नुपर् या छ। आज जुन कुरोलाई ुहोईनु भन्दै हिँड्नुपर् या छ
त्यही कुरोलाई भोली ुहोु भन्दै हिँड्नुपर्ने हुन्छ। मानिसहरु यतिबिध्न
जागेका छन् कि कुनै पनि निष्ठा आस्था र विश्वाससँग उसको स्थिर नाता नै
छैन। बाहिरबाट जे देखिन्छ सबै देखावा र छलावा छन्। किनभने भोली त्यही
निष्ठा आस्था या विश्वास अर्कै अर्कै ुहोु या ुहोईनु मा अनुवाद हुन्छ र
सबथोक एकदम बदलिईसकेको हुन्छ।
कुकुरले पुच्छर हल्लाउनु स्वभाविकै भए पनि कुकुरले पुच्छर हल्लाउन छोडेको
यहाँ निकै भयो। यदाकदा मात्र कुकुरले पुच्छर हल्लाईरहेको देखिन्छ। नत्र
धेरैजसो पुच्छरले नै कुकुर हल्लाईरहेको हुन्छ र केही टप्पर टुईँयाँहरु
त्यसकै समर्थनमा ुहोु भनिरहेका हुन्छन् भने अर्काथरी टप्पर टुईँयाहरु
यस्ता हुन्छन् जो कुकुरले पुच्छर हल्लाएकै भए पनि त्यस्लाई ठाडै ईन्कार
गर्छन् र ुहोईनु भन्नथाल्छन्। शायद कुनै पनि कुरामा कुनै पनि मान्छेको
नाता-सम्बन्ध अस्थिर एवं चलायमान हुने र कालचक्रसँगै निरन्तर घुमिरहने
हुन्छ क्यारे। नत्र यहाँको धर्म अर्थ राजनीति सँस्कृति जस्ता कुनै पनि
क्षेत्र दलका नेता कार्यकर्ताहरुका दिमागी कचराबाट अछुतो रहनु पर्दथ्यो
रहेनन्। सबथोक यसरी सड्नुको कारण के थियो कारण थियो-सडेका आलुहरु। किनकि
पूरै बोरा सडाउन धेरै आलु चाहिन्न एउटै पर्याप्त हुन्छ।
भन्छन्-शास्त्रमा अहिल्या द्रौपदी कुन्ती तारा मन्दोदरी तथा पाचम् कन्या
स्मरणम् नित्यम् महापातक नाशनम् लेखिएको छ। सामान्य मान्छेहरु अहिल्या
द्रौपदी कुन्ती तारा र मन्दोदरी जस्ता पौराणिक महिलाहरु आदरणीय हुनाले
पनि पुराणहरुले ती कन्याहरुको नाम दिनहुँ स्मरण गर्नाले जघन्यभन्दा जघन्य
पाप समेत मोचन हुने ठान्दछन् जुन सिधा र सरल मान्यता हो। तर कुरो उल्टो
छ। ईन्द्रसँग सल्केकीले अहिल्याप्रति पाँच पतिको चित्त बुझाउनुपर्ने
हुनाले द्रौपदीप्रति कन्यावस्थामै गर्भधारण गरेकीले कुन्तीप्रति
जेठाजुसँग लहस्सिएकीले ताराप्रति र आफ्नै पति बिरुद्ध लागेकीले
मन्दोदरीप्रति शास्त्र सकारात्मक भएको पनि हुनसक्छ। नत्र देवराज
ईन्द्रसँग सल्केर आफ्नै ऋषिपतिको श्रापले पाषाण बनेकी अहिल्या भगवान
रामद्वारा पाँचपटक पति शब्द उच्चारण गरेकी द्रौपदी भगवान शिवद्वारा
कुन्तीलाई श्रीकृष्णद्वारा तारा र मन्दोदरी पनि भगवान रामद्वारा उद्वार
गरिनुको कारणै थिएन।
धर्म कर्म पूजापाठ स्वर्ग-नर्क एवं पाप-पुण्यको चेष्टा हुनेहरुले ुहोु
भन्नुपर्ने कुरोलाई ुहोईनु र ुहोईनु भन्नुपर्ने कुरोलाई ुहोु भनियो भने
तिनका मुखमा कीरा पर्नेे र नर्कैमा पर्ने भएकोले जीवनमा कहिल्यै जनतासँग
झूठ बोल्दैनन बेईमानी गर्दैनन् र राष्ट्रघाति कदमहरु पनि कहिल्यै
चाल्दैन्। सबै दल नेता एवं कार्यकर्ताहरु दुधले नुहाएर ढुङ्गामाथिका
तित्रा बनेर बसेका छन्। हत्तपत्त यिनीहरु फँस्दै फँस्दैनन् र अरुलाई
फँसाउँदा पनि फँसाउँदैनन्। किनकि कुन समयमा कुन कुरोलाई ुहोु भन्नुपर्छ
कुन समयमा कुन कुरोलाई ुहोईनु भन्नुपर्छ आँप कतिखेर पाकेर झर्छ र त्यसको
स्वाद लिन पाईन्छ भन्ने ज्ञान उनीहरुलाई हुन्छ।
कपालहरु-त्यसै फुल्दैनन्। गालाहरु-त्यसै चाउरिँदैनन् र दाँत बङ्गारा झरेर
मान्छेहरु त्यसै त्यसै थोते बन्दैनन्। सबथोक हुन्छ-अनुभवले। अनुभवी
हुनुको अर्थ हो-व्यावहारिक हुनु र व्यावहारिकताको अर्थ मौकामा चौका हान्न
जान्नु हो। नागरिक सर्वोच्चताको मान राख्नखोजिरहेकाहरुलाई राष्ट्रपति
सेना र विदेशी शक्तिकेन्द्रको सहारामा सरकारबाट हुत्याउनसक्नु भनेको के
मामुली कुरा हो मुलुकको राष्ट्रिय स्वाभिमान अक्ष्ाण्णता र सार्वभौम
जनताको सार्वभौमिकतैमाथि धावा बोल्नु भनेको स्यानो कुरा हो
खानेकुरो देखुाजेल दुलोभित्र हात राख्ने र टोक्ने कुरा देख्नासाथ हात
बाहिर झिक्नसक्नु जस्तो व्यावहारिकता अनुभव र सुझबुझतालाई गौण
मान्नसकिएला जुन खुबी अनुभवी दलका नेताहरुमा देखियो राष्ट्रपति र
सेनाध्यक्षमा देखियो त्यो माओवादीहरुमा रैछ त अनुभव व्यावहारिकता र
सुझबुझता यी हुन्। नागरिक सर्वोच्चताको बचाउ गर्नखोज्दा कस्ले के दियो
नागरिक सर्वोच्चताको मानहानी गर्नेलाई कारवाही गरेर खै कस्ले स्यावाश
भन्यो विदेशी प्रभुहरुलाई चिढाएर के पाईयो सत्तारोहण पूर्व तू तू मैँ मैँ
नगरी पुच्छरले पार्टी हल्लाउनेहरुलाई राष्ट्रपति छाडिदिएको भए नागरिक
सर्वोच्चताको वकालत नगरिएको भए या कम्सेकम् देशी-विदेशी प्रभुहरुलाई
नचिढाएको भए बेफ्वाँक्मा सरकार छाड्नुपर्ने त थिएन। आखिर भएन-आमके आम
गुथ्लीके दाम्
सत्ताको मोह लिसो जस्तै हुनेरैछ टाँस्सिएपछि टाँस्सियो-टाँस्सियो। नागरिक
सर्वोच्चताको बचाउ गर्दै सरकार छाडॆपछि खेलै खत्तम् भैसक्याथ्यो।
सेनाध्यक्षमाथि कारवाही गर्नै थियो गरे। सरकारै किन छाड्नु चित्त
नबुझ्नेहरु अदालत जान्थे। केस चल्थ्यो चलिरहन्थ्यो। अदालतको बिचाराधीन
विषयमा बोल्न मिल्दैनथ्यो। कि त थुक्नै हुँदैनथ्यो। गिरिजालेझैँ आलटाल
गरिरहे हुन्थ्यो। आफुहरुले बहुमत लिएर सरकार बनाउन आउँदा नेपाली काँग्रेस
लगायत अन्य दलका नेताहरुले हल्लाउनुसम्म हल्लाएर ४ महिनापछि महामुश्किलले
बालुवाटार छाडेको देखेकै थियो। जनास्थाको जनाजै निकालेर नागरिक
सर्वोच्चताको बचाउ किन गर्नु सरकार किन त्याग्नु त्याग्नै थियो त्यागे।
त्यागिसकेको सत्तामा फेरी किन लालच गर्नु किन जानु सत्तामा
अटेरी सेनाध्यक्षमाथिको कारवाहीलाई यथास्थितिका मतियारहरुले धोति
लाईदिएपछि ७ हजार सेनालाई तन्काएर १९ हजार पुर् याउने आफ्नो पार्टीको
महानता दुनियाको हाँसो बनिसकेपछि र प्रतिगमनका उनै मतियारहरुले आफ्ना
छापामारहरुको पुनः प्रमाणिकरण गर्नुपर्ने झमेला उठाईसकेपछि माओवादीहरुले
सबथोक छोड्छाड् पारेर बोरिया-बिस्तरा सहित गाउँ पस्ने आँट
गर्नसक्नुपथ्र्यो बालुवाटार र सिँहदरवार होईन। सिनो खाने गिद्धहरुको
काउँकाउँ झूठमूठका ज्यू ज्यू-हजुरी बिनसित्तिका सलामी र लोभीपापीहरुको
भिड बाहेक के छ त्यहाँ
बालुवाटार र मन्त्रीपरिषदको बैठकमा एउटा कुरा पत्रकार सम्मेलनमा अर्को
कुरा। सिँहदरवारमा एउटा कुरा र खुलामाचमा अर्कै कुरा। पार्टीको बैठकमा
एउटा कुरा दलका नेता कार्यकर्तासँग एउटा कुरा र घरकी बुढी छोराछोरीसँग
अर्कै कुरा । जहाँ बेईमानी खुराफात र छल बाहेक केही छैन जहाँ भित्र पसेको
डोब् बाहेक फर्केका डोब्हरु भेट्टिदैनन् त्योभित्र पस्न यत्रो हान्थाप्
किन के छ त्यहाँ त्यस्तो जुन देहातमा थिएन कस्तो निद्रा हो त्यो जो
पिँढीको गुन्द्रीमा पर्नसकेन आखिर के छ सत्ताका काँडेदार सिँहासनहरुमा
भिडियो टेपले प्रतिगामी यथास्थितिवादीहरुको अगाडि माओवादीहरुको हाईट्
बढाएकै मानिए पनि आफ्नै कमजोर व्यवस्थापन र हेलचेक्रयाईँले गर्दाखेरी
आफ्नो हाईट् र वेट ख्वात्तै घटेको कटुसत्यलाई माओवादीहरुले
स्वीकार्नैपर्ने हुन्छ। आफ्नै पार्टीभित्रको विभिषणलाई समयमा पहिचान गर्न
नसक्नु र पार्टीका खुफिया तथ्यहरु बाहिर फ्ल्यास् हुनुको नैतिक र
सैद्धान्तिक जिम्मेवारी कामरेडहरुले लिनैपर्छ। जे जे नहुनु थियो भयो।
जे जे नगर्नु थियो गरियो। यतिबिध्न भैसकेपछि फेरी त्यही सत्ताकै निम्ति
यो कस्तो अरण्यरोदन यथास्थितिका मतियारहरुसँग अग्रगमनका सारथीहरुले
यतिबिध्न मोह राख्नुको कारणै के ऐतिहासिक एवं बहुप्रतिक्षित संविधान सभै
डिजल्भ हुने जुन स्थिति यहाँ देखापरेको छ यो कतै जनआस्थाको सोह्रश्राद्ध
सुरु भएको लक्षण त होईन यदि हो भने त समग्र मुलुक नै सोह्रश्राद्धको
तैयारीमा जुटे भएन र अस्तु।
Read More...

Monday, September 7, 2009

0 वर्तमान व्यवस्थापिका संसद तत्काल भंग गरीयोस

-सजीव सत्याल -
वर्तमान संसद धेरै मानेमा देशको अत्यन्तै बिशिष्ठ गरिमामय र ऐतिहासिक थलो
हो। गठन लगत्तै यसले देशलाई नेपाल राज्यको दुइ हजार बर्ष भन्दा लामो
इतिहास बोकेको राजतन्त्र समाप्त गरेर गणतन्त्र दियो। यसले देशलाई अव आठ
महिनामा पहिलो पटक जनताले आफै निर्माण गर्ने संविधान दिनु पर्ने छ। तर यस
संसदको महत्वको बारे कसैले पनि चर्चेको सुनेको छैन। पुरानै घिसिपिटी
तुच्छ राजनीतिक अभ्यासका कारण यो संसद उल्टो विगतका संसद भन्दा पनि गए
गुज्रेको सावित भएको छ। नयाँ बोतलमा पुरानै रक्सी राखेझै यो संसद पनि
सारा नेपाली जनतालाई आफ्नै भद्दा र बेकारको आकृति देखाएर अनावश्यक कुरामा
अल्झाउन लागेको छ। यस्तो लाग्छकी यो संसदले अव बैतरणी पार गराउन सक्दैन।
संसदले जनतालाई हर दिन निराशा बाहेक केही दिन सक्ने अवस्था रहेन उ त अव
सरकारको महत्वहीन सानो अंग झै देखिन थालिसक्यो। यस संसदले नेपाललाई नयाँ
सविधान दिने भएकोले आज नेपालको संसदमा विश्व समुदायको ध्यानाकर्शण भएको
छ। तर संसद पार्टी र सभासदहरुको लागि आफ्नो पुरानै शैलीमा तुच्छ अभिष्ट
पूरा गर्ने थलो मात्र बन्न पुगेको छ। यो सहमतिको थलो बन्न पनि सकेन यसको
निर्माणले शान्ति हुन्छ भन्ने आम जनविश्वास थियो तर शान्तिलाई झनै
विथोल्ने काम यस चौतारी मार्फत हुनलागेको भान हुन्छ। वास्तवमा ६०१ जना
सदस्य भएको यो थलो सवै जात जातीको प्रतिनिधि मुलक संस्था बनेको व्यवहारमा
देखिएन। एक दुइ जना नेताले घरमा बसि गर्ने निर्णय र सार्वजनिक रुपमा
बोलेका कुरा र तिनलाई अर्को पार्टीका उच्च नेताले गर्ने प्रतिवादले देश
हल्लाउने तर सदन चाही तिनै पार्टीका समावेशी सभासदले विथोल्ने गरेर
सदनलाई मजाक बनाएको पाइयो। अझै भन्नै पर्दा सदनको काम कार्यबाही नियमावलि
वा कार्ययोजना हरु यि ठूला भनाउदा नेताका कारण प्रयोग हुनै नसक्ने गरी
रद्दी कागजमा परिणत हुँदै गइरहेको छ। काम गर्ने शैलिमा पनि कुनै नयाँपन
देखिएन। उही पहिलेको सदनको जस्तो झाडा टार्ने जनतालाई उल्लु वनाउने खालको
देखियो। त्यतिमात्र हैन यो विशिष्ठ सदन समेत पहिलेका सामान्य सदन जस्तै
अवरुद्ध हुने नियति सहित बनेको अनुभव भैराखेको छ। आज नेपाली जनता हिजोको
जस्तो अवुझ छैनन् एक दम सचेत छन्। अचेल जनता भन्न थाल्या छन् की अरु सवै
नेपाली ठिक छन् तिनै ६०१ जना सभासद ठिक छैनन्। खुदा न खास्ता यस्तो नहोस
र दोष मेरो थाप्लोमा नआओस यहाँ आम नेपाली जनताको भावना अभिव्यक्त गरीएको
मात्र हो की आम नेपाली जनताले स्वतन्त्र अभिव्यक्ति दिदा अव ू६०१ जना
सभासद भएको वखत सदनमा बम हानीदियो भने यो देश त्यस पछि मात्र बन्छ ू
भन्ने सम्मका आक्रोश प्राय पोख्छन। पार्टीका कार्यलयसम्ममा बम विस्फोट
भएको अवस्थामा यस नियति सदनले भोग्न नपरोस। तर यस्तो भनाईमा ६०१ कैे
त्यत्रो दोष नहोला। उनीहरुको भूमिका त प्रमुख पार्टीका बरिष्ठ नेताहरुले
दिने अभिव्यक्ति उनीहरुले घरै बसि बनाउने आफ्नो कार्यक्रम र मेडियामा
बोल्ने आफू-आफूबीच गर्ने हानाथाप र गालि गलौजको अगाडि केही पनि होइन ।
उनीहरु त नेता नेताहरुले एक आपसमा गर्ने गरेको गालि गलौज र आपत्तिजनक
व्यवहारको प्रतिवाद गर्न सक्ने क्षमता राख्दैनन्। ठूला नेताका कारण
उनीहरुको त कुनै हैसियत नै छैन। यित समावेशीको नाममा भीडतन्त्रको कोरम
पुराउन ल्याइएका खलपात्री नेताका प्यादा मात्र हुन्। उनीहरुलाई एतिहासिक
संविधानसभाको सदस्यको जिम्मेवारी के हो भनेर थाहा पनि छैन न त त्यस बारे
कुनै तालिम नै पाएका छन् तर पुगेका छन् देशको गहन जिम्मेवारी सम्पन्न्
सर्वोच्च र ऐतिहासिक निकायमा। तिनीहरुलाई पार्टी हित नेताको काम कर्वतमा
सही थाप्नु वाहेक पार्टी देश र आफ्नै जनताको वारे पनि थाहा छैन। तिनीहरु
मध्ये कतिपय त पिडित छन्। यस देशलाई तहस नहस पार्ने र नेपाली जनतालाई
अन्यायै अन्यायको भूमरीमा पार्ने त विभिन्न पार्टीमा बरिष्ठ तहमा भूमिका
निभाइ रहेका केही खलपात्री नेताहरुमात्र हुन्। यि नेताले विभिन्न्
बहानामा संसद चल्नै दिदैनन् संविधान तैयार हुनै दिदैनन्। यिनका रटमा
विश्वास गर्नै मिल्दैन।
जनताले संविधान सभामा सभासदहरु संविधान बनाउन चुनेर पठाएका हुन्। सरकार
बनाउन गिराउन अर्को सरकार बनाउन र राजनीति गर्न पठाएका हैनन्। यो राजनीति
र हंगामा गर्ने सदन हँुदै हैन। संविधान सभाको काम दिइएको समयमा संविधान
तैयार गरी अनुमोदनको लागि जनताबीच प्रस्तुत गर्नु मात्र हो। त्यो पनि
सदनबाटै सदर गर्नु होइन। संविधान त जनताले नै जनमतबाट सदर गर्नु पर्छ
मालिक जनता हुन् उसका प्रतिनिधि होइनन्। तर आज बरिष्ठ नेताहरु सदन
बाहीरबाटै सदनलाई वाइपास गरी राखेका छन र देशको माहौल झनझन जटिल बनाउँदै
छन्। त्यसो भने संसदले संविधान बनाउन नभ्याउने हो र यस्तै गरी केही
नेताका आपत्तिजनक काम कार्यबाहीबाटै देश चलाउने र जगतनै हसाउने गरी एक
आपसमा आरोप प्रत्यारोप गरीराख्ने हो भने संसद भङ्ग गरीदिए हुन्छ। सो परि
आज सम्मको मुल्याङ्गकनबाट यो भन्नु पर्छ की यो गरीमामय संसदमा कोही पनि
सभासद बन्न योग्य देखिएनन्।
संसदले संविधान बनाउने आफ्नो मुल ऐतिहासिक मुद्दा विसर्िएर सरकार बनाउने
गिराउने तुच्छ काममा लागेको छ जुन उसको कामै होइन वा हुनु हुँदैन। कसैलाई
सरकार पुन प्राप्त गर्न नपाएर चिन्ता छ भने कसैलाई सरकार टिकाउने चिन्ता
मात्र छ। यस वीच सरकार टिकाउने र पुनप्राप्त गर्ने दुवै बोखलाएर बेसरोकार
जनतालाई तथानाम सुनाउदै छन् र आफ्नो बेइज्जत आफै गर्दै छन्। उनीहरुको बम
जस्तो कर्म र भनाईले जनता आतंकित भएका छन्।
२०६७ साल जेष्ठ १५ गते नयाँ संविधान जारी हुनै पर्छ। के यो अहिलेकै
राजनीतिक खिचातानीमा सम्भव छ यसमा पनि संविधान बनाउने तिथिमिति तोक्दा
धेरै पक्षलाई ध्यान दिनु पथ्र्यो। ति कुरामा ध्यान पुर् याइएको छैन।
जस्तो जनप्रतिनिधिले संविधान बनाईसकेपछि त्यसलाई जनताले जनमत मार्फत
अनुमोदन गर्नै पर्छ। होइन भने जनताले मान्न् बाध्य हुदैनन् अहिले जसरी
संविधान नियम कानून कसैले टेरी राखेका छैनन् भोली पनि त्यस्तै अराजक
अवस्था आउने छ। दोश्रो कुरा इमान्दार मुल्याङ्गकन गर्ने हो भने संविधान
दुइ बर्षमा बन्दै बन्दैन। दक्षिण अपि्रुकामा संविधान बनाउन ६ बर्ष
लाग्यो। कुनै पनि देशमा दुइबर्षमा संघियतामा आधारीत संविधान बनेको थाहा
छैन। तेश्रो सदनले दिइएको मितिमा संविधान बनाउने भनेको त्यो तैयार गरेर
जनताबीच राख्ने मात्र हो। त्यस पछि अनुमोदन त जनताले जनमत मार्फत गर्छन्।
त्यसको लागि दुइ बर्ष काफी छैन। चौथो पहिलो पटक सदनले जनसमक्ष प्रस्तुत
गर्ने संविधान भनेको खाका मात्र हो त्यो अन्तिम हुनै सक्दैन। अवका
उपरान्त संविधान बन्नु नियमित प्रकृया हुन्छ। त्यसको लागि दुइबर्ष जसमा
१६ महिना गैसक्यो सदनले संविधानको अवधारणा पत्र समेत जनसमक्ष प्रस्तुत
गरेको छैन। भीमार्जुन आचार्यहरु जस्ता संविधानका विद्वानले संविधानको
विभिन्न् पक्षको वकालत गर्दैछन तर समयसीमा पुग्दैन वा यो सीमाङ्गकन मिलेन
भनेर किन भनी राख्या छैनन हैन अव अर्को बर्ष जेठ १५ गते सम्म नयाँ
संविधान जनसमक्ष आएन भने उनीहरुलाई पनि संविधानका ज्ञात मान्न् गाह्रो
पर्छ। पाँँचौ गिरिजा प्रसाद कोइराला सुवास नेम्वाङ्ग जस्ता जिम्मेवार
व्यक्ति जनतालाई ूनिश्चिन्त हुनुहोस आगामी जेठ १५ गते संविधान बन्छू
भन्दै छन् जुन असम्भव छ त्यो कुरा गरेर जनतालाई उल्लुबनाउने हो भने बाजी
थापौ यदि भनिएको समयमा संविधान नबने उनीहरुले राजनीति गर्न छोडिदिनु
पर्छ। जनता कति उल्लु बन्ने
बास्तवमा गत संविधानसभाको चुनाव पछि जे जस्तो नतिजा आएपनि गिरिजा प्रसाद
कोइरालाकै सरकारले निरन्तरता पाउनु पथ्र्यो। त्यसमा सव पार्टीको सहभागिता
थियो । जव माओवादीले सरकार बनायो यहि गल्ति भयो। सदन सरकार बनाउन उपयोग
भयो। त्यसमाथी प्रचण्डले अप्रत्यासित रुपमा राजीनामा दिएर यस्तो विशिष्ठ
र एतिहासिक सदनलाई संविधान बनाउने थलोको सट्टा सरकार बनाउने गिराउने
तुच्छ थलो बनाउनु भयो। माओवादी जसले संविधान सभाको माग राखी दश बर्ष
छापामार युद्ध गरेको थियो त्यही पार्टीले सदनलाई सरकार बनाउने गिराउने
तुच्छ थलोको रुपमा उपयोग गर्न सुहाउछ तर अहिले जनताले सरकार खोज्या छैन
जनताको लागि जुन सरकार आएपनि उस्तै हो उसले त संविधान खोजेको छ। सरकार
बनाउने संविधान सभा जनतालाई चाहिएको छैन भङ्ग गरिदिए हुन्छ।
यो संसद यस कारणले पनि संविधान बनाउन सक्षम छैन की गिरिजा जातिय संघियता
हुदै हुदैन भन्ने उता प्रचण्ड हरेक जातले आआफ्नो गणराज्य घोषणा गर भनी
जनतालाई हौस्याएर आन्दोलनमा जाने। देश जातियताको आतंकमा पि_िल्सएको छ। यी
दुइ परस्पर विरोधी अवधारणामा संविधान कसरी बन्छ संविधानै बनाउन नसक्ने
सदन सरकार बनाउन वा गीराउन मात्र जनतालाई चाहिएन त्यसैले यसलाई भङ्ग
गरिदिए हुन्छ।आज नेताहरु यसैलाई देखाउने दाँत बनाएर भजाएर खाने बाटो
बनाउदै छन्। सदनले राजा निकालेर हुदैन त्यसरी राजा नेपालबाट
निमिट्यान्न्ौ हँुदैनन् उल्टो नेताहरुको अहिलेको निकि्रष्ट झगडा र
सरकारको असक्षमता र सीमा मिचिदा समेत कुनै नेता बोल्ने हिम्मत नगरेको
देख्दा देश बचाउन राजा चाहिन्छ भन्दैछन् जनतार भन्न्ोहरु बढदैछन् पनि।
त्यसैले यस्तो अवस्थामा कमल थापाहरु आफ्नो अभियान देशव्यापी गर्दै छन्
भने राजाको बारे पनि संविधानमा के गर्ने भनी विकल्प दिएर जनतालाई सोध्ने
परिस्थिति यिनै नेताले आज तैयार पार्दै छन्। बरु नेताहरुले यस्तै व्यवहार
गर्दै गए यो सदन भङ्ग गरेर फेरी नयाँ शिराबाट सोच्न सवै बाध्य हुने छन्।
संविधानको कुनै पनि धारा पारित गर्न सदनमा ६६ प्रतिशत मत चाहिन्छ भने यो
संसदबाट सम्भव छैन। त्यसैले अव पार्टीहरुले नयाँ संसदमा हामीलाई ६६
प्रतिशत मत दिएर यस्तो संविधान बनाउने मौका दिनुस भनी जनतामा जानै पर्छ
हैन भने १० बर्षमा पनि संविधान बन्दैन र हामी नेताहरुको कालो राजनीतिको
शिकार हुने छौं।
त्यस्तै अव सरकार बनाउदा बनाउने र विगार्ने खेलबाट संसदलाई टाडा राखी
सर्वमान्य अन्तरीम सरकार बनाउनु पर्छ र त्यो सरकारमा संसदको कुनैे पनि
सदस्य रहनु हुदैन अथवा सरकार बनाउने र गिराउने खेलमा सांसद र सदन दुवै
लाग्न नमिल्ने गरी बाहिरै बाट सर्वमान्य सरकार बनाउनु पर्छ। त्यसै
सरकारले नयाँ सदनको चुनाव पनि गराउने छ र संविधान नबनुन्जेल निरन्तरता
पनि दिलाउने छ। तर यो सदन केही नेतहरुको कृडा स्थल बनी प्रदुसित भइसकेको
छ र यसले देशलाई कुनै पनि हालतमा नयाँ संविधान दिन सक्दैन त्यसैले यसलाई
भङ्ग गरिदिए हुन्छ।
Read More...

Friday, September 4, 2009

0 नागरिक चेतावनी ः ठाडै निल्ने

-अ के ला-
आम नेपाली जनजिभ्रोमा ठाडो खाएर तेसो्र निकाल्ने एउटा झर्रो आहान ब्याप्त
छ। सधैँभरी सत्ताकै सिनुमा दाँत गाडेर बस्ने र राजनीतिलाई पद प्रतिष्ठा र
पैसाको अचूक साधन ठान्ने जुन मनोवृत्ति यहाँ विकसित गराईएको छ त्यसबाट
अझै पनि दूर दूरसम्म निकासको कुनै प्रकाशसम्म देखिएको छैन र मुलुक
प्रतिदिन बर्बादीको भँड्खालामा जाक्किँदै गैरहेको छ। मुलुकमा यतिखेर
भाषिक अन्यौलता देखिएपछि यो आहान चरितार्थ बनेको छ। राज्यको पुनस्ररचना र
अग्रगामी संविधान लेखन जस्ता मुद्धाले मूर्तरुप लिने नै हो भने सपथ
सम्बन्धी यो भाषिक विवादलाई नसल्टाई हिमाल पहाड र तराईलाई पूर्णरुपेण
समेट्नै सकिँदैन।
जुनसुकै राजनीतिक दल दलका नेता या कार्यकर्ता रिसाउन् वा खुशाउन् यो
मुलुकमा यतिखेर थुप्रै बेवकूफहरु नेपाली जनताका सामु देखापरेका छन्।
लाउडा सुजाता ग्रैण्ड डिजाईन पार्टीका तानाशाह एवं चौरासी कटेका
गिरिजादेखि साउथ चाईना एअरवेज महाकाली टनकपुर दुई-दुई स्थानबाट पराजित
छप्परफाड प्रधानमन्त्री माधवकुमार नेपाल हिन्दी भाषामा सपथ लिएर भाषिक
वितण्डा मच्चाईरहेका परमानन्द झा र प्रचण्डसम्मका शीर्ष नेताहरु सबैलाई
पौने तीन करोड नेपाली जनताले यतिखेर बेवकूफहरुको सूचिमा राखेको जुन
स्थिति यहाँ छ यो भनेको सम्भवतः सोझो रुखलाई सोझो र बाङ्गो रुखलाई बाङ्गै
भन्नुपर्ने अपरिहार्यता हुनसक्दछ। कुनै जङ्गेहरुसँग जनता भयभित हुनुपर्ने
जरुरी नै के नयाँ नेपालमा
पहिला र दोश्रा पायदानमै रहेका दुई बेवकूफ दी ग्रेटहरु गिरिजा र
माधवकुमार नेपालको यहाँ चर्चा नगरुँ। किनभने यी भनेका यस्ता पात्र हुन्
जस्लाई इतिहासले धेरैचोटी धिक्कारिसकेको छ र अझै पनि धिक्कार्दै छ।
यिनीहरुको चर्चा गर्नु जागरुक पाठकहरुको गिदी भुट्नु हो। परन्तु
वितण्डामाथि वितण्डा दण्डहिनतामाथि दण्डहिनता र अराजकतामाथि अराजकता
थपिँदै गैरहेको यस संक्रमणकालीन घडिमा भाषिक विवाद निम्त्याएर पूरै
मुलुकलाई स्तब्ध तुल्याउनखोजिरहेका परमानन्द झा र एनेकपा माओवादी अध्यक्ष
एवं छ महिने प्रधानमन्त्री प्रचण्ड जो दुनियाका नजरमा जुझारु योद्धाका
पनि योद्धा क्रान्तिकारी अग्रगामी चमत्कारी नेता थिए र जस्को टाउकाको
मूल्य मात्रै करिव ५० लाख तोकिएको थियो उसको चर्चा यहाँ गरिएन भने
पाठकलाई हदैसम्मको फिक्का लाग्नसक्छ। र आक्रामक शैलि बोली-बचन र
व्यवहारबाट एकाएक नेपाली राजनीतिमा उदाएका यिनले कुनै दिन आफुहरुसँग यति
भयानक कुठाराघात गर्नेछन् भन्ने वारे बिचरा लाटागाँडालाई के थाहा
भाषिक विवाद ठूलो कुरै होईन। ठूलो कुरा हुनुपर्दथ्यो-सपथ खानेको नियत र
ऊभित्रको महत्वाकाँक्षा। तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ
प्रचण्डले सपथको अनुसूचीमा उल्लेखित ईश्वरको नाममा … वाक्याँश उच्चारण
नगरिकन जसरी उनले जनताका नाममा… भन्ने वाक्याँश बोलेर समग्र नेपाली
जनताको दिमाग भुट्ने कुचेष्टा गरेथे त्यही सपथबाट उनी गणतान्त्रिक
नेपालकै प्रथम प्रधानमन्त्री बनेका थिए। मधेसवादी नेताहरुले लिएको सपथ
आदिमा र ती सपथहरुमा कहीँ कतै बिरोध र रिट नपर्नुको जुन स्थिति यो
मुलुकमा बन्यो परमानन्द झाले हिन्दीमा सपथ लिईनुलाई अबैध मानिनु र
बिखण्डनवादीको गन्ध आएको अपब्याख्या गरिनु स्वयँमा एउटा संकीर्ण
मानसिकताको उपज ठानिन पनि सक्दछ र विखण्डनको अस्सली ताण्डव त्यहीँ
सँकीर्णताबाट आरम्भ हुनसक्छ भन्नेतर्फ कसैको ध्यान नजानु आश्चर्य मात्र
हैन ज्यादै दुःखलाग्दो पनि छ।
बहुजातीय बहुभाषिय बहुक्षेत्रीय बहुलिङ्गीय बहुसम्प्रदाय बहुसमाज
बहुबर्गिय यहाँको समाजमा पहाडिया खस् व्राह्मणहरुले अढाई शताब्दिदेखि
बोल्दै आएको र राजा महाराजाहरुले मधेस तथा मधेसी जनताहरु बिरुद्ध गर्दै
आएको अत्यन्तै षडयन्त्रमूलक प्रपाचलाई माओवादी जस्ता अग्रगमनका
हिमायतिहरुलाई सुहाउने कुरो थिएन र त्यसको समर्थन-सहयोग गर्नु आफैँमा
विरोधाभाशपूर्ण छ। उनीहरुको त्यो सोँच भनाई र गराईका बीच कहीँ कतै कुनै
तादाम्यता नमिलिरहेको हुँदा जनयुद्धदेखि जनआन्दोलन-२ सम्म साथ दिँदै आएका
आम मधेसी जनताद्वारा उनीहरुको त्यस किसिमको सोँच र चिन्तनलाई प्रतिगामी
यथास्थिति एवं संकीर्णवादी ठानिनुको मूल कारण पनि सम्भवतः त्यही नै
हुनुपर्दछ।
यो भाषिक विवादलाई सरकारमा सामेल सबै दलहरुले संविधान संसोधन गरेरै भए
पनि हिन्दी सपथलाई अनुमोदन गर्ने मनस्थितिमा पुगिसकेका हुन् र अझै पनि
उनीहरु त्यही मनस्थितिमै देखिन्छन्। परन्तु सर्वोच्चले आफ्नो फैसला
सुनाईसकेको जुन स्थिति छ त्यो भनेको ढिलाई हुनु हो। किनकि भाषिक मुद्धा
एउटा राजनीतिक विषय थियो छ र त्यसको समाधान पनि राजनीतिक रुपमै
गरिनुपर्दथ्यो र गरिनु पनि पर्दछ।
बहुजातीय बहुभाषिय बहुक्षेत्रीय बहुलिङ्गीय बहुसम्प्रदाय बहुसमाज
बहुबर्गिय यहाँको समाजका आ-आफ्नै पहिचान मूल्य र मान्यताहरु छन्। हिन्दी
कतिले बोल्छन् मैथिली कतिले बोल्छन् र खस भाषा कतिले बोल्छन् भन्ने कुरा
राज्यको पुनस्ररचनादेखि नयाँ नेपालको अग्रगामी संविधान लेखिने यस घडिमा
खासै मायना राख्दैन। यस संक्रमणकालीन घडिमा मायना राख्छ भने बहुजातीय
बहुभाषिय बहुक्षेत्रीय बहुलिङ्गीय बहुसम्प्रदाय बहुसमाज बहुबर्गिय सबैलाई
समेट्नुले राख्नसक्दछ परन्तु हिन्दी मैथिली नेवार गुरुङ्ग लिम्बु खस या
अमूक अमूक भाषामा सपथ लिईने कुराले कदापि राखिनु हुँदैन। किनकि
शताब्दियौँ लामो सामन्तवादको अन्त्यसँगै आम नेपालीले जुन बिशाल नेपालको
परिकल्पना गरेका छन् र जुन किसिमको अग्रगामी संविधानको चाहना राखेका छन्
यी सबै त्यसमा अटाउने छन्। यो ऊ भन्ने अहिले हैन आगामी २०६७ जेठमा हो।
अर्थात अग्रगामी संविधान लेख्ने बेलामा हो।
सर्वहारा सुकुम्वासी गरिव उत्पीडित उपेक्षित निमुखा जनताका हिमायतिका
रुपमा उदाएर शिशिर यामको घामझैँ यी महाशय इतिहासको क्षितिजबाट यसरी
अस्ताउने सुरसारमा छन् कि यिनलाई हिजोआज कटवालवाला पशुपतिनाथका भट्टवाला
आठ जर्नेलवाला सीडीवाला ६ महिने प्रधानमन्त्री एवं झोँक्की तथा भालुको
पित्त खाए जस्तो झनक्क रिसाउने र उत्तिखेरै खुशि भैहाल्ने सन्काहा नेताका
रुपमा लिनथालिएको÷हेर्नथालिएको जुन स्थिति छ त्यो ज्यादै नै
लज्जास्पद र आश्चर्यलाग्दो छ।
सबै व्यवस्था राजनीतिबाटै चल्दछ। परन्तु जुन हिसावले अझै पनि राजनीतिको
अपभ्रंश गरिँदैछ र यहाँका परभक्षी फ्याउराहरु पद प्रतिष्ठा र पैसाकै
निम्ति र् याल काढ्दैछन् तिनीहरुबाट यहाँ केही पनि सम्भव छैन। आम
नागरिकले भोगिरहेको यो नियति त्यस्कै परिणति हो। व्यवस्थाका आडम्वरमा
सिन्को ठाडो नगर्ने सिप-जाँगर शून्य खाखाखैया र डुङ्ङ गन्हाउने काला
बोकाहरुद्वारै चलाईँदै आएको यहाँको अव्यवस्था एवं अस्तव्यस्तताप्रति
खिसिट्यूरी गर्ने हिजोका जुझारु योद्धाका पनि योद्धा क्रान्तिकारी
अग्रगामी चमत्कारी युग पुरुष आदि आदि विशेषण झुण्ड्याईएका
टप्परटूईँयाहरुको चुरीफुरी जनताले देखिसके वाक्क भैसके। अव देख्न जनताका
निम्ति कानूनी राज्य नयाँ नेपालको रोडम्याप राज्यको पुनस्ररचना र नयाँ
अग्रगामी संविधान बाहेक अरु केही पनि छैन। जनता त्यस्कै प्रतिक्षामा छन्।
हिजोका प्रतिगामी र आजका अग्रगामी एवं हिजोदेखि आजसम्म अग्रगामी बनिरहेका
सबैले भाषिक विवादलाई शिघ्रातिशीघ्र सल्टाउन्। अन्ततोगत्वा पौने तीन
करोडको भिडले यी नालायकहरुलाई ठाडो निलेर तेसो्र निकाल्ने छन्। अस्तु।
Read More...

Wednesday, September 2, 2009

0 ईतिहासको कठघरामा माओवादी

- रामहरी ओझा
नेपालको वर्तमान राजनीतिक अवस्था सडक सदन र सरकारमा छताछुल्ल भईरहेको छ।
नेपाली राष्ट्रिय ईतिहासमै पहिलो पटक सम्पन्न भएको संबिधानसभाको
निर्वाचनवाट निर्वाचित प्रतिनिधिहरु जुन उद्देश्यका लागि जनताले पठाएका
थिए उनीहरु अहिले वाटो बिराएका वटुवा झै भौतारिरहेका छन। संबिधान लेख्ने
कलम हुनु पर्ने हातमा मसाल जुलुस छ गणतन्त्र नेपालको वहस चलाउनु पर्ने
ठाउँमा एक-अर्काका आलोचना बिरोध र आरोप-प्रत्यारोपका नारा घन्किरहेका छन।
तर पनि हामी राजनीतिक एकता राष्ट्रियता र राजनीतिक सहमतिका कुरा गरिरहेका
छौं लाजै नमानी।
तमाम खाले राजनीतिक उतार चढाव आउन सक्छन नेपालको राजनीतिमा भन्ने जानकारी
हुँदा हुँदै पनि नेपालका राजनीतिक दलहरु आफैमा डेढ अक्कले भईरहेका छन।
संबिधानत सेरेमोनियल मानिएका राष्ट्रपति महोदयले निरंकुशताको झलक देखिने
गरी नेपालको राजनीतिकमा एक अर्को असोभनीय काम गरे। उक्त कुराको वारेमा
सर्वोच्च अदालतमा मुद्धा पनि दायर भईसकेका वेला र त्यसमाथी वहस चलिरहेका
वेला समेत ूनागरिक सर्वोच्चताू भन्ने मन्त्रमा भजन गाईरहेको नेकपा
माओवादीले फेरी राजनीतिक आन्दोलन छेडेको छ। जिल्ल्ा सदरमुकाममा आन्दोलनका
कार्यक्रममा देखिने गरेको उपस्थितिले पनि माओवादीले आन्दोलनप्रतिको
जनताको चाँसोका वारेमा अड्कल काट्नु पर्ने थियो तर के गर्ने त्यो वुद्धि
पलाएको छैन कि जस्तो लाग्छ।
संबिधानसभाको निर्वाचनमा सवैभन्दा वढी स्थान हासिल गरेको घमण्डले अन्य
राजनीतिक दलहरुलाई धम्काउन खोज्ने माओवादीले राष्ट्रपतीय निर्वाचनवाट पनि
धेरै पाठ सिकेको हुनु पर्ने थियो तर वैशाख १६ गते उस्ले प्रधानमन्त्री
रहेका माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक सहमतिका आधारमा प्रधानसेनापति
रुकमांगद कटुवालको वारेमा निर्णय गर्ने प्रतिवद्धता गरे बिपरित आपुनै
पाटीर्ंको दवावमा आएर सत्ता साझेदारहरुको सहमति समेत नलिएर कारवाही गरे।
आपुनै प्रतिवद्धता मिचेका कारण पनि माओवादीले सहमतिको राजनीतिको वर्खिलाप
जाने आँट गर्नु पनि जितको उन्माद वाहेक केही हुन सक्दैन। जुन ढंगले
माओवादीले हामी बिना देशै चल्न सक्दैन भन्ने सोचेको थियो त्यो समय र
परिस्थितिले उल्टा पारिदियो। यसवाट पनि माओवादीले संसदीय राजनीतिका
बिषयमा धेरै कुरा सिक्नु पर्ने देखिन्छ।
अहिले माओवादीले आफुले सत्ता छोड्नु परेको पिडाका कारण संसद र सडकमा
आपुनो छट्पटी पोखिरहेको छ। िसंहदरवारलाई पनि ठप्प पार्ने गरी उस्ले योजना
सार्वजनिक गरिसकेको छ। त्यसो त वर्तमान २२ दलीय सरकारको पनि जग खिया
लागेको फलाम झै कमजोर छ। २२ तिर फर्किएका मुखहरु र २२ दलभित्रका घटकहरुका
बिचमै पनि रहेको बिवादका कारण पनि यो सरकार दमको मरिजको अवस्थामा छ। यसको
आयु छोट्याउन माओवादीले पनि हरसम्भव प्रयास गरिरहेको छ। यो राष्ट्रिय
स्वार्थ र जनतको हितका लागि आफुले जितेको देखाउनका लागि र माओवादी आपुनो
ढिपीमा अडिग छ भन्ने पार्नका लागि मात्र हो भन्ने कुरामा कसैले संका
गर्नु हुदैन।
माओवादीले जुन प्रकारको आन्दोलनको सुरुवात गरेको छ यसवाट माओवादी आफैले
पनि के वुभुनु जरुरी छ भने अहिलेको अवस्था कसैलाई आपुनो जितको उन्माद
देखाउने वा कसैलाई हार महसुस गराउने वेला यो होईन अझ माओवादीका लागि त
अझै यो संयमित हुने अवस्था हो। सत्तामा रहेपनि वा प्रतिपक्षमा रहेपनि
माओवादीले अहिले संबिधान निर्माणको नेतृत्व गर्नु पर्ने वेला हो किनभने
माओवादी संबिधानसभाको सवैभन्दा ठुलो दल हो। यो ठुलो दल आफै वनेको होईन
जनताले बिश्वास गरेर वनाएका हुन। साच्चै भन्ने हो भने माओवादी अहिले
ईतिहासको कठ्घरामा उभिएको छ।
यतिवेला माओवादीले सत्तामा वसेको समयभन्दा पनि वढी जिम्मेवारीता देखाउनु
पर्ने वेला आएको छ। सत्तामा वसेर जिम्मेवारी िलंदाका वखत माओवादीलाई
लाग्ने गरेको आरोप चिर्नका लागि पनि माओवादीले अहिलेको अवस्थामा त्याग
गर्नु पर्नेछ। संबिधानसभाको निर्वाचनमार्फत नयाँ संबिधान निर्माण गर्ने
कुरा माओवादीको एजेण्डा हो यसमा कुनै दुईमत छैन। आपुना दस्तावेजहरुमा
कोठे वैठकमा भाषणसम्ममा अरु दलहरुले पनि उठाएका थिए तर त्यो कुराले कुनै
महत्व राखेको थिएन। माओवादीले संबिधानसभाको निर्वाचन गर्नु पर्ने
वाध्यात्मक परिस्थिति सृजना गरेको हो यो श्रय माओवादीलाई नै जान्छ तर यदि
तोकिएकै समयमा नयाँ संबिधान निर्माण हुन सकेन र देशमा अर्को कुनै
राजनीतिक भुकम्प आयो भने त्यसको सवै दोष पनि माओवादीलाई जानेछ किनभने
माओवादी ठुलो दल हो। यहाँ कुन दलले के गरे भन्ने वारेमा पछि चर्चा हुने
छैन। निश्चित रुपमा दोषको भागवण्डा लगाउने क्रममा केही भाग अरु दलको पनि
लाग्ला तर भागेदार माओवादी नै हो।
यि कुराहरुका कारण पनि माओवादीले अहिले ूनागरिक सर्वोच्चताू का नाममा
साचालन गरेको आन्दोलन स्थगित गर्नु पर्छ। संबिधान निर्माणका क्रममा
आईरहेका वाधा व्यवधानहरु समाधान गर्नु पर्छ। त्यो जिम्मेवारी पनि
माओवादीकै हो। सत्ता साचालन फरक बिषय हो। सत्ताको नेतृन्व फलानाले गरेको
छ भन्दैमा संबिधानसभामा त्यसको हिस्सेदारी खोजिनु राजनीतिक सहमतीको
वर्खिलाप हुन्छ। हिजोका दिनहरुमा के भयो के भएन भन्ने कुरावाट पाठ मात्र
िसंक्नु पर्दछ। त्यसैमा टेकेर अर्कालाई सखाप पार्ने योजना वनाउनु
माओवादीकै लागी घातक हुनेछ।
संबिधानसभाको निर्वाचनमा आएको मत परिणामका आधारमा आफुलाई ठुलो हेर्ने हो
र त्यसै आधारमा योजना वनाउने हो आपुनो दम्व देखाउने हो अर्कालाई सत्रु
समान व्यवहार गर्दै जाने हो भने संसदीय राजनीतिमा धेरै दिन टिक्ने कुनै
पनि आधार हुदैन भन्ने कुरा २०४८ र २०५६ सालको संसदीय निर्वाचनले पुष्टी
गरिसकेको बिषय हो। जहाँ नेपाली कांग्रेसले चाहिने भन्दा वढी सिटका साथ
वहुमत ल्याएको थियो तर २०५६ सालको निर्वाचन पछिका आठ वर्षमा अर्थात २०६४
सालको संबिधानसभाको निर्वाचनमा नेपाली कांग्रेसको के हबिगत भयो भन्ने
कुरा यहाँ यो पक्तिकारले उल्लेख गरिरहनु पर्ला भन्ने लाग्दैन। यदि
समानुपातिक निर्माचन प्रणाली पनि माओवादीले पछिल्लो चरणमा जिद्धि गरेर
थप्न लगाउदैनथे भने उतिवेलाका हात्तिछाप भनिएका दलहरुले गेरु वस्त्र धारण
गरेर वनवास जानु पर्ने वाध्यात्म परिस्थिति आउने अवश्य थियो। सुक्रगुजार
संमानुपातिक निर्वाचन प्रणालीको मान्नुपर्छ ति दलहरुले। त्यसैले
माओवादीले पनि यि सवै कुराहरुवाट पाठ सिक्नु पर्ने अवस्था अहिले हो। होईन
भने जनयुद्धवाट आएको………। संबिधानसभाको ठुलो दल………। जस्ता धम्कीले
माओवादीलाई पनि गेरु वस्त्रको अवस्थामा नपुर् याउला भन्न सक्ने अवस्था
छैन। अस्तु।
Read More...

Tuesday, September 1, 2009

0 हामी कस्तो शासन प्रणाली भोग्दै छौँ

-दीपक गजुरेल
प्रजातान्त्रिक शासन प्रणाली भएको राष्ट्रमा सार्वभौमसत्ता जनतामा रहन्छ।
जनतामा रहने यो सर्वोच्च सत्ताको प्रयोग नागरिकका प्रतिनिधिहरुको
संस्थाले गर्छ। र यस्तो शासन व्यवस्थामा कानूनको सर्वोच्चता तथा
सर्वोपरिता हुन्छ। कानून भन्दा माथि कोही पनि हुँदैन। राष्ट्र भित्रका
सम्पूर्ण नागरिक संस्था तथा निकायले कानूनको निशर्त पालना गर्छन्
गर्नुपर्छ। कानूनको पालना नगर्नेलाई सजाय हुन्छ। कानूनी सर्वोच्चता रहने
प्रजातान्त्रिक शासन प्रणालीको साचालन ठीक ढंगले गरिएन वा गर्न सकिएन भने
त्यो व्यवस्था मनपरीतन्त्रमा परिणत हुन्छ यस्तो व्यवस्था जहाँ शासन
गर्नेहरुले अपराध गर्छन् राष्ट्रलाई लुट्छन् नागरिकले दुःख पाउँछन् समाज
र राष्ट्र पछि पर्छन्।
जनताको शासनको नाउँमा एक वा केही व्यक्तिहरुको समूहले लुट र अपराध गर्दै
जनतालाई नै दुःख दिने खालको शासन प्रणालीलाई राजनीति शास्त्रमा
क्लेप्टोत्रेुसी भनिन्छ। यसलाई नेपालीमा मोटामोटी अनुवाद गर्दा चोर वा
लुटेराको शासन अर्को शब्दमा अपराधीतन्त्र भन्न सकिन्छ। यस्तो राज्य
प्रणालीमा शासक र तिनका नजिक रहेकाहरुले फुटाऊ र शासन गरको नीति अनुसार
काम गर्छन्। सम्पूर्ण नागरिकहरुलाई विभिन्न आधारमा विभाजित पारिदिन्छन् र
आपसमा नै शत्रुता खडा गरेर जनताको एकताको शक्तिलाई कमजोर पार्छन्। जसरी
पनि आफ्नो निहित स्वार्थ पूरा गर्ने ध्याउन्ना मात्र हुन्छ यस्ता
शासकहरुको। आम नागरिक पेशागत् क्षेत्र वौद्धिक वर्ग लगायत िसंगो राष्ट्र
तथा समाजलाई विभाजित पारेर अपराधीतन्त्रलाई लम्ब्याउने चालबाजी गर्छन्।
हामी कस्तो शासन प्रणाली भोग्दै छौँ
जनताका पीडक तथा राष्ट्रलाई लुट्ने अपराधीहरुले साचालन गर्ने शासन
प्रणालीलाई अपराधीतन्त्र भनिन्छ। यस्तो शासन प्रणालीका दूर्गुणहरुलाई
मुख्य रुपमा शान्ति सुरक्षा राजनीतिक इमान्दारी आर्थिक अनुशासन सामाजिक
स्थिति गरी चार आधारमा विश्लेषण गर्ने गरिन्छ। यसै आधारमा हामीकहाँ अहिले
चलिराखेको शासन प्रणाली ुलोकतन्त्रु हो कि अरु नै केही हो भनेर निक्र्योल
गर्न सकिन्छ।<br>
कुनै पनि शासन प्रणालीको गुण वा दूर्गुणको विश्लेषण गर्दा पहिलो तथा
सर्वोपरी महत्वको आधार भनेको कानूनको सर्वोच्चताको अवस्था हो। राष्ट्रका
सबैले कानूनको अक्षर तथा भावनाको पालना स्वतः गरेको अवस्था विद्यमान हुनु
हो। कानूनको पालना नगरिएको अवस्था जति बढी हुन्छ त्यति नै त्यो शासन
प्रणाली अपराधीतन्त्रमा दरिन पुग्छ।
नागरिकहरुको चाहना अनुरुपको शासन भएन भनेर लाखौँ नेपालीले ज्यानको बाजी
थापेर ल्याएको अहिलेको हाम्रो व्यवस्था कस्तो छ विश्वका प्रतिष्ठित
राजनीति शास्त्रीहरुले निर्धारण गरेको सर्वस्वीकार्य मापदण्डमा हामी कहाँ
पर्छौँ यी प्रश्नको उत्तर थाहा पाउन अहिले हामीले भोग्नु परिराखेको यो
स्थिति हेरौँ ः
संबिधानको संरक्षक भएर काम गर्नु पर्ने उपराष्ट्रपति संबिधानको पालना
गर्दैनन्। जनताका प्रतिनिधिले बनाएको भनिएको संबिधान अन्तर्गत्को उच्च
न्यायिक निकाय सर्वोच्च अदालतको फैसलालाई सार्वजनिक चुनौति दिँदै पदीय
गरिमा विपरित व्यवहार गर्छन्।
ुराजनीतिक उद्देश्य राखेरु ुजनताको मुक्तिका लागिु संघर्ष गर्ने शक्ति
बन्दूक बोकेर गाउँ शहर डुल्दै आम नागरिक मात्र होइन सुरक्षाका लागि बसेका
प्रहरीलाई समेत बन्दूक तेसा्रउँछ। राज्यले केही गर्दैन बरु बन्दूक
तेसा्रएर नागरिकहरुलाई आतङ्कित पार्ने यो पक्षलाई सम्मानजनक व्यवहार
गर्छ। भदौ ९ २०६६ का सबै जसो दैनिक अखबारहरुले नवलपरासी घटनाकाबारेमा
दिएका समाचारहरुले यसै भन्छन्।
अर्को ुराजनीतिकु शक्तिले राजधानीको मुटुमा पत्रकार सम्मेलन गर्दै त्यहिँ
पेस्तोल देखाएको डरलाग्दो दृश्य नेपाली टेलिभिजन च्यानेलहरुले भदौ १२ गते
प्रशारण गरे। पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुको सातो गयो। राज्यले
यस्तै ुराजनीतिकु शक्तिसंग वार्ताको अभिनय गर्छ। अधिकार प्राप्तिका लागि
आन्दोलन गर्नेले &#180;डपको नाउँमा गोली हानेर प्रहरी मार्छ हामीले भने
जस्तो नगर्ने हो भने विद्रोह गर्छौँ भन्ने धम्की ठूलो सशस्त्र शक्तिले
लगभग सधैँ जसो दिन्छ। एक दशक भन्दा बढी समय सम्म सशस्त्र ुक्रान्तिु
गरेको शक्तिको यस्तो धम्कीबाट आम नागरिकको मनोदशा भयाक्रान्त बनेको छ।
ुहामीसंग यति हतियार छ कि त्यसले हामी काठमाडौँ पूरै ध्वस्त पारिदिन
सक्छौँ हामीलाई उत्तेजित नपारु भन्ने धम्की यो ठूलो सशस्त्र शक्तिको ठूला
नेताबाट सुनेर आम नागरिकको सातो उडेको छ।
शान्ति सुरक्षा त यो मुलुकका जनताका लागि सपना बन्न पुगेको छ। राजनीतिक
इमान्दारी शून्यमा &#180;रेको छ। ुनयाँ नेपालु बनाउँछौँ भनी राष्ट्र
समक्ष प्रतिवद्धता गरेका ठूला शक्ति र नेताहरु छिनछिनमा कुरा फेर्छन्।
अघिल्लो दिन टेलिभिजनमा आपैषले भाषण गरेको कुरालाई भोलि बिहानै त्यसो
भनेको होइन भन्छन्। आफ्ना नागरिकलाई ढाँट्ने मात्र होइन कूटनीतिक मर्यादा
समेत नराखेर &#180;ुठ बोल्छन्। १९ जना लडाकू हतियार सहित नवलपरासीमा
निस्केर वितण्डा मच्चाए पछि संयुक्त राष्ट्र संघीय मिसन अनमिनले शान्ति
सम्&#180;ाैता उलंघन भयो भन्दै गर्दा लडाकूका नेता ुअन्मिनको सहमतिमा
त्यसरी हतियार बोकेर हिँडेकोु भन्न संकोच मान्दैनन्।
संबिधान र कानूनको पालना शासित जनताले मात्र गर्नु पर्ने भएको छ। शासकहरु
आफ्नो चाहना अनुरुप जेसुकै गर्न संबिधान समेत संशोधन गर्छन्। हालको
अन्तरिम संबिधान २ वर्षमा ६ पटक संशोधन गरिसकियो। शापथग्रहण सम्बन्धी
अहिले खडागरिएको वितण्डा पछि संबिधानमा अर्को संशोधन गर्ने चर्चा
जोडतोडका साथ चलाइएको छ।
नेपाल राष्ट्रको भावि शासनको स्वरुप कस्तो हुने भन्ने विषयमा प्रमुख
शक्तिहरु जनता अलमल्याउने भाषण मात्र छाँटिराखेका छन्। अ&#180;
महिना-महिनामा आफ्नो अडान फेर्छन्।
निजी सेना र बन्दूक राख्ने शाक्ति अन्य राजनीतिक दलका नेता तथा
कार्यकर्तालाई ुजिल्ला छाडेर जाऊ वा हाम्रो कडा कारवाहीको सामना गरु
भन्ने उर्दी जारी गर्दैछ। प्रतिष्पर्धात्मक बहुदलीय प्रणालीको रट लगाउने
अन्य राजनीतिक शक्तिहरु यो मारमंुग्री सहेर पनि ुआतंककारीलाई शान्तिपूर्ण
मूलधारको राजनीतिमा ल्याएँु भनेर जनतालाइर्ं अ&#180;ै ढाँट्दैछन्।
अहिले नेपालका प्रत्येक नागरिक एक वा अर्को राजनीति दल वा समूहको पछि
लाग्नै पर्ने स्थिति सिर्जना गरिएको छ। बन्दूक वा राजनीतिक सिद्धान्त वा
गुटको पछि नलागेको नागरिकको ज्यान समेत जोखिममा परेको अवस्था छ। आ-आफ्नो
गुट वा समूहमा संलग्नलाई सम्बन्धित दल समूह वा गुटले संरक्षण दिएर अपराध
गर्न नागरिक विरुद्ध काम गर्न र राष्ट्रलाई लुट्न प्रोत्साहन गरिराखेका
छन्। यही स्वार्थका लागि नागरिक-नागरिक बीच शत्रुता र मुठभेड गराइएको छ।
नेपालमा नेपाली जनता वा नेपाली नागरिक नभएर फलाना दल वा समूह वा गुटका
कार्यकर्ता मात्र छन् जस्तो भान पारिएको छ। र यही आधारमा
नागरिक-नागरिकबीच भिडन्त गराइन्छ।
नागरिकहरुलाई कुनै पनि आधारमा एकजुट हुनै नदिने स्थिति सिर्जना गरिएको छ।
किनभने सबै नेपाली एकजुट भए हामी नेपाली हौँ - हामीले सामूहिक हितका लागि
काम गर्नु पर्छ भन्ने भावना विकास भयो भने अपराधीतन्त्रका शासक तथा
राष्ट्रका लुटेराहरुको शासन धरापमा पर्छ भन्ने कुरा जनताका नाममा राजनीति
गर्छु भन्ने नेताहरुलाई राम्ररी थाहा छ। त्यसैले कहिले जातका नाममा कहिले
सिद्धान्तका नाममा कहिले भौगोलिक क्षेत्रका नाममा कहिले भाषा संस्कृति र
धर्मका नाममा हामी नेपालीबीच यी राजनीतिज्ञहरुले भिडन्त गराउँदैछन्।
राजनीतिक स्तरमा र कानूनको पालना गर्ने आधारमा विश्लेषण गर्दा हामीकहाँ
यसबेला ुलोकतन्त्रु वा जनताको शासन छ भन्न सकिने अवस्था छैन। राजनीति
शास्त्रीहरुले तोकेका मापदण्डका आधारमा त हामी अहिले अपराधीतन्त्र भोग्न
बाध्य पारिएका छौँ। स्थायित्वका हिसाबले हेर्दा माथि उल्लेखित सबै लक्षण
एउटा असफल राष्ट्रका दूर्गुण हुन्। र आम नेपाली नागरिक चुप लागेर सहन
वाध्य छन् यो अवस्था।<br>
संक्रमणकालमा यस्तै हो भनेर चित्त बु&#180;ाउने प्रयास गर्नु भनेको
जनताका नाममा जनतालाई र राष्ट्रलाई नै ध्वस्त पार्ने कूटिल चाललाई सहयोग
पुर् याउनु मात्र हो।
Read More...