Friday, September 4, 2009
0 नागरिक चेतावनी ः ठाडै निल्ने
-अ के ला-
आम नेपाली जनजिभ्रोमा ठाडो खाएर तेसो्र निकाल्ने एउटा झर्रो आहान ब्याप्त
छ। सधैँभरी सत्ताकै सिनुमा दाँत गाडेर बस्ने र राजनीतिलाई पद प्रतिष्ठा र
पैसाको अचूक साधन ठान्ने जुन मनोवृत्ति यहाँ विकसित गराईएको छ त्यसबाट
अझै पनि दूर दूरसम्म निकासको कुनै प्रकाशसम्म देखिएको छैन र मुलुक
प्रतिदिन बर्बादीको भँड्खालामा जाक्किँदै गैरहेको छ। मुलुकमा यतिखेर
भाषिक अन्यौलता देखिएपछि यो आहान चरितार्थ बनेको छ। राज्यको पुनस्ररचना र
अग्रगामी संविधान लेखन जस्ता मुद्धाले मूर्तरुप लिने नै हो भने सपथ
सम्बन्धी यो भाषिक विवादलाई नसल्टाई हिमाल पहाड र तराईलाई पूर्णरुपेण
समेट्नै सकिँदैन।
जुनसुकै राजनीतिक दल दलका नेता या कार्यकर्ता रिसाउन् वा खुशाउन् यो
मुलुकमा यतिखेर थुप्रै बेवकूफहरु नेपाली जनताका सामु देखापरेका छन्।
लाउडा सुजाता ग्रैण्ड डिजाईन पार्टीका तानाशाह एवं चौरासी कटेका
गिरिजादेखि साउथ चाईना एअरवेज महाकाली टनकपुर दुई-दुई स्थानबाट पराजित
छप्परफाड प्रधानमन्त्री माधवकुमार नेपाल हिन्दी भाषामा सपथ लिएर भाषिक
वितण्डा मच्चाईरहेका परमानन्द झा र प्रचण्डसम्मका शीर्ष नेताहरु सबैलाई
पौने तीन करोड नेपाली जनताले यतिखेर बेवकूफहरुको सूचिमा राखेको जुन
स्थिति यहाँ छ यो भनेको सम्भवतः सोझो रुखलाई सोझो र बाङ्गो रुखलाई बाङ्गै
भन्नुपर्ने अपरिहार्यता हुनसक्दछ। कुनै जङ्गेहरुसँग जनता भयभित हुनुपर्ने
जरुरी नै के नयाँ नेपालमा
पहिला र दोश्रा पायदानमै रहेका दुई बेवकूफ दी ग्रेटहरु गिरिजा र
माधवकुमार नेपालको यहाँ चर्चा नगरुँ। किनभने यी भनेका यस्ता पात्र हुन्
जस्लाई इतिहासले धेरैचोटी धिक्कारिसकेको छ र अझै पनि धिक्कार्दै छ।
यिनीहरुको चर्चा गर्नु जागरुक पाठकहरुको गिदी भुट्नु हो। परन्तु
वितण्डामाथि वितण्डा दण्डहिनतामाथि दण्डहिनता र अराजकतामाथि अराजकता
थपिँदै गैरहेको यस संक्रमणकालीन घडिमा भाषिक विवाद निम्त्याएर पूरै
मुलुकलाई स्तब्ध तुल्याउनखोजिरहेका परमानन्द झा र एनेकपा माओवादी अध्यक्ष
एवं छ महिने प्रधानमन्त्री प्रचण्ड जो दुनियाका नजरमा जुझारु योद्धाका
पनि योद्धा क्रान्तिकारी अग्रगामी चमत्कारी नेता थिए र जस्को टाउकाको
मूल्य मात्रै करिव ५० लाख तोकिएको थियो उसको चर्चा यहाँ गरिएन भने
पाठकलाई हदैसम्मको फिक्का लाग्नसक्छ। र आक्रामक शैलि बोली-बचन र
व्यवहारबाट एकाएक नेपाली राजनीतिमा उदाएका यिनले कुनै दिन आफुहरुसँग यति
भयानक कुठाराघात गर्नेछन् भन्ने वारे बिचरा लाटागाँडालाई के थाहा
भाषिक विवाद ठूलो कुरै होईन। ठूलो कुरा हुनुपर्दथ्यो-सपथ खानेको नियत र
ऊभित्रको महत्वाकाँक्षा। तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ
प्रचण्डले सपथको अनुसूचीमा उल्लेखित ईश्वरको नाममा … वाक्याँश उच्चारण
नगरिकन जसरी उनले जनताका नाममा… भन्ने वाक्याँश बोलेर समग्र नेपाली
जनताको दिमाग भुट्ने कुचेष्टा गरेथे त्यही सपथबाट उनी गणतान्त्रिक
नेपालकै प्रथम प्रधानमन्त्री बनेका थिए। मधेसवादी नेताहरुले लिएको सपथ
आदिमा र ती सपथहरुमा कहीँ कतै बिरोध र रिट नपर्नुको जुन स्थिति यो
मुलुकमा बन्यो परमानन्द झाले हिन्दीमा सपथ लिईनुलाई अबैध मानिनु र
बिखण्डनवादीको गन्ध आएको अपब्याख्या गरिनु स्वयँमा एउटा संकीर्ण
मानसिकताको उपज ठानिन पनि सक्दछ र विखण्डनको अस्सली ताण्डव त्यहीँ
सँकीर्णताबाट आरम्भ हुनसक्छ भन्नेतर्फ कसैको ध्यान नजानु आश्चर्य मात्र
हैन ज्यादै दुःखलाग्दो पनि छ।
बहुजातीय बहुभाषिय बहुक्षेत्रीय बहुलिङ्गीय बहुसम्प्रदाय बहुसमाज
बहुबर्गिय यहाँको समाजमा पहाडिया खस् व्राह्मणहरुले अढाई शताब्दिदेखि
बोल्दै आएको र राजा महाराजाहरुले मधेस तथा मधेसी जनताहरु बिरुद्ध गर्दै
आएको अत्यन्तै षडयन्त्रमूलक प्रपाचलाई माओवादी जस्ता अग्रगमनका
हिमायतिहरुलाई सुहाउने कुरो थिएन र त्यसको समर्थन-सहयोग गर्नु आफैँमा
विरोधाभाशपूर्ण छ। उनीहरुको त्यो सोँच भनाई र गराईका बीच कहीँ कतै कुनै
तादाम्यता नमिलिरहेको हुँदा जनयुद्धदेखि जनआन्दोलन-२ सम्म साथ दिँदै आएका
आम मधेसी जनताद्वारा उनीहरुको त्यस किसिमको सोँच र चिन्तनलाई प्रतिगामी
यथास्थिति एवं संकीर्णवादी ठानिनुको मूल कारण पनि सम्भवतः त्यही नै
हुनुपर्दछ।
यो भाषिक विवादलाई सरकारमा सामेल सबै दलहरुले संविधान संसोधन गरेरै भए
पनि हिन्दी सपथलाई अनुमोदन गर्ने मनस्थितिमा पुगिसकेका हुन् र अझै पनि
उनीहरु त्यही मनस्थितिमै देखिन्छन्। परन्तु सर्वोच्चले आफ्नो फैसला
सुनाईसकेको जुन स्थिति छ त्यो भनेको ढिलाई हुनु हो। किनकि भाषिक मुद्धा
एउटा राजनीतिक विषय थियो छ र त्यसको समाधान पनि राजनीतिक रुपमै
गरिनुपर्दथ्यो र गरिनु पनि पर्दछ।

बहुबर्गिय यहाँको समाजका आ-आफ्नै पहिचान मूल्य र मान्यताहरु छन्। हिन्दी
कतिले बोल्छन् मैथिली कतिले बोल्छन् र खस भाषा कतिले बोल्छन् भन्ने कुरा
राज्यको पुनस्ररचनादेखि नयाँ नेपालको अग्रगामी संविधान लेखिने यस घडिमा
खासै मायना राख्दैन। यस संक्रमणकालीन घडिमा मायना राख्छ भने बहुजातीय
बहुभाषिय बहुक्षेत्रीय बहुलिङ्गीय बहुसम्प्रदाय बहुसमाज बहुबर्गिय सबैलाई
समेट्नुले राख्नसक्दछ परन्तु हिन्दी मैथिली नेवार गुरुङ्ग लिम्बु खस या
अमूक अमूक भाषामा सपथ लिईने कुराले कदापि राखिनु हुँदैन। किनकि
शताब्दियौँ लामो सामन्तवादको अन्त्यसँगै आम नेपालीले जुन बिशाल नेपालको
परिकल्पना गरेका छन् र जुन किसिमको अग्रगामी संविधानको चाहना राखेका छन्
यी सबै त्यसमा अटाउने छन्। यो ऊ भन्ने अहिले हैन आगामी २०६७ जेठमा हो।
अर्थात अग्रगामी संविधान लेख्ने बेलामा हो।
सर्वहारा सुकुम्वासी गरिव उत्पीडित उपेक्षित निमुखा जनताका हिमायतिका
रुपमा उदाएर शिशिर यामको घामझैँ यी महाशय इतिहासको क्षितिजबाट यसरी
अस्ताउने सुरसारमा छन् कि यिनलाई हिजोआज कटवालवाला पशुपतिनाथका भट्टवाला
आठ जर्नेलवाला सीडीवाला ६ महिने प्रधानमन्त्री एवं झोँक्की तथा भालुको
पित्त खाए जस्तो झनक्क रिसाउने र उत्तिखेरै खुशि भैहाल्ने सन्काहा नेताका
रुपमा लिनथालिएको÷हेर्नथालिएको जुन स्थिति छ त्यो ज्यादै नै
लज्जास्पद र आश्चर्यलाग्दो छ।
सबै व्यवस्था राजनीतिबाटै चल्दछ। परन्तु जुन हिसावले अझै पनि राजनीतिको
अपभ्रंश गरिँदैछ र यहाँका परभक्षी फ्याउराहरु पद प्रतिष्ठा र पैसाकै
निम्ति र् याल काढ्दैछन् तिनीहरुबाट यहाँ केही पनि सम्भव छैन। आम
नागरिकले भोगिरहेको यो नियति त्यस्कै परिणति हो। व्यवस्थाका आडम्वरमा
सिन्को ठाडो नगर्ने सिप-जाँगर शून्य खाखाखैया र डुङ्ङ गन्हाउने काला
बोकाहरुद्वारै चलाईँदै आएको यहाँको अव्यवस्था एवं अस्तव्यस्तताप्रति
खिसिट्यूरी गर्ने हिजोका जुझारु योद्धाका पनि योद्धा क्रान्तिकारी
अग्रगामी चमत्कारी युग पुरुष आदि आदि विशेषण झुण्ड्याईएका
टप्परटूईँयाहरुको चुरीफुरी जनताले देखिसके वाक्क भैसके। अव देख्न जनताका
निम्ति कानूनी राज्य नयाँ नेपालको रोडम्याप राज्यको पुनस्ररचना र नयाँ
अग्रगामी संविधान बाहेक अरु केही पनि छैन। जनता त्यस्कै प्रतिक्षामा छन्।
हिजोका प्रतिगामी र आजका अग्रगामी एवं हिजोदेखि आजसम्म अग्रगामी बनिरहेका
सबैले भाषिक विवादलाई शिघ्रातिशीघ्र सल्टाउन्। अन्ततोगत्वा पौने तीन
करोडको भिडले यी नालायकहरुलाई ठाडो निलेर तेसो्र निकाल्ने छन्। अस्तु।

Subscribe to:
Post Comments (Atom)
0 comments: