Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Tuesday, September 1, 2009

0 हामी कस्तो शासन प्रणाली भोग्दै छौँ

-दीपक गजुरेल
प्रजातान्त्रिक शासन प्रणाली भएको राष्ट्रमा सार्वभौमसत्ता जनतामा रहन्छ।
जनतामा रहने यो सर्वोच्च सत्ताको प्रयोग नागरिकका प्रतिनिधिहरुको
संस्थाले गर्छ। र यस्तो शासन व्यवस्थामा कानूनको सर्वोच्चता तथा
सर्वोपरिता हुन्छ। कानून भन्दा माथि कोही पनि हुँदैन। राष्ट्र भित्रका
सम्पूर्ण नागरिक संस्था तथा निकायले कानूनको निशर्त पालना गर्छन्
गर्नुपर्छ। कानूनको पालना नगर्नेलाई सजाय हुन्छ। कानूनी सर्वोच्चता रहने
प्रजातान्त्रिक शासन प्रणालीको साचालन ठीक ढंगले गरिएन वा गर्न सकिएन भने
त्यो व्यवस्था मनपरीतन्त्रमा परिणत हुन्छ यस्तो व्यवस्था जहाँ शासन
गर्नेहरुले अपराध गर्छन् राष्ट्रलाई लुट्छन् नागरिकले दुःख पाउँछन् समाज
र राष्ट्र पछि पर्छन्।
जनताको शासनको नाउँमा एक वा केही व्यक्तिहरुको समूहले लुट र अपराध गर्दै
जनतालाई नै दुःख दिने खालको शासन प्रणालीलाई राजनीति शास्त्रमा
क्लेप्टोत्रेुसी भनिन्छ। यसलाई नेपालीमा मोटामोटी अनुवाद गर्दा चोर वा
लुटेराको शासन अर्को शब्दमा अपराधीतन्त्र भन्न सकिन्छ। यस्तो राज्य
प्रणालीमा शासक र तिनका नजिक रहेकाहरुले फुटाऊ र शासन गरको नीति अनुसार
काम गर्छन्। सम्पूर्ण नागरिकहरुलाई विभिन्न आधारमा विभाजित पारिदिन्छन् र
आपसमा नै शत्रुता खडा गरेर जनताको एकताको शक्तिलाई कमजोर पार्छन्। जसरी
पनि आफ्नो निहित स्वार्थ पूरा गर्ने ध्याउन्ना मात्र हुन्छ यस्ता
शासकहरुको। आम नागरिक पेशागत् क्षेत्र वौद्धिक वर्ग लगायत िसंगो राष्ट्र
तथा समाजलाई विभाजित पारेर अपराधीतन्त्रलाई लम्ब्याउने चालबाजी गर्छन्।
हामी कस्तो शासन प्रणाली भोग्दै छौँ
जनताका पीडक तथा राष्ट्रलाई लुट्ने अपराधीहरुले साचालन गर्ने शासन
प्रणालीलाई अपराधीतन्त्र भनिन्छ। यस्तो शासन प्रणालीका दूर्गुणहरुलाई
मुख्य रुपमा शान्ति सुरक्षा राजनीतिक इमान्दारी आर्थिक अनुशासन सामाजिक
स्थिति गरी चार आधारमा विश्लेषण गर्ने गरिन्छ। यसै आधारमा हामीकहाँ अहिले
चलिराखेको शासन प्रणाली ुलोकतन्त्रु हो कि अरु नै केही हो भनेर निक्र्योल
गर्न सकिन्छ।<br>
कुनै पनि शासन प्रणालीको गुण वा दूर्गुणको विश्लेषण गर्दा पहिलो तथा
सर्वोपरी महत्वको आधार भनेको कानूनको सर्वोच्चताको अवस्था हो। राष्ट्रका
सबैले कानूनको अक्षर तथा भावनाको पालना स्वतः गरेको अवस्था विद्यमान हुनु
हो। कानूनको पालना नगरिएको अवस्था जति बढी हुन्छ त्यति नै त्यो शासन
प्रणाली अपराधीतन्त्रमा दरिन पुग्छ।
नागरिकहरुको चाहना अनुरुपको शासन भएन भनेर लाखौँ नेपालीले ज्यानको बाजी
थापेर ल्याएको अहिलेको हाम्रो व्यवस्था कस्तो छ विश्वका प्रतिष्ठित
राजनीति शास्त्रीहरुले निर्धारण गरेको सर्वस्वीकार्य मापदण्डमा हामी कहाँ
पर्छौँ यी प्रश्नको उत्तर थाहा पाउन अहिले हामीले भोग्नु परिराखेको यो
स्थिति हेरौँ ः
संबिधानको संरक्षक भएर काम गर्नु पर्ने उपराष्ट्रपति संबिधानको पालना
गर्दैनन्। जनताका प्रतिनिधिले बनाएको भनिएको संबिधान अन्तर्गत्को उच्च
न्यायिक निकाय सर्वोच्च अदालतको फैसलालाई सार्वजनिक चुनौति दिँदै पदीय
गरिमा विपरित व्यवहार गर्छन्।
ुराजनीतिक उद्देश्य राखेरु ुजनताको मुक्तिका लागिु संघर्ष गर्ने शक्ति
बन्दूक बोकेर गाउँ शहर डुल्दै आम नागरिक मात्र होइन सुरक्षाका लागि बसेका
प्रहरीलाई समेत बन्दूक तेसा्रउँछ। राज्यले केही गर्दैन बरु बन्दूक
तेसा्रएर नागरिकहरुलाई आतङ्कित पार्ने यो पक्षलाई सम्मानजनक व्यवहार
गर्छ। भदौ ९ २०६६ का सबै जसो दैनिक अखबारहरुले नवलपरासी घटनाकाबारेमा
दिएका समाचारहरुले यसै भन्छन्।
अर्को ुराजनीतिकु शक्तिले राजधानीको मुटुमा पत्रकार सम्मेलन गर्दै त्यहिँ
पेस्तोल देखाएको डरलाग्दो दृश्य नेपाली टेलिभिजन च्यानेलहरुले भदौ १२ गते
प्रशारण गरे। पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुको सातो गयो। राज्यले
यस्तै ुराजनीतिकु शक्तिसंग वार्ताको अभिनय गर्छ। अधिकार प्राप्तिका लागि
आन्दोलन गर्नेले &#180;डपको नाउँमा गोली हानेर प्रहरी मार्छ हामीले भने
जस्तो नगर्ने हो भने विद्रोह गर्छौँ भन्ने धम्की ठूलो सशस्त्र शक्तिले
लगभग सधैँ जसो दिन्छ। एक दशक भन्दा बढी समय सम्म सशस्त्र ुक्रान्तिु
गरेको शक्तिको यस्तो धम्कीबाट आम नागरिकको मनोदशा भयाक्रान्त बनेको छ।
ुहामीसंग यति हतियार छ कि त्यसले हामी काठमाडौँ पूरै ध्वस्त पारिदिन
सक्छौँ हामीलाई उत्तेजित नपारु भन्ने धम्की यो ठूलो सशस्त्र शक्तिको ठूला
नेताबाट सुनेर आम नागरिकको सातो उडेको छ।
शान्ति सुरक्षा त यो मुलुकका जनताका लागि सपना बन्न पुगेको छ। राजनीतिक
इमान्दारी शून्यमा &#180;रेको छ। ुनयाँ नेपालु बनाउँछौँ भनी राष्ट्र
समक्ष प्रतिवद्धता गरेका ठूला शक्ति र नेताहरु छिनछिनमा कुरा फेर्छन्।
अघिल्लो दिन टेलिभिजनमा आपैषले भाषण गरेको कुरालाई भोलि बिहानै त्यसो
भनेको होइन भन्छन्। आफ्ना नागरिकलाई ढाँट्ने मात्र होइन कूटनीतिक मर्यादा
समेत नराखेर &#180;ुठ बोल्छन्। १९ जना लडाकू हतियार सहित नवलपरासीमा
निस्केर वितण्डा मच्चाए पछि संयुक्त राष्ट्र संघीय मिसन अनमिनले शान्ति
सम्&#180;ाैता उलंघन भयो भन्दै गर्दा लडाकूका नेता ुअन्मिनको सहमतिमा
त्यसरी हतियार बोकेर हिँडेकोु भन्न संकोच मान्दैनन्।
संबिधान र कानूनको पालना शासित जनताले मात्र गर्नु पर्ने भएको छ। शासकहरु
आफ्नो चाहना अनुरुप जेसुकै गर्न संबिधान समेत संशोधन गर्छन्। हालको
अन्तरिम संबिधान २ वर्षमा ६ पटक संशोधन गरिसकियो। शापथग्रहण सम्बन्धी
अहिले खडागरिएको वितण्डा पछि संबिधानमा अर्को संशोधन गर्ने चर्चा
जोडतोडका साथ चलाइएको छ।
नेपाल राष्ट्रको भावि शासनको स्वरुप कस्तो हुने भन्ने विषयमा प्रमुख
शक्तिहरु जनता अलमल्याउने भाषण मात्र छाँटिराखेका छन्। अ&#180;
महिना-महिनामा आफ्नो अडान फेर्छन्।
निजी सेना र बन्दूक राख्ने शाक्ति अन्य राजनीतिक दलका नेता तथा
कार्यकर्तालाई ुजिल्ला छाडेर जाऊ वा हाम्रो कडा कारवाहीको सामना गरु
भन्ने उर्दी जारी गर्दैछ। प्रतिष्पर्धात्मक बहुदलीय प्रणालीको रट लगाउने
अन्य राजनीतिक शक्तिहरु यो मारमंुग्री सहेर पनि ुआतंककारीलाई शान्तिपूर्ण
मूलधारको राजनीतिमा ल्याएँु भनेर जनतालाइर्ं अ&#180;ै ढाँट्दैछन्।
अहिले नेपालका प्रत्येक नागरिक एक वा अर्को राजनीति दल वा समूहको पछि
लाग्नै पर्ने स्थिति सिर्जना गरिएको छ। बन्दूक वा राजनीतिक सिद्धान्त वा
गुटको पछि नलागेको नागरिकको ज्यान समेत जोखिममा परेको अवस्था छ। आ-आफ्नो
गुट वा समूहमा संलग्नलाई सम्बन्धित दल समूह वा गुटले संरक्षण दिएर अपराध
गर्न नागरिक विरुद्ध काम गर्न र राष्ट्रलाई लुट्न प्रोत्साहन गरिराखेका
छन्। यही स्वार्थका लागि नागरिक-नागरिक बीच शत्रुता र मुठभेड गराइएको छ।
नेपालमा नेपाली जनता वा नेपाली नागरिक नभएर फलाना दल वा समूह वा गुटका
कार्यकर्ता मात्र छन् जस्तो भान पारिएको छ। र यही आधारमा
नागरिक-नागरिकबीच भिडन्त गराइन्छ।
नागरिकहरुलाई कुनै पनि आधारमा एकजुट हुनै नदिने स्थिति सिर्जना गरिएको छ।
किनभने सबै नेपाली एकजुट भए हामी नेपाली हौँ - हामीले सामूहिक हितका लागि
काम गर्नु पर्छ भन्ने भावना विकास भयो भने अपराधीतन्त्रका शासक तथा
राष्ट्रका लुटेराहरुको शासन धरापमा पर्छ भन्ने कुरा जनताका नाममा राजनीति
गर्छु भन्ने नेताहरुलाई राम्ररी थाहा छ। त्यसैले कहिले जातका नाममा कहिले
सिद्धान्तका नाममा कहिले भौगोलिक क्षेत्रका नाममा कहिले भाषा संस्कृति र
धर्मका नाममा हामी नेपालीबीच यी राजनीतिज्ञहरुले भिडन्त गराउँदैछन्।
राजनीतिक स्तरमा र कानूनको पालना गर्ने आधारमा विश्लेषण गर्दा हामीकहाँ
यसबेला ुलोकतन्त्रु वा जनताको शासन छ भन्न सकिने अवस्था छैन। राजनीति
शास्त्रीहरुले तोकेका मापदण्डका आधारमा त हामी अहिले अपराधीतन्त्र भोग्न
बाध्य पारिएका छौँ। स्थायित्वका हिसाबले हेर्दा माथि उल्लेखित सबै लक्षण
एउटा असफल राष्ट्रका दूर्गुण हुन्। र आम नेपाली नागरिक चुप लागेर सहन
वाध्य छन् यो अवस्था।<br>
संक्रमणकालमा यस्तै हो भनेर चित्त बु&#180;ाउने प्रयास गर्नु भनेको
जनताका नाममा जनतालाई र राष्ट्रलाई नै ध्वस्त पार्ने कूटिल चाललाई सहयोग
पुर् याउनु मात्र हो।


0 comments:

Feeds Comments