Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Thursday, September 10, 2009

0 सोह्रश्राद्ध ः आस्था र जनआस्थाको

- अ के ला---
अहिले हाम्रो आस्थाको सोह्रश्राद्ध चलिरहेछ। आमाबाबु गुमाउनेहरु यतिखेर
माछा मासु लगायतका धर्मद्वारा बर्जित खानेकुराहरुमा बारेर पितृहरुलाई
खुशि पार्न जुटेका छन्। परन्तु जुन सोहश्राद्ध मुलुकमा चल्दैछ त्यो
जनास्थाको यस्तो सोह्रश्राद्ध हो जस अन्तर्गत मुलुकलाई यहाँसम्म
ल्याईपुर् याउन आफ्नो बलिबेदी चढाएर पनि मुक्त हुन नसकेर यही भूमिमा
भौँतारिएका अमर सहिदका आत्मालाई खुशि पार्न त्यस्तो केही पनि गरिएको छैन
जो गरिनु पर्दथ्यो। आज यो पंक्तिकार त्यही सोह्रश्राद्धको चर्चा गर्दैछ।
आफ्नो कुरो माथि पार्न मान्छेले केसम्म गर्नसक्छ र केसम्म सक्तैन भन्ने
कुराको ग्यारेण्टी हुँदैन जे पनि गर्नसक्छ। एउटा गल्ती लुकाउन मान्छेले
सैयौँ झूठ बोल्नुपर्छ। एउटै कुरालाई कहिले ुहोु भन्नुपर्छ कहिले ुहोईनु
भन्नुपर्छ। आज ुहोु भनिएको कुरोलाई भोली ुहोईनु भन्नुपर्छ भोली ुहोईनु
भनिएको कुरोलाई पसर्ी ुहोु भन्नुपर्छ। कुन कुरोलाई कतिखेर ुहोु भन्ने र
कतिखेर ुहोईनु भन्ने त्यस्को सिद्धान्तै हुदैन। कार्यव्यस्तताले
मान्छेलाई कहाँ-कतिखेर-कुन कुरालाई ुहोु भनियो र कहाँ-कतिखेर-कुन कुरालाई
ुहोईनु भनियो ह्याकै हुँदैन। कुन कुरोलाई ुहोु भन्दा नाफा हुने हो कुनलाई
ुहोईनु भन्दा नोक्सान हुने हो यसमै मानिसहरु अल्झिन्छन्। ुहोु लाई ुहोु र
ुहोईनु लाई ुहोईनु भन्नेहरु नाफामा त एक-दुई-तीन हुँदै हुँदैनन् बरु
जिन्दगीभरी नोक्सानै नोक्सानको उधारो बहिखाता बोकेर हिँडिरहनुपर्ने
हुन्छ।
कहाँ कतिखेर कस्को अगाडि के भन्दाखेरी नाफामा भईन्छ त्यसमा ध्यान
दिनुपर्छ। यही हो-सफलताको कडी। सम्भवतः मान्छेले खोजेको लोकतान्त्रिक
स्वतन्त्रता पनि यही हुनुपर्छ। कहिले के कुरालाई ुहोु भन्नुपर्छ कहिले के
कुरालाई। कहिले एउटा कुरालाई ुहोईनु भन्नुपर्छ कहिले अर्कै कुरालाई।
सूझबूझ बिना भनिएको ुहोु र ुहोईनु ले फरक पार्ने या नोक्सान हुनेमात्र
हैन पागलै बन्नुपर्ने हुन्छ।
लङ्गडाको देशमा खुट्टा उचालेर हिँड्न जान्नुपर्छ। यो नै दुनियाको रीत हो।
त्यसमाथि अझ आफुले पटाउनुपर्ने मान्छे ुहोु भनेको रुचाउँनेवाला छ कि
ुहोईनु भनेको रुचाउँनेवाला त्यसको पहिचान गर्ने खूवी आफुमा भएन भने त
त्योभन्दा दुर्भाग्य अर्को केही हुनै सक्तैन। ुहोु भनेको रुचाउनेलाई
ुहोईनु भनियो या ुहोईनु भनेको रुचाउनेलाई ुहोु भनियो भने सबथोक उल्टिन्छ
र बन्ने काम पनि बिगि्रन्छ। यही त भैरहेको छ आज। कुन कुरो ुहोु र कुन
कुरो ुहोईनु भन्नुले यहाँ कुनै अर्थ राख्दैन। अर्थ राख्छ-पटाएर काम
लिनुपर्ने मान्छेको मूडमा। यो निर्विवाद सत्य हो।
दुनियामा स्थिर नामको केही पनि छैन। सबै चलायमान छन्। घुमिरहन्छन्।
हिजोसम्म जुन कुरोलाई ुहोु भन्दै हिँडिन्थ्यो आज त्यही कुरोलाई ुहोईनु
भन्दै हिँड्नुपर् या छ। आज जुन कुरोलाई ुहोईनु भन्दै हिँड्नुपर् या छ
त्यही कुरोलाई भोली ुहोु भन्दै हिँड्नुपर्ने हुन्छ। मानिसहरु यतिबिध्न
जागेका छन् कि कुनै पनि निष्ठा आस्था र विश्वाससँग उसको स्थिर नाता नै
छैन। बाहिरबाट जे देखिन्छ सबै देखावा र छलावा छन्। किनभने भोली त्यही
निष्ठा आस्था या विश्वास अर्कै अर्कै ुहोु या ुहोईनु मा अनुवाद हुन्छ र
सबथोक एकदम बदलिईसकेको हुन्छ।
कुकुरले पुच्छर हल्लाउनु स्वभाविकै भए पनि कुकुरले पुच्छर हल्लाउन छोडेको
यहाँ निकै भयो। यदाकदा मात्र कुकुरले पुच्छर हल्लाईरहेको देखिन्छ। नत्र
धेरैजसो पुच्छरले नै कुकुर हल्लाईरहेको हुन्छ र केही टप्पर टुईँयाँहरु
त्यसकै समर्थनमा ुहोु भनिरहेका हुन्छन् भने अर्काथरी टप्पर टुईँयाहरु
यस्ता हुन्छन् जो कुकुरले पुच्छर हल्लाएकै भए पनि त्यस्लाई ठाडै ईन्कार
गर्छन् र ुहोईनु भन्नथाल्छन्। शायद कुनै पनि कुरामा कुनै पनि मान्छेको
नाता-सम्बन्ध अस्थिर एवं चलायमान हुने र कालचक्रसँगै निरन्तर घुमिरहने
हुन्छ क्यारे। नत्र यहाँको धर्म अर्थ राजनीति सँस्कृति जस्ता कुनै पनि
क्षेत्र दलका नेता कार्यकर्ताहरुका दिमागी कचराबाट अछुतो रहनु पर्दथ्यो
रहेनन्। सबथोक यसरी सड्नुको कारण के थियो कारण थियो-सडेका आलुहरु। किनकि
पूरै बोरा सडाउन धेरै आलु चाहिन्न एउटै पर्याप्त हुन्छ।
भन्छन्-शास्त्रमा अहिल्या द्रौपदी कुन्ती तारा मन्दोदरी तथा पाचम् कन्या
स्मरणम् नित्यम् महापातक नाशनम् लेखिएको छ। सामान्य मान्छेहरु अहिल्या
द्रौपदी कुन्ती तारा र मन्दोदरी जस्ता पौराणिक महिलाहरु आदरणीय हुनाले
पनि पुराणहरुले ती कन्याहरुको नाम दिनहुँ स्मरण गर्नाले जघन्यभन्दा जघन्य
पाप समेत मोचन हुने ठान्दछन् जुन सिधा र सरल मान्यता हो। तर कुरो उल्टो
छ। ईन्द्रसँग सल्केकीले अहिल्याप्रति पाँच पतिको चित्त बुझाउनुपर्ने
हुनाले द्रौपदीप्रति कन्यावस्थामै गर्भधारण गरेकीले कुन्तीप्रति
जेठाजुसँग लहस्सिएकीले ताराप्रति र आफ्नै पति बिरुद्ध लागेकीले
मन्दोदरीप्रति शास्त्र सकारात्मक भएको पनि हुनसक्छ। नत्र देवराज
ईन्द्रसँग सल्केर आफ्नै ऋषिपतिको श्रापले पाषाण बनेकी अहिल्या भगवान
रामद्वारा पाँचपटक पति शब्द उच्चारण गरेकी द्रौपदी भगवान शिवद्वारा
कुन्तीलाई श्रीकृष्णद्वारा तारा र मन्दोदरी पनि भगवान रामद्वारा उद्वार
गरिनुको कारणै थिएन।
धर्म कर्म पूजापाठ स्वर्ग-नर्क एवं पाप-पुण्यको चेष्टा हुनेहरुले ुहोु
भन्नुपर्ने कुरोलाई ुहोईनु र ुहोईनु भन्नुपर्ने कुरोलाई ुहोु भनियो भने
तिनका मुखमा कीरा पर्नेे र नर्कैमा पर्ने भएकोले जीवनमा कहिल्यै जनतासँग
झूठ बोल्दैनन बेईमानी गर्दैनन् र राष्ट्रघाति कदमहरु पनि कहिल्यै
चाल्दैन्। सबै दल नेता एवं कार्यकर्ताहरु दुधले नुहाएर ढुङ्गामाथिका
तित्रा बनेर बसेका छन्। हत्तपत्त यिनीहरु फँस्दै फँस्दैनन् र अरुलाई
फँसाउँदा पनि फँसाउँदैनन्। किनकि कुन समयमा कुन कुरोलाई ुहोु भन्नुपर्छ
कुन समयमा कुन कुरोलाई ुहोईनु भन्नुपर्छ आँप कतिखेर पाकेर झर्छ र त्यसको
स्वाद लिन पाईन्छ भन्ने ज्ञान उनीहरुलाई हुन्छ।
कपालहरु-त्यसै फुल्दैनन्। गालाहरु-त्यसै चाउरिँदैनन् र दाँत बङ्गारा झरेर
मान्छेहरु त्यसै त्यसै थोते बन्दैनन्। सबथोक हुन्छ-अनुभवले। अनुभवी
हुनुको अर्थ हो-व्यावहारिक हुनु र व्यावहारिकताको अर्थ मौकामा चौका हान्न
जान्नु हो। नागरिक सर्वोच्चताको मान राख्नखोजिरहेकाहरुलाई राष्ट्रपति
सेना र विदेशी शक्तिकेन्द्रको सहारामा सरकारबाट हुत्याउनसक्नु भनेको के
मामुली कुरा हो मुलुकको राष्ट्रिय स्वाभिमान अक्ष्ाण्णता र सार्वभौम
जनताको सार्वभौमिकतैमाथि धावा बोल्नु भनेको स्यानो कुरा हो
खानेकुरो देखुाजेल दुलोभित्र हात राख्ने र टोक्ने कुरा देख्नासाथ हात
बाहिर झिक्नसक्नु जस्तो व्यावहारिकता अनुभव र सुझबुझतालाई गौण
मान्नसकिएला जुन खुबी अनुभवी दलका नेताहरुमा देखियो राष्ट्रपति र
सेनाध्यक्षमा देखियो त्यो माओवादीहरुमा रैछ त अनुभव व्यावहारिकता र
सुझबुझता यी हुन्। नागरिक सर्वोच्चताको बचाउ गर्नखोज्दा कस्ले के दियो
नागरिक सर्वोच्चताको मानहानी गर्नेलाई कारवाही गरेर खै कस्ले स्यावाश
भन्यो विदेशी प्रभुहरुलाई चिढाएर के पाईयो सत्तारोहण पूर्व तू तू मैँ मैँ
नगरी पुच्छरले पार्टी हल्लाउनेहरुलाई राष्ट्रपति छाडिदिएको भए नागरिक
सर्वोच्चताको वकालत नगरिएको भए या कम्सेकम् देशी-विदेशी प्रभुहरुलाई
नचिढाएको भए बेफ्वाँक्मा सरकार छाड्नुपर्ने त थिएन। आखिर भएन-आमके आम
गुथ्लीके दाम्
सत्ताको मोह लिसो जस्तै हुनेरैछ टाँस्सिएपछि टाँस्सियो-टाँस्सियो। नागरिक
सर्वोच्चताको बचाउ गर्दै सरकार छाडॆपछि खेलै खत्तम् भैसक्याथ्यो।
सेनाध्यक्षमाथि कारवाही गर्नै थियो गरे। सरकारै किन छाड्नु चित्त
नबुझ्नेहरु अदालत जान्थे। केस चल्थ्यो चलिरहन्थ्यो। अदालतको बिचाराधीन
विषयमा बोल्न मिल्दैनथ्यो। कि त थुक्नै हुँदैनथ्यो। गिरिजालेझैँ आलटाल
गरिरहे हुन्थ्यो। आफुहरुले बहुमत लिएर सरकार बनाउन आउँदा नेपाली काँग्रेस
लगायत अन्य दलका नेताहरुले हल्लाउनुसम्म हल्लाएर ४ महिनापछि महामुश्किलले
बालुवाटार छाडेको देखेकै थियो। जनास्थाको जनाजै निकालेर नागरिक
सर्वोच्चताको बचाउ किन गर्नु सरकार किन त्याग्नु त्याग्नै थियो त्यागे।
त्यागिसकेको सत्तामा फेरी किन लालच गर्नु किन जानु सत्तामा
अटेरी सेनाध्यक्षमाथिको कारवाहीलाई यथास्थितिका मतियारहरुले धोति
लाईदिएपछि ७ हजार सेनालाई तन्काएर १९ हजार पुर् याउने आफ्नो पार्टीको
महानता दुनियाको हाँसो बनिसकेपछि र प्रतिगमनका उनै मतियारहरुले आफ्ना
छापामारहरुको पुनः प्रमाणिकरण गर्नुपर्ने झमेला उठाईसकेपछि माओवादीहरुले
सबथोक छोड्छाड् पारेर बोरिया-बिस्तरा सहित गाउँ पस्ने आँट
गर्नसक्नुपथ्र्यो बालुवाटार र सिँहदरवार होईन। सिनो खाने गिद्धहरुको
काउँकाउँ झूठमूठका ज्यू ज्यू-हजुरी बिनसित्तिका सलामी र लोभीपापीहरुको
भिड बाहेक के छ त्यहाँ
बालुवाटार र मन्त्रीपरिषदको बैठकमा एउटा कुरा पत्रकार सम्मेलनमा अर्को
कुरा। सिँहदरवारमा एउटा कुरा र खुलामाचमा अर्कै कुरा। पार्टीको बैठकमा
एउटा कुरा दलका नेता कार्यकर्तासँग एउटा कुरा र घरकी बुढी छोराछोरीसँग
अर्कै कुरा । जहाँ बेईमानी खुराफात र छल बाहेक केही छैन जहाँ भित्र पसेको
डोब् बाहेक फर्केका डोब्हरु भेट्टिदैनन् त्योभित्र पस्न यत्रो हान्थाप्
किन के छ त्यहाँ त्यस्तो जुन देहातमा थिएन कस्तो निद्रा हो त्यो जो
पिँढीको गुन्द्रीमा पर्नसकेन आखिर के छ सत्ताका काँडेदार सिँहासनहरुमा
भिडियो टेपले प्रतिगामी यथास्थितिवादीहरुको अगाडि माओवादीहरुको हाईट्
बढाएकै मानिए पनि आफ्नै कमजोर व्यवस्थापन र हेलचेक्रयाईँले गर्दाखेरी
आफ्नो हाईट् र वेट ख्वात्तै घटेको कटुसत्यलाई माओवादीहरुले
स्वीकार्नैपर्ने हुन्छ। आफ्नै पार्टीभित्रको विभिषणलाई समयमा पहिचान गर्न
नसक्नु र पार्टीका खुफिया तथ्यहरु बाहिर फ्ल्यास् हुनुको नैतिक र
सैद्धान्तिक जिम्मेवारी कामरेडहरुले लिनैपर्छ। जे जे नहुनु थियो भयो।
जे जे नगर्नु थियो गरियो। यतिबिध्न भैसकेपछि फेरी त्यही सत्ताकै निम्ति
यो कस्तो अरण्यरोदन यथास्थितिका मतियारहरुसँग अग्रगमनका सारथीहरुले
यतिबिध्न मोह राख्नुको कारणै के ऐतिहासिक एवं बहुप्रतिक्षित संविधान सभै
डिजल्भ हुने जुन स्थिति यहाँ देखापरेको छ यो कतै जनआस्थाको सोह्रश्राद्ध
सुरु भएको लक्षण त होईन यदि हो भने त समग्र मुलुक नै सोह्रश्राद्धको
तैयारीमा जुटे भएन र अस्तु।


0 comments:

Feeds Comments