Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Tuesday, September 22, 2009

0 धर्मको नाममा किन धनको नाश

-नन्दकिशोर गोयल-
धर्म भनेको मनभित्र रहेको आस्था हो। आस्थाले मानिसमा दृढता उत्पन्न
गराउंछ, दृढताले नयां उर्जा शक्ति प्रदान गर्छ, उर्जा शक्तिले मानिसलाई
कर्मठ र कर्मशील बनाउंछ र कर्मशीलताले नै लक्ष्य पूरा गराउंछ ।
तर वर्तमान समयमा मानिस आस्थाविहिन हुंदै गइरहेको छ । आस्थाभन्दा पनि
मानिसले आप\mनो नामको प्रचार बढीभन्दा बढी गर्न चाहिंरहेको छ। त्यही
प्रचारबाट नै आफूलाई उच्च स्थानमा पुराउन खोजिरहेको छ। त्यो स्थानमा
पुगेपछि आफूलाई पर्ूण्ारूपमा सुरक्ष्ँित पार्न थाल्छन्। पर्ूण्ा
सुरक्ष्ँित ठाउंमा पुगेपछि आप\mनो स्वार्थपर्ूर्ति गर्ने लक्ष्यतिर
लाग्छन् ।
आफूले मानिरहेको आराध्यदेवप्रति आस्था प्रकट गर्न देखावा र आडम्बरमा
करोडौं करोड रूपैयां खर्च गरिरहेका छन्। आराध्यदेवको सामू कसैले ध्यान,
भोग, कसैले चौरासी ब्यञ्जनहरूको साथै मेवा, मिष्ठान्न, मखन, मिश्रीको
थुप्रो लगाउछन्। एकसे एक बहुमूल्य कपडाहरूको थाक लागेको हुन्छ। कति उच्च
वर्गका लक्ष्मीपुत्रहरूले त सुन-चांदी, हिरा समेत गरगहनाहरू भेटी चढाउन
पनि पछि रहदैनन्। त्यही दानी, दाताहरूको दरबार सामुन्ने नांगा, भोका,
रोगी, अपा·हरूको भीड लागेको हुन्छ। तर धनाढ्यहरूले न त एक छाक मीठा
खुवाएर उनीहरूको इच्छा तृप्त गर्न सक्छन्, न नांगा अंग छोप्नको लागि एक
जोड लुगा नै दिन सक्छन्। बाहिर नारायणको रूपमा रहेका नरनारीहरू छटपटाएका
हुन्छन् । भित्र ढुंगाको नारायण सामुन्ने थरिथरि प्रकारको मूल्यवान
वस्त्र, गरगहना राखेर नारायणलाई खुशी पार्ने प्रयासमा लागेका हुन्छन्।
नारायण खुशी होस् कि नहोस्, नारायणको दरबारमा चौकीदारको रूपमा रहेका
ब्राह्मण त मक्ख नै हुन्छन्। के यो नै हो आप\mनो आराध्यदेवलाई आस्था
प्रकट गर्ने तरिका - म यहां एउटा सानो कथा पाठकगणको सामुन्ने राख्न
गइरहेको छु। अवश्य पनि पाठकगणले ध्यान दिनु होला भन्ने आशा पनि लिएको छु।
कथा यसप्रकार छ- एक नगरमा ठूलो साहु महाजन थियो। उनको नियम नै थियो कि
दिनहुं एक ब्राह्मणलाई खाना खुवाइसकेपछि मात्र खाना खाने। एक दिन बिहान
हुंदै दिउंसो र बेलुका भयोे तर न कुनै ब्राह्मण भेट भयो, न ब्राह्मणले
साहुको घरमा भोजन नै ग्रहण गर्‍यो। सांझ पर्ने बेलामा साहुको
नोकरचाकरहरूले एक ब्राह्मणलाई भेट्यो र साहुको सामुन्ने लगेर नोकर भन्यो-
ँसाहुजी मैले ब्राह्मण खोजेर ल्याएको छु हजुर । साहुले ब्राह्मणलाई
हेरेपछि खुशी पनि हुंदै मनमनै सोच्न थाल्यो- मेरो नियम भंग भएन। साहुजीले
ब्राह्मणलाई सोध्नुभयो - ँए हजुर कुन प्रकारको खाना खानु हुन्छ - दाल,
भात, तरकारी, मिठाइ, पुरी, तरकारी के खानु हुन्छ -'
ब्राह्मण बाजेले भन्यो- ँदाल, भात, तरकारी त म सधैं खान्छु तर हजुरले
खाना नै खुवाउनु हुन्छ भने मलाई मीठो खाना मनपर्छ।'
ब्राह्मणको कुरा सुनेपछि साहुजीले तुरून्तै राम्रँे-मीठो पकवानहरू तैयार
गर्न लगाए। र, ब्राह्मणलाई बसाएर खाना खान अनुरोध पनि गरे । ब्राह्मणले
पनि हातखुट्टा नपखालेर नै खान खान बस्नुभयो। ब्राह्मणले न मन्त्र पढे, न
भगवानलाई नै धन्यवाद दिए। फटाफट खान थाल्यो। खाएपछि हात-मुख पनि नधोएर
आफूसंग भएको रूमालबाट पुछेर साहुजीलाई धन्यवाद, आशिष, बरदान नै नदिइ
हिड्यो।
ब्राह्मणको व्यवहारले गर्दा साहुजी असन्तुष्ट भयो। मैले खाना त खुवाए तर
नास्तिक ब्राह्मणलाई त खुवाइन् - यही पीडाले उनलाई पीडित बनाएको थियो।
बल्ल-बल्ल न्रि्रा लागेको थियो कि उनले सपना देख्न थाल्नुभयो। सपनामा
स्वयं नारायणले साहुसंग प्रश्न सोध्नु भयो- ँए साहुजी तिमी आज किन दुखी र
पीडित छौं -'
साहुजीले भन्यो- ँप्रभु मैले आज एक नास्तिक ब्राह्मणलाई खाना खुवाए,
त्यही पीडाले म पीडित छु।'
नारायणले भन्नुभयो - ँसाहुजी तिमीले एक छाक त्यो मानिसलाई खुवाएर यति
पीडित छौं भने मैले त उसलाई ५२ वर्षेखि खुवाइरहेको छु। र, आगे पनि
खुवाउने नै छु। तर म त पीडित भएको छैन। तिमीले नारायणको स्वरूप नै चिन्न
सकेनौं। संसारका समस्त नरनारी नारायणको स्वरूप नै हुन्छन्। तिमीमा अहंकार
उत्पन्न भइसकेको छ र त्यही अहंकारले पीडा दिइरहेको छ। मैले खुवाएको भन्ने
अहंकारलाई त्यागी देउ, त्रि्रो पीडा आफै हराउने छ। परिस्थिति सधैं अनुकूल
हुंदैन, कहिले प्रतिकूल पनि हुन्छ। अनुकूलतामा रमाउने, प्रतिकूलतामा दुःख
मान्ने व्यक्ति आस्थावान हुन नै सक्दैन। मानिसले सधै समभावमा रहेर आप\mनो
आराध्यदेवको आराधना स्वयं गर्नुपर्छ ।' सपनामार्फ ज्ञान प्राप्त भएपछि
साहुजी पनि एक समभाव व्यक्तिको रूपमा रहन लाग्नुभयो।
कथाको मूख्य अर्थ यो छ- आ-आप\mनो आराध्यदेवको पूजाआजा गर्नुपर्छ तर
देखावा, आडम्बरभन्दा टाढा रहेर। बडा दशैंको बेलामा नै मुस्लिम समाजको इद
पर्व पनि परेको छ। मुस्लिम समुदायको महान पर्व इद मनाउने तरिका वा चलन
देखेर बडो खुशी लागेको छ। उनीहरूले जुन सदभावना र समभावले ठूलो-सानो
जातजातिको कुनै मतभिन्नता नराखेर एक ठाउंमा सबै भेला भएर, आप\mनो महान
पर्वको बेलामा नमाज पढेर, एक आपसमा गला मिलेर, एक अर्काप्रति मांया,
प्यार, सदभाव प्रकट गर्दै, एक अर्काको घर-घरमा गएर, यथास्थिति अनुकूल
भएको खानेकुरा खाएर, सदभावका साथ आप\mनो आराध्यदेवप्रति सदभाव प्रकट
गर्नु नै सच्चा पूजा, श्रद्धा, उपासना, पर््रार्थना हुन्छ। उनीहरूमा
धर्मप्रति न त देखावा छ, न कुनै आडम्बर नै छ। न कसैमा कसैप्रति मतभिन्नता
देखिएको छ। हामीले पनि यसप्रकारको सामाजिक सदभावबाट केही सिक्नु पर्छ
भन्ने आशा पनि लिएको छु।
हामीहरूले पनि समग्ररूपमा सबै एक ठाउंमा संगठित भएर नै पूजाआजा गर्ने
बानी बसाल्नु पर्छ। हाम्रो भिन्नताको कारणले धनको नाश हुनुको साथै समभाव
र सदभावना पनि खण्डित भइरहेको छ। एक अर्काको पूजाआजाको प्रतिस्पर्धामा
पनि हामी लागेका छौं, देखावा र आडम्बरमा धनको नाश गरिरहेका छौं।
त्यस प्रकार धन नाश हुन नदिन हामीले आप\mनो सोच परिवर्तन गर्नुपर्छ।
देखावा र आडम्बरमा नचाहिंदो प्रकारको खर्चलाई कटौती गरी आ-आप\mनो ठाउंमा
हामीले एक-एउटा र्सार्वजनिक रूपमा अक्षय कोषको स्थापना गरेर त्यसबाट
असहाय, पीडित, गरिब, अपा·हरूको साथै देशको कुनै ठाउंमा कुनै प्रकारको
दैव्रि्रकोपको घटनाहरू घटेपछि उनीहरूको सहयोगको निम्ति हामीले सरकारभन्दा
पहिला नै पहल गर्नेतिर लाग्नु पर्छ।
नारायणको सच्चा पूजा त संसारका बेसहारालाई सहारा दिनु नै हो।
हजारौं-हजार युनिट देशको उर्जाशक्ति विजुलीको नाश हुनुको साथै बाहिरबाट
नांच, गान गर्न कलाकारहरू बोलाएर आस्थाको नाममा लाखौंलाख रूपैयांको नाश
गरेर मनोरञ्जनलाई के सांच्चै आराध्यदेवप्रतिको सच्चा आस्था मान्न सकिन्छ
- सच्चा आस्था त मानिस स्वयंले मात्र एउटा फूल हातमा लिएर सच्चा मन,
आस्थाले आराध्यदेवको आराधना गर्दा नै उहांहरू प्रशन्न हुनुहुन्छ। आफूले
ज्ञान प्राप्ति गर्नुछ वा पढ्नु छ भने आफै विद्यालयमा जानर्ुपर्छ अनि
मात्र ज्ञान प्राप्ति हुन्छ। आप\mनो सट्टा नोकरलाई पढ्न विद्यालय
पठाइदिएमा आफूलाई ज्ञान कदापि पनि प्राप्त हुंदैन। त्यसप्रकारले नै
आराध्यदेवलाई खुशी पार्नुछ भने बिना देखावा, बिना आडम्बरको मात्र हात
जोडेर आराधना गरेमा उनीहरू खुशी भइहाल्छन्। नोकरले पढेर हामीलाई ज्ञान
प्राप्त हुंदैन भने अह्राएको व्यक्तिले गरेको आराधनाको फल पनि हामीले
पाउदैनौं। देखावा र आडम्बरलाई त्यागी सच्चा रूपमा आस्थाप्रति निष्ठावान
रहन नै सच्चा पूजाआजा हुन्छ। २०६६ विजयादशमीको पावन अवसरमा र्सवमंगलको
कामनाका साथै राष्ट्रिय दैनिकको समग्र परिवार तथा सबै साहित्यकार,
पत्रकार, इष्टमित्रहरूमा मंगलमय शुभकामना पनि टक्राउन चाहन्छु। - वीरगंज


0 comments:

Feeds Comments