Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Monday, September 7, 2009

0 वर्तमान व्यवस्थापिका संसद तत्काल भंग गरीयोस

-सजीव सत्याल -
वर्तमान संसद धेरै मानेमा देशको अत्यन्तै बिशिष्ठ गरिमामय र ऐतिहासिक थलो
हो। गठन लगत्तै यसले देशलाई नेपाल राज्यको दुइ हजार बर्ष भन्दा लामो
इतिहास बोकेको राजतन्त्र समाप्त गरेर गणतन्त्र दियो। यसले देशलाई अव आठ
महिनामा पहिलो पटक जनताले आफै निर्माण गर्ने संविधान दिनु पर्ने छ। तर यस
संसदको महत्वको बारे कसैले पनि चर्चेको सुनेको छैन। पुरानै घिसिपिटी
तुच्छ राजनीतिक अभ्यासका कारण यो संसद उल्टो विगतका संसद भन्दा पनि गए
गुज्रेको सावित भएको छ। नयाँ बोतलमा पुरानै रक्सी राखेझै यो संसद पनि
सारा नेपाली जनतालाई आफ्नै भद्दा र बेकारको आकृति देखाएर अनावश्यक कुरामा
अल्झाउन लागेको छ। यस्तो लाग्छकी यो संसदले अव बैतरणी पार गराउन सक्दैन।
संसदले जनतालाई हर दिन निराशा बाहेक केही दिन सक्ने अवस्था रहेन उ त अव
सरकारको महत्वहीन सानो अंग झै देखिन थालिसक्यो। यस संसदले नेपाललाई नयाँ
सविधान दिने भएकोले आज नेपालको संसदमा विश्व समुदायको ध्यानाकर्शण भएको
छ। तर संसद पार्टी र सभासदहरुको लागि आफ्नो पुरानै शैलीमा तुच्छ अभिष्ट
पूरा गर्ने थलो मात्र बन्न पुगेको छ। यो सहमतिको थलो बन्न पनि सकेन यसको
निर्माणले शान्ति हुन्छ भन्ने आम जनविश्वास थियो तर शान्तिलाई झनै
विथोल्ने काम यस चौतारी मार्फत हुनलागेको भान हुन्छ। वास्तवमा ६०१ जना
सदस्य भएको यो थलो सवै जात जातीको प्रतिनिधि मुलक संस्था बनेको व्यवहारमा
देखिएन। एक दुइ जना नेताले घरमा बसि गर्ने निर्णय र सार्वजनिक रुपमा
बोलेका कुरा र तिनलाई अर्को पार्टीका उच्च नेताले गर्ने प्रतिवादले देश
हल्लाउने तर सदन चाही तिनै पार्टीका समावेशी सभासदले विथोल्ने गरेर
सदनलाई मजाक बनाएको पाइयो। अझै भन्नै पर्दा सदनको काम कार्यबाही नियमावलि
वा कार्ययोजना हरु यि ठूला भनाउदा नेताका कारण प्रयोग हुनै नसक्ने गरी
रद्दी कागजमा परिणत हुँदै गइरहेको छ। काम गर्ने शैलिमा पनि कुनै नयाँपन
देखिएन। उही पहिलेको सदनको जस्तो झाडा टार्ने जनतालाई उल्लु वनाउने खालको
देखियो। त्यतिमात्र हैन यो विशिष्ठ सदन समेत पहिलेका सामान्य सदन जस्तै
अवरुद्ध हुने नियति सहित बनेको अनुभव भैराखेको छ। आज नेपाली जनता हिजोको
जस्तो अवुझ छैनन् एक दम सचेत छन्। अचेल जनता भन्न थाल्या छन् की अरु सवै
नेपाली ठिक छन् तिनै ६०१ जना सभासद ठिक छैनन्। खुदा न खास्ता यस्तो नहोस
र दोष मेरो थाप्लोमा नआओस यहाँ आम नेपाली जनताको भावना अभिव्यक्त गरीएको
मात्र हो की आम नेपाली जनताले स्वतन्त्र अभिव्यक्ति दिदा अव ू६०१ जना
सभासद भएको वखत सदनमा बम हानीदियो भने यो देश त्यस पछि मात्र बन्छ ू
भन्ने सम्मका आक्रोश प्राय पोख्छन। पार्टीका कार्यलयसम्ममा बम विस्फोट
भएको अवस्थामा यस नियति सदनले भोग्न नपरोस। तर यस्तो भनाईमा ६०१ कैे
त्यत्रो दोष नहोला। उनीहरुको भूमिका त प्रमुख पार्टीका बरिष्ठ नेताहरुले
दिने अभिव्यक्ति उनीहरुले घरै बसि बनाउने आफ्नो कार्यक्रम र मेडियामा
बोल्ने आफू-आफूबीच गर्ने हानाथाप र गालि गलौजको अगाडि केही पनि होइन ।
उनीहरु त नेता नेताहरुले एक आपसमा गर्ने गरेको गालि गलौज र आपत्तिजनक
व्यवहारको प्रतिवाद गर्न सक्ने क्षमता राख्दैनन्। ठूला नेताका कारण
उनीहरुको त कुनै हैसियत नै छैन। यित समावेशीको नाममा भीडतन्त्रको कोरम
पुराउन ल्याइएका खलपात्री नेताका प्यादा मात्र हुन्। उनीहरुलाई एतिहासिक
संविधानसभाको सदस्यको जिम्मेवारी के हो भनेर थाहा पनि छैन न त त्यस बारे
कुनै तालिम नै पाएका छन् तर पुगेका छन् देशको गहन जिम्मेवारी सम्पन्न्
सर्वोच्च र ऐतिहासिक निकायमा। तिनीहरुलाई पार्टी हित नेताको काम कर्वतमा
सही थाप्नु वाहेक पार्टी देश र आफ्नै जनताको वारे पनि थाहा छैन। तिनीहरु
मध्ये कतिपय त पिडित छन्। यस देशलाई तहस नहस पार्ने र नेपाली जनतालाई
अन्यायै अन्यायको भूमरीमा पार्ने त विभिन्न पार्टीमा बरिष्ठ तहमा भूमिका
निभाइ रहेका केही खलपात्री नेताहरुमात्र हुन्। यि नेताले विभिन्न्
बहानामा संसद चल्नै दिदैनन् संविधान तैयार हुनै दिदैनन्। यिनका रटमा
विश्वास गर्नै मिल्दैन।
जनताले संविधान सभामा सभासदहरु संविधान बनाउन चुनेर पठाएका हुन्। सरकार
बनाउन गिराउन अर्को सरकार बनाउन र राजनीति गर्न पठाएका हैनन्। यो राजनीति
र हंगामा गर्ने सदन हँुदै हैन। संविधान सभाको काम दिइएको समयमा संविधान
तैयार गरी अनुमोदनको लागि जनताबीच प्रस्तुत गर्नु मात्र हो। त्यो पनि
सदनबाटै सदर गर्नु होइन। संविधान त जनताले नै जनमतबाट सदर गर्नु पर्छ
मालिक जनता हुन् उसका प्रतिनिधि होइनन्। तर आज बरिष्ठ नेताहरु सदन
बाहीरबाटै सदनलाई वाइपास गरी राखेका छन र देशको माहौल झनझन जटिल बनाउँदै
छन्। त्यसो भने संसदले संविधान बनाउन नभ्याउने हो र यस्तै गरी केही
नेताका आपत्तिजनक काम कार्यबाहीबाटै देश चलाउने र जगतनै हसाउने गरी एक
आपसमा आरोप प्रत्यारोप गरीराख्ने हो भने संसद भङ्ग गरीदिए हुन्छ। सो परि
आज सम्मको मुल्याङ्गकनबाट यो भन्नु पर्छ की यो गरीमामय संसदमा कोही पनि
सभासद बन्न योग्य देखिएनन्।
संसदले संविधान बनाउने आफ्नो मुल ऐतिहासिक मुद्दा विसर्िएर सरकार बनाउने
गिराउने तुच्छ काममा लागेको छ जुन उसको कामै होइन वा हुनु हुँदैन। कसैलाई
सरकार पुन प्राप्त गर्न नपाएर चिन्ता छ भने कसैलाई सरकार टिकाउने चिन्ता
मात्र छ। यस वीच सरकार टिकाउने र पुनप्राप्त गर्ने दुवै बोखलाएर बेसरोकार
जनतालाई तथानाम सुनाउदै छन् र आफ्नो बेइज्जत आफै गर्दै छन्। उनीहरुको बम
जस्तो कर्म र भनाईले जनता आतंकित भएका छन्।
२०६७ साल जेष्ठ १५ गते नयाँ संविधान जारी हुनै पर्छ। के यो अहिलेकै
राजनीतिक खिचातानीमा सम्भव छ यसमा पनि संविधान बनाउने तिथिमिति तोक्दा
धेरै पक्षलाई ध्यान दिनु पथ्र्यो। ति कुरामा ध्यान पुर् याइएको छैन।
जस्तो जनप्रतिनिधिले संविधान बनाईसकेपछि त्यसलाई जनताले जनमत मार्फत
अनुमोदन गर्नै पर्छ। होइन भने जनताले मान्न् बाध्य हुदैनन् अहिले जसरी
संविधान नियम कानून कसैले टेरी राखेका छैनन् भोली पनि त्यस्तै अराजक
अवस्था आउने छ। दोश्रो कुरा इमान्दार मुल्याङ्गकन गर्ने हो भने संविधान
दुइ बर्षमा बन्दै बन्दैन। दक्षिण अपि्रुकामा संविधान बनाउन ६ बर्ष
लाग्यो। कुनै पनि देशमा दुइबर्षमा संघियतामा आधारीत संविधान बनेको थाहा
छैन। तेश्रो सदनले दिइएको मितिमा संविधान बनाउने भनेको त्यो तैयार गरेर
जनताबीच राख्ने मात्र हो। त्यस पछि अनुमोदन त जनताले जनमत मार्फत गर्छन्।
त्यसको लागि दुइ बर्ष काफी छैन। चौथो पहिलो पटक सदनले जनसमक्ष प्रस्तुत
गर्ने संविधान भनेको खाका मात्र हो त्यो अन्तिम हुनै सक्दैन। अवका
उपरान्त संविधान बन्नु नियमित प्रकृया हुन्छ। त्यसको लागि दुइबर्ष जसमा
१६ महिना गैसक्यो सदनले संविधानको अवधारणा पत्र समेत जनसमक्ष प्रस्तुत
गरेको छैन। भीमार्जुन आचार्यहरु जस्ता संविधानका विद्वानले संविधानको
विभिन्न् पक्षको वकालत गर्दैछन तर समयसीमा पुग्दैन वा यो सीमाङ्गकन मिलेन
भनेर किन भनी राख्या छैनन हैन अव अर्को बर्ष जेठ १५ गते सम्म नयाँ
संविधान जनसमक्ष आएन भने उनीहरुलाई पनि संविधानका ज्ञात मान्न् गाह्रो
पर्छ। पाँँचौ गिरिजा प्रसाद कोइराला सुवास नेम्वाङ्ग जस्ता जिम्मेवार
व्यक्ति जनतालाई ूनिश्चिन्त हुनुहोस आगामी जेठ १५ गते संविधान बन्छू
भन्दै छन् जुन असम्भव छ त्यो कुरा गरेर जनतालाई उल्लुबनाउने हो भने बाजी
थापौ यदि भनिएको समयमा संविधान नबने उनीहरुले राजनीति गर्न छोडिदिनु
पर्छ। जनता कति उल्लु बन्ने
बास्तवमा गत संविधानसभाको चुनाव पछि जे जस्तो नतिजा आएपनि गिरिजा प्रसाद
कोइरालाकै सरकारले निरन्तरता पाउनु पथ्र्यो। त्यसमा सव पार्टीको सहभागिता
थियो । जव माओवादीले सरकार बनायो यहि गल्ति भयो। सदन सरकार बनाउन उपयोग
भयो। त्यसमाथी प्रचण्डले अप्रत्यासित रुपमा राजीनामा दिएर यस्तो विशिष्ठ
र एतिहासिक सदनलाई संविधान बनाउने थलोको सट्टा सरकार बनाउने गिराउने
तुच्छ थलो बनाउनु भयो। माओवादी जसले संविधान सभाको माग राखी दश बर्ष
छापामार युद्ध गरेको थियो त्यही पार्टीले सदनलाई सरकार बनाउने गिराउने
तुच्छ थलोको रुपमा उपयोग गर्न सुहाउछ तर अहिले जनताले सरकार खोज्या छैन
जनताको लागि जुन सरकार आएपनि उस्तै हो उसले त संविधान खोजेको छ। सरकार
बनाउने संविधान सभा जनतालाई चाहिएको छैन भङ्ग गरिदिए हुन्छ।
यो संसद यस कारणले पनि संविधान बनाउन सक्षम छैन की गिरिजा जातिय संघियता
हुदै हुदैन भन्ने उता प्रचण्ड हरेक जातले आआफ्नो गणराज्य घोषणा गर भनी
जनतालाई हौस्याएर आन्दोलनमा जाने। देश जातियताको आतंकमा पि_िल्सएको छ। यी
दुइ परस्पर विरोधी अवधारणामा संविधान कसरी बन्छ संविधानै बनाउन नसक्ने
सदन सरकार बनाउन वा गीराउन मात्र जनतालाई चाहिएन त्यसैले यसलाई भङ्ग
गरिदिए हुन्छ।आज नेताहरु यसैलाई देखाउने दाँत बनाएर भजाएर खाने बाटो
बनाउदै छन्। सदनले राजा निकालेर हुदैन त्यसरी राजा नेपालबाट
निमिट्यान्न्ौ हँुदैनन् उल्टो नेताहरुको अहिलेको निकि्रष्ट झगडा र
सरकारको असक्षमता र सीमा मिचिदा समेत कुनै नेता बोल्ने हिम्मत नगरेको
देख्दा देश बचाउन राजा चाहिन्छ भन्दैछन् जनतार भन्न्ोहरु बढदैछन् पनि।
त्यसैले यस्तो अवस्थामा कमल थापाहरु आफ्नो अभियान देशव्यापी गर्दै छन्
भने राजाको बारे पनि संविधानमा के गर्ने भनी विकल्प दिएर जनतालाई सोध्ने
परिस्थिति यिनै नेताले आज तैयार पार्दै छन्। बरु नेताहरुले यस्तै व्यवहार
गर्दै गए यो सदन भङ्ग गरेर फेरी नयाँ शिराबाट सोच्न सवै बाध्य हुने छन्।
संविधानको कुनै पनि धारा पारित गर्न सदनमा ६६ प्रतिशत मत चाहिन्छ भने यो
संसदबाट सम्भव छैन। त्यसैले अव पार्टीहरुले नयाँ संसदमा हामीलाई ६६
प्रतिशत मत दिएर यस्तो संविधान बनाउने मौका दिनुस भनी जनतामा जानै पर्छ
हैन भने १० बर्षमा पनि संविधान बन्दैन र हामी नेताहरुको कालो राजनीतिको
शिकार हुने छौं।
त्यस्तै अव सरकार बनाउदा बनाउने र विगार्ने खेलबाट संसदलाई टाडा राखी
सर्वमान्य अन्तरीम सरकार बनाउनु पर्छ र त्यो सरकारमा संसदको कुनैे पनि
सदस्य रहनु हुदैन अथवा सरकार बनाउने र गिराउने खेलमा सांसद र सदन दुवै
लाग्न नमिल्ने गरी बाहिरै बाट सर्वमान्य सरकार बनाउनु पर्छ। त्यसै
सरकारले नयाँ सदनको चुनाव पनि गराउने छ र संविधान नबनुन्जेल निरन्तरता
पनि दिलाउने छ। तर यो सदन केही नेतहरुको कृडा स्थल बनी प्रदुसित भइसकेको
छ र यसले देशलाई कुनै पनि हालतमा नयाँ संविधान दिन सक्दैन त्यसैले यसलाई
भङ्ग गरिदिए हुन्छ।


0 comments:

Feeds Comments