Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Wednesday, September 16, 2009

0 फेरि जनता मार्ने धम्की ः

अब बन्दूक हत्या हिँसा सह्य हुँदैन
-दीपक गजुरेल-
मुलुकमा फेरि बन्दूक गोला-बारुद हिँसा हत्याको स्वर गुिाजन थालेको छ।
मैले भने जस्तो नहुने र नगर्ने हो भने लाखौँ मान्छे मर्नेछन् देशमा फेरि
लडाइँ शुरु हुनेछ भयँकर भिडन्त हुनेछ रक्तपात हुनेछ दुर्घटना हुन्छ जस्ता
धम्कीको भाषा मूर्धन्य नेताहरु बोल्न थालेका छन्।
राष्ट्र तथा नागरिकको सर्वोत्तम भलाइका लागि राजनीति गर्छौँ भन्नेहरुबाट
मुलुकलाई पुनः हिँसा र विध्वंसको भूमरीमा जाक्ने प्रपाच भैराखेको छ। तीन
वर्ष अघि लाखौँ नेपाली जनताले गरेको माग अनुसारको शासन व्यवस्था मुलुकमा
स्थापना हुने आशा बिस्तारै क्षिण बन्दै गएको छ। ुनयाँ नेपालु ुसमुन्नत
नेपालु बनाउँछौँ भन्नेहरुको हातमा यतिबेला राष्ट्रको भाग्य अडिएको छ। तर
स्थिति दिन प्रति दिन भयावह बनाउँदै लगिएको छ।
यो के गर्न खोजेको
२०६३ सालमा एक थरी शक्तिहरुले अबको नेपाल कस्तो हुनेछ भन्ने सपना जनतालाई
बाँडेका थिए। सहमति र सहकार्य गरेर जनताको चाहना र राष्ट्रको आवश्यकता
अनुरुपको शासन प्रणाली मुलुकमा स्थापना गर्ने प्रतिवद्धता यी शक्तिहरुले
राष्ट्र तथा जनता समक्ष जनाएका थिए। तर विदेशीको निर्देशनमा पराइ भूमिमा
सम्´ाैता गरेर आन्दोलन गरी शासन सत्ता हातमा लिनेहरु अहिले खतरनाक
व्यवहार गर्दैछन्।
ु१० वर्षको युद्धमा १० हजार नेपालीले बलिदान गरे। अबको विद्रोहमा १०
लाखको ज्यान जान सक्ने … ु संबिधान सभामा ´ण्डै बहुमतमा रहेको शक्तिका
प्रमुख नेताले एउटा सार्वजनिक भाषणमा यसै भने। हत्या हिँसाले आक्रान्त
नेपाली नागरिक ुहामीसंग हजारौँ बन्दूक छ लाखौँ सेना छन् हामी स्थितिलाई
पर्लक्कै पल्टाइदिन्छौँ होस गरु भन्ने धम्की सुनेर तसे्रका छन्।
प्रमुख शक्तिहरु मध्ये एउटाले मात्र खतरनाक तथा डरलाग्दो व्यवहार
गरिराखेको छैन यसबेला। संबिधान सभामा रहेका अन्य मुख्य शक्तिहरु पनि
जनताको सातो जाने काम तथा व्यवहार गर्दैछन्। सरकारको नेतृत्व गरिराखेको
दलका अध्यक्षले पटक-पटक यसो भनेका छन् ुतोकिएको अवधिमा संबिधान निर्माण
हुन नसके मुलुक संबिधान बिहीन भई सैनिक शासनको खतरा छु। सैनिक शासन भनेको
बन्दूक हिँसा अर्थात् नागरिक हत्या र विनाशकै कुरा हो।
संबिधान सभाको अर्को प्रमुख दलका उच्च नेताहरु पनि यसै गरी हत्या हिँसा
भिडन्त र विध्वंसकै कुरा गर्दैछन्। ु… वर्तमान व्यवहारले मुलुकमा
अकल्पनीय दुर्घटना निम्त्याउँछ देश भयंकर अस्थिरता तर्पु जान्छु
भनिराखेका छन् उनीहरु।
मुलुक हाँकिराखेका प्रमुख शक्ति तथा दलहरु मात्र होइन बौद्धिक जमात र
विश्लेषकहरु समेत सर्वनाश हुने खालको डरलाग्दो भावि दिनको प्रक्षेपण
गरिराखेका छन्। ुदेश अपूर्व रक्तपात र युद्धको मुखैमा पुगेको छु भन्दैछन्
एक थरी विश्लेषक भने अर्काथरी ुमुलुक पुनः भयंकर भिडन्तमा जाँदैछु
भन्दैछन्।
राजनीतिक शक्ति र बुद्धिजीवीहरु मात्र खतरनाक अवस्था औँलाइराखेका छैनन्।
हामी नेपालीको चाला सुक्ष्म ढंगले नियालीराखेका विदेशीहरु पनि यस्तै
अत्याउने दृश्य देखाउँदै हामी जनतालाई सचेत हुन आग्रह गरिराखेका छन्।
ुनेपालको वर्तमान शान्ति प्रकि्रया भंग हुने खतरामा छु भनेर भर्खरै एउटा
प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले आफ्नो प्रतिवेदनमा भन्यो। हाम्रा
सन्दर्भमा निर्णायक भूमिका निर्वाह गर्ने हाम्रा शक्तिशाली मित्र
राष्ट्रहरु लगायत संयुक्त राष्ट्र संघ समेत शान्ति प्रति आशंका व्यक्त
गर्न थालेका छन्।
शान्ति प्रकि्रया संबिधान निर्माण जनताको शासन नयाँ नेपाल जस्ता अघिका
प्रतिबद्धता अहिले ओ´ेलमा पारिएका छन्। जताततै हिँसा विनाश हत्या जस्ता
नकारात्मक कुरा मात्रै सुनिन थालेको छ।
ुशान्तिु प्राथमिकतामा छैन ः
शान्ति यसबेला कसैको प्राथमिकतामा परेको छैन। सत्ता साचालन गरिराखेका
प्रमुख नेताहरु भिडन्त र हिँसा शुरु हुने कुरा गर्वले बताइराखेका छन्।
विपक्षमा बस्ने ुप्रत्येक जनताको हातमा बन्दूक हुनु पर् यो। हामीले भनेको
नागरिक सर्वोच्चता त्यही होु भनेर हिँसा र विनाशकै कुरा बोल्दैछ।
राजनीति र जनताको हक-अधिकारको नाम लिएर देशै भरी बन्दूक चलिराखेको छ।
संबिधान सभा भन्दा बाहिर सयौँको संख्यामा रहेका अर्काथरी छन्। उनीहरु पनि
बन्दूक बम हत्या हिँसाकै बाटो हिँडाउन खोज्दैछन् यो राष्ट्रलाई। यस्तो
स्थितिमा मुलुकमा शान्ति स्थापना गर्ने काम यी मध्ये कुनै पनि शक्तिका
लागि प्राथमिकतामा परेको देखिन्न।
जनताको लागि राजनीति गर्छौँ भन्नेहरुले देखाइराखेको यो चर्तिकला प्रति
हामी राजनीति गर्दैनौँ भन्नेहरु पनि मौन समर्थन जनाइराखेका छन्। मानव
अधिकारको वकालत गर्नेहरु शान्तिको दुहाइ दिनेहरु यसबेला आम नागरिकले
देख्ने र सुन्ने ठाउँमा देखापरेका छैनन्। उनीहरु चुप लागेर देशलाई
भडखालामा जाक्न रचिएको यो प्रपाचलाई साथ दिइराखेका छन्। स्थिति यस्तो
सिर्जना गरिएको छ लाग्छ बुद्धको शान्तिपि्रय यो देशका सबै बन्दूक तथा
हिँसा प्रेमी हुन्।
यसो गर्न पाइन्न ः
देशमा शान्ति भएन जनताले अधिकार पाएनन् भनेर तात्कालीन सत्ता विरुद्ध आम
नागरिकले आन्दोलन गरेका हुन्। मुलुकमा शान्ति आओस् नागरिकहरुले गरिखान
पाउन् सुख शान्ति होस् भन्ने आकांक्षाले जनता यो बाटोमा हिँडेका हुन्। र
आफ्नो नेतृत्व गरिदिन अहिले शासक बन्न पुगेका नेताहरुलाई जिम्मेवारी
दिएका हुन्। यी नेताहरुले नै मुलुकलाई सही बाटोमा हिँडाएर टुंगोमा पुर्
याउने छन् भन्ने आशा राष्ट्रले गरेको
थियो। तर यो आशामा तुषारापात गरिएको छ।
विदेशीको निर्देशनमा पराइ भूमिमै सं´ाैता गरिएको भएपनि मुलुकले सही दिशा
पाउँछ भने ठीकै छ भनेर आम नागरिकले मौन स्वीकृति दिएका हुन् त्यसबेला।
अहिले आएर फेरि पनि मुलुकलाई हिँसाकै भूँमरीमा धकेल्ने हो भने नागरिकले
कसरी सहने किन सहने यिनलाई राष्ट्रले
देशलाई स्वर्ग बनाउँछौँ भन्ने प्रमुख शक्तिहरु एक-आपसमा अनेकौँ बहानामा
´गडा गरिराखेका छन्। एक थरी नागरिक सर्वोच्चता भन्छन् अर्काथरी लोकतन्त्र
भन्छन्। यी सबै भाषणबाजी र राष्ट्रलाई धोका दिने नारा मात्र साबित
भैराखेका छन्।
अहिलेको अबस्थाले स्पष्ट संकेत गरिराखेको छ ुलोकतन्त्रु का हिमायतीहरुले
मुलुकलाई फेरि अकल्पनीय दूर्दशामा जाक्दैछन्। यसो गर्ने अधिकार यी नेता
तथा शक्तिहरुलाई कसले दियो लाखौँ जनताले यिनीहरुलाई त्यसबेला आफ्नो नेता
स्वीकारेका फेरि हत्या हिँसाको वितण्डा मच्याउनका लागि हो त्यसो पटक्कै
होइन। जनताले गरेको विश्वास प्रति नेताहरुले घात् गरेका हुन्।
त्यसैले अब बेला भयो नयाँ नेपाल बनाउने नारा दिने नेता तथा शक्तिहरुले
स्पष्ट पार्नु पर् यो गर्न खोजेको के यो मुलुक र जनतालाई कहाँ पुर् याउन
चाहेको नयाँ नेपाल लोकतन्त्र जस्ता खोक्रा नाराले अब हुँदैन। ठोस रुपमा
इमान्दारीका साथ काम गर्नु पर् यो। आपुूहरुले अघि गरेका बाचाहरु अक्षरशः
पूरा गर्नु पर् यो। एकले अर्कालाई दोष दिएर अनेक नारा र भाषण छाँटेर अब
राष्ट्रले सुन्ने र मान्नेवाला छैन।
होइन अहिलेकै प्रवृत्ति र शैली जारी राख्ने हो भने राष्ट्रले अब धान्न
सत्तैुन। हामी राष्ट्र हाँक्न असफल भयौँ आपुूले गरेका बाचा पूरा गर्न
सक्षम भएनौँ भनेर जनताका सामू स्वीकार गर्नु पर् यो। अहिले सम्म
आपुूहरुले गरेका सबै काम तथा चालेका सबै कदम राष्ट्रको हितमा थिएनन् गलत
थिए भन्ने स्वीकार गर्नु पर् यो। आफ्ना निहीत स्वार्थ पूरा गर्ने नेता
समूह र शक्तिहरुले राष्ट्रसंग अब धेरै खेलवाड गर्न पाइन्न। कि सही बाटो
हिँड्नु पर् यो होइन भने हामीले सकेनौँ भनेर छोड्नु पर् यो।
मुलुकलाई शान्ति र स्थिरता प्रदान गर्नुको साटो ुअ´ै १० लाख मान्छे
मर्छन्ु भन्नेहरु र त्यही शैलीमा भिडन्त निम्त्याउन जम्जमाइरहेकाहरुलाई
अब राष्ट्रले स्वीकार गर्न सक्तैन स्वीकार गर्नु हुँदैन। राजनीतिको नाममा
अब एक जना पनि नेपाली मारिनु पर्ने स्थिति सिर्जना हुनु हुँदैन।- गजुरेल
त्रिभूवन विश्वविद्यालयमा राजनीति शास्त्रका उपप्राध्यापक हुनुहुन्छ।


0 comments:

Feeds Comments