Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Monday, December 21, 2009

0 नेपालको सर्न्दर्भमा साम्यवादको महत्व

- अजय यादव
नेपालको सर्न्दर्भमा साम्यवाद हुनु जरूरी छ। साम्यवाद भनेको त्यो
विचारधारा हो, जसले सामाजिक, राजनैतिक र आर्थिक अवस्थामाथि नै जोड दिन्छ।
साम्यवाद समाजको नयां अवस्था हो जहां राज्य र वर्गहरू हुंदैन र उत्पादनका
समस्त साधनहरूमाथि समाजको नियन्त्रण हुन्छ । सम्यवाद नै एउटा यस्तो
अवस्था हो कि सम्पूर्ण जनताको गांस, बास, कपास सजिलैसंग उपलब्ध गराउन
सकिन्छ। नेपाल धेरै पछाडि परेको मुलुक हो। किनकि यहां धेरै अवसरवादीहरूका
जमात रहेका छन्। अवसरवादीहरू अरूको सुख, सुविधा हर्ेन के सुन्न समेत
चाहदैनन्। त्यसैले आज पनि नेपाली जनता आफनो अधिकारबाट वंचित हुनु
परिरहेको छ । तर विश्वमा व्यापक र वैज्ञानिकरूप दिने महान क्रान्तिकारी
एवं कम्युनिष्टका संस्थापक नेता कार्लमार्क्स नै थिए। त्यसैले मार्क्सलाई
वैज्ञानिक साम्यवादका जन्मदाता मानिन्छ। लेनिनले मार्क्सको सिद्धान्तलाई
व्यवहारिक रूप दिएका थिए भन्ने स्टालिन र माओत्सेतुङले साम्यवादको
पुनव्याख्या गरेका थिए। लेनिन, स्टालिन र माओत्सेतुङले जुन व्यवहारिक रूप
दिएर राजनीतिक सिद्धान्तलाई विकसित र कार्यान्वयन गरे त्यसैलाई नै
साम्यवाद भनिएको हो।
नेपालमा साम्यवाद भए नेपाली जनताहरू सुखी हुन बेर लाग्ने छैन।
साम्यवादीमा समाजवादी क्रान्तिका दर्ुइ अवस्थाहरू छन्।
पहिलो अवस्था - समाजवादी
दोश्रो अवस्था - साम्यवादी
समाजवादी अवस्था भनेको उत्पादनका भौतिक साधनहरूमाथि व्यक्तिगत सम्पत्तिको
अन्त्य हुन्छ र उद्योगलाई सामाजिकीकरण गरिन्छ। जुन शासकवर्ग र
पूंजिपतिवर्गको भित्र विभेद हुन्छ, त्यसलाई समाप्त गर्दछ। प्रत्येक
व्यक्तिलाई उसको योग्यता अनुसार र कार्य अनुसार पहिचान गरिन्छ ।
दोश्रो अवस्था- यसमा राज्यको अन्त्य हुनेछ र धनको वितरणमा अधिकतम समानता हुनेछ ।
प्रत्येकबाट उसको योग्यता अनुसार र उसको आवश्यकता अनुसार।
मार्क्सले भनेका छन्- साम्यवाद अन्तिम समाजवादबाट प्राप्त गर्ने पद्धति
सम्बन्धी दर्शन हो।
साम्यवादले नै पूरा र्सवहारावर्गको अधिनायकत्व कायम गर्न सक्छ। आम
जनताहरू आफनो श्रमबाहेक अरूमाथि विश्वास गर्न सक्दैन। साम्यवादले यस्तो
समाज निर्माण गर्न चाहन्छ जहां न त कोही शोषक, न कोही शोषित हुनेछ, न त
कुनै वर्ग नै हुनेछन्। त्यसैले नेपालमा साम्यवाद लागू भयो भने सारा
नेपालीले सुखानुभूति गर्दछ। बेरोजगारी समस्या खेप्नुपर्ने छैन। कसैले
शिक्ष्ँाबाट वंचित हुनु पर्दैन। महिला र पुरूष दुवै मिली निर्धक्कसंग काम
गर्न सक्ने वातावरण बन्छ। साम्यवादका प्रमुख केही सिद्धान्तहरू रहेका
छन्।
-पंूजीवादीको विरोध
र्-धर्मको विरोध
-अन्तर्रर्ााट्रय साम्यवादको विकास
-द्वन्द्वात्मक भौकिवादीमा विश्वास
र्-वर्ग संर्घष्ामा विश्वास
त्यसैले नेपालको सर्न्दर्भमा साम्यवाद हुन जरूरी छ कि छैन - यसको स्वयं
नेपाली जनताले निर्ण्र्ाागर्ने कुरा हो। यसमा कुसैको दुइमत नहोला। नेपाली
जनताले जुन पार्टर्ीीई जनादेश दिएको छ, त्यो पार्टर्ीी नै नेपाली जनताको
भलो गर्न सक्छ, अरू कसैले गर्न सक्दैन। नेपालको राजनीति एउटा फोहोरी
खेलमा परिणत भइसकेको छ। किनकि सबैले चुनौतीपर्ूण्ा भाषा प्रयोग गरेर
नेपाली जनतालाई ठग्ने गरिरहेका छन्। नेपाल सानो भए पनि नेपालीहरूको मन
सानो छैन। त्यसैले नेपाली जनताको भावना विपरित जाने जुनसुकै दललाई किनारा
लगाउन नेपाली जनता पछि पर्नुहुंदैन। गोली-बारूदको प्रवाह नगरी छाति तानेर
जुन नेपाली जनताहरूले परिवर्तन ल्याए, त्यसलाई टिकाउने काम नेपाली जनताले
म्यान्डेट दिएका नेताहरूले पो गर्नुपर्छ।
देशको अवस्था दिनप्रतिदिन तरल बन्दै गइरहेको छ। त्यसैले बेलैमा ध्यान
नपुर्‍याए खतरा बढ्न सक्ने संभावना छ। नेपालमा अहिले पनि त्यही पुराना
शासकहरूको शासन चलिरहेको छ। सरकार आफनो लाचारीपन देखाएर नेपाली जनतालाई
पिसिरहेका छन्। गरिब, दलित, अपांग, टुहुरा, महिला, पिछडिएका मधेशी,
दर्ुगम जिल्लाका बासिन्दाहरूको समस्या जस्ताको त्यस्तै छ। तर कही कतैबाट
पहल भएको छैन। नागरिक सास्ती खेप्न बाध्य छन्। जनताहरू यदि सुरक्षित
भएनन् भने हाम्रा नेताहरूको के काम - त्यसैले सबै कुराको मूल्याकंन गरी
साम्यवाद भयो भने के घाटा र के नाफा हुन्छ - सबैले एकचोटी सोच्नुपर्ने
बेला आएको छ। नेपाली जनताले विश्वास गरेर पठाएका सभासदहरूले मिली २०६६
जेठ १४ गते राति १२ बजेसम्म नेपालको नयां संविधान बनाएर दिन सक्ने छन् कि
छैनन् यो कुरा गर्भ भित्र छ तर नेपाली जनता नयां संविधानको आशमा बसिरहेका
छन्। - बारा, हर्दिया
Read More...

Sunday, December 20, 2009

0 राष्ट्रहितको सरोकारमा लाग्ने नै राष्ट्रवादी हो

-नन्दकिशोर गोयल
वर्तमान समयमा देश जुन प्रकारको अवस्थामा छ त्यस प्रकारको लाचारी,
मजबुरी शायद अपूण् जिउ भएको व्यक्तिमा पनि हुंदैन। उसले पनि कुनै न कुनै
उपाय वा बाटो खोजी नै हाल्छ। देशमा नयां नेपालको जुन प्रकारको हौवा नेता
तथा दलका अभिभावकहरूले फैलाइरहेका छन् त्यो क्यान्सर रोगसरह नै छ।
नेपाललाई नयां नेपाल बनाउने नाममा महारोग क्यान्सर फैलाइरहेका छन्, जस्को
न त कुनै औषधि छ, न उपचार। मात्र औषधि र उपचारको नाममा ठगि हुन्छ।
विदेशीको पालतु कुकुरकारूपमा रहेका हाम्रा देशका केही भ्रष्ट नेताहरूले
जनतामा त्यसरी नैं क्यान्सर रोग फैलाइरहेका छन्। ँनयां नेपाल' नामक
क्यान्सर रोगको औषधि र उपचारको नाममा दल तथा दलका अभिभावक र नेतारूपी
डाक्टरहरूले जनताको शोषण मात्र गरिरहेका छन्। नेपाललाई नयां बनाउने नाममा
देशमा हत्या, हिंसा, बन्द, चक्काजाम, भ्रष्टाचारी, अपराधीलाई संरक्ष्ँण,
कालाबजारी, तस्करी जस्ता कर्ुकर्महरूले जरो गाडीसकेको छ। नयां नेपालको
नाममा देशमा भएको सवै बहुमूल्य वस्तुहरू विदेशीलाई खुल्लारूपमा बेचिरहेका
छन् । भविष्यमा हाम्रो सन्तानहरूलाई कस्तो असर पर्छ - त्यसको चिन्तन
कसैमा पनि छैन। देशमा चारैतिर अराजकता, व्यापक रूपमा फैलिसकेको छ। कुनै
दल देशलाई सिंगापुर, कसैले स्वीजरल्याण्ड र कुनैले त भारत नै बनाउने
दाउमा लागिसकेका छन्। यसप्रकारको लाचारी, मजबुरी खडा भइसकेको छ कि देशका
जनताले भोलि आफूलाई के भनेर चिनाउने - देशमा न शासक, न शासन छ, न नीति
छ, न नियम छ, जंगलराज कायम भइसकेको छ। दलका नन्दीभृंगीहरूले जेजस्तो
गर्दा पनि सबै ठिक छ। जनताले न्याय पाउने, गुहार गर्नेसम्म ठाउं छैन। के
यही हो नयां नेपाल - उपभोग्य वस्तु नेपालीको अधिकारभन्दा बाहिर गइरहेको
छ, के यही हो नयां नेपाल - जनताको जिउधनको कुनै सुरक्ष् छैन। सुरक्ष्
अधिकारीहरू आफै असुरक्ष्ँित छन् के यही हो नयां नेपाल - देशको भूमिलाई
विदेशीले कब्जा गरिरहेको छ, जनतालाई घरबार विहिन गराइरहेको छ, के यही हो
नयां नेपाल -
नयां नेपाल नामक क्यान्सरको आडमा दल तथा दलका नेताहरूले कहिलेसम्म
जनताको शोषण गरिरहने हो - सिंहदरबारमा बसेर मानवतामाथि दानवीय तान्डव
कहिलेसम्म गरेर मौजमस्तीमा डुबिरहने हो - सिंहदरबारका नरपिचासहरूको
अन्त्य त एक दिन निश्चित छ किनकि मानवतामाथि दानवता कहिले पनि टिकेको
छैन, सधैं मानवताको नै विजय हुन्छ र दानवता सधैं परास्त हुन्छ।
यसप्रकारको दानवहरूलाई परास्त गर्नको लागि देशका सच्चा देशभक्त,
राष्ट्रवादीहरू जाग्न थालिसकेका छन्। उनीहरूलाई थाहा भइसकेको छ कि हाम्रो
देशका दल तथा नेताहरू पनि अमेरिकीभन्दा कम छैनन्। विगतकालमा अमेरिका
सरकारले कालो हब्सी अमेरिकीहरूलाई सखाप पार्नको लागि एडसको भाइरस तैयार
गरेर कालाहरूको खाना तथा औषधिहरूमा मिसाएर उनीहरूलाई मार्ने प्रयास गरेका
थिए। तर परिणाम उल्टो भयो कालोलाई सखाप पार्ने गोरेहरू संसारमा सबैभन्दा
बढी एडसको शिकार भएका छन्। र, त्यही कालो प्रजातिको व्यक्ति नै उनीहरूको
राष्ट्रप्रमुख भएका छन्। त्यसप्रकार नै नयां नेपाल नामको क्यान्सर
फैलाउने दल तथा दलका नेताहरू नै क्यान्सर पीडित भइसकेका छन्। किनकि देश
सधैं जनताको नै हुन्छ। देश नेता तथा दलहरूको पेवा होइन। देश त देशभक्त
राष्ट्रवादीहरूको पेवा हुन्छ। देभक्तहरूलाई राष्ट्रहित बाहेक केही
चाहिदैन। देशको हरेक काममा अब सच्चा देशभक्त, राष्ट्रवादीहरूले सरोकार
राख्नर्ुपर्छ र त्यसको लागि सच्चा देशभक्तहरूले राष्ट्र सरोकारसम्बन्धी
सबै कुरामा चनाखो भएर दल र दलका नेताहरूको कर्ूकर्महरूको विरोध
गर्नुपर्छ। देशको प्रत्येक कुरामा प्रत्येक नेपालीको बराबर अधिकार हुन्छ।
राष्ट्रहितप्रति सजग, चनाखो हुने नै सच्चा देशभक्त राष्ट्रवादी हुन्छ।
हिमाल, पहाड तराइ, मेचीदेखि महाकालीसम्म नेपालीहरु एक ढिक्का भइ राष्ट्र
सरोकारप्रति इमान्दारीका साथ लागि राष्ट्र बचाउने काममा लाग्नुपर्छ र
क्यान्सर रोगबाट पीडित क्यान्सर फैलाउनेहरूलाई देशबाट त के संसारबाटै
बिदा गराउनुपर्छ। राष्ट्र सरोकारमा लाग्ने सबै नेपालीको धर्म पनि हो,
कर्तव्य पनि हो यही नै सच्चा देशभक्त राष्ट्रवादीको पहिचान पनि हो ।
-वीरगंज
Read More...

Friday, December 18, 2009

0 शान्ति प्रक्रिया कि तुष्टीकरण प्रक्रिया ?

-दीपक गजुरेल
कैलालीको डुँडेझाडी जंगल कब्जा प्रकारण पछि प्रमुख राजनीतिक शक्तिहरु अझ
उग्र भाषा बोल्न थालेका छन्। सरकारमा रहेका दलहरु मात्र होइन, स्वयम्
सरकारले नै औपचारिक रुपमा माओवादी माथि 'शान्ति प्रक्रिया विपरित काम
गरेको' आरोप लगाएको छ।
भिडन्त निम्त्याएको आक्षेप सरकार माथि लगाउने माओवादी नेता डरलाग्दो
हिँसाको धम्की दिइराखेका छन्। मैले चाहेको जस्तो नहुने हो भने 'दश लाख
जनताको वलिदान,' 'रगतको खोलोमा पौडी' जस्ता हुँकार माओवादी अध्यक्षवाट
भर्खरै आयो।
'सहमति गर्ने समझदारी' का समाचार दैनिक जसो आइराखेका छन्। वर्तमान
जटिलताको निकास निकाल्न 'वार्ता,' 'वैठक,' 'छलफल' जारी राखिएको छ। अहिले
सम्म उपलब्धिशून्य यी 'प्रयाश' संगै मुठभेड, भिडन्त, रक्तपात, गृहयुद्ध
जस्ता आक्रामक शैली सरकार र विपक्षी दुबै पक्षले देखाइराखेका छन्।
शान्ति प्रक्रिया र असहमति ः
माओवादीले सरकार विरुद्ध तेश्रो चरणको आन्दोलन जारी राखेको छ। आन्दोलनको
यो चरणमा, अरु कुराका अतिरिक्त, उसले आफ्नो हिसाबले 'स्वायत्त गणराज्य'
हरुको घोषणा गरिराखेको छ। माओवादीको यो कदमलाई संसदवादीहरुले विरोध गरेका
छन्। संविधानसभा बाहिर एउटा मात्र पक्षले गणराज्य घोषण गर्नु वृहत्त
शान्ति सम्झौता र अन्तरिम संविधान विरोधी कदम हो भनेर सरकारले भनिराखेको
छ। तर माओवादी कसैको 'आग्रह' नसुनेर झन् झन् दवाव बढाउँदैछ।
गणराज्य घोषणा गर्ने काम शान्ति सम्झौता र अन्तरिम संविधान विरोधी हो
भनेर प्रधानमंत्रीले समेत भनेका छन्। संविधान विपरित काम गर्ने
संविधानसभाको सबै भन्दा ठूलो शक्ति प्रति सरकारले के-कस्तो व्यवहार गर्ने
हो भन्ने प्रष्ट भैसकेको छैन।
संविधान उलंघन गर्नु, संविधानसभाको अधिकार क्षेत्रमा दखल दिनु जस्ता काम
एउटा पक्ष हो। तर यहाँ वृहत्त शान्ति सम्झौता उलंघनको प्रश्न उठेको छ।
गणराज्य घोषणा गर्ने लगायतका काम माओवादीले जारी राखेर समानान्तर सरकार
खडा गरिरहेको अवस्थामा 'यसो गर्नु राम्रो होइन' जस्ता वक्तव्य मात्र आएका
छन्, प्रधानमंत्री लगायत जिम्मेवार सरकारी पदाधिकारीहरुवाट।
वृहत्त शान्ति सम्झौतामा सरकारले हस्ताक्षर गरेको हो, माओवादीसंग।
हस्ताक्षरकारी दर्ुइ पक्ष मध्ये कुनै पक्षले उक्त सम्झौता उलंघन गरेको
खण्डमा के हुने - 'सम्झौता उलंघन भयो' भनेर मात्र सरकारको दायित्व पूरा
हुन्छ - औपचारिक रुपमा वृहत्त शान्ति सम्झौता भंग भएको छैन आजसम्म। तर
त्यसको पालना पनि गरिएको छैन, आरम्भ देखि नै हस्ताक्षरकारी दुबै पक्षवाट।
'सरकार कडा रुपमा प्रस्तुत हुने' सन्देश प्रवाह गरिएको भए पनि दवाव
वढाउने र 'सहमति खोज्ने' नाटक अझ केही दिन चल्ने संकेत देखिएको छ।
तुष्टीकरण प्रक्रिया ः
मुलुक तीन वर्षेखि 'शान्ति प्रक्रिया' मा छ। औपचारिक रुपमा शान्ति
प्रक्रिया भनिए पनि यथार्थमा यो तुष्टीकरण प्रक्रियामा परिणत भएको छ।
वृहत्त शान्ति सम्झौतामा सरकार र माओवादीले हस्ताक्षर गरेकै दिनदेखि
त्यसबेला सात दल भनिने अहिलेका संसदवादी दलहरुले एउटै काम गरेका छन्,
माओवादीले जे भन्छ र माग्छ त्यो गर्ने तथा पुर्‍याइदिने।
आफ्ना लडाकू र बन्दूक आपैFmसंग राखेर संविधानसभाको चुनावमा जान चाहेको
माओवादीको इच्छा अनुरुप नै संसदवादी दलहरु चले। संविधानसभाको वनावट,
सदस्य संख्या, चुनाव प्रणाली जस्ता विषयमा माओवादीले जे र जसरी भन्यो
त्यही गरियो। सम्पति कब्जा, हिँसा, अपहरण, हत्या, धम्की जारी राखेरै,
निजी सेना र बन्दूक बोकेरै सरकारको नेतृत्व गर्न माओवादीकालागि मार्ग
प्रशस्त गरियो। यी केही उदाहरण मात्र हुन् विगत्मा अपनाइएको तुष्टीकरण
नीतिको।
सरकार, माओवादी र अन्य पक्ष/समूहहरुबीच भएका सहमति, सम्झौता, समझदारीको
पालना गर्नु आवश्यक ठानिएन। जसको शक्ति उसको भक्तिको आधारमा राजनीतिक
मात्र होइन कानूनी प्रक्रिया समेत सञ्चालन गरियो, गरिँदैछ।
'मैले चाहेको जस्तो हुनर्ुपर्छ, होइन भने ...' जस्ता धम्कीका आधारमा
'शान्ति प्रक्रिया बिथोलिन्छ' भन्दै काम गर्दै हिँडेर मुलुकलाई यहाँसम्म
ल्याइपुर्‍याएका हुन्, संसदवादी दलहरुले। नेपालवाट राजतन्त्र उन्मूलन गरी
गणतन्त्र स्थापना गर्ने लक्ष्य माओवादीको हो। मुलुकमा गणतन्त्र
ल्याइसक्दा अझै पनि प्रमुख मध्येको एउटा संसदवादी दलले विधानतः आधिकारिक
रुपमा गणतन्त्र अङ्गकिार गरिसकेको छैन।
माओवादी रिसाउला, शान्ति प्रक्रिया बिथोलिएला, फेरि हत्या, हिँसा र
आतङ्क शुरु होला भन्ने त्रासकै भरमा संसदवादी दलहरुले जायज-नाजायज 'माग'
पूरा गर्दै आएका हुन्। अहिले देखिएको 'असहमति' माओवादीलाई सन्तुष्ट
पार्ने र उसलाई नचिढाउने यही प्रवृत्तिको निरन्तरता मात्र हो।
संविधानसभामा झण्डै बहुमतमा रहेको माओवादी दवाव बढाउँदै, आफ्नो स्वार्थ
तथा रणनीति अनुसार काम गर्न सफल भएको हो अहिलेसम्म। र संसदवादी दलहरु यो
सबै सहन, हर्ेन र गर्न वाध्य भएका हुन्।
अवको स्थिति अलि जटिल बन्दैगएको छ। त्यसैले संसदवादी दलहरु माओवादी
प्रति वढी आक्रामक देखिन खोजेका हुन्। माओवादीले भने जस्तो गर्न सक्ने
अवस्थामा संसदवादी दलहरु अव छैनन्। किनभने अव पनि विगत्कै जसरी
तुष्टीकरणको नीति अपनाउनु भनेको संसदवादीहरुको अस्तित्व नै खतरामा पर्नु
हो।
'शान्ति प्रक्रिया' को नाममा आपैFmले अपनाएको तुष्टीकरणको नीतिले एउटा
निश्चित बिन्दूमा पुगेपछि बुमर्‍याङमा पार्नु स्वभाविक हो। र अव संसदवादी
दलहरुसंग दर्ुइवटा मात्र विकल्प बाँकी छन्। पहिलो, विगत्को जस्तै
माओवादीलाई चित्त बुझाउँदै गएर अन्ततः आफ्नै र्सवनाश हर्ेर्ने।
'संसदवादीहरुलाई हामी अव राजालाई जस्तै सखाप पारिदिन्छौँ' भनेर 'पर्ूव
व्रि्रोही' नेताहरु त्यसै भनिराखेका छैनन्।
संसदवादीहरुका लागि दोश्रो विकल्प होे, माओवादी वृहत्त शान्ति सम्झौता
विपरित गयो भनेर हालै प्रधानमंत्रीले भने जस्तै सरकारका तर्फवाट सो
शान्ति सम्झौता भंग भएको घोषणा गर्ने र त्यसको परिणामका लागि तयार रहने।
यी दर्ुइ बाहेक तेश्रो वाटो कम्तिमा यसबेला देखिएको छैन। दिल्लीले
गराइदिएको १२ बुँदे सम्झौता अनुसार 'मिलेर जाने' संभावना राजतन्त्र
फालेपछि नै समाप्त भैसकेको हो।
यी मध्ये कुनै पनि विकल्प अपनाउन सजिलो छैन। पहिलो वाटोले आफ्नै
अस्तित्व समाप्त पार्ने हुनाले संसदवादी दल र नेताहरु त्यो विकल्प अनुसार
हिँड्न आँट गर्ने अवस्थामा छैनन्। 'शान्ति सम्झौता' सरकारका तर्फवाट भंग
गरेर मुलुकमा पुनः हत्या, हिँसा आरम्भ गराउन सक्ने स्थितिमा पनि हाम्रा
'लोकतन्त्रवादी,' नव-गणतन्त्रवादी दल र यिनका नेताहरु छैनन्। किनभने यो
वाटोले मुलुकका साथै यी दल र यिनका नेताहरुलाई समेत ध्वस्त पारिदिनेछ। र
राष्ट्र जेसुकै होस् तर आफ्नो निहित स्वार्थ पूरा होस् भन्ने नियतका साथ
काम गर्नेहरुले त्यस्तो अवस्था रुचाउने छैनन्।
स्वभाविक परिणति ः
संसदवादी दलहरु भन्दा कम अप्ठ्यारोमा माओवादी छैन। अहिलेसम्म आफूले
चाहेको सजिलो वा गाह्रो गरी प्राप्त गर्दै आएको माओवादीले थप पाउन सक्ने
ठाउँ अव थोरै मात्र बाँकी छ। यही प्रणाली अर्न्तर्गत् सरकारमा जाने बाहेक
देशलाई 'जनगणतन्त्र' मा सोझै लानसक्ने हैसियतमा माओवादी छैन। मुलुकको
आन्तरिक भन्दा पनि वाहृय कारणले गर्दा माओवादीका सीमाहरु साँघुरो बन्दै
गएका हुन्।
आफ्ना अहिलेसम्मका सबै 'अडान' त्यागेर संसदवादीहरुले चाहेको वाटोमा
हिँडेको खण्डमा माओवादी समाप्त हुनेछ भन्ने कुरामा शंका गर्नुपर्ने कुनै
कारण छैन। त्यसैले आफ्ना कारणले मुलुकमा पुनः हिँसा र आतङ्क शुरु भएको
नदेखिने वाटोको खोजी तथा पर्खाइमा छ माओवादी अहिले।
राजनीतिक खेलाडीहरुले जुन वाटो जसरी अवलम्बन गरे पनि कुनै बेला 'मिलेर
नयाँ नेपाल बनाउने' बाचा गर्नेहरु यसबेला आमने-सामने सिंगौरी खेल्ने
स्थितिमा आइपुग्नु अनपेक्षित चाहिँ थिएन।
दिल्लीको निर्देशनमा १२ बुँदे सम्झौतामा हस्ताक्षर गरिँदा नै दूरदृष्टि
राख्नेले उसैबेला भनेका थिए, 'अव नेपालमा माओवादी हावी हुनेछ र संसदवादी
दलहरु दयनीय अवस्थामा पुग्नेछन्।'
गहिरो अध्ययन, रणनीतिक विश्लेषण र दूरदृष्टि राख्नेले त्यसबेला गरेको
प्रक्षेपण हाम्रा राजनीतिक दल तथा नेताहरुको सर्न्दर्भमा ठ्याक्कै मिलेको
छ। र त्यसैबेला देखाइएको सुरक्षा सम्बन्धी भावी दिनको चित्र पनि
देखिनथालेको छ, यसबेला। र्सवसाधारणले समेत बुझ्ने गरी देखिन अलि समय
कुर्नुपर्ला।
गजुरेल त्रिभूवन विश्वविद्यालयमा राजनीति शास्त्रका उपप्राध्यापक हुनुहुन्छ। -
Read More...

Sunday, December 13, 2009

0 जलवायुस“ग पनि बर्ेइमानी -

- अ के ला-
अमेरिकाको जुम्ल्याहा टावरमाथिको आतङ्की हमला, जो नाईनर््र्(इलेभेनले
बदनाम छ, त्यसबाट अत्तालिएको अमेरिकाले आतङ्कवादको र्सवनाशका निम्ति
नसोध्नुस कि केसम्म गरेन - तेलका कुवाहरू हात पार्न ठालुहरूले खाडीमा
युद्धको ताण्डव मात्रै मच्चाएनन् बल्कि आजका मितिसम्म युद्धको त्यो
ताण्डन शान्त हुनसकेको छैन र सद्धाम शासनको पतन भएको बर्षौँ बितिसक्दा
पनि त्यहाँ तैनाथ गरिएका डेढलाखभन्दा बढी नेटो सेनालाई त्यहाँबाट
हर्टाईएकै छैन। किनकि, आतङ्कवाद बिरूद्धको लर्डाईँ भन्दै दादाहरूले
त्यहाँ जति धनराशी खर्चेका छन्, त्यसको लाखौँ गुना ज्यादा असुली त्यहाँका
तेलबाट हासिल गरिरहेका छन्।
जुन बिभिषिकालाई उनीहरूले आतङ्कवादको जामा पहिर्‍याईरहेका छन् र जुन
लर्डाईँ उनीहरू हिजोदेखि आज र भोलीसम्मै लड्नेछन्, त्यो लर्डाईँ आतङ्कवाद
बिरूद्धको नभै तेल भण्डार हथ्याउने चाल मात्रै हो र त्यही चाललाई
भिक्षाटन गरी आफ्ना स्वास्नीछोराछोरी सिँगार्ने हनुमानहरूले रामनामी
च्यादर ओढाएर चोख्याईरहेका छन्। नत्र, आतङ्कवाद कुन चरोको नाम हो भन्ने
कुरो कसैलाई थाहै थिएन।
जतिसुकै धनराशी खर्चे पनि र जतिसुकै ठूलो परिमाणमा सेना परिचालन गरिए
पनि आजसम्म बिन लादेनको आचि फेला पार्न नसकिनुको मुख्य कारण आतङ्कवादको
हावा अझै तेज हुँदै जानु नै हो। दमैको किलोमा बाँधिएको लाहुरी भैँसी
षडयन्त्रपर्ूवक हथ्याउने प्रपञ्च हामीकहाँ मात्र हैन, उनीहरूमा पनि
बिद्यमान छ। निमुखा, गरिव र असहाय राष्ट्रहरूमाथि दादा राष्ट्रहरूको
षडयन्त्र एवं चुरीफुरी रहेसम्म, सानालाई हेप्ने घटिया प्रवृत्ति
मानिसहरूमा बिद्यमान रहेसम्म र मानिसमा अर्काको स्वाधिनता तथा
आत्मसम्मानमाथि ठेश पुर्‍याउने कुचेष्टा हुञ्जेल दुनियाबाट न आतङ्कवाद
कहिल्यै समाप्त हुनेछ, न त यहाँ कोही चैनको बाँसुरी बजाएर बाँच्न पाउँन
नै छन्। अर्थात, दुनियामा बिद्यमान बिसङ्गति तथा बिडम्वनाहरूको पर्ूण्ातः
खारेजि नभएसम्म आतङ्कवादको सफाया वारे सोँच्नु पनि गलत हुनेछ।
अफगानिस्तानमा सेनाको संख्या बढाउन ओवामाले अघि सारेको प्रस्ताव अमेरिकी
सिनेटद्वारा स्वीकृत भएपछि त्यहाँ लुकिछिपि बसेका अलकायदाका लडाकु एवं
तालेवान ब्रि्रोहीहरू त्यहाँबाट अन्य मुलुकहरूमा पलायन हुनसक्ने ठूलो
खतरा छ। यसको निम्ति पाकिस्तान, काजकिस्तान, भुटान, माल्दिभ्स, भारत एवं
नेपालभन्दा अर्को ट्रान्जिट प्वाईन्ट उनीहरूका लागि अर्को हुनैसक्तैन। यो
खतरा यति भयानक छ कि कल्पनै मात्रले पनि मानिसको हृदयगति बन्द हुनसक्छ।
किनकि, आतङ्कवादको सफायाका नाममा ठालुहरूले जे पनि गर्नसक्दछन् र जुनसुकै
जोखिम पनि उठाउन सक्दछन्।
आजभन्दा केही दशक अघिसम्म दुनियामा शीतयुद्ध, एचआईभी एड्स, लागूपदार्थ र
आतङ्कवाद गरी जम्माजम्मी चारवटा मात्रै खतराहरू थिए। अमेरिका र रूस दुइ
साम्राज्यवादीहरूको शीतयुद्ध टरेपछि र काँक्रोेझैँ सोभियत रूस चिराचिरा
परेपछि ससाना मुलुकहरू बीचको सामान्य विवाद बाहेक आज शीतयुद्धकोे खतरा
लगभग छैनकै स्थिति छ। तर त्यत्तिकैले मात्र अव यो दुनिया नचल्ने देखिन्छ।
किनकि, दुनियाको सामु एक यस्तो खतरा मडारिएको छ, जसलाई हामी जलवायु
परिवर्तन भनिरहेका छौँ। अर्थात, ग्लोवल वार्मिङको यस्तो खतरा, जसले
पृथ्वी र यस वरपरको वातावरणमा ज्यानमारा परिवर्तन ल्याएको छ र यो रमाईलो
पृथ्वी र्सवनाश हुने स्थितिमा पुगेको छ।
त्यसोत, वातावरणविद्हरूले यो खतरा वारे दुनियालाई र्सतर्क नगराएका पनि
हैनन्। तर औद्योगिक बिकासको होडबाजीमा तँछाड मछाड गरिरहेकाहरूलाई
यसतर्फसोँच्ने फर्ुसदै भएन। जनसँख्याको बिष्फोटक स्थिति, पर्यावरणप्रति
लापरवाह मानिसहरू र वातावरण एवं प्रकृतिसँगको छेडखानी यति बढ्यो कि पूरै
पर्यावरणमा भयानक परिवर्तन आउनथाल्यो र हरितग्रह उपनामले चिनिने सुन्दर
ग्रह पृथ्वी हाँडिझैँ तातिनथाल्यो। वातावरणमा आएको यो बिनाशकारी
परिवर्तनका पछाडि ठालू एवं दादा राष्ट्रहरू जिम्मेवार छन्।
एउटी बालिकालाई केन्द्रबिन्दुमा राखी फिल्माईएको फिल्म हेरेपछि
बिग्रिसकेको जलवायु परिवर्तनप्रति दादाहरूको ध्यान यसरी खिँचियो कि
आईन्दा पर्यावरण र प्रकृतिसँग छेडखानी गर्न नहुने चेत खुलेको छ र १९२
देशहरूको सहभागितामा डेनमार्कको राजधानी कोपनहेगनमा गएको सोमवारदेखि नै
बिशाल सम्मेलन सुरू भैसकेको छ, जहाँ उनीहरूले पर्यावरणमा कार्वन कम गर्ने
सामुहिक प्रतिवद्धता व्यक्त गर्नेछन् र त्यसको मारमा परेका देशहरूलाई
सामुहिक क्षतिपर्ूर्तिको व्यवस्था गर्नेेछन्। यदि त्यसो भयो भने
कोपनहेगन, कोपनहेगन मात्रै नभै होपनहेगन नै सिद्ध हुनेछ र ब्रि्रदो यो
ग्रह तथा यो ग्रहबासीहरूको भविष्य केही हदसम्म सुरक्षित रहने छ। हैन भने
यो ग्रहबासीको त्यो हाल हुनेछ, जसको कल्पना कसैले पनि गरेका छैनन्।
पर्यावरणमा कार्वन र्डाईअक्र्साईड र कार्वनमोनोक्र्साईडको प्रचूरताले
ओजनोस्फेयरको तह पातलिएको बर्षौँ भैसक्यो। जसले गर्दा र्सर्ूयबाट आउने
विकिरण सिधा पृथ्वीमा परेको छ र करोडौँ सालदेखि पृथ्वीको गर्भमा
सुशुप्तावस्थामा रहेका ज्यानमारा लाभाहरू पग्लने क्रम त्रि्र हुँदै
गएकाले पृथ्वीमा हरियाली भन्ने वस्तु केही पनि रहनेछैनन् भने हिमालय
पर्वतका हिउँहरू लगायत पृथ्वी उत्पतिको चार अरव सालसम्म कहिल्यै
नपग्लिएका अन्र्टार्कटिका महाद्धिपका हिमचट्टानहरू यसरी पग्लिरहेका छन्
कि पृथ्वीका अधिकाँश देश तथा शहरहरू समुद्रको गर्भमा हराउने खतरा छ। कतै,
पानी बिना पृथ्वी पट्पट् फुट्नेछ भने कतै पानी नै पानी भएर त्राहीमाम्
मच्चिनेछ। कतै, पानीझैँ ज्वालामुखीका लाभाहरू बग्नेछन् र शहरका शहर,
वस्तीका वस्ती सखाप् हुनेछन् भने कतै र्टर्नेटो, सुनामी, क्रिटिना जस्ता
ज्यानमारा बिपत्तिहरूले पूरै पृथ्वीलाई निर्जन तुल्याउनेछन्।
एचआईभी एड्स र लागूपदार्थको कालो छायाबाट मुक्त हुने तर्खर गर्दागर्दै र
नभ्याउँदा नभ्याउँदै आतङ्कवादको कालो छाया मडारियो। समग्र दुनियालाई
आतङ्कवाद आफ्नो कब्जामा लियो, र नचाहेर पनि त्यसको नाङ्गो नाच
हर्ेर्नुपर्ने स्थिति छ। आतङ्कवादको कालो छायासँग लड्दा लड्दै र मुक्त
हुने कोशिस गर्दागर्दै दुनियाका सामु देखापरेको छ जलवायु परिवर्तनको यो
ज्यानमारा स्थितिले आज शीतयुद्ध, एचआईभी एड्स, लागूपदार्थ र आतङ्कवादलाई
धेरै पछाडि छाडेको छ, जसले गर्दा मानिसहरूले धनि(गरिव, सानो(ठूलो हुनुको
भिन्नता छुट्टयाउन सकिरहेका छैनन् र सम्भावित बिनाशबाट बच्नका लागि
बाध्यताका साथ एकजुट भैरहेका छन्।
नक्कल यदि राम्रो कुराको गरिन्छ र लोककल्याणको निम्ति गरिन्छ भने त्यो
स्वीकार्य हुन्छ। अर्कालाई बेवकूफ बनाउन र मजा लुट्नको निम्ति गरिन्छ भने
त्यो नक्कल स्वीकार्य हुनैसक्तैन। किनकि, त्यस्तो नक्कलले दुनियालाई
हँसाउँछ मात्रै। एड्स र लागूपदार्थ नियन्त्रणका नाममा यहाँ केसम्म गरिएन
- कतिसम्म खर्चिएन - र नतिजा - हातलाग्यो शूल्य। सबै प्रयासहरू आँखामा
छारो हाल्नमै सिमित रहे। एड्स ओसार्नेले ओसारिरहृयो, सार्नेले सारिरहृयो,
लाग्नेलाई लागिरहृयो। लागूपदार्थमा पनि यस्तै भयो। बनाउनेले बनाईरहृयो,
ओसार्नेहरूले ओसारिरहे, सेवन गर्नेले गरिरहेे। कहीँ केही भएन। जत्ति भयो,
नौटङ्की मात्रै भयो।
मालदिभ्सले पहिलोपल्ट समुद्रमुनी क्याविनेटको बैठक गरेर ग्लोवल
वार्मिङतर्फदुनियाको ध्यान खिँचेको देखेर नेपाली नेताहरूले पनि सगरमाथाको
ढुङ्गो देखाएर उच्च हिमश्रृङ्खलाहरूमा जलवायु परिवर्तनको प्रभाव
पर्नथालेको सन्देश दुनियालाई दिईए लगत्तै सगरमाथाकै आधार शिविरमा एक
करोडको भोज खाईयो। जलवायु परिवर्तनको ज्यानमारा अवस्थाप्रति नेपाली
नेताहरूको त्यो बेहूदा हर्कतमार्फ कोपनहेगन सम्मेलनलाइ के बताउन खोजिएको
हो -
दुनियाको ओँठतालु सुकाईरहेको ग्लोबल वार्मिङ्ग रोक्न उनीहरूको त्यो
बेहूदा हर्कतले सक्ला कि नसक्ला - ढुङ्गाको आईडिया दिनेले जसरी दियो,
लैजानेले पनि त्यसरी नै लगियो र दिईयो। हिमालयको काखमा क्याबिनेट बस्ने
आईडिया पनि जुन रूपमा दिईयो, बैठक पनि त्यसरी नै बसियो र खाईयो।
सिद्धियो।
नशामा व्राहृमणवादी सोँच सञ्चार भैर हेका यहाँका नेताजीहरूलाई राजनीति
गर्ने तरिका र जनतालाई चुतिया बनाउने आईडियाको राम्रो ज्ञान छ।
राजनीतिलाई बंग्याउन, शब्दजाल बुन्न र बितण्डा मच्चाउन त कोही
यिनीहरूसँगै सिकून्। आफ्नो बक्बक् र चक्चक्ले दिनानुदिन आफुहरू जनता माझ
नाङ्गँिदै गएको र अलोकप्रिय हुँदैगएको तथ्यको ज्ञान हुँदाहुँदै शब्दै
शब्दको फूलझडि लगाएर जनतालाई दिग्भ्रमित गर्ने खेलमा नेताजीहरू यसरी
लागेका छन् कि एकदिन त्यही शब्दको फूलझडिले यिनीहरूलाई घरको न घाटको
बनाउनेछ र राजनीति गर्नै बिर्सनेछन्। परिवर्तनकामी जनताको कोपभाजन र
ग्लोवल वार्मिङ्गको क्रूर पञ्जाबाट सुरक्षित रहने हो भने यो बर्ेइमानीलाई
यहीँ लगाम् लगाउनर्ुपर्छ र बेला नर्घकँदै चेत्नर्ुपर्छ। अन्यथा, सबैको
र्सवनाश सुनिश्चित र अपरिहार्य छ। अस्तु।
Read More...

Monday, December 7, 2009

1 नसक्नेले कुर्सी ओगट्ने कि राजीनामा दिने ?

-सरोजदिलु विश्वकर्मा-
राज्यमन्त्री करिमा वेगमले पनि पर्सा जिल्ला प्रशासन अधिकारीलाई पड्काएर
वहादुरी देखाईन्, त्यसको वहादुरी पनि वर्तमान प्रधानमन्त्रीलाई दिनै
पर्दछ, जवकि यस्ता वहादुर मन्त्रीलाई झापु हान्ने मन्त्री बनाउने त
प्रधानमन्त्री नै हुन्। हाम्रो क्रान्तिकारी अग्रगामी पार्टीका
प्रधानमन्त्री- माधव नेपाल ! उनको प्रधामन्त्री हुने इतिहाससंगै एउटा
इतिहास अर्को पनि इतिहास बस्यो, चिल्लो गाडी नपाएपछि, ज्रि्रअ कुटिने
नजिर। वरु पीडित अधिकारी उल्टै सरुवा गरिन्छन्। महिला प्रहरीमाथि
सहकर्मीले नै सामुहिक वलात्कार गर्ने गरेको पनि यसैपाली वाहिर आयो। तर
सुत्केरीलार्इर्र्जाँजरकोट पुगी राजधानी ल्याई उपचार गराउने
प्रधानमन्त्रीद्धारा अपराधीहरुलाई कारवाही गरिदैन। आफ्नै पार्टीका वामदेव
गौतमलाई खुस्काएर गृहमन्त्री बनेका भिम रावलको पनि यी दुवैलाई कारवाही
गर्ने केही जोर चल्दैन।
फेरि माधव नेपाल धनगढीमा पुगेर डुक्रिन्छन्- माओवादीको अस्तित्व सखाप
हुन्छ। आफ्नो धोतीमा फलेको भैंसी नदेख्ने, अर्काको जिऊको जुम्रोको वखान।
उनले पत्तै पाएका छैनन्- मदन भण्डारी र मनमोहनको योगदानले श्रृजिएको
एमाले स्वयं पतनको संघारमा पुगीसकेको। फेरिपनि उनी भन्दैछन्- संविधान
नबने त्यसको जिम्मा माओवादीले लिनर्ुपर्दछ। तर सायद सत्ताको शूरमा इतिहास
बिर्सर्ेेहोस गुमाएको हो की बुढो भएर पनि गाई ओगटीरहेको हो- आफ्नै
कार्यकर्ताहरुको भावना विपरीत नाम्ले लागेको गाईको पुच्छर समाएर वैतर्नी
तर्न खोज्ने आफैं, आफैं अरुलाई दोष दिने ! न त वाछीलाई पार्रतर्न दिन्छन्
उनी न त पुच्छर नै छोड्छन्। अतः पार्रतर्न नसक्नुको दोष कसले लिने त्यो
भविश्यले नै बताउने छ।
२०५२ साल पछि कुनै जमाना यस्तो थियो- वहुमत र अल्पमतको नाममा नेपाली
कांग्रेस र शेरहादुर देउवाहरु कौरव खान्दान र हस्तिनापुरको दुगर्तीको
प्रमुख पात्रका रुपमा थिए र नारायणहिटी दरवार धृतराष्ट्रको अनिर्णयको
वन्दी बनेको थियो र त्यसैमा गिरिजा, देउवा, र्सर्ुयवहादुर,
लोकेन्द्रवहादुर र मिलीजुली द्रौपदी वस्त्रहरण गर्नुमा आफ्नो विजय
ठानीरहेका थिए। सो ताका यिनै गच्छेदार, खुमवहादुर र शरदिसिंहरुहरु सुतक
भई वैंकक् पुगेका थिए, जुनवेला यिनै र्सर्ुयवहादुर, लोकन्द्रवहादुर र
शेरवहादुरहरु ती मान्याहरुलाई होटल-होटलमा वन्धक बनाई गर्भधान
गर्राईरहेका थिए। अनि माधव नेपालहरु पाण्डु-पुत्र बनेर असत्यको विजयमाथि
निरिह थिए। आज माधव नेपाल नै यो कान्तिपुरको प्रमुख कौरव पात्र बनिरहेका
छन् भने गच्छेदार, भण्डारीहरु लगायतका काग्रेस मन्त्रीहरु तिनका प्रीय
अनुजहरु। जसले अर्का द्रौपदीहरुको वस्त्रहरण गर्दै सत्यको विजय भएको अहम्
पालीरहेका छन्। ओली मार्काहरु भने सकुनी बनेर पासा पल्टाइरहेका छन्।
परिणामतः महिला प्रहरीमाथि नै सहकर्मीहरुको वलात्कार, रुन्ची महराजस्ता
दलित वालिकाहरुको सामुहिक वलात्कार अनि हत्या। वेगमहरुको ताण्डव नृत्य।
यस्ता घट्नाका दुशासनहरुलाई कौरव पात्रहरुले आफ्नै द्धारदलानमा पालेर
राखेका छन्।
यता एमाले दरवार भने कर्ण-कुटी बनेर असत्यलाई निरिह स्वीकारीरहेको छ। ऊ
कट्वाललाई कारवाही गर्न सहमति दिन्छ, अनि कारवाही गरेपछि एकल निर्णय
भन्छ, मध्येराती राष्ट्रपति भवन पुगेर विन्ती बिसाउँछ, अनि विहान उठेर
राष्ट्रपतिको गलत कदम भन्छ। संविधान बनाउन गएका सभाषदहरु भत्ता खान्छन् र
माधव, गिरिजा र प्रचण्डको सत्ता सयरका लागि घोडे-तवेले, हुक्के र जुत्ते
बनिरहेका छन्। उदाउँदो नेता भनेका विद्या भण्डारी, शंकर पोख्रेल र
मिनेन्द्र रिजालहरु तिनै कौरवहरुका पुजारी बनि आफ्ना अनुजहरुको
दुस्साहसलाई विज्ञान बनाई यत्रतत्र प्रसारप्रसार गरिरहेका छन् भने विचरा
गगन थापा, नरहरी, प्रदीप गिरी र प्रदीप ज्ञवालीहरु द्रोणाचार्य बनेर
नुनमा विकाऊ भईरहेका छन् र आज हाम्रो मुलुकले यही दुगर्तीहरुको भोगीरहेको
छ।
यहाँ माओवादीको वखान गाइएको होईन। एकक्षण कुनै स्वाथै नराखिकन, पहिले म
यो मुलुकको नागरिक हुँ, त्यसपछि कार्यकर्ता वा मेरो जाति भनेर सोच्दा
जो-कोहीको मन-मथिङ्कगलमा यही परिणाम उब्जिन्छ। यस अर्थमा वामदेव गौतमले
भनेजस्तै भुस, वियाँ, कनिका मिलेर चामललाई अल्पमतमा पार्ने यो सरकार नै
यो मुलुकको दुगर्ती र संविधान नबन्नुको कारक हो भनेर नभनिरहन सकिदैंन। यस
कौरव विज्ञानले स्वयं हाम्रो एमाले पनि पतनको दोसाँधमा पुगिसकेको छ।
अर्थात हिजोका अनुजहरुको चक्रब्युहमा नेकपा एमाले नराम्ररी फस्दै गएको छ।
अतः एमाले र कांग्रेसमा देश भाँड्मै जाओस् नभन्ने, सत्यको पक्षक्षर
अभिमन्युहरु कोही ज्युँदा छन् भने यी पुराना अनुजहरुको चित्कारबाट दुवै
पार्टीलाई जोगाउनु पर्दछ।
यता माओवादी पनि आफैंले गरेको गल्तिमा गर्दै आज पछुताईरहेको छ। हिजो
गिरिजा वा माधवलाई राष्ट्रपति नदिँदाको परिणाम आज ऊ नागरिक
सर्वोरुच्चताको स्वस्तानी कथा भजन गरीरहेको छ। आफ्नो वाईसीयल दस्ताले
हिजो सत्ताको मातमा प्रचण्ड थैवहरुलाई हत्या गर्दाको पाप भागीरहेको छ। तर
जो-कोहीले बुझेको छ- माओवादीले नेतृत्व पाएकै घढीमा यस्ता नागरिक
सर्वोरुच्चताहरु एकैदिनमा वहाली हुनेछन्। अनि उसले फेरि नागरिक
सर्वोच्चताको नाममा सत्ता सयरको वल्छीमात्रै थाप्दै स्वायत्त जातीय राज्य
घोषणा गर्ने अर्को चरणको आन्दोलनको घोषणा गरेको छ, जुन शान्ति सम्झौता र
अन्तरिम संविधानको मर्म विपरीत हो। यसो गर्ने हो भने संविधान सभाको कुनै
अर्थ रहदैंन। जसले तत्कालै मुलुकलाई भयावह टकरावको स्थितीमा पुर्याइरहेको
छ भने भविश्यमा यो जातीय राज्यले अर्का छोटा-वढा राजाहरु र राजखलकलाई
जन्माउन खोजीरहेको छ। परन्तु यसको प्रतिफलमा दलित, मुश्लिम तथा जनजजाति र
मधेसी भित्रैका जनहरुलाई रैतीको दर्जामा पुर्याउँने छ र अन्ततः यो
मुलुकमा जातजातिका नयाँ-नयाँ जंगवहादुर जन्मने छन्। तिनै जंगवहादुरहरुको
दलवलमा अल्पसंखयक जातिहरु सखाप हुनेछन्।
अतः यस घढीमा फेरिपनि गिरिजाको भूमिका र भनाई नै सर्वोपरी हुनसक्दछ।
शुशिल, पौडेलहरु छेऊछऊमा बसेर ङयारङयार र ङुरङुर गरिरहन्छन्, जसले हिजो
एमालेलाई पनि एक्ल्याएर वहुमतको नाममा वियाँ-कनिकाहरुको राज चलाएकै हुन्।
यिनको नौटङ्गी र तमासामा यो मुलुकको हिजो पनि अन्धकार भएकै हो, भविश्य
पनि त्यस्तै हुनेवाला छ। त्यर्सथः इतिहासमा भूल भयो भनेर पश्चाताप गर्दै
सम्भवतः लाहाछाप रामवरणले राजीनामा दिई गिरिजालाई त्यो भूमिका दिनु,
माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु नै यतिवेलाको
आवश्यकता हो। स्वार्थी र वाहुनका पगरी भिरेकाहरु नभएतापनि अधिकांश एमाले
कार्यकर्ताहरु यही पक्षमा छन्। त्यसले र्सवहारा पक्षधरलाई एउटै मोर्चामा
उभ्याउनेछ र द्रुतकर गतिमा संविधान निर्माणको प्रकृया अगाडि बढाउने छ भने
विकासको गतिलेसमेत अग्रगामी छलाङ्ग मार्नेमा दुइमत छैन। होईन, वहुमतको
नाममा फेरिपनि यही गतिलाई स्वीकार्दै जाने हो भने यो मुलुकमा फेरि अर्को
असोज १८ र माघ १९ गतेहरु निम्तीने छन्। त्यो दिन हिजोका ज्ञानेन्द्रले
मात्रै निम्त्याउने छैनन्। त्यसका लागि वहुमत जनताको साथ हुनेछ। त्यसवेला
यी आजका कौरव अनुजहरु सवभन्दा अगाडि त्यसलाई अनुमोदन गर्न तयार हुनेछन्
भने माधव-केपीहरु आफ्ना प्रीय अनुज मुसाहरुले धोखा दिएकोमा पुरपुरोमा हात
लगाएर पाखा लाग्ने छन्। एमालेले भने गाडिएको रथलाई निकाल्दा निकाल्दै
गर्दन काटिएको थाहा पाउने छैन र उसको काटिएको गर्दन माओवादी कहाँ छ भनेर
खोज्दै दिल्ली पुग्नेछ।
Read More...

Saturday, December 5, 2009

सञ्जीव सत्याल
E-mail : sanjeevsatyal@gmail.com

२०६१ साल कार्तिक १९ गते सोमवार राजा ज्ञानेन्द्रले शाही संवोधन सहित शेर
वहादूर देउवालाई बर्खास्त गरी शासन सत्ता आफ्नो हातमा लिई आफ्नो
अध्यक्षतामा मन्त्री परिषद गठन गरी देशको सवै संयन्त्र दुरुस्त बनाई तीन
बर्षा पुन जनतालाई फिर्ता गर्छु भनी र्समथन मागे । त्यस कदमले कांग्रेसको
पुरानो ढर्रराको शासकीय प्रकोपबाट पिडित जनता उत्साहित भए र शाही कदमको
तत्काल विरोध गरेनन् । तर उनको मन्त्री परिषद सदस्यमा उही पञ्चायतका पनि
हार्डलाइनर नेपाली राजनीतिका खलपात्र मात्र ल्याइए । तैपनि जनताले
त्यसपटक राजाको साथ दिने मन बनाए । तर ज्ञानेन्द्रको शाही शासनले जनतालाई
पञ्चायतको दूर्गन्ध बाहेक केही पनि दिनै सकेन । त्यसबेला ज्ञानेन्द्रसंग
एक कार्याक्रम असफल भए अर्को कार्यक्रम स्वतः लागूहुने गरी देशव्यापि
रुपमा सवैकुरा सेट गरीएको छ त्यसैले अव राजाले निर्धात रुपमा ७/८
बर्षअगाडि लान्छन र देशमा अव केही हु्न्छ भन्ने सवैले सुनेका, सोचेका
थिए । तर राजासंग देशलाई पञ्चायतिकरण गर्नु बाहेक केही पनि रहेनछ । त्यस
शाही सरकारले केही गर्न नसकेकोले जनतामा ६ महिनामै वितृष्णा शुरु
भैहाल्यो । पहिल्यै संसदिय शासन त्यसमा पनि कांग्रेसको शामन्ती शासनबाट
जनता कुनै राहत नपाई करीव डेढ दशक देखि पहिल्यै आहत भएका र शाही शासन र
कांग्रेसको शासनशैली 'हात्तिमाथी चप्पल राखेपनि, चप्पलमाथी हात्ति
राखेपनि उस्तै हो नानु' भनेझै लाग्ने भएकोले उनीहरु संसदिय दलहरुले कुनै
राम्रो शासन र राहत हामीलाई दिने छैन भनी चुपै बसेका थिए । तर जव
माओवादीसंग आठबुदै सहमति भयो, कांग्रेसको निहित स्वार्थर्ी शामन्ती शासन,
ज्ञानेन्द्रको कुनै काम नलाग्ने शाही शासन, देशभर माओबादी जनयुद्धले थकित
र त्रसित, माओवादीका नाराहरु, राजाको पञ्चायती प्रतिगमन विरुद्ध देशमा
गणतन्त्र आउने, जनताले देशभर जातियतामा विभिन्न गणराज्य बनाउन पाइने,
शान्ती अपरिहार्य रहनु र माओवादीलाई नजिताई शान्ति असम्भव भएकोले हर
कोणबाट निस्सासिएका नेपाली जनताले नयाँ परिवर्तन र स्थायी शान्तिको लागि
देशभर देस्रो जनआन्दोलनमा होम्मीए । फलतः १९ दिने आन्दोलननै देशमा शान्ति
र गणतन्त्र ल्याउने कारण बन्न पुग्यो । त्यस पछि फेरी कांग्रेसकै
नेतृत्वमा अन्तरीम सरकार बन्यो । त्यसबखत कांग्रेस अव हामी जनतालाई मालिक
संझि जनतानैलाई केन्द्रविन्दू मानी शासन गर्ने छौ भन्न त थाल्यो तर उसले
आफ्नो पुरानो शामन्ती छुद्र र्ढरा नत पार्टर्ीी छाड्न सक्यो नत सरकारमा ।
उ कहिल्यै पनि परिवर्तन हुन सकेन । उसको केन्द्र भनेकै भारत लगायत विदेशी
सरकारको इशारा रहन पुग्यो । फलतः आफूलाई एक सेन्टीमिटर पनि परिवर्तन
गर्नै नसकेकोले उसले एक मात्र प्रजातान्त्रीक पार्टीनै गत आम चुनावमा
नराम्रोसंग हार्र्यो । सत्ता गुमायो, तर पनि उसमा आज पनि कुनै परिवर्तन
आएको छैन । उ आजपनि जनताको मन छुने गरेर आत्मा समिक्षा गर्ने पक्षमा छैन
। उ आज पनि जसरी भए पनि जनतालाई टाङ्गमुनीबाट छिराउन चाहान्छ । त्यस्तै
आज पनि कांग्रेस बरु भारत र विदेशीहरुलाई गुहार मागेर सत्तामा पुग्ने र
सत्ता टिकाउने तर आफ्नो पार्टी स्वार्थ मानी केही मुठ्ठीभर बदनियत भएका
चाकडिबाजहरु ( ति पनि परेको बेला दुलो तिर लुक्न जान्छन), नातेदार,
आफन्तहरुलाई साथलिई, जनताले नराम्रोसंग हराइदिदा पनि अझैपनि जनतलाई
बेवास्ता गर्ने उही पुरानो शैली कायम गर्दै आएका छन् । अहिले माओवादीले
यस्तरी आन्दोलनको आँधिबेहरी ल्याउदा पनि उ अझै पनि अर्को ज्ञानेन्द्र
बन्न आफ्नो पुरानो बेकारको दुष्ट शैलीमा कुने परिवर्तन ल्याउन तैयार
देखिदैन ।
अर्को बैकल्पिक कांग्रेस समाजमा स्थापित भए अर्कै कुरा हो, हैन भने
त्यस्तो विसंगत पार्टीलाई प्रजातन्त्रको नाममा जनताको बाध्यकारी मत
मिल्ने गर्दैआएको पार्टीकांर्ग्रेसमाथीनै प्रजातन्त्रमा विश्वास गर्ने
जनताको विश्वास टिक्न/टिकाउन बाध्य छन् । त्यसलाई अफ्ना पुरानै विकृत
व्यवहार मौजूद रहेका नेताहरुले आफ्नो महत्व जनतामा केही नगरेपनि कायम
रहेको नठाने हुन्छ । त्यसैले अव प्रजातन्त्रमा विश्वास गर्ने देश भरीका
जनताले नै कांग्रेसमा र्सार्वजनिक हस्तक्षेप गर्न पाउनु पर्छ । हैन भने
प्रजातन्त्रमा विश्वासगर्ने जनताले वाध्य भएर एक जुट भएर वास्तविक
व्यवहारमा अर्कै प्रजातान्त्रीक पार्टी खोल्ने छन् । कांग्रेसका पहिलो,
देस्रो अझै तेस्रो पुस्ताका नेताहरुको कुरै नगरौं अव पनि पार्टीमा तिनका
हाली मुहाली रहने हो भने कांग्रेस भोली रा.प्र.पा वा प्रजापरिषद जस्तै
पार्टी बन्छ । जति प्रजातान्त्रीकीकरण भएको भनिए पनि उसका आम जनताप्रति
गरीने व्यवहार आजपनि सही छैन । अर्थात जनताले यहि कांग्रेसी मोडेललाई
आदर्श मान्ने गल्ति गरे पार्टी, पार्टीजनको लागि प्रजातन्त्रीकरण होला तर
जनताले यो जन्ममा प्रजातन्त्र उपभोग गर्न पाउने छैनन् ।
हामीले बुझने कांग्रेस बन्न कांग्रेसको सदस्यता समेत नलिएका
प्रजातन्त्रमा विश्वास राख्ने हर राष्ट्रिय जीवनका हर क्षेत्रका संपूर्ण
नेपाली जनता त्यसका अलिखित सदस्य हुनु पर्ने हो । पार्टीमा पार्टीजन
भन्दा मतदाता जनताले बढी हक दाबी गर्न पाउनुपर्ने हो । तर आज पार्टीको
सदस्यहरुले ( जहाँ आजसम्म रातदिन गाँउगाँउमा खटने कार्यकर्ता छेउलगाइएका
छन् र चैते कांग्रेसहरु लिग्यासीवाला र असक्षम नेताहरुको चाकडि गरी विना
कुनै योगदान तरक्कि गर्दै आएका छन् ) कांग्रेसमा सीमा तोकेका छन् र
त्यसमा पनि गिरिजा र शेरवहादूर गुटमा बाँडिएका छन् । यि बीच एक आपसमा
बोलचाल समेत छैन । गिरिजा वा शेर बहादूरका फेवरवाला कार्यकर्ता हुन पाए
पछि यिनले जनतालाई कुकुरलाई जस्तो व्यवहार गर्छन् ।
आज माओवादी लाखौ जनता सडकमा उतारी राजधानीनै अस्तव्यस्त गरी रहदा पनि
कांग्रेसका कथित नेताहरुलाई जनतालाई आफूतिर आकर्शित गर्ने तिर कोही
इच्छुक छैनन् । केवल 'माओवादीहरु सफल हुदैनन' भन्ने, आत्मरत्तियुक्त
प्रतिवादमा उनीहरुको दिनरात वित्दो छ । आज २२ दलको सरकारमा हालिमुहाली
गर्न पाउनुनै उसको लागि ठूलो उपलब्धि भएको छ । तै पनि गएको ५ महिनामा
कांग्रेस सम्मिलित सरकारले के नै गर्न सक्यो र ? पार्टीमा जनतालाई छुद्र
असभ्य व्यवहार र सरकार निर्जीव भएर तोप बोकेको माओवादीसंग हातमा ढुंगा
लिएर यसै गरी मनगढन्ते अभिव्यक्ति दिएर लडदै जानेहो भने कांग्रेस त चुनाव
हार्ला , त्यो जनताको सरोकारको विषय होइन, तर त्यस पछि यदि माओवादी
एकमाने सरकार बनाएर सत्तामा पुगे कांग्रेसको सदस्य पनि नवनेका तर आम भइ
बसेका प्रजातन्त्रमा विश्वास राख्ने जनता जो करोडौमा छन्, माओवादी शासकिय
प्रकोपका शिकार हुनेछन र उनीहरुले राज्य विरुद्ध केही गर्न सक्ने छैनन् ।
त्यस बखत कांग्रेसी नेता र कार्यकर्ता त मारिएलान, भाग्लान वा थुनिएलान
तर प्रजातन्त्रमा विश्वास राख्ने जनता मियोको अभावमा ५० औ बर्षराज्यको
पञ्चायतकालमा जस्तै वा त्यो भन्दा पनि क्रुर जीवन बाँच्न बाध्य हुने छन्
। किनकी अहिलेको कांग्रेस र कांग्रेसी नेताहरुको तुच्छ आत्मकेन्द्रीत
व्यवहार र रणनीतिले - देउवालाई किन गिरिजाको उत्तराधिकारी मान्ने ?
पार्टीमा शत प्रतिशत पदाधिकारी निर्वाचित हुदैमा जनताले आफूलाई असभ्य
व्यवहार गर्ने नेता कार्यकर्तालाई किन प्रजातान्त्रिक मान्ने ? ती त्यहाँ
कहाँबाट आए ?) जनता किन कांग्रेसको पछाडि लाग्ने ? त्यसमाथि माओवादी
जनतामाथी भौतिक आतंक फैलाउछ रे, भौतिक गुण्डागर्दी गर्छ भनेर मानौ, के
कांग्रेसले आजसम्म सत्तामा बसेर जनतामा स्वेत आतंक फैलाउने र तार्किक
गुण्डागर्दी गरेको हैन ? कांग्रेसको शासनमा एक जनाले पनि प्रजातन्त्रको
फाइदा उठाउन पायो र ? माओवादीको कारण देशमा १३ हजार मान्छे मारीए होलान र
केही लाख मान्छेले साँच्चैनै दुख पाए होलान, तर कांग्रेसको बीस बर्षे
कालो शासनमा करोडौ मानिसको जीवन बर्वाद भएको छ । यस्ता तुच्छ सोच भएका
नेता कार्यकर्ताले के भोली जनतालाई माओवादीको रणनीति विरुद्ध जनतालाई
प्रजातन्त्रको छाहारी दिइ बचाउन सक्छ ? पार्टी महाधिबेशन पश्यात दोस्रो
पुस्तामा जाला , तर त्यो त नयाँ बोतलमा पुरानै रक्सी राखे जस्तै भएन र ?
त्यसैले भोली माओवादीको प्रकोपको सामना गरेर देश र जनतालाई चीर काल
परयन्त प्रजातान्त्रीक बातावरणमा जीउन सक्ने बनाउन सक्छ की सक्दैन ?
सक्दैन भने , पार्टीमा र्सार्वजनिक हस्तक्षेप तत्काल गराउन जरुरी छ, र
जनताले जसरी भन्छन् अव पार्टी यसरीनै चल्न सकोस र पार्टीले देश र जनतालाई
माओवादी प्रकोपबाट बचाउन सकोस ।
मैले यहाँ भन्न खोजे जस्तै प्रजातन्त्रमा विश्वास गर्ने जनतामार्फ
र्सार्वजनिक हस्तक्षेप गर्ने/गराउने हो भने कांग्रेसलाई अझै पनि ५०/६०
बर्षकुनै गैह्र प्रजातान्त्रिक पार्टीले जीत्न सक्दैनन् । हैन भने
अहिलेको कांग्रेस मानसिकताले उसलाई त केही फाइदा हुदैन र उ समाप्त हुने
छ, तर देशमा अर्को सशक्त प्रजातान्त्रिक पार्टी नभएको अवस्थामा देशमै
प्रजातन्त्र कायम हुनेछैन र नेपालीहरु ५० औं बर्षमाओवादी निरंकूशतामा
दविने छन् । त्यसैले यदि नेपाली कांग्रेसले पार्टीमा र्सार्वजनिक
हस्तक्षेप गर्न जनतालाई आहृवान नगर्ने हो भने प्रजातन्त्रमाथी विश्वास
राख्ने नेपालीले जनताले कांग्रेसैको विरुद्ध बैकल्पिक प्रजातान्त्रीक
शक्ति अहिलेनै स्थापित गरी हाल्नु पर्ने छ हैन भने कांग्रेसको अहिलेको
चालाले त्यो पार्टी त गयो गयो, हामी नेपाली पनि ५० सौं
बर्षप्रजातान्त्रीक माहौलबाट बञ्चित हुने छौं ।
चेतना भया ।

Read More...

Friday, December 4, 2009

0 पढेर के हुन्छ ?

-अजय यादव-
पढेर के नै हुन्छ यो नेपालमा - किनकी पर्ढाईको कुनै महत्व नै छैन। दक्ष
मानिसहरु बेरोजगार भएर बस्न बाध्य भएका छन्। तर अदक्षहरु सबै
कार्यालयहरुमा भरिभराउ छन्। नपत्याए बारा जानुहोस्। बाराको अधिकांश
विद्यालयहरुमा त्यस्ता शिक्ष्ँकहरु छन् जसलाई अहिलेसम्म राष्ट्रिय भाषा
नेपाली राम्ररी बोल्न र लेख्न समेत आउंदैन। अब तपाइहरु नै सोच्नुस्
बालबालिकाले कस्तो शिक्ष्ँा लिन बाध्य हुन्छन्। त्यसैले नेपाल सरकारको
तारिफ गर्ने ती शिक्ष्ँा माफियाहरुलाई के संज्ञा दिने -
सरकार जहां कमजोर हुन्छ त्यहां सबै निकाय कमजोर नहुनेमा दुइमत हुंदैन।
नयां नेपाल बनाउने सपना नेताहरुको पार्टी र पार्टी कार्यालयभित्र
केन्द्रीत रहन्छ। आफनो पेट नभरुन्जेल अरुलाई कसैले खाना खुवाउंदैन। ठिक
त्यस्तै नेताहरु जबसम्म आप\mना नातागोतालाई जागिर लगाएर सिध्याउंदैन
तबसम्म अरुलाई मौका मिल्नु भगवान भरोसा नै हुन्छ। गरिब, दलित, मुस्लिम र
पिछडिएका, उत्पीडित, मधेशीका छोराछोरी पढेर के गर्लान् - राड र बोर्ड नै
खाली धाउलान। तर उपलब्धि केही हुन सक्दैन। त्यसैले पढ्नभन्दा सानैदेखि
काम गरेको व्यक्तिको जीवन सुखीसंग बितिरहेको छ। एउटा उखान छ थोरै पढे घर
छुट्ट धेरै पढे हलो छुट्छ। यो उखानमा सत्यता छ। किनकि कम पढ्नेहरु अरु
ठाउंमा काम गरेर जीविकोपार्जन गर्न सक्छन्। तर धेरै पढ्नेहरु कुनै खेती
किसानीको काम गर्न सकदैन। राम्रो काम पनि मिल्दैन। त्यसैले नेपाल पहिला
जस्तो थियो आज पनि त्यस्तो रहेको आम जनताले महसुस गर्न थालेका छन्।
जीवनमा धेरै संर्घष्ा गर्नुपर्छ तब स्थापित हुन सकिन्छ। खाली बोलेर
हुंदैन। गरेर देखाउने साहस हुनर्ुपर्छ। सबैभन्दा विचारणीय कुरा के छ भने
आफूमा भएका ती अन्धविश्वास हटाउनर्ुपर्छ। नयां सोच आफूभित्र
ल्याउनर्ुपर्छ। जीवनमा हरेश, निराश र उदास भएर बस्ने व्यक्तिले केही गर्न
सक्दैन। याद राख्नुहोला कलमबीरको अगाडि सबै हार्छन्। तर केही दिनका लागि
मात्र हतियारधारवी हुन्छ। नयां जोश, जांर र उमंगका साथ काम गरिरहेका
हातहरु कहिले पनि असफलता पाउन सक्दैन। असफलता भनेको के हो - असफलता भनेको
मेरो विचारमा आफूले सोचेको काममा सफलता प्राप्त नहुनु तर पीर मान्नु
हुंदैन। किन हामी त्यसमा सफल हुन सकेनौं, कोट्याउंदै जानर्ुपर्छ। अनि त
आफै सफलताका बाटाहरु भेटाउनु हुन्छ।
विद्यार्थी जीवनमा पढेर केही गर्न सकेनौं भने कहिले केही गर्न सक्दैनौं।
मानिसको मनमा धेरै कुरा हुन्छ। मानिसको मष्तिष्क एउटा मेमोरी जस्तै हो।
मेमोरीमा धेरै गीतहरु राखिएका हुन्छन् तर चाहेको गीत धिसै ल्याउन सक्नु
हुन्छ। ठिक त्यस्तै आफूले चाहेका कुरा मष्तिष्कले गराएर नै छाड्छ। दृढ
संकल्प गर्नु कि म सफलता प्राप्त गरेर आफनो जीवनमा सुखी भएर बाच्नु सक्छ।
तार्त्पर्य के हो कि पढेर के हुन्छ - पढेर संसारै बदल्न सकिन्छ तर त्यो
चाहना आफूभित्र हुनर्ुपर्छ। आजकलको मानिसमा के भेटिन्छ भने धनि भए पढथे,
बाइकमा स्कूल वा कलेज जान्थे, राम्रा स्कूल वा कलेजमा पढ्थे तर यो सबै
देखावटी पर्ूण्ा पर्ढाई हो। हृदयले पढ्ने विद्यार्थी नांगै खुट्टा भएर
पढ्न पनि सक्छ। तपाइहरुले पत्याउनुहुन्न भने डा. एपिजे अब्दुल कलाम, अन्य
महान व्यक्तित्व, वैज्ञानिक, कलाकार, दार्शनिकहरुको जीवनी पढ्नुहोस्।
सुखमा होइन दुःख गरेर पढौ आफूमा भएका सिप दुनियालाई देखाऔं। - लेखक
प्रगतिशील भोजपुरी साहित्य परिषद पर्सासंग आबद्ध छन्।
Read More...

Wednesday, December 2, 2009

0 अप्रिय परिणाम तर्फ उन्मूख राजनीति

-दीपक गजुरेल -
प्रमुख प्रतिपक्षी माओवादीको दोश्रो चरणको आन्दोलन अपेक्षाकृत
शान्तिपूर्ण सकियो। आफ्ना माग पूरा नभए तेश्रो चरणमा अझ सशक्त र आक्रामक
आन्दोलन गर्ने चेतावनी उसले दिएको छ। सरकारमा रहेका राजनीतिक दलहरु
माओवादीको आन्दोलनलाई औचित्यहीन भन्दैछन्। यसरी यी दुइ पक्षबीच सहकार्य र
सहमतिको बिन्दू निर्माण हुने संभावना क्षीण बन्दै गएको छ।
सहमतिको राजनीतिलाई फेरि गतिशील गराउने प्रयाश स्वरुप गत हप्ता ठूला दुइ
नेताबीच असाधारण शैलीमा वार्ता भएको खबर आयो। नेपाली कांग्रेसका सभापति
बिरामी परेर उपचारका लागि सिंगापुर गएकाबेला हतार-हतार त्यहीँ पुगेर
माओवादी अध्यक्षले वार्ता गरे। अव 'सहमतिमा अगाडि वढ्ने' भनियो। यससंगै
विपक्षी माओवादीले तेश्रो चरणको आन्दोलन घोषणा गरेर विचित्रको कदम चालेको
छ, सहमतिसंगै संर्घष्ा ! 'सहमति' शब्द जति पटक दोहोर्‍याए पनि हाम्रा
नेताहरु मुुलुकलाई झन् भन्दा झन् दर्ूदान्त अवस्थामा पुर्‍याउँदै छन्।
'गणतान्त्रिक' नेपालको नयाँ संविधान जारी गर्नुपर्ने मिति नजिक आइसक्दा
पनि संविधानका सिद्धान्त र आधारभूत मान्यताहरुका बारेमा टंुगो लागेको
छैन। टंुगो नलागेको मात्र होइन, यी महत्वपूर्ण विषयमा गम्भीर छलफल तथा
बहस समेत आरम्भ गरिएको छैन। प्रमुख राजनीतिक शक्तिहरु एक अर्कामाथि आरोप
लगाउनमै व्यस्त छन्। र देशलाई फेरि मुठभेड, हिँसा र विध्वंसतिर लान
खोजिँदैछ।
यो द्वन्द्व किन -
भारतले कोरिदिएको मार्गचित्रका आधारमा संसदवादी दल र माओवादी मिलेर
आन्दोलन गरे। १२ बुंदे दिल्ली संझौताका आधारमा केही समय यी संगै हिँडे।
प्रतिनिधि सभा विघटन, २०४७ सालको संविधान खारेजी, अन्तरिम संविधानको
धोषणा, गणतन्त्र घोषणा, धर्म निरपेक्षता जस्ता कामहरु गर्दा सम्म
मतपत्रमा विश्वास गर्ने संसदवादी दलहरु र बन्दूकको बलमा सत्ता कब्जा
गर्ने घोषित लक्ष्य बोकेको माओवादीले 'सहकार्य' गरे।
तर यो सहमति तथा सहकार्य लामो समय चल्न नसक्ने अव प्रष्ट भैसकेको छ।
'नयाँ नेपाल' निर्माणको नारा लगाउने यी शक्तिहरुबीच अहिले देखिएको विपरित
ध्रुवीय अडान र त्यसले वढाउँदै लगेको द्वन्द्व स्वभाविक हो।
यी संगै हिँड्न नसक्नुमा प्रमुख दुइ कारण छन्। संगै हिड्नै नसक्ने
परस्पर विरोधी सिद्धान्त तथा व्यवहार यिनीहरु मिल्न नसक्ने पहिलो कारण
हो, भने अर्को कारण अन्तर्रर्ााट्रय शक्ति समीकरणको प्रभाव हो।
भारतले जे चाहृयो र जसरी चाहृयो त्यसरी हिँडाउने गरेको हो, हाम्रा
राजनीतिक दलहरुलाई। २०४७ सालको संविधान जारी भएदेखि १२ बुँदे दिल्ली
संझौता सम्मको अवधिमा भए गरेका घटना र कामहरुलाई हर्ेर्ने हो भने प्रष्ट
हुन्छ, कसरी हाम्रा संसदवादी दलहरु भारतको निर्देशनमा हिँड्ने गरेका छन्।
बन्दूक तथा हिँसाको बलमा 'क्रान्ति' गर्ने माओवादी पनि भारतीय छत्रछायाँ
भन्दा बाहिर देखिन्न। १० वर्षो अवधि मध्ये ८ वर्षदिल्लीमै बसेर नेपालमा
'क्रान्ति' गरेको गर्वपूर्ण उद्घोष माओवादीका अध्यक्षवाट औपचारिक रुपमै
आइसकेको छ। भारतको निर्देशन र योजना तथा कार्यक्रम अनुसार माओवादी चलेको
हो भन्ने पुष्टि गर्न यो भन्द अरु धेरै प्रमाण नचाहिनुपर्ने होे।
तर स्थिति सधैँ एकनाश रहेन। नेपाली राजनीतिमा भारतको एकलौटी हालिमुहाली
अव रहेन। आफ्नो राष्ट्रिय सुरक्षाको स्वार्थ भारतले नेपालमा देख्नु जति
स्वभाविक हुनसक्छ, त्यति नै अनिवार्य स्वभाविकता चीनले नेपाली भूमिमा
देखेको छ। नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र घोषणा गरिए पछिका दिनमा
चीनले देखाएको चासो र उसले नेपाली भूमिमा वढाएको गतिविधिवाट बेइजिङ चनाखो
बनेको छ भन्ने प्रष्ट भएको छ।
तर्सथ नेपाली राजनीति चीनले चाहेको भन्दा फरक ढंगको, र चीन विरुद्ध यहाँ
काम हुन सक्ने संभावना देख्न चाहँदैनन् चिनियाँ शासकहरु। र आफ्नो यो
चाहना पूरा गर्नका लागि सक्ने सम्मका हरेक दाउपेच, प्रत्यक्ष-परोक्ष,
गर्छ नै चीनले।
नेपाली राजनीतिमा भारत र चीनको स्वार्थ मात्र जोडिएको छैन। विश्व
महाशक्ति अमेरिकाका आफ्नै खालका स्वार्थ छन् नेपालमा। महाशक्ति बन्ने
दौडमा लागेका चीन र भारत दुबैलाई आफ्ना संभाव्य प्रतिद्वन्द्वि
देखिराखेको छ, वाशिङ्गटनले। त्यो संभाव्यतालाई बेलैमा 'ठेगान' लगाउन उसले
अनेक रणनीति अपनाइराखेको छ। र नेपाल यो वृहत्त रणनीतिक भिडन्तको एउटा
पाटो भोग्न वाध्य भएको छ।
चीनले नेपालमा भरपर्दो तथा स्थायी मित्रको खोजी जारी राख्नु, भारतले
नेपाली भूमिमा चीनको अस्वभाविक उपस्थिति वढ्दो देख्नु, भारतीय माओवादीलाई
चीनवाट हतियार सम्मको सहयोग भैराखेको छ भनेर भारतका गृहमंत्रीले नै आरोप
लगाउनु आदि केही उदाहरण हुन् हामीकहाँ कसरी र के भैराखेको छ भन्ने
कुराको।
संविधान सभाको चुनावको दिन मतदान शुरु भएको तीन घण्टा नबित्दै जिम्मी
कार्टरवाट 'चुनाव निष्पक्ष र स्वतन्त्र भयो' भन्ने घोषणा भएको कुरालाई
पनि यस सर्न्दर्भमा स्मरण गर्नु उपयुक्त हुन्छ। निर्वाचन पर्यवेक्षण
गर्ने प्रतिष्ठित अन्तर्रर्ााट्रय संस्था तथा व्यक्तित्ववाट चुनाव
पर्यवेक्षणको र्सवमान्य मान्यता विपरित मतदान सम्पन्न भैनसक्दै
'स्वतन्त्र तथा निष्पक्ष चुनाव भयो' भन्ने घोषणा त्यसै भएको थिएन,
त्यसवेला।
यी समग्र सर्न्दर्भको विश्लेषणवाट पुगिने टंुगो एउटै हो, नेपाली
राजनीतिमा भारतको एकल हालिमुहाली अव रहेन। यसैको जञ्जालमा हाम्रा अहिलेका
सत्ता सञ्चालकहरु फसेका छन्।
पहिला सजिलो थियो, लैनचौरवाट निर्देशन प्राप्त गर्‍यो, सो अनुसार काम
गर्‍यो। तर अव निर्देशनहरु महाराजगञ्ज र टंगालवाट समेत सशक्त रुपले आउन
थाले। यस्ता निर्देशन परस्पर विरोधी तथा विपरित 'कार्यादेश' हुने कुरामा
शंका गर्नु परेन। विदेशी शक्तिको आदेश पालना गर्ने बानी परेका हाम्रा
राजनीतिक शक्तिहरुको यही अप्ठ्यारोको प्रकट स्वरुप हो नेपाल राष्ट्र तथा
नेपाली नागरिकहरुले अहिले भोग्नु परिरहेको अन्यौलपूर्ण परिस्थिति।
परिणाम अप्रिय हुनेछ ः
विश्व महाशक्ति र उदीयमान महाशक्तिहरुको स्वार्थका कारण नेपालमा अहिलेको
द्वन्द्व बल्झेको हो भन्ने कुरामा शंका छैन। र यी कुनै पनि शक्ति पछाडि
हट्ने स्थितिमा देखिन्नन्। किनभने जो पछि हट्छ त्यसले दूरगामी रुपमा
नकारात्मक परिणाम भोग्नुपर्ने निश्चित छ।
वाशिङ्गटन, बेइजिङ र नयाँ दिल्ली मध्ये कोही पनि पछि नहट्नुको अर्थ हो,
नेपाल आगामी दिनमा अझ ठूलो तथा भयानक द्वन्द्वमा जाकिने छ। र त्यो
अवस्थामा मुलुकलाई पुर्‍याउने जिम्मेवारी अहिलेका हाम्रा नेताहरुले लिनु
पर्नेछ।
तर अव प्रश्न नेपाल राष्ट्रलाई विध्वंशमा जाकेको जिम्मेवारी लिनुमा
मात्र सिमित हुने छैन। राजनीतिक सिद्धान्तका आधारमा राज्य सञ्चालन गर्दा
राष्ट्र तथा नागरिकको भलो हुन्छ भन्ने मान्यता नेपालमा गलत सावित हुनेछ,
त्यतिबेला। राजनीतिक समूह, गुट वा दलले सत्ता सञ्चालन गर्ने अवसर नेपालमा
पटक-पटक पाएका हुन्। तर हरेक चाटी हाम्रा दल र नेताहरु असफल भए।
विगत्मा राजामाथि दोष देखाएर आफ्ना असफलता छोप्ने प्रयाश हुने गरेको हो।
तर अवको अवस्था फरक छ। गएको झण्डै चार वर्षेखि राजनीतिक नेताहरु नै
र्सर्वेर्सवा छन् यहाँ। उनीहरुलाई 'बाधा पुर्‍याउने' राजा तथा राजसंस्था
समाप्त पारिसकियो।
आफूले गरेका गल्ती र आफ्ना असफलता लुकाउन दोष थोपर्न मिल्ने कुनै
व्यक्ति वा संस्था नरहेको अहिलेको अवस्था हाम्रा 'गणतन्त्रवादी'
नेताहरुका लागि जटिल छ। अर्काको निर्देशनमा हिँड्ने प्रवृत्तिले यस्तो
स्थिति सिर्जना गरिदियो कि अव पछाडि र्फकने ठाउँ पनि छैन र अगाडि बढ्ने
वाटो पनि लगभग बन्द भैसकेको छ।
परिणाम एउटै हुन्छ, राजनीतिक दल, समूह, बन्दूकधारी वा हिँसात्मक गतिविधि
गर्ने कुनै पनि समूहले नेपाल राष्ट्र सञ्चालन गर्न नसक्ने रहेछन् भन्ने
प्रमाणित हुनेछ। यो प्रमाणित हुने दिन कहिले र कसरी आउने छ भनेर अहिल्यै
ठोकुवा गर्न सकिन्न।
तर एउटा कुरा निश्चित छ, त्यसपछिको नेपालमा 'लोकतन्त्र,' 'मानव अधिकार'
जस्ता कुरा शब्दकोषमा मात्र भेटिने छन्। र आफूलाई जनताका 'मुक्तिदाता'
भन्न रुचाउने, सिद्धान्त वा वादका आधारमा राजनीति गर्छु भन्नेहरुले टाउको
वा मुड्की उठाउन सक्ने कल्पना सम्म पनि कुन्नी ! र अहिले निर्देशन
दिनेहरु यिनलाई बचाउन त्यसबेला कतै फेला पर्ने छैनन्।
गजुरेल त्रिभूवन विश्वविद्यालयमा राजनीति शास्त्रका उपप्राध्यापक हुन्।
Read More...