Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Sunday, December 20, 2009

0 राष्ट्रहितको सरोकारमा लाग्ने नै राष्ट्रवादी हो

-नन्दकिशोर गोयल
वर्तमान समयमा देश जुन प्रकारको अवस्थामा छ त्यस प्रकारको लाचारी,
मजबुरी शायद अपूण् जिउ भएको व्यक्तिमा पनि हुंदैन। उसले पनि कुनै न कुनै
उपाय वा बाटो खोजी नै हाल्छ। देशमा नयां नेपालको जुन प्रकारको हौवा नेता
तथा दलका अभिभावकहरूले फैलाइरहेका छन् त्यो क्यान्सर रोगसरह नै छ।
नेपाललाई नयां नेपाल बनाउने नाममा महारोग क्यान्सर फैलाइरहेका छन्, जस्को
न त कुनै औषधि छ, न उपचार। मात्र औषधि र उपचारको नाममा ठगि हुन्छ।
विदेशीको पालतु कुकुरकारूपमा रहेका हाम्रा देशका केही भ्रष्ट नेताहरूले
जनतामा त्यसरी नैं क्यान्सर रोग फैलाइरहेका छन्। ँनयां नेपाल' नामक
क्यान्सर रोगको औषधि र उपचारको नाममा दल तथा दलका अभिभावक र नेतारूपी
डाक्टरहरूले जनताको शोषण मात्र गरिरहेका छन्। नेपाललाई नयां बनाउने नाममा
देशमा हत्या, हिंसा, बन्द, चक्काजाम, भ्रष्टाचारी, अपराधीलाई संरक्ष्ँण,
कालाबजारी, तस्करी जस्ता कर्ुकर्महरूले जरो गाडीसकेको छ। नयां नेपालको
नाममा देशमा भएको सवै बहुमूल्य वस्तुहरू विदेशीलाई खुल्लारूपमा बेचिरहेका
छन् । भविष्यमा हाम्रो सन्तानहरूलाई कस्तो असर पर्छ - त्यसको चिन्तन
कसैमा पनि छैन। देशमा चारैतिर अराजकता, व्यापक रूपमा फैलिसकेको छ। कुनै
दल देशलाई सिंगापुर, कसैले स्वीजरल्याण्ड र कुनैले त भारत नै बनाउने
दाउमा लागिसकेका छन्। यसप्रकारको लाचारी, मजबुरी खडा भइसकेको छ कि देशका
जनताले भोलि आफूलाई के भनेर चिनाउने - देशमा न शासक, न शासन छ, न नीति
छ, न नियम छ, जंगलराज कायम भइसकेको छ। दलका नन्दीभृंगीहरूले जेजस्तो
गर्दा पनि सबै ठिक छ। जनताले न्याय पाउने, गुहार गर्नेसम्म ठाउं छैन। के
यही हो नयां नेपाल - उपभोग्य वस्तु नेपालीको अधिकारभन्दा बाहिर गइरहेको
छ, के यही हो नयां नेपाल - जनताको जिउधनको कुनै सुरक्ष् छैन। सुरक्ष्
अधिकारीहरू आफै असुरक्ष्ँित छन् के यही हो नयां नेपाल - देशको भूमिलाई
विदेशीले कब्जा गरिरहेको छ, जनतालाई घरबार विहिन गराइरहेको छ, के यही हो
नयां नेपाल -
नयां नेपाल नामक क्यान्सरको आडमा दल तथा दलका नेताहरूले कहिलेसम्म
जनताको शोषण गरिरहने हो - सिंहदरबारमा बसेर मानवतामाथि दानवीय तान्डव
कहिलेसम्म गरेर मौजमस्तीमा डुबिरहने हो - सिंहदरबारका नरपिचासहरूको
अन्त्य त एक दिन निश्चित छ किनकि मानवतामाथि दानवता कहिले पनि टिकेको
छैन, सधैं मानवताको नै विजय हुन्छ र दानवता सधैं परास्त हुन्छ।
यसप्रकारको दानवहरूलाई परास्त गर्नको लागि देशका सच्चा देशभक्त,
राष्ट्रवादीहरू जाग्न थालिसकेका छन्। उनीहरूलाई थाहा भइसकेको छ कि हाम्रो
देशका दल तथा नेताहरू पनि अमेरिकीभन्दा कम छैनन्। विगतकालमा अमेरिका
सरकारले कालो हब्सी अमेरिकीहरूलाई सखाप पार्नको लागि एडसको भाइरस तैयार
गरेर कालाहरूको खाना तथा औषधिहरूमा मिसाएर उनीहरूलाई मार्ने प्रयास गरेका
थिए। तर परिणाम उल्टो भयो कालोलाई सखाप पार्ने गोरेहरू संसारमा सबैभन्दा
बढी एडसको शिकार भएका छन्। र, त्यही कालो प्रजातिको व्यक्ति नै उनीहरूको
राष्ट्रप्रमुख भएका छन्। त्यसप्रकार नै नयां नेपाल नामको क्यान्सर
फैलाउने दल तथा दलका नेताहरू नै क्यान्सर पीडित भइसकेका छन्। किनकि देश
सधैं जनताको नै हुन्छ। देश नेता तथा दलहरूको पेवा होइन। देश त देशभक्त
राष्ट्रवादीहरूको पेवा हुन्छ। देभक्तहरूलाई राष्ट्रहित बाहेक केही
चाहिदैन। देशको हरेक काममा अब सच्चा देशभक्त, राष्ट्रवादीहरूले सरोकार
राख्नर्ुपर्छ र त्यसको लागि सच्चा देशभक्तहरूले राष्ट्र सरोकारसम्बन्धी
सबै कुरामा चनाखो भएर दल र दलका नेताहरूको कर्ूकर्महरूको विरोध
गर्नुपर्छ। देशको प्रत्येक कुरामा प्रत्येक नेपालीको बराबर अधिकार हुन्छ।
राष्ट्रहितप्रति सजग, चनाखो हुने नै सच्चा देशभक्त राष्ट्रवादी हुन्छ।
हिमाल, पहाड तराइ, मेचीदेखि महाकालीसम्म नेपालीहरु एक ढिक्का भइ राष्ट्र
सरोकारप्रति इमान्दारीका साथ लागि राष्ट्र बचाउने काममा लाग्नुपर्छ र
क्यान्सर रोगबाट पीडित क्यान्सर फैलाउनेहरूलाई देशबाट त के संसारबाटै
बिदा गराउनुपर्छ। राष्ट्र सरोकारमा लाग्ने सबै नेपालीको धर्म पनि हो,
कर्तव्य पनि हो यही नै सच्चा देशभक्त राष्ट्रवादीको पहिचान पनि हो ।
-वीरगंज


0 comments:

Feeds Comments