Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Monday, December 7, 2009

1 नसक्नेले कुर्सी ओगट्ने कि राजीनामा दिने ?

-सरोजदिलु विश्वकर्मा-
राज्यमन्त्री करिमा वेगमले पनि पर्सा जिल्ला प्रशासन अधिकारीलाई पड्काएर
वहादुरी देखाईन्, त्यसको वहादुरी पनि वर्तमान प्रधानमन्त्रीलाई दिनै
पर्दछ, जवकि यस्ता वहादुर मन्त्रीलाई झापु हान्ने मन्त्री बनाउने त
प्रधानमन्त्री नै हुन्। हाम्रो क्रान्तिकारी अग्रगामी पार्टीका
प्रधानमन्त्री- माधव नेपाल ! उनको प्रधामन्त्री हुने इतिहाससंगै एउटा
इतिहास अर्को पनि इतिहास बस्यो, चिल्लो गाडी नपाएपछि, ज्रि्रअ कुटिने
नजिर। वरु पीडित अधिकारी उल्टै सरुवा गरिन्छन्। महिला प्रहरीमाथि
सहकर्मीले नै सामुहिक वलात्कार गर्ने गरेको पनि यसैपाली वाहिर आयो। तर
सुत्केरीलार्इर्र्जाँजरकोट पुगी राजधानी ल्याई उपचार गराउने
प्रधानमन्त्रीद्धारा अपराधीहरुलाई कारवाही गरिदैन। आफ्नै पार्टीका वामदेव
गौतमलाई खुस्काएर गृहमन्त्री बनेका भिम रावलको पनि यी दुवैलाई कारवाही
गर्ने केही जोर चल्दैन।
फेरि माधव नेपाल धनगढीमा पुगेर डुक्रिन्छन्- माओवादीको अस्तित्व सखाप
हुन्छ। आफ्नो धोतीमा फलेको भैंसी नदेख्ने, अर्काको जिऊको जुम्रोको वखान।
उनले पत्तै पाएका छैनन्- मदन भण्डारी र मनमोहनको योगदानले श्रृजिएको
एमाले स्वयं पतनको संघारमा पुगीसकेको। फेरिपनि उनी भन्दैछन्- संविधान
नबने त्यसको जिम्मा माओवादीले लिनर्ुपर्दछ। तर सायद सत्ताको शूरमा इतिहास
बिर्सर्ेेहोस गुमाएको हो की बुढो भएर पनि गाई ओगटीरहेको हो- आफ्नै
कार्यकर्ताहरुको भावना विपरीत नाम्ले लागेको गाईको पुच्छर समाएर वैतर्नी
तर्न खोज्ने आफैं, आफैं अरुलाई दोष दिने ! न त वाछीलाई पार्रतर्न दिन्छन्
उनी न त पुच्छर नै छोड्छन्। अतः पार्रतर्न नसक्नुको दोष कसले लिने त्यो
भविश्यले नै बताउने छ।
२०५२ साल पछि कुनै जमाना यस्तो थियो- वहुमत र अल्पमतको नाममा नेपाली
कांग्रेस र शेरहादुर देउवाहरु कौरव खान्दान र हस्तिनापुरको दुगर्तीको
प्रमुख पात्रका रुपमा थिए र नारायणहिटी दरवार धृतराष्ट्रको अनिर्णयको
वन्दी बनेको थियो र त्यसैमा गिरिजा, देउवा, र्सर्ुयवहादुर,
लोकेन्द्रवहादुर र मिलीजुली द्रौपदी वस्त्रहरण गर्नुमा आफ्नो विजय
ठानीरहेका थिए। सो ताका यिनै गच्छेदार, खुमवहादुर र शरदिसिंहरुहरु सुतक
भई वैंकक् पुगेका थिए, जुनवेला यिनै र्सर्ुयवहादुर, लोकन्द्रवहादुर र
शेरवहादुरहरु ती मान्याहरुलाई होटल-होटलमा वन्धक बनाई गर्भधान
गर्राईरहेका थिए। अनि माधव नेपालहरु पाण्डु-पुत्र बनेर असत्यको विजयमाथि
निरिह थिए। आज माधव नेपाल नै यो कान्तिपुरको प्रमुख कौरव पात्र बनिरहेका
छन् भने गच्छेदार, भण्डारीहरु लगायतका काग्रेस मन्त्रीहरु तिनका प्रीय
अनुजहरु। जसले अर्का द्रौपदीहरुको वस्त्रहरण गर्दै सत्यको विजय भएको अहम्
पालीरहेका छन्। ओली मार्काहरु भने सकुनी बनेर पासा पल्टाइरहेका छन्।
परिणामतः महिला प्रहरीमाथि नै सहकर्मीहरुको वलात्कार, रुन्ची महराजस्ता
दलित वालिकाहरुको सामुहिक वलात्कार अनि हत्या। वेगमहरुको ताण्डव नृत्य।
यस्ता घट्नाका दुशासनहरुलाई कौरव पात्रहरुले आफ्नै द्धारदलानमा पालेर
राखेका छन्।
यता एमाले दरवार भने कर्ण-कुटी बनेर असत्यलाई निरिह स्वीकारीरहेको छ। ऊ
कट्वाललाई कारवाही गर्न सहमति दिन्छ, अनि कारवाही गरेपछि एकल निर्णय
भन्छ, मध्येराती राष्ट्रपति भवन पुगेर विन्ती बिसाउँछ, अनि विहान उठेर
राष्ट्रपतिको गलत कदम भन्छ। संविधान बनाउन गएका सभाषदहरु भत्ता खान्छन् र
माधव, गिरिजा र प्रचण्डको सत्ता सयरका लागि घोडे-तवेले, हुक्के र जुत्ते
बनिरहेका छन्। उदाउँदो नेता भनेका विद्या भण्डारी, शंकर पोख्रेल र
मिनेन्द्र रिजालहरु तिनै कौरवहरुका पुजारी बनि आफ्ना अनुजहरुको
दुस्साहसलाई विज्ञान बनाई यत्रतत्र प्रसारप्रसार गरिरहेका छन् भने विचरा
गगन थापा, नरहरी, प्रदीप गिरी र प्रदीप ज्ञवालीहरु द्रोणाचार्य बनेर
नुनमा विकाऊ भईरहेका छन् र आज हाम्रो मुलुकले यही दुगर्तीहरुको भोगीरहेको
छ।
यहाँ माओवादीको वखान गाइएको होईन। एकक्षण कुनै स्वाथै नराखिकन, पहिले म
यो मुलुकको नागरिक हुँ, त्यसपछि कार्यकर्ता वा मेरो जाति भनेर सोच्दा
जो-कोहीको मन-मथिङ्कगलमा यही परिणाम उब्जिन्छ। यस अर्थमा वामदेव गौतमले
भनेजस्तै भुस, वियाँ, कनिका मिलेर चामललाई अल्पमतमा पार्ने यो सरकार नै
यो मुलुकको दुगर्ती र संविधान नबन्नुको कारक हो भनेर नभनिरहन सकिदैंन। यस
कौरव विज्ञानले स्वयं हाम्रो एमाले पनि पतनको दोसाँधमा पुगिसकेको छ।
अर्थात हिजोका अनुजहरुको चक्रब्युहमा नेकपा एमाले नराम्ररी फस्दै गएको छ।
अतः एमाले र कांग्रेसमा देश भाँड्मै जाओस् नभन्ने, सत्यको पक्षक्षर
अभिमन्युहरु कोही ज्युँदा छन् भने यी पुराना अनुजहरुको चित्कारबाट दुवै
पार्टीलाई जोगाउनु पर्दछ।
यता माओवादी पनि आफैंले गरेको गल्तिमा गर्दै आज पछुताईरहेको छ। हिजो
गिरिजा वा माधवलाई राष्ट्रपति नदिँदाको परिणाम आज ऊ नागरिक
सर्वोरुच्चताको स्वस्तानी कथा भजन गरीरहेको छ। आफ्नो वाईसीयल दस्ताले
हिजो सत्ताको मातमा प्रचण्ड थैवहरुलाई हत्या गर्दाको पाप भागीरहेको छ। तर
जो-कोहीले बुझेको छ- माओवादीले नेतृत्व पाएकै घढीमा यस्ता नागरिक
सर्वोरुच्चताहरु एकैदिनमा वहाली हुनेछन्। अनि उसले फेरि नागरिक
सर्वोच्चताको नाममा सत्ता सयरको वल्छीमात्रै थाप्दै स्वायत्त जातीय राज्य
घोषणा गर्ने अर्को चरणको आन्दोलनको घोषणा गरेको छ, जुन शान्ति सम्झौता र
अन्तरिम संविधानको मर्म विपरीत हो। यसो गर्ने हो भने संविधान सभाको कुनै
अर्थ रहदैंन। जसले तत्कालै मुलुकलाई भयावह टकरावको स्थितीमा पुर्याइरहेको
छ भने भविश्यमा यो जातीय राज्यले अर्का छोटा-वढा राजाहरु र राजखलकलाई
जन्माउन खोजीरहेको छ। परन्तु यसको प्रतिफलमा दलित, मुश्लिम तथा जनजजाति र
मधेसी भित्रैका जनहरुलाई रैतीको दर्जामा पुर्याउँने छ र अन्ततः यो
मुलुकमा जातजातिका नयाँ-नयाँ जंगवहादुर जन्मने छन्। तिनै जंगवहादुरहरुको
दलवलमा अल्पसंखयक जातिहरु सखाप हुनेछन्।
अतः यस घढीमा फेरिपनि गिरिजाको भूमिका र भनाई नै सर्वोपरी हुनसक्दछ।
शुशिल, पौडेलहरु छेऊछऊमा बसेर ङयारङयार र ङुरङुर गरिरहन्छन्, जसले हिजो
एमालेलाई पनि एक्ल्याएर वहुमतको नाममा वियाँ-कनिकाहरुको राज चलाएकै हुन्।
यिनको नौटङ्गी र तमासामा यो मुलुकको हिजो पनि अन्धकार भएकै हो, भविश्य
पनि त्यस्तै हुनेवाला छ। त्यर्सथः इतिहासमा भूल भयो भनेर पश्चाताप गर्दै
सम्भवतः लाहाछाप रामवरणले राजीनामा दिई गिरिजालाई त्यो भूमिका दिनु,
माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु नै यतिवेलाको
आवश्यकता हो। स्वार्थी र वाहुनका पगरी भिरेकाहरु नभएतापनि अधिकांश एमाले
कार्यकर्ताहरु यही पक्षमा छन्। त्यसले र्सवहारा पक्षधरलाई एउटै मोर्चामा
उभ्याउनेछ र द्रुतकर गतिमा संविधान निर्माणको प्रकृया अगाडि बढाउने छ भने
विकासको गतिलेसमेत अग्रगामी छलाङ्ग मार्नेमा दुइमत छैन। होईन, वहुमतको
नाममा फेरिपनि यही गतिलाई स्वीकार्दै जाने हो भने यो मुलुकमा फेरि अर्को
असोज १८ र माघ १९ गतेहरु निम्तीने छन्। त्यो दिन हिजोका ज्ञानेन्द्रले
मात्रै निम्त्याउने छैनन्। त्यसका लागि वहुमत जनताको साथ हुनेछ। त्यसवेला
यी आजका कौरव अनुजहरु सवभन्दा अगाडि त्यसलाई अनुमोदन गर्न तयार हुनेछन्
भने माधव-केपीहरु आफ्ना प्रीय अनुज मुसाहरुले धोखा दिएकोमा पुरपुरोमा हात
लगाएर पाखा लाग्ने छन्। एमालेले भने गाडिएको रथलाई निकाल्दा निकाल्दै
गर्दन काटिएको थाहा पाउने छैन र उसको काटिएको गर्दन माओवादी कहाँ छ भनेर
खोज्दै दिल्ली पुग्नेछ।


1 comments:

Feeds Comments
Anonymous said...

कुरा सत्य भ​ए पनि भाषा एकदम तल्लो स्तरको लाग्यो । Birgunj Today ले लेखकलाई सम्झाओस ।