Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Saturday, December 5, 2009

सञ्जीव सत्याल
E-mail : sanjeevsatyal@gmail.com

२०६१ साल कार्तिक १९ गते सोमवार राजा ज्ञानेन्द्रले शाही संवोधन सहित शेर
वहादूर देउवालाई बर्खास्त गरी शासन सत्ता आफ्नो हातमा लिई आफ्नो
अध्यक्षतामा मन्त्री परिषद गठन गरी देशको सवै संयन्त्र दुरुस्त बनाई तीन
बर्षा पुन जनतालाई फिर्ता गर्छु भनी र्समथन मागे । त्यस कदमले कांग्रेसको
पुरानो ढर्रराको शासकीय प्रकोपबाट पिडित जनता उत्साहित भए र शाही कदमको
तत्काल विरोध गरेनन् । तर उनको मन्त्री परिषद सदस्यमा उही पञ्चायतका पनि
हार्डलाइनर नेपाली राजनीतिका खलपात्र मात्र ल्याइए । तैपनि जनताले
त्यसपटक राजाको साथ दिने मन बनाए । तर ज्ञानेन्द्रको शाही शासनले जनतालाई
पञ्चायतको दूर्गन्ध बाहेक केही पनि दिनै सकेन । त्यसबेला ज्ञानेन्द्रसंग
एक कार्याक्रम असफल भए अर्को कार्यक्रम स्वतः लागूहुने गरी देशव्यापि
रुपमा सवैकुरा सेट गरीएको छ त्यसैले अव राजाले निर्धात रुपमा ७/८
बर्षअगाडि लान्छन र देशमा अव केही हु्न्छ भन्ने सवैले सुनेका, सोचेका
थिए । तर राजासंग देशलाई पञ्चायतिकरण गर्नु बाहेक केही पनि रहेनछ । त्यस
शाही सरकारले केही गर्न नसकेकोले जनतामा ६ महिनामै वितृष्णा शुरु
भैहाल्यो । पहिल्यै संसदिय शासन त्यसमा पनि कांग्रेसको शामन्ती शासनबाट
जनता कुनै राहत नपाई करीव डेढ दशक देखि पहिल्यै आहत भएका र शाही शासन र
कांग्रेसको शासनशैली 'हात्तिमाथी चप्पल राखेपनि, चप्पलमाथी हात्ति
राखेपनि उस्तै हो नानु' भनेझै लाग्ने भएकोले उनीहरु संसदिय दलहरुले कुनै
राम्रो शासन र राहत हामीलाई दिने छैन भनी चुपै बसेका थिए । तर जव
माओवादीसंग आठबुदै सहमति भयो, कांग्रेसको निहित स्वार्थर्ी शामन्ती शासन,
ज्ञानेन्द्रको कुनै काम नलाग्ने शाही शासन, देशभर माओबादी जनयुद्धले थकित
र त्रसित, माओवादीका नाराहरु, राजाको पञ्चायती प्रतिगमन विरुद्ध देशमा
गणतन्त्र आउने, जनताले देशभर जातियतामा विभिन्न गणराज्य बनाउन पाइने,
शान्ती अपरिहार्य रहनु र माओवादीलाई नजिताई शान्ति असम्भव भएकोले हर
कोणबाट निस्सासिएका नेपाली जनताले नयाँ परिवर्तन र स्थायी शान्तिको लागि
देशभर देस्रो जनआन्दोलनमा होम्मीए । फलतः १९ दिने आन्दोलननै देशमा शान्ति
र गणतन्त्र ल्याउने कारण बन्न पुग्यो । त्यस पछि फेरी कांग्रेसकै
नेतृत्वमा अन्तरीम सरकार बन्यो । त्यसबखत कांग्रेस अव हामी जनतालाई मालिक
संझि जनतानैलाई केन्द्रविन्दू मानी शासन गर्ने छौ भन्न त थाल्यो तर उसले
आफ्नो पुरानो शामन्ती छुद्र र्ढरा नत पार्टर्ीी छाड्न सक्यो नत सरकारमा ।
उ कहिल्यै पनि परिवर्तन हुन सकेन । उसको केन्द्र भनेकै भारत लगायत विदेशी
सरकारको इशारा रहन पुग्यो । फलतः आफूलाई एक सेन्टीमिटर पनि परिवर्तन
गर्नै नसकेकोले उसले एक मात्र प्रजातान्त्रीक पार्टीनै गत आम चुनावमा
नराम्रोसंग हार्र्यो । सत्ता गुमायो, तर पनि उसमा आज पनि कुनै परिवर्तन
आएको छैन । उ आजपनि जनताको मन छुने गरेर आत्मा समिक्षा गर्ने पक्षमा छैन
। उ आज पनि जसरी भए पनि जनतालाई टाङ्गमुनीबाट छिराउन चाहान्छ । त्यस्तै
आज पनि कांग्रेस बरु भारत र विदेशीहरुलाई गुहार मागेर सत्तामा पुग्ने र
सत्ता टिकाउने तर आफ्नो पार्टी स्वार्थ मानी केही मुठ्ठीभर बदनियत भएका
चाकडिबाजहरु ( ति पनि परेको बेला दुलो तिर लुक्न जान्छन), नातेदार,
आफन्तहरुलाई साथलिई, जनताले नराम्रोसंग हराइदिदा पनि अझैपनि जनतलाई
बेवास्ता गर्ने उही पुरानो शैली कायम गर्दै आएका छन् । अहिले माओवादीले
यस्तरी आन्दोलनको आँधिबेहरी ल्याउदा पनि उ अझै पनि अर्को ज्ञानेन्द्र
बन्न आफ्नो पुरानो बेकारको दुष्ट शैलीमा कुने परिवर्तन ल्याउन तैयार
देखिदैन ।
अर्को बैकल्पिक कांग्रेस समाजमा स्थापित भए अर्कै कुरा हो, हैन भने
त्यस्तो विसंगत पार्टीलाई प्रजातन्त्रको नाममा जनताको बाध्यकारी मत
मिल्ने गर्दैआएको पार्टीकांर्ग्रेसमाथीनै प्रजातन्त्रमा विश्वास गर्ने
जनताको विश्वास टिक्न/टिकाउन बाध्य छन् । त्यसलाई अफ्ना पुरानै विकृत
व्यवहार मौजूद रहेका नेताहरुले आफ्नो महत्व जनतामा केही नगरेपनि कायम
रहेको नठाने हुन्छ । त्यसैले अव प्रजातन्त्रमा विश्वास गर्ने देश भरीका
जनताले नै कांग्रेसमा र्सार्वजनिक हस्तक्षेप गर्न पाउनु पर्छ । हैन भने
प्रजातन्त्रमा विश्वासगर्ने जनताले वाध्य भएर एक जुट भएर वास्तविक
व्यवहारमा अर्कै प्रजातान्त्रीक पार्टी खोल्ने छन् । कांग्रेसका पहिलो,
देस्रो अझै तेस्रो पुस्ताका नेताहरुको कुरै नगरौं अव पनि पार्टीमा तिनका
हाली मुहाली रहने हो भने कांग्रेस भोली रा.प्र.पा वा प्रजापरिषद जस्तै
पार्टी बन्छ । जति प्रजातान्त्रीकीकरण भएको भनिए पनि उसका आम जनताप्रति
गरीने व्यवहार आजपनि सही छैन । अर्थात जनताले यहि कांग्रेसी मोडेललाई
आदर्श मान्ने गल्ति गरे पार्टी, पार्टीजनको लागि प्रजातन्त्रीकरण होला तर
जनताले यो जन्ममा प्रजातन्त्र उपभोग गर्न पाउने छैनन् ।
हामीले बुझने कांग्रेस बन्न कांग्रेसको सदस्यता समेत नलिएका
प्रजातन्त्रमा विश्वास राख्ने हर राष्ट्रिय जीवनका हर क्षेत्रका संपूर्ण
नेपाली जनता त्यसका अलिखित सदस्य हुनु पर्ने हो । पार्टीमा पार्टीजन
भन्दा मतदाता जनताले बढी हक दाबी गर्न पाउनुपर्ने हो । तर आज पार्टीको
सदस्यहरुले ( जहाँ आजसम्म रातदिन गाँउगाँउमा खटने कार्यकर्ता छेउलगाइएका
छन् र चैते कांग्रेसहरु लिग्यासीवाला र असक्षम नेताहरुको चाकडि गरी विना
कुनै योगदान तरक्कि गर्दै आएका छन् ) कांग्रेसमा सीमा तोकेका छन् र
त्यसमा पनि गिरिजा र शेरवहादूर गुटमा बाँडिएका छन् । यि बीच एक आपसमा
बोलचाल समेत छैन । गिरिजा वा शेर बहादूरका फेवरवाला कार्यकर्ता हुन पाए
पछि यिनले जनतालाई कुकुरलाई जस्तो व्यवहार गर्छन् ।
आज माओवादी लाखौ जनता सडकमा उतारी राजधानीनै अस्तव्यस्त गरी रहदा पनि
कांग्रेसका कथित नेताहरुलाई जनतालाई आफूतिर आकर्शित गर्ने तिर कोही
इच्छुक छैनन् । केवल 'माओवादीहरु सफल हुदैनन' भन्ने, आत्मरत्तियुक्त
प्रतिवादमा उनीहरुको दिनरात वित्दो छ । आज २२ दलको सरकारमा हालिमुहाली
गर्न पाउनुनै उसको लागि ठूलो उपलब्धि भएको छ । तै पनि गएको ५ महिनामा
कांग्रेस सम्मिलित सरकारले के नै गर्न सक्यो र ? पार्टीमा जनतालाई छुद्र
असभ्य व्यवहार र सरकार निर्जीव भएर तोप बोकेको माओवादीसंग हातमा ढुंगा
लिएर यसै गरी मनगढन्ते अभिव्यक्ति दिएर लडदै जानेहो भने कांग्रेस त चुनाव
हार्ला , त्यो जनताको सरोकारको विषय होइन, तर त्यस पछि यदि माओवादी
एकमाने सरकार बनाएर सत्तामा पुगे कांग्रेसको सदस्य पनि नवनेका तर आम भइ
बसेका प्रजातन्त्रमा विश्वास राख्ने जनता जो करोडौमा छन्, माओवादी शासकिय
प्रकोपका शिकार हुनेछन र उनीहरुले राज्य विरुद्ध केही गर्न सक्ने छैनन् ।
त्यस बखत कांग्रेसी नेता र कार्यकर्ता त मारिएलान, भाग्लान वा थुनिएलान
तर प्रजातन्त्रमा विश्वास राख्ने जनता मियोको अभावमा ५० औ बर्षराज्यको
पञ्चायतकालमा जस्तै वा त्यो भन्दा पनि क्रुर जीवन बाँच्न बाध्य हुने छन्
। किनकी अहिलेको कांग्रेस र कांग्रेसी नेताहरुको तुच्छ आत्मकेन्द्रीत
व्यवहार र रणनीतिले - देउवालाई किन गिरिजाको उत्तराधिकारी मान्ने ?
पार्टीमा शत प्रतिशत पदाधिकारी निर्वाचित हुदैमा जनताले आफूलाई असभ्य
व्यवहार गर्ने नेता कार्यकर्तालाई किन प्रजातान्त्रिक मान्ने ? ती त्यहाँ
कहाँबाट आए ?) जनता किन कांग्रेसको पछाडि लाग्ने ? त्यसमाथि माओवादी
जनतामाथी भौतिक आतंक फैलाउछ रे, भौतिक गुण्डागर्दी गर्छ भनेर मानौ, के
कांग्रेसले आजसम्म सत्तामा बसेर जनतामा स्वेत आतंक फैलाउने र तार्किक
गुण्डागर्दी गरेको हैन ? कांग्रेसको शासनमा एक जनाले पनि प्रजातन्त्रको
फाइदा उठाउन पायो र ? माओवादीको कारण देशमा १३ हजार मान्छे मारीए होलान र
केही लाख मान्छेले साँच्चैनै दुख पाए होलान, तर कांग्रेसको बीस बर्षे
कालो शासनमा करोडौ मानिसको जीवन बर्वाद भएको छ । यस्ता तुच्छ सोच भएका
नेता कार्यकर्ताले के भोली जनतालाई माओवादीको रणनीति विरुद्ध जनतालाई
प्रजातन्त्रको छाहारी दिइ बचाउन सक्छ ? पार्टी महाधिबेशन पश्यात दोस्रो
पुस्तामा जाला , तर त्यो त नयाँ बोतलमा पुरानै रक्सी राखे जस्तै भएन र ?
त्यसैले भोली माओवादीको प्रकोपको सामना गरेर देश र जनतालाई चीर काल
परयन्त प्रजातान्त्रीक बातावरणमा जीउन सक्ने बनाउन सक्छ की सक्दैन ?
सक्दैन भने , पार्टीमा र्सार्वजनिक हस्तक्षेप तत्काल गराउन जरुरी छ, र
जनताले जसरी भन्छन् अव पार्टी यसरीनै चल्न सकोस र पार्टीले देश र जनतालाई
माओवादी प्रकोपबाट बचाउन सकोस ।
मैले यहाँ भन्न खोजे जस्तै प्रजातन्त्रमा विश्वास गर्ने जनतामार्फ
र्सार्वजनिक हस्तक्षेप गर्ने/गराउने हो भने कांग्रेसलाई अझै पनि ५०/६०
बर्षकुनै गैह्र प्रजातान्त्रिक पार्टीले जीत्न सक्दैनन् । हैन भने
अहिलेको कांग्रेस मानसिकताले उसलाई त केही फाइदा हुदैन र उ समाप्त हुने
छ, तर देशमा अर्को सशक्त प्रजातान्त्रिक पार्टी नभएको अवस्थामा देशमै
प्रजातन्त्र कायम हुनेछैन र नेपालीहरु ५० औं बर्षमाओवादी निरंकूशतामा
दविने छन् । त्यसैले यदि नेपाली कांग्रेसले पार्टीमा र्सार्वजनिक
हस्तक्षेप गर्न जनतालाई आहृवान नगर्ने हो भने प्रजातन्त्रमाथी विश्वास
राख्ने नेपालीले जनताले कांग्रेसैको विरुद्ध बैकल्पिक प्रजातान्त्रीक
शक्ति अहिलेनै स्थापित गरी हाल्नु पर्ने छ हैन भने कांग्रेसको अहिलेको
चालाले त्यो पार्टी त गयो गयो, हामी नेपाली पनि ५० सौं
बर्षप्रजातान्त्रीक माहौलबाट बञ्चित हुने छौं ।
चेतना भया ।



0 comments:

Feeds Comments