Monday, August 31, 2009
0 याद राखे - ६७ जेठ
- अ के ला

अग्रगमनका कामकुरा लथालिङ्ग मिल्काएर थुतुना मात्रै चलाईरहेका यहाँका
राजनीतिक गोबरगणेशहरुबाट दिक्क लागेपछि पंक्तिकारलाई ५८ जेठ १९ गतेको
घटना याद आयो जसमा दरवार हत्याकाण्डका मृतकहरुको किरियाकर्मपछि एकजना
बाहुनलाई काट्टो ख्वाएर सदाको निम्ति चारभाज्याङ्गको खाल्डो कटाईएको
थियो। काट्टो खुवाएर एकचोटी चारभाज्याङ्ग कटाईएपछि फेरी फेरी त्यो काट्टे
बाहुनलाई चारभाज्याङ्ग खाल्डोभित्र पस्ने अनुमति छैन। जुन हिसावले यहाँका
राजनीतिक गफाष्टहरु फोस्रा भाषण र गफबाटै तेल निकाल्न खोजिरहेका छन्
यिनलाई पनि सहिदहरुको काट्टो नख्वाई नहुने स्थिति आज देखापरेको छ।

संविधान लेख्ने जनताको लागि हो। संविधान लेखिएपछि जनता बलिया हुन्छन्।
जनता आफ्नै सूर धन्धामा लाग्छन् र हामीलाई बेवास्ता गर्नथाल्छन्।
यिनीहरुलाई केवल हुन्छ हुन्छ मात्र भनिरहनु पर्छ लेखिहाल्नु हुँदैन।
संविधान लेख्नुपर्छ नलेखि हुँदैन भन्नु एउटा कुरा हो र त्यो लेख्नु अर्को
कुरा। यो भनेको हामीले आफ्नै खुट्टामा बाचरो हान्नु हो। यहाँ जे जस्तो छ
ठीकै छ यस्लाई बदल्नु हुन्न। यसमै सबैको कल्याण छ। यस्ताखाले चिन्तन र
मानसिकतामा यहाँका सबैखाले कामचोरहरु एकमुख र गोलबन्द छन्।

खलिल जिव्रान्का कुकुरहरुले आफ्नो जातीय हक र हितका निम्ति निकै प्रयास
गरे। तिनका नेताले अथक प्रयास गरे। गाउँका भुस्याहा कुकुहरु जम्मा गरेर
तिनको एउटा नाईकेले त्यहाँ विद्यमान अस्तव्यस्तता र अव्यवस्थाका बारेमा
भाषण दियो योजना बनायो रणनीति तयार पार् यो। युगौँ युगदेखि मालिकहरुको
जुठ्यान र सडेगलेका खानेकुरा र मालिकले खाएर बाँकी रहेका साह्रा तिखा
हड्डीमा गुजारा चलाउने कुकुरहरुलाई आफ्नो नेताको अग्रगामी चिन्तन भाषण
योजना र रणनीति ज्यादै राम्रो लाग्यो। सबैले त्यसमा लालमोहर लगाए।

त्यो भेलापछि गाउँमा कुकुरहरुले आफ्नो ड्यूटी गर्नछाडे। गाउँमा कुकुरको
भुकाई एकदम बन्दै भयो र गाउँ सूनसान् भयो। कुकुरका मालिकहरु आश्चर्यचकित
भए। परन्तु युगौँदेखि भुक्दै आएका कुकुरहरुलाई केही दिनको आन्दोलनपछि नै
भुकाई बिनाको जिन्दगी निरस र दिग्दार लाग्नथाल्यो। नाईकेको आदेश आए
कतिखेर भुकौँ र आफ्नो ड्यूटी बजाउँ सबैलाई लाग्नथाल्यो। तर कसैलाई पनि
जातीय हक हितसँग सरोकार राख्ने प्रतिवद्धता तथा संकल्प तोड्ने आदेश थिएन
जस्ले गर्दा कुकुरहरु असंमाजस्यतामा परिरहे।

कुकुरहरुको त्यो असंमाजस्यता धेरैवेर रहेन। किनकि त्यत्तिकैमा कताकता
एउटा जोडदार भुकाई सुनियो-भौँ भौँ भौँ भौँ। सबै कुकुरहरु दङ्गदास परे।
सबै कुकुरहरु आफ्नो जातीय हक हितसँग गाँस्सिएको प्रतिवद्धता एवं
संकल्पप्रति एकदम् दृढ थिए। उनीहरुले निधै गर्नसकेनन् कि के भैराख्या छ र
त्यो भुकाई कुनचाहीँ कुकुरको थियो। कुकुरहरुले गल्ली-गल्ली चेक्जाँच
गर्नथाले। चेक्जाँचको क्रममा एक ठाउँमा पुगेपछि कुकुरहरुमा आश्चर्यको
सिमै रहेन। किनकि जुन कुकुरको भुकाई तिनीहरुले सुनेका थिए त्यो भुकाई
उनीहरुको आफ्नै नेताको थियो जो मास्तिर मुण्टो उठाएर मज्जासँग भुकिरहेको
थियो। त्यो देखेपछि सम्पूर्ण कुकुरहरुमा पनि ज्यानमा ज्यान आयो र
सम्पूर्ण भ्रान्ति मेटियो। लामो समयसम्म नभुकेका थुतुनाहरु दिल फुकाएर
भुक्नथाले र ड्यूटी बजाउनथाले।

यस्तै एउटा कथा छ साँढेहरुको। जंगलमा तीन ठूला साँढेहरु थिए। तिनीहरुमा
खूव दोस्ती थियो। जंगलका अन्य जीवहरुले उनीहरुको त्यो दोस्तीलाई उदाहरणको
रुपमा लिनेगर्दथे। साँढेहरु निरोगी हट्टाकट्टा र देख्दैमा डरलाग्दा थिए।
उनीहरुको एकता र ताकतको अन्दाज लगाउँदै उचित मौकाको ताकमा घात लगाएर
बसिरहेको एउटा बब्बर शेर त्यही जंगलमा बस्दथ्यो जो तीमध्ये कुनै पनि
साँढेलाई ऊ एक्लै आँट्नसक्तैनथ्यो। कसरी हुन्छ शेर ती साँढेहरुलाई मार्न
चाहन्थ्यो र शिकारको लुफ्त उठाउन चाहन्थ्यो। तर साँढेहरु बीचकेा एकताले
शेरलाई केही गर्न दिईरहेको थिएन।

बब्बर शेरले साँढेहरुको एकता तोड्न एउटा माहिर खेलाडी फ्याउरालाई बोलाएर
ऊसँग परामर्श लियो। फ्याउराले तुरुन्तै त्यो कामलाई अन्जाम दिईहाल्यो। जस
अनुसार फ्याउरो ती साँढेहरु छेऊ गयो र एउटा साँढेसँग भन्यो-तिमी यता आऊ त
तिमीलाई एउटा अर्जेन्ट कुरा सुनाउँछु।

त्यो साँढे फ्याउरो नजिकै गयो। फ्याउराले साँढेको कानमा केही मन्त्रणा
गरेझैँ फुस्फुसायो मात्रै। दुई मित्रले आफ्नो मित्रसँग फ्याउराले के
भन्यो भनी सोध्यो। केही हैन साँढेले भन्यो। दुई मित्र ऊसँग रिसाउँदै
भन्यो-तैँले हामीसँग कुरो लुकाईस अव हामी तँसँग छैनौँ तँ जा।

त्यस्तैगरी फ्याउराले ती दुई साँढेलाई पनि पालैपालो कानमा केही भनेझैँ
गरी फुस्फुसायो मात्रै। फ्याउराको चाला ती दुवैले पनि बुझ्नसकेनन्। एकले
अर्कासँग फ्याउराले भनेको कुरो बुझ्न चाहे। तर फ्याउराले उनीहरुका कानमा
केही नभनी केवल फुसफुसाएको मात्र हुँदा बिचराहरुमा एकले अर्कालाई
ढाँटेझैँ देखियो र तीन मित्र तीनतिर लागे। यसरी तीन मित्र साँढेहरुको
एकता तोडियो र बब्बर शेरले पालैपालो तिनलाई आफ्नो शिकार बनाए। यस अर्थले
कतै हामी खलिल जिव्रानका ती कुकुर जस्तो बनेर नेताहरुद्वारा निर्देशित
बकम्फुसे नीति निर्देशनको पालना गर्दैछौँ त कतै ती साँढे जस्तै बनेर हामी
एक अर्कासँग अलग्गिएका छौँ। आखिर हामी जे गर्दैछौँ गलत गर्दैछौँ र
भयानकभन्दा भयानक गल्ति गर्दैछौँ।

सहिदहरुको काट्टो खाएर चारभाज्याङ्गबाट तडिपार निष्काशित हुने
हैँसियतका यहाँ धेरै छन्। गरिवले आफ्नो गाँस काटेर जम्मा गरेको राष्ट्रिय
ढुकुटीलाई आफ्नो पुख्र्यौली सम्पत्ति ठान्नेदेखि भएभरका खोलानालाहरुको
सौदा गर्ने दलालहरुसम्म लाउडा धमिजा साउथ चाईना एअरवेजका अपराधीहरुसम्म र
जनताको नासो राजाको चरणकमलमा चढाएर बिशुद्ध स्वामिभक्ति देखाउने
चटुषष्टीयोगिनी र नन्दीभृङ्गीहरुसम्म पनि त्यही खाल्डाभित्र छन्। अरु
छाडौँ पुरातन नेपालको खरानीमा टेकेर सम्वृद्ध नयाँ नेपाल निर्माणको डिङ्
हाँक्नेहरु समेत त्यही खाल्डोमा थुनिएका छन्। जवसम्म खाल्डामा बसेर
जनताले तिरेको तिरो लुँड्याएर उतै बेपत्ता हुनेहरुलाई सहिदहरुको काट्टो
ख्वाएर त्यहाँबाट निकाला गरिँदैन तवसम्म सहिदपत्नीहरुद्वारा श्रापित यो
भूमि कलान्तरसम्म अभिशप्त नै रहिरहने छ।

आठ हजार सहिदका चितामा दागबत्ति दिईसकेपछि अढाईसय वर्षको राजतन्त्र पाखा
लाग्नासाथ यहाँ थुप्रै परिवर्तन हुनुपर्दथ्यो भएन। दण्डहिनता घट्नुपर्ने
थियो-घटेन झन् बढ्यो। परिवर्तनले कोल्टे फेरेपछि जनतामा निहित
अनुशासनहिनता उछृङ्गलता उदण्डता घट्नुपर्ने थियो-घटेन झन् झन् बढ्यो र
कहिल्यै नदेखिएको अनुशासनहिनता र उदण्डता मुलुकमा देखापर् यो। जुन
स्वतन्त्रताको निम्ति मानिसले बिद्रोह गरे रगतको खोलो बगाए त्यसको उल्टो
भैदियो र यो स्थिति देखापर् यो।

२०६७ जेष्ठ। अर्थात नेपाली जनतालाई अग्रगामी संविधान दिईने अन्तिम घडि।
त्यस घडिमा पनि यहाँका नेताहरुले सत्ताको सिनुमै र् याल काढ्न छाडी भाषा
लगायतका सबै विभेदलाई बिसे्रर २०६७ जेष्ठमा नेपाली जनतालाई नयाँ नेपालको
अग्रगामी संविधान दिनसकेनन् र फेरी पनि कुनै बहानाबाजी गरेछन् भने
नालायकहरुलाई सहिदहरुको काट्टो ख्वाएर सदा सर्वदाका निम्ति चारभाज्याङ्ग
खाल्डो कटाउनैपर्ने हुन्छ। अन्यथा आम नेपाली र नेपालको बर्बादी त्यही
दिनदेखि नै आरम्भ हुनेछ। अतः याद राखे सबैले २०६७ जेठलाई र बानेश्वर
प्रस्थान गर्न तम्तयार रहनू। अस्तु।

Subscribe to:
Post Comments (Atom)
0 comments: