Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Monday, August 31, 2009

0 याद राखे - ६७ जेठ

- अ के ला

अग्रगमनका कामकुरा लथालिङ्ग मिल्काएर थुतुना मात्रै चलाईरहेका यहाँका
राजनीतिक गोबरगणेशहरुबाट दिक्क लागेपछि पंक्तिकारलाई ५८ जेठ १९ गतेको
घटना याद आयो जसमा दरवार हत्याकाण्डका मृतकहरुको किरियाकर्मपछि एकजना
बाहुनलाई काट्टो ख्वाएर सदाको निम्ति चारभाज्याङ्गको खाल्डो कटाईएको
थियो। काट्टो खुवाएर एकचोटी चारभाज्याङ्ग कटाईएपछि फेरी फेरी त्यो काट्टे
बाहुनलाई चारभाज्याङ्ग खाल्डोभित्र पस्ने अनुमति छैन। जुन हिसावले यहाँका
राजनीतिक गफाष्टहरु फोस्रा भाषण र गफबाटै तेल निकाल्न खोजिरहेका छन्
यिनलाई पनि सहिदहरुको काट्टो नख्वाई नहुने स्थिति आज देखापरेको छ।

संविधान लेख्ने जनताको लागि हो। संविधान लेखिएपछि जनता बलिया हुन्छन्।
जनता आफ्नै सूर धन्धामा लाग्छन् र हामीलाई बेवास्ता गर्नथाल्छन्।
यिनीहरुलाई केवल हुन्छ हुन्छ मात्र भनिरहनु पर्छ लेखिहाल्नु हुँदैन।
संविधान लेख्नुपर्छ नलेखि हुँदैन भन्नु एउटा कुरा हो र त्यो लेख्नु अर्को
कुरा। यो भनेको हामीले आफ्नै खुट्टामा बाचरो हान्नु हो। यहाँ जे जस्तो छ
ठीकै छ यस्लाई बदल्नु हुन्न। यसमै सबैको कल्याण छ। यस्ताखाले चिन्तन र
मानसिकतामा यहाँका सबैखाले कामचोरहरु एकमुख र गोलबन्द छन्।

खलिल जिव्रान्का कुकुरहरुले आफ्नो जातीय हक र हितका निम्ति निकै प्रयास
गरे। तिनका नेताले अथक प्रयास गरे। गाउँका भुस्याहा कुकुहरु जम्मा गरेर
तिनको एउटा नाईकेले त्यहाँ विद्यमान अस्तव्यस्तता र अव्यवस्थाका बारेमा
भाषण दियो योजना बनायो रणनीति तयार पार् यो। युगौँ युगदेखि मालिकहरुको
जुठ्यान र सडेगलेका खानेकुरा र मालिकले खाएर बाँकी रहेका साह्रा तिखा
हड्डीमा गुजारा चलाउने कुकुरहरुलाई आफ्नो नेताको अग्रगामी चिन्तन भाषण
योजना र रणनीति ज्यादै राम्रो लाग्यो। सबैले त्यसमा लालमोहर लगाए।

त्यो भेलापछि गाउँमा कुकुरहरुले आफ्नो ड्यूटी गर्नछाडे। गाउँमा कुकुरको
भुकाई एकदम बन्दै भयो र गाउँ सूनसान् भयो। कुकुरका मालिकहरु आश्चर्यचकित
भए। परन्तु युगौँदेखि भुक्दै आएका कुकुरहरुलाई केही दिनको आन्दोलनपछि नै
भुकाई बिनाको जिन्दगी निरस र दिग्दार लाग्नथाल्यो। नाईकेको आदेश आए
कतिखेर भुकौँ र आफ्नो ड्यूटी बजाउँ सबैलाई लाग्नथाल्यो। तर कसैलाई पनि
जातीय हक हितसँग सरोकार राख्ने प्रतिवद्धता तथा संकल्प तोड्ने आदेश थिएन
जस्ले गर्दा कुकुरहरु असंमाजस्यतामा परिरहे।

कुकुरहरुको त्यो असंमाजस्यता धेरैवेर रहेन। किनकि त्यत्तिकैमा कताकता
एउटा जोडदार भुकाई सुनियो-भौँ भौँ भौँ भौँ। सबै कुकुरहरु दङ्गदास परे।
सबै कुकुरहरु आफ्नो जातीय हक हितसँग गाँस्सिएको प्रतिवद्धता एवं
संकल्पप्रति एकदम् दृढ थिए। उनीहरुले निधै गर्नसकेनन् कि के भैराख्या छ र
त्यो भुकाई कुनचाहीँ कुकुरको थियो। कुकुरहरुले गल्ली-गल्ली चेक्जाँच
गर्नथाले। चेक्जाँचको क्रममा एक ठाउँमा पुगेपछि कुकुरहरुमा आश्चर्यको
सिमै रहेन। किनकि जुन कुकुरको भुकाई तिनीहरुले सुनेका थिए त्यो भुकाई
उनीहरुको आफ्नै नेताको थियो जो मास्तिर मुण्टो उठाएर मज्जासँग भुकिरहेको
थियो। त्यो देखेपछि सम्पूर्ण कुकुरहरुमा पनि ज्यानमा ज्यान आयो र
सम्पूर्ण भ्रान्ति मेटियो। लामो समयसम्म नभुकेका थुतुनाहरु दिल फुकाएर
भुक्नथाले र ड्यूटी बजाउनथाले।

यस्तै एउटा कथा छ साँढेहरुको। जंगलमा तीन ठूला साँढेहरु थिए। तिनीहरुमा
खूव दोस्ती थियो। जंगलका अन्य जीवहरुले उनीहरुको त्यो दोस्तीलाई उदाहरणको
रुपमा लिनेगर्दथे। साँढेहरु निरोगी हट्टाकट्टा र देख्दैमा डरलाग्दा थिए।
उनीहरुको एकता र ताकतको अन्दाज लगाउँदै उचित मौकाको ताकमा घात लगाएर
बसिरहेको एउटा बब्बर शेर त्यही जंगलमा बस्दथ्यो जो तीमध्ये कुनै पनि
साँढेलाई ऊ एक्लै आँट्नसक्तैनथ्यो। कसरी हुन्छ शेर ती साँढेहरुलाई मार्न
चाहन्थ्यो र शिकारको लुफ्त उठाउन चाहन्थ्यो। तर साँढेहरु बीचकेा एकताले
शेरलाई केही गर्न दिईरहेको थिएन।

बब्बर शेरले साँढेहरुको एकता तोड्न एउटा माहिर खेलाडी फ्याउरालाई बोलाएर
ऊसँग परामर्श लियो। फ्याउराले तुरुन्तै त्यो कामलाई अन्जाम दिईहाल्यो। जस
अनुसार फ्याउरो ती साँढेहरु छेऊ गयो र एउटा साँढेसँग भन्यो-तिमी यता आऊ त
तिमीलाई एउटा अर्जेन्ट कुरा सुनाउँछु।

त्यो साँढे फ्याउरो नजिकै गयो। फ्याउराले साँढेको कानमा केही मन्त्रणा
गरेझैँ फुस्फुसायो मात्रै। दुई मित्रले आफ्नो मित्रसँग फ्याउराले के
भन्यो भनी सोध्यो। केही हैन साँढेले भन्यो। दुई मित्र ऊसँग रिसाउँदै
भन्यो-तैँले हामीसँग कुरो लुकाईस अव हामी तँसँग छैनौँ तँ जा।

त्यस्तैगरी फ्याउराले ती दुई साँढेलाई पनि पालैपालो कानमा केही भनेझैँ
गरी फुस्फुसायो मात्रै। फ्याउराको चाला ती दुवैले पनि बुझ्नसकेनन्। एकले
अर्कासँग फ्याउराले भनेको कुरो बुझ्न चाहे। तर फ्याउराले उनीहरुका कानमा
केही नभनी केवल फुसफुसाएको मात्र हुँदा बिचराहरुमा एकले अर्कालाई
ढाँटेझैँ देखियो र तीन मित्र तीनतिर लागे। यसरी तीन मित्र साँढेहरुको
एकता तोडियो र बब्बर शेरले पालैपालो तिनलाई आफ्नो शिकार बनाए। यस अर्थले
कतै हामी खलिल जिव्रानका ती कुकुर जस्तो बनेर नेताहरुद्वारा निर्देशित
बकम्फुसे नीति निर्देशनको पालना गर्दैछौँ त कतै ती साँढे जस्तै बनेर हामी
एक अर्कासँग अलग्गिएका छौँ। आखिर हामी जे गर्दैछौँ गलत गर्दैछौँ र
भयानकभन्दा भयानक गल्ति गर्दैछौँ।

सहिदहरुको काट्टो खाएर चारभाज्याङ्गबाट तडिपार निष्काशित हुने
हैँसियतका यहाँ धेरै छन्। गरिवले आफ्नो गाँस काटेर जम्मा गरेको राष्ट्रिय
ढुकुटीलाई आफ्नो पुख्र्यौली सम्पत्ति ठान्नेदेखि भएभरका खोलानालाहरुको
सौदा गर्ने दलालहरुसम्म लाउडा धमिजा साउथ चाईना एअरवेजका अपराधीहरुसम्म र
जनताको नासो राजाको चरणकमलमा चढाएर बिशुद्ध स्वामिभक्ति देखाउने
चटुषष्टीयोगिनी र नन्दीभृङ्गीहरुसम्म पनि त्यही खाल्डाभित्र छन्। अरु
छाडौँ पुरातन नेपालको खरानीमा टेकेर सम्वृद्ध नयाँ नेपाल निर्माणको डिङ्
हाँक्नेहरु समेत त्यही खाल्डोमा थुनिएका छन्। जवसम्म खाल्डामा बसेर
जनताले तिरेको तिरो लुँड्याएर उतै बेपत्ता हुनेहरुलाई सहिदहरुको काट्टो
ख्वाएर त्यहाँबाट निकाला गरिँदैन तवसम्म सहिदपत्नीहरुद्वारा श्रापित यो
भूमि कलान्तरसम्म अभिशप्त नै रहिरहने छ।

आठ हजार सहिदका चितामा दागबत्ति दिईसकेपछि अढाईसय वर्षको राजतन्त्र पाखा
लाग्नासाथ यहाँ थुप्रै परिवर्तन हुनुपर्दथ्यो भएन। दण्डहिनता घट्नुपर्ने
थियो-घटेन झन् बढ्यो। परिवर्तनले कोल्टे फेरेपछि जनतामा निहित
अनुशासनहिनता उछृङ्गलता उदण्डता घट्नुपर्ने थियो-घटेन झन् झन् बढ्यो र
कहिल्यै नदेखिएको अनुशासनहिनता र उदण्डता मुलुकमा देखापर् यो। जुन
स्वतन्त्रताको निम्ति मानिसले बिद्रोह गरे रगतको खोलो बगाए त्यसको उल्टो
भैदियो र यो स्थिति देखापर् यो।

२०६७ जेष्ठ। अर्थात नेपाली जनतालाई अग्रगामी संविधान दिईने अन्तिम घडि।
त्यस घडिमा पनि यहाँका नेताहरुले सत्ताको सिनुमै र् याल काढ्न छाडी भाषा
लगायतका सबै विभेदलाई बिसे्रर २०६७ जेष्ठमा नेपाली जनतालाई नयाँ नेपालको
अग्रगामी संविधान दिनसकेनन् र फेरी पनि कुनै बहानाबाजी गरेछन् भने
नालायकहरुलाई सहिदहरुको काट्टो ख्वाएर सदा सर्वदाका निम्ति चारभाज्याङ्ग
खाल्डो कटाउनैपर्ने हुन्छ। अन्यथा आम नेपाली र नेपालको बर्बादी त्यही
दिनदेखि नै आरम्भ हुनेछ। अतः याद राखे सबैले २०६७ जेठलाई र बानेश्वर
प्रस्थान गर्न तम्तयार रहनू। अस्तु।

Read More...

Wednesday, August 26, 2009

0 अपहरणपछि हत्या

-शैलेश दवाडी-
काठमाण्डूको एउटा कलेजमा पढ्दै गरेकी छात्रालाई अपहरण गरी बिभत्स तरीकाले
मारिएको घटनाले राजधानीमा मौलाउँदै गएको अपराधको श्रृंखलामा एउटा
डरलाग्दो कडी थपेको छ।
बिराटनगरबाट काठमाण्डूमा आएर प्लस टू पढिरहेकी ख्याति श्रेष्ठलाई तीन
हप्ता अघि पुतलीसडकबाट अपहरण गरी १० लाख रुपैयाँ मागिएको बताईएको थियो।
उनको परिवारले अपहरण गर्नेलाई केही रकम दिएको पनि बताइएको थियो।
तर ख्याती सकुशल फर्किनन्। उनको शव टुक्रा टुक्रा पारिएको अवस्थामा फेला प-यो।
प्रहरीका अनुसार परिवारका एकजना पूर्व परिचितले ख्यातीको अपहरणपछि
बलात्कार गरेर हत्या गरेको पाइयो।
दुर्लभ
काठमाण्डूमा चोरी र लूटपाटका घटनाहरु नौला नभएपनि मानिस अपहरणको घटना
ज्यादै दुर्लभ थियो।
केही बर्षअघि सम्म अपहरणको एउटै घटना पनि प्रकाशमा आउँदैनथे। तर आजकल
अपहरणका घटनाहरु सामान्य हुन थालेका छन्।
दुई वर्षअघि कोटेश्वरका एक नाबालक विवेक लुईंटेलको अपहरणले राजधानीमात्र
हैन देशै हल्लाएको थियो ।
तीं कलिला स्कुले बालकलाई पनि अपराधीले गिंडेका थिए।
त्यसैताका कमलादीमा अपहरणमा परेका अर्का एक बालकको शव फेला पर्‍यो जुन
घटनाले राजधानीवासीलाई दुखी मात्र बनाएन बालबालिकाको सुरक्षाप्रति चिन्ता
पनि बढायो।
विवेक लुईंटेलको अपहरण र हत्या भएको साल २०६३ सम्म अपहरण सम्बन्धी कुनै ऐन नै थिएन।
उनका हत्याराहरुलाई प्रहरीले कर्तव्य ज्यान मुद्दा लगाएको थियो।
ऐनको आवश्यकता
विवेक लुईंटेलको अपहरण र हत्या अनि त्यहि घटनाकै अघि पछि भएका केही बच्चा
अपहरणका घटनाले अपहरण सम्बन्धी ऐनको आवश्यकता औंल्यायो।
अपहरण तथा शरीर बन्धक ऐन बनाइ लागु भएयता ६७ वटा अपहरणका घटनाहरु
प्रहरीमा दर्ता भएका छन्।
तर अपहरणका सबै घटनाहरु सबै प्रहरीमा रिपोर्ट गरिएका हुँदैनन।
गुपचुप ढंगले फिरौती बुझाएर अपहरण मुक्त भएका कतिपय घटनाबारे प्रहरीलाई
पत्तो पनि हुँदैन।
अपराधबारे बिशेष ज्ञान राख्ने एक जना कानुनका प्रध्यापक माधव आचार्यका
अनुसार सुरक्षा निकायहरु चुस्त नभएकाले यस्तो अपराध बढेको हो।
उनले भने, "राजनीतिक अस्थिरताका कारण सुरक्षा अंगहरु सकृय भएर पूर्ण
आत्मबलका साथ काम गर्न सकिरहेका छैनन। यसबाट अपराधीहरुलाई प्रोत्साहन
पुगेको मात्र होइन अपहरणमा तुलनात्मक रुपमा खतरा कम र सफल भएमा ठूलै
आर्थिक लाभ हुने देखेर पनि अपराधीहरु यसतर्फ बढी आकर्षित भएका छन्।''
अपहरणका घटनाहरु बढ्न थालेपछि प्रहरीले एउटा छुट्टै निकाय बनाएको छ।
अविश्वास
आफुहरुलाई समयमै खबर गरे सुरक्षा पनि दिन सकिने र अपराधीलाई कानुनको
कठघरामा उभ्याउन सकिने प्रहरीको भनाई छ।
काठमाण्डूका प्रहरी प्रमुख नवराज सिलवाल भन्छन, "अपहरण भएपछि अपहरितका
परिवारले प्रहरीलाई जानकारी नदिनाले प्राय घटनाले दुखद मोड लिने गरेको
छ।"
आफुलाई समयमै जानकारी गराईएमा सुरक्षा दिन सक्ने भनी प्रहरीले आश्वस्त
तुल्याउन खोजेपनि मानिसहरु प्रहरीको क्षमतामा पूर्ण विश्वस्त देखिंदैनन्।
प्रहरीले आफ्नो क्षमतामा मानिसहरुलाई विश्वास दिलाउन नसकेसम्म अपहरणको
बढ्दो आतंक नियन्त्रण हुने संभावना कमै हुने धेरैको भनाई छ।
उनीहरु भन्छन, प्रहरीको क्षमता बढाउन बलियो सरकार जरुरी हुन्छ र बलियो
सरकारका लागि राजनीतिक स्थिरता चाहिन्छ।
यी दुबै कुराको ग्यारेण्टी भएमात्र राजधानीवासीले अपहरण आतंकको कालो छाया
बाट मुक्ति पाउने आशा गर्न सक्नेछन्।
Read More...

Monday, August 24, 2009

0 आम नागरिकले नबुझेको कुरो

- अ के ला-
अव के हुन्छ है त अव के हुन्छ है त भन्दाभन्दै लगभग ५ वर्ष बितिसक्यो र
पनि अझैसम्म आम मान्छेलाई यो सन्त्रासले छाडेको छैन। एकातिर जननिर्वाचित
दललाई पुनः आतङ्कवादी नै सावित गर्न वर्तमान सत्तासिन दलहरुद्वारा रचित
नयाँ र ताजा चक्रव्यूह तथा अघोषित महायुद्धको तैयारी। अर्कोतिर भुटानीकरण
वा सिक्किमीकरणतर्फ क्षयीकरण हुँदैगरेको यहाँको मौजुदा राजनीतिक स्थिति।
अनि आर्थिक मन्दीको कालो छायामा भुईँ न भाँडाका यी महङ्गा भडकिला बेफजूली
खर्चसाथ मनाईने कहीँ नभएका जात्रा पर्व विवाह व्रतवन्धादी। यी
सन्त्रासहरु यति डरलाग्दा छन् कि नचाहेर पनि आम सचेत नागरिकहरु आज हरेक
रात जाग्राम बस्नुपर्ने अवस्था छ।

नेपालीका बच्चाहरुले विदेशमा डलर कमाईरहेको र नेपालमा बस्नेहरुले त्यो
कमाई उडाईरहेको दुनियालाई थाहा छ। देश कङ्गाल भए पनि यहाँ कोही कङ्गाल
नरहेको र उनीहरुको वार्षिक आम्दानी पर क्यापिटा २४० अमेरिकी डलरभन्दा
कैयौँ गुना ज्यादा बढेर दुनियाकै सर्वाधिक सुखी सम्पन्न र सम्वृद्ध
भैसकेको कुरो आज दुनियाले बुझेका छन्। भने जस्तो खर्च गरेर उनीहरु
जोसुकैलाई निचा देखाउने हैँसियत राख्छन् भन्ने यथार्थता जगजाहेर भैसक्यो।
नेपाल र नेपालीको आन् बान् र शान्प्रति आज पूरै दुनिया नतमस्तक छ। फेरी
यस किसिमको फजुली खर्च ध्वाँश् र रवाफ आखिर कस्का लागि केका लागि

विद्वान पाठकहरुले ईमेलमा यो पंक्तिकारलाई केवल राजनीतिक लेख मात्र
नलेख्न सल्लाह दिनुहुन्छ। तर के गर्ने यहाँको राजनीति छ नै यस्तो कि
नचाहेर पनि राजनीतितर्फ गैहाल्छ। ओईलेको एकमुठा सागलाई १० काउली ६० भण्टा
३० टमाटर ६० मूला ४० तिरेर बिहान बेलुकीको गर्जो टार्नुपर्ने आम
मानिसहरु जव बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति झाडापखाला तथा स्वाईन
फ्लू जस्ता बिमारीको सन्त्राशमा बाँच्न विवश भैरहँदा पनि देशका नेताहरु
कानमा तेल हालेर सुतिरहन्छन् भने आम मान्छेको ध्यान राजनीतितिर त तानिन्छ
नै। जव देशको राजनीति देशको व्यवस्था र त्यहाँका राजनीतिक धुरन्धरहरु
निकम्मामाथि निकम्मा बन्दै जानथाल्दछन् तव विषयवस्तुहरु राजनीति त बन्छ
नै। अरु विधातिर चल्न त स्वयँ कलमै पनि मान्दैन। यो बिमारी अन्य
पाटाहरुमाभन्दा राजनीतिमा बढी संक्रमित छ।

सेतो र सफा शर्टमा कसैले ध्यान दिँदैन। गाउँमा पाठशाला खुल्ला स्वास्थ्य
चौकी पाटी पौवा धारा कुवा ईनार आदि बन्दा कसैले त्यसमा ध्यान दिँदैन। तर
त्यही पाठशाला स्वास्थ्य चौकी पाटी पौवा धारा कुवा ईनार बनाउने बेलामा
कसैले बदमाशी गरेको चर्चा चलाईयो भने तुरुन्तै मान्छेको ध्यान त्यसतर्फ
आकर्षित भैहाल्छ। किनकि आजका मान्छेलाई मसालेदार कुरा र चटपटा घटना या
दुर्घटना चाहिएको छ। यी बिना त मान्छेको माईण्ड प्रुेश हुनैछाडेको छ। गजव
त यहाँनेर छ।

राजनीतिमा गल्तिको गुाजाईस हुँदैन। कुनै दिन प्रचण्डद्वारा सेनाध्यक्ष
कटवालमाथि गरिएको विषवमन माओवादीका लागि निकै महङ्गो र गह्रौँ सावित
भैसकेको छ। त्यो बाहेक दुवै सेना ब्यारेकमा रहनेछन् भनी गरिएको १२ बुँदे
बिपरित गएर शिविरमा रहेका जनमुक्ति सेनालाई राष्ट्रिय खेलकुदमा भाग लिन
दिईएको आदेश विवादास्पद सीडी र सत्ता परित्यागको ईमोश्नल निर्णय
माओवादीको यस्तो गल्ति थियो जस्को अहिलेसम्म कुनै गुाजाईशै देखिँदैन।
त्यसबाट उनीहरुको अज्ञानता उदाङ्गिएको मात्रै हैन आफ्नो खाल्डो आफैँले
खन्ने काम भएको छ र ऐतिहासिक निर्वाचनको समेत धज्जि उडाईएको छ। यसका लागि
इतिहासले नेपालका माओवादीलाई सम्भवतः कहिल्यै पनि क्षमा गर्नेछैन।

मानौँ अवोध र जिद्धि बच्चाहरुले त जानेनन् जानेनन्। परन्तु नेपाली
काँग्रेसले त जानेको थियो। किनकि उसँग त ६० वर्षको राजनीतिक अनुभव छ।
कैयौँ पटक उसले सरकार पनि चलाईसकेको छ। बुढो अनुभवी हुनुको अर्थ यो त हैन
कि काँग्रेसले आफुलाई ढुङ्गोमाथिको तित्रो ठानोस् र जनअभिमतकै यसरी बेकदर
गरोस बच्चाले गल्ती गर्नुको अर्थ यो पनि त हैन कि त्यो गल्ति सच्याउने
बच्चालाई मौकै नदिईयोस र त्यसका लागि सधैँभरी उनीहरुलाई डगि नै राखियोस
गल्ति सबैबाट हुन्छ। सबैले गल्तिबाटै सिक्ने हुन्। बच्चालाई राम्रो
कामकुरा सिकाउनु ठूलाबडाको धर्म हो। तर के काँग्रेस एमालेले त्यो
धर्मलाई्र ईमान्दारीताका साथ निभाएका छन् के उनीहरुले यी अबोध
बच्चाहरुप्रति आत्मियताका साथ प्रस्तुत भएका छन् काँग्रेस र एमाले
दुवैले माओवादीको गल्ति र आफुहरु बुढो एवं अनुभवी हुनुको फाईदा
लुट्नखोजेका हैनन् उनीहरु जस्ता धर्मभिरुहरुका लागि यो सुहाउँला

नेपाली राजनीतिमा वर्षौदेखि लाज शरम र संकोच जस्ता शव्दहरुको चयन बहुत कम
देख्न सुन्न थालिएको छ। मानिसहरु हिजोआज लजाउनै छाडेका छन्। शरम मान्नै
छाडेका छन् र संकोच गर्नै छाडेका छन्। जुन हिसावले नेपाली राजनीतिमा
शरमछाडा प्रवृत्ति हावि हुँदैन त्यो कत्ति पनि सुखद छैन। यो प्रवृत्ति
ज्यादै नै पीडादायी छ। जनअभिमतले १ नम्वरमा पुर् याईएकाहरु आज सडक र
सदनमा छन्। २ नम्वरमा पुर् याईएकाहरुमध्ये अधिकाँश सत्ताको रिमोट आफ्नै
हातमा लिएर सत्ता बाहिर बसेका छन् र ३ नम्वरमा पुर् याईएकाहरु देखावटीकै
रुपमा भए पनि आज सत्तामा छन्। महान जनआन्दोलन र ऐतिहासिक निर्वाचनको मर्म
र भावना त्यो किमार्थ थिएन। लाज नामको कुनै चिज छैन यो दुनियामा

नेपालीमा एउटा झर्रो उखान छ-जति बुढो त्यति फुँडो। एउटा बुढो र अनुभवी
दलका हिसावले नेपाली काँग्रेस र एमाले लगायतका दलहरुले हतियार बिसाएर
शान्तिप्रकि्रयामा आईसकेका माओवादीसँग १२ बुँदेदेखि उनीहरुको ९ महिने
सत्तावधिमा जुन किसिमको दुव्र्यहार र बेईमानी देखायो र देखाउँदैछ जुन
हिसावले उनीहरुले नेपाली सेना भारतीय प्रभु लगायतका पूँजिवादी
प्रभुहरुसँग हिजोका बिद्रोहीहरुको बदख्वाईँ गरे गर्दैछन् र १२ बुँदे
झल्लर देखाएर क्यान्ट्रोनमेण्टको कोक्रोमा हालिएका अवोध एवं अनुभवहीन
बच्चाहरुसँग व्यवहार देखाईरहेका छन् त्यो नेपाली जनताप्रतिको सच्चा
उदारता र सदाशयता किमार्थ होईन।

दिगोशान्ति र संविधान लेखन जस्ता अग्रगामी एजेण्डालाई पन्छाएर राजनीतिक
दलहरु एकले अर्कालाई होँच्याउने एक-अर्काको बदख्वाईँ गर्ने र बदनाम गर्ने
चेष्टामा जुटेका छन्। यो सुखद हुँदै होईन। हिजोसम्म केन्द्र जिल्ला र
गाउँ तहसम्म कि्रयाशील रहेका मुख्य राजनीतिक दलहरुको संयन्त्रबाट माओवादी
बाहिरिएको छ। प्रशासनिक काजकाज बाहेक आफ्नो अनुपस्थितिमा महत्वपूर्ण
निर्णयहरु भएगरिए त्यो आफ्नो पार्टीलाई मान्य नहुने माओवादीको चेतावनी
आएको बुझिन्छ। यो स्थितिमा कुनै ठोश निर्णय गर्नसक्ने आँट र स्थिति दुवै
छैन। यो आम जनताको कामकाज र दैनिकी ठप्प हुने संकेत हो।

जलस्रोत लगायतका क्षेत्रमा लगानी गर्न अनुरोध गरिँदा भारतीय
पूँजिपतिहरुले नेपालमा उचित वातावरण नभएको बताएपछि प्रमं नेपालद्वारा
त्यसको सबै दोष माओवादीकै थाप्लामा हाल्ने कोशिस गरियो। जुनसुकै भ्रमणबाट
जतिसुकै सहायता ल्याईए पनि विदेशी भुमिमा गएर परचक्रीका सामु प्रतिपक्ष
दलको बदख्वाईँ गर्ने यहाँका सरकार प्रमुखहरुको यो तरिका एकदम घृणित र
निन्दनीय छ। यस्तो तरिकाले बढ्दो राजनीतिक तनावलाई भडकाउँछ मात्र। यो
बाहेक नेपाल-भारतका दुई गृहमन्त्री बीच जुन किसिमको रहस्यमयी वार्ताको
चर्चा चलेको छ र त्यसको लगत्तै सबै सुरक्षा संयन्त्रहरुलाई
गृहमन्त्रीद्वारा आपत्तिजनक आदेश दिईएको छ त्यसले दन्किएको आगोमा ध्यूको
काम गर्नसक्दछ।

मर्ने मारिने त आखिर नेपाली जनता नै हुन्। हिजो १० वर्षे जनयुद्धका
क्रममा पनि माघ १९ को कदमताका पनि १९ दिने जनआन्दोलनको क्रममा पनि र अव
हुने सम्भावित भिडन्तमा पनि। न हिजो कुनै नेता मरे न हिजो कुनै मन्त्री
मारिए न त मारिए कुनै ठूलाबडा नै। जति मरे मारिए सबै आम मानिस नै मरे
मारिए। मर्ने मारिने त आखिर जनतै हुन्। नेता-मन्त्रीलाई के छ गर्दन
फुलाएर च्याँठ्ठिनु र कार्यकर्तालाई उत्तेजित तुल्याउनु सिवाय जानेकै के
छन् लाठ्साव्हरुले मर्ने त आखिर जनतै हुन् जनताकै छोराछोरी हुन्।

जो नहुनु थियो भैसक्यो। सर्वप्रथमतः सेनाध्यक्षले सरकारको अवज्ञा गर्नै
हुँदैनथ्यो गर् यो। नाथे सानो कुरालाई ईश्यू बनाएर माओवादीले पनि सामान्य
स्पष्टीकरण सोधेर नसिहतका साथ सरकार चलाईरहने अवस्था छुँदाछँदै चावी
मिल्काउनै हुँदैनथ्यो मिल्काईयो। आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार
बन्नुपर्ने माओवादीको जिकिरलाई सत्तापक्षले ठाडै ईन्कार गर्दैछन्।
भावावेशमा त्यागिसकिएको सत्ता पुनः प्राप्तिको यो मोहलाई आम मान्छेहरुले
आज थुकेको थूकसँग तुलना गर्नथालेका छन्। आज जीवन-मरण एवं प्रतिष्ठाको
विषय बनेको नागरिक सर्वोच्चताको पुनर्वहाली र उनीहरुको अगुवाईमा
राष्ट्रिय सहमतिको सरकार यी दुवैमा कुरो मिलेन भने माओवादीसँग अरु के
विकल्प रहन्छ ए कोही त बताओ आम नागरिकलाई कि त्यसपछि मुलुकमा अव के के
हुन्छ अस्तु।

Read More...

Saturday, August 22, 2009

0 ए सम्धिनी के बन्छ र नयाँ संविधान, बाबुराम नयाँ नेपाल कुन चराको नाम

एक वर्षपछि आएको छ भदौ ७ गते हरितालिका तीज । धार्मिक आस्था र
सांस्कृतिक महत्व बोकेको विशेषगरी महिलाहरुले निर्धक्कसंग नांच्ने गाउने
दिन तीज पर्वमा महिलाहरु आपुनो अटल सौभाग्य र जीवनमा सुख शान्ति र
समृद्धिको आशा बोकेर भोकै बसेर नांचेर गाएर मंगलमय दिनहरुको कामना
गर्दछन् । सर्वसाधारण महिलादेखि उच्च घरानाका महिलाहरुसमेत सोह्र
श्रृंगारले सजिएर देवस्थलहरुमा लाग्ने मेला भरेर सम्पूर्ण दुःखको जीवन
भुल्ने दिन हो तीज पर्व । साथी संगिनी इष्टमित्र घरपरिवार मिलेर मीठो
परिकार दर खाने पर्व हो तीज । महिलाहरुको बेदना बिसा्रउने पर्व हो तीज ।

सत्य युगमा हिमालयको छोरी पार्वतीले महादेव पति पाऊ भनि भाद्र शुक्ल
द्वितीयाका दिन दर खाइ भोलिपल्ट तृतीयाका दिन निराहार ब्रत बसेको र ब्रत
सफलीभूत भएको िकंवदन्ती छ । ऋषि पंचमीमा पवित्र नदी पोखरीमा स्नान गरी
महिलाहरुले सप्तऋषिको पूजा गर्छन् । प्राचीनकालदेखि नै सनातन धर्मको थलो
धार्मिक सहिष्णुता भएको राष्ट्र भएकोले तीज पर्वमा हिन्दू महिलाहरुसंग
अन्य धर्मका अनुयायी महिलाहरु पनि संगसंगै नांचिरहेका हुन्छन् । अन्य
पर्वभन्दा तीज पर्वमा हर्ष एवं उमंग महिलाहरुमा बढी देखिन्छ । बालबालिका
विवाहित महिला अविवाहित युवती वृद्ध नारी र पुरुषहरु आपुनो दैनिक काम नै
भुलेर नांचगानमा मस्त हुन्छन् -तीज पर्वमा । तीज पर्वलाई तराइमा विशेष
ढंगले मनाउन तराइका सर्वसाधारण महिला सरकारी तथा गैरसरकारी संघसंस्था
राजनीतिक दलका महिला संघ संगठनहरुले पहल गर्न खोजेको पाइदैन । नारी
सशक्तिकरण र नारी जागरणको नारा दिइ महिलाहरुको उत्थानको क्षेत्रमा
कार्यरत व्यक्ति संघसंस्थाले तीज पर्वलाई तराइमा नारी स्वतन्त्रता दिवसका
रुपमा मनाएर बढीभन्दा बढी महिलाहरुलाई नांचगानमा सरिक गराउन सकेको भए
सकारात्मक परिवर्तनको दिशामा उल्लेखनीय बल पुग्ने थियो । तीज राष्ट्रिय
रमाइलो पर्व हो । संचार माध्यम टेलिभिजन एफएम रेडियो पत्रपत्रिकाले तीज
पर्वलाई विशेष महत्व दिइरहेका छन् । टेलिभिजन र रेडियोमा महिनौ अघिदेखि
तीजका गीत प्रशारित भइरहेका छन् । तीजको गीत सुन्ने सबै यत्तिकै रमाएका
छन् उनीहरुको मन बेस्सरी रोमािाचत भएको छ ।

तीज पर्वमा महिलाहरुको लागि माइत बा-आमाको घर निकै महत्व हुन्छ । सुदूर
पश्चिमका महिलाहरुले विरक्तिको गीत गाउंदै भन्दछन्-

गाइ हुन्याको त घांस काटन्या नहुनेको के काटन्या

माइत हुन्याको त माइत जान्या नहुनेको कहां जान्या ।

वर्ष दिनसम्मको जीवनमा भोगेको पीर व्यथा गीतमा अभिव्यक्त गर्दछन् ।

दुःखी महिलाहरु हृदय खोलेर गाइरहेका छन्

यो मनमा घाम कहिले लाउलान

हाम्रा दिन आउलान कि नआउलान्

सुखी महिलाहरु हांसी खुशी भनिरहेका छन्

वर्ष दिनको चाड तीज आयो बरि लैं

आमा दिदी बहिनी नांचौ बरिलै

सिर्जनशील महिलाहरुले गीतबाट भन्दैछन्-

ए सम्धिनी के बन्छ र नयां संविधान

भन बाबुराम नयां नेपाल कुन चराको नाम

तीजका महिलाहरुले गीतबाट महान जनयुद्ध लडेर आएको संविधानसभामा ठूलो
राजनीतिक दल बनेको एकीकृत नेकपा माओवादीसंग धेरै प्रश्न गरिरहेका छन्
धेरै आशा राखेका छन् । जिम्मेवार एवं जवाफदेही पार्टी बन्न आग्रह गरी
अन्य पार्टीहरुलाई उपेक्षु गरिरहेका छन् । तीजका बेला महिला कलाकारहरुले
माओवादी बाहेक अन्य पार्टीको चर्चा नगरेबाट के स्पष्ट हुन्छ भने जनस्तरमा
अरु पार्टीहरुको साख अत्यन्तै गिरेपछि चर्चा गर्न समेत लायक देखिएन ।

तीजको बेला नेपाल अधिराज्यको हिमाल पहाड र तराइका सबै क्षेत्रमा
गुन्जिरहेको गीतको बोली छ-

गांस बास कपास रोजगारीको व्यवस्था हुनुपर्छ ।

अब गरिबहरुले पनि सुख शान्तिका साथ बांच्न पाउनु पर्दछ ॥

त्यस्तै देशको राजनीतिक बिग्रेको देखेर चिन्तित छन् तिजालु महिला-

काम गर्न खोज्नेको खुट्टा तानातान

सानो तिनो कुरामा ढुंगा हानाहान

कहिलेसम्म गर्ने हो कुसर्ी तानातान

सन्धिनी के बन्छ र नयां संविधान

जनता ढांट्ने नेताहरुलाई तिजालु महिलाहरुले गाली गरिरहेका छन्-

यो नेपालमा राम्रो दिन आउंला कि नआउला

दोषी भ्रष्टाचारी अपराधीलाई कारबाही कहिले होला

भनेर गीत गाउंदै तीजका महिला उन्मुक्तिसंगै चिन्तितसमेत बनेका छन् ।

Read More...

Wednesday, August 19, 2009

0 गुडवील भ्रमणः एक विश्लेषण

- अकेला-
आकाशमा र समुद्रमा कति पानी छ भन्ने कुरो आकाशबाट वर्षिनथालेपछि र
समुद्रभित्र डुवुल्की लगाएपछि थाहा हुन्छ। तर सत्तामा जाने र सत्ताबाट
चिप्लिनेहरुका मनमा के कति दम्भ द्वैश र खुराफात हुन्छ भन्ने कुरो कसैलाई
थाहा हुँदैन। जव देशका नेताहरु आफ्नो मुलुकको विकास निर्माणमा कम र आफ्नै
बिकास निर्माणमा ज्यादा ध्यान दिनथाल्दछन् तव उनीहरुबाट गरिने राजनीतिको
कुनै तुकै बाँकी रहँदैन।
अस्ति मंगलबार सपत्नी ६४ सदस्यीय टोली सहित प्रमं माधवकुमार नेपाल भारतको
सदभावना भ्रमणमा निस्केपछि नेपालको राजनीतिक वृत्त एकाएक तात्तिएको छ र
बिभिन्न अडकलबाजीहरु हुनथालेको छ। सत्तारोहणसँगै भारत भ्रमण गर्नु यहाँका
नेताहरुको पुरानो चलन हो तापनि वर्तमान सरकारको गुडवील भिजिट भनिएको यो
भ्रमणमा परराष्ट्र मन्त्री सुजाता कोईराला जाने पक्कापक्की भैसके पनि ऐन
मौकामा स्वास्थ्यको कारण देखाई स्वयँ प्रमं। नेपाल उनका सल्लाहकार रघुजी
पन्त अर्थमन्त्री लगायत तमलोपाका राजेन्द्र महतो सहित निस्केको यो
यात्राको सुरुमै दाँतमा ढुङ्गा लागेको छ।

काँग्रेसकी वरिष्ठ नेतृ उर्फ भविष्यकी प्रधानमन्त्री उर्फ वर्तमान
परराष्ट्र मन्त्री सुजाताले स्वास्थ्यको बहानामा वर्तमान सरकारको पहिलो
भ्रमण रद्ध गरेकी छिन्। तिनले त्यसो गरेर एमालेको नेतृत्वमा नेपाल-भारत
बीच हुनसक्ने सन्धी-सम्झौता तथा त्यसबाट निस्कने नकारात्मक परिणामबाट
नेपाली काँग्रेसले कतै आफुलाई ढुङ्गोमाथिको तित्रो सावित गर्नखोजिरहेको त
छैन किनभने गुडवील भ्रमण भनिएको यो भ्रमणले भविष्यमा अपेक्षाकृत गुडवील
कमाउनुको सट्टा एमालेले नचाहेर पनि नेपाल र नेपालीसँग गद्धारी हुनसक्ने
सम्भावना एकदम बलियो छ।

बलेको आगो ताप्ने केही पत्रपत्रिकामार्फत वर्तमान सरकारले भारतसँग
विद्युतको प्रसारण लाईन नौमुरे जलविद्युत परियोजना पाचेश्वर
बहुउद्देश्यीय परियोजना हुलाकी राजमार्ग विकास निर्माण लगायत छात्रवृत्ति
संग्रहालय निर्माण बाग्मती संरक्षण तथा व्यवस्थापन जस्ता कुराहरु उठाउने
र त्यसमा भारतले सहयोग गर्ने हल्ला पिटाईएको छ र सरकारको यो हल्लाले
केन्द्रदेखि जिल्ला तहका सबैखाले सरकार सम्बद्ध दलहरुका
नेता-कार्यकर्ताको नाक घिरौँला जत्रो बनेका छन्। के यी बिचराहरुलाई थाहा
छैन होला कि भारतले नेपालसँग के चाहन्छ

नेपालको भुमिबाट भारतले चीनको सुक्ष्म अध्ययन गर्न चाहन्छ भन्ने कुरो
बिचराहरुलाई थाहै छैन होला र नेपालको अपार प्राकृतिक सम्पदामाथि
उनीहरुका आका भारतले युगौँदेखि आफ्नो गिद्धेदृष्टि गाड्दै आएको र मुख्य
मुख्य सम्पदाहरुमाथि उसकै राज चलिरहेको कुरो लाठ्साब्हरुलाई ह्याका छैन
होला नेपाल आतङ्ककारीहरुका निम्ति सुरक्षित स्थल नबनोस र त्यसैको निम्ति
त्रिभुवन बिमानस्थलको परिसरभित्र स्क्यानर राख्न प्रस्ताव गरेको कुरो
उनीहरुलाई थाहै छैन होला अनि त्यहाँ उत्पादित वस्तु बिक्री गर्ने मुख्य
हाटबजारको रुपमा हेरिएको यो भुमिको अर्थ र राजनीतिमाथि मजबुत पकड कायम
राख्न भारत कति आत्तुर छ भन्ने कुरोलाई जानाजान् बुझपचाउनेहरुसँग कसरी
सकिन्छ पाठक

विगतको ९ महिने शासनकालमा महाकाली र टनकपुर जस्ता मुख्य नदीहरुमाथि
सम्झौता गरेर एकचोटी चुकिसकेकाहरुको यो सद्भावना भ्रमण आफैँमा कति
सद्भावपूर्ण र फाईदाजनक छ भन्ने कुरो प्रमं माधवकुमार नेपाल त्यहाँबाट
फर्केपछि थाहा भैहाल्नेछ। यस बाहेक नेपालको हित विपरित कुनै
सन्धी-सम्झौता नगर्न प्रमं नेपाललाई प्रमुख प्रतिपक्ष दल एकीकृत ने।s।पा।
माओवादीको चेतावनी समेत आईसकेको हुँदा माओवादीको त्यो चेतावनी बिपरित
कुनै सन्धी-सम्झौता गरिए वर्तमान सरकारको खैरियत नहुने ठोकूवा माओवादीहरु
गर्दैछन्।

उसोत राजनीतिका दुईवटा पाटा हुन्छन्। एउटा पाटा यस्तो हुन्छ जो सरकार
बाहिर बसेर गरिन्छ र सत्तासाचालनसँग त्यसको कुनै सम्बन्धै हुँदैन।
अर्को यस्तो पाटा हुन्छ जो सरकारमा बसेर गरिन्छ र निकै कठिन तथा
चुनौतिपूर्ण हुन्छ। सरकारमा छउाजेल सबै राम्रो र सरकारबाट हट्नासाथ
सबैथोक नराम्रो कुरुप र घिनलाग्दो देखिनुको कारण पनि यही हो। यो एउटा
यस्तो राजनीतिक बिमारी हो जसको कुनै उपचारै छैन।

हामीकहाँ भएका सबै राजनीतिक दलहरुमध्ये सरकार चलाउन सवैभन्दा सजिलो एमाले
र नेपाली काँग्रेसलाई छ। सबैभन्दा कठिन माओवादीलाई छ। किनकि माओवादीलाई
भारतले हेर्ने दृष्टिकोण र एमाले तथा नेपाली काँग्रेसलाई हेर्ने
दृष्टिकोणमा आकास पातालको अन्तर छ। एमाले र नेपाली काँग्रेस दुवै दललाई
भारतले सहोदर भाइका रुपमा हेर्नेगरेको छ भने माओवादीलाई सौताको छोरोको
रुपमा। नेपालको शासन साचालनमा यही कठिनाई छ। किनकि चीनले चाहेरै पनि
यहाँका माओवादीलाई केही गर्नसक्तैन। तर एमाले र नेपाली काँग्रेसले नचाहेर
पनि भारतले उनीहरुलाई सहयोग गरिरहन्छ र यस्ताखाले सद्भावना भ्रमणहरु
भैरहन्छन्।

भारतीय खुफिया एजेन्सी रअ को सकि्रयतामा माओवादीलाई १२ बुँदे
समझदारीभित्र छिराउनु उनीहरुलाई निशस्त्र तुल्याईनु छापामारहरुको गिन्ति
गरिनु दोस्रो जनआन्दोलनको पृष्ठभूमि तयार गरिनु राजतन्त्र फ्याँकिनु बेबी
किङ्ग सेरेमोनियल किङ्गदेखि सेरेमोनियल राष्ट्रपतिको चर्चा चलाईनु
बिद्रोही नेता प्रचण्डको विवादास्पद भिडियो टेप सार्वजनिक हुनु उनीहरुको
नेतृत्वमा रहेको सरकारद्वारा दिईएको आदेश नेपाली सेनाध्यक्षद्वारा अवज्ञा
गरिनु राष्ट्रपति लगायत प्रायशः दलहरुद्वारा त्यसलाई अनुमोदन गरिनु
नागरिक सर्वोच्चताको उल्लंघन बताईनु बिद्रोहीहरु अनयास सरकारबाट हट्नु
गिरिजाको मुखबाट नेपाली सेनालाई हाई एलर्टमा रहन सुझाव दिईएको खुलासा
यतिखेरै गरिनु र जोरीखाजे माओवादीको हालत तामिल टाईगस्रको जस्तै हुने
चेतावनी आउनु संविधान सभाको निर्वाचनमा भारी बहुमतले बिजयी हुनेहरु
सत्ताविमुख हुनु र हार्नेहरु सत्तामा पुग्नु मन्त्री पदले बिभुषित हुनु
लगायत आवश्यक परे भारतले सैन्य सहयोग उपलब्ध गराउने रक्षामन्त्रीको
स्पष्टोक्ति लगत्तै स्वयँ प्रधानमन्त्रीकै तात्त्तातो भ्रमण आदिलाई आम
वुद्धिजिवि सर्कलले परेला नझिम्काईकन हेरिरहेका छन्।

माओवादीले १० वर्षसम्म साचालन गरेको जनयुद्ध भारतमा हुर्केको र त्यहीँका
बिभिन्न अस्पताल तथा डिस्पेन्सरीहरुमा माओवादीका घाईते छापामारहरुको
उपचार गर्ने गरिएको एकथरी भारतीयहरुको भनाई छ र उनीहरुलाई आवश्यक पर्ने
सबै हातहतियारहरु त्यहीँ खरिद गर्नेगरेका कारण माओवादीहरु यहाँसम्म
आईपुगेको भन्न अर्काथरी भारतीय रुचाउँछन्। त्यस्तै माओवादीहरु सत्तामा
आइसकेपछि उनीहरुलाई सत्ताच्यूत गर्न आफ्नो ठूलो रहेको बताउन पनि केही
भारतीयहरु पछि पर्दैनन्। माओवादीप्रति भारतीयहरुका यी फरक दृष्टिकोण नै
यहाँको सर्वहारा क्रान्तिका लागि सर्वाधिक खतरा छ।

माओवादीको चीन भ्रमण र एमाले तथा नेपाली काँग्रेसको भारत भ्रमणमा कुनै
भिन्नता छैन। चीनको सद्भावना भ्रमणमा निस्केर एकातिर माओवादीहरु भारत
लगायत नेपालका पूँजिवादी तथा दलाल पूँजिवादीहरुलाई चाईना कार्ड देखाउन
चाहन्थे भने उनीहरुको अवशानपछि नेपाल सरकार प्रमुखको यो भारत भ्रमणले
आफ्नो निम्ति चुनौति बनिरहेका भारतीय कार्ड फ्याँकेर शक्ति सन्तुलनका
निम्ति माओवादीहरुलाई तसा्रउन खोजेजस्तो देखिन्छ। कुनै समयमा
उपप्रधानमन्त्री बनिसकेका वर्तमान प्रमं नेपाल यो मामिलामा कति सफल
हुन्छन् या हुँदैनन् त्यो भविष्यले नै बताउला। परन्तु सत्तासाचालनको जुन
बुझ्नै नसकिने नौटङ्की यहाँ बारम्बार खेलिँदैछ त्यसबाट नेपाल र नेपाली
जनताप्रति महाशयहरुको भित्री मनसाय प्रष्टसँग बुझ्न भने कत्ति गाह्रो
पर्दैन।

एमाले यतिखेर केही सच्चिएझैँ देखिएको छ। गाउँ गाउँ पुर् याउन नसकिएको
विकास बजेट यतिखेर सर्वत्र पुगेको छ। यदि उसले ढुलमुले तथा दोहोरो चरित्र
मात्र त्याग्नसक्यो र आफ्ना नाममा परेको यो चिठ्ठालाई सही ठाउँमा उपयोग
गर्नसक्यो भने सँसारको कुनै पनि ताकतले उसलाई सत्ताबाट हटाउनसक्ने छैन।
उपरवाला देता है तो छप्पर फाड्के देता है भनेको शायद यही नै हुनुपर्छ
पाठक। अर्थात तेस्रो वरियतामा परेको दल-सरकारमा र पहिलो वरियतामा परेको
दल-प्रतिपक्षमा १ वाह रे तकदीर १

माओवादीको भाग्यमा यतिखेर राहु र शनि जस्ता शक्तिशाली ग्रहहरुको छाया
परेको छ। महामुश्किलले हासिल भएको सत्ताको माछो फुत्किनाको कारण पनि
त्यही थियो। पुनः सत्तामा आउन उनीहरुले निकै डण्डा पेल्नुपर्नेछ। अर्थात
ती शक्तिशाली ग्रहहरुको १००८ मन्त्र जप गर्नैपर्ने हुन्छ भने अमेरिका र
भारत जस्ता जल्दाबल्दा नक्षत्रहरुको कृपादृष्टी कायम हुनाले काँग्रेसको
भाग्य उहिल्यैदेखि निकै बलवान रहँदैआएका कारण काँग्रेस चाहे सत्तामा रहोस
वा नरहोस शक्ति सन्तुलनको साँचो जहिल्यैसुकै उसकै हातमा रहन्छ। भाग्यमा
आएर चन्द्रमा बसेकै कारण आफ्नो खप्पर बलियो बनेको कुरो एमालेलाई पनि
राम्ररी थाहा छ। तर भाग्य छ भन्दैमा डोकामा दुध त अड्दैन। सत्तामा
टिक्नका लागि उसले बारम्बार भारतको दर्शन गर्नैपर्ने हुन्छ र त्यसको
पाउमा नेपाली राष्ट्रियताको जल त चढाउनैपर्ने हुन्छ। प्रमं नेपालको यो
भ्रमण पनि सम्भवतः त्यस्कै निम्ति हुनसक्दछ। अर्थात सत्तामा टिकिरहन
भारतीय आकाहरुको आशिर्वाद प्राप्त गर्ने खुफिया चाल। यदि प्रमं नेपाल यो
सम्वेदनशील मामिलामा फेरी पनि चुकेछन् भने एउटा कम्युनिष्ट पार्टी त
इतिहासको कठघरामा पहिल्यै उभिसकेको त छ नै एमाले पनि सँगसँगै त्यही
कठघरामा उभिने छ र नेपाली सर्वहारा क्रान्तिका नाराहरु केवल कितावी
पानाहरुमै सिमित रहनेछन्। अस्तु।

Read More...

Tuesday, August 18, 2009

0 चक्करै चक्कर ः राजनीतिक घन्चक्कर

- अ के ला-
अनेकौँ चक्करै चक्करपछि ठूला दलहरु यतिखेर स्वयँ नै नागरिक सर्वोच्चताको
घन्चक्करमा यसरी फँसेका छन् कि चाहेर पनि उनीहरु त्यसबाट उम्कन सकिरहेका
छैनन् । आम नागरिकको सर्वोच्चतासँग जोडिएको यो विषय स्वयँमा यति गम्भिर र
सम्वेदनशील छ कि त्यसको ज्ञान स्वयँ दलका नेता र कार्यकर्तालाई नै छैन र
नागरिक सर्वोच्चताको जामा पहिर् याईएको यो नयाँ चक्कर प्रतिदिन उग्र
बन्दै गैरहेको छ जसले गर्दा सिङ्गो मुलुक नै प्यारालाईज्ड हुने स्थितिमा
पुगेको छ ।

जुन सर्वोच्चतालाई आम देहाती जनताले कहिले देखेकै थिएनन् जानेकै छैनन्
त्यसवारे सदन र सडकमा हंगामा मच्चिनाले जनताको रोजमर्राको जिन्दगी झन्झन्
बर्बाद हुँदै गएको छ । नागरिक सर्वोच्चतासँग गोरु बेचेको साईनोसम्म
नगाँस्सिएका लाटागाँडाहरु लाटाले केरा हेरेझैँ दलहरुको मुख ताकिरहेका छन्
र नेताहरुले उनीहरुलाई हल्लाईरहेका छन् ।

नागरिक सर्वोच्चताको जामा पहिर् याईएको यो मुद्धालाई यतिविध्न पेचिदा
बनाईएको छ कि यसले आम बुद्धिजिविहरुकै दिमाग चाटेको छ र नेपाली राजनीतिको
हलुवा टाईट भएको छ । नेपाली जनताको नाममा उठाईएको नागरिक सर्वोच्चताको यो
चक्करले मुलुकको अग्रगमनका सम्पूर्ण मार्गहरु अवरुद्ध पारेको छ र मुलुक
एउटा भयानक दुर्घटनातर्फ धकेलिएको संकेत मिलेको छ । यसले गर्दा एक युगमा
आएको संविधान सभा निर्वाचनको त्यो ुएकदिनु ले हिजो नयाँ नेपालको
दिवास्वप्न देखेका लाटागाँडाका लागि चड्कन च्यूरा सावित भएको छ र
दिनानुदिन आफ्ना सर्वोच्चता यहाँका भाटहरुबाटै अपहृत भैरहेको लख् काट्न
थालेका छन् ।

एकजना मुसलमान मित्र थिए । उसले बोलेपिच्छे क्या करेँ यार ए सब टाईम टाईम
की बात है भन्ने गर्दथ्यो । अधिकाँश मित्रहरुले पंक्तिकारलाई तपाईका
शब्दहरु कडा भए । यसलाई अलिकति कम गर्ने हो कि भनेर ईमेलमा लेख्नुहुन्छ ।
के हुन्छ यार शब्दले कट्टु फुकालेर ज्योतिर्लिङ्गको दर्शन गराउनुपर्ने
यहाँका यी भाटहरुमाथि यस किसिमको मेहरवानी किन र केका लागि नेपाली
राजनीतिका यी भाँडहरुप्रति कोही किन नरम हुने यसकारण कि हामी अझै पनि
यिनीहरुप्रति विश्वस्तै छौँ अर्थात यसकारण कि यी भाटहरुबाट मुलुकले कुनै
निकास पाउनेमा हामी अझै पनि ढुक्क छौँ राजनीतिक बाँदरहरु नचाएर पैसा
बटुल्ने यी मदारीहरुप्रति यतिबिध्न सहानुभुति आखिर किन र केका लागि
ढुङ्गा पगाल्न सकिएला बालुवा पेलेर तेल निकाल्न सकिएला परन्तु यी
भाँडहरुले कुनै तिर मार्नेवाला छैनन् सिवाय मुलुकको बर्बादी ।

नागरिक सर्वोच्चता अनिवार्य सर्त हो । झट्ट हेर्दा यो जति सामान्य र
आकर्षक छ त्यति सामान्य र आकर्षक यो व्यवहारमा किमार्थ छैन । यो वारे आम
नेपालीलाई थाहै छैन । आफु र आफ्नो रोजमर्राको जिन्दगीसँग गाँस्सिएको यो
शब्दलाई दलका नेताहरुले जसरी घुमाई फिराई ब्याख्या गर्दैछन् त्यसमा
आफुलाई के फाईदा छ दलका नेताहरु कुन नागरिक सर्वोच्चताको कुरा गर्दैछन् र
हिजो आफ्नो वास्तविक चाहना एवं आवश्यकता के थियो भन्नेसँग लाटागाँडालाई
पत्तै छैन । जुन दिन हाम्रा देहाति लाटागाँडाहरुले वास्तविक नागरिक
सर्वोच्चताको परिभाषा जान्लान् बुझ्लान् भविष्यमा कुनै पनि राजनीतिक
मदारीले जनतालाई बाँदर बनाएर नचाउने हिम्मत गर्ने छैनन् । किनकि अव जनता
जागिसकेका छन् ।

नागरिक सर्वोच्चतालाई राजनीतिक ईश्यू बनाएर एकीकृत माओवादी यतिखेर सदन र
सडकमा छ । मुखले शान्तिपूर्ण भनिए पनि अहम् मुद्धाहरुमाथि छलफल हुनुपर्ने
संविधान सभा कैयौँ दिनदेखि सभासद्हरुका लागि हाजिरी बजाउने र भत्ता
पचाउने थलो बनेका कारण मुलुकमा लगभग भिडन्तको तयारी भैरहेको प्रतित हुन्छ
। यता दलीय सहमति र सम्वाद टुटाएर दलका पानी बाराबारसम्मको स्थितिमा
पुगेका नेताहरु उपराष्ट्रपतिको हिन्दी सपथलाई वैधानिक ठहर् याउन २२ दलीय
गठबन्धनमार्फत संविधान नै संसोधन गर्न त_िम्सएका छन् र देशको मूल
कानूनलाई भविष्यप्रभावीभन्दा पनि भूतप्रभावी बनाउने तर्खरमा जुटेका यी
भाटहरुबाट जनताले आखिर के आस गर्ने कहिलेसम्म आस मात्रै गरिरहने

सेनाध्यक्ष कटवालले माओवादी नेतृत्वको सरकारको अवज्ञा गरेको र
राष्ट्रपतिले चालेको कदमलाई सरकारमै रहेर गम्भिर छलफल गराउनसक्ने अवस्था
विद्यमान छँदाछँदै नागरिक सर्वोच्चताको जामा पहिर् याएर मुलुकमा सैन्य
सर्वोच्चता हावि भएको ठहर गर्दै सरकारबाट बाहिरिएपछि यसका समकक्षी
दलहरुका लागि बाख्रीको पुच्छर काटेर बोकालाई सजिलो बनेको स्थिति छ ।
नागरिक सर्वोच्चता उल्लंघनलाई माओवादीले ईश्यू बनाईरहँदा वास्तविक नागरिक
सर्वोच्चताको उल्लंघन खूद माओवादीहरुबाटै भैरहेको जिकीर उनका समकक्षी
दलहरुको छ । यस किसिमको राजनीतिक घनचक्करमा मुलुकको पूरै राजनीति नै
बेश्याको …॥ जस्तो बनेको छ ।

यहाँनेर बुझ्नैपर्ने कुरो के छ भने युगौँदेखि अपहृत नेपाली जनताका नागरिक
सर्वोच्चता माओवादीको जनयुद्धताका उल्लंघन भएका नागरिक सर्वोच्चता
लोकतन्त्र बहालीपछि उल्लंघन भएका नागरिक सर्वोच्चता माओवादी नेतृत्वको
सरकारद्धारा दिईएको आदेशको उल्लंघन हुँदा उनीहरुद्वारा परिभाषित नागरिक
सर्वोच्चता जस्ता आदि ईत्यादि सर्वोच्चताहरु वास्तवमै नागरिक
सर्वोच्चताका सवालहरु हुन् या यहाँका राजनीतिक भाँडहरुद्वारा रचित यस्तो
चक्रव्यूह जसभित्र तमाम नेपाली जनतालाई हलाल गर्न निर्माण गरिएको बधशाला
योभन्दा गम्भिर सवाल अरु के हुनसक्दछ

ज्ञानेन्द्रको वहिर्गमनदेखि लोकतन्त्र स्थापनासम्म नेपाली सेनाले देखाएको
सदाशयतालाई नेपाली जनताले बिस्रनु हुँदैन र बिस्रदैनन् पनि । माओवादी र
नेपाली सेनाले भित्र भित्रै के खिचडी पकाउँछन् त्योसँग आम जनतालाई हिजो
पनि कुनै लेनादेना थिएन आज पनि छैन । जनतालाई यत्ति थाहा छ कि सरकार र
सेना बीच तालमेल हुनुपर्छ। नागरिक सर्वोच्चताको यो घनचक्करमा यदि नेपाल र
नेपालीले अग्रगमनको निकास भेट्टाउन सकेनन् भने भोली त्यसको भरपाई नगरी
यहाँका यी भाँडहरुलाई सुखै छैन ।

माओवादीले उठाएको नागरिक सर्वोच्चता उल्लंंघनको ईश्यूलाई हेर्ने हो भने
माओवादीको खुफिया सीडी फ्ल्यास् भएपछि मात्र नेपाली सेनाले सरकारको
अवज्ञा गरेको देखिन्छ । आफुहरुलाई नेपाली जनताले संविधान सभाको
निर्वाचनमा सवैभन्दा ठूलो दल बनाएको र आफ्नो दलले ३ करोड नागरिकहरुको
प्रतिनिधिका रुपमा सरकार चलाउने म्याण्डेट पाएपछि आफ्नो आदेश नेपाली
सेनाले नमान्नुलाई माओवादीद्वारा नागरिक सर्वोच्चताको अवज्ञा भनी
परिभाषित गरिएको छ भने त्यो अवज्ञामा कामरेडहरु राष्ट्रपति लगायत शान्ति
प्रकि्रयामा गोलबन्द सबैखाले ठूला दलहरुबाट एक्लिएर झुठ्ठो वृहस्पति
बनिरहेको अवस्था छ । दशौँ हजारलाई चितामा सुताएर हासिल गरिएको सत्तालाई
ईमोश्नल्ली त्यागिएपछि माओवादी चुकिसकेको बताईन्छ । किनकि आतङ्ककारीको
सूचिमा परेर घनचक्करमा फँसेका माओवादीलाई आफ्नो अभिमतद्वारा चोख्याएर
जनताले सत्तामा ल्याएको यसकारण थिएन कि सत्तै त्याग गरुन् र धोवीको कुकुर
जस्तो घरको न घाटको बनून् ।

यहाँ यतिखेर जुन सर्वोच्चताको चक्कर चलाईएको छ यसबाट आम जनताको दिमाग
खराव छ निद्रा उडेको छ । आम जनताले यो किटान गर्न सकिरहेका छैनन् कि
युगौँदेखि अपहृत आफ्ना नैसर्गिक अधिकारहरु नागरिक सर्वोच्चता थिए-थिएनन्
जनयुद्धताका आफुहरुले भोगेका ती अनगिन्ति सास्ती-सासनाहरु नागरिक
सर्वोच्चता थिए-थिएनन् लोकतन्त्र बहालीपछि अपहरण हत्या हिँसा असुली
कब्जा ज्यादत्ति जस्ता अमानवीय वारदातहरुमार्फत उत्पन्न गराईएका अराजकता
उदण्डता एवं दण्डहिनता जस्ता कुराहरु नागरिक सर्वोच्चताभित्र
पर्छन्-पर्दैनन् र नेपाली सेनाले गरेको सरकारको अवज्ञा एवं राष्ट्रपतिको
कदम स्वयँ नागरिक सर्वोच्चताभित्र पर्दथ्यो वा पर्दैनथ्यो तीमध्ये
कुनचाहीँ सर्वोच्चता आफ्नो निम्ति थियो र कुन थिएन या सबैभन्दा भयानक कुन
सर्वोच्चताको उल्लंघनमा थियो जस्ता प्रश्नहरु गँवार देहातिहरुका निम्ति
अझै पनि अनुत्तरित नै छन् ।

युगौँसम्म निरंकुशताको पयरमुनी किचिफाँडो पारिएको नागरिक सर्वोच्चता
जनयुद्धताले उल्लंंघन गरेको नागरिक सर्वोच्चता ज्ञानेन्द्रको माघ १९ को
कदम लगायत लोकतन्त्र बहालीपछि उल्लंघन गरिएका सबै नागरिक
सर्वोच्चताहरुलाई एउटै तुलामा राखेर जोख्ने हो भने केही नजानेका गँवार
देहातिहरुलाई झुक्क्याउने ढाँट्ने र अनुचित प्रभावमा पार्ने खेलमा यहाँका
कुनै भाँड कोहीभन्दा कम छैनन् । जवसम्म यी भाँडहरुद्वारा रचित तमाम
राजनीतिक घनचक्करहरु बन्द हुँदैनन् तवसम्म नयाँ नेपाल त टाढाको कुरा हो
पुरानै नेपालको सपना देख्नु पनि हाम्रा निम्ति दुर्लभ हुनेछ । अस्तु

Read More...

Friday, August 14, 2009

0 राजनीतिक दलहरु मुलुक हाँक्न असफल

-दीपक गजुरेल-
सहकार्य गरेर नयाँ नेपाल बनाउन अघि बढेका संसदवादी राजनीतिक दलहरु र
माओवादीले सहमति त्याग्दै गएका छन्। बन्दूकको बलमा 'सत्ता कब्जा' गर्ने
सिद्धान्त बोक्ने माओवादी र मतपत्रमा बिश्वास गर्ने संसदवादी राजनीतिक
दलहरु फेरि आ-आफ्नै सिद्धान्त र व्यवहार तिर लागेको आभाष पाइँदैछ। जनताको
शासन स्थापना गरी समुन्नत नेपाल बनाउने प्रतिवद्धता बिस्तारै सपनामा
परिणत हुँदै गएकोमा आम नागरिक चिन्तित छन्। तर आपैFmले जनताका सामू गरेको
बाचा बिर्सर्ेेराजनीतिक दल तथा शक्तिहरु मुलुकलाई पुनः मुठभेड तर्फ
धकेल्दैछन्। राजनीतिक दलहरुले यो मुलुकलाई अहिलेको अस्तव्यस्तता र
अराजकतावाट मुक्त गराएर शान्ति तथा स्थिरता दिन सक्लान् र, भन्ने आशंका
व्याप्त छ।
दलहरुको विगत् सुखद् छैन ः
नेपालमा राजनीतिक स्थिरता कायम गर्ने दिशामा राजनीतिक दलहरुको विगत्
सुखद् छैन। २००७ सालमा राणा शासन विरुद्ध भएको क्रान्ति पछिका वर्षरुमा
राजनीतिक दलहरुले पटक-पटक मुलुक हाँक्ने दायित्व लिएका हुन्। तर एउटा
निश्चित शासन प्रणाली स्थापना गरेर देशमा राजनीतिक स्थिरता प्रदान गर्न
दलहरु सफल भएको दृष्टान्त हामीकहाँ छैन।
जनताको साथ र विश्वास प्राप्त गरेर १०४ वर्षो राणा शासन फाल्न सफल
राजनीतिक दलहरुले त्यसबेला घोषित संबिधान सभाको चुनाव गराएनन् /गराउन
सकेनन्। राणा विरोधी सफल आन्दोलनको नेतृत्व गर्ने प्रभावशाली दल नेपाली
काँग्रेस सत्ता पाउना साथ आन्तरिक कलहमा फस्यो। सत्ता प्राप्तिको
लुछाचुँडीले त्यो दललाई राष्ट्र तथा जनताको हितमा सोच्ने समेत फुर्सद
भएन। बामपन्थी दलहरु राजनीतिक स्थिरता पहिल्याउनुको सट्टा अर्काको खुट्टा
तान्ने खेलमा लागे। विरोध, भीडन्त र अविश्वास बढाइयो। विरोधका क्रममा
जनता मार्ने चलन त्यसबेलाको 'शिशु प्रजातन्त्र'मा यिनै दलहरुले आरम्भ
गरे।
राजनीतिक दलहरुमा शासनको अनुभव छैन, त्यसैले यस्तो भएको हो, पछि राम्रो
भैहाल्छ भन्ने सानो आशामा पनि तुषारापात् भयो, जव दलहरुमा वर्षौै
वर्षसम्म पनि सुधार आएन। सियो देखि हवाइ जहाज सम्म स्वदेशमै निर्माणको
भाषण गर्ने नेताहरुले जनतालाई विकास दिएनन्। सत्ताको लुछाचुँडीमा लागेर
२००७ सालमा जनता तथा राष्ट्रले सुम्पिएको जिम्मेवारीवाट राजनीतिक दलका
नेताहरु विमूख भए। जनतामा निराशा बढ्दै गयो। त्यसबेलाको अखबार मात्र
हर्ेर्ने हो भने पनि अहिलेको पुस्ताले हाम्रा राजनीतिक दल तथा नेताहरुको
चर्तिकला राम्ररी थाहा पाउन सक्छ।
आन्तरिक राजनीतिमा स्थिरता नदिएका मात्र होइन, राजनीति दलका नेताहरुले
राष्ट्र विरोधी काम समेत गरे। कोशी र गण्डकी सम्झौता यी नेताहरुले गरेको
राष्ट्रघाती कामहरुको नमूनाको रुपमा आज पनि हामीले भोग्नु परिराखेको छ।
हजारौँ वर्षदेखि स्वाभिमानी भएर बाँचेको नेपाल राष्ट्रको स्वाभिमानमा
चोट पुर्‍याउने काम पनि त्यसबेला दलका नेताहरुले गरे। नेपालको
मन्त्रिपरिषदको बैठक दिल्लीमा बसेको इतिहास अलिकता अध्ययन गर्ने जो कोही
नेपालीलाई थाहा छ। सुशासन, स्थिरता, विकास र सुख-शान्ति पाउँछु भन्ने आशा
गरेका नेपाली जनतामा दलहरु प्रति वितृष्णा बढ्दै गयो। परिणाम स्वरुप
राजाले २०१७ सालमा शासन सत्ता आफ्नो हातमा लिए। पञ्चायती शासन प्रणाली
देशमा आरम्भ गरियो, जुुन झण्डै तीन दशक मुलुकमा रह्यो।
२००७ को क्रान्तिमा राजनीतिक दलहरुलाई साथ दिएका जनता दलहरु प्रति
विश्वस्त हुन्थे भने, दल र तिनका नेता जनतामा लोकप्रिय रहेका भए, दलहरुले
राष्ट्र तथा जनताका हितमा थोरै मात्र पनि केही गरेका भए, त्यसबेला राजा
महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिने आँट गर्ने थिएनन्। यदि त्यस्तो
आँट गरिहालेका भए पनि राजनीतिक दलहरुले जनताको प्रतिनिधिका रुपमा शासन
गर्ने बहुदलीय प्रतिष्पर्धात्मक राजनीतिक प्रणाली प्रति विश्वस्त तथा
आस्थावान जनताले तुरुन्तै राजावाट सत्ता खोस्ने थिए। दश वर्षअघि ज्यान
हत्केलामा राखेर दलका नेताहरुको नेतृत्वमा राणा शासन विरुद्ध सफल लडाइँ
लडेका नेपाली जनताका अगाडि राजा टिक्न सक्ने थिएनन्। तर त्यसो भएन। यसको
कारण, राजनीतिक दल र तिनका नेताहरु प्रति जनताको अविश्वास थियो, दलहरुको
असफलता थियो।
प्रजातन्त्रमा पनि असफल ः
झण्डै तीन दशकको दलविहीन पञ्चायती व्यवस्था विरुद्ध नेपाली जनता २०४६
सालमा बेस्सरी उठे। हुन त राजनीतिक दलहरुले पञ्चायतको आरम्भ देखि नै त्यो
व्यवस्था विरुद्ध विभिन्न कदम चालेका हुन्। तर आम नेपाली जनतालाई
विश्वासमा लिएर सशक्त रुपमा पञ्चायती व्यवस्था विरुद्ध दरो संग जाइलाग्न
दलहरुले २०४६ साल सम्मै पर्खनु पर्‍यो। जनताको साथ पाएर जनबलको भरमा
पञ्चायत ढालियो, र मुलुकमा बहुदलीय व्यवस्था आरम्भ भयो। राजनीतिक दल र
तिनका नेताले चाहे जसरी नेपाल राष्ट्र सञ्चालन हुन थाल्यो। पहिले खाएको
ठोकरका कारण अब त दलका नेताहरु सचेत भएका होलान् र मुलुक तथा जनताको भलो
हुने काम गर्लान्, सत्ताको लुछाचुँडीमा नलागि राजनीतिक स्थिरता, विकास,
सुख-शान्ति देलान् भन्ने आशा पलायो जनतामा।
तर आम नेपाली जनताको त्यो आशा लामो समय टिक्न सकेन। 'विश्वकै उत्कृष्ट'
भनिएको संबिधान जारी भएको ५ वर्षै राष्ट्रलाई बम, बन्दूक र हिँसाको
चपेटामा पारियो। 'विश्वकै उत्कृष्ट' संबिधान र त्यस अर्न्तर्गतको 'जनतामा
र्सार्वभौमसत्ता' रहेको शासन प्रणालीले सबैलाई मिलाएर, चित्त बुझाएर संगै
हिँडाउन सकेन। जनताको हित गर्छर्ुुनेर अनेकौँ राजनीतिक सिद्धान्तको बखान
गरिए। नेपाली-नेपाली बीच माराकाट गराइयो। नेपाली आमाका दशौँ हजार
सपुतहरुले अकालमा मारिनु पर्‍यो। बडो दुःखले आर्जन गरिएका राष्ट्रिय
सम्पति ध्वस्त पारियो। राष्ट्रले यो विध्वंसवाट दशौँ अर्ब रुपिञाँको
प्रत्यक्ष क्षति बेहोर्नु पर्‍यो। मानव ज्यानको खति, सामाजिक, साँस्कृतिक
क्षतिको लेखाजोखा छैन। विकासको गति बढ्नुको साटो भएका संरचना पनि समाप्त
पारियो। पहिलो जनआन्दोलन देखि दोश्रो जनआन्दोलन सम्मको अवधिमा राजनीतिक
दलहरुले मुलुक र जनतालाई दुःख, कष्ट र सास्ती मात्र दिए।
जति दुःख पाए पनि नेपाली जनताले, पुनः राजनीतिक दलहरुलाई साथ दिए,
दोश्रो जनआन्दोलनमा। र जनताको त्यो विशाल भेलले राजालाई पाखा लगाइदियो।
राजनीतिक दलहरुले फेरि राष्ट्र सञ्चालनको जिम्मेवारी पाए।
गणतन्त्रमा पनि उस्तै ः
नेपाल र नेपालीका लागि शासन व्यवस्थाको चयन र सञ्चालन नेपालीले आपैFm
गर्नु पर्ने शास्वत् यथार्थलाई छाडेर राजनीतिक दलहरु अहिले पनि मनपरी
गरिराखेका छन्। नयाँ नेपाल बनाउने नारा दिइएको छ। भारतीय शासकहरुको
निर्देशनमा गरिएको १२ बुँदे सम्झौता अनुरुप देशमा स्थायित्व दिने भनिएको
छ। जनताले आफ्नो संबिधान आपैFm बनाउने भनेर संबिधान सभाको चुनाव गरियो।
दोश्रो जनआन्दोलनमा राजनीतिक दलहरुको नेतृत्व स्वीकार गरेर अव चाहिँ
हाम्रो शासन हामी आपैFmले गर्न पाउने भयौँ भन्ने जनतामा जागेको आशामा
फेरि तुषारापात भएको छ।
शान्ति र हिँसा संगै हिँड्न सक्तैनन् भन्ने यथार्थलाई गलत सावित गर्ने
प्रयास असफल हुँदै गएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संबिधान बनाउने
जिम्मेवारी पछाडि पारिएको छ। 'लोकतान्त्रिक' आन्दोलनका सारथीहरु सत्ताको
लुछाचुँडीमा मरिहत्ते गरेर लागेका छन्। सहमतिको राजनीति खोक्रो नारामा
परिणत हुन पुगेको छ। हिँसा, अराजकता व्याप्त छ। अपराधलाई राज्यले नै
संरक्षण दिइराखेको कुरा स्वयम् प्रधानमन्त्रीले 'दण्डहीनता छ' भनेर
स्वीकार गरेका छन्। उपराष्ट्रपति सम्मले संबिधान र कानूनी शासनको उपहासर्
गर्छन्। आम नागरिक असुरक्षा, अव्यवस्था र अराजकताले त्राहीमाम् छन्।
विकासको गति लगभग ठप्प छ।
हिँसा र हिँसाको धम्कीलाई नेपाली नागरिकले भोग्नु पर्ने दैनिकी बनाइएको
छ। अर्थतन्त्र धराशायी बन्दैछ भनेर विशेषज्ञहरु भन्दैछन्। असफल राष्ट्रमा
हुने सबै विशेषता नेपाल राष्ट्रले हासिल गरिसकेको छ, विश्वव्यापी
मान्यताका आधारमा। मुलुकको प्रतिष्ठा अन्तर्रर्ााट्रय जगत्मा ध्वस्त
पारिएको छ। नेपालले नियुक्त गरेका राजदूतलाई हाम्रा कतिपय मित्र
राष्ट्रले अस्वीकार गरेका छन्। प्रधानमन्त्री, मन्त्री तथा जिम्मेवार
हुनुपर्ने नेताहरुको बोलीको ठेगान छैन। राज्यले विश्वसनीयता गुमाउँदैछ,
आम नागरिकका सामू मात्र होइन, विश्व समुदायका सामू पनि। यस्तो
अव्यवस्थाको परिणाम के हुने हो भन्ने भयावह त्रास छ, आम नागरिकमा।
हिँसाको बल दिन प्रति दिन बलियो हुँदै गएको छ।
यो समग्र स्थितिका लागि हाम्रा राजनीतिक नेताहरु नै जिम्मेवार हुन्। र
मुलुकलाई सही दिशा दिन हाम्रा राजनीतिक दल र तिनका नेता फेरि एक पटक असफल
साबित हुन लागेको आभाष वर्तमानले दिइराखेको छ।
Read More...

0 हाम्रा अन्यौलता- हाम्रा दुर्भाग्य

- अ के ला
अर्थको अनर्थ लगाईएन भने, हामी नेपालीले थोरै समयमा धेरै नै उपलब्धि
हासिल गरेका हौँँ । अर्काको देख्नासाथ, सुन्नासाथ कपि गरिहाल्ने र झट्ट
अर्को सँस्करण निकालिहाल्ने जुन पद्धतिको विकास हामीले गरेका छौँ, यस
अर्थमा हामीले अर्काको कपि गर्न महारथप्राप्त भारतीयहरुलाई पनि पच्छारेका
छौँ । यदि हामीमा आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक एवं
भौगोलिक जस्ता अन्यौलताहरु विद्यमान नभैदिएका भए अन्ततोगत्वा हामी आज
कहाँ पुगिसक्ने थियौँ ।
ुअन्यौलताु लाई अँग्रेजीमा 'Confusion' भनिएको छ । अँग्रेजी जाने पनि,
नजाने पनि, अमूक विषयमा, अमूक अमूक मानिसहरुलाई 'Confusion' हुनु
स्वभाविक हो र अँग्रेजी बोल्ने- जान्नेहरुका लागि 'Confusion' हुनु र
अँग्रेजी बोल्न नजान्नेहरुलाई अन्यौलता हुनु भनेको लगभग एउटै कुरा हो ।
भाषा, जुनसुकै भए पनि सबै प्राकृत नै भएकाले मानिस-मानिस बीचमा यस
किसिमको एकरुपता देखिएको हुनसक्छ ।
हर्ेदा, सामान्य लाग्ने यो शब्दले हामी जस्ताका लागि निकै अर्थ र महत्व
राख्दछ । किनभने, विगतदेखि अहिलेसम्म हामीले यसकै सामना गरिरहेका छौँ ।
हामीमा यति धेरै अन्यौलता विद्यमान छ कि त्यसको पुष्टी गर्न हामीले
विगतलाई मात्र खोतलेर पुग्दैन । त्योसँगै वर्तमान र भविष्यलाई पनि
मध्यविन्दुमा राखेर हर्ेर्नु जरुरी छ । हामीमा निहित अन्यौलता, एउटा
यस्तो महारोग हो, जसका कारण हाम्रो यो हालत बनेको छ ।
हामीमध्ये कत्तिलाई Som-na-bulism -सोमना-बुलिज्म) अर्थात निँद्रामा
हिँड्ने बिमारीले सताएको हुनसक्छ । एउटा सामान्य मानिसमा यो बिमारी हुनु
अस्वभाविक होईन । तर मुलुकको शासन-प्रशासनको गह्रौँ भारी लादेर राजनीति
गर्ने बयलगाडाका गाडीवानहरु नै जव सोमना-बुलिज्मले ग्रसित हुन्छन्, तव
त्यसको एउटै नतिजा निस्कन्छ । त्यो हो-देशकै दर्ुभाग्य । विगतदेखि
वर्तमानसम्म हामीकहाँ जे जति पनि निर्ण्र्ाार कार्यान्वयनहरु भए-गरिए,
सम्भवतः ती सबै सोमना-बुलिज्मकै यस्ता परिणति थिए, जस्लाई चाहेरै पनि
हामी सच्याउन सकिरहेका छैनौँ र यो नियति भोग्दैछौँ ।
नेपाल, त्रि्रामा तेल दलेर दौडेका लिगलिगेहरुद्वारा निर्मित राष्ट्रको
नाम हो । त्रि्रामा तेल दलेर दौडेर राजा हुने परिपाटी बुद्धिमत्ता र
वैज्ञानिक हुँदै होईन । यो तथ्यले नेपालको शासकीय बाग्डोर सम्हाल्न
बुद्धिमान र विवेकी मान्छेको खाँचो रहेनछ भन्ने तथ्य पुष्टी गर्छ ।
किनकि, हामीमाथि शासन गर्न राजा-रजौटा लगायत यहाँ जति पनि नेताहरु आए-गए,
तीमध्ये कसैले, कहिल्यै शासन सञ्चालनमा आफ्नो सुझबुझता देखाएनन्-देखाएका
छैनन् । गर्भे युवराज र गर्भे महाराजाधिराज लगायत केन्द्रीय
हाईकमाण्डहरुका जुत्ताका तलुवा चाट्ने जुनसुकै व्यक्ति विशेषले हामीमाथि
शासन गर्ने भैसकेपछि शासन सञ्चालनमा दिमागको खासै दरकार पर्दोरहेनछ पाठक

शासन सञ्चालनदेखि प्रशासनिक कामकाजहरुमा हाम्रो तुलनामा भारतीयहरु धेरै
अगाडि र सचेत छन् । उनीहरुको विकास, सभ्यता र सँस्कृतिकै पक्षलाई हेरियो
भने यसको पुष्टी हुन्छ । उनीहरुका हरेक कामकुरामा बेलायती गन्ध र बेलायती
शैलि अनुभूति गर्नसकिन्छ । अर्ढाईसय वर्षम्म भारतीयहरुले वृटीशको तलुवा
चाट्नु नै त्यसको मूल कारण हो । र, वृटिशले भारतलाई विकास, सभ्यता र
टेक्नोलोजी जस्ता जतिसुकै कुराहरु दिएरै गएका भए पनि ती सबै भारतीय
दासत्वकै भरपाई थियो ।
त्यसोत, हामीले पनि १०४ वर्षम्म प्रत्यक्ष गुलामीको स्वाद नचाखेको होईन ।
तर नेपालीले चाखेको गुलामीको स्वाद नेपाली थियो । विगतमा हामीले १०४
वर्षम्म जस्को जुत्ताको तलुवा चाट्यौँ, ती हाम्रा आफ्नै थिए । तर,
इतिहासले हामीलाई यो गर्व गर्ने अवसर दिए पनि हामीमा आज जति पनि
अन्यौलताहरु व्याप्त छन्, ती अन्यौलताहरु हाम्रा निम्ति किमार्थ गर्व
गर्न योग्य छैनन् । किनकि, नेपाल र नेपाली आज दिनानुदिन
प्रत्यक्ष-अप्रत्यक्ष रुपमा भारतको गुलाम बन्दै गएको छ र त्यसका पछाडि
यहाँका शासकहरु लगायत खूद हामीमा निहित यस्ता अन्यौलताहरु छन्, जस्लाई
हामी आर्थिक र राजनीतिक अन्यौलता भन्न रुचाउँदछौँ ।
वृटिशको गुलामीबाट मुक्त भएपछि वृटिशबाट भारतले धेरै कुरा पायो ।
भारतीयहरुले त्यो गुलामीबाट धेरै कुरा सिके । छाडेर जानेबेलामा वृटिशले
भारतको पोल्टामा सिक्किम, आछाम, गोहाटी, मेघालय, मणिपुर, गान्तोक लगायतका
अति सुन्दर र समुन्नत भूभागहरु राखेर मात्र गएन, आफ्ना वरपरका साना
छिमेकी राष्ट्रहरुसँग भारतले कस्तो सम्बन्ध राख्नर्ुपर्छ र भविष्यमा
भारतले ती गरिव, अशिक्षित र अविकसित फुच्चेहरुसँग कस्तो व्यवहार
गर्नुपर्छर्र्भन्ने गुरुमन्त्र समेत दिएर गएका छन् । जसको सिधा प्रभाव
यहाँको अर्थ र राजनीतिमा देखापरेको छ । हामीले भोगिरहेको बिसंगति र
विडम्वनायुक्त प्रकरणहरु सम्भवतः त्यसैको नतिजा हो ।
कुनैदिन, ठूलो वृक्षको ओत लागेका नाताले भारत आज जुन स्थानमा खडा छ,
त्यहाँ पुग्न नेपाललाई शदियौँ लाग्नेछ । अर्थात, अपेक्षाकृत रुपमा
भारतभन्दा हामी हजारौँ मिल टाढा छौँ । हामीमा सामाजिक, साँस्कृतिक,
धार्मिक लगायतका अन्यौलताहरु बग्रेल्ती छँदाछँदै हामीमा र्सवाधिक
अन्यौलता यहाँको अर्थ र राजनीतिमा छ, जसले हामीलाई पाईलै र्सार्न
दिईरहेको छैन । यहाँको अर्थ र राजनीतिमा हाम्रा यति धेरै अन्यौलता छन् कि
त्यसबाट विकास निर्माणका सम्पर्ूण्ा मार्गहरु अवरुद्ध बनेका छन् ।
अव, सबै नेपालीले आफ्नो छात्तिमा हात राखेर, तामा-तुलसी छोएर धर्म भाक्ने
दिन आईसक्यो । सबैले आफुभित्रका अन्यौलताहरुलाई हटाएर सटिक र र्सार्थक
निर्ण्र्ाागर्ने घडि आईसक्यो । कुन कुन कुरा र मुद्धाहरुमा हाम्रा
अन्यौलता छन्, के कति कुराहरुमा हाम्रा नेता-कार्यकर्ताहरुको चित्त
बुझिरहेको छैन, के गर्दा मुलुकको शासन-प्रशासनको बाग्डोर हाँक्नेहरुको
चित्त बुझ्दछ, को, कति कदम पछि हट्दा वा बढ्दा मुलुकले किनारा भेट्टाउन
सक्तछ, त्यसतर्फसबैको ध्यान जानु नितान्त जरुरी भैसकेको छ ।
अमूक अमूक विषयमा, अमूक अमूक व्यक्ति विशेषको अन्यौलता हुनसक्दछन् ।
परन्तु, आफ्ना सबै अन्यौलताहरुलाई तिलाञ्जली दिएर राष्ट्रनिर्माणको
महायज्ञमा कुनै किसिमको अन्यौलता रहनु हुँदैन । कदाचित, विगतदेखि
वर्तमानसम्म हामीभित्र लाग्दै आएको अन्यौलताको माकुरे जालोलाई च्यातचुत
पारेर सही समयमा, सही र ठोश निर्ण्र्ाागर्न अझै पनि चुक्छौँ भने नेपाल
आमाको कसम्, त्योभन्दा दर्ुभाग्य हाम्रा निम्ति केही पनि हुनेछैन र हामी
नेपालीले पछुताउने मौका पनि पाउने छैनौँ । अस्तु ।
Read More...

Wednesday, August 12, 2009

0 प्रवीणता प्रमाणपत्र कायमै रहने संकेत

-चन्दन कुमार-
गरिब विद्यार्थी अध्ययन गर्ने एकमात्र क्याम्पस भनेको त्रिभुवन
विश्वविद्यालय हो। आर्थिक रूपले पिछडिएका विद्यार्थी उच्च शिक्ष्ँा
अध्ययन गर्ने धोको यही त्रिविमा पूरा गर्दै आएका छन्। किनभने गरिब
विद्यार्थीसंग प्राइभेट क्याम्पसमा गएर अध्ययन गर्न क्षमता छैन। अतः
उनीहरू यसरी उच्च शिक्ष्ँा अध्ययन गर्ने सस्तो, सुलभ तथा उपयुक्त कलेज
त्रिभुवन विश्वविद्यालयलाई नै मान्दछन्।
तर यसपालिदेखि गरिब विद्यार्थीलाई उच्च शिक्ष्ँाको मुख्य द्वारमा नै
ताल्चा लाग्ने गरी त्रिबिविले निर्णय गरेको छ। त्रिविले यो वर्षेखि
प्रवीणता प्रमाणपत्र तहमा भर्ना नलिने निर्णय गरी गरिब विद्यार्थीको
भविष्यलाई नै अन्योलग्रस्त बनाएको छ तर अब भने त्रिविको निर्णय फिर्ता
होला भन्ने कुरामा धेरै हदसम्म आश्वास्त हुन सकिन्छ। किनभने त्रिभुवन
विश्वविद्यालयको यो निर्णयको विरोध गर्दै विभिन्न विद्यार्थी संगठनहरूले
संयुक्त रूपमा आन्दोलनको चर्को सुरूआत गरिसकेका छन्। त्रिविलाई आप\mनो
निर्णय तत्काल फिर्ता लिनेगरी आन्दोलनको संग्राम देशभरि सुरू भइसकेको छ।
आन्दोलनको सुरूआत नाराबाजी तथा अनसनबाट सुरू भएको भए पनि चक्काजाम,
पर््रदर्शन, नाराबाजी, पुत्ला दहन, आमरण अनसन हुंंदै शैक्षिक संस्था
बन्दसम्म आइपुगेको छ। यसरी आन्दोलन क्रमशः चर्किदै गइ उग्ररूप लिएको
खण्डमा त्रिविले आप\mनो यो निर्णय कसरी फिर्ता नलेला त -
बेलाबखत ----------------
विद्यार्थी संगठनको आन्दोलनमा अन्य मांगसंगै एउटा विशेष माग पनि समावेश
छ कि जबसम्म प्लस टु सम्मको शिक्ष्ँालाई निःशुल्क गरिदैन तबसम्म त्रिवि
अर्न्तर्गतको प्रवीणता प्रमाणपत्रलाई खारेज गर्न मिल्दैन। यो मांग
यथार्थमै र्सवहितकारी छ, सान्दर्भिक छ किनभने अन्य देशको शिक्ष्ँा
प्रणालीमा धेरै सुधार भइसक्यो तर हाम्रो देशमा भने उही पुरानै खालको नीति
नियम कायम रहेको छ। विश्वभरिका जति पनि देशहरू छन्, त्यसमध्येमा
अधिकांशभन्दा बढीमा शिक्ष्ँा क्ष्ँेत्रलाई विशेष प्राथमिकता राखी सोही
अनुरूप समयानुकूल बदलाव ल्याउंदै गरेको बखत हाम्रो देश त्यस विषयमा सुस्त
छ, अनविज्ञ छ, मौन छ।
कुनै पनि निर्णय लिनुअघि त्यसको भावि परिणामबारे सोचबुझ गरेर मात्र
लिइन्छ। हाम्रँे देशका शिक्ष्ँासंग सम्बन्धित सव सरोकारवालाहरूले
प्रवीणता प्रमाणपत्र तहलाई हटाइदा त्यस्ले कस्तो असर गर्ला भन्ने कुराको
विचार नै नगरी हावादारी पाराले निर्णय गरे। त्रिविको निर्णय आप\mनो
ठाउंमा ठिकै होला तर समस्या समाधानको भावी विकल्प नै नखोजी प्रवीणता
प्रमाणपत्र तहलाई खारेज गर्नु असान्दर्भिक, असुहाउंदो तथा गलत छ ।
शिक्ष्ँा क्ष्ँेत्रको समस्या भनेको अत्यन्तै संवेदनशील भएको हुंदा नेपाल
सरकार तथा शिक्ष्ँा क्षेत्रसंग सम्बन्धित सबै सरोकारवालाहरूले यर्सतर्फ
विशेष नजर पुर्‍याउन आवश्यक छ। नत्र भने यो समस्या भविष्यमा गएर अझ
विकराल हुनेमा दुइमत छैन।
Read More...

Sunday, August 9, 2009

0 दूरगामी असर- राजनीतिक जालझेलको

-अ के ला-
आँगन, चोटा वा घरको बार्दलीमा बसेर भुक्ने र आफुलाई त्योर् इलाकाको दादा
सम्झनु कुकुरको स्वभाव हो। कुकुर, चाहे लख्खर(लख्खर गल्लीमा हिँडुन् या
आलिशान महलमा, कुकुर त आखिर कुकुरै हो नि। अर्काको जुठ्यान नचाटेसम्म
खैरियत नहुने भएपछि कुकुरको निजी शान र प्रतिष्ठाको के अर्थ -
कम्पाउण्डभित्र वा घरको बार्दलीमा बसेर जतिसुकै ठूलो स्वरले भौँ भौँ
गरोस, ड्यूटी बजाउनु र मालिक रिझाउनु सिवाय त्यो भुकाईको के अर्थ - केवल
भात पचाउने उद्धेश्यले भौँ भौँ मात्र गर्नु कुकुरको धर्म होईन। मालिक र
मालिकको सम्पत्तिको पहरेदारी गर्नु उसको पहिलो धर्म हो, जसको निम्ति
उसलाई ल्याईएको हुन्छ।
अहिले भारतको बाईसौँ प्रान्तको रुपमा स्थापित सिक्किम, कुनै दिन नेपाल
जस्तै त नभनौँ, एउटा बेग्लै स्वतन्त्र राष्ट्र थियो। इष्र्टइण्डिया
कम्पनी र नेपाल सरकार बीच सुगौली सन्धी हुनुअघि इष्र्ट इण्डिया कम्पनीले
तिव्वतसँग सिमा जोडिएको हुँदा ब्यापार बिस्तारका लागि सिक्किममा कसरी
आफ्नो प्रभुत्व जमाउने भन्ने फिराकमा थियो। नेपालले पनि सिक्किममा
बारम्वार आक्रमण गरिरहने हुँदा ती दुवैका लागि नेपाल एउटा समान शत्रु
थियो। लेप्चा जातिको बाहुल्यता रहेको सिक्किम प्राचिन हिन्दुधर्म
शास्त्रहरुमा देवराज इन्द्रको बगैँचाको रुपमा वणिर्त छ। तासी नामग्याल
त्यहाँका अन्तिम राजा थिए र प्रधानमन्त्री थिए ल्हेन्दुप दोर्जी, जसले
सन् १९७५ मा पूरै व्यवस्थापिका सदन नै रोकिदिएका थिए। तत्कालिन
मन्त्रीपरिषदको र्सवसम्मत निर्णयले ल्हेन्दुप दोर्जीलाई राजतन्त्र
विरुद्ध उचालेर शक्तिशाली मन्त्रीमा नियुक्त गरेको थियो र त्यसैका आधारमा
स्वतन्त्र, अभिभाज्य र र्सार्वभौम सिक्किमलाई भारतमा विलय गर्राईएको
थियो।
आफु त्यसरी शक्तिशाली बनाईएपछि ल्हेन्दुप दोर्जीले सन् १९७५ अप्रिल १४
तारिखका दिन भारत सरकार समक्ष यस्तो एउटा अपिल गर्‍यो, जसमा सिक्किमको
सम्पूण् स्वरुप बदल्ने प्रस्ताव गरिएको थियो। सो प्रस्ताव मुताविक एउटा
स्वतन्त्र, अभिभाज्य र र्सार्वभौम राज्य सिक्किमले सन् १९७५ अप्रिल २६
तारिखका दिन भारतको बाईसौँ प्रान्तको रुपमा मान्यता पायो र सन् १९७५ मई
१६ तारिखका दिनदेखि कानूनी तवरले भारतको एउटा अभिन्न अङ्गकै रुपमा
सञ्चालित हुनथाल्यो। त्यसको हेड अफ दी स्टेट अर्थात चिफ मिनिष्टरका रुपमा
ल्हेन्दुप दोर्जी नियुक्त भएका थिए। त्यो ऐतिहासिक दर्ुघटनालाई चीन बाहेक
सबैले र्समर्थन गरेका थिए। कलान्तरमा, नरबहादुर भण्डारी लगायत पवनकुमार
चाम्लिङ जस्ता नेताहरु सिक्किमको हेड अफ दी स्टेट, अर्थात चिफ मिनिष्टरका
रुपमा स्थापित हुँदैगए।
हामीकहाँ चलिरहेको वर्तमान राजनीतिलाई पनि यदि सिक्किमीकरण वा
भुटानीकरणतर्फउन्मुख छ भनियो र ल्हेन्दुप दोजीैको भूमिकामा यहाँका
शर्ीष्ास्थ नेताहरु नै लागीपरेको आरोप लाग्यो भने अन्तत्वगत्वा उनीहरुले
मुख देखाउनेछैन। किनकि, यो आरोप पंक्तिकारको नभै समग्र ती नेपालीको हो्,
जसले नेपाललाई स्वयँ आफुलाईभन्दा बढी माया गर्दछन्। नेताहरुको जुम्रा
केलाउने आजका जागरुक र चेतनशील नागरिकहरुलाई यहाँका नेतागणहरुले केवल
ढाँटेकै भरमा राजनीति गर्ने गरे पनि उनीहरुका हरेक ढाँटहरु कुनै न कुन
तरिकाले पर्दाफाश भैहाल्छ। यहाँको राजनीतिमा यतिधेरै वितृष्णा उत्पन्न
भएको छ कि त्यो वितृष्णाले मानिसहरुलाई भित्रभित्रै संगठित बनाउँदै लगेको
छ, जसको पत्तो यहाँका राजनीतिक गोबरगणेशहरुलाई अझैसम्म हुनसकेको छैन।
भुटान, नेपालभन्दा सानो भएर के गर्ने - उसले नेपाल र नेपालीलाई भारतीय
आँखाले हर्ेर्ने गर्दछन्। उसको सामु नेपालको हैँसियत तृण बराबर पनि छैन।
किनकि, उसको थाप्लामा भारतीय आकाहरु र भारतीय आकाहरुमाथि अमेरिकी
आकाहरुको मेहरबानी छ। एकलाखभन्दा बढी नेपाली मूलका नागरिकहरुलाई बलपर्ूवक
जातीय सफायामा पारी अनागरिक बनाएको र कसैलाई मृत्युदण्ड, कसैलाई कठोर
कारावास त कसैलाई देशनिकाला गरेको तिनै आकाहरुको मेहरवानीले हो।
बाहिरबाट हर्ेदा स्वतन्त्र, अभिभाज्य र र्सार्वभौम सम्पन्न देखिने र
भारतीय आकाहरुका रुची र आदेश बिना खोक्न पनि नसक्ने भुटानको थिम्पु
सरकारले नेपाल र नेपाली नेताहरुलाई कहिल्यै पनि मान्छेमा गणना गरे जस्तो
लाग्दैन। किनभने, एकलाखभन्दा बढी नेपाली मूलका आफ्ना नागरिकहरुलाई
त्यहाँबाट बिस्थापित गराउँदा उसले नेपालसँग एक बचन सोध्नु त दूरको कुरा,
ती शरणार्थीहरुलाई उतैतिर फर्काउन नेपालले गरेका हरेक प्रयासलाई समेत
उसले धोति लाईदियो। त्यसमा कसैले पनि रिस्क लिन चाहेनन्। रिस्क लिने पनि
कस्ले - किनकि, भारतीय र अमेरिकी आकाहरुको मेहरबानीमा सास लिईरहेको
कठपुतली राष्ट्र भुटानलाई चलाउनु लरोतरो काम थिएन। त्यो मामिलामा अमेरिकी
आकाहरुले त यहाँसम्मको सदाशयता देखाए कि ती शरणार्थीहरुलाई आलोपालो गरी
आफ्नै देश लैजाने घोषणा समेत गरियो। त्यो घटना वास्तवमा मानवाधिकारको
वकालत गर्ने आकाहरुको एउटा अद्भुत नाच थियो।
जुन सहमति तथा सम्झौतामाथि टेकेर यहाँका चल्तापर्ुजा दलहरुले नेपाललाई
यहाँसम्म ल्याएकोमा गर्व गर्छन्, त्यो धोखा थियो, छलावा थियो। यो, यहीँका
नेताहरुको आफ्नै स्वीकारोक्ति हो। अर्थात, बाह्रबुँदे समझदारीता भारतको
खुफिया एजेन्सी च्ब्ध् को प्रपञ्च थियो र च्ब्ध् को मूल लक्ष्य भनेको
नेपालमा बिकसित माओवादी क्रान्तिलाई कस्तैगरी तुहाउनु थियो। त्यसैमार्फ
च्ब्ध् ले यहाँको राजनीतिलाई आफु अनुकूलको बनाउने अभिष्ट पाल्दै आएको छ।
उसको यो अभिष्ट बिल्कूल त्यसरी नै क्रियाशील छ, जस्तो कुनैदिन उसले
ल्हेन्दुप दोर्जीहरुलाई उचालेर सिक्किममा गरेको थियो। सधैँभरी
सत्तास्वादकै आत्मरतिमा स्खलित हुने यहाँका राजनीतिक भिखारीहरुलाई च्ब्ध्
को त्यस प्रपञ्च वारे र्सर्ुइँकै भएन र आज हामी नेपालीहरु त्यसैको नतिजा
भोग्दैछौँ।
सँघीय गणतन्त्रमा प्रवेश गरेयता हामीकहाँ जति पनि राजनीतिक उथलपुथलहरु
भए, तीमध्ये कुनै पनि, नेपालको राष्ट्रिय अखण्डता र र्सार्वभौमिकताप्रति
लक्षित भएनन्। यहाँको गाईजात्रे अर्थ र राजनीति, गाईजात्रे
नेता(कार्यकर्ता, गाईजात्रे प्रशासनिक संयन्त्र र कुनै पनि निकास र हल
निकाल्न अर्समर्थ बनिरहेको ऐतिहासिक संविधानसभाको बैठक आफैँ पनि
गाईजात्रे बन्दै गैरहेको सर्न्दर्भलाई जोडेर हेरियो भने च्ब्ध् ले जुन
अभिष्टका साथ यहाँको राजनीतिमा हस्तक्षप गर्न चाहेको हो, त्यसमा हामीमाथि
राजनीति गर्ने हाम्रा आकाहरुले नै होष्टेमा हैँसे गरिरहेका छन्।
नाम, कद, वर्ण्र्ाा आकार(प्रकार भिन्न भए पनि सिक्किममा जन्मेर
सिक्किमसँगै गद्धारी गर्ने ल्हेन्दुप दोर्जीहरु यहाँ पनि बग्रेल्ति छन् र
उसको स्वभाव तथा आचरणसँग मेल खानेहरु धेरै छन्। ल्हेन्दुप दोर्जीको
सिफारिसमा भारतले सिक्किम निलेझैँ र शेरबहादुरको सिफारिसमा पर्ूवराजा
ज्ञानेन्द्रले माघ १९ को कदम चालेझैँ यहाँ कसले, कतिखेर, क(कसको रोहवरमा
नेपाललाई च्ब्ध् को चक्रव्यूहमा धकेल्छन्, ठेकान् छैन।
जतिसुकै तितो वा टर्र्रो भए पनि सत्य आखिर सत्य नै हो। हामीभित्र सत्य
बोल्ने, सत्य सुन्ने र सत्य नै गर्ने हृदय हुनु पर्दछ। तव मात्रै कुनै
सत्य, सत्य बन्नसक्दछ। असत्यलाई सत्यको रामनामी च्यादर ओढाएर छिपाउन
मिल्दैन। सिक्किम निल्न र भुटानलाई कठपुतली बनाउन विगतमा भारतीय आकाहरुले
खेलेको भुमिका एउटा ऐतिहासिक सत्य थियो। आफ्नो मुख्य शत्रु नेपालको मेख
मार्न सिक्किम र भुटानले भारतको टाङमुनी छिरेर दक्षिण एशियामा नमूना
देखाउनु पनि ऐतिहासिक सत्य नै थियो। र, विगत ४(५ वर्षभत्र यहाँ देखापरेका
राजनीतिक जालझेल पनि एउटा सत्य नै हो, जसले सिक्किम र भुटानको विलयकारी
घटनालाई दोहर्‍याउन खोजिरहेका छन्। जवसम्म यहाँ विद्यमान राजनीतिक जालझेल
बन्द हुँदैनन्, जवसम्म भारतीय, बेलायती तथा अमेरिकी आकाहरुको सहयोग र
परामर्श बिना यहाँका आकाहरुलाई आची नआउने बिमारी निको हुँदैन, तवसम्म
हामीले आफुलाई स्वतन्त्र, अभिभाज्य र र्सार्वभौमसत्ता सम्पन्न राष्ट्रको
नागरिक ठानेर गर्व गर्नु शायद गलत हुनेछ। नेपालीलाई, नेपाली बिरुद्ध
लडाएर, जातीय, वर्गीय तथा क्षेत्रीय आन्दोलनको जुन राँकोमा भारतीय
आकाहरुले आफ्नो रोटी सेक्ने प्रयत्न गरिरहेका छन्, यदि त्यो पूरा भयो वा
यहाँका राजनीतिक आकाहरुले त्यसलाई समयमै बुझेनन् भने अन्ततोगत्वा नेपाल
पनि कुनै दिन सिक्किमझैँ भारतको एउटा बेग्लै प्रान्त वा भुटानझैँ एउटा
कठपुतली राष्ट्रकै रुपमा विलय हुनेछ। अस्तु।
Read More...

Sunday, August 2, 2009

0 दलित आन्दोलनका सक्कली र नक्कलीहरू

सरोजदिलु विश्वकर्मा
वषर्ायाम भरी नदेखिने काला काकाकुल र वकुल्लाहरू माघ लागेपछि मधेशका
हरियालीमा चर्न झरेझैं दलित मुक्तिकर्मीहरू भनाउँदाहरू त्यसैगरी पिशावको
न्यानो छउन्जेल आफ्नै कुना-कोठरीमा मस्त हुन्छन्। अनि जव आन्दोलनको
परिवृतमा हरिया डलरको गन्ध चल्न थाल्छ, त्यसपछि ती दलितको 'द' सुन्न
नचाहनेहरू, गाउंघरका फाटेका दौरा र च्यातिएका पटुकी लाउनेहरूलाई देख्दा
पंखा हम्किनेहरूसमेत दाह्रा-बंगरा तिखारेर, थुतुनो र गुथुनो धोईपखालेर
दलित आन्दोलनमा नम्वरी हुन आईपुग्छन्। तर जव यिनको तुनो-फेरो बदलिन
थाल्छ, गालामा राता-चिल्ला मसाला लाग्न थाल्छन्, यिनीहरू आन्दोलनलाई
भकुण्डो हानेर पश्चिमी क्षितीजतिर ओथारो बस्न भर्ुर्रर उड्दै हराउँछन् र
आन्दोलनमा खाइपाएको चारो पचाउँदै तिनले त्यतैतिर पेट्मा मुगा जमाउन
थाल्छन्। अनि एकएक वटा ल्यापटपलाई काखमा राखेर आफूले खाएपचाएको स्मृति र
विस्मृति लेख्न थाल्छन्। न यिनले यो भूमिलाई केही दिन्छन्, न त आन्दोलनको
परिवृतमा केही नै छोडेर जानेवाला नै छन््। हद् भए जोईपोई च्यापेर एक
कुनामा निदाउने र खाईपचाउने मात्र हो, तिनका धन्दा।
दलित आन्दोलनलाई आफ्नै पुरानो विरासत भन्ने अर्कोथरी पनि छ, जो
ठूला-ठूला महलमा बसेर आफ्ना वंशहरूलाई भने आन्दोलनभित्र आउनै दिदैंन।
अर्थात, उनीहरू आफ्ना सन्तानहरूले शोषक सामन्तका छोराछोरीसरह पींधमुनि
कट्टु लगाएर गल्ली चाहरेकै मन पराउँछन्। र, गैरदलितलाई गाली गर्दै आफ्ना
सन्ततीलाई विदेश भसाउने बाटो खन्दै छन्। अनि फर्ुइ लगाउँछन्, मेरो यो,
त्यो, फलानो, चिलानो याहाँ-त्यहाँ छ भनेर। हामीलाई राम्ररी थाहा छ, शहरमा
एउटा डेरा जमाउनसाथ आफू मात्र नम्वरी ठान्दै दलित आन्दोलनमा अनवरत
लाग्ने, बाँकी जतिलाई हरीकङ्गाल भन्नेहरू जहाँ भएपनि ती कुन हालतमा छन्,
भन्ने कुरा। तिनका इतिहासर्-वर्तमान ऐनाजस्तै र्छलङ्ग छन्। विचराहरू एउटा
अब्बल नागरिक हुनसम्म पाईरहेका छैनन् र एक छाक खानैमा मात्र महागर्व
गर्दैछन्, जुन तिनकै घरका पाल्तु जनावरले पनि त खाईरहेकै छन्। यिनका
वारेमा यति नै कुरा गरौं।
तेश्रो तप्काः- जो आज पनि साउनेती र चैतेती उठाएर दलितकेा मुक्ति
खोज्दैछ र दर्ुइ-चारवटा गोरा छालाहरूले आफूलाई पत्याउनासाथ आफूलाई
अजम्वरी ठान्दैछ। तर फरक यति हो, हिजो हाम्रा बाबुवाजेहरू मौखिकरूपमा जदौ
ख्वामित् गर्दै अन्न जोहो गरेर जीवन धान्न बाध्य थिए भने यी नयाँ
वालीघरेहरू तिनै वावुवाजेको कहानी गाउँदै तिनै स्वदेशी-विदेशी विष्टसंग
लिखितरूपमै अंग्रेजीमा जदौ-ख्वामित गर्दैछन्। जो 'ड्यालिट्' भनिनसाथै
गरूडको छाँयामा र्सप लुट्पुटि्टए झैं लत्याकलुतुक्क परिहाल्छन्। तिनीहरू
राज्यलाई, दललाई, नेतालाई गर्नसम्म गाली गर्ने अनि कमाउने र जमाउने, मौका
पाउनसाथ विदेशतिरै चौका हान्ने प्रतिष्पर्धामा छन्। जदौ छ- यी
महामहिमहरूलाई। अनि, यो परिवृतभित्र एउटा भिन्न समुह पनि छ- डिजीटल
महिला। जो, दुःखी-दर्रि्र महिला चरित्रको अभिनय गर्दै बढी डिजिट्का लागि
सौतैमा चढेर भएपनि विदेशमा हराउने नेपाली हिरोईन् जस्तै डिजिटल पोई
-श्रीमान) प्राप्तीकै लागि दलित आन्दोलनमा लागेका छन्। अर्थात चोर-डाका,
माफिया, ड्रगिष्ट, राष्ट्रघाती, बलात्कारी वा प्रत्येक मुलुकमा श्रीमती
बनाउँदै र छाड्दै हिडेकेा भएपनि ५-६ डिजिटको तलव खाने पोई प्राप्ती नै
उस्को प्रमुख लक्ष्य हुन्छ। अथवा अरूलाई समानता र सम्मानको पाठ् सिकाउँदै
ऊ आफू चैं नवसामन्त देखिन चाहन्छे र यसैलाई दलित मुक्ति ठान्दछे। यिनीहरू
पनि गरीव, र्सवहारा, उत्पीडित दलितकै मुक्तिमा लागेका छन्। त्यसैले
यिनलाई मैले डिजिटलस्तरमा राखेकेा छु, जसलाई कहिलेकाहीं भन्न मन लाग्छ-
ए...! आआफ्ना जोइपोई च्याप, कुनातिर पस, बक्बक् नगर।
चौथो थरी समुह पनि छ- दलित आन्दोलनमा, तिनीहरू आफूलाई सक्कली दर्जाका
राजनीतिक क्रान्तिकारी भन्न मन पराउँछन्। जस्को क्रान्तिकारिता भनेको उही
बावुवाजेका ख्वामितज्यूका दरसन्तानकै ज्यू-हजुरी गर्नु हो। तिनको
तथास्तुविना यिनका धोतीका जुम्रा पनि झर्नेवाला छैनन्, तिनका निगाहविना
यिनका परेली झिम्किनेवाला छैनन्। हो, यो भित्र केही राम्रा पनि छन्र्,र्
इमान्दार पनि छन्, वास्तवमै क्रान्तिकारी पनि होलान् तर आजसम्म राजनीतिक
रजतपटमा पद ग्रहण गर्ने अधिकांशको दैनिकी भनेको जी-हजुरी गर्नु, कुनै
फोरम भेट्याए भने पुच्छर ठाडो पारेर विनाअध्ययन, विनासाधना पदौरो गफ
लगाउदै वाहुनवादी सामन्तहरूको खैरो खन्नु तथा पद पाउनका लागि फेरि तिनै
सामन्ती दलाल र जनता हलालहरूको तप गर्नु तथा पद पाएपछि झिंगा मारेर बस्नु
नै यिनको कर्तब्य हो। ती सामन्त दलाल तथा वाहुनवादी हैकमवालाहरूलाई
राष्ट्रका लागि नयाँ सोच भएका सहयोगीहरू होईन, यस्तै पात्रहरू सजिला छन्,
जस्लाई गोजीबाट निकालेर सजिलै राख्न र फ्याँक्न सकिन्छ। फरक यति होः हिजो
दरवार र भाई-भारदारको चाकरी गरेर मात्र पद् पाईन्थ्यो भने आज कुनै हैसियत
बनाउन यिनै खाईपाई आएका छोटा राजाहरूको घरवारदेखि धाउनेदेखि गर्दनमा
यिनका तरवारसम्म बोक्ने गनर्ुर्ुुर्छ। यस्ता क्रान्तिकारीलाई पनि सलाम छ।
यस्तै छ, हाम्रो दलित आन्दोलन। कोही चैं भने आन्दोलनकै सेरेाफेरोमा
आफूलाई यसैत्यसै विलाईदिन्छन्, यहींभित्र हराइहिन्छन्, जसले यो आन्दोलनमा
धेरै उकाली ओरालीहरू पारगरेका छन्, धेरै रूझेका छन्, भिजेका छन्, धेरै
जोर चप्पल फटाएका छन्। तर विचरा उनीहरू, टीआर, रूपलाल, जवाहर रोक्का र
लालवहादुर खाती झैं विनामोल मर्दैछन्। यिनलाई उपरोक्त विदेशीभक्त,
झण्डाभक्त र डण्डाभक्त मान्छेहरूले पत्याउँदैनन्। अथवा एन्जिओको पैसा
नपाएको भनेर उस्लाई कतै बोलाईन्न अथवा कुनै भिन्न पार्टीमा लागेको भनेर
दुत्कारिन्छ। कहिलेकाही त तिनै वाहुनहरूका जजमानी धर्म-भिक्षुहरूले
थरीथरीका वादी भनेर उस्लाई वञ्चित गर्दछन्। तर पक्का नम्बरी भने यिनै
हुन्- जो हुँदापनि नहुँदा पनि, आरोहमा पनि अवरोहमा पनि, असहजता पनि
सहजतामा पनि, यही माटोमा थिए र एकमुठी स्वास रहुन्जेल यही रहेर
संर्घष्ाकै मैदानमा आफूलाई खार्दै-तिखार्दै लैजान्छन्, अथवा जहीँ रहेर
पनि भावि पीँढिको सम्मान र समृद्धिका खातिर नैतिक र भौतिक सहयोग गर्दै
रहन्छन्। यिनलाई चैं सास्टाङ्ग प्रणाम !!!
Read More...