Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Tuesday, August 18, 2009

0 चक्करै चक्कर ः राजनीतिक घन्चक्कर

- अ के ला-
अनेकौँ चक्करै चक्करपछि ठूला दलहरु यतिखेर स्वयँ नै नागरिक सर्वोच्चताको
घन्चक्करमा यसरी फँसेका छन् कि चाहेर पनि उनीहरु त्यसबाट उम्कन सकिरहेका
छैनन् । आम नागरिकको सर्वोच्चतासँग जोडिएको यो विषय स्वयँमा यति गम्भिर र
सम्वेदनशील छ कि त्यसको ज्ञान स्वयँ दलका नेता र कार्यकर्तालाई नै छैन र
नागरिक सर्वोच्चताको जामा पहिर् याईएको यो नयाँ चक्कर प्रतिदिन उग्र
बन्दै गैरहेको छ जसले गर्दा सिङ्गो मुलुक नै प्यारालाईज्ड हुने स्थितिमा
पुगेको छ ।

जुन सर्वोच्चतालाई आम देहाती जनताले कहिले देखेकै थिएनन् जानेकै छैनन्
त्यसवारे सदन र सडकमा हंगामा मच्चिनाले जनताको रोजमर्राको जिन्दगी झन्झन्
बर्बाद हुँदै गएको छ । नागरिक सर्वोच्चतासँग गोरु बेचेको साईनोसम्म
नगाँस्सिएका लाटागाँडाहरु लाटाले केरा हेरेझैँ दलहरुको मुख ताकिरहेका छन्
र नेताहरुले उनीहरुलाई हल्लाईरहेका छन् ।

नागरिक सर्वोच्चताको जामा पहिर् याईएको यो मुद्धालाई यतिविध्न पेचिदा
बनाईएको छ कि यसले आम बुद्धिजिविहरुकै दिमाग चाटेको छ र नेपाली राजनीतिको
हलुवा टाईट भएको छ । नेपाली जनताको नाममा उठाईएको नागरिक सर्वोच्चताको यो
चक्करले मुलुकको अग्रगमनका सम्पूर्ण मार्गहरु अवरुद्ध पारेको छ र मुलुक
एउटा भयानक दुर्घटनातर्फ धकेलिएको संकेत मिलेको छ । यसले गर्दा एक युगमा
आएको संविधान सभा निर्वाचनको त्यो ुएकदिनु ले हिजो नयाँ नेपालको
दिवास्वप्न देखेका लाटागाँडाका लागि चड्कन च्यूरा सावित भएको छ र
दिनानुदिन आफ्ना सर्वोच्चता यहाँका भाटहरुबाटै अपहृत भैरहेको लख् काट्न
थालेका छन् ।

एकजना मुसलमान मित्र थिए । उसले बोलेपिच्छे क्या करेँ यार ए सब टाईम टाईम
की बात है भन्ने गर्दथ्यो । अधिकाँश मित्रहरुले पंक्तिकारलाई तपाईका
शब्दहरु कडा भए । यसलाई अलिकति कम गर्ने हो कि भनेर ईमेलमा लेख्नुहुन्छ ।
के हुन्छ यार शब्दले कट्टु फुकालेर ज्योतिर्लिङ्गको दर्शन गराउनुपर्ने
यहाँका यी भाटहरुमाथि यस किसिमको मेहरवानी किन र केका लागि नेपाली
राजनीतिका यी भाँडहरुप्रति कोही किन नरम हुने यसकारण कि हामी अझै पनि
यिनीहरुप्रति विश्वस्तै छौँ अर्थात यसकारण कि यी भाटहरुबाट मुलुकले कुनै
निकास पाउनेमा हामी अझै पनि ढुक्क छौँ राजनीतिक बाँदरहरु नचाएर पैसा
बटुल्ने यी मदारीहरुप्रति यतिबिध्न सहानुभुति आखिर किन र केका लागि
ढुङ्गा पगाल्न सकिएला बालुवा पेलेर तेल निकाल्न सकिएला परन्तु यी
भाँडहरुले कुनै तिर मार्नेवाला छैनन् सिवाय मुलुकको बर्बादी ।

नागरिक सर्वोच्चता अनिवार्य सर्त हो । झट्ट हेर्दा यो जति सामान्य र
आकर्षक छ त्यति सामान्य र आकर्षक यो व्यवहारमा किमार्थ छैन । यो वारे आम
नेपालीलाई थाहै छैन । आफु र आफ्नो रोजमर्राको जिन्दगीसँग गाँस्सिएको यो
शब्दलाई दलका नेताहरुले जसरी घुमाई फिराई ब्याख्या गर्दैछन् त्यसमा
आफुलाई के फाईदा छ दलका नेताहरु कुन नागरिक सर्वोच्चताको कुरा गर्दैछन् र
हिजो आफ्नो वास्तविक चाहना एवं आवश्यकता के थियो भन्नेसँग लाटागाँडालाई
पत्तै छैन । जुन दिन हाम्रा देहाति लाटागाँडाहरुले वास्तविक नागरिक
सर्वोच्चताको परिभाषा जान्लान् बुझ्लान् भविष्यमा कुनै पनि राजनीतिक
मदारीले जनतालाई बाँदर बनाएर नचाउने हिम्मत गर्ने छैनन् । किनकि अव जनता
जागिसकेका छन् ।

नागरिक सर्वोच्चतालाई राजनीतिक ईश्यू बनाएर एकीकृत माओवादी यतिखेर सदन र
सडकमा छ । मुखले शान्तिपूर्ण भनिए पनि अहम् मुद्धाहरुमाथि छलफल हुनुपर्ने
संविधान सभा कैयौँ दिनदेखि सभासद्हरुका लागि हाजिरी बजाउने र भत्ता
पचाउने थलो बनेका कारण मुलुकमा लगभग भिडन्तको तयारी भैरहेको प्रतित हुन्छ
। यता दलीय सहमति र सम्वाद टुटाएर दलका पानी बाराबारसम्मको स्थितिमा
पुगेका नेताहरु उपराष्ट्रपतिको हिन्दी सपथलाई वैधानिक ठहर् याउन २२ दलीय
गठबन्धनमार्फत संविधान नै संसोधन गर्न त_िम्सएका छन् र देशको मूल
कानूनलाई भविष्यप्रभावीभन्दा पनि भूतप्रभावी बनाउने तर्खरमा जुटेका यी
भाटहरुबाट जनताले आखिर के आस गर्ने कहिलेसम्म आस मात्रै गरिरहने

सेनाध्यक्ष कटवालले माओवादी नेतृत्वको सरकारको अवज्ञा गरेको र
राष्ट्रपतिले चालेको कदमलाई सरकारमै रहेर गम्भिर छलफल गराउनसक्ने अवस्था
विद्यमान छँदाछँदै नागरिक सर्वोच्चताको जामा पहिर् याएर मुलुकमा सैन्य
सर्वोच्चता हावि भएको ठहर गर्दै सरकारबाट बाहिरिएपछि यसका समकक्षी
दलहरुका लागि बाख्रीको पुच्छर काटेर बोकालाई सजिलो बनेको स्थिति छ ।
नागरिक सर्वोच्चता उल्लंघनलाई माओवादीले ईश्यू बनाईरहँदा वास्तविक नागरिक
सर्वोच्चताको उल्लंघन खूद माओवादीहरुबाटै भैरहेको जिकीर उनका समकक्षी
दलहरुको छ । यस किसिमको राजनीतिक घनचक्करमा मुलुकको पूरै राजनीति नै
बेश्याको …॥ जस्तो बनेको छ ।

यहाँनेर बुझ्नैपर्ने कुरो के छ भने युगौँदेखि अपहृत नेपाली जनताका नागरिक
सर्वोच्चता माओवादीको जनयुद्धताका उल्लंघन भएका नागरिक सर्वोच्चता
लोकतन्त्र बहालीपछि उल्लंघन भएका नागरिक सर्वोच्चता माओवादी नेतृत्वको
सरकारद्धारा दिईएको आदेशको उल्लंघन हुँदा उनीहरुद्वारा परिभाषित नागरिक
सर्वोच्चता जस्ता आदि ईत्यादि सर्वोच्चताहरु वास्तवमै नागरिक
सर्वोच्चताका सवालहरु हुन् या यहाँका राजनीतिक भाँडहरुद्वारा रचित यस्तो
चक्रव्यूह जसभित्र तमाम नेपाली जनतालाई हलाल गर्न निर्माण गरिएको बधशाला
योभन्दा गम्भिर सवाल अरु के हुनसक्दछ

ज्ञानेन्द्रको वहिर्गमनदेखि लोकतन्त्र स्थापनासम्म नेपाली सेनाले देखाएको
सदाशयतालाई नेपाली जनताले बिस्रनु हुँदैन र बिस्रदैनन् पनि । माओवादी र
नेपाली सेनाले भित्र भित्रै के खिचडी पकाउँछन् त्योसँग आम जनतालाई हिजो
पनि कुनै लेनादेना थिएन आज पनि छैन । जनतालाई यत्ति थाहा छ कि सरकार र
सेना बीच तालमेल हुनुपर्छ। नागरिक सर्वोच्चताको यो घनचक्करमा यदि नेपाल र
नेपालीले अग्रगमनको निकास भेट्टाउन सकेनन् भने भोली त्यसको भरपाई नगरी
यहाँका यी भाँडहरुलाई सुखै छैन ।

माओवादीले उठाएको नागरिक सर्वोच्चता उल्लंंघनको ईश्यूलाई हेर्ने हो भने
माओवादीको खुफिया सीडी फ्ल्यास् भएपछि मात्र नेपाली सेनाले सरकारको
अवज्ञा गरेको देखिन्छ । आफुहरुलाई नेपाली जनताले संविधान सभाको
निर्वाचनमा सवैभन्दा ठूलो दल बनाएको र आफ्नो दलले ३ करोड नागरिकहरुको
प्रतिनिधिका रुपमा सरकार चलाउने म्याण्डेट पाएपछि आफ्नो आदेश नेपाली
सेनाले नमान्नुलाई माओवादीद्वारा नागरिक सर्वोच्चताको अवज्ञा भनी
परिभाषित गरिएको छ भने त्यो अवज्ञामा कामरेडहरु राष्ट्रपति लगायत शान्ति
प्रकि्रयामा गोलबन्द सबैखाले ठूला दलहरुबाट एक्लिएर झुठ्ठो वृहस्पति
बनिरहेको अवस्था छ । दशौँ हजारलाई चितामा सुताएर हासिल गरिएको सत्तालाई
ईमोश्नल्ली त्यागिएपछि माओवादी चुकिसकेको बताईन्छ । किनकि आतङ्ककारीको
सूचिमा परेर घनचक्करमा फँसेका माओवादीलाई आफ्नो अभिमतद्वारा चोख्याएर
जनताले सत्तामा ल्याएको यसकारण थिएन कि सत्तै त्याग गरुन् र धोवीको कुकुर
जस्तो घरको न घाटको बनून् ।

यहाँ यतिखेर जुन सर्वोच्चताको चक्कर चलाईएको छ यसबाट आम जनताको दिमाग
खराव छ निद्रा उडेको छ । आम जनताले यो किटान गर्न सकिरहेका छैनन् कि
युगौँदेखि अपहृत आफ्ना नैसर्गिक अधिकारहरु नागरिक सर्वोच्चता थिए-थिएनन्
जनयुद्धताका आफुहरुले भोगेका ती अनगिन्ति सास्ती-सासनाहरु नागरिक
सर्वोच्चता थिए-थिएनन् लोकतन्त्र बहालीपछि अपहरण हत्या हिँसा असुली
कब्जा ज्यादत्ति जस्ता अमानवीय वारदातहरुमार्फत उत्पन्न गराईएका अराजकता
उदण्डता एवं दण्डहिनता जस्ता कुराहरु नागरिक सर्वोच्चताभित्र
पर्छन्-पर्दैनन् र नेपाली सेनाले गरेको सरकारको अवज्ञा एवं राष्ट्रपतिको
कदम स्वयँ नागरिक सर्वोच्चताभित्र पर्दथ्यो वा पर्दैनथ्यो तीमध्ये
कुनचाहीँ सर्वोच्चता आफ्नो निम्ति थियो र कुन थिएन या सबैभन्दा भयानक कुन
सर्वोच्चताको उल्लंघनमा थियो जस्ता प्रश्नहरु गँवार देहातिहरुका निम्ति
अझै पनि अनुत्तरित नै छन् ।

युगौँसम्म निरंकुशताको पयरमुनी किचिफाँडो पारिएको नागरिक सर्वोच्चता
जनयुद्धताले उल्लंंघन गरेको नागरिक सर्वोच्चता ज्ञानेन्द्रको माघ १९ को
कदम लगायत लोकतन्त्र बहालीपछि उल्लंघन गरिएका सबै नागरिक
सर्वोच्चताहरुलाई एउटै तुलामा राखेर जोख्ने हो भने केही नजानेका गँवार
देहातिहरुलाई झुक्क्याउने ढाँट्ने र अनुचित प्रभावमा पार्ने खेलमा यहाँका
कुनै भाँड कोहीभन्दा कम छैनन् । जवसम्म यी भाँडहरुद्वारा रचित तमाम
राजनीतिक घनचक्करहरु बन्द हुँदैनन् तवसम्म नयाँ नेपाल त टाढाको कुरा हो
पुरानै नेपालको सपना देख्नु पनि हाम्रा निम्ति दुर्लभ हुनेछ । अस्तु

0 comments:

Feeds Comments