Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Saturday, August 22, 2009

0 ए सम्धिनी के बन्छ र नयाँ संविधान, बाबुराम नयाँ नेपाल कुन चराको नाम

एक वर्षपछि आएको छ भदौ ७ गते हरितालिका तीज । धार्मिक आस्था र
सांस्कृतिक महत्व बोकेको विशेषगरी महिलाहरुले निर्धक्कसंग नांच्ने गाउने
दिन तीज पर्वमा महिलाहरु आपुनो अटल सौभाग्य र जीवनमा सुख शान्ति र
समृद्धिको आशा बोकेर भोकै बसेर नांचेर गाएर मंगलमय दिनहरुको कामना
गर्दछन् । सर्वसाधारण महिलादेखि उच्च घरानाका महिलाहरुसमेत सोह्र
श्रृंगारले सजिएर देवस्थलहरुमा लाग्ने मेला भरेर सम्पूर्ण दुःखको जीवन
भुल्ने दिन हो तीज पर्व । साथी संगिनी इष्टमित्र घरपरिवार मिलेर मीठो
परिकार दर खाने पर्व हो तीज । महिलाहरुको बेदना बिसा्रउने पर्व हो तीज ।

सत्य युगमा हिमालयको छोरी पार्वतीले महादेव पति पाऊ भनि भाद्र शुक्ल
द्वितीयाका दिन दर खाइ भोलिपल्ट तृतीयाका दिन निराहार ब्रत बसेको र ब्रत
सफलीभूत भएको िकंवदन्ती छ । ऋषि पंचमीमा पवित्र नदी पोखरीमा स्नान गरी
महिलाहरुले सप्तऋषिको पूजा गर्छन् । प्राचीनकालदेखि नै सनातन धर्मको थलो
धार्मिक सहिष्णुता भएको राष्ट्र भएकोले तीज पर्वमा हिन्दू महिलाहरुसंग
अन्य धर्मका अनुयायी महिलाहरु पनि संगसंगै नांचिरहेका हुन्छन् । अन्य
पर्वभन्दा तीज पर्वमा हर्ष एवं उमंग महिलाहरुमा बढी देखिन्छ । बालबालिका
विवाहित महिला अविवाहित युवती वृद्ध नारी र पुरुषहरु आपुनो दैनिक काम नै
भुलेर नांचगानमा मस्त हुन्छन् -तीज पर्वमा । तीज पर्वलाई तराइमा विशेष
ढंगले मनाउन तराइका सर्वसाधारण महिला सरकारी तथा गैरसरकारी संघसंस्था
राजनीतिक दलका महिला संघ संगठनहरुले पहल गर्न खोजेको पाइदैन । नारी
सशक्तिकरण र नारी जागरणको नारा दिइ महिलाहरुको उत्थानको क्षेत्रमा
कार्यरत व्यक्ति संघसंस्थाले तीज पर्वलाई तराइमा नारी स्वतन्त्रता दिवसका
रुपमा मनाएर बढीभन्दा बढी महिलाहरुलाई नांचगानमा सरिक गराउन सकेको भए
सकारात्मक परिवर्तनको दिशामा उल्लेखनीय बल पुग्ने थियो । तीज राष्ट्रिय
रमाइलो पर्व हो । संचार माध्यम टेलिभिजन एफएम रेडियो पत्रपत्रिकाले तीज
पर्वलाई विशेष महत्व दिइरहेका छन् । टेलिभिजन र रेडियोमा महिनौ अघिदेखि
तीजका गीत प्रशारित भइरहेका छन् । तीजको गीत सुन्ने सबै यत्तिकै रमाएका
छन् उनीहरुको मन बेस्सरी रोमािाचत भएको छ ।

तीज पर्वमा महिलाहरुको लागि माइत बा-आमाको घर निकै महत्व हुन्छ । सुदूर
पश्चिमका महिलाहरुले विरक्तिको गीत गाउंदै भन्दछन्-

गाइ हुन्याको त घांस काटन्या नहुनेको के काटन्या

माइत हुन्याको त माइत जान्या नहुनेको कहां जान्या ।

वर्ष दिनसम्मको जीवनमा भोगेको पीर व्यथा गीतमा अभिव्यक्त गर्दछन् ।

दुःखी महिलाहरु हृदय खोलेर गाइरहेका छन्

यो मनमा घाम कहिले लाउलान

हाम्रा दिन आउलान कि नआउलान्

सुखी महिलाहरु हांसी खुशी भनिरहेका छन्

वर्ष दिनको चाड तीज आयो बरि लैं

आमा दिदी बहिनी नांचौ बरिलै

सिर्जनशील महिलाहरुले गीतबाट भन्दैछन्-

ए सम्धिनी के बन्छ र नयां संविधान

भन बाबुराम नयां नेपाल कुन चराको नाम

तीजका महिलाहरुले गीतबाट महान जनयुद्ध लडेर आएको संविधानसभामा ठूलो
राजनीतिक दल बनेको एकीकृत नेकपा माओवादीसंग धेरै प्रश्न गरिरहेका छन्
धेरै आशा राखेका छन् । जिम्मेवार एवं जवाफदेही पार्टी बन्न आग्रह गरी
अन्य पार्टीहरुलाई उपेक्षु गरिरहेका छन् । तीजका बेला महिला कलाकारहरुले
माओवादी बाहेक अन्य पार्टीको चर्चा नगरेबाट के स्पष्ट हुन्छ भने जनस्तरमा
अरु पार्टीहरुको साख अत्यन्तै गिरेपछि चर्चा गर्न समेत लायक देखिएन ।

तीजको बेला नेपाल अधिराज्यको हिमाल पहाड र तराइका सबै क्षेत्रमा
गुन्जिरहेको गीतको बोली छ-

गांस बास कपास रोजगारीको व्यवस्था हुनुपर्छ ।

अब गरिबहरुले पनि सुख शान्तिका साथ बांच्न पाउनु पर्दछ ॥

त्यस्तै देशको राजनीतिक बिग्रेको देखेर चिन्तित छन् तिजालु महिला-

काम गर्न खोज्नेको खुट्टा तानातान

सानो तिनो कुरामा ढुंगा हानाहान

कहिलेसम्म गर्ने हो कुसर्ी तानातान

सन्धिनी के बन्छ र नयां संविधान

जनता ढांट्ने नेताहरुलाई तिजालु महिलाहरुले गाली गरिरहेका छन्-

यो नेपालमा राम्रो दिन आउंला कि नआउला

दोषी भ्रष्टाचारी अपराधीलाई कारबाही कहिले होला

भनेर गीत गाउंदै तीजका महिला उन्मुक्तिसंगै चिन्तितसमेत बनेका छन् ।

0 comments:

Feeds Comments