Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Sunday, August 2, 2009

0 दलित आन्दोलनका सक्कली र नक्कलीहरू

सरोजदिलु विश्वकर्मा
वषर्ायाम भरी नदेखिने काला काकाकुल र वकुल्लाहरू माघ लागेपछि मधेशका
हरियालीमा चर्न झरेझैं दलित मुक्तिकर्मीहरू भनाउँदाहरू त्यसैगरी पिशावको
न्यानो छउन्जेल आफ्नै कुना-कोठरीमा मस्त हुन्छन्। अनि जव आन्दोलनको
परिवृतमा हरिया डलरको गन्ध चल्न थाल्छ, त्यसपछि ती दलितको 'द' सुन्न
नचाहनेहरू, गाउंघरका फाटेका दौरा र च्यातिएका पटुकी लाउनेहरूलाई देख्दा
पंखा हम्किनेहरूसमेत दाह्रा-बंगरा तिखारेर, थुतुनो र गुथुनो धोईपखालेर
दलित आन्दोलनमा नम्वरी हुन आईपुग्छन्। तर जव यिनको तुनो-फेरो बदलिन
थाल्छ, गालामा राता-चिल्ला मसाला लाग्न थाल्छन्, यिनीहरू आन्दोलनलाई
भकुण्डो हानेर पश्चिमी क्षितीजतिर ओथारो बस्न भर्ुर्रर उड्दै हराउँछन् र
आन्दोलनमा खाइपाएको चारो पचाउँदै तिनले त्यतैतिर पेट्मा मुगा जमाउन
थाल्छन्। अनि एकएक वटा ल्यापटपलाई काखमा राखेर आफूले खाएपचाएको स्मृति र
विस्मृति लेख्न थाल्छन्। न यिनले यो भूमिलाई केही दिन्छन्, न त आन्दोलनको
परिवृतमा केही नै छोडेर जानेवाला नै छन््। हद् भए जोईपोई च्यापेर एक
कुनामा निदाउने र खाईपचाउने मात्र हो, तिनका धन्दा।
दलित आन्दोलनलाई आफ्नै पुरानो विरासत भन्ने अर्कोथरी पनि छ, जो
ठूला-ठूला महलमा बसेर आफ्ना वंशहरूलाई भने आन्दोलनभित्र आउनै दिदैंन।
अर्थात, उनीहरू आफ्ना सन्तानहरूले शोषक सामन्तका छोराछोरीसरह पींधमुनि
कट्टु लगाएर गल्ली चाहरेकै मन पराउँछन्। र, गैरदलितलाई गाली गर्दै आफ्ना
सन्ततीलाई विदेश भसाउने बाटो खन्दै छन्। अनि फर्ुइ लगाउँछन्, मेरो यो,
त्यो, फलानो, चिलानो याहाँ-त्यहाँ छ भनेर। हामीलाई राम्ररी थाहा छ, शहरमा
एउटा डेरा जमाउनसाथ आफू मात्र नम्वरी ठान्दै दलित आन्दोलनमा अनवरत
लाग्ने, बाँकी जतिलाई हरीकङ्गाल भन्नेहरू जहाँ भएपनि ती कुन हालतमा छन्,
भन्ने कुरा। तिनका इतिहासर्-वर्तमान ऐनाजस्तै र्छलङ्ग छन्। विचराहरू एउटा
अब्बल नागरिक हुनसम्म पाईरहेका छैनन् र एक छाक खानैमा मात्र महागर्व
गर्दैछन्, जुन तिनकै घरका पाल्तु जनावरले पनि त खाईरहेकै छन्। यिनका
वारेमा यति नै कुरा गरौं।
तेश्रो तप्काः- जो आज पनि साउनेती र चैतेती उठाएर दलितकेा मुक्ति
खोज्दैछ र दर्ुइ-चारवटा गोरा छालाहरूले आफूलाई पत्याउनासाथ आफूलाई
अजम्वरी ठान्दैछ। तर फरक यति हो, हिजो हाम्रा बाबुवाजेहरू मौखिकरूपमा जदौ
ख्वामित् गर्दै अन्न जोहो गरेर जीवन धान्न बाध्य थिए भने यी नयाँ
वालीघरेहरू तिनै वावुवाजेको कहानी गाउँदै तिनै स्वदेशी-विदेशी विष्टसंग
लिखितरूपमै अंग्रेजीमा जदौ-ख्वामित गर्दैछन्। जो 'ड्यालिट्' भनिनसाथै
गरूडको छाँयामा र्सप लुट्पुटि्टए झैं लत्याकलुतुक्क परिहाल्छन्। तिनीहरू
राज्यलाई, दललाई, नेतालाई गर्नसम्म गाली गर्ने अनि कमाउने र जमाउने, मौका
पाउनसाथ विदेशतिरै चौका हान्ने प्रतिष्पर्धामा छन्। जदौ छ- यी
महामहिमहरूलाई। अनि, यो परिवृतभित्र एउटा भिन्न समुह पनि छ- डिजीटल
महिला। जो, दुःखी-दर्रि्र महिला चरित्रको अभिनय गर्दै बढी डिजिट्का लागि
सौतैमा चढेर भएपनि विदेशमा हराउने नेपाली हिरोईन् जस्तै डिजिटल पोई
-श्रीमान) प्राप्तीकै लागि दलित आन्दोलनमा लागेका छन्। अर्थात चोर-डाका,
माफिया, ड्रगिष्ट, राष्ट्रघाती, बलात्कारी वा प्रत्येक मुलुकमा श्रीमती
बनाउँदै र छाड्दै हिडेकेा भएपनि ५-६ डिजिटको तलव खाने पोई प्राप्ती नै
उस्को प्रमुख लक्ष्य हुन्छ। अथवा अरूलाई समानता र सम्मानको पाठ् सिकाउँदै
ऊ आफू चैं नवसामन्त देखिन चाहन्छे र यसैलाई दलित मुक्ति ठान्दछे। यिनीहरू
पनि गरीव, र्सवहारा, उत्पीडित दलितकै मुक्तिमा लागेका छन्। त्यसैले
यिनलाई मैले डिजिटलस्तरमा राखेकेा छु, जसलाई कहिलेकाहीं भन्न मन लाग्छ-
ए...! आआफ्ना जोइपोई च्याप, कुनातिर पस, बक्बक् नगर।
चौथो थरी समुह पनि छ- दलित आन्दोलनमा, तिनीहरू आफूलाई सक्कली दर्जाका
राजनीतिक क्रान्तिकारी भन्न मन पराउँछन्। जस्को क्रान्तिकारिता भनेको उही
बावुवाजेका ख्वामितज्यूका दरसन्तानकै ज्यू-हजुरी गर्नु हो। तिनको
तथास्तुविना यिनका धोतीका जुम्रा पनि झर्नेवाला छैनन्, तिनका निगाहविना
यिनका परेली झिम्किनेवाला छैनन्। हो, यो भित्र केही राम्रा पनि छन्र्,र्
इमान्दार पनि छन्, वास्तवमै क्रान्तिकारी पनि होलान् तर आजसम्म राजनीतिक
रजतपटमा पद ग्रहण गर्ने अधिकांशको दैनिकी भनेको जी-हजुरी गर्नु, कुनै
फोरम भेट्याए भने पुच्छर ठाडो पारेर विनाअध्ययन, विनासाधना पदौरो गफ
लगाउदै वाहुनवादी सामन्तहरूको खैरो खन्नु तथा पद पाउनका लागि फेरि तिनै
सामन्ती दलाल र जनता हलालहरूको तप गर्नु तथा पद पाएपछि झिंगा मारेर बस्नु
नै यिनको कर्तब्य हो। ती सामन्त दलाल तथा वाहुनवादी हैकमवालाहरूलाई
राष्ट्रका लागि नयाँ सोच भएका सहयोगीहरू होईन, यस्तै पात्रहरू सजिला छन्,
जस्लाई गोजीबाट निकालेर सजिलै राख्न र फ्याँक्न सकिन्छ। फरक यति होः हिजो
दरवार र भाई-भारदारको चाकरी गरेर मात्र पद् पाईन्थ्यो भने आज कुनै हैसियत
बनाउन यिनै खाईपाई आएका छोटा राजाहरूको घरवारदेखि धाउनेदेखि गर्दनमा
यिनका तरवारसम्म बोक्ने गनर्ुर्ुुर्छ। यस्ता क्रान्तिकारीलाई पनि सलाम छ।
यस्तै छ, हाम्रो दलित आन्दोलन। कोही चैं भने आन्दोलनकै सेरेाफेरोमा
आफूलाई यसैत्यसै विलाईदिन्छन्, यहींभित्र हराइहिन्छन्, जसले यो आन्दोलनमा
धेरै उकाली ओरालीहरू पारगरेका छन्, धेरै रूझेका छन्, भिजेका छन्, धेरै
जोर चप्पल फटाएका छन्। तर विचरा उनीहरू, टीआर, रूपलाल, जवाहर रोक्का र
लालवहादुर खाती झैं विनामोल मर्दैछन्। यिनलाई उपरोक्त विदेशीभक्त,
झण्डाभक्त र डण्डाभक्त मान्छेहरूले पत्याउँदैनन्। अथवा एन्जिओको पैसा
नपाएको भनेर उस्लाई कतै बोलाईन्न अथवा कुनै भिन्न पार्टीमा लागेको भनेर
दुत्कारिन्छ। कहिलेकाही त तिनै वाहुनहरूका जजमानी धर्म-भिक्षुहरूले
थरीथरीका वादी भनेर उस्लाई वञ्चित गर्दछन्। तर पक्का नम्बरी भने यिनै
हुन्- जो हुँदापनि नहुँदा पनि, आरोहमा पनि अवरोहमा पनि, असहजता पनि
सहजतामा पनि, यही माटोमा थिए र एकमुठी स्वास रहुन्जेल यही रहेर
संर्घष्ाकै मैदानमा आफूलाई खार्दै-तिखार्दै लैजान्छन्, अथवा जहीँ रहेर
पनि भावि पीँढिको सम्मान र समृद्धिका खातिर नैतिक र भौतिक सहयोग गर्दै
रहन्छन्। यिनलाई चैं सास्टाङ्ग प्रणाम !!!


0 comments:

Feeds Comments