Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Wednesday, August 26, 2009

0 अपहरणपछि हत्या

-शैलेश दवाडी-
काठमाण्डूको एउटा कलेजमा पढ्दै गरेकी छात्रालाई अपहरण गरी बिभत्स तरीकाले
मारिएको घटनाले राजधानीमा मौलाउँदै गएको अपराधको श्रृंखलामा एउटा
डरलाग्दो कडी थपेको छ।
बिराटनगरबाट काठमाण्डूमा आएर प्लस टू पढिरहेकी ख्याति श्रेष्ठलाई तीन
हप्ता अघि पुतलीसडकबाट अपहरण गरी १० लाख रुपैयाँ मागिएको बताईएको थियो।
उनको परिवारले अपहरण गर्नेलाई केही रकम दिएको पनि बताइएको थियो।
तर ख्याती सकुशल फर्किनन्। उनको शव टुक्रा टुक्रा पारिएको अवस्थामा फेला प-यो।
प्रहरीका अनुसार परिवारका एकजना पूर्व परिचितले ख्यातीको अपहरणपछि
बलात्कार गरेर हत्या गरेको पाइयो।
दुर्लभ
काठमाण्डूमा चोरी र लूटपाटका घटनाहरु नौला नभएपनि मानिस अपहरणको घटना
ज्यादै दुर्लभ थियो।
केही बर्षअघि सम्म अपहरणको एउटै घटना पनि प्रकाशमा आउँदैनथे। तर आजकल
अपहरणका घटनाहरु सामान्य हुन थालेका छन्।
दुई वर्षअघि कोटेश्वरका एक नाबालक विवेक लुईंटेलको अपहरणले राजधानीमात्र
हैन देशै हल्लाएको थियो ।
तीं कलिला स्कुले बालकलाई पनि अपराधीले गिंडेका थिए।
त्यसैताका कमलादीमा अपहरणमा परेका अर्का एक बालकको शव फेला पर्‍यो जुन
घटनाले राजधानीवासीलाई दुखी मात्र बनाएन बालबालिकाको सुरक्षाप्रति चिन्ता
पनि बढायो।
विवेक लुईंटेलको अपहरण र हत्या भएको साल २०६३ सम्म अपहरण सम्बन्धी कुनै ऐन नै थिएन।
उनका हत्याराहरुलाई प्रहरीले कर्तव्य ज्यान मुद्दा लगाएको थियो।
ऐनको आवश्यकता
विवेक लुईंटेलको अपहरण र हत्या अनि त्यहि घटनाकै अघि पछि भएका केही बच्चा
अपहरणका घटनाले अपहरण सम्बन्धी ऐनको आवश्यकता औंल्यायो।
अपहरण तथा शरीर बन्धक ऐन बनाइ लागु भएयता ६७ वटा अपहरणका घटनाहरु
प्रहरीमा दर्ता भएका छन्।
तर अपहरणका सबै घटनाहरु सबै प्रहरीमा रिपोर्ट गरिएका हुँदैनन।
गुपचुप ढंगले फिरौती बुझाएर अपहरण मुक्त भएका कतिपय घटनाबारे प्रहरीलाई
पत्तो पनि हुँदैन।
अपराधबारे बिशेष ज्ञान राख्ने एक जना कानुनका प्रध्यापक माधव आचार्यका
अनुसार सुरक्षा निकायहरु चुस्त नभएकाले यस्तो अपराध बढेको हो।
उनले भने, "राजनीतिक अस्थिरताका कारण सुरक्षा अंगहरु सकृय भएर पूर्ण
आत्मबलका साथ काम गर्न सकिरहेका छैनन। यसबाट अपराधीहरुलाई प्रोत्साहन
पुगेको मात्र होइन अपहरणमा तुलनात्मक रुपमा खतरा कम र सफल भएमा ठूलै
आर्थिक लाभ हुने देखेर पनि अपराधीहरु यसतर्फ बढी आकर्षित भएका छन्।''
अपहरणका घटनाहरु बढ्न थालेपछि प्रहरीले एउटा छुट्टै निकाय बनाएको छ।
अविश्वास
आफुहरुलाई समयमै खबर गरे सुरक्षा पनि दिन सकिने र अपराधीलाई कानुनको
कठघरामा उभ्याउन सकिने प्रहरीको भनाई छ।
काठमाण्डूका प्रहरी प्रमुख नवराज सिलवाल भन्छन, "अपहरण भएपछि अपहरितका
परिवारले प्रहरीलाई जानकारी नदिनाले प्राय घटनाले दुखद मोड लिने गरेको
छ।"
आफुलाई समयमै जानकारी गराईएमा सुरक्षा दिन सक्ने भनी प्रहरीले आश्वस्त
तुल्याउन खोजेपनि मानिसहरु प्रहरीको क्षमतामा पूर्ण विश्वस्त देखिंदैनन्।
प्रहरीले आफ्नो क्षमतामा मानिसहरुलाई विश्वास दिलाउन नसकेसम्म अपहरणको
बढ्दो आतंक नियन्त्रण हुने संभावना कमै हुने धेरैको भनाई छ।
उनीहरु भन्छन, प्रहरीको क्षमता बढाउन बलियो सरकार जरुरी हुन्छ र बलियो
सरकारका लागि राजनीतिक स्थिरता चाहिन्छ।
यी दुबै कुराको ग्यारेण्टी भएमात्र राजधानीवासीले अपहरण आतंकको कालो छाया
बाट मुक्ति पाउने आशा गर्न सक्नेछन्।


0 comments:

Feeds Comments