Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Saturday, November 28, 2009

0 जातीय संघीयता र किच्चक घरवेटी बाको दादागिरी

-सरोजदिलु विश्वकर्मा
फरक-फरक च्यापु भएका किच्चकै किच्चक जातका घरवेटीहरू। यो १६ वर्षो
काठमाडौं बर्साईमा एक दर्जन जति डेरा सरिएछ। कति डेरा समयमा वहाल तिर्न
नसकेर सरियो, कतिमा भौतिक सुविधा र सरसफाई नभएर सरियो, कतिमा विवाह
नगर्नाका कारणलेे त कतिमा विवाह गर्नाका कारणले सरियो। कतिमा विधार्थी
भएका कारणले र्सर्नु पर्यो त केहीमा घरवेटीकी छोरीका कारणले झेालीकुम्ली
बोकेर हिड्नु पर्यो। डेरा सरिरहनुको दोष मेरो होईन, तिनै किच्चक
घरवेटीहरूकै हो। वहाल तिर्न २।४ दिन ढिला हुँदा 'निस्केर जा' भन्ने,
पानी, धारा, टोइलेटको सुविधाविना भाडा उठाएर खाने, विधार्थीहरूको
सम्वेदना नबुझी रातविहानै पैसा मांगने र हाम्रा पैसाले हिःपप् छोरीकेा
लिपीस्टीकदेखि पेन्टीसम्म किन्न हुने तर छोरी दिन नमान्ने यी घरवेटी
बाहरू, अनि हाम्रै कमाइृमा मोज र भोज गर्ने ती तरूणी छोरीहरूले फर्केर
नहर्ेनाले पनि डेरा सरियो। यस्तै छ, राजधानीको बर्साई।
यसपाली भने पत्रकार भएको आरोपमा डेरा सरियो। कम्युनिष्ट पार्टर्ीी
खुन्खार कार्यकर्ता हाम्रा भुपु घरवेटी बा वहाल बस्ने तरूनीहरूलाई भने
भाडा लिदैंनरहेछन्। सुनिन्थ्यो- घरवेटी छोरीसंग लभ पर्यो भने खल्तीबाट
भाडा तिर्न पर्दैन रे। तर मेरा घरवेटी छोरीहरू भने सवै धुतार। वरू कतिमा
त घरवेटीहरू नै तरूणीवरूणी वहाल बस्नेहरूसंग नै लभ् गर्दारैछन्। वस् ती
तरूनीले घरभित्र बोलाएर दाँत ङच्ियाईदिए पुग्यो। अनि, एकदिन रंगेहात फेला
परे घरवेटी बा र सायद यो भित्रका अरू खुल्दुलीहरू खोतलिने डरले पत्रकार
भन्नासाथ उनले निस्केर जा भने। अनि भर्खरै डेरा सरियो।
अघिल्लो वर्षपानीको हाहाकार हुँदा पाटनको कुम्भेश्वर धारामा पानी भर्न
जाँदा लोकल पाहरूले -पा भनेको नेपाल खाल्डोका आदिवासी) र वहालवालाहरूलाई
वोईलर ठानी रड्ले टाउको फक्ल्याक्क पारिदिएको सम्झदा अहिले पनि आङ
जिरिङ्ग हुन्छ। आजपनि हामी वोईलरले ती पाहरूको अगाडि शीरनत गरेर 'हजुर
निगाह होस्' भन्नै पर्छ। नत्र, तिनले 'हामी लोकल' भन्नासाथ हामी
बोईलरहरूले टाउको जोगाउन दौडनु वाहेक अर्को विकल्प हुन्न। तिनै पाहरूको
त्राहीमा हामी वोइलरहरू राजधानीमा शीर उचालेर कोरकोराउन पनि प्रतिवन्धित
छौं। कुनै मजवुत कानुन छैन, यी घरवेटी विरूद्ध उजुरवाजुर गर्ने। कोही
सुनिदिनेवाला पनि छैन वहालवालामाथिको अन्याय। त्यसैले उसले 'निस्केर जा'
भन्नासाथ मरेको विरालो काखी च्यापेर र्सर्नु परिहाल्छ। किनकी राष्ट्रलाई
कहिल्यै कर नतिर्ने यी घरवेटी वाहरूका लागि हामी सवै वहालवालाहरू पाखे र
खान नपाएर काठमाडौं छिरेका शरणार्थीहरू हौं। अनि उनको नजरमा हामी
किरायदार सेकण्डक्लास नागरिक नै हैा। अर्थात हामी भनेको उनको कमाई
गरिदिने जोताहा गोरूसरह हौं, तिनले जसरी जोतेपनि हुन्छ।
हुन त वहाल बस्नेहरू नहुने हो भने कतिपय घरवेटीहरूले या सडकमा बसेर
मांगनु पर्दछ या चोर्न हिड्नर्ुपर्दछ। यिनका छोराहरूले मुँद्रा लाउन पनि
पाउने छैनन् भने छोरीहरूले सेन्टी र पेन्टी फर्ेन पाउने छैनन्। चौवाटोमा
पसल थापेर वहालवालाहरूको कमाई कज्याउने यिनको धन्दा पनि चल्ने छैन।
त्यसवेला मात्र सवै उस्तै मानिस भन्ने यी घरवेटीहरूको चेतना खुल्ने थियो।
यी घरवेटी बा तिनका छोरीहरूको रवाफ हर्ेदा राजधानीमा घर भाडामा
लाउनेहरूकेा भविश्य अझ अन्धकार देखिन्छ। जवकि संघीय प्रणालीमा जाँदा
राजधानीमा नेवाहरूको अधिपत्य हुने निस्चित छ। ती नेवार भनेकै यहाँका
पक्का घरवेटी बाहरू हुन्। अनि जव नेवारहरूको अधिपत्य जम्छ, गैरनेवारलाई
यहाँका भुस्याहा कुकुरलेसमेत भुक्नेछन्, लखेट्ने छन्। तिनलाई ठाडो आँखाले
हर्ेदा पनि हाम्रा आँखा निकालिने छन्। झन् त्यसवेला हामी दलितहरूको हालत
के होला - एकैक्षण कल्पना गरौं त। आजै त छिःःछि र दुर्दुर् गर्ने यी
घरवेटीहरूले डेरामा त परै राखौं, घरको फेरामा एकक्षण उभिँदासमेत वहाल
उठाउने छन्।
अर्थात, यस प्रसंगलाई एकक्षण जातीय राज्यसंग तुलना गरेर हेरौंः यदि
माओवादीले उठाएजस्तो जातीय राज्यमा गईयो भने अल्पसंख्यक र उत्पीडितहरू
विशेषतः दलित र मुश्लिमहरू तथा वहुसंख्यक जातजातिहरूको सम्वन्ध पनि
घरवेटी बा र वहालवाला पाखेवीचको जस्तो हुने देखिन्छ। जस्को उधाहरण आजको
नेवारमय राजधानीले प्रष्ट दिएको छ। भोली नेवा राज्यमा अल्पसंख्यकले यो
भन्दा चर्को उत्पीडन र वहुसंख्यकको दादागीरी भोग्नै पर्छ । यसका अलावा
थारूहट, ताम्वासालिङ्ग, लिम्वुवानमा ती वाहेकका जातिहरू आजका
किरायकादारको हालतमा पुग्ने छन्। मधेशमा गोरा छालाहरूलाई लोकल पाहरूले
शीर उचो गरेर हिड्न दिने छैनन्। यस्ता जातीय राज्यमा अल्पसंखयकहरूले
मरेको विरालो काखी च्याप्दै मुसाले मुसा नै वाँदरले वाँदर नै, खरायोले
खरायो नै साथी खोजेजस्तै आफ्ना जात समुहको खोजी गर्दै बर्साईसर्राई
गर्नुपर्ने त्रि्र सम्भावना रहन्छ। जवकि लोकतन्त्रमा वहुमतकै
निर्ण्र्ाासदर हुन्छ। जवकि वहुसंख्यकहरू आफ्ना जातजाति र समुहको पक्षमा
नै लाग्नेछन्। यसलेगर्दा अल्पसंख्यकहरूले कहिले न्याय पाउने छैनन् र
न्याय मांगन जाँदा पीडितले वंगलामुखिमा झै रड् खानुपर्ने स्थिती प्रत्येक
राज्यमा दोहोरिन्छ। अतः शुरूशुरूमा त कांग्रेस-कम्युुनिष्ट एक हौं
भनेजस्तै जातीय राज्य पाएकोमा एकताको माहोल नै होला, तर अन्नतः चुप लागेर
खुरूखुरू कर तिर, यात झोली-कुम्लो कसी बाटो लाग् भन्ने हालतमा यी दलित
तथा मुश्लिमहरू पुग्नेछन्। यतिमात्र होइन, जातीय राज्यका पक्षपाति
जानजातिभित्र समेत वहुजात हुनेले अवसरको उपभोग ज्यादासे ज्यादा गर्न
पाउँछन् भने कुसुण्डा, लेप्चा, झाँगड आदिको हालत त उही हो, आजका
राजधानीका वहालवालाभन्दा गए-गुज्रेको।
माओवादीमा नागरिक सर्वोच्चताको आन्दोलनसंगै जातीय गणराज्य घोषणा गर्ने
अभियान पनि शुरू भएको छ। थारूहट र किराँत राज्य घोषणा भईसकेका छन्। सायद
अव खड्ग विश्वकर्माले कालिकोटे राज्य बनाउलान् नै। त्यसो भयो भने त
दलितप्रति माओवादी पार्टर्ीी कार्यकर्ताहरू वास्तवमै समवेदनशील रहेछन्
भन्ने बुझनर्ुपर्दछ। नत्र अरू जातिकेा राज्यमा दलितले आफ्नो पहिचान
गुमाएर वहुमत जातिको पहिचान ग्रहण गर्नु र उनीहरूको अधिपत्यलाई
स्वीकार्नु हो। र, त्यसवापत दलितले केही निगाह पाउँनेछन्, जुन आजको विष्ट
कमाएर दर्ुइचार माना वाली बटुल्नुजस्तै हो। अतः ती जातीय राज्यमा
दलितहरूले चै फेरिपनि विष्टैमात्र कमाउनु पर्ने र त्यसवापत पुच्छर र
गर्दन बोक्ने अथवा खला उठाउनु पर्नेहुन्छ। अर्थात आजको नेपा राज्यमा
पाहरूले हामी किरायदारलाई जसरी आफ्नो लंगौटी झैं सम्झेर 'आईज बस् अनि
निस्केर जा' भनिरहन्छन्, त्यसरी नै जातीय राज्यका नयाँ पाहरूले अल्पमत र
दलित मुश्लिमहरूलाई 'खाए खा नखाए घिच्'को स्थितीमा पुर्याउने छन्। र,
तिनका छोराछोरीहरूले हाम्रा हाड्-छाला तरेर सेन्टीपेन्टी लगाईरहने छन्।
त्यसवेला हाम्रो भने डेरा खोज्दै र र्सर्दैर्सर्दै प्रत्येकराज्यमा
जात्जातका घरवेटी पोस्ने धन्दामात्र हुनेछ। अतः जनजातिको पक्षमा आईएल्ओ
१६९ ले जसरी ब्याख्या गरेको छ, त्यो नेपालको संस्कृति र बनोट अनुसार छैन,
दलित तथा अन्य अल्पसंख्यकको भावना प्रतिकुल पनि छ। साथै हामी आईएल्ओ लागि
नयाँ नेपाल बनाउन गईरहेका पनि होईनौ, नयाँ नेपाल नेपाली जनताको लागि
बनाउने हो। त्यसैले माओवादीलगायत जनजाति, वुद्धिजीवि मित्र र प्राडाहरूले
जातीय राज्यको सोंचलाई उखेलेमात्र हामी सवै मिलि अतिहिन्दू वाहुनवादी
संस्कारविरूद्ध लड्न सक्छौं। होईन, फेरि पनि स्वायत्त जातीय राज्यमा हामी
अल्पमत र उत्पीडित जातिलाई किरायादार मात्र बनाउने हो भने हाम्रा लागि
जातिवादभन्दा वाहुनवाद नै जिन्दावाद।
Read More...

Thursday, November 26, 2009

0 जातीय सफाया ः

- अ के ला-
आजको प्रस्तुति एक यस्तो व्यक्तिवारे छ, जो भुटानको जातीय सफायामा परी
नेपाल छिरेका थिए। यो, आफ्नै नागरिकहरुसँग गरिएको भुटानी सरकारको यस्तो
रामकहानी हो, जसले बलियाको आडमा निर्धामाथि गरिने अनेकौँ अत्याचारका
गाथाहरुको बखान गर्दछ र आफ्नो राष्ट्रियता, स्वाधिनता र मौलिकता गुमाएर
पनि आफुलाई र्सार्वभौम र गौरवान्वित ठानिरहेका हामी नेपालीका लागि केही
सन्देश दिनसक्ने हुँदा आजको प्रस्तुतिमा एक अभागी भुटानी नागरिकको आफ्नै
जुबानीमा व्यक्त गरिएको यो रामकहानी पस्केको छु। प्रस्तुत छ पीडितको
रामकहानी।
मेरो घर सरवाङ जिल्लाको ब्लक सिङ्गे सिष्टी देउराली गाउँमा पर्छ। सरवाङ
नदीको नामबाट यो जिल्लाको नाम राखिएको हो। तर यो नदीको मुहान कहाँ छ,
मलाई थाहा छैन। यत्ति थाहा छ(त्यो नदी भारतको सुनकेश नदीमा गएर मिसिन्छ।
त्यो, भारतको दक्षिणी सिमामा पर्दछ। उत्तरमा चिराङ जिल्लाको बेटिनी गाउँ,
जहाँ अधिकांश शर्ेपा जातिको बाहुल्यता छ। त्यहाँको मुख्य खेती भनेको
अलैंची, आलु, सुन्तला हो। सिष्टी देउराली भारतको नजिक छ। यो केही अग्लो
पहाडर्ीर् इलाका हो। त्यसको ५०० मीटरको दुरीमा भारतको कछु बजार छ। हामी
आफ्नो दैनिक किनमेल र ब्यापार त्यहीँ गर्दथ्यौँ। भुटानबाट भारत जान
त्यतिबेला रोकतोक थिएन। हामी सबैजना आ(आफ्नो व्यापार व्यवसायमा व्यस्त
थियौं। म जतिबेला जवान थिएँ, त्यसबेला भुटानमा नेपाली भाषामा कक्षा ७
सम्म पर्ढाई हुन्थ्यो। जिङमेसिङ्गे वाङचुक, राजा थिए। त्यसबेलासम्म
हामीलाई राज्यका तर्फाट कुनै किसिमको दर्ुर्व्यवहार गरिएको थिएन। हामीलाई
हाम्रो देश, आफ्नो भाषा, भेष र आफ्नो मौलिकताप्रति निकै गर्व लाग्दथ्योे।
सन् १९९२ तिरको कुरा हो। र्सवाङ जिल्लाको मण्डल -भुटानी भाषामा जोङ्खा)
थिए(रणबहादुर घले। सिष्टी देउरालीमा प्राय सुन्तलाको खेती हुने गर्दछ।
हाम्रो घरबाट उत्तरमा एउटा पहाड छ(लबरभोटे। मेरो आँखाले भ्याएसम्म
हर्ेदाखेरी बितीनी गाउँ देखिन्छ। त्यो, दारेछ भन्ने पहाडमा छ। त्यहाँ
प्राय सुवेदी, दाहाल, थपलिया, दर्जी, सार्की आदि जातिहरुको बसोबास छ।
भुटानको राजधानी थिम्पु जान सवाङ जिल्लाबाट बस चढेर डम्फु, डम्फु हुँदै
बाङ्दी र त्यहाँबाट बल्ल राजधानी पुगिन्छ। थिम्पु पुग्न भारतको बाटो पनि
प्रयोग गर्नसकिन्छ। त्यसको लागि बाह्रबिसे र जयगाउँ हुँदै जानर्ुपर्छ।
त्यहाँ भारतले प्रशस्त मात्रामा विद्युतका पावर हाउस खोलेको छ। थिम्पु
पुग्न त्यो बाटो पनि प्रयोग गर्नसकिन्छ।
मेरो गाउँ सिष्टी देउराली एउटा बाक्लो बस्ती भएको गाउँ हो। सुवेदी,
दाहाल, थपलिया, दर्जी, सार्की आदि जातिहरुको यहाँ करिव १५ हजारको
हाराहारीमा बसोबास थियो। म राजधानी थिम्पुबाट करिव १ महिनापछि मेरो
गाउँमा फर्केँ। त्यतिखेर गाउँघरमा सरकारद्वारा आईमाईले कपाल पाल्न, पोते
लगाउन नपाईने, हामीले जान्दैनजानेको जोङ्खा भाषा -जुन भाषा केवल
राजपरिवारले मात्र बोल्ने गर्दथे) मात्र बोल्नुपर्ने जस्ता कडा नियम
लगाएको थियो, नाध्ने ताकत हामीमा थिएन। एक एक गर्दै सरकारले हाम्रा सबै
अधिकार खोसिसकेको थियो। जतिसुकै अन्याय र अत्याचारहरु हामीमाथि थोपिईदा
पनि हामीले सबै बिर्सर्ेेआफ्नै गाउँमा बसिरहेका थियौँ। नेपाली भाषी भएकै
कारणले गर्दा हामीमाथि धेरै प्रतिवन्धहरु लगाईएका थिए।
बेलुकाको रेडियोले साम्ची जिल्लाको पुलमा मानव अधिकारवादी नेता
देउनारायण अधिकारीलाई भुटानी सेनाले गोली हानी मारेको समाचार प्रेषित
गरेपछि हामी झन् बिचलित भयौँ। यो त्यस्तै सन् १९९२ तिरको घटना हो। गाउँघर
जतासुकै सेना आएर घर, टहराहरु जलाउने, गाउँलेहरुको फोटो खिच्ने, जग्गा
जमिन, घरकेा लालपर्ूजाहरु नष्ट गर्ने, नागरिकता प्रमाणपत्रहरु खोस्नेे,
आफुखुशि देश छोडेको बयान दिन लगाउने, नमान्नेलाई चरम यातना दिने,
चेलिबेटीहरुमाथि हातपात र जवरजस्ती गर्ने र नमान्नेलाई गोली हान्ने
गर्नथालेपछि मानिसहरु धमाधम गाउँ छोड्नथाले र गाउँका गाउँ स्मसानघाट
बन्यो। गाउँलेर्,र् इष्टमित्र, नातागोता, कुटुम्वहरु को को, कहाँ कहाँ
गए, के गरीराखेका छन्, केही थाहा भएन। किनकि, मेरो अवस्था पनि त्यस्तै
थियो। हजारौ मानिसहरु बिना कारण देश निकालामा परेे। म पनि कसरी कसरी
लुकीछिपी भारत पसेछु।
भागेर भारतमा पस्दा मसँग एकपैसा पनि थिएन। कपडाको नाउँमा जति लगाएको
थिएँ, त्यत्ति मात्रै थियो। भोकतिर्खाले एकप्रकारले म मरिसकेको थिएँ।
थकानले गर्दा आफु कहाँ छु भन्नेसम्म मलाई होश थिएन। त्यसरी भागेर भारत
पुग्दा पनि हामीले सुख पाएनौं। भारतका सेनाले तिमीहरु राजद्रोहीको आरोपका
देशनिकाला भएका भन्दै हामीलाई जबरजस्ति नेपालको सिमामा पठाउन गाडीमा
चर्ढाईयोे र मुढे, हसिमारा, बिसमुरे हुँदै जलपाईगढी, सिलगुढी,
नक्सालबाढीमा ल्याएर खानु न पिउनु त्यत्तिकै छाडियो। मैले, तिर्खा लागेको
छ, पानी पिउन देउन भन्दाखेरी भारतीय सेनाका जवानहरुले बन्दुकको कुण्डाले
यस्तरी कुटे कि म बेहोस भएछु। त्यसपछि के भयो, केही पनि थाहा भएन। अचेत
अवस्थामा नै हामीलाई सिलगुढी ल्याईएछ।
त्यतिखेर रातको करिव बाह्र बजेको हुँदो हो। बेस्सरी तिर्खा लागेको हुँदा
नजिकै एउटा खाल्टोमा जमेको पानी अमृत मानेर पिएँ। के गर्नु, कसैसँग मागेर
स्वच्छ पानी पिउँ भने पनि घरहरु सबै बन्द थिए। आफु परियो(देशनिकालामा
परेको र परिचय गुमाएको मान्छे। त्यसपछि हामीलाई भारतीय सेनाद्वारा
सिमाको गेट खोलेर जवरजस्ति गेटबाट अगाडी बढ्ने आदेश दिईयो। नमाने, गोली
हान्ने धम्की दिईयो। बाध्य भएर हामी अगाडीतिर दौडियौं। आफ्नो ज्यान बचाउन
भाग्दा कैयौंको खुट्टा भाँच्चियो, हात भाँच्चियो। कोही, आफैँ आफैँ
किच्चिएर मरे। तैपनि एउटा अनिश्चित र अपरिचित बाटोतर्फलाग्न हामी बाध्य
भयौँ र लागिरहृयौँ। किनकि, अर्को बिकल्प हामीसँग छँदै थिएन। अन्त्यमा
हामी एउटा घनघोर जंगलमा आईपुग्यौँ। पछि मात्र थाहा भयो कि त्यो त नेपालको
जंगल रहेछ। पछि पो थाहा भयो कि हामी त नेपालको सिमामा पो प्रवेश गरेका
रहेछौं।
आफ्नै मातृभूमीबाट लखेटिएर नेपालमा प्रवेश गर्दासम्म पनि मरिने र
बाँचिने कुरामा हामीलाई दोधारै थियो। तर नेपालका केही मानव अधिकारवादी
सँस्था र विश्व रेडक्रशको सहयोगले हामीलाई केही समयपछि नेपालकै झापाको
बेलडाँगी गाउँमा अस्थायी बसोबासको प्रवन्ध गरियो। पालभित्रको जीवन कष्टकर
थियो। हावाहुरी, वषर्ा, त्यसमाथि पीडादायी भोकले गर्दा हामीमध्ये सबैजनौ
बिरामी परिसकेका थियौं। समयमा खान र औषधीमुलो नपाउनाले हाम्रो अवस्था
नाजुक थियो। सम्झेर ल्याउँदा आज पनि जिऊ फुलेर आउँछ। त्यहाँबाट फेरी
हामीलाई खुदुनाबारीमा लगियो। यूएनको विश्व खाद्य कार्यक्रमले राम्रो
व्यवस्था गरे पनि त्यो पर्याप्त थिएन। खुदुनाबारीको पश्चिममा चुकेखाडी
गाउँ पर्छ। पर्ूवमा अर्जूनधारा, दक्षिणमा अर्जूनधारा र खुदुनाबारी वडा
नं. ९ मा पर्छ। यसको पर्ूवपट्ट िएउटा खोला छ, जस्को नाम मलाई अहिले
सम्झना भएन।
शरणार्थी शिविरको बीचमा एउटा सानो प्राथमिक उपचार केन्द्र थियो, जहाँ
हामी शरणार्थीहरुका लागि सानोतिनो उपचार गरिन्थ्यो। शिविरभित्रै
डि.एस.एस. स्कूल थियो, जहाँ एकदेखि सात कक्षासम्म, एस.आर.ए. मा सातदेखि
दससम्म र केरियट्समा दस कक्षासम्म अध्यापन गर्राईन्थ्यो। अर्को कुरा,
ग्ल्ज्ऋच् ले कक्षा एघारदेखि बाह्रसम्म अध्ययनको व्यवस्था मिलाएको थियो,
जहाँ राम्रा विद्यार्थीहरुका लागि तीनदेखि चार हजारसम्मको सहयोग
दिईन्थ्यो।
खुदुनाबारी शिविरको भित्री भागमा एउटा शिवालय मन्दिर पनि थियो, जहाँ
हामीले नित्य पुजाआजा गर्दथ्यौं। युरोपियन कमिशन, अमेरिका, जापान,
जर्मनी, स्विडेन तथा फिनलैण्ड जस्ता बिभिन्न राष्ट्रहरुले शिविरभित्र
बिभिन्न किसिमका क्रियाकलापहरु र सहयोगका कार्यक्रमहरु सञ्चालन गरेका
थिए। मलाई केवल यो यो सँस्थाहरुले काम गरिरहेको छ भन्ने सामान्य जानकारी
मात्र थियो, पुरै थिएन। शिविरभित्र बस्ने र अरु सुविधाका लागि शिविर
सञ्चालन समितिको छुट्टै कार्यालय थियो, जहाँ बोरिङद्धारा खानेपानीको
व्यवस्था मिलाईएको थियो। औषधोपचारको व्यवस्था ब्ःम्ब् ले गरेको थियो।
एउटा परिवारका लागि ५ धुर जति जग्गा उपलब्ध गराएर त्यसमा अस्थायी टहरोहरु
बनाई दिएका थिए। त्यस्ता टहराहरु करिव बाईससय वटा थिए। पछि बैसठ्ठ सालमा
आएर विश्व रेडक्रशले गर्दै आएका कामहरु ब्ीध्ँ लाई जिम्मा दिईयो।
शिविरभित्र एकजनालाई पन्ध्र दिनको लागि एकसय ग्राम दाल, एकपाउ चामल,
तर्ेइस ग्राम चिनी, एकपाउ तरकारी, तर्ेइस ग्राम तेल दिईन्थ्यो, जुन एकदम
अपर्याप्त थियो। तर आफ्नो घरबार र पहिचान गुमाएका हाम्रा लागि त्यो पनि
पर्याप्त नै मान्नुपर्ने थियो। यो बुढो अव आफ्नो मातृभूमि खोज्न जाने कता
- त्यहाँ आफ्नो भन्नु नै के छ र - बरु एकमुठ्ठी परान् राम्ररी गए
हुन्थ्यो। बाँचेरै पो के गर्नु - कस्को लागि बाँच्नु - -गलाअवरुद्ध भएपछि
उनले अगाडि केही बोल्न चाहेनन्) अस्तु।
Read More...

Tuesday, November 24, 2009

0 पशु बलिदानको विरोध किन ?

-सुदर्शनराज पाण्डे-
बारा जिल्ला बरियारपुर गाउं विकास समितिमा अवस्थित गढीमाई मन्दिरमा
पंचवर्षीय मेला लागेको छ। पशु बलिदानको दृष्टिले विश्वको र्सवश्रेष्ठ एवं
प्रसिद्ध गढीमाइ मेलामा हुने बलिदानको यसपालि विभिन्न धार्मिक संस्था र
धार्मिक व्यक्तिहरूले तीब्र विरोध गरीरहेका छन्। कसैलाई बलिदान गर्ने
अधिकार छ भने कसैलाई बलिदानको विरोध गर्ने अधिकार पनि छ। पशु बलि दान
गर्ने, नगर्ने सम्बन्धमा धार्मिक स्वतन्त्रता र आस्था कारण कुनै पनि
व्यक्तिको आत्मनिर्णयको अधिकार हो। हिंसा गर्नु अवश्य पनि राम्रो होइन तर
युगौयुगदेखि चल्दै आएको प्रथा र परम्परा कसैको विरोधका कारण बन्द हुन
सक्दैन।
एक महिनासम्म लाग्ने विश्व प्रसिद्ध गढीमाइ मेला गत कार्तिक २५ गतेबाट
सुरू भएको छ। कलैयाबाट ८ किमी उत्तरपर्ूवमा अवस्थित गढीमाइमा पांच वर्षछि
मंसिर ९ गते मंगलवार, सप्तमीका दिन १० हजार भन्दा बढी रांगा काट्ने
संभावना छ। मंसिर १० गते ५ लाख भन्दा बढी बोका, हांस, कुखुराको बलिदान
हुने र एक करोड नरनारीले मेला भर्ने अनुमान मेला समितिको छ। गढीमाइमा
विश्वकै दर्शनार्थी धेरथोरले पाइला टेकेका छन्। मेलामा नेपाल र भारतका
अपार दर्शनार्थी सम्मिलित हुने छन्।
पंचवर्षीय गढीमाइ मेलाको प्रमुख विशेषता भनेकै पशु बलिदान हो। पशु
बलिदान नगर्नेले गढीमाइमा परेवा चढाउने, पशु छाड्ने, नरिवल चढाउने
गर्दछन्। यसपालिको पंचवर्षीय मेला गढीमाइमा पशु बलि नगर्ने बौद्ध भिक्षु,
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कृष्णा प्रणामी केन्द्र,क्रिश्चियन
मेशिनरी लगायतले आग्रह गरेका छन्। पशु बलि गर्न नदिन दबाब र विरोध सुरू
भएको छ। बलिदान कुनै पनि हालतमा रोक्न नसक्ने जवाफ गढीमाइका पूजारी र
मेला आयोजक समितिले बताएका छन्। बलि प्रथाको हिमायतीहरू बलि प्रथाको
विरोध गर्ने कुरा सुन्नेवाला छैनन्। शान्ति र अहिंसाको लागि गढीमाइ
पूजामा पशुवली नचढाऔं भन्ने पोष्टर व्यापक रूपमा टांसिएको र पर्चा व्यापक
रूपमा वितरण गरिएको छ। पर्चा पढे पनि टांसिएको पोष्टर हेरे पनि पशुबलि
गर्नेहरूको मन परिवर्तन भएको पाइदैन।
प्राचीन एवं ऐतिहासिक स्थल गढीमाइ मन्दिरमा मंसिर महिनाको सप्तमी र
अष्टमी तिथिका दिन परापर्ूवकालदेखि चल्दै आएको पशु बलिदान असंख्य रूपमा
हुंदैछ। हिजोआज मानव समाज र राष्ट्रको कल्याण बलि प्रथाले भइरहेको थियो
आज धार्मिक स्वतन्त्रताको कारण बल्रि्रथा नरूचाउनेहरूले सशक्त विरोध
गर्ने अवसर पाएका छन्। जबसम्म बल्रि्रथा प्रति आस्थावानहरूको मन परिवर्तन
भइ अहिंसाको बाटो हिंड्न चाहदैनन् तबसम्म बल्रि्रथा रोकिदैन।
बलि प्रथालाई नेपाल सरकारले कानून बनाएर निषेध गरेको छैन। हिन्दू
धर्मले देवदेवताको मन्दिरमा बल्रि्रथा गर्नमा अस्वीकृत गरेको छैन। हिन्दू
धर्मावलम्बी नेपाली जनताहरूको बलि प्रथा प्रति ठूलो झुकाव र आस्था छ।
देवीदेवतालाई बलि चढाए मनोकामना पूरा हुने अटल विश्वास छ।
बलि भनेको देवीदेवतालाई अर्पिय भोग्य वस्तु नैवेद्य हो। देवीेवतालाई भोग
दिइने पशुपंक्षी र पेच महायज्ञ मध्ये एक भूत यज्ञलाई बलि भनिन्छ। बलिदान
भन्नाले देवदेवताको नाममा गरिने पशुपंक्षीको वध, पशुबलि दिने काम हो।
देवदेवतालाई चढाइने उद्दश्यले छोडिने वा काटिने कामलाई पशुभोग भनिन्छ।
बलि प्रथा भनेको कुलायन वा देवदेवतालाई बलि दिने चलन र देवदेवताका नाममा
पशु वध गरिने परम्परा हो। यो प्रथालाई आधुनिक युगमा अन्धविश्वास
मानेतापनि मनुष्यहरूको आस्था रहुन्जेल यो प्रथा हटाउन निकै मुस्किल
पर्दछ। गढीमाइ बलि प्रथाको विरोध केवल दुस्साहस मात्र हो। गढीमाइका
भक्तजन दर्शनार्थीहरूले इच्छापर्ूवक नगरिएको, अवाञ्छित काम नभएको र
दर्शनार्थीहरूका ऐच्छिक भएको बलि प्रथा युगौयुगदेखि चल्दै आएको र
गढीमाइको मन्दिर बरियारपुरमा प्रचलित भएभन्दा विपरित आचरण भएको अनैतिक
कार्यका रूपमा बल्रि्रथालाई लिनु हुंदैन। धार्मिक नीति अनुकूल
युगौयुगदेखि चल्दै आएको समाजको स्वीकृत मूल्य, मान्यता र प्रथालाई थोरै
मानिसको विरोधले अवश्य पनि रोक्न सकिदैन। विरोधका नाममा अशान्ति र
विखण्डा मच्चाउने काम कसैले कहिकतैबाट गर्नु हंुंदैन । अप्राकृतिक,
अवैज्ञानिक, अनैर्सर्गिक, अस्वभाविक विषय होइन बलि प्रथा। गढीमाइमा
पंचबलि होइन सप्तबलि गरिन्छ। पंचबलि भनेको कुनै किसिमको भाकल पूरा गर्नका
निम्ति देव देवतालाई दिइने पांच जातका पशुपंक्षीहरूको बलिदान हो। बौद्ध
धर्मले बौद्ध उपाशकहरूलाई पांच नियम पालना गर्न आग्रह गरेको छ।
पंचशीलतामा हिंसा नगर्नु, चोरी नगर्नु, झूटो नबोल्नु, रक्सी आदि नखानु,
ब्रम्हचर्यमा रहनु भनिएको छ। यो प्रचार गढीमाइमा आएर भिक्षु रामदेव
बम्जनले गर्न सक्दछन् ।
Read More...

Friday, November 20, 2009

0 रक्तदन्तिका श्री गढीमाइकी जय-जय-जय

-सुदर्शनराज पाण्डे
हिमवत् खण्ड, उत्तराखण्ड विश्वको सर्वोच्च हिम शिखर सगरमाथा रहेको देश
नेपालमा रहेकी रक्तदन्तिका श्री गढीमाइको पंचवषर्ीय मेला विश्व प्रसिद्ध
छ। नेपालको तराइको जिल्ला, बाराको बरियारपुरमा विराजमान गढीमाइको
पंचवषर्ीय मेला प्राचीन एवं ऐतिहासिक हो। परापर्ूवकालदेखि चल्दै आएको
पा"च वर्षो गढीमाई मेला भर्न भारत तथा नेपालका नरनारी अपार रूपमा
पुग्दछन्। गढीमाइको अत्यन्त भयंकर रूप छ। शक्तिपीठ गढीमाइले भाकल गर्ने
भक्तहरूको मनोकामना, इच्छा पूरा गर्दै आएकीले शक्तिरूपा चण्डिका भगवती
गढीमाइको आस्था र महात्म्य दिन परदिन बढ्दो छ। आ"सुरी शक्ति, दानव
शक्तिको विनास गर्ने सत्यवादी धर्मनुरागी मनुष्यहरूको कल्याण गर्ने
दयारूपी, शान्तिरूपी माता गढीमाइ त्रिनेत्री चण्डिका हुन्।
ँभीमा देवी त विख्यातं तन्मे नाम भविष्ययति' यस विनासकारी कलियुगमा
आप\mना सच्चा भक्त मनुष्य र यस पृथ्वीमा रहेका जीव, वनस्पति जो जलवायु
परिवर्तनका कारण संकटमा पर्दैछन् उनीहरूको रक्ष्ँाको लागि भीमा देवी
गढीमाइको रूपमा प्रकट भएकी हुन्। भीमा देवी गढीमाइको जय - जय- जय।
मार्कण्डेय पुराण देवी भागवत एकादश अध्यायमा वर्ण्र्ाागरिएको भगवती
गढीमाइ नै हुन्। लोककल्याणकारीणी भगवती गढीमाइको महिमा ँपुनश्चाह यदा
भीमं कृत्वा हिमाचले। रक्ष्ँांसी भक्ष्ँ भिष्यामी मुनीना ज्ञाणकारणात।'
पृथ्वीको शत्रुको संहार गर्ने, मनुष्यहरूलाई सद्वुद्धि, सत्यकर्ममा
हिंडाउने चण्डिका गढीमाइले बलि पूजाको फल दिने गरेकी छिन्।
प्रत्येक पा"च वर्षा मार्गशिर्षसप्तमीका दिन गढीमाइमा रांगा बलि र
अष्टमीका दिन बोका, हा"स, कुखुरा, सुंगुरको बलि हुन्छ। परेवालाई
गढीमाइलाई अर्पण गरि उडाइन्छ।
पा"च वर्षा लाग्ने गढीमाइ मेलाको मूल पूजाको दिन सप्तमी तिथिमा मन्दिरमा
आफै बत्ती प्रज्वलित हुन्छ। यस्तो आर्श्चर्य, अनौठो र अलौकिक शक्ति
विश्वका अन्य शक्तिपीठहरूमा पाइदैन। धार्मिक आस्थाबाट प्रकट यस
आर्श्चर्यलाग्दो शक्तिका बारेमा अझसम्म वैज्ञानिक अनुसन्धान र खोजी हुन
सकेको छैन। अघिल्लो पंचवषर्ीय मेलाको सम्पर्ूण्ा तस्बिर ँडिस्कभरी
च्यानल' मार्फ विश्वभर प्रशारित भएको थियो। यस वर्षविश्वका
अनुसन्धानकर्ताहरू, संचारकर्मीहरु गढीमाइ मेलामा आइपुग्न सक्दछन्।
विश्वमा नै सबैभन्दा बढी र्सवाधिक बलि चढ्ने गढीमाइको गिनिज बुक अफ दि
वर्ल्ड रर्ेकर्डसमा उल्लेख हुन बा"की नै छ। गढीमाइ मेलाको चर्चा विश्वभर
भए पनि धार्मिक पर्यटकका रूपमा नेपाल र भारतका जनताहरूमात्र दर्शनार्थीका
बहुसंख्यक आएको पाइन्छ। नेपाल र भारतको को धनी, को गरिब, को ठूलो, को
सानो सबै नरनारी बडो श्रद्धाभक्तिका साथ गढीमाइमा पाइला टेक्दै आएका छन्।
काखे दूधे बालकदेखि मर्ने उमेरका बुढाबुढी समेत गढीमाइको मेलामा पुगेका
हुन्छन्।
सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक एवं पुरातात्विक दृष्टिकोणले सम्पन्न
मुलुक, चाड पर्वै पर्व र मेलाले भरिपर्ूण्ा मुलुक नेपालको तराइमा रहेको
लुम्बिनीको गौतम बुद्धको जन्मस्थल, जनकपुरको रामजानकी मन्दिर, बारा,
बरियारपुरको गढीमाइ मन्दिरमा विश्वकै पर्यटक आइपुगेका छन्।
र्सवाधिक बलि चढाइने गढीमाइ एक अदभूत्, अलौकिक र साक्ष्ँात शक्तिपीठ
भएकै कारण मेला स्थलमा झिंगा लाग्दैन, यो प्रत्येक दर्शनार्थीहरूले
आ"खाले देख्न सक्ने कुरा हो। कुनै पनि मनुष्यलाई आपत विपत परेको समयमा
आराधना गरेमा गढीमाइले इच्छा पर्ूण्ा र धर्ैयधारण गर्ने शक्ति अवश्य
दिन्छिन्। कलियुगकी साक्ष्ँात शक्ति स्वरूपाको आराधना र दर्शनले मात्र
धर्म, अर्थ, काम, मोक्ष स्वतः सिद्ध हुन्छ। र्
र्सव मंगल मांगल्ये शिवे, र्सवार्थ साधिके ।
शरण्ये त्रयम्विके गौरी नारायणी नमोस्तुते।
वटवृक्षमुनि विराजमान श्री गढीमाइ मर्ूर्ति अष्ठयन्त्रमा आधारित छ।
गढीमाइ मन्दिरका पूजारी आदिवासी, जनजाति, थारू समुदायको उत्तराधिकारी
छन्। गढीमाइ क्ष्ँेत्रमा ठूलो पोखरी छ जहा" तिर्थालुहरूले स्नान गर्छन्।
पोखरीको दक्षिण-पश्चिम कुनामा छठू नट, जंगी नट द्वारपाल छ । गढीमाइ
मन्दिरभन्दा एक किलोमिटर दक्षिणमा जोरलाई माइपूजन स्थल छ। गढीमाइ पूजन
स्थल चौतारामा छ। चारर्ैतर्फ बेदी रहेको छ। जस्लाई उत्तरनाथ बाबाको बेदी
भनिन्छ। जस्मा धूप, बत्ती बालेर मिठाइ चढाइन्छ। गढीमाइमा धेरै
दर्शनार्थीहरूले नरिवल चढाउ"छन्। मन्दिर पर्ूव मैदानमा रहेको
ब्रह्मास्थानमा रांगा -भैंसा) बलि दिइन्छ । यस वर्षो मेलामा ६ हजार
रांगाको बलि चढाइने अनुमान छ। ब्रम्हस्थानसंगै उत्तरमा महिषासुरको
पूजास्थल छ। यो संगै हरपति महाराजको पनि पूजा हुन्छ। धामी बाबा भगवान
चौधरीको स्मारकमा दर्शन गरेपछि श्री गढीमाइ क्षेत्र परिक्रमा हुन्छ।
मूल पूजाको दिन आफै दिप प्रज्वलित भएपछि रांगाको बलि चढाइन्छ र सो बत्ति
ननिभेसम्म रांगा काट्ने क्रम सुरू हुन्छ। बत्ति निभेपछि पाडा काट्न
पाइदैन। काटिएका पाडाको टाउको खाल्डोमा राखेर पुरिन्छ। गढीमाइको सवारी
ब्रह्मास्थानमा चलाएपछि बत्ती अचानक आफै बल्छ यो नै गढीमाइ मेलाको
आर्श्चर्यलाग्दो दृश्य हो। ब्रम्हबाबाको सवारी गढीमाइमा भएपछि मेवा,
मिष्ठान्न, बस्त्र, आभूषण चढाइन्छ। यस वर्षो मेलामा लगाइने विभिन्न करबाट
करिब ५ करोड आम्दानी हुने र सो आम्दानी गढीमाइ क्षेत्रको व्यवस्थापनमा
लगाइने मेला समितिले बताएको छ। एक महिनासम्म चल्ने गढीमाइ मेला मंसिरको
धान्य पूर्णर्ीमा -खुदी पूर्णर्ीमा) को दिन सम्पन्न
हुन्छ।
यस वर्षो मेला कार्तिक २५ गतेबाट सुरू भएको हो। प्रत्येक दिन चारै
दिशाबाट आएको मानिसहरूको ठूलो भीड लागिरहेको छ। भारत, वाराणसीका डोम
राजाले प्रत्येक पंचवषर्ीय मेलामा रांगा ल्याएर बलि चढाउने प्रचलन छ।
धर्म, रितिरिवाज, संस्कृति जोगायौं, संरक्ष्ँण गर्‍यौं भने धर्मले मनुष्य
र पृथ्वीको रक्षा गर्दछ।
Read More...

Thursday, November 19, 2009

0 तपस्वी ‘धर्म संकट’मा

-उपेन्द्र लामिछाने-
'चमत्कार'ले कसैगरी पनि बली रोक्ने बाराका तपस्वी रामबहादुर बम्जनको भनाईलाई बेवास्ता गर्दे गढीमाई मेला समितिले पशुबलीको सम्पूर्ण तयारी पूरा गरेपछि उनी 'धर्म संकट'मा परेका छन्।

'चमत्कारिक' व्यक्तित्वको रुपमा प्रचारित तपस्वीले बली रोक्न नसके उनीमाथि नै प्रश्न उठ्ने सम्भावना बढेको छ। अनुयायीद्वारा शरीरबाट आगो उत्पन्न हुने, छिनमै अलप हुनसक्ने, निराहार योगी तथा अन्य विभिन्न चमत्कारिक व्यक्तित्वको रुपमा प्रचारित तपस्वीलाई कसैगरी पनि बली रोक्नु पर्ने बाध्यता देखिएको छ।

बली रोक्ने आफ्नो अभियान एक्लै असंभव हुने भएपछि तीन साता अघि बम्जनले हलखोरियास्थित तपस्यास्थलमा धार्मिक सम्मेलन गरेर अन्य धर्मगुरुलाई समेत सहयोगका लागि आग्रह गरेका थिए।

ती तमाम आग्रहका बावजुद बली नरोकिने संकेत देखिएकाले उनी आफ्नो अन्तिम प्रयासस्वरुप मंसिर ५ गते गढिमाई मन्दिर जाने भएका छन्।
buddha_wideweb__470x3640
'उहाँ ५ गते कुनै पनि बेला गढीमाई मेलास्थलमा पुग्नु हुनेछ', मंगलबार बिहान तपस्वीले बोलेको भनाई उद्धृत गर्दे नमोबुद्ध तपोवन समितिका सदस्य राजु साह भन्छन् -'बली रोकेर मात्र उहाँको फिर्ती हुनेछ।'

बली रोक्न तपस्वीले के गर्दे हुनुहुन्छ भन्ने नबताएपनि परी आए 'दैवीशक्ति' प्रयोग गरेर भए पनि बली रोक्ने तपस्वीको दावी उनले सुनाए।

यसअघि गढीमाईका पूजारी, बाराका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारी समेतलाई तपस्यास्थलमै बोलाएर तपस्वीले बली रोक्न अनुरोध गरेका थिए।

आफ्नो कुरा सबैले मान्ने तपस्वीको सोचभन्दा फरक गढीमाईका पुजारी मंगल चौधरीले बली नरोकिने जवाफ दिएपछि तपस्वी र उनका अनुयायीले पटक-पटक पत्रकार सम्मेलन गरेर बली रोक्ने अभियान बढाएका छन्।

यस अभियान अर्न्तगत उनीहरुले हेटौडा , निजगढ, कलैया लगायतका ठाउमा पशुबलीविरुद्ध प्रदर्शन समेत गरे।

गढिमाई मेलामा हुने पशुबली रोक्न गरेको आग्रहलाई कृष्णप्रणामी, वैष्णव, ओमशान्ति लगायतलाई प्रभावित पारे पनि परम्परागत रुपमा बली दिँदै आएका सर्वसाधरणलाई प्रभाव नपार्दा बलीप्रथा नरोकिने निश्चित देखिएको छ। यसबाट साढे ४ वर्षदेखि निराहार तपस्यामा रहँदै आएका भनिएका तपस्वी पहिलो पटक अप्ठेरोमा परेका हुन्।
0013729e4ad10c4122b255
बाराको हलखोरियामा तपस्वीले बली रोक्न विभिन्न अभियान चलाइरहँदा ३० किलोमिटर दक्षिणमा रहेको गढिमाई मन्दिरमा भने बलीको सम्पूर्ण तयारी पूरा भइसकेको छ। मन्दिर प्राङ्गण नजिकै ३ विघा क्षेत्रफलमा राँगाको सामूहिक बली दिनका लागि वधस्थल निर्माण पूरा भइसकेको मेला समितिले जनाएको छ।

यस वधस्थलम एकैपटक १० हजारभन्दा बढी राँगाको बली दिन सकिने छ। बलीमा मार हार्नेले मेला समितिबाट अनुमति समेत लिन थालेका छन्। सयौँको संख्यामा रहने यस्ता व्यक्तिले आआफ्नो खुँडा तथा तरवारमा धार लगाइसकेका छन्।

नौ गते बिहान मुसा, सुंगुर, परेवा , बोका र राँगाको पंचबली दिएर बलीको विधिवत उद्‍घाटन हुने मन्दिरका मूल पुजारी मंगल चौधरीले बताए।

चौधरी विगतको तुलना यस पटक बढी संख्यामा बली चढ्ने दावी गर्छन्।

कसैगरी पनि बली रोक्ने तपस्वीको दावी र बली नरोकिने पूजारीको अडानले यस क्षेत्रमा द्वन्द्व चर्कन सक्नेतर्फ सर्वसाधारण चिन्तित हुन थालेका छन्। यस्तै स्थितिलाई ध्यानमा राखी सरकारले यस क्षेत्रको सुरक्षाको लागि १ हजार थप सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।

बलीप्रथाविरुद्ध विगतको तुलना यस पटक प्रभावकारी कदम चालिएको छ', कलैयाका पत्रकार रमेश सुवेदी भन्छन् -' तर यो गढीमाई मेलामा हुने यस पटकको बली रोक्न पर्याप्त भने छैन।'

बलीका लागि यस भेगका अधिकांश सर्वसाधारणले बोका, राँगा, परेवा र हाँसको जोहो गरिसकेका छन्। बजारमा बोका र राँगाको मूल्य आकासिएको छ। उनले भने -' सीमावर्ती भारतीय सहरबाट समेत सयौँको संख्यामा राँगा र बोका भित्रिन थालेको छ।

गढीमाई मेलामा आगामी ९ गते राँगाको र त्यसको भोलिपल्ट बोकाको बली दिने कार्यक्रम रहेको छ।


Read More...

0 स्वर्गीय शंकरलाल केडियाः व्यक्ति एक-व्यक्तित्व अनेक

-सुदर्शन राज पाण्डे-
शंकरलाल केडिया विक्रम सम्वत् १९९३ मंसीर २५ गते बिहिवार पर्सा जिल्लाको
वीरगंज, अलखियामठ नेपालमा बुवा नगरसेठ वृजलाल केडिया तथा आमा श्रीमती
बनारसी देवी केडियाको कोखबाट जेठो छोराका रूपमा जन्मनु भएको थियो।
शंकरलाल केडिया वि.सं. २०६१ पौष १७ गते शनिवार पौष कृष्ण पक्ष षष्ठी
-इ.सं. २००५ जनवरी १ तारिख) मा स्वर्गारोहण हुनुभयो।
उहांको भौतिक शरीर हाम्रो सामु यतिखेर प्रकट छैन तर व्यक्ति एक
व्यक्तित्व अनेक बनेर आप\mनो जीवनमा विविध क्षेत्रमा विशेष योगदान
गर्नुभएका कारण शंकरलाल केडियाको नाम नेपाली माटोमा मात्र नभएर छिमेकी
राष्ट्र भारतको माटोमा समेत अमर रहने छ। कसैले बिर्सन चाहेर विर्सन
नसक्ने, कसैले इतिहासमा अंकित उनको नाम मेटाउन चाहेर मेटाउन नसकिने
अवस्था छ। ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजबाट कलामा स्नातक गर्नुभएका
शंकरलाल केडिया नेपालको प्रतिष्ठित औद्योगिक एवं व्यापारिक
घरानियांमध्येको हुनुहुन्थ्यो। केडिया अर्गनाइजेशन अर्न्तर्गत नेपालमा
विभिन्न स्थानमा विभिन्न उद्योगहरू संचालनमा आइरहेका छन्। केडिया
अर्गनाइजेशनको विजिनेश नेर्टवर्क नेपालभित्र मात्र नभएर विश्वको विभिन्न
देशसंग गांसिएको छ।
शंकर बाबुले लोकप्रिय शंकरलाल केडिया एउटा बहुआयामिक व्यक्तित्व
हुनुहुन्थ्यो। सादा जीवन उच्च विचारका धनि शंकरलाल केडियाले राजनीति त
गर्नुभएन तर सवै राजनीतिक दलसंग सामाञ्जस्यता र समझदारी राख्नुभएको थियो।
पंचायतकालमा त शंकरबाबु उद्योग, व्यापार र वैदेशिक नीतिको नीति निर्माता
मध्येकै हुनुहुन्थ्यो। शंकरबाबु नेपालका सिंगो मारवाडी समुदायका अगुवा,
पथपर््रदर्शक र संगठनकर्ता पनि हुनुहुन्थ्यो।
शंकरलाल केडियाको पहलमा, पारिवारिक सहयोगमा वि.सं. २०१० सालमा वीरगंजमा
सुन्दरमल राजकुमार कन्या विद्यालय स्थापनाका साथ २०३७ साल चैत्र
रामनवमीमा आदरणीय स्वर्गीय योगी नरहरिनाथको सामिप्यमा रहेर वीरगंजको
पिपरामठमा विश्व हिन्दू महासंघको प्रथम सम्मेलन सफल गराउनुभएको थियो।
मारवाडी सेवा ट्रष्ट, केडिया आंखा अस्पताल, केडिया डेण्टल अस्पताल, डिएभी
स्कूल, मारवाडी सेवा समिति आदिको स्थापनामा खेल्नुभएको उल्लेखनीय भूमिका
अविस्मरणीय छ।
नेपाल राष्ट्र निर्माणमा शंकरलाल केडियाको चिन्तनशीलताले पनि केही विशेष
भूमिका खेलेको छ। नेपालमा र्सवप्रथम निजी क्षेत्रको तर्फबाट पहिलो
प्रायोजित रेडियो कार्यक्रमको खाका कोर्ने देखि नेपालमा र्सवप्रथम
कर्कटपाता उद्योग संचालन, स्टिल फर्निचर, चिनी उद्योग संचालन गर्नुभएको
थियो। राष्ट्र निर्माणमा योगदान दिएबाट विभिन्न मान, सम्मान, कदरपत्र,
सम्मानपत्र, प्रशंसापत्र, पदकबाट विभूषित हुनुभएको थियो। विश्वका विभिन्न
राष्ट्रको भ्रमण गर्नु भएका शंकरलाल केडियामा कल्पनाशीलता र तिक्ष्ण
बुद्धि थियो। ँके खान्छ आंटले, के खान्छ ढांटले' भन्ने भावना थियो। नेपाल
अधिराज्यमा भएका विश्वव्यापी सम्मेलन, गोष्ठी, ठूला विकास निर्माणका
अवधारणाका सम्बन्धमा भएका विचार गोष्ठी, उद्योग र व्यापार पर््रवर्द्धनका
लागि भएका गोष्ठी सम्मेलनमा शंकरलाल केडियाको उपस्थिति अनिवार्य थियो र
उहांको अनुपस्थितिमा गोष्ठी खल्लो हुने गर्दथ्यो । वीरगंजका लगभग सवै
सामाजिक संस्था तथा देशका विभिन्न संघसंस्थाहरूमा आबद्धता र संलग्नताले
शंकरलाल केडिया कति उपयोगी व्यक्ति हुनु हुंदो रहेछ भन्ने प्रष्ट हुन्छ।
राजनीतिक, कुटनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, औद्योगिक,
व्यापारिक, स्वास्थ्य र शिक्ष्ँा लगायत क्ष्ँेत्रमा अतुलनीय योगदान
पुर्‍याउनुभएका शंकरबाबुलाई सवै पक्षले सधैं उहांको जीवनमा सम्मान नै
गरेका थिए भने मृत्यु पर््रयन्त पनि उहांको स्मरण र सम्मानमा कुनै कमी
आएको छैन।
कार्तिक २५ गते काठमाडौंस्थित एभरेष्ट होटेलमा सुप्रसिद्ध उद्योगी,
समाजसेवी स्व. शंकरलाल केडियाको जीवनी र व्यक्तित्वमा आधारित स्व.
शंकरलाल केडिया ँसंर्घष्ादेखि सफलतासम्म' र ँव्यक्ति एकः व्यक्तित्व
अनेक' नामक दुइवटा ग्रन्थको संविधानसभाका सम्मानित अध्यक्ष सुभाषचन्द्र
नेम्वाङले भव्य समारोहका बीच लोकार्पण गर्नुभएको थियो। सो समारोहमा
राजनीतिक, उद्योग, व्यवसाय, समाजसेवा, शिक्ष्ँा, स्वास्थ्य, संचार लगायत
समाजका विविध क्षेत्रका करिब आठ सय जनाको सहभागिता रहेको थियो।
शंकरलाल केडिया फाउन्डेशनका अध्यक्ष तथा लोकार्पण समारोहका सभापति स्व.
केडियाका भाई ताराचन्द केडियाले प्रमुख अतिथि सभामुख सुभाषचन्द्र नेम्वाङ
एवं उपस्थित सबैमा स्वागत अभिनन्दन गर्नुभएको थियो।
ँसंर्घष्ादेखि सफलतासम्म' र ँव्यक्ति एकः व्यक्तित्व अनेक' स्व. शंकरलाल
केडियाको जीवनीमा आधारित पुस्तकको लेखक जनार्दन घिमिरे र सम्पादक आर.पी.
भट्टर्राई रहनुभएको छ।
शंकरलाल केडिया जीवनवृत्त प्रकाशन समितिका मनोजकुमार केडियाद्वारा
प्रकाशित स्व. शंकरलाल केडियाको व्यक्तित्वका १८ वटा पक्ष १८ वटै भागमा
प्रस्तुत गरिएको पुस्तक ऐतिहासिक दृष्टिले निकै महत्वपर्ूण्ा र संग्रहणीय
छ। प्रकाशित पुस्तकले शंकरलाल केडियाको नाम र उहांको विचारलाई जीवन्त
बनाएको छ।
स्व. शंकरलाल केडियासंग मेरो सम्बन्ध राम्रो थियो। जहां भेटे पनि मलाई
बोलाएर नयां कुरा सुनाउनुहुन्थ्यो। मैले राखेको जिज्ञासा सुन्नुहुन्थ्यो।
उद्योगपतिको नाताले पत्रपत्रिकालाई विज्ञापन दिएर सहयोग गर्नुहुन्थ्यो।
उहांको झझल्को अहिले पनि आइरहेको छ। नेपाली समाजमा स्व. केडियाजस्ता
असाधारण व्यक्तित्वको कमि नै देखिन्छ ।
Read More...

Wednesday, November 18, 2009

0 गर यस्तो कि मजा आओस

- अ के ला-
अतितबाट केही सिक्ने र त्यो सिकाईलाई वर्तमानमा लागू गर्ने परिपाटी
हामीकहाँ छैन। त्यसकारण, अतितमा पनि माओवादी, वर्तमानमा पनि माओवादी नै
रहेका मधेसी नेता क. मातृकाप्रसाद यादवबाट पहाडिया व्राहृमणवादी एलडीओलाई
ट्वाईलेटमा थुनेर दर्ुर्व्यवहार गरिँदा कसैले रिस्क लिन चाहेनन् र
राष्ट्रसेवकहरू असुरक्षित रहेको पुष्टि भयो। अहिले, मधेसीमूलकै एक
मधेसवादी नेतृबाट, पहाडियामूलकै एक व्राहृमणवादी सीडीओको गालामा थप्पड
हानियो र राष्ट्रसेवकहरूको कडा प्रतिवादका बाबजुद पनि कानून व्यवस्थालाई
पेटीकोटको तूना ठान्ने कारिणीलाई देशकै प्रधानमन्त्रीद्वारा नचलाउने ठाडो
आदेश दिईयो र देश, देशवासी र व्यवस्थालाई रामको भरोसामा छाडियो। यसबाट
सत्तामोहका सामु कसैको अरण्यरोदनले केही नहुने प्रमाणित भयो।
उनको त्यो आदेशले राष्ट्रसेवकका अन्तरात्मामा के असर पर्छ र यो मुलुकका
शासकहरूका कर्ूर्सर्ीी सामु सुरक्षाको जिम्मा लिएर बस्ने जिल्लाकै दादा
मानिने सीडीओ जस्ता हाकिम साबहरूकै हैँसियत हुँदैन भने अरू निमुखाहरूको
कुन गति होला भन्ने गम्भिर प्रश्न त पैदा भयो भयो। तर अचम्म के छ भने,
भविष्यका पिँढिलेे आफ्नो नाम कुन अनादारले लिनेवाला छ भन्नेतर्फपनि त्यो
माधवकुमार नेपालले ध्यान दिन जरूरी नठान्नु, जस्ले जीवनको अन्तिम सास
लिईरहेकी सुत्केरीलाई सर्ुर्खेतबाट उद्वार गरेर उदारता झल्काएका थिए।
यसकारण कि करिमा बेगमको त्यो थप्पड प्रधानमन्त्री माधवकुमार नेपालको
गालामाथिको थप्पड नभै एउटा असहाय सीडीओको गालामाथिको थप्पड थियो -
अर्थात, यसकारण कि उनको सिँहासन डगमगाउनेवाला थियो -
मुलुकको मौजुदा व्यवस्थालाई नै हाँक दिईएको यो लज्जास्पद प्रकरणले एउटा
काम भने अच्छा गर्‍यो। नयाँ, चिल्ला र सपाट् गाडीहरू अघि लाएर
मन्त्रीज्यूहरूको पछि पछि लाग्नुपर्ने अत्याशलाग्दो युगको अन्त्य गर्‍यो।
किनकि, सीडीओहरूलाई त्यस जिम्मेवारीबाट मुक्त गरियो। परन्तु, कानूनलाई
खल्तिमा लिएर हिँड्ने र कर्मचारी तथा आम मानिसलाई मन्दीरको घण्टा बनाएर
बजाउने जुन बिमारी मुलुकमा देखापर्‍यो, त्यसले के यो राष्ट्र र
लोकतन्त्रका हिमायतिहरूको लाचारी र विवशतालाई ओझेलमा पार्नसक्छ - हिमाल,
पहाड, तर्राई र पूरै सिँहदरवारमा गुञ्जिएको यो थप्पडलाई राजनीतिको
सिँहासनसँग जोडेर हर्ेर्ने प्रवृत्तिले भविष्यमा यहाँको व्यवस्थालाई
बलियै राख्ने ग्यारेण्टी गर्नसक्छ -
उसोत, यो थप्पड न केवल दर्ुगाप्रसाद भण्डारीको गालामाथिको थप्पड थियो,
बल्कि पूरै अहङ्कारवादी खसभाषी व्राहृमणहरूकै गालाको थप्पड थियोे। यो
थप्पड, न सिर्फसीडीयोमाथिको थप्पड हो, अपितु यहाँको गृहप्रशासन र पूरै
सिष्टमकै गालाको थप्पड थियो। यो थप्पडबाट सरकारी(गैरसरकारी सेवा,
राजनीतिक दलहरू तथा बिभिन्न सँघसँस्थाहरूमा युगौँदेखि कुण्डली मार्दै
आएका छैसठ्ठी प्रतिशत खस(व्राहृमणहरूमा निहित व्राहृमणवादी अहङ्कारमाथिको
चोटिलो प्रहार थियो। मधेसकै एक अतिवादी नेतृद्वारा सेवा गरिरहेका
राष्ट्रसेवकलाई सरकारले थप्पडको जुन मेवा दिलायो, त्यसले अहङ्कारले चूर
खस(व्राहृमणहरूका कान बिल्कूल त्यसरी नै बजेको हुनर्ुपर्छ, जसरी कि
साँझपख झ्याँउँकिरीका आवाज।
सत्तासंचालनका झिनामसिना कामकुरा र उद्घाटनहरूमा थोत्रा मुख चलाउनु
बाहेक माओवादीको सहभागिता बिना के के गर्नसकिन्छ र के के सकिँदैन भन्ने
कुराको अन्दाज सरकारमा हुनेहरूलाई छैन - अर्थात, यो सरकारले विवादको
चक्रव्यूहमा फँर्साईएका दर्ुइ सेनाको मिलन गराउने हैँसियत पनि राख्दैन,
कुरो नमिलेर कार्यतालिका परिवर्तन गर्ने मूड बनाईएको घडिमा यो सरकारले
बाँकी सात महिनाभित्रै नयाँ संविधान लेखेर जनतालाई दिने ताकत पनि राख्दैन
र गिरिजाकालको आठबुँदे, क. प्रचण्डकालको बाईसबुँदे र स्वयँ माधवकालमै
मधेसबादी दलहरूसँग गरिएको छबुँदे सम्झौता समेत कार्यान्वयन गर्ने साहश यो
सरकारले एक्लै गर्नसक्तैन। किनकि, हुट्टटि्याँउले पखेटा फिँजाउँदैमा घाम
छेकिने त होईन दुनियामा।
समस्या र चुनौतिहरू जतिसुकै होउन्, जस्तोसुकै होउन्, जोसुकै मरून् या
बाँचून्, जोसुकैले खाउन् या नखाउन्, जहाँ(जतिसुकै वितण्डा मच्चियून्,
खूनखरावा र शोरशरावा होउन्। अर्थात, जोसुकै(जतिसुकै चिच्याईरहुन्,
जोसुकैले(जेसुकै लेखिरहून्, भनिरहून्। एउटा कानले सुन्ने, अर्को कानले
उडाउने र पिना सुक्दै गर्ने जुन महारोग यहाँ सल्केको छ, जुन काल पल्केको
छ, डर त्यसको हो। न कि कुनै फरक नपरिरहेको कसैको दैनिकी, भ्रमण, सत्ता,
भत्ता, लत्ताको, न त कसैलाई नआईरहेको हाँच्छिउँको। आजको यो महारोग र आजका
महारोगीहरूका नाम र विशेषणलाई आउने भविष्यले जुन अनादार र अप्रियताका साथ
लिनेवाला छ, त्यसको र्सर्ुइँकोसम्म कसैलाई नहुनु नै आजको चिन्तन हो।
अचेल, लेखनीमा पनि ब्याज लाग्ने गरेको छ। लेखनी पनि यस्तो कि मानौँ त्यो
लेखनी(लेखनी नभै दलहरू सत्तामा छँदा आफुले घर्रखर्चके बापत लिएको पुरानो
ऋण हो र त्यसैको ब्याजस्वरूप लेख्ने गरिन्छन्। नत्र, कुनै दल, कुनै
व्यक्ति, कुनै सिद्धान्त या कुनै अमूक अमूक सरकारको चाकडी बजाएर कलम
चलाउन सरस्वतीका बरदपुत्रहरूलाई खाँचो छैन। नत्र किन हुन्छ स्रष्टाहरूमा
सधैँभरी आगरा र गागराको भिन्नता - किन छैन स्रष्टाहरूमा बिसङ्गति,
बिकृति, कुरीति तथा कुसँस्कारहरूप्रति एकरूपता - बेजान् कलम(कापीले त
भन्दैन कि यो दललाई होँच्याएर लेख, त्यो दललाई उचालेर। यो नेताको तारिफ
गर र त्यो नेताको बद्ख्वार्ँइ गर। सोँच्ने र लेख्ने त स्रष्टाले हो, जो
स्वयँमा सत्यम् शिवम्, सुन्दरम् हुन्छन् र कसैका ऋणी हुँदैनन्।
सम्भवतः मिडियामाथि धमाधम हस्तक्षेप र हमलाहरू हुनथालेपछि स्रष्टाहरू
दच्किएका हुनसक्दछन्। चाहेरै पनि उनीहरू मनको भँडास् निकाल्न नसकिरहेका
हुनसक्दछन् र छाप्नेहरूले छाप्न नसकिरहेका। परन्तु, त्यसको मतलव जे जे
पायो(त्यो त्यो लेख्नु र जे जे पायो(त्यो त्यो छाप्नु पनि निकालिनु
हुँदैन। किनकि, नेता, कार्यकर्ताको आन्द्रा केलाउने आजका पाठक
त्यत्तिसारो बेवकूफ पनि छैैनन् कि स्रष्टा र लेख(रचनाको आशय नै नबुझून् र
सजिलै पचाउन्। स्रष्टामा मन(बुद्धि हुन्छ त पाठकमा त्योभन्दा कैयन ज्यादा
खूवी हुन्छ। खुवी स्रष्टामा खुवी हुनुको मतलव राम्रोलाई नराम्रो,
नराम्रोलाई राम्रो र ठीकलाई बेठीक भन्न(लेख्न होईन, न कि ढुंग्रो लुकाएर
मोही माग्न। यो नियम, सबैमा लागू हुन्छ। राम्रोलाई राम्रो र नराम्रोलाई
नराम्रो लेख्ने(भन्ने हिम्मत नगर्ने स्रष्टा(पाठक दुवै एउटै तुलामा
जोखिन्छन्। अर्थात, सबका सब् औचित्यहीन र बेकार। न पढ्नेलाई स्वाद, न त
लेख्नेलाई नै। लेखियोस यस्तो कि पढ्नेलाई मजा आओस, पढियोस पनि यसरी कि
लेख्नेलाई पनि स्वाद आओस।
यो बाहेक, नेताजीहरूलाई जरूरी छ कि अहिलेलाई जे जे गर्न मन छ(गरून्।
जहाँ(जहाँ जान मन छ(जाउन्, ज(जस्लाई भेट्नु छ(भेटून् र झोला भरीभरी
कोसेली ल्याउन्। किनकि, को कति पानीमा छन् र कस्को कति तौल पुग्यो भन्ने
अस्सली मापन त गर्नै छ। राजनीतिको खिचडी कहिले कसरी पाक्छ, खिचडी कुन
अनुहारको हुन्छ, खानलायक हुन्छ पनि कि हुँदैन, त्यो नेताहरूको काम हो,
जनताको होईन। त्यो, उनीहरूको झगडा हो। त्यसमा अरूलाई नतानियोस। किनकि,
नागरिकका आफ्नै सुसेधन्धा छन्। त्यसोत, अर्थबजेट पारित नभएर जनताको
चुल्होचौको बन्द हुने अवस्थामा छ, र्सवप्रथम त्यसलाई फुकाऊ। तहाँ
उप्रान्त हे गणतान्त्रिक नेपालका छोँटे(बडे सरकारहरू हो, केही यस्तो गरेर
देखाऊ, ताकि तिमीहरूलाई मात्र नभै, हर्ेर्ने(भोग्ने जनतालाई पनि मजा आओस।
अस्तु।
Read More...

Monday, November 16, 2009

0 सवाल त फेरी पनि उठ्छ

-अ के ला-
अनेकौँ पटकको प्रयास बिफल भएपछि निकासका लागि सडकमा गएको माओवादीले
दोस्रो चरणको आन्दोलनलाई एक हप्ताका लागि बिराम दियो र अझै पनि सरकार
गम्भिर नभए आम हडतालबाटै सरकार ढाल्ने पाँचदिने अल्टिमेटम दिईयो ।
महानिर्वाचनको टस् जितेर सत्तासञ्चालनको ब्याटिङ्ग गर्नुपर्ने
खेलाडीहरुले त्यो नगरी सत्तासञ्चालनको ब्याटिङ्ग छाडी सडक आन्दोलनको
बलिङ्ग रोजेर न केवल माओवादीले सही समयमा, सही निर्ण्र्ाागर्नसकेनन्,
अपितु उन्नाईसदिने जनआन्दोलन तथा महानिर्वाचनको मर्म र भावना मुत्ताविक
खरो पर््रदर्शन पनि गर्नसकेनन् र राजनीतिले यस्तो मोड लिनपुग्योे।
अष्ट्रेलिया र्रर् इण्डिया टिम बीच क्रिकेट सिरीज सुरु हुनुअघिर् इण्डिया
टिमका कप्तान -महेन्द्र सिँह धोनी) ले सिरीजको मैदान आफ्नै होम ग्राउण्ड
भएकाले बाजी मार्ने दावी गरे पनि अनुभवहीन युवा अष्ट्रेलियन खेलाडीहरुबाट
सिकस्त खानुपर्‍यो। सत्रहजार रन् पूरा गरी इतिहास रचेका माष्टर ब्लाष्टर
सचिन तेन्दुलकरले आफ्नो व्यक्तिगत क्यारियर चम्काए पनि इण्डिया टिमलाई
उनले बिजयश्रीको पगरी गुथाउन सकेनन्। किनकि, उनीहरुको टिमवर्क
अष्ट्रेलियन टिमको तुलनामा कमजोर र फितलो थियो। ठूल्ठूलो नाम, शान र
ठूल्ठूला कितावी ठेलीहरुदेखि महङ्गा बिज्ञापनहरुमा छाएर करोडौँको बिजनेस
गरिरहेकार् इण्डियन क्रिकेटरहरुले आफ्ना प्रतिद्वन्द्धी खेलाडीहरुबाट जुन
मात् खाए, त्यसलाई उनीहरुले आफ्नो कमजोरी मान्नर्ुपर्दछ। किनकि, बाजी
मार्न ठूल्ठूलो नाम, ठूल्ठूला हाँक र शानैले मात्रले नपुगी सशक्त
पर््रदर्शनको पनि उत्तिकै खाँचो पर्दछ।
माओवादीको सत्तारोहणपछि खूनखरावाको माहौलबाट दिग्दार जनता र देशी(बिदेशी
शक्तिकेन्द्रहरुलाई झन्झन बढी सशंकित गर्राईनु माओवादीको पहिलो कमजोरी
थियो भने सैन्य सर्वोच्चताका सामु घुँडा टेकेर महानिर्वाचिनद्वारा
अनुमोदित दलद्वारा सत्ताबाट बाहिरिने निर्ण्र्ाागरिनु दोस्रो ठूलो
कमजोरी। ठूल्ठूलो नाम, शान र हाँक एवं शतकीय पर््रदर्शनका बाबजुद पनि
उनीहरु यसरी पछाडि पर्नुमा अरु दल र ताकतहरु मात्र नभै उनीहरुमै निहित
यस्तो ओभर कन्पिmडेन्स पनि थियो, जसलाई आज सच्याउने प्रयास गरिँदैछ र
केही हदसम्म सफलता पनि मिलिरहेको छ। तर यो सफलतालाई जित ठान्ने भूल गरियो
भने अहिलेसम्म एउटै विकेट पनि नगुमाएका माओवादीका न सिर्फसबै विकेट
गुम्नेछन्, बल्कि सब्का सब् महारथीहरु नै खेलमैदानबाट आउट हुनेछन्।
नेपाली राजनीतिमा हावि रहेका माओवादी खेलाडीहरुबाट प्रतिगामीहरु सच्चिने
र उनीहरुमाथिको पकडलाई खुकुलो पार्ने जुन काम भयो, त्यो वास्तवमा
माओवादीकै मात्र गल्ति थिएन, जसको मूल्य आज तमाम जनताले अस्थिर, अराजक र
अन्यौलताबाटै चुकाउनुपरेको छ। किनकि, डर आज प्रतिद्वन्द्धीहरुमा भन्दा
माओवादीमा बढी छ। एकातिर नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमलाई
सच्याएर सत्तामा जान सकिएला/नसकिएलाको डर र गैहाले टिक्न सकिएला/
नसकिएलाको डर। किनकि, घरेलु तथा वाहृय अवस्था उनीहरुको प्रतिकूल हुनुको
साथै प्रतिद्वन्द्धीको टिमवर्क पनि बलियो छ। त्यसको अलावा देशी(बिदेशी
शक्तिकेन्द्रहरुको आशिर्वाद बेग्लै छ।
योद्धाहरुले आफ्नो क्रोधलाई बचाईराख्नर्ुपर्छ। फाल्तु कुरामा क्रोध
खर्चिनु हुँदैन। किनकि, क्रोधबाटै योद्धामा ताकत पैदा हुन्छ र युद्धको
मैदानमा शत्रुमाथि जाईलाग्न काम लाग्दछ। जनयुद्ध, उन्नाईसदिने जनआन्दोलन
र महानिर्वाचन लगायत त्यसपछिका दिनहरुमा माओवादीले प्रतिगामी बिरुद्धको
आफ्नो क्रोधलाई जसरी खर्चे, त्यसबाट उनीहरुमा क्रोधको कमी देखिएको छ।
नागरिक सर्वोच्चताको पर्ुनर्वहाली र असंवैधानिक कदम बिरुद्ध जीवनमरणको
लर्डाईँ लडिरहेकाहरुले बिना कुनै रक्तपात, नाचगान र हर्षोल्लासका साथ जुन
हिसावले दोस्रो चरणको आन्दोलन पूरा गरे, त्यसबाट यो कमी देखिएको हो। त्यो
बाहेक, निरन्तर कसरत र टिमवर्कको पनि जुन अभाव माओवादीमा छ, त्यो अभावलाई
उनीहरुको नीति, कार्यक्रम र समयको स्पिरिट बिपरितका हर्कतहरुबाट पर्ूर्ति
हुनसकिरहेको छैन।
नागरिक सर्वोच्चताको पर्ुनर्वहाली र असंवैधानिक कदम खारेजीको टार्जेट
लिएको माओवादीले गेम जित्न निकै कसरत गर्नुपर्ने हुन्छ। यो उनीहरुको
टेष्ट म्याच हो र त्यसैमा उनीहरुको जीत छ। कलान्तरमा माओवादीले
जित्लान्/नजित्लान्, सिँहदरवारमा पस्लान्/नपस्लान्, माओवादी सुस्ताएनन्
भने त्यसको तय पनि यही आन्दोलनले नै गर्नेछ। परन्तु, आन्दोलन तामझाम र
नाचगानमै सिमित सिमित रहेको यस्तो र्टाईपको आन्दोलनले अपहृत नागरिक
सर्वोच्चताको पर्ुनर्वहाली र राष्ट्रपतिको असंवैधानिक कदम सच्चिनेमा आम
नेपालीलाई शंकै छ। किनकि, जुन कुराका लागि उनीहरु तामझाम एवं नाचगानको
आन्दोलन गर्दैछन् र जुन शक्तिसँग जीवनमरणको लर्डाईँ लडिदैछ भन्दैछन्,
तिनीहरु न सिर्फताकतवर छन्, बल्कि माहिर पनि उत्तिकै छन्।
त्यसोत, नागरिक सर्वोच्चताको मुद्धा ज्यादै नै मार्मिक र हृदयस्पर्शी
शब्द हो। किनभने, यो मुद्धा उर्ठाईएदेखि नै सरकार लगायत तमाम
प्रतिगामीहरुको शिर झुक्दै आएको छ। परन्तु, नागरिक सर्वोच्चता भनेको
कस्तो र्टाईपको सर्वोच्चता हो भन्नेवारे चाहीँ माओवादीबाट कहीँ कतै
उल्लेख भए गरिएको पाईँदैन। जुन सर्वोच्चताका निम्ति उनीहरु लड्दैछन्,
त्यो सर्वोच्चतालाई न केवल सैन्य सर्वोच्चतासँग दाँजेर हेरिएको छ, अपितु
माओवादीको पुनः सत्ताप्राप्तिको मोहसँग समेत जोडेर हेरिएको छ।
उसोभए, के हो त नागरिक सर्वोच्चता भनेको - आम नागरिकलाई के हुन्छ यसबाट -
जथाभावी जङ्गल फाँडेर सालका गोलियाहरुको तस्कर गर्नपाईने आजादी हो कि -
अर्थात, कर्मचारीलाई जस्ले पायो त्यस्ले ठटाउन पाउने स्वतन्त्रता हो कि -
अर्थात, खानसम्म घुस खाएर डकार्नै नपर्ने आजादी हो कि - अर्थात, जतिसुकै
हुलहुज्जत, शोरशरावा र खूनखरावा गरे पनि कसैले केही गर्न नसक्ने ताकत हो
कि - अर्थात, ग्राहकसँग मनपरी दाम असुल्ने छूट हो कि - देशीबिदेशी
शक्तिकेन्द्रहरुको चाकडीमा मुलुकको राजनीति गर्नु र सत्तामा टिकिरहने
बेमिशाल तिडगम हो कि - कानून, व्यवस्था तथा मुलुककै राजनीतिलाई औँलामा
नचाउनसकिने दैवीशक्ति हो कि - के हो नागरिक सर्वोच्चता भनेको - के हो
त्यसको अर्थ -
मानिसलाई भेँडाबाख्रासरी जता मनलाग्यो त्यतै डोर्‍याउन, मोलतोल र किनबेच
गर्नबाट रोक्छ यो सर्वोच्चताले - कर्मचारी, व्यापारी, उद्योगी, किसान,
मजदुरलाई दास ठान्ने प्रवृत्तिको अन्त गर्नसक्छ यो सर्वोच्चताले - यो
सर्वोच्चताले थेप्चा नाकहरुमाथि चुच्चा नाकवालाहरुको, कालो छालाहरुमाथि
गोरा छालाहरुको, हुँदाखाने गरिव निमुखाहरुमाथि मुठ्ठभिर हुनेखाने
सभ्रान्तहरुको, निमुखा कार्यकर्ताहरुमाथि हाईकमाण्डहरुको,
कारिन्दाहरुमाथि हाकिम साब्हरुको र शासितहरुमाथि स्वयँ शासकहरुकै
दादागिरीलाई रोक्नसक्छ - यो सर्वोच्चताको बहालीपश्चात के कुरा शान्त,
स्थिर र दिगो हुन्छन् - यी वितण्डाहरु रोकिन्छन्् - आशँका छ अझै पनि।
राजनीतिमा एउटा कहावत छ(भन्नर्ुपर्छ एउटा कुरा, अर्थ निस्कनर्ुपर्छ अर्कै
कुराको। असत्य कुरो अपत्यारिलो हुनेहुँदा सत्य त बोल्नैपर्ने हुन्छ,
परन्तु अर्धसत्य। अर्थात, कुरो गर्दा कहिल्यै पनि पूरा सत्य बोल्नु
हुँदैन, ताकि आवश्यक परेका बखत त्यसको दोहोरो अर्थ निकाल्न सकियोस र
जोरीखोज्न पाईयोस। जुन सर्वोच्चताका निम्ति अहिले देश ठप्प छ र मुलुककै
राजनीतिलाई दाउमा राखिएको छ, त्यो कतै अर्धसत्यमा आधारीत यस्तो सत्य त
होईन, जसमार्फ मुलुकमा जनगणतन्त्र स्थापित गर्नखोजिँदैछ र स्वयँमा
महत्वपर्ूण्ा रहेको यो अपर्ूण्ा सत्यभित्र कतै भिडतन्त्र स्थापित गर्ने
अर्धसत्य तथ्य त छैन - छैन भने नागरिक सर्वोच्चता जस्तो गम्भिर मुद्धालाई
केवल सैन्य सर्वोच्चतासँग मात्रै जोडेर किन ब्याख्या गरिँदैछ -
कदाचित, नागरिक सर्वोच्चताको पर्ुनर्वहाली भयो, राष्ट्रपतिको असंवैधानिक
कदम पनि सच्चियो र सहमतिबाटै माओवादी नेतृत्वकै अर्को राष्ट्रिय सरकार
समेत बन्यो भने त ठीकै छ, अर्ढाईसय वर्षेखिको भेदभावक सकिने छ र
माओवादीद्वारा इतिहास रचिने छ। परन्तु, त्यत्तिभाँति हुँदा पनि दर्ुइ
सेनाको मिलन गराउन सकिएन भने - अर्ढाई शताब्दिदेखि बिभेदको मुआब्जा
मागिरहेका मातृका यादव लगायतका मधेसवादी दलहरुकै चित्त बुझाउन सकिएन भने
- बिखण्डको आगो ओकलिरहेका तर्राईका सशस्त्र समूहहरुलाई राजनीतिको
मूलधारमा ल्याउन सकिएन भने - विगतमा जस्तै फेरी पनि महिनौँ महिनौँसम्म
मधेसका नाकाहरु ठप्प भए भने - पहाडियाहरुको हलुवा र्टाईट होला कि नहोला -
सात महिनामा नयाँ संविधान लेख्नसकिएन र मुलुकलाई नयाँ दिशा दिन सकिएन भने
मुलुक गृहयुद्धमा जाला कि नजाला - फेरी पनि मानिसहरु विभिन्न बिभेदहरु
बिरुद्ध, बिभिन्न प्रवृत्तिहरु बिरुद्ध र बिभिन्न दादागिरीहरु बिरुद्ध
हतियारै उठाउनुपर्‍यो भने - सवाल त फेरी पनि उठ्छ। अस्तु।
Read More...

Friday, November 13, 2009

0 संविधान नलेख्नेहरूले खाडीतिर जागीर खान जानु

- सरोजदिलु विश्वकर्मा----
संविधानसभाको चुनाव हुनेवखत धेरै ब्यवस्थापिका सांसदज्यूहरूको वीचमा
रूवावासी चलेको थियो। उनीहरू भन्दैथिए- 'हरे किन यति छिट्टै चुनाव गरेको
-' अहिले फेरि यी सभाषद्ज्यूहरू पनि 'ओफ्, यति छिट्टै किन आउँदैछ जेष्ठ
१४ गते..-' भनेर पुपुर्र्रोमा हात लगाउन थालिसकेका छन्। किनकी निर्धारित
तिथीको भोलीपल्ट यिनको खातापाता सवै वन्द हुनेछ। दुहुनो गाईजस्तो संसद
सचिवालय पनि थारो हुनेछ। वरतिर-परतिर अतिथि भईजाँदा चप्काउन पाईने
अन्न-धन्न र एन्जिओ-आईन्जीओका चिल्ली-साँप्राहरू वरू कुकुर-विरालाहरूलाई
खाईनसक्नु हुनेछ, यिनले सुँग्न पनि पाउने छैनन्। त्यसैले केही
माननीयज्यूहरू चैं झोलाकुम्ली कसेर आआफ्नै कुला-दुलामा र्फकन तम्तयार
भईसकेका छन्। तिनीहरू सभाषद पद सकिएपछि के गर्ने भनेर अहिलेदेखि नै
जोरजाम् गर्दैछन्। यिनै दिनहरू दोहोरिइ रहे भने ठोकुवाका साथ भन्न
सकिन्छ- संविधान बन्दैन र यी खाईपाई आएकाहरूले एकपल्ट फेरि देश र जनतालाई
धोका दिई ज्ञानेन्द्रलाई हसाउँने छन् अनि नयाँ राजनीतिक अध्यायको शुरू
हुनेछ। देशी-विदेशी कुतत्वहरू, जो नेपालमा अस्थिरता सधै निम्तिरहोस्,
त्यसको नाममा अनुदान भित्र्याएर कमाईरहौं, जमाईरहौं भन्ने मानसिकता
राख्दछन्, तिनको भने विशाल रात्रीभोज नै चल्नेछ। जनता, नागरिक समाज अथवा
राजनीतिक कार्यकर्ताको यत्राविघ्न प्रयाशहरू वामगतीको ढलसंगै मिसिएर
बग्नेछन् भने यी लामा टुप्पी र चन्दनेहरू त्यतिवेला किनारामा बसेर टाउको
समाउने छन्। त्यसवेला ६०१ महोदयहरूलाई नेपाली जनताले खोरभित्र सुँगुर
रोपेझै अनेक तरहले रोप्नेछन्, घोच्ने छन्। यिनको २।२ वर्षम्म भत्ता र
सत्तामा लुटुपुटिँदा चिल्लिएको थुतुनो र तन्किएको भुँडीले कहिले नसोचेको
दुःख पाउने छन्। कुतिको बाटो मरेकेा विरालो च्यापेर लथ्रिएको वटुवा झैं
आआफ्ना घर-डेरामा फर्किँदा यिनका अनुहारमा गल्लीगल्लीका भुस्याहाहरूले सू
गर्न समेत हिच्किचाउने छन्। यतिमात्र होईन, संविधान नबनेको खण्डमा
यिनीहरू न घरको रहनेछन् न त वनको। न दरवारको रहनेछन् न घरवारको।
त्यसवेला, पोईल गएकी स्वास्नी घरफर्किदा छिमेकीले थुकेजस्तो जनताले
यिनीमाथि खकार्न वेर लगाउँदैनन्। विचराहरूको भविश्य देख्दा दया लागेर
आउँछ। सभाषद् सकिएको २।४ महिनापछि खेती गर्ने कि, जागीर खोज्दै हिड्ने या
खाडीतिर लाग्ने - त्यही डरले सायद, यी ६०१ महामहिमहरूले, समयभित्र काम
सम्पन्न गर्न नचाहिरहेका पो होकी -
अर्कोतिर सेनापति थमौती प्रकरण पछिका दिनमा संविधानसभामा एकाएक गतिरोध
उत्पन्न हुँदै आएको छ। र, विषयगत कार्यसूचिमा पटकपटक परिवर्तन हुनु र
सत्ताको खेलमा सभाषदहरू लागीपर्नु अथवा माओवादीलाई एक्ल्याएर जान
खोज्नुको कारणले करीवकरीव अव संविधान समयमा नबन्ने स्थितीमा पुगीसकेको छ।
काम-कुरो एकातिर कुम्लोबोकी ठिमीतिर भनेझैं हाम्रा प्रधानमन्त्री
संविधानसभाको अध्यक्ष पदबाट एकाएक उछिटि्टएर २०५४ पछिको र्सर्ुयवहादुर र
देउवा सरकारको इतिहास दोहोर्याउन पुगीसकेका छन् भने यसैलाई महान कार्य
ठान्दै वहुसंख्यक मान्याहरूले हस्ताक्षर गरी आफूअनुकुलका फायदा
उर्ठाईरहेका छन्। यद्यपि, यी ठूला नेताहरूका म्यारीजका माल बनेका यी
सभाषदज्यू संविधान बनाउँछौं भनेर उधारो खाईरहन रति हिच्कीचाएका छैनन्।
यिनको अकर्मण्यतालाई हर्ेदा भोली यिनले ऋृण चुकाउन नसक्ने हैसियत स्पष्ट
देखिदै गईरहेको छ। तथापि, हिजो पनि उधारो, आजपनि उधारो धन्दा चलेकै छ।
जवकि बितेको १६ महिनामा मस्यौदामा त सहमती हुनसकेको छैन, संविधानको नाममा
एकमत हुनसकेका छैनन् भने वाँकी ८ महिनामा के के गर्ने, के के भ्याउने -
कि त जसोतसो मध्येराती संविधान ल्याउने र विहान मुलुकै जलाउने कि - जवकि,
कार्यकारी अधिकार, संघीय स्वरूप, प्रान्तीय शासन ब्यवस्था आदिमा ठूल्ठूला
वहस र सहमति हुनै निक्कै कठिन छ, जसमा संविधानको एकएक वुँदामा दर्ुइतिहाई
मत जुट्नु पर्दछ, जुन माओवादीविना सम्भव हुँदैन। तथापि, समय अझैं बाँकी
छ। सभाषद महोदयले जनआन्दोलनको मर्म र सहिदहरूको वलिदानीलाई छातीमा राखेर
सम्झने हो भने र आफूलाई गोठालाहरूको डरमा चल्ने भेडावाख्रा नठान्ने हो
भने समयमा संविधान बनाउने हो भने प्रथमतः माओवादीसमेतको राष्ट्रिय सरकार
गठन गर्न आईतवार पर्खन हुँदैन। आफ्ना दलका शिर्षथ नेताहरूले जेसुकै कुटील
गोटी चालुन, त्यसलाई वेवास्ता गरी जनताको अभिभारा पुरा गर्न तयार
हुनर्ुपर्दछ। अर्थात कतिपय अवस्थामा 'म दलको भन्दा जनताको संविधान बनाउन
आएको' भन्दै आफ्ना दलको गलत हृ्वीपक्रस गर्नसमेत हिम्मत गर्नुपर्दछ।
दोश्रो हो, सेना समायोजन। शान्ति प्रकृयालाई निष्कर्षा पुर्याउने हो भने
माओवादी लडाकु सवैको उनीहरूको इच्छाअनुसारको क्षेत्र र योग्यता अनुसारको
हैसियत दिई सेनामा विलय गराउनु पर्दछ। किनकी, उनीहरू गैरनागरिक नभएर
नेपालीकै छोराछोरी हुन्। त्यसैले को जंगलबाट आयो, को घरबाट आयो भन्ने
प्रश्न तर्ेसाउनु भनेको सुविधाभोगीहरूले अर्को नेपालीलाई वन्देज लगाउनु
हो। जवकि राजा, राणा र तिनका हुकुम-प्रमाङ्गी गरी आआफ्ना खल्तिबाट
हालिएका ब्यक्तिहरू आज जर्नेल कर्ण्र्ाा भएका छन् भने क्रान्तिका लागि
लडेका नेपालीका सन्तानले सेना हुन नपाउने भन्ने प्रश्नै हुँदैन। सकिन्छ
भने अरू व्रि्रोही संगठनका मिलिसियाहरूलाई पनि सेनामा भर्ना गरी विकास
निर्माणको काममा खर्टाईयो भने त्यसले राष्ट्रलाई फायदा नै गर्दछ। तर यो
जंगलबाट आएको यो भर्ना-छनौट प्रकृयाले आएको वा यो हुकुम-प्रमाङ्गी भएको
भनेर अलमल्याउनु भनेको सिंगो सेनालाई निश्चीत ब्यक्तिकेा खल्तीमा
पार्नखोन्नु हो, अर्थात नेपाली सेना भएर राष्ट्रको लागि योगदान दिन्छु
भन्नेहरूलाई वहिस्करणमा पार्नु हो। तेश्रो अर्थात मुख्य जिम्मेवारी भनेको
समयमा संविधान बनाउने हो। जसरी भएपनि जेष्ठ १४ गतेभित्र जनताले चाहेको
संविधान संविधानसभाले दिनर्ुपर्दछ। सोभन्दा पछाडि धकेल्नु भनेको
सभाषदज्यूहरू अक्षम सावित हुनुमात्र होईन् जनतालाई थप ब्ययभार लदाउनु हो,
नयाँ नेपालको गतिमा बाधा पुर्याउनु हो। त्यसो भयो भने प्रतिगमनका मतिहार
भन्दा ठूला मतिहार यी छ सौ एकज्यूहरू हुनेछन्।
संविधानभित्र जनताका विभिन्न विषयमा फरक मत होलान्, दलितका सवालमा पनि
विभिन्न दृष्टिकोण आएका छन्। कतिले चैं वाहिर 'म त दलितकै पक्षमा छु,'
भनेर आन्द्राभुँडी देखाएता पनि तिनका लुकेका दाँत भने साह्रै खराव छन्।
ती तीखा दाँतलाई वोधो पार्न जनताका महामहिमहरू चुक्नु हुदैंन। तिनकै
कारणले गर्दा पनि हाम्रा दलितका सभाषदज्यूहरूसमेत आआफैंमा विभाजित भएका
छन्।
त्यसकारणले, देशका लागि केही गर्छर्ुुजनताका लागि केही दिन्छु भन्ने
माननीयज्यूहरूले संविधान बनाउन नचाहने तर खाली मन्त्री र अरू सुविधा
मात्रै चाहर्दै हिड्ने तथा जनताका सभाषद्हरूलाई जजमान मात्र बनाउन खोज्ने
अर्का कथित सभाषदहरूलाई थुनेर, थेचारेर भएपनि संविधान लेख्नु पर्दछ।
अर्थात पुरानाहरू जो हिजोदेखि नै देश जनताका नाममा खाइपिई आई खाली भाषण र
आसनमा मात्रै गर्व गर्दछन्, त्यस्तालाई गलहत्याउन गोल्छे सार्कीले मुक्का
हानेजस्तो र अल जइदीले वुशलाई जुत्ता हानेजस्तो हान्नसमेत तयार
हुनर्ुपर्दछ। जनताका वास्तविक प्रतिनिधिले गरेको यस्तो हस्तक्षेप जनताले
अनुमोदन गरिदिन्छन्। डराउनु पर्दैन।
Read More...

Thursday, November 12, 2009

0 मृत्यु अन्तिम सत्य आखिर ज्ञान बहादुर दाइ पनि बित्नुभयो

-सुदर्शनराज पाण्डे-
हिन्दूहरूको महान पर्व छठको दिन थियो। म, मेरो जन्मस्थल धादिङ जिल्लाको
नौबिसे गाविसको कानाकोटमा थिए। २०६६ साल कार्तिक ७ गते शनिवार बेलुकीपख
पत्रकार भाइ दीपेन्द्र चौहानले वीरगंजबाट मोबाइल गरी ज्ञान बहादुर दाइको
भरतपुर मेडिकल कलेजमा निधन भएको खबर सुनाए। म स्तब्ध र मर्माहत बने। मेरा
पिताश्री र मेरा आदरणीय पत्रकार दाइ चक्रपाणी नेपालले के भो भनेर
सोध्नुभयो। मैले दुःखको खबर सुनाएं। धेरै बेरसम्म ज्ञान बहादुर बस्नेत
दाइको जीवनगाथाको चर्चा गरियो। आज उहांको भौतिक शरीर छैन तर पनि उहां
ज्यूंदै रहेको झझल्को आइरहेको छ। स्व. ज्ञानबहादुर दाइले मलाई अत्यन्तै
मांया गर्नुहुन्थ्यो। बेला बेलामा हेटौडाबाट मलाई फोन गर्नुहुन्थ्यो। दुइ
जनाबीच सन्चो, बिसन्चो, जीवनका राष्ट्रका दुःख सुखको कुरा हुने गर्दथ्यो
। तेह्रौं पुण्यतिथि भन्दा १ दिन अघि कार्तिक १८ गते हेटौडास्थित ज्ञान
बहादुर दाइको निजी निवासमा हामी ५ जना पत्रकार भद्रनाथ अधिकारी, किरणराज
पाण्डे, पुरूषोत्तम सिंह भट्टराइ, प्रेम र्सराफ र म शोक सन्तप्त परिवारमा
गहिरो समवेदना प्रकट गर्न र दिवगंत आत्मामा चीर शान्तिको कामना गर्न
पुग्यौं। हामीहरू देख्नासाथ माहिली भाउजू साह्रै रूनुभयो। हाम्रँ आंखाबाट
पनि आंशु झरे। मृत्यु अन्तिम सत्य हो, जन्म लिएपछि ढिलो, चांडो एक बार
मर्नै पर्छ। कालचक्र, काल महिमालाई जित्न सकिदैन भन्यौं, सम्झायौं।
क्रियापुत्र दर्ुइ छोरा गौरब र रन्जनलाई पनि धर्ैयधारणका लागि आग्रह
गर्‍यौं।
भोजपुर जिल्ला सिद्धेश्वर गाविस वडा नं. ५ दाबा मोहरियामा पिता स्व. मान
बहादुर बस्नेत र माता भीमकुमारी बस्नेतको कोखका ३ छोरा, ३ छोरीमध्ये
माहिलो छोराका रूपमा २००३ साल माघ महिनामा ज्ञान बहादुर बस्नेतको जन्म
भएको थियो।
स्व. ज्ञान बहादुर बस्नेतको तीनवटा धर्मपत्नी मध्ये दर्ुइ धर्म पत्नि
शोभा बस्नेत, लक्ष्मी बस्नेत र दर्ुइ छोरा गौरब बस्नेत र रन्जन बस्नेत
छन्। हाल उहांहरू हेटौडास्थित सीमा होटल पछाडि आप\mनै घरमा हुनुहुन्छ।
भोजपुरबाट बसाइं सराइ गरेर झापा जिल्लाको गौरादहमा बसोबास गरेका मान
बहादुर बस्नेतका माहिला छोरा ज्ञान बहादुर बस्नेतले वीरगंजलाई आप\mनो
कर्म थलो बनाइ वीरगंजका पत्रकार ज्ञान बहादुर भनेर नेपाल अधिराज्यभर
चर्चित हुनुभएको थियो ।
स्व. बस्नेतले २०३५ सालमा साहित्यिक मासिकका रूपमा मालिंगो नामको
पत्रिका दर्ता गराइ पत्रकारिता जीवनमा प्रवेश गर्नुभएको थियो। ऐतिहासिक
जनमत संग्रह पछि मालिंगो साप्ताहिक समाचार पत्रका रूपमा प्रकाशित गरी
झण्डै दर्ुइ दशकसम्म निरन्तरता दिइ पत्रकारिताबाट देश र जनताको सेवा
गर्दै वीरगंजको आदरणीय र स्थापित पत्रकार हुनु भएको थियो। पछि रोगले शरीर
कमजोर भएपछि मालिंगो साप्ताहिकले निरन्तरता पाउन सकेन। लामो समयसम्म
वीरगंजमा डेरामा बसेर परिवारको जीवन निर्वाह गर्दै आउनुभएका बस्नेत चार
वर्षअगाडि हेटौडामा घर खरिद गरेर बस्दै आउनुभएको हो।
ज्ञान बहादुर बस्नेतले ज्यादै खर्चालु र ऐय्यासी जीवन ब्यतित गर्नुभएको
थियो। नेपाल अधिराज्यका ज्ञान बहादुर बस्नेतलाई सम्झेर आउने
पत्रकारहरूलाई उहांले स्वागत र अतिथि सत्कार गर्न चुक्नु भएन। खरो मिजाज,
कमलो हृदयका ज्ञान बहादुर बस्नेतका केही कमी कमजोरी पनि थिए । पंचायती
शासक, प्रशासकहरूका बीच ज्ञान बहादुर निकै लोकप्रिय र प्रभावशाली पत्रकार
पनि हुनुहुन्थ्यो। २०४६ सालको ऐतिहासिक जन आन्दोलनपछि उहां कांग्रेस
पार्टर्ीीमर्थक हुनुभयो। वीरगंजेली पत्रकारहरूको अगुवा, अभिभावक ज्ञान
बहादुरसंग सर्म्पर्कमा आएका धेरैजना पत्रकार भएका छन्। ज्ञान बहादुर
दाइको जीवनमा धेरै चुनौती आएका थिए। संर्घष्ाशील जीवनका कारण सबै
चुनौतीको सामना भए।
पत्रकारिताको शुभारम्भ देखि नै उहां नेपाल पत्रकार महासंघको सदस्य
हुनुभयो। कतिपटक नेपाल पत्रकार महासंघको केन्द्रीय पार्ष पर्सा शाखाबाट
हुनुभयो। मालिंगो साप्ताहिक नेपालको कुना कुना सम्म पुगेको थियो ।
पर्साको पत्रकारिताको इतिहासमा उल्लेखनीय योगदान पुर्‍याउनुभएका नेपाल
पत्रकार महासंघ पर्सा शाखाको आजीवन सदस्य ज्ञान बहादुर बस्नेतको
स्वर्गारोहणमा नेपाल पत्रकार महासंघले श्रद्धाञ्जलि सभाको आयोजना, शोक
प्रस्ताव समेत जारी नगरेको देखेर अति नै दुःख लागेको छ। अग्रजहरूको
सम्मान र मृत्यु हुनेहरूको श्रद्धाञ्जलि अर्पण गर्न नसक्ने संस्कारले
पत्रकार संगठनको मर्यादालाई होच्याएको छ। नेपाली पत्रकारहरूको छाता
संगठनलाई औचित्यहीन बनाएको छ। संगठनका वर्तमान पदाधिकारीहरूमा मानवीय
संवेदनशीलता र उत्तरदायित्व हराएको पुष्टि हुन्छ।
अन्त्यमा कार्तिक ७ गते देहवासन हुनुभएका, ८ गते पवित्र देवस्थल
देवघाटधाममा दाह संस्कार गरिएको ज्ञान बहादुर बस्न्ेतको दिवगंत आत्मामा
अन्तिम श्रद्धाञ्जलि सहित शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त
गर्दै यस दुःखको घडीमा धर्ैयधारण गर्ने शक्ति शोक सन्तप्त परिवारहरूमा
प्रदान गरून् भनिर् इश्वरसंग कामना गर्दछु।
Read More...

Sunday, November 8, 2009

0 यो के हु“दैछ र कता जा“दैछौं हामी -

- अ के ला
आजको र्सवाधिक जरूरत भनेकै बिकास हो, जसलाई बुझ्न जीव र प्रकृति वीचको
अन्योन्याश्रति सम्वन्ध पनि बुझ्नुपर्ने हुन्छ। जीव र प्रकृति वीच
सन्तुलन राख्न, प्राकृतिक र साँस्कृतिक सम्पदाहरूको रक्षा र सर्म्वर्द्धन
गर्न, समानुपातिक विकास र समतामूलक समाजको निर्माण गर्न सटिक र बैज्ञानिक
आधारको आवश्यकता पर्दछ, जसले भू(उपयोग, खाद्यान्न उपलव्धता, आवास,
सुविधा, शिक्षा, स्वास्थ्य, सडक लगायतका पर्ूवाधारहरूको सटिक पहिचानमा
मद्धत गरोस। तर यसको महत्व र उपादेयतावारे बुझ्न नचाहने, प्रयोग गर्न
नचाहने र प्रयोग नगर्ने प्रवत्तिले बिकास निर्माणका कामकुराहरू पाखुरा
खैँचाईँ र दाताहरूको सदाशयतामा निर्भर हुनुपर्ने स्थिति छ। बिना कुनै
बैज्ञानिक आधार मकै बाँडेझैँ बाँडिने हँचुवा योजना र बजेटले विकासको
वहुआयामिक र गतिशील सिद्धान्तको अपब्याख्या गर्ने मात्र नभै पूरै
सिष्टमलाई नै लाठी( मुड्कीमा अनुवाद गर्दछ र हाम्रा प्रशासकहरूको मुखमा
झुण्डिने गरेका बैज्ञानिकता, पारदर्शिता, बिकेन्द्रीकरण, सुशासन जस्ता
शब्दहरूलाई शब्दकोशबाटै हटाउनुपर्ने स्थिति पैदा हुनथाल्दछ।
प्रकृति अपराजय छ। किनकि, प्रकृति छ त जीवन छ, नत्र छैन। यो वरदानलाई
विकासमा परिचालित गर्नु, संरक्षण र सर्म्वर्द्धन गर्नु भनेकै प्रकृतिको
पूजा गर्नु हो, जुन बैज्ञानिक तथ्यबाट मात्र सम्भव छ। सबै वस्तु,
प्रकृतिकै उपज भएकाले हावा, पानी, माटो, वनस्पति, खनिज पदार्थ तथा
जीवजन्तु जस्ता महत्वपर्ूण्ा प्राकृतिक सम्पदाहरूलाई मानव जातिले पहिचान
गर्न र उपयोग गर्न जान्यो भने यी सम्पदाहरू हाम्रा लागि प्रकृतिको अमूल्य
वरदान सावित हुनसक्दछ। यो बरदान, जो युगौँदेखि विकास र विनाससँगै हामी
बीच रहँदै आएको छ, यसको अत्यधिक दुरूपयोगबाट प्रकृतिको सन्तुलन बिग्रिन
गै वाढी, पहिरो, अतिबृष्टि, अनावृष्टि जस्ता प्राकृतिक विपत्तिसँगै
भुखमरी जस्तो मानवसृजित बिपत्तिहरू पैदा भैरहेका छन्। यसलाई हामी आज
ग्लोबल वार्मिङ भनिरहेका छौँ। यो खतरा आज विश्वमा यसरी मडारिएको छ कि
पूरै देश नै समुद्रमा समाहित हुने स्थिति देखिएको छ र समुद्रभित्र
क्याविनेट बैठक बसेर दुनियालाई खवरदारी गर्नुपर्ने स्थिति छ।
जन्म, मृत्यु, बर्साईसर्राई, प्रजनन दर, मृत्युदर तथा वर्साईसर्राई दर
जस्ता जनसंख्यामापनका तत्वहरूवारे योजना तथा नीति निर्माताहरूले
जान्नैपर्ने हुन्छ। यो बिना जनसंख्यामापनका निर्धारक तत्वहरू वारे बुझ्न
कठिन हुन्छ र बिकास निर्माणका कामकुराहरू हँचुवा, टेबुल ठोकाई र
दाताहरूको सदाशयतामा भर पर्नुपर्ने हुन्छ। कुन क्षेत्रमा जनसंख्याका
निर्धारक तत्व र त्यसका मापन तत्वहरूको अवस्था के छ, सोको समुचित
व्यवस्थापनका लागि आगामी रणनीति कस्तो बनाईनर्ुपर्छ र भविष्यमा बनाइने
योजना वारे सचेत हुन राजनीति गर्नेहरुका लागि अति जरुरी छ।
नेपाल अपार प्राकृतिक सम्पदाको भण्डार हुँदाहुँदै पनि रोजगारीका निम्ति
अर्काको शरण पर्नुपर्ने बाध्यताका पछाडि अर्काको कुरा सुन्न नचाहने,
सुने(अर्को कानले उर्डाईदिने र आफ्नै कुरो लाद्नखोज्ने हाम्रो यस्तो
प्रवृत्ति छ, जसलाई हामीले चाहेरै पनि त्याग्न सकिरहेका छैनौँ। यी
प्राकृतिक सम्पदाहरूको पहिचान गर्ने र यसको उचित स्याहार(सम्भार मात्रै
गर्ने हो भने तीन करोड नेपालीलाई सुतिसुति खानपुग्दछ। तर एउटा स्वस्थ्य
मानिसको लागि चाहिने दैनिक २२५० क्यालोरीका बदला १८१५ क्यालोरी मात्रै
प्राप्त गरिएको र अझै दैनिक ४३ प्रतिशत क्यालोरी बराबरको भोजन प्राप्त
गर्नुपर्ने जुन स्थिति छ, त्यसबाट जनता कुपोषण, सुकेनास, रक्तअल्पता,
गलगाँड जस्ता मामुली रोगबाट समेत ग्रसित हुनुपर्ने अवस्था छ। त्यसको
निम्ति यहाँको सिष्टम र हामी स्वयँ नै जिम्मेवार छौँ। किनकि, हामी आफु र
यो सिष्टमलाई बदल्न सकिरहेका छैनौँ।
पर्याप्त जनचेतनाको अभाव र गरिएका कार्यक्रमहरू सत्ता( भत्तामै सिमित
हुने र मुलुकमा विश्व प्रकृति कोष, विश्व संरक्षण संघ, विश्व खाद्य तथा
कृषि संगठन, विश्व वालकोष, संयुक्त राष्ट्र जनसंख्या कोष तथा संयुक्त
राष्ट्रसंघीय विकास कार्यक्रम जस्ता अनगिन्ति अन्तरािष्ट्रय संस्थाहरू
क्रियाशील छँदाछँदै पनि जनसंख्या वृद्धिको अत्यधिक चापका कारण मृत्युदर
वृद्धि हुन गै वर्साईसर्राई अनियन्त्रित रूपमा वृद्धि हुने र त्यसबाट
मुलुकमा वेरोजगारीता बढिरहेको र गास, बास, कपास तथा जनसंख्याको अत्यधिक
बृद्धिका कारण डम्पिङ र्साईट, खेतीयोग्य जमीन तथा वनजंगलको अभावले पूरै
वातावरण नै व्रि्रेको स्थिति छ, जसको पछाडि आफुलाई पूरै सिष्टमकै
प्रतिनिधि ठान्ने र आफु बिना त्यो सिष्टम नै नचल्ने दम्भको महारोग छ।
त्यसको जिम्मेवारी नमीठो नखाने, नमीठो नबोल्ने, नराम्रो नलगाउने, सस्तो र
थोत्रो गाडी नचढ्ने हाम्रा राजनीतिज्ञहरू, नीतिनिर्माता र योजनाकारहरूले
नलिए कस्ले लिने - बिहारको लालुप्रसाद यादवले -
यस वाहेक अत्यधिक जनसंख्याको कारणवाट वन जंगलको फडानी, हावापानी र
जमीनहरू व्रि्रदै जानु, वाढीपहिरो, भू(क्षयवाट पुरै क्षेत्र मरूभूमीमा
परिणत हुनु, कलकारखाना र चिम्नीहरूवाट निस्कने कार्वनर्डाईअक्र्साईड तथा
कार्वनमोनोअक्र्साईड जस्ता धुँवाले पुरै वातावरण नै दुषित हुनु, रासायनिक
मल तथा कीट्नाशक औषधीहरूको अत्यधिक प्रयोगले निर्मल खोलानाला, पोखरी तथा
तालतलैयाका कञ्चन पानी दुषित हुनु र माटोको अम्लीयपना बढेर उर्वराशक्तिमा
ह्रास आउने जुन क्रम छ, त्यसले निकट भविष्यमा भूखमरीको भयाहव स्थिति
सिर्जना गर्नेवाला छ। एउटा प्रतिवेदन अनुसार पुरै दक्षिण एसियाबाट
गिद्धहरू लोप हुँदैजानुका पछाडि बढी उब्जनी लिन खेतबारीमा प्रयोग गरिने
यस्ता रासायनिक मल तथा कीट्नाशक औषधीहरू छन्, जसलाई खाएर चौपायाहरू
मर्दछन् र ती चौपाया खाएर गिद्धहरू प्रकृतिबाटै विलुप्त हुने स्थितिमा
छन्। यो स्थिति, न सिर्फजटिल छ, डरलाग्दो पनि छ।
कहाँ, के के र कति कुराको खाँचो छ, जल, जमिन र जङ्गलको अवस्था के छ, यी
कुराहरूलाई राजनीतिको विषय बनाईनु हुन्छ(हुँदैन, भए(त्यसको नतिजा के
हुन्छ, आफ्नो भूमी, सिमारेखा आदिको स्थिति के छ - त्यसको सटिक व्यवस्थापन
कसरी गर्ने जस्ता तथ्यहरूको पहिचान, त्यसवारे अध्ययन, अनुसन्धान,
चिन्तन(मनन नितान्त वैज्ञानिक तरिकाले गरिनुपर्ने हुन्छ न कि हँचुवा,
सदाशयता वा राजनीतिका भरमा। यहाँ विकासको सिद्धान्त र सिष्टमले हावा
खाएको पनि यही भएर हो। नत्र, लगभग भारतसँगसँगै स्वतन्त्र भएको यो मुलुकले
विकास निर्माण जस्ता कुराहरूमा यतिविधि माथापच्ची गर्नुपर्ने अवस्थै
थिएन। प्रकृतिको अमूल्य बरदानलाई राजनीतिक कलहको विषय बनाउने र त्यसैका
निम्ति पाखुरी र्सर्ुकने, खैँचाखैँची गर्ने भएपछि यी अमूल्य सम्पदाको
संरक्षण, सर्म्वर्द्धन र यसको विकास गर्न यहाँ पशुपतिनाथ त पक्कै आउँदैन।
ठूलाको ठूलै दाउ, सानाको शू गर्ने ठाउँमा घाउ भनेझैँ ठूला र बिकसित
राष्ट्रहरू यतिखेर हातेमालो गर्दै वातावरणीय समस्या, सैनिकीकरण र युद्धको
खतरा, जनसंख्याको विष्फोटन, गरिवी र दुःख, मानवाधिकार उल्लंघन, भविष्यको
योजना जस्ता विश्वव्यापी समस्यासँगै आतङ्कवादसँग जुझिरहँदा र खरबौँ डलर
खर्चिईँँदा पनि हामी र हाम्रा नेताजीहरूलाई राजनीतिक बितण्डाबाट फर्ुर्सद
हुँदैन भने असली बिकास कहाँबाट हुने - कतिखेर गर्ने र ग्लोबल
वार्मिङ्गसँग हामी जुध्ने कहिले - सगरमाथाको चट्टान उपहार दिईँदैमा ढुक्क
हुने स्थिति त छैन दुनियामा।
बन्द, जाम, हडताल, धुँवा(धुलो, चुल्हो(चौको, गाँठ, सोमरस, तरूनी र तात्तो
न छारोका फोस्रा राजनीतिक गफबाट हामीलाई फर्ुसद मिले न हामीबाट बिकास
सम्भव हुन्छ। हामीलाई न सिर्फएक अर्काको कुरा काट्न, खुट्टा तान्न र एक
अर्कालाई निचा देखाएर फर्ुसदै छैन, जालझेलको राजनीतिलाई शीघ्रातिशीघ्र
सल्टाएर टाउकामा मडारिएको ग्लोबल वार्मिङ्गको खतरासँग जुझ्ने चटारो पनि
हामीलाई छैन, र यसैलाई हामी आज बिकास भनिरहेका छौँ। यो पनि बिकास हो -
यस्तो पनि बिकास हुन्छ - यो त र्सवनाशको रिहर्शल हो। एक यस्तो र्सवनाश,
जसले हामीभित्रका पाखण्डपन, पोङ्गापन, कुसँस्कार, कुरीति, अन्धभक्तिलाई
पोल्नखोज्दैछ र त्यसैमार्फ नयाँ सभ्यता पल्लवित हुनखोज्दैछ। त्यो नभएसम्म
अरु त सम्भव छैन।
बञ्जड भूमीहरूमाथि गगनचुम्वी महलहरू ठडिनु, विद्यालय, कलेज(क्याम्पसहरू
बन्नु, बाटाघाटा, पुलपुलेसा, कर्ल्भर्ट निर्माण हुनु, जमिनको भाउ
आकास्सिनुु, खरानी हुने देह गहनाले सुशोभित हुनु र हातहातमा मोबाईल,
घरघरमा कम्प्युटर, टिभी र बच्चाबच्चाका हातमा आईपट हुनु पनि बिकास होईन।
भाइ(भाइ, मित्र(मित्र, समाज(समाज, वर्गर्(वर्ग, धर्म, समुदाय, सम्प्रदाय
एक अर्कादेखि दूर हुनु पनि बिकास होईन। असली बिकास त त्यो हो, जसले
मानिसलाई कुसँस्कारबाट सुसँस्कारतिर डोर्‍याउँदछ। बिकास त त्यो हो, जसले
भाइ(भाइ बीच, मित्र(मित्र बीच, समाज(समाज बीच, वर्गर्(वर्ग बीच, धर्म,
समुदाय, सम्प्रदायहरु बीच सामिप्यताको अहशास गराउँछ। जुन र्टाईपको
बिकासबाट हामी आज मख्ख र हैरान छौँ, त्यसले कतै हामीलाई त्यतैतिर
डोर्‍याइरहेको त छैन, जता हाम्रो र्सवनाशको तिथिमिति पहिल्यैदेखि तय छ -
नत्र, यो के हुँदैछ र कता जाँदैछौँ हामी - अस्तु।
Read More...

Saturday, November 7, 2009

0 मुलुक स्वभाविक परिणति तर्फ उन्मूख

-दीपक गजुरेल-
मुलुकको राजनीति अझ बढी अन्यौलग्रस्त बन्न पुगेको छ । नागरिक सर्बोच्चता
स्थापनाको मूल नारा लिएर विपक्षी माओवादी सडक आन्दोलनमा गएको छ । पाँच
महिनादेखि सदन अवरुद्ध गरेर सरकारलाई चुनौति दिइराखेको शक्तिशाली प्रतिपक्षीले
झन्‍ ठूलो दवाव सिर्जना गर्न थालेको छ, संसदवादी दलहरुका विरुद्ध ।
सरकार विरुद्ध माओवादीले थालेको दोश्रो चरणको आन्दोलनका घोषित कार्यक्रमहरुले
मुठभेड निम्त्याउने संकेत देखिन्छ । केन्द्रीय सचिवालय सिंहदरबार घेराउ देखि
राजधानी काठमाडौँ नाकाबन्दी सम्मका कार्यक्रमहरु यो चरणको आन्दोलनमा माओवादीले
राखेको छ । सरकारले 'शान्ति सुरक्षा कायम राख्न' हरेक उपाय अवलम्बन गर्ने
जनाएको छ । एक अर्का प्रति निषेधको नीति लिइराखेका संसदवादी दलहरु र माओवादी
भिडन्तको मुद्रामा आमने सामने खडा भएका छन्‍ । मुलुक फेरि हिँसामा जाकिने हो कि
भन्ने त्रास आम नागरिकमा बढेको छ ।
*स्वभाविक** **परिणति** : *
२०६४ सालको अन्त्यमा सम्पन्न संविधान सभाको चुनावमा माओवादी शक्तिशाली भएर आयो
। संविधान सभामा झण्डै बहुमतमा रहेको माओवादीले अहिले देखाएको प्रवृत्ति
अनपेक्षित थिएन । १२ बुँदे दिल्ली सहमति, वृहत्त शान्ति सम्झौता लगायतका
सहमतिहरुमा हस्ताक्षर गरेको छ, माओवादीले र त्यसै आधारमा आफू शान्ति
प्रक्रियामा आएको जनाएको छ । माओवादीको यो व्यवहारलाई संसदवादी दलहरुले '
आङ्ककारीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको' भनी अथ्र्याउने गरेका थिए

तर माओवादीले 'शान्ति प्रक्रिया' लाई फरक ढंगले व्याख्या गरिराखेको छ,
आरम्भदेखि नै । 'हामी संसदीय शासन प्रणाली स्वीकार गरेर आएका होइनौँ' भनेर
माओवादीले शुरु देखि नै प्रष्ट पारेका हुन्‍ । संसदवादी राजनीतिक दलहरुले
चाहेको जस्तो राजनीतिक प्रणाली हामीलाई स्वीकार्य छैन, हामी 'नयाँ लोकतान्त्रिक
गणतन्त्र नेपाल' निर्माण गर्न चाहन्छौँ भनेर माओवादीहरुले स्पष्ट रुपमा
पहिलेदेखि नै भन्दै आएका हुन्‍ । र यही आधारमा उनीहरुले गएको तीन वर्षदेखि
राजनीति गर्दै आएका हुन्‍ ।
'शान्ति प्रक्रिया' सम्पूर्ण सत्ता कब्जाका लागि अपनाइएको एउटा रणनीति मात्र हो
भनेर प्रष्टसंग बताउँदै आएको हो माओवादीले । दोश्रो चरणको 'संघर्ष' थाल्ने
बेलामा उसले यो कुरालाई अझ सरल भाषामा बताएको छ । यही कात्तकि १५ गते बीबीसी
नेपाली सेवाको एउटा कार्यक्रममा माओवादी अध्यक्षले 'हामी संसदीय प्रणाली मान्न
आएकै होइनौँ भन्ने सबैलाई स्पष्ट होस्‍, यसबारेमा कुनै भ्रम नरहोस्‍' भनेका थिए

माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले अबको नेपालको वाटो के हो भन्ने
कुरालाई अझ छर्लङ्ग हुनेगरी प्रष्ट पारेका छन्‍ । वल्र्ड पिपुल्स रेसिष्टेन्स्‍
मुभमेण्टलाई यही कात्तिक ९ गते दिएको अन्तर्वार्तामा भट्टराईले माओवादीको
रणनीति तथा लक्ष्य सम्पूर्ण सत्ता कब्जा हो भनेका छन्‍ । 'वृहत्त शान्ति
सम्झौतामा हस्ताक्षर, संविधान सभाको चुनावमा सहभागिता, सरकारमा सहभागिता जस्ता
कदम हामीले ट्‍याक्टिस्‍का रुपमा प्रयोग गरेका हौँ, सम्पूर्ण सत्ता कब्जाका
लागि,' भट्टराईले अन्तर्वार्तामा भनेका छन्‍ । 'ग्रामीण्ा क्षेत्रमा गरिएको
जनयुद्ध र शहरी विद्रोहलाई फ्यूजन गरी हामी नेपालको सत्ता कब्जा गर्ने अन्तिम
चरणमा छौँ र हाम्रो यो रणनीति आगामी केही महिनामा सफल हुनेछ,' भनेर बाँकी रहेको
भ्रम पनि प्रष्टसंग हटाइदिएका छन्‍ उनले । राजतन्त्र फाल्न मात्र संसदवादी
दलहरुसंग सहकार्य गरेको र अव यिनै दलहरुसंग आफ्नो अन्तिम तथा निर्णायक भिडन्त
हुने र जित आफ्नो हुने दावी पनि भट्टराईले उक्त बिस्तृत अन्तर्वार्तामा गरेका
छन्‍ ।

माओवादीका आधिकारिक दस्तावेज, उच्च नेताहरुले सार्वजनिक रुपमा दिने गरेका
अभिव्यक्ति र उसले देखाइराखेको व्यवहारवाट माओवादी आफ्नो लक्ष्य तथा रणनीतिमा
प्रष्ट छ र यो कुरा उसले सबैलाई सरल भाषामा भन्दै आएको छ, आरम्भदेखि नै । अब
स्थिति झण्डै निर्णायक अवस्थामा पुग्न लागेकोले 'शान्ति सम्झौता' को एक पक्ष,
संसदवादी दल तथा तिनको गठबन्धन सरकार, ले आम नागरिकलाई अलमल्याउने प्रयाश गरेको
मात्र हो, यसबेला माओवादीको आलोचना गरेर ।

१२ बुँदे सहमति, वृहत्त शान्ति सम्झौता, अन्तरिम संविधान जस्ता दस्तावेजमा
बहुअर्थ लाग्न सक्ने प्रावधानहरु राखेर मुलुकलाई यहाँसम्म ल्याइपुर्‍याइयो । तर
अव धेरै अलमल्याउने अवस्था छैन । संसारले सही ठहर्‍याएको, सर्वमान्य
प्रजातान्त्रिक मूल्य, मान्यता तथा प्रक्रिलाई लत्याएर जथाभावी गरिँदाको परिणाम
पनि हो अहिलेको मुठभेडको अवस्था ।

२०४७ सालको संविधान खारेज गर्दा, नेपाल राष्ट्रलाई धर्म निरपेक्ष घोषणा गर्दा,
राजतन्त्र फालेर गणतन्त्रमा जाने निर्णय गर्दा, संघीयता अपनाउने वाटो छनौट
गर्दा र राष्ट्रलाई दूरगामी असर पर्ने अन्य महन्वपूर्ण निर्णय तथा घोषणा गर्दा'
लोकतान्त्रिक' प्रक्रिया र मान्यता अपनाइएन । भीडले हो ... हो भनेको शैलीमा
महत्वपूर्ण निर्णयहरु गरियो । 'हामी शक्तिशाली छौँ, हामीले जे गरे पनि, जसरी
गरे पनि कसैले रोक्न सक्तैन' भन्ने दम्भका आधारमा काम गरे पछि अहिलेको स्थिति
सिर्जना हुनु स्वभाविक हो ।

आन्दोलन गर्ने धम्की दिएका भरमा संविधान सभाको चुनाव पटक पटक पन्छाउने, संविधान
सभाको चुनाव प्रणालीमा संशोधन गरी माओवादीले चाहे अनुरुपको व्यवस्था गर्ने,
आन्दोलन, दवाव र धम्कीको आधारमा संविधान संशोधन सम्म गर्ने विगत्‍को प्रवृत्तिको
परिणाम यो भन्दा फरक हुन सक्ने ठाउँ नै थिएन ।

*अवको** **बाटो** :*

निरंकूशता विरुद्ध आन्दोलनको नाममा भीडको शक्तिले सत्ता प्राप्त गर्ने विगत्‍को
रणनीति यसबेला सरकारमा रहेका संसदवादी दलहरुका लागि गह्रौँ साबित हुन खोज्दैछ ।
राजाको शासन विरुद्ध संसदवादी सात दल र माओवादी मिलेर उसबेला काठमाडौँ, र देशै
घेराउ गरेका थिए । यसबेला माओवादी त्यही बाटो अपनाउँदैछ । नागरिक सर्वोच्चता
चाहियो भन्ने मागका साथ माओवादी नाकाबन्दी र सिंहदरबार घेराउ गर्दैछ । 'शान्ति
सुरक्षा कायम राख्ने' नाममा सरकारले जुन सुकै उपाय अपनाउने भने पनि उसले धेरै
गर्न सक्ने स्थिति देखिन्न । जनताको नाममा भीडको बलमा सत्ता प्राप्त गर्न राजा
विरुद्ध प्रयोग गरिएको रणनीति नै माओवादीले अहिले समातेको छ ।

शहरी विद्रोह मार्फत सत्ता कब्जा गर्नेे माओवादीको लक्ष्यका अगाडि संविधान
निर्माणको कार्यसूचि त ओझेलमा पारिएको छ नै, हाल जारी शान्ति प्रक्रिया नै
समाप्त भै मुलुक फेरि बन्दूकको लडाइँमा जाने हो कि भन्ने स्पष्ट संकेतहरु देखिन
थालेका छन्‍ ।

सत्ता कब्जाको अभ्यास माओवादीले धनकुटा नगरपालिका र त्यस जिल्लाका गाउँहरुवाट
शुरु गरेको समाचार आएको छ । बलको प्रयोग आगामी दिनमा अझ बढाउँदै लाने सन्देश
माओवादीले यो कदम मार्फत दिएको छ । 'जनताको चाहना यस्तो छ, र त्यो चाहनाको
सम्मान गर्दै हामी जनताको नेतृत्व गर्छौँ' भन्ने माओवादी रणनीतिका अगाडि
सरकारले कुन वाटो अपनाउने हो ? 'नागरिक सर्वोच्चता' का लागि भैराखेको यो '
जनताको आन्दोलन' दबाउन राज्य शक्तिको प्रयोग उसबेला राजाको शासनले गरे जसरी
गर्ने हो ? वा राजा ज्ञानेन्द्रले शासन छाडे जसरी 'प्रजातन्त्रवादी,' संसदवादी
दलहरुले पनि सत्ता छाडेर यो राष्ट्र माओवादीलाई जिम्मा लगाउने हुन्‍ ?

'काठमाडौँ नाकाबन्दी, सिंहदरबार घेराउ, समानान्तर सरकारको घोषणा जस्ता माओवादी
गतिविधिले शान्ति सम्झौता स्वत: भंग हुने स्थिति आउँछ,' भनेर सरकारका
प्रवक्ताले भनेवाट अवका दिन सजिला छैनन्‍ भन्ने जनाउ दिन्छ ।

अलि अघि देखि संसदवादी दलका नेताहरुले 'देश संकटमा जान्छ' 'दूर्घटना हुन्छ'
भन्ने गरेका हुन्‍ । त्यो 'दूर्घटना' अवश्यम्भावी छ भनेर त १२ बुँदे सहमतिमा
हस्ताक्षर हुँदाकै बखत दूरगामी दृष्टि राख्ने तथा स्थितिको सही विश्लेषण गर्न
सक्नेहरुले भनेकै हुन्‍ ।

स्थिति र परिवेशको सही विश्लेषण गर्न सक्ने, दूरगामी दृष्टि राख्ने तथा
राष्ट्रको भलो चिताउनहरुको कुरा नसुन्ने अनि पराइको निर्देशनमा हिँड्‍ने
प्रवृत्तिले मुलुकलाई भड्‍खालामा जाक्नु स्वभाविक हो ।

२०६२ साल मंसिरमा भारतले गराइदिएको सम्झौताका पक्षहरु बीच अहिले देखापरेको
द्वन्द्व यसबेलाको आवश्यकताका हिसाबले अनावश्यक लाग्न सक्छ तर यो अस्वभाविक
चाहिँ होइन । 'मिलेर राजनीति गर्ने' विषयमा सहमतिका साथ जाने गुञ्जाइस नै थिएन
र छैन यिनीहरुबीच । किनभने संसदवादी दलहरु र माओवादीबीच आधारभूत सिद्धान्त,
रणनीति र शैलीमा नै विपरित ध्रुवीय भिन्नता छ । विचार र कर्मको स्वतन्त्रता
सहितको खुला तथा उदार प्रजातान्त्रिक प्रणालीलाई अङ्गिकार गर्ने पक्ष र आफू
बाहेक सबै 'जनताका शत्रु' हुन्‍ भनेर अरुको अस्तित्व नै स्वीकार नगर्ने नीतिका
अनुयायी एकै ठाउँमा बस्ने र राष्ट्रका लागि संगै काम गर्ने कुरा स्वेरकल्पना
मात्र हो ।

संसदवादी दलहरुले २०४७ सालको संबिधान अनुसार शासन चलाउँदाको बखत माओवादीले
त्यही व्यबस्थाका विरुद्ध बन्दूक उठाएको हो । आफ्नो सिद्धान्त र व्यवहारवाट डेग
नचलेको माओवादी र जनतालाई भ्रममा राख्ने तथा राष्ट्रलाई ढाँट्‍ने संसदवादीहरु
सैद्धान्तिक अनि मौखिक हिसाबले आमने सामने भीडन्तमा छन्‍ यसबेला । पछाडि फर्कन
नसक्ने बिन्दुमा पुगिसकेका छन्‍, यी दुबै पक्ष ।

२०६१ सालमा राजाले सम्पूर्ण सत्ता हातमा लिनु अघि संसदवादी पक्ष र माओवादी जुन
स्थितिमा थिए अहिले फेरि त्यही अबस्थामा पुगेका छन्‍, हतियार चल्न मात्र बाँकी
छ । र त्यसको सम्भावना बढ्‍दै गएको छ । कुन बहानामा, कुन बेला र कसरी बिष्फोट
हुने हो भन्ने त्रास बढ्‍दै गएको छ ।

*deepakgajurel@gmail.com*

* *

*गजुरेल** **त्रिभूवन** **विश्वविद्यालयमा** **राजनीति** **शास्त्रका** **
उपप्राध्यापक** **हुनुहुन्छ ।***

*Interview with Sanghu Weekly: *

*मुलुकलाई** **भिडन्तमा** **लान** **खोजिँदैछ***

*दीपक** **गजुरेल**, **उपप्राध्यापक**, **त्रिभूवन** **विश्वविद्यालय**, **
काठमाडौँ***

*(**पत्रकार** **योगेश** **ढकालसँग अन्तर्वार्ता** : **साँघु** **साप्ताहिकमा**
**प्रकाशित**, **सोमबार**, **कात्तकि** **१६** **गते**, **२०६६**)*

* *

*प्रश्न** : **नेपालको** **राजनीति** **कुन** **दिशातिर** **उन्मूख** **भइरहेको
** **छ** ? *

*दीपक** **गजुरेल** :* राजनीतिलाई 'डेडलक' को अवस्थामा लगेका छन्‍, देशका शासक
तथा शक्तिहरुले । र कुनै पार्टी वा शक्ति पछाडि फर्कनसक्ने अवस्थामा छैनन्‍ ।
एउटाले जे भन्यो र अगाडि बढ्‍यो, त्यहाँवाट पछाडि फर्कन नसक्ने अवस्थामा पुगेका
छन्‍ र अगाडि जाने ठाउँ पनि छैन । यो संकटले देशलाई शान्तितिर लैजाने संभावना
घट्‍दैगएको छ । किनभने १२ बुँदे समझदारी गरेर मिलेर जाने, नयाँ नेपाल, नयाँ
संविधान बनाउने जुन प्रतिवद्धता उसबेला गरेका थिए, त्यस अनुसार दुबै पक्ष
हिँडेनन्‍ ।

*प्रश्न** : **हामी** **२०६२** **को** **१२** **बुँदे** **समझदारी** **अगाडिकै*
* **अवस्थामा** **पुग्यौँ** **भन्ने** **हो** ?*

*दीपक** **गजुरेल** :* द्वन्द्व त त्यस्तै हो । अहिले अलि फरक होला । त्यतिबेला
तीनवटा शक्ति थिए । संसदवादी राजनीतिक दल एकातिर थिए, बन्दूक बोकेको माओवादी
अर्कातिर थियो । राजसंस्था अर्को शक्ति थियो । माओवादी र संसदवादी मिलेर राजा
फालियो । अहिले संसदवादी दल एकातिर र माओवादी अर्कातिर छन्‍ । यी दुइटा शक्ति
मिलेका भए प्रमुख शक्ति उनीहरु नै हुन्थे र देशको भाग्यनिर्माता हुने थिए ।
त्यसो नभइ आपसी भिडन्तमा आएपछि त्यसबेलाको त्रिपक्षीय भिडन्तभन्दा भयानक
हुनसक्छ, अबको स्थिति । संसद नचल्नु, वजेट पास नहुनु, संविधान निर्माण
प्रक्रिया अवरुद्ध हुनु गौँण कुरा हुन्‍, तपसिलका विषय हुन्‍ । महत्वपूर्ण
मुद्दा नै होइनन्‍ ।

*प्रश्न** : **महत्वपूर्ण** **मुद्दा** **कुन** **हो** **त** ?*

*दीपक** :* महत्वपूर्ण मुद्दा भनेको देशलाई कहाँ लैजाने ? खै निर्णय गरेको ?
निर्णय गर्नु पर्ने भनेको आन्दोलनका बाहकहरुले हो । आमनागरिकलाई त्यसले संसद
चन्न दिएन, उसले नागरिक सर्वोच्चता हनन्‍ गर्‍यो भनेर गौँण कुरामा अलमल्याएका
छन्‍ । यो स्थिति आउनुको कारण विगत्‍ तीन वर्षमा अपनाइएको प्रक्रिया नै हो ।
जुन प्रक्रियावाट हामी अगाडि जाँदैछौँ, त्यो प्रक्रिया ठीक छैन । त्यतिबेलै
मैले त भनेको हुँ १२ बुँदे समझदारी गरेर राजनीतिक दलहरुले गलत गरे भनेर ।

*प्रश्न** : **शान्ति** **प्रक्रियाको** **यो** **अवस्थामा** **त्यही** **१२**
**बुँदेले** **ल्यायो**, **त्यसको** **विरोध** **किन** ? *

*दीपक** : *१२ बुँदे समझदारी गर्ने प्रक्रिया गलत भयो । यसले चाहेको र सही
लक्ष्यमा देशलाई पुर्‍याउँदैन भनेर त्यसैबेला भनिएको हो । एउटाले हिँसालाई साधन
र साध्य दुबै मान्छ, अर्को दुबैलाई नकार्छ । बाघ र बाख्रा संगै जानै सक्तैनन् ।
विश्व इतिहासमा कहिँ यस्तो भएको छैन । कहिँ नभएको र हुनै नसक्ने वाटो हिँड्‍
नाको परिणाम अहिले देखिएको मात्र हो ।

*प्रश्न** : **अव** **संसदवादी** **दल** **र** **माओवादी** **एकले** **अर्कोलाई
** **सिध्याउने** **खेलमै** **जान्छन्**‍** **भन्ने** **तपार्इँको** **ठहर** **
हो** ? *

*दीपक** : *सरकारमा बसेका २२ संसदवादी दल र माओवादी आमनेसामने सिङ्गोरी
खेल्दैछन्‍ । भिडन्तमा जाने सुर गर्दैछन्‍ । परिणाम के त ? हिँसा भयो भने
रोक्छु भनेर सरकारले भन्यो । माओवादीले शान्तिपूर्ण आन्दोलन गर्‍यो भने ठीक छ,
होइन भने ठोक्छु भन्ने सन्देश सरकारले दिएको छ । माओवादीले जवाफ दिइसक्यो,
सरकारले दमन गर्‍यो भने प्रतिकार गर्छु भनेर । त्यसको अर्थ भिडन्त हो । परिणाम
के त ? संविधान समयमा बन्दैन । वजेट पास हुन्छ, हूँदैन, कर्मचारीले तलव पाउँछन्
‍ पाउँदैनन्‍, यो गौँण कुरा हो । बेलामा संविधान बनेर घोषणा भएन भने संवैधानिक
वैधताको प्रश्न उठ्‍छ । राजनीतिक वैधताको प्रश्न उठ्‍छ ।

*प्रश्न** : **केही** **व्यक्ति**, **नेताले** **त** **राष्ट्रपति** **शासन** *
*लगाउने** **अभिव्यक्ति** **दिइरहेका** **छन्**‍** **नि** ?*

*दीपक** : *केही राजनीतिक दलका नेता र बुद्धिजीवी राष्ट्रपति शासन, सैनिक शासन
लागू गर्ने कुरा गर्दैछन्‍ । हाम्रो अहिलेको संविधानमा राष्ट्रपति शासन भन्ने
कुरा छैन । संकटकाल हुन सक्छ । तर त्यो समाधान हो र ? होइन । एकछिनलाई मानौँ,
संकटकाल लगाउनु भयो, सेना परिचालन गर्नु हुन्छ ? पाउनु हुन्न । अहिलेको संविधान
यही रुपमा कायम रहुन्जेल सेनालाई बन्दूक बोकाएर व्यारेकवाट बाहिर निकाल्न पाउनु
हुन्न ।

*प्रश्न** : **राष्ट्रपति** **शासन** **ल्याउनु** **भनेकै** **अन्तरिम** **
संविधान** **सिद्धिनु** **होइन** **र** ?*

*दीपक** :* होइन, संकटकाल भन्न खोजेका होलान्‍ । संकटकालमा पनि सेना परिचालन
गर्न पाउनु हुन्न । किनभने शान्ति सम्झौताले सेनालाई व्यारेकवाट बन्दूक बोकेर
निस्कन दिँदैन । शान्ति सझौता संविधानको अभिन्न अंग हो । राष्ट्रपति शासनको
कुरा भनेको वर्तमान संविधान खारेज गरेर सेनालाई मुक्त गर्ने भन्ने हो । त्यो गर्ने
वित्तिकै भिडन्तमा जान्छ ।

*प्रश्न** : **संकटकाल** **वा** **राष्ट्रपति** **शासनको** **तत्काल** **
संभावना** **चाहिँ** **छ** **कि** **छैन** **त** ? *

*दीपक** :* त्यो वाटो अपनाउने कोशिश गरिएला कुनै पक्षवाट । तर त्यसले समाधान
निकाल्दैन । हिजोकै भिडन्तको अवस्थामा पुगिन्छ ।

*प्रश्न** : **संविधान** **पनि** **बन्ने** **संभावना** **रहँदैन**, **त्यस्तो*
* **अवस्थामा** ? *

*दीपक** :* बन्दै बन्दैन त भन्न सकिन्न । हामीकहाँ इतिहास छ । त्यतिखेरका सात
दलमध्येका एकजना प्रमुख नेता नारायणमान बिजुक्छेले अन्तरिम संविधान जारी भएको
भोलिपल्ट रेडियोवाट बोल्नुभएको थियो, यो संविधान हिन्दीमा लेखेर ल्याएको थियो,
अनुवाद गरेर करेक्सन गर्दा हस्ताक्ष गर्न राती भएको थियो, भन्नुभएको थियो ।
त्यो वाक्य उहाँले फिर्ता लिनुभएको छैन । १२ बुँदे पनि हिन्दीमा थियो भन्नुभएको
छ उहाँले । त्यसकारण जेठ १३ गते राती पनि नयाँ संविधानमा हस्ताक्षर हुनसक्छ ।

*प्रश्न** : **रातारात** **विदेशीले** **ड्राफ्ट** **गरेको** **संविधानमा** **
हस्ताक्षर** **गर्**‍**यौँ** **भने** **के** **हुन्छ** ? *

*दीपक** :* अन्तरिम संविधान जारी भएकै दिन आगो सल्काइयो । सरकारकै तथ्याङ्कमा
एक सय भन्दा बढी सशस्त्र समूह जन्मिसके । तिनीहरुलाई के गर्नु हुन्छ ?
संविधानप्रति स्वामित्व कसरी महसूस गराउनुहुन्छ ? संविधानसभापछि जन्मेका
शाक्तिहरु छन्‍ । जस्तो थरुहट छ, लिम्बुवान, खम्बुवान छन्‍ । तिनलाई चित्त
बुझाउन सक्नुहुन्छ ?

*प्रश्न** : **भारतले** **बनाइदिएको** **संविधानलाई** **स्वामित्व** **ग्रहण**
**गर्ने** **अवस्था** **आउनु**, **नआउनु** **वा** **संविधान** **बन्नु** **र**
**नबन्नुको** **के** **अर्थ** **भयो** **र** ?*

*दीपक** :* एकदमै ठीक । त्यही अवस्थामा त्यो संविधानप्रति ठूलो शक्तिले
स्वामित्व ग्रहण गर्दैन । भारतले निर्देशन दिएर त्यसको पालना गर्ने शाक्तिहरुले
स्वीकार गर्लान्‍, बाँकीले गर्दैनन्‍ । २०४७ सालको संविधानविरुद्ध गएको एउटा शक्ति
थियो । अहिले अर्को नाममा अर्को शक्ति आउला । शैली फरक होला, नेता फरक होलान्‍,
काम गर्ने तरिका फरक होला, तर आउँछ । त्यतिबेला, ख्याल गर्नुस्‍, १२ बुँदेको
विरोध गरेको थियो, अमेरिकाले । मोरिआर्टीलार्इ व्यक्तिका रुपमा चित्रण गरियो ।
तर उनी व्यक्ति थिएनन्‍ त्यसबेला अमेरिकी सरकार बोल्दैथियो । उसका सूचना बोल्दै
थिए । अहिलेसम्म अमेरिकाले त्यतिबेला मैले गल्ती गरेँ, नेपाली मिलेर गए ठीकै छ
भनेको छ र ? छैन । हाम्रो जस्तो एक एकछिनमा नीति र कुरा फेर्दैनन्‍ उनीहरु ।
विरोधको रणनीति कायम राखेको छ । १२ बुँदे समझदारीको मार्गचित्र अनुसार नेपालमा
स्थायित्व नआओस्‍ भन्ने चाहन्छ । यसको कारण, यदि १२ बुँदे अनुसार भयो भने
नेपालमा भारतको हालीमुहाली अझ बढ्‍छ । यहाँ भारतको हालीमुहाली बढ्‍यो भने
भारतविरुद्ध काम गर्न गाह्रो हुन्छ । अमेरिकाले चीन विरुद्ध पनि काम गरिरहेको छ
। भारत विरुद्ध पनि काम गर्छ । नेपालमा प्रजातन्त्र भारत, अमेरिका, चीन कसैलाई
चाहिएको होइन । १९७० को दशकको शुरुमा खम्पा विद्रोहमा अमेरिकाले जसरी काम गरेको
थियो, त्यतिबेला नेपालमा कस्तो शासन प्रणाली थियो ? उसलाई त्यतिबेला काम गर्न
सजिलो थियो । स्यूचाटारमा एयरपोर्ट नै सञ्चालन गरेको थियो ।

*प्रश्न** : **नेपालका** **राजनीतिक** **दल** **भारत**, **अमेरिकाद्वारा** **
उपयोग** **मात्र** **भइरहेका** **छन्**‍** **त** ?*

*दीपक** :* त्यतिखेर भारतले दिल्लीको नोयडामा ठूलो सुबिधा सम्पन्न घर उपलब्ध
गराएको थियो, प्रचण्डका लागि भनेर त प्रष्टसंग आइसक्यो । त्यसको अर्थ,
माओवादीलाई भारतले शुरुदेखि नै सहयोग गरेको थियो । तर अहिले माओवादी र
भारतको द्वन्द्व
देखिएको छ । भारतीय मिडियामा धूमधान विरोध छ । भारतले भनेको कागजमा सही
गर्नेहरु किन विरोधमा गए यसबेला ? नेपालका राजनीतिक शक्तिहरु खोँचे थापेर
भिडन्तमा जान खोजिरहेको कारण, एउटालाई अर्काले प्रयोग गरिरहेको छ ।

*प्रश्न** : **कुन** **दल** **कोवाट** **प्रयोग** **भएका** **छन्**‍** ? **
जनतालाई** **त** **भन्नु** **पर्**‍**यो** **नि** **।** ***

*दीपक** :* ठोकुवा गरेर सार्वजनिक रुपमा भन्न सकिन्न । भारतले माओवादीलाई
शुरुदेखि नै सहयोग गरेको थियो । आज भारत र माओवादीको विरोध देखिएको छ । भारतका
विरुद्ध माओवादी खडा भैसकेपछि पनि माओवादीको स्वर अझ कडा र आक्रामक छ,
नेपालभित्रको राजनीतिमा होस्‍ कि भारतविरुद्ध होस्‍ वा अन्तर्राष्ट्रिय शक्तिको
विश्लेषणमा । त्यो गर्ने शक्ति कहाँवाट आयो, माओवादीमा ? भारतविरुद्ध जसले काम
गर्छ नेपालमा बसेर, माओवादी उसैवाट सञ्चालित छ ।

*प्रश्न** : **माओवादीलाई** **चीनले** **प्रयोग** **गरेको** **भन्ठान्नुभाको**?
*

*दीपक** :* चीन मात्र छैन । यूरोपका केही शक्ति हुन सक्छन्‍ । अमेरिकी शक्ति
हुन सक्छ ।

*प्रश्न** : **माओवादीको** **आन्दोलन** **र** **सरकारी** **अभिव्यक्तिप्रति** *
*तपार्इँको** **टिप्पणी के** **छ** ?*

*दीपक** :* यी दुबै पक्षले प्रजातन्त्रको कुरा गर्न सुहाउँदैन । माओवादीले
नागरिक सर्वाच्चताको कुरा कसरी गर्छ ? संविधान र कानून विपरित प्रधान
सेनापतिलाई कारवाही गर्‍यो । शान्ति प्रक्रियामा आए पनि उसले हिँसा त्यागेको
छैन । माओवादीको चुनावी घोषणापत्रमा थुप्रै विरोधाभाषपूर्ण बुँदा छन्‍ ।
सरकारमा पनि अहिले गजब छ । प्रधानमंत्री, उपप्रधान तथा परराष्ट्रमंत्री चुनाव
हारेका, गृहमंत्री, अर्थमंत्री चुनाव नै नलडेका छन्‍ । देशको प्रमुख मंत्रालय
यिनै होइनन्‍ ? यी सबैमा अनिर्वाचित मानिस छन्‍ । यो भन्दा प्रजातन्त्रको उपहास
के हुन्छ ?

*प्रश्न** : **आन्दोलनमा** **माओवादीले** **सम्पूर्ण** **शक्ति लगाउँदैछ**, **
त्यसबेला** **क्याण्टोनमेण्टवाट** **सेना** **निकाल्यो** **भने** **के** **
हुन्छ**?*

*दीपक** :* यही आन्दोलनका क्रममा माओवादीका लडाकू औपचारिक रुपमा निस्कँदैनन्‍ ।
किनभने, त्यस्तो भयो भने शान्ति सम्झौता भङ्ग गरेका आरोप लाग्छ । उसले अर्को
पक्ष भन्दा पहिले बन्दूक चलाउँदैन । सरकारको त्यही अवस्था छ । माओवादी त ठीकसंग
आएको थियो नि भन्ने आरोप लाग्छ । त्यसैले दुबै पक्ष 'तँ शुरु गर्‍ न' भनेर
निहुँ खोजिरहेका छन्‍ । तेस्रो कुनै शक्तिले शुरु गरिदेओस्‍ भन्ने चाहनामा दुबै
पक्ष देखिन्छन्‍ ।

*प्रश्न** : **को** **आउला** **त** **तेस्रो** **पक्ष **? *

*दीपक** :* विदेशी सेनाको संभावना चाहिँ म देख्तिन । अहिलेको शक्ति समीकरणको
हिसाबले दक्षिण एशियाको वर्तमान अवस्थामा कुनै पनि विदेशीले बर्दी लगाएको सेना
नेपालमा पठाउने संभावना छैन ।

*प्रश्न** : **अनमिनको** **छातामुनिवाट** **विदेशी** **सेना** **छिर्छ** **
भन्ने** **हो** ? *

*दीपक** :* अनमिन विवादमा पर्नु मलाई अचम्म लाग्दैन । संसारमा जति मिसन छन्‍,
ती सबैमा केही न केही विवाद छ । अधिकांश स्थानमा शान्ति कायम गर्न राष्ट्र संघ
असफल भएको छ । हामीकहाँ पनि सफल हुने संभावना कम छ । अनमिन विद्रोही माओवादीको
प्रवक्ता भयो भन्ने मलाई चाहिँ लाग्दैन । ऊ आफ्नो म्यानण्डेट भित्र छ । अनमिन
आउनु भनेको अमेरिका आउनु हो पनि भन्छन्‍, कोही । तर मलाई त्यस्तो लाग्दैन ।
एउटा कुरा चाहिँ के सत्य हो भने संयुक्त राष्ट्र संघमा बसेर काम गर्नेहरुले
पश्चिमा दृष्टिकोणलाई सही मान्छन्‍ । पश्चिमा उदारवादी प्रजातान्त्रिक
व्यवस्थालाई सही ठान्छन्‍ र त्यसै आधारमा काम गर्छन्‍ ।

Read More...

Tuesday, November 3, 2009

0 भो लेख्नुपर्दैन यस्तो तकदीर

- अ के ला
आइसब्रेकबाट तेल ननिस्केपछि सत्तापक्ष र प्रतिपक्ष दलहरू यतिखेर आक्रामक
रूपमा एक अर्काका आमने(सामने भएका छन्। दलहरुको यो शैलिले जहाँ गुलियो,
त्यहीँ बाहुन भुलियो भन्ने बुढापाकाको कथनलाइ हावादारी सावित गरेको मात्र
नभै प्रजातान्त्रिक र सहमतिका ढोकाहरु खुल्लै छाडेर आइसब्रेक नै ब्रेक
गरी एक अर्कालाइ पेलेरै निकासको ध्यू निकाल्ने कसरतमा लागे जस्तो देखिएको
छ। सोझो औँलाले ध्यू ननिस्कने भएपछि औँलो टेढो गरेर ध्यू निकाल्ने
जुनखालको सोँच दलहरुले बनाएका छन्, त्यसबाट कतैबाट किञ्चित मात्र पनि चुक
भयो भने भयानक राजनीतिक दर्ुघटना हुनसक्नेछ। यो आमनेसामनेको लडाइँमा
जोसुकैको हार(जित भए पनि लडाइँ त आखिर लडाइँ नै हो।
आन्दोलन, सौम्य र शान्तिपर्ूण्ा हुने दावी आन्दोलनकारीहरूको छ भने
आन्दोलन हिँस्रक भए त्यसलाइ दमन गरिने सोँच सरकारको छ। सत्तापक्षको हातमा
जहिलेसुकै बुट(लाठी(गोली हुने र प्रतिपक्षको हात रित्तो रहने हुँदा यो
आन्दोलन अपेक्षाकृत कम आक्रामक हुने अपेक्षा जनताले गरेको छ भने
आन्दोलनमा शिविरका लडाकुहरुको घुसपैठ हुनसक्ने बलियो सम्भावना भएकाले यो
आन्दोलन जनताले अपेक्षा गरेभन्दा बढी आक्रामक र हिँस्रक हुनसक्ने अनुमान
सत्ताधारीहरू दलहरूले लगाएका हुनसक्छन्। तर आन्दोलनलाइ सौम्य र
शान्तिपर्ूण्ा बनाउन काइकर्तालाइ प्रशिक्षित गरिएको दावी आन्दोलनरत दलका
अगुवाहरूबाट आएकोले सरकारको दावीमा खासै दम नभएको अनुमान जनताको छ।
इश्वरको कानमा नपरोस, त्यस्तै होस। आन्दोलनकारीहरू निहत्थै रहुन्।
सत्ताधारीहरूका मुखमा दुधभात, फाइरिङ्गको स्थिति नबनोस, कहीँ(कोही हताहत
नहोउन्। भए, बिथोलिएको शान्तिप्रक्रिया जोगाउन स्वयँ इश्वरले पनि सक्ने
छैनन्।
नागरिक सर्वोच्चता, मुलुकमा लोकतन्त्रको बहाली यता भएको सबैभन्दा ठूलो
उपलब्धि थियो, जसलाइ नेपाली सेनाद्वारा अपहृत गरिएको निश्कर्षआन्दोलनरत
माओवादीले निकालेको छ र त्यसको पर्ुनर्वहालिका निम्ति उनीहरू मैदानमा
उत्रिएका छन् भने जुन नागरिक सर्वोच्चताको माओवादीहरू गर्दैछन्, त्यो
सर्वोच्चता नेपाली सेनाद्वारा नभै माओवादीबाटै अपहृत भैरहेको र माओवादीको
आफ्नै नेतृत्वको सरकारलाइ नै माओवादीले अस्सली नागरिक सर्वोच्चता
ठानिरहेको निश्कर्षसत्ताधारी दलहरूले निकालेका छन्। यसलाइ
भनिन्छ(अलोकतान्त्रिक प्रवृत्ति।
कार्यकारिणी सरकारको आदेशलाइ राष्ट्रपतिले उल्टाइएको विषय सदनमा संकल्प
प्रस्ताव दर्ता गर्न दिइनुपर्ने, नदिइए(त्यसवारे सदनमा गम्भिर छलफल गर्न
दिइनुपर्ने, त्यो पनि नदिइए आफ्नो गल्तिका निम्ति राष्ट्रपतिले सदनमा
क्षमायाचना गर्नुपर्ने र त्यसो गरिए सदन सुचारू हुन दिइने अडानलाइ
आन्दोलनकारीहरूले आफ्नो हदैसम्मको लचकता बताइरहेका छन् भने गल्ति गर्ने
राष्ट्रपतिमाथि या त महाभियोग लगाउन, या त आफ्नै नेतृत्वको सरकार खोजिएको
हो भने सदनमा बहुमत सिद्ध गर्न भनिएको हाँकलाइ सत्ताधारी दलहरूले आफ्नो
लचकता बताइरहेका छन्।
दुवैथरीका फरक फरक लचकताहरूमध्ये सत्तापक्षले प्रतिपक्षबाट डँडाल्नु
बिनाको लचकता चाहेको देखिन्छ भने प्रतिपक्षमा रहेको माओवादी डँडाल्नु
बिनाको लचकता नभै डँडाल्नु सहितको लचकतामा जोड दिइरहेको जस्तो देखिन्छ।
दुवैथरीका यी लचकताहरू न केवल हास्यास्पद छन्, पिडादायक पनि उत्तिकै छन्।
किनकि, डँडाल्नु बिनाको सरीसृपको जस्तो लचकता अपनाउन र सरीसृपलेझैँ
घिस्रिएर हिँड्न अढाइसय वर्षेखि सिष्टममा थेग्रिएका कुरीति, कुसँस्कार
तथा विभिन्न विभेद विरूद्ध संर्घष्ारत व्रि्रोहीहरूका निम्ति पनि मुश्किल
मात्र हैन, महामुश्किल छ।
जहाँका मानिसहरु आफ्नो धर्तीमा शान्तिका अग्रदूत भगवान बुद्ध र विदेहराज
जनक अवतरित भएकोमा गर्व गर्दथे्, त्यहाँका मानिसहरु आज आपसमा पीडा
साटिरहेका छन्। जुन धर्तीको पवित्र(पावन भूमीमा कुनैदिन सीता र भृकुटी
जस्ता आदर्श नारीहरुको बास रहने गर्दथ्यो, त्यो भूमी आज बेश्याहरुको
सुक्रिबिक्री हुने अन्तराष्ट्रिय बजार बनेको छ। जहाँका मानिसहरु गणेश,
अन्नपर्ूण्ा, मनास्लु तथा विश्वकै सर्वोच्च शिखर सगरमाथा जस्ता
हिमश्रृङ्खलाहरु भएकोमा आफ्नो छात्ति चौडा पार्दथे, त्यहीँका मानिसहरु आज
जनताको तकदीर कोर्ने नेताहरुलाई धिक्कार्दै अरवका खाडीहरुमा आफ्नो तकदीर
खोजिरहेका छन्। जुन भूमीमा त्रियासी अर्व मेघावाट बिजुली उत्पादन गर्ने
गण्डकी, कोसी, कर्ण्ााली, मेची र महाकाली जस्ता नदीहरु दन्दनाएर बगिरहेका
छन्, त्यहीँका मानिसहरु आज अन्धकारमा बस्न बाध्य रहेको अत्यन्तै
विडम्वनापर्ूण्ा स्थिति छ।
जहाँका मानिसहरु कुनै दिन यतिबिध्न सिधासादा, धार्मिक र मिलनसार थिए कि
उनीहरु आपसमा प्रेम साट्ने गर्दथे, ती मानिसहरु आज जङ्गली कुकुरहरुझैँ
आपसमा टोकाटोक गरिरहेका छन्। जुन भूमीमा हिजोसम्म पर्ूवबाट उदाएर
पश्चिममा घाम उदाउने गर्दथ्यो, त्यो भूमीमा आज पश्चिमबाट उदाएर पर्ूवमा
घाम अस्ताउने गरिरहेको छ। जहाँका कण कणमा सदभाव, सहिष्णुता एवं बन्धुत्व
ब्याप्त थियो, त्यही भूमीमा आज यस्ता बिषालु काँढाहरु उमार्ने चेष्टा
भएको छ, जुन काँढा उखेलेर यहाँका मानिसहरु आपसमा काटाकाट र मारामार गर्न
उद्धत भैरहेका छन् भने यसलाई युद्ध नमानेर के मान्ने - नेताहरुको
नेतागिरी - अर्थात, राजनीति -
युद्धमा गल्तिको गुञ्जाइश हुँदैन। भए, युद्ध हारिन्छ। तर राजनीतिमा
त्यस्तो हुँदैन। किनकि, गल्ति हुने नै राजनीतिमा हो, जसको मूल्य गल्ति
गर्नेहरूले नचुकाई धर पाउँदैनन्। गल्तिर्(अर्थमा हुन्छ। गल्तिर्(धर्म,
सँस्कृति, कलामा हुन्छ। गल्ति, सबैले गर्दछन््। गल्ति, सबै दल, भातृसंगठन
र तिनका कार्यकर्ताहरूले गर्दछन्। तर त्यसको अर्थ बेइमानी लगाइनु हुँदैन,
छोपिनु हुँदैन। छोपिए, विष्फोट हुन्छ।
लोकतान्त्रिक पद्धति र मान्यताअनुरुप जनताको कदर गरिनुपर्ने थियो, गरिएन।
जनमतको सम्मान गरिनुपर्ने थियो, गरिएन। जनतासँग भयभित हुनुपर्ने थियो,
भैइएन। किन - जुन पद्धति र मान्यताका निम्ति जनव्रि्रोहको सुनामी
उर्लियो, जुन सुनामीले यहाँ मौजुद व्यक्तिवादी, हैकमवादी तथा अधिनायकवादी
प्रवृत्तिहरू चर्मराएर ढाले, तिनै प्रवृत्तिलाई व्युँताउन खोजिएको छ।
आखिर किन - आज जनता(जनता छैनन्, कुनै एक दलका पिछलग्गुका रुपमा सिमित
रहेका छन्। आज नेताहरू, नेता छैनन्, भूमीगत गिरोहका सरदारका रुपमा
स्थापित हुँदैछन् र राजनीति, राजनीति नरही आफ्नो अभिष्ट पूरा गर्ने
माध्यम बनेको छ। देशलाई दलालीको साधन ठान्ने, जनतालाई र्सार्वभौम कम, दास
ज्यादा ठान्ने र जनतालाई आफ्नो जुठ्यानको शिकार बनाउनेहरू आखिर के सिद्ध
गर्नखोज्दैछन् - के लेख्नखोज्दैछन् उनीहरू जनताका निधारमा - तकदीर -
तकदीर, पहिला नेताजीहरुले आफ्नै लेखून्। आफन्त र कुटुम्वका लेखियून्।
आसेपासे, हुक्के, चिलिमे र भर्ूइँफुट्टाहरूका लेखियून्। त्यसपछि बल्ल
तकदीर लेखिने पालो जनताको आओस। भान्छा, पहिला नेताजीहरुले गरुन्। आफन्त र
कुटुम्व्हरुले गरुन्। आसेपासे, हुक्के, चिलिमे र भर्ूइँफुट्टाहरूले
गरुन्। त्यसपछि बल्ल भान्छा गर्ने पालो जनताको आओस। तकदीर, पहिला
नेताजीका नलेखिई, आफन्त, कुटुम्वका नलेखिइ, आसेपासे, हुक्के, चिलिमे र
भर्ूइँफुट्टाहरूको नलेखिई जनताको पालो कहाँ - भुँडी पहिला नेताजी,
आफन्तजन, कुटुम्व र आसेपासे, हुक्के, चिलिमे र भर्ूइँफुट्टाहरूका नभरिई
जनताको पालो कहाँ पाठक -
अर्काको तकदीर लेखेर अर्काको भाग्यविधाता बन्ने चेष्टा नगरियून, गून
लाउने चेष्टा नगरियून। गरिए, दर्ुभाग्य हुनेछ उनीहरुकै निम्ति।
नेताजीहरुले जनताको तकदीर लेख्नु भनेको राँडी आईमाईले आशिर्वाद दिँदा मैँ
जस्तो भएस भने जस्तै हो। मुलुक, दिन प्रतिदिन जस्ता हिसावले राँडीको
राज्यका रुपमा रुपान्तरण हुँदैछ, मुलुकमा जुन हिसावले राजनीतिक भाँडहरु
हावि हुँदैछन्, त्यसको निम्ति यहाँ यदि कोही जिम्मेवार छन् भने ती हुन्
खूद नेताजीहरु, जो(जतिखेर पनि सिर्फकुकुर(बिरालाझैँ आपसमा ङयार ङयार
मात्रै गरिरहन्छन् र शान्त, शित्तल र लच्छिनले बास गरेको घरमा अलच्छिन
निम्त्याइरहन्छन्। दलहरूका यी ङयार ङयारले महामुश्किलले हातपरेको
लोकतन्त्र आज अलच्छिन सावित भैरहेको छ र संविधान सभाकै औचित्यतामाथि नै
प्रश्नचिन्ह उब्जेको छ। यही हो तकदीर जनताको - के यही लेख्नखोजिएको हो
जनताको तकदीर - यदि नेताजीहरुले जनताका निधारमा लेख्नखोजेका तकदीर यस्तै
हो भने चाहिन्न त्यस्तो तकदीर, जसले भाइ(भाइलाइ, परिवार(परिवार र
समाज(समाजलाइ नै अलग्याएर एक अर्का बिरुद्ध भड्काउँछ र खूनको प्यासा
बनाउँछ। भो लेख्नुपर्दैन यस्तो तकदीर। चाहिँदैन त्यस्तो तकदीर। आफ्नै
निधारमा लेख त्यस्तो तकदीर। आफन्त, कुटुम्वकै निधारमा लेख त्यस्तो तकदीर।
अनि लेखून् त्यस्तै तकदीर नेताजीहरुले आफ्नै आसेपासे, हुक्के, चिलिमे र
भर्ूइँफुट्टाहरूका निधारमा। चाहिन्न जनतालाई त्यस्तो तकदीर। भर्सर्ेे
परोस यस्तो तकदीर। भाँडमा जाओस यस्तो तकदीर। अस्तु।
Read More...

Monday, November 2, 2009

0 From the Artist, Jennifer Fuller: Art show Nov. 6th

My name is Jennifer Fuller and I am an American artist living in Nepal. I
contact you for help with publicity for my Art Show at the Indigo Gallery on
Nov. 6th.
I came to Nepal to volunteer in an orphanage some years ago and I fell in
love with Nepal and its people and decided to come again and stay. I now
live in a small village in Nuwakot called Gurje (near Shivapuri Park). I am
also married to a Nepali man who I worked with for an INGO doing work in the
village where I now live.
I paint and draw portraits of my Nepali friends, neighbors, and Nepali
family. I also paint the children from the orphanages I worked in, who I
still visit when I am in Kathmandu. I am living village style in Gurje and
use my home as an art studio, while also teaching English and doing art
projects sometimes with the children at the local school.
I feel that my art work is strong and that my life in Nepal is very
interesting and people would enjoy hearing about it. I would appreciate any
help you could give me regarding articles, advertisements, photographers,
and general publicity.
I am very excited about my show and have attached some photos of my artwork
so you can know what I am working on. I have also attached some photos of
my village life.
I would love to meet in person any time and with anyone who is interested in
more information.
Thank you so much for your time and consideration.
Sincerely,
Jennifer Fuller cell# *9841-682929*
jenfuller14@yahoo.com
(more of my artwork may be viewed at: www.flickr.com/photos/artbyjen)
Read More...