Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Tuesday, November 24, 2009

0 पशु बलिदानको विरोध किन ?

-सुदर्शनराज पाण्डे-
बारा जिल्ला बरियारपुर गाउं विकास समितिमा अवस्थित गढीमाई मन्दिरमा
पंचवर्षीय मेला लागेको छ। पशु बलिदानको दृष्टिले विश्वको र्सवश्रेष्ठ एवं
प्रसिद्ध गढीमाइ मेलामा हुने बलिदानको यसपालि विभिन्न धार्मिक संस्था र
धार्मिक व्यक्तिहरूले तीब्र विरोध गरीरहेका छन्। कसैलाई बलिदान गर्ने
अधिकार छ भने कसैलाई बलिदानको विरोध गर्ने अधिकार पनि छ। पशु बलि दान
गर्ने, नगर्ने सम्बन्धमा धार्मिक स्वतन्त्रता र आस्था कारण कुनै पनि
व्यक्तिको आत्मनिर्णयको अधिकार हो। हिंसा गर्नु अवश्य पनि राम्रो होइन तर
युगौयुगदेखि चल्दै आएको प्रथा र परम्परा कसैको विरोधका कारण बन्द हुन
सक्दैन।
एक महिनासम्म लाग्ने विश्व प्रसिद्ध गढीमाइ मेला गत कार्तिक २५ गतेबाट
सुरू भएको छ। कलैयाबाट ८ किमी उत्तरपर्ूवमा अवस्थित गढीमाइमा पांच वर्षछि
मंसिर ९ गते मंगलवार, सप्तमीका दिन १० हजार भन्दा बढी रांगा काट्ने
संभावना छ। मंसिर १० गते ५ लाख भन्दा बढी बोका, हांस, कुखुराको बलिदान
हुने र एक करोड नरनारीले मेला भर्ने अनुमान मेला समितिको छ। गढीमाइमा
विश्वकै दर्शनार्थी धेरथोरले पाइला टेकेका छन्। मेलामा नेपाल र भारतका
अपार दर्शनार्थी सम्मिलित हुने छन्।
पंचवर्षीय गढीमाइ मेलाको प्रमुख विशेषता भनेकै पशु बलिदान हो। पशु
बलिदान नगर्नेले गढीमाइमा परेवा चढाउने, पशु छाड्ने, नरिवल चढाउने
गर्दछन्। यसपालिको पंचवर्षीय मेला गढीमाइमा पशु बलि नगर्ने बौद्ध भिक्षु,
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कृष्णा प्रणामी केन्द्र,क्रिश्चियन
मेशिनरी लगायतले आग्रह गरेका छन्। पशु बलि गर्न नदिन दबाब र विरोध सुरू
भएको छ। बलिदान कुनै पनि हालतमा रोक्न नसक्ने जवाफ गढीमाइका पूजारी र
मेला आयोजक समितिले बताएका छन्। बलि प्रथाको हिमायतीहरू बलि प्रथाको
विरोध गर्ने कुरा सुन्नेवाला छैनन्। शान्ति र अहिंसाको लागि गढीमाइ
पूजामा पशुवली नचढाऔं भन्ने पोष्टर व्यापक रूपमा टांसिएको र पर्चा व्यापक
रूपमा वितरण गरिएको छ। पर्चा पढे पनि टांसिएको पोष्टर हेरे पनि पशुबलि
गर्नेहरूको मन परिवर्तन भएको पाइदैन।
प्राचीन एवं ऐतिहासिक स्थल गढीमाइ मन्दिरमा मंसिर महिनाको सप्तमी र
अष्टमी तिथिका दिन परापर्ूवकालदेखि चल्दै आएको पशु बलिदान असंख्य रूपमा
हुंदैछ। हिजोआज मानव समाज र राष्ट्रको कल्याण बलि प्रथाले भइरहेको थियो
आज धार्मिक स्वतन्त्रताको कारण बल्रि्रथा नरूचाउनेहरूले सशक्त विरोध
गर्ने अवसर पाएका छन्। जबसम्म बल्रि्रथा प्रति आस्थावानहरूको मन परिवर्तन
भइ अहिंसाको बाटो हिंड्न चाहदैनन् तबसम्म बल्रि्रथा रोकिदैन।
बलि प्रथालाई नेपाल सरकारले कानून बनाएर निषेध गरेको छैन। हिन्दू
धर्मले देवदेवताको मन्दिरमा बल्रि्रथा गर्नमा अस्वीकृत गरेको छैन। हिन्दू
धर्मावलम्बी नेपाली जनताहरूको बलि प्रथा प्रति ठूलो झुकाव र आस्था छ।
देवीदेवतालाई बलि चढाए मनोकामना पूरा हुने अटल विश्वास छ।
बलि भनेको देवीदेवतालाई अर्पिय भोग्य वस्तु नैवेद्य हो। देवीेवतालाई भोग
दिइने पशुपंक्षी र पेच महायज्ञ मध्ये एक भूत यज्ञलाई बलि भनिन्छ। बलिदान
भन्नाले देवदेवताको नाममा गरिने पशुपंक्षीको वध, पशुबलि दिने काम हो।
देवदेवतालाई चढाइने उद्दश्यले छोडिने वा काटिने कामलाई पशुभोग भनिन्छ।
बलि प्रथा भनेको कुलायन वा देवदेवतालाई बलि दिने चलन र देवदेवताका नाममा
पशु वध गरिने परम्परा हो। यो प्रथालाई आधुनिक युगमा अन्धविश्वास
मानेतापनि मनुष्यहरूको आस्था रहुन्जेल यो प्रथा हटाउन निकै मुस्किल
पर्दछ। गढीमाइ बलि प्रथाको विरोध केवल दुस्साहस मात्र हो। गढीमाइका
भक्तजन दर्शनार्थीहरूले इच्छापर्ूवक नगरिएको, अवाञ्छित काम नभएको र
दर्शनार्थीहरूका ऐच्छिक भएको बलि प्रथा युगौयुगदेखि चल्दै आएको र
गढीमाइको मन्दिर बरियारपुरमा प्रचलित भएभन्दा विपरित आचरण भएको अनैतिक
कार्यका रूपमा बल्रि्रथालाई लिनु हुंदैन। धार्मिक नीति अनुकूल
युगौयुगदेखि चल्दै आएको समाजको स्वीकृत मूल्य, मान्यता र प्रथालाई थोरै
मानिसको विरोधले अवश्य पनि रोक्न सकिदैन। विरोधका नाममा अशान्ति र
विखण्डा मच्चाउने काम कसैले कहिकतैबाट गर्नु हंुंदैन । अप्राकृतिक,
अवैज्ञानिक, अनैर्सर्गिक, अस्वभाविक विषय होइन बलि प्रथा। गढीमाइमा
पंचबलि होइन सप्तबलि गरिन्छ। पंचबलि भनेको कुनै किसिमको भाकल पूरा गर्नका
निम्ति देव देवतालाई दिइने पांच जातका पशुपंक्षीहरूको बलिदान हो। बौद्ध
धर्मले बौद्ध उपाशकहरूलाई पांच नियम पालना गर्न आग्रह गरेको छ।
पंचशीलतामा हिंसा नगर्नु, चोरी नगर्नु, झूटो नबोल्नु, रक्सी आदि नखानु,
ब्रम्हचर्यमा रहनु भनिएको छ। यो प्रचार गढीमाइमा आएर भिक्षु रामदेव
बम्जनले गर्न सक्दछन् ।


0 comments:

Feeds Comments