Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Wednesday, November 18, 2009

0 गर यस्तो कि मजा आओस

- अ के ला-
अतितबाट केही सिक्ने र त्यो सिकाईलाई वर्तमानमा लागू गर्ने परिपाटी
हामीकहाँ छैन। त्यसकारण, अतितमा पनि माओवादी, वर्तमानमा पनि माओवादी नै
रहेका मधेसी नेता क. मातृकाप्रसाद यादवबाट पहाडिया व्राहृमणवादी एलडीओलाई
ट्वाईलेटमा थुनेर दर्ुर्व्यवहार गरिँदा कसैले रिस्क लिन चाहेनन् र
राष्ट्रसेवकहरू असुरक्षित रहेको पुष्टि भयो। अहिले, मधेसीमूलकै एक
मधेसवादी नेतृबाट, पहाडियामूलकै एक व्राहृमणवादी सीडीओको गालामा थप्पड
हानियो र राष्ट्रसेवकहरूको कडा प्रतिवादका बाबजुद पनि कानून व्यवस्थालाई
पेटीकोटको तूना ठान्ने कारिणीलाई देशकै प्रधानमन्त्रीद्वारा नचलाउने ठाडो
आदेश दिईयो र देश, देशवासी र व्यवस्थालाई रामको भरोसामा छाडियो। यसबाट
सत्तामोहका सामु कसैको अरण्यरोदनले केही नहुने प्रमाणित भयो।
उनको त्यो आदेशले राष्ट्रसेवकका अन्तरात्मामा के असर पर्छ र यो मुलुकका
शासकहरूका कर्ूर्सर्ीी सामु सुरक्षाको जिम्मा लिएर बस्ने जिल्लाकै दादा
मानिने सीडीओ जस्ता हाकिम साबहरूकै हैँसियत हुँदैन भने अरू निमुखाहरूको
कुन गति होला भन्ने गम्भिर प्रश्न त पैदा भयो भयो। तर अचम्म के छ भने,
भविष्यका पिँढिलेे आफ्नो नाम कुन अनादारले लिनेवाला छ भन्नेतर्फपनि त्यो
माधवकुमार नेपालले ध्यान दिन जरूरी नठान्नु, जस्ले जीवनको अन्तिम सास
लिईरहेकी सुत्केरीलाई सर्ुर्खेतबाट उद्वार गरेर उदारता झल्काएका थिए।
यसकारण कि करिमा बेगमको त्यो थप्पड प्रधानमन्त्री माधवकुमार नेपालको
गालामाथिको थप्पड नभै एउटा असहाय सीडीओको गालामाथिको थप्पड थियो -
अर्थात, यसकारण कि उनको सिँहासन डगमगाउनेवाला थियो -
मुलुकको मौजुदा व्यवस्थालाई नै हाँक दिईएको यो लज्जास्पद प्रकरणले एउटा
काम भने अच्छा गर्‍यो। नयाँ, चिल्ला र सपाट् गाडीहरू अघि लाएर
मन्त्रीज्यूहरूको पछि पछि लाग्नुपर्ने अत्याशलाग्दो युगको अन्त्य गर्‍यो।
किनकि, सीडीओहरूलाई त्यस जिम्मेवारीबाट मुक्त गरियो। परन्तु, कानूनलाई
खल्तिमा लिएर हिँड्ने र कर्मचारी तथा आम मानिसलाई मन्दीरको घण्टा बनाएर
बजाउने जुन बिमारी मुलुकमा देखापर्‍यो, त्यसले के यो राष्ट्र र
लोकतन्त्रका हिमायतिहरूको लाचारी र विवशतालाई ओझेलमा पार्नसक्छ - हिमाल,
पहाड, तर्राई र पूरै सिँहदरवारमा गुञ्जिएको यो थप्पडलाई राजनीतिको
सिँहासनसँग जोडेर हर्ेर्ने प्रवृत्तिले भविष्यमा यहाँको व्यवस्थालाई
बलियै राख्ने ग्यारेण्टी गर्नसक्छ -
उसोत, यो थप्पड न केवल दर्ुगाप्रसाद भण्डारीको गालामाथिको थप्पड थियो,
बल्कि पूरै अहङ्कारवादी खसभाषी व्राहृमणहरूकै गालाको थप्पड थियोे। यो
थप्पड, न सिर्फसीडीयोमाथिको थप्पड हो, अपितु यहाँको गृहप्रशासन र पूरै
सिष्टमकै गालाको थप्पड थियो। यो थप्पडबाट सरकारी(गैरसरकारी सेवा,
राजनीतिक दलहरू तथा बिभिन्न सँघसँस्थाहरूमा युगौँदेखि कुण्डली मार्दै
आएका छैसठ्ठी प्रतिशत खस(व्राहृमणहरूमा निहित व्राहृमणवादी अहङ्कारमाथिको
चोटिलो प्रहार थियो। मधेसकै एक अतिवादी नेतृद्वारा सेवा गरिरहेका
राष्ट्रसेवकलाई सरकारले थप्पडको जुन मेवा दिलायो, त्यसले अहङ्कारले चूर
खस(व्राहृमणहरूका कान बिल्कूल त्यसरी नै बजेको हुनर्ुपर्छ, जसरी कि
साँझपख झ्याँउँकिरीका आवाज।
सत्तासंचालनका झिनामसिना कामकुरा र उद्घाटनहरूमा थोत्रा मुख चलाउनु
बाहेक माओवादीको सहभागिता बिना के के गर्नसकिन्छ र के के सकिँदैन भन्ने
कुराको अन्दाज सरकारमा हुनेहरूलाई छैन - अर्थात, यो सरकारले विवादको
चक्रव्यूहमा फँर्साईएका दर्ुइ सेनाको मिलन गराउने हैँसियत पनि राख्दैन,
कुरो नमिलेर कार्यतालिका परिवर्तन गर्ने मूड बनाईएको घडिमा यो सरकारले
बाँकी सात महिनाभित्रै नयाँ संविधान लेखेर जनतालाई दिने ताकत पनि राख्दैन
र गिरिजाकालको आठबुँदे, क. प्रचण्डकालको बाईसबुँदे र स्वयँ माधवकालमै
मधेसबादी दलहरूसँग गरिएको छबुँदे सम्झौता समेत कार्यान्वयन गर्ने साहश यो
सरकारले एक्लै गर्नसक्तैन। किनकि, हुट्टटि्याँउले पखेटा फिँजाउँदैमा घाम
छेकिने त होईन दुनियामा।
समस्या र चुनौतिहरू जतिसुकै होउन्, जस्तोसुकै होउन्, जोसुकै मरून् या
बाँचून्, जोसुकैले खाउन् या नखाउन्, जहाँ(जतिसुकै वितण्डा मच्चियून्,
खूनखरावा र शोरशरावा होउन्। अर्थात, जोसुकै(जतिसुकै चिच्याईरहुन्,
जोसुकैले(जेसुकै लेखिरहून्, भनिरहून्। एउटा कानले सुन्ने, अर्को कानले
उडाउने र पिना सुक्दै गर्ने जुन महारोग यहाँ सल्केको छ, जुन काल पल्केको
छ, डर त्यसको हो। न कि कुनै फरक नपरिरहेको कसैको दैनिकी, भ्रमण, सत्ता,
भत्ता, लत्ताको, न त कसैलाई नआईरहेको हाँच्छिउँको। आजको यो महारोग र आजका
महारोगीहरूका नाम र विशेषणलाई आउने भविष्यले जुन अनादार र अप्रियताका साथ
लिनेवाला छ, त्यसको र्सर्ुइँकोसम्म कसैलाई नहुनु नै आजको चिन्तन हो।
अचेल, लेखनीमा पनि ब्याज लाग्ने गरेको छ। लेखनी पनि यस्तो कि मानौँ त्यो
लेखनी(लेखनी नभै दलहरू सत्तामा छँदा आफुले घर्रखर्चके बापत लिएको पुरानो
ऋण हो र त्यसैको ब्याजस्वरूप लेख्ने गरिन्छन्। नत्र, कुनै दल, कुनै
व्यक्ति, कुनै सिद्धान्त या कुनै अमूक अमूक सरकारको चाकडी बजाएर कलम
चलाउन सरस्वतीका बरदपुत्रहरूलाई खाँचो छैन। नत्र किन हुन्छ स्रष्टाहरूमा
सधैँभरी आगरा र गागराको भिन्नता - किन छैन स्रष्टाहरूमा बिसङ्गति,
बिकृति, कुरीति तथा कुसँस्कारहरूप्रति एकरूपता - बेजान् कलम(कापीले त
भन्दैन कि यो दललाई होँच्याएर लेख, त्यो दललाई उचालेर। यो नेताको तारिफ
गर र त्यो नेताको बद्ख्वार्ँइ गर। सोँच्ने र लेख्ने त स्रष्टाले हो, जो
स्वयँमा सत्यम् शिवम्, सुन्दरम् हुन्छन् र कसैका ऋणी हुँदैनन्।
सम्भवतः मिडियामाथि धमाधम हस्तक्षेप र हमलाहरू हुनथालेपछि स्रष्टाहरू
दच्किएका हुनसक्दछन्। चाहेरै पनि उनीहरू मनको भँडास् निकाल्न नसकिरहेका
हुनसक्दछन् र छाप्नेहरूले छाप्न नसकिरहेका। परन्तु, त्यसको मतलव जे जे
पायो(त्यो त्यो लेख्नु र जे जे पायो(त्यो त्यो छाप्नु पनि निकालिनु
हुँदैन। किनकि, नेता, कार्यकर्ताको आन्द्रा केलाउने आजका पाठक
त्यत्तिसारो बेवकूफ पनि छैैनन् कि स्रष्टा र लेख(रचनाको आशय नै नबुझून् र
सजिलै पचाउन्। स्रष्टामा मन(बुद्धि हुन्छ त पाठकमा त्योभन्दा कैयन ज्यादा
खूवी हुन्छ। खुवी स्रष्टामा खुवी हुनुको मतलव राम्रोलाई नराम्रो,
नराम्रोलाई राम्रो र ठीकलाई बेठीक भन्न(लेख्न होईन, न कि ढुंग्रो लुकाएर
मोही माग्न। यो नियम, सबैमा लागू हुन्छ। राम्रोलाई राम्रो र नराम्रोलाई
नराम्रो लेख्ने(भन्ने हिम्मत नगर्ने स्रष्टा(पाठक दुवै एउटै तुलामा
जोखिन्छन्। अर्थात, सबका सब् औचित्यहीन र बेकार। न पढ्नेलाई स्वाद, न त
लेख्नेलाई नै। लेखियोस यस्तो कि पढ्नेलाई मजा आओस, पढियोस पनि यसरी कि
लेख्नेलाई पनि स्वाद आओस।
यो बाहेक, नेताजीहरूलाई जरूरी छ कि अहिलेलाई जे जे गर्न मन छ(गरून्।
जहाँ(जहाँ जान मन छ(जाउन्, ज(जस्लाई भेट्नु छ(भेटून् र झोला भरीभरी
कोसेली ल्याउन्। किनकि, को कति पानीमा छन् र कस्को कति तौल पुग्यो भन्ने
अस्सली मापन त गर्नै छ। राजनीतिको खिचडी कहिले कसरी पाक्छ, खिचडी कुन
अनुहारको हुन्छ, खानलायक हुन्छ पनि कि हुँदैन, त्यो नेताहरूको काम हो,
जनताको होईन। त्यो, उनीहरूको झगडा हो। त्यसमा अरूलाई नतानियोस। किनकि,
नागरिकका आफ्नै सुसेधन्धा छन्। त्यसोत, अर्थबजेट पारित नभएर जनताको
चुल्होचौको बन्द हुने अवस्थामा छ, र्सवप्रथम त्यसलाई फुकाऊ। तहाँ
उप्रान्त हे गणतान्त्रिक नेपालका छोँटे(बडे सरकारहरू हो, केही यस्तो गरेर
देखाऊ, ताकि तिमीहरूलाई मात्र नभै, हर्ेर्ने(भोग्ने जनतालाई पनि मजा आओस।
अस्तु।


0 comments:

Feeds Comments