Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Thursday, November 12, 2009

0 मृत्यु अन्तिम सत्य आखिर ज्ञान बहादुर दाइ पनि बित्नुभयो

-सुदर्शनराज पाण्डे-
हिन्दूहरूको महान पर्व छठको दिन थियो। म, मेरो जन्मस्थल धादिङ जिल्लाको
नौबिसे गाविसको कानाकोटमा थिए। २०६६ साल कार्तिक ७ गते शनिवार बेलुकीपख
पत्रकार भाइ दीपेन्द्र चौहानले वीरगंजबाट मोबाइल गरी ज्ञान बहादुर दाइको
भरतपुर मेडिकल कलेजमा निधन भएको खबर सुनाए। म स्तब्ध र मर्माहत बने। मेरा
पिताश्री र मेरा आदरणीय पत्रकार दाइ चक्रपाणी नेपालले के भो भनेर
सोध्नुभयो। मैले दुःखको खबर सुनाएं। धेरै बेरसम्म ज्ञान बहादुर बस्नेत
दाइको जीवनगाथाको चर्चा गरियो। आज उहांको भौतिक शरीर छैन तर पनि उहां
ज्यूंदै रहेको झझल्को आइरहेको छ। स्व. ज्ञानबहादुर दाइले मलाई अत्यन्तै
मांया गर्नुहुन्थ्यो। बेला बेलामा हेटौडाबाट मलाई फोन गर्नुहुन्थ्यो। दुइ
जनाबीच सन्चो, बिसन्चो, जीवनका राष्ट्रका दुःख सुखको कुरा हुने गर्दथ्यो
। तेह्रौं पुण्यतिथि भन्दा १ दिन अघि कार्तिक १८ गते हेटौडास्थित ज्ञान
बहादुर दाइको निजी निवासमा हामी ५ जना पत्रकार भद्रनाथ अधिकारी, किरणराज
पाण्डे, पुरूषोत्तम सिंह भट्टराइ, प्रेम र्सराफ र म शोक सन्तप्त परिवारमा
गहिरो समवेदना प्रकट गर्न र दिवगंत आत्मामा चीर शान्तिको कामना गर्न
पुग्यौं। हामीहरू देख्नासाथ माहिली भाउजू साह्रै रूनुभयो। हाम्रँ आंखाबाट
पनि आंशु झरे। मृत्यु अन्तिम सत्य हो, जन्म लिएपछि ढिलो, चांडो एक बार
मर्नै पर्छ। कालचक्र, काल महिमालाई जित्न सकिदैन भन्यौं, सम्झायौं।
क्रियापुत्र दर्ुइ छोरा गौरब र रन्जनलाई पनि धर्ैयधारणका लागि आग्रह
गर्‍यौं।
भोजपुर जिल्ला सिद्धेश्वर गाविस वडा नं. ५ दाबा मोहरियामा पिता स्व. मान
बहादुर बस्नेत र माता भीमकुमारी बस्नेतको कोखका ३ छोरा, ३ छोरीमध्ये
माहिलो छोराका रूपमा २००३ साल माघ महिनामा ज्ञान बहादुर बस्नेतको जन्म
भएको थियो।
स्व. ज्ञान बहादुर बस्नेतको तीनवटा धर्मपत्नी मध्ये दर्ुइ धर्म पत्नि
शोभा बस्नेत, लक्ष्मी बस्नेत र दर्ुइ छोरा गौरब बस्नेत र रन्जन बस्नेत
छन्। हाल उहांहरू हेटौडास्थित सीमा होटल पछाडि आप\mनै घरमा हुनुहुन्छ।
भोजपुरबाट बसाइं सराइ गरेर झापा जिल्लाको गौरादहमा बसोबास गरेका मान
बहादुर बस्नेतका माहिला छोरा ज्ञान बहादुर बस्नेतले वीरगंजलाई आप\mनो
कर्म थलो बनाइ वीरगंजका पत्रकार ज्ञान बहादुर भनेर नेपाल अधिराज्यभर
चर्चित हुनुभएको थियो ।
स्व. बस्नेतले २०३५ सालमा साहित्यिक मासिकका रूपमा मालिंगो नामको
पत्रिका दर्ता गराइ पत्रकारिता जीवनमा प्रवेश गर्नुभएको थियो। ऐतिहासिक
जनमत संग्रह पछि मालिंगो साप्ताहिक समाचार पत्रका रूपमा प्रकाशित गरी
झण्डै दर्ुइ दशकसम्म निरन्तरता दिइ पत्रकारिताबाट देश र जनताको सेवा
गर्दै वीरगंजको आदरणीय र स्थापित पत्रकार हुनु भएको थियो। पछि रोगले शरीर
कमजोर भएपछि मालिंगो साप्ताहिकले निरन्तरता पाउन सकेन। लामो समयसम्म
वीरगंजमा डेरामा बसेर परिवारको जीवन निर्वाह गर्दै आउनुभएका बस्नेत चार
वर्षअगाडि हेटौडामा घर खरिद गरेर बस्दै आउनुभएको हो।
ज्ञान बहादुर बस्नेतले ज्यादै खर्चालु र ऐय्यासी जीवन ब्यतित गर्नुभएको
थियो। नेपाल अधिराज्यका ज्ञान बहादुर बस्नेतलाई सम्झेर आउने
पत्रकारहरूलाई उहांले स्वागत र अतिथि सत्कार गर्न चुक्नु भएन। खरो मिजाज,
कमलो हृदयका ज्ञान बहादुर बस्नेतका केही कमी कमजोरी पनि थिए । पंचायती
शासक, प्रशासकहरूका बीच ज्ञान बहादुर निकै लोकप्रिय र प्रभावशाली पत्रकार
पनि हुनुहुन्थ्यो। २०४६ सालको ऐतिहासिक जन आन्दोलनपछि उहां कांग्रेस
पार्टर्ीीमर्थक हुनुभयो। वीरगंजेली पत्रकारहरूको अगुवा, अभिभावक ज्ञान
बहादुरसंग सर्म्पर्कमा आएका धेरैजना पत्रकार भएका छन्। ज्ञान बहादुर
दाइको जीवनमा धेरै चुनौती आएका थिए। संर्घष्ाशील जीवनका कारण सबै
चुनौतीको सामना भए।
पत्रकारिताको शुभारम्भ देखि नै उहां नेपाल पत्रकार महासंघको सदस्य
हुनुभयो। कतिपटक नेपाल पत्रकार महासंघको केन्द्रीय पार्ष पर्सा शाखाबाट
हुनुभयो। मालिंगो साप्ताहिक नेपालको कुना कुना सम्म पुगेको थियो ।
पर्साको पत्रकारिताको इतिहासमा उल्लेखनीय योगदान पुर्‍याउनुभएका नेपाल
पत्रकार महासंघ पर्सा शाखाको आजीवन सदस्य ज्ञान बहादुर बस्नेतको
स्वर्गारोहणमा नेपाल पत्रकार महासंघले श्रद्धाञ्जलि सभाको आयोजना, शोक
प्रस्ताव समेत जारी नगरेको देखेर अति नै दुःख लागेको छ। अग्रजहरूको
सम्मान र मृत्यु हुनेहरूको श्रद्धाञ्जलि अर्पण गर्न नसक्ने संस्कारले
पत्रकार संगठनको मर्यादालाई होच्याएको छ। नेपाली पत्रकारहरूको छाता
संगठनलाई औचित्यहीन बनाएको छ। संगठनका वर्तमान पदाधिकारीहरूमा मानवीय
संवेदनशीलता र उत्तरदायित्व हराएको पुष्टि हुन्छ।
अन्त्यमा कार्तिक ७ गते देहवासन हुनुभएका, ८ गते पवित्र देवस्थल
देवघाटधाममा दाह संस्कार गरिएको ज्ञान बहादुर बस्न्ेतको दिवगंत आत्मामा
अन्तिम श्रद्धाञ्जलि सहित शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त
गर्दै यस दुःखको घडीमा धर्ैयधारण गर्ने शक्ति शोक सन्तप्त परिवारहरूमा
प्रदान गरून् भनिर् इश्वरसंग कामना गर्दछु।


0 comments:

Feeds Comments