Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Thursday, November 19, 2009

0 स्वर्गीय शंकरलाल केडियाः व्यक्ति एक-व्यक्तित्व अनेक

-सुदर्शन राज पाण्डे-
शंकरलाल केडिया विक्रम सम्वत् १९९३ मंसीर २५ गते बिहिवार पर्सा जिल्लाको
वीरगंज, अलखियामठ नेपालमा बुवा नगरसेठ वृजलाल केडिया तथा आमा श्रीमती
बनारसी देवी केडियाको कोखबाट जेठो छोराका रूपमा जन्मनु भएको थियो।
शंकरलाल केडिया वि.सं. २०६१ पौष १७ गते शनिवार पौष कृष्ण पक्ष षष्ठी
-इ.सं. २००५ जनवरी १ तारिख) मा स्वर्गारोहण हुनुभयो।
उहांको भौतिक शरीर हाम्रो सामु यतिखेर प्रकट छैन तर व्यक्ति एक
व्यक्तित्व अनेक बनेर आप\mनो जीवनमा विविध क्षेत्रमा विशेष योगदान
गर्नुभएका कारण शंकरलाल केडियाको नाम नेपाली माटोमा मात्र नभएर छिमेकी
राष्ट्र भारतको माटोमा समेत अमर रहने छ। कसैले बिर्सन चाहेर विर्सन
नसक्ने, कसैले इतिहासमा अंकित उनको नाम मेटाउन चाहेर मेटाउन नसकिने
अवस्था छ। ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजबाट कलामा स्नातक गर्नुभएका
शंकरलाल केडिया नेपालको प्रतिष्ठित औद्योगिक एवं व्यापारिक
घरानियांमध्येको हुनुहुन्थ्यो। केडिया अर्गनाइजेशन अर्न्तर्गत नेपालमा
विभिन्न स्थानमा विभिन्न उद्योगहरू संचालनमा आइरहेका छन्। केडिया
अर्गनाइजेशनको विजिनेश नेर्टवर्क नेपालभित्र मात्र नभएर विश्वको विभिन्न
देशसंग गांसिएको छ।
शंकर बाबुले लोकप्रिय शंकरलाल केडिया एउटा बहुआयामिक व्यक्तित्व
हुनुहुन्थ्यो। सादा जीवन उच्च विचारका धनि शंकरलाल केडियाले राजनीति त
गर्नुभएन तर सवै राजनीतिक दलसंग सामाञ्जस्यता र समझदारी राख्नुभएको थियो।
पंचायतकालमा त शंकरबाबु उद्योग, व्यापार र वैदेशिक नीतिको नीति निर्माता
मध्येकै हुनुहुन्थ्यो। शंकरबाबु नेपालका सिंगो मारवाडी समुदायका अगुवा,
पथपर््रदर्शक र संगठनकर्ता पनि हुनुहुन्थ्यो।
शंकरलाल केडियाको पहलमा, पारिवारिक सहयोगमा वि.सं. २०१० सालमा वीरगंजमा
सुन्दरमल राजकुमार कन्या विद्यालय स्थापनाका साथ २०३७ साल चैत्र
रामनवमीमा आदरणीय स्वर्गीय योगी नरहरिनाथको सामिप्यमा रहेर वीरगंजको
पिपरामठमा विश्व हिन्दू महासंघको प्रथम सम्मेलन सफल गराउनुभएको थियो।
मारवाडी सेवा ट्रष्ट, केडिया आंखा अस्पताल, केडिया डेण्टल अस्पताल, डिएभी
स्कूल, मारवाडी सेवा समिति आदिको स्थापनामा खेल्नुभएको उल्लेखनीय भूमिका
अविस्मरणीय छ।
नेपाल राष्ट्र निर्माणमा शंकरलाल केडियाको चिन्तनशीलताले पनि केही विशेष
भूमिका खेलेको छ। नेपालमा र्सवप्रथम निजी क्षेत्रको तर्फबाट पहिलो
प्रायोजित रेडियो कार्यक्रमको खाका कोर्ने देखि नेपालमा र्सवप्रथम
कर्कटपाता उद्योग संचालन, स्टिल फर्निचर, चिनी उद्योग संचालन गर्नुभएको
थियो। राष्ट्र निर्माणमा योगदान दिएबाट विभिन्न मान, सम्मान, कदरपत्र,
सम्मानपत्र, प्रशंसापत्र, पदकबाट विभूषित हुनुभएको थियो। विश्वका विभिन्न
राष्ट्रको भ्रमण गर्नु भएका शंकरलाल केडियामा कल्पनाशीलता र तिक्ष्ण
बुद्धि थियो। ँके खान्छ आंटले, के खान्छ ढांटले' भन्ने भावना थियो। नेपाल
अधिराज्यमा भएका विश्वव्यापी सम्मेलन, गोष्ठी, ठूला विकास निर्माणका
अवधारणाका सम्बन्धमा भएका विचार गोष्ठी, उद्योग र व्यापार पर््रवर्द्धनका
लागि भएका गोष्ठी सम्मेलनमा शंकरलाल केडियाको उपस्थिति अनिवार्य थियो र
उहांको अनुपस्थितिमा गोष्ठी खल्लो हुने गर्दथ्यो । वीरगंजका लगभग सवै
सामाजिक संस्था तथा देशका विभिन्न संघसंस्थाहरूमा आबद्धता र संलग्नताले
शंकरलाल केडिया कति उपयोगी व्यक्ति हुनु हुंदो रहेछ भन्ने प्रष्ट हुन्छ।
राजनीतिक, कुटनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, औद्योगिक,
व्यापारिक, स्वास्थ्य र शिक्ष्ँा लगायत क्ष्ँेत्रमा अतुलनीय योगदान
पुर्‍याउनुभएका शंकरबाबुलाई सवै पक्षले सधैं उहांको जीवनमा सम्मान नै
गरेका थिए भने मृत्यु पर््रयन्त पनि उहांको स्मरण र सम्मानमा कुनै कमी
आएको छैन।
कार्तिक २५ गते काठमाडौंस्थित एभरेष्ट होटेलमा सुप्रसिद्ध उद्योगी,
समाजसेवी स्व. शंकरलाल केडियाको जीवनी र व्यक्तित्वमा आधारित स्व.
शंकरलाल केडिया ँसंर्घष्ादेखि सफलतासम्म' र ँव्यक्ति एकः व्यक्तित्व
अनेक' नामक दुइवटा ग्रन्थको संविधानसभाका सम्मानित अध्यक्ष सुभाषचन्द्र
नेम्वाङले भव्य समारोहका बीच लोकार्पण गर्नुभएको थियो। सो समारोहमा
राजनीतिक, उद्योग, व्यवसाय, समाजसेवा, शिक्ष्ँा, स्वास्थ्य, संचार लगायत
समाजका विविध क्षेत्रका करिब आठ सय जनाको सहभागिता रहेको थियो।
शंकरलाल केडिया फाउन्डेशनका अध्यक्ष तथा लोकार्पण समारोहका सभापति स्व.
केडियाका भाई ताराचन्द केडियाले प्रमुख अतिथि सभामुख सुभाषचन्द्र नेम्वाङ
एवं उपस्थित सबैमा स्वागत अभिनन्दन गर्नुभएको थियो।
ँसंर्घष्ादेखि सफलतासम्म' र ँव्यक्ति एकः व्यक्तित्व अनेक' स्व. शंकरलाल
केडियाको जीवनीमा आधारित पुस्तकको लेखक जनार्दन घिमिरे र सम्पादक आर.पी.
भट्टर्राई रहनुभएको छ।
शंकरलाल केडिया जीवनवृत्त प्रकाशन समितिका मनोजकुमार केडियाद्वारा
प्रकाशित स्व. शंकरलाल केडियाको व्यक्तित्वका १८ वटा पक्ष १८ वटै भागमा
प्रस्तुत गरिएको पुस्तक ऐतिहासिक दृष्टिले निकै महत्वपर्ूण्ा र संग्रहणीय
छ। प्रकाशित पुस्तकले शंकरलाल केडियाको नाम र उहांको विचारलाई जीवन्त
बनाएको छ।
स्व. शंकरलाल केडियासंग मेरो सम्बन्ध राम्रो थियो। जहां भेटे पनि मलाई
बोलाएर नयां कुरा सुनाउनुहुन्थ्यो। मैले राखेको जिज्ञासा सुन्नुहुन्थ्यो।
उद्योगपतिको नाताले पत्रपत्रिकालाई विज्ञापन दिएर सहयोग गर्नुहुन्थ्यो।
उहांको झझल्को अहिले पनि आइरहेको छ। नेपाली समाजमा स्व. केडियाजस्ता
असाधारण व्यक्तित्वको कमि नै देखिन्छ ।


0 comments:

Feeds Comments