Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Friday, November 13, 2009

0 संविधान नलेख्नेहरूले खाडीतिर जागीर खान जानु

- सरोजदिलु विश्वकर्मा----
संविधानसभाको चुनाव हुनेवखत धेरै ब्यवस्थापिका सांसदज्यूहरूको वीचमा
रूवावासी चलेको थियो। उनीहरू भन्दैथिए- 'हरे किन यति छिट्टै चुनाव गरेको
-' अहिले फेरि यी सभाषद्ज्यूहरू पनि 'ओफ्, यति छिट्टै किन आउँदैछ जेष्ठ
१४ गते..-' भनेर पुपुर्र्रोमा हात लगाउन थालिसकेका छन्। किनकी निर्धारित
तिथीको भोलीपल्ट यिनको खातापाता सवै वन्द हुनेछ। दुहुनो गाईजस्तो संसद
सचिवालय पनि थारो हुनेछ। वरतिर-परतिर अतिथि भईजाँदा चप्काउन पाईने
अन्न-धन्न र एन्जिओ-आईन्जीओका चिल्ली-साँप्राहरू वरू कुकुर-विरालाहरूलाई
खाईनसक्नु हुनेछ, यिनले सुँग्न पनि पाउने छैनन्। त्यसैले केही
माननीयज्यूहरू चैं झोलाकुम्ली कसेर आआफ्नै कुला-दुलामा र्फकन तम्तयार
भईसकेका छन्। तिनीहरू सभाषद पद सकिएपछि के गर्ने भनेर अहिलेदेखि नै
जोरजाम् गर्दैछन्। यिनै दिनहरू दोहोरिइ रहे भने ठोकुवाका साथ भन्न
सकिन्छ- संविधान बन्दैन र यी खाईपाई आएकाहरूले एकपल्ट फेरि देश र जनतालाई
धोका दिई ज्ञानेन्द्रलाई हसाउँने छन् अनि नयाँ राजनीतिक अध्यायको शुरू
हुनेछ। देशी-विदेशी कुतत्वहरू, जो नेपालमा अस्थिरता सधै निम्तिरहोस्,
त्यसको नाममा अनुदान भित्र्याएर कमाईरहौं, जमाईरहौं भन्ने मानसिकता
राख्दछन्, तिनको भने विशाल रात्रीभोज नै चल्नेछ। जनता, नागरिक समाज अथवा
राजनीतिक कार्यकर्ताको यत्राविघ्न प्रयाशहरू वामगतीको ढलसंगै मिसिएर
बग्नेछन् भने यी लामा टुप्पी र चन्दनेहरू त्यतिवेला किनारामा बसेर टाउको
समाउने छन्। त्यसवेला ६०१ महोदयहरूलाई नेपाली जनताले खोरभित्र सुँगुर
रोपेझै अनेक तरहले रोप्नेछन्, घोच्ने छन्। यिनको २।२ वर्षम्म भत्ता र
सत्तामा लुटुपुटिँदा चिल्लिएको थुतुनो र तन्किएको भुँडीले कहिले नसोचेको
दुःख पाउने छन्। कुतिको बाटो मरेकेा विरालो च्यापेर लथ्रिएको वटुवा झैं
आआफ्ना घर-डेरामा फर्किँदा यिनका अनुहारमा गल्लीगल्लीका भुस्याहाहरूले सू
गर्न समेत हिच्किचाउने छन्। यतिमात्र होईन, संविधान नबनेको खण्डमा
यिनीहरू न घरको रहनेछन् न त वनको। न दरवारको रहनेछन् न घरवारको।
त्यसवेला, पोईल गएकी स्वास्नी घरफर्किदा छिमेकीले थुकेजस्तो जनताले
यिनीमाथि खकार्न वेर लगाउँदैनन्। विचराहरूको भविश्य देख्दा दया लागेर
आउँछ। सभाषद् सकिएको २।४ महिनापछि खेती गर्ने कि, जागीर खोज्दै हिड्ने या
खाडीतिर लाग्ने - त्यही डरले सायद, यी ६०१ महामहिमहरूले, समयभित्र काम
सम्पन्न गर्न नचाहिरहेका पो होकी -
अर्कोतिर सेनापति थमौती प्रकरण पछिका दिनमा संविधानसभामा एकाएक गतिरोध
उत्पन्न हुँदै आएको छ। र, विषयगत कार्यसूचिमा पटकपटक परिवर्तन हुनु र
सत्ताको खेलमा सभाषदहरू लागीपर्नु अथवा माओवादीलाई एक्ल्याएर जान
खोज्नुको कारणले करीवकरीव अव संविधान समयमा नबन्ने स्थितीमा पुगीसकेको छ।
काम-कुरो एकातिर कुम्लोबोकी ठिमीतिर भनेझैं हाम्रा प्रधानमन्त्री
संविधानसभाको अध्यक्ष पदबाट एकाएक उछिटि्टएर २०५४ पछिको र्सर्ुयवहादुर र
देउवा सरकारको इतिहास दोहोर्याउन पुगीसकेका छन् भने यसैलाई महान कार्य
ठान्दै वहुसंख्यक मान्याहरूले हस्ताक्षर गरी आफूअनुकुलका फायदा
उर्ठाईरहेका छन्। यद्यपि, यी ठूला नेताहरूका म्यारीजका माल बनेका यी
सभाषदज्यू संविधान बनाउँछौं भनेर उधारो खाईरहन रति हिच्कीचाएका छैनन्।
यिनको अकर्मण्यतालाई हर्ेदा भोली यिनले ऋृण चुकाउन नसक्ने हैसियत स्पष्ट
देखिदै गईरहेको छ। तथापि, हिजो पनि उधारो, आजपनि उधारो धन्दा चलेकै छ।
जवकि बितेको १६ महिनामा मस्यौदामा त सहमती हुनसकेको छैन, संविधानको नाममा
एकमत हुनसकेका छैनन् भने वाँकी ८ महिनामा के के गर्ने, के के भ्याउने -
कि त जसोतसो मध्येराती संविधान ल्याउने र विहान मुलुकै जलाउने कि - जवकि,
कार्यकारी अधिकार, संघीय स्वरूप, प्रान्तीय शासन ब्यवस्था आदिमा ठूल्ठूला
वहस र सहमति हुनै निक्कै कठिन छ, जसमा संविधानको एकएक वुँदामा दर्ुइतिहाई
मत जुट्नु पर्दछ, जुन माओवादीविना सम्भव हुँदैन। तथापि, समय अझैं बाँकी
छ। सभाषद महोदयले जनआन्दोलनको मर्म र सहिदहरूको वलिदानीलाई छातीमा राखेर
सम्झने हो भने र आफूलाई गोठालाहरूको डरमा चल्ने भेडावाख्रा नठान्ने हो
भने समयमा संविधान बनाउने हो भने प्रथमतः माओवादीसमेतको राष्ट्रिय सरकार
गठन गर्न आईतवार पर्खन हुँदैन। आफ्ना दलका शिर्षथ नेताहरूले जेसुकै कुटील
गोटी चालुन, त्यसलाई वेवास्ता गरी जनताको अभिभारा पुरा गर्न तयार
हुनर्ुपर्दछ। अर्थात कतिपय अवस्थामा 'म दलको भन्दा जनताको संविधान बनाउन
आएको' भन्दै आफ्ना दलको गलत हृ्वीपक्रस गर्नसमेत हिम्मत गर्नुपर्दछ।
दोश्रो हो, सेना समायोजन। शान्ति प्रकृयालाई निष्कर्षा पुर्याउने हो भने
माओवादी लडाकु सवैको उनीहरूको इच्छाअनुसारको क्षेत्र र योग्यता अनुसारको
हैसियत दिई सेनामा विलय गराउनु पर्दछ। किनकी, उनीहरू गैरनागरिक नभएर
नेपालीकै छोराछोरी हुन्। त्यसैले को जंगलबाट आयो, को घरबाट आयो भन्ने
प्रश्न तर्ेसाउनु भनेको सुविधाभोगीहरूले अर्को नेपालीलाई वन्देज लगाउनु
हो। जवकि राजा, राणा र तिनका हुकुम-प्रमाङ्गी गरी आआफ्ना खल्तिबाट
हालिएका ब्यक्तिहरू आज जर्नेल कर्ण्र्ाा भएका छन् भने क्रान्तिका लागि
लडेका नेपालीका सन्तानले सेना हुन नपाउने भन्ने प्रश्नै हुँदैन। सकिन्छ
भने अरू व्रि्रोही संगठनका मिलिसियाहरूलाई पनि सेनामा भर्ना गरी विकास
निर्माणको काममा खर्टाईयो भने त्यसले राष्ट्रलाई फायदा नै गर्दछ। तर यो
जंगलबाट आएको यो भर्ना-छनौट प्रकृयाले आएको वा यो हुकुम-प्रमाङ्गी भएको
भनेर अलमल्याउनु भनेको सिंगो सेनालाई निश्चीत ब्यक्तिकेा खल्तीमा
पार्नखोन्नु हो, अर्थात नेपाली सेना भएर राष्ट्रको लागि योगदान दिन्छु
भन्नेहरूलाई वहिस्करणमा पार्नु हो। तेश्रो अर्थात मुख्य जिम्मेवारी भनेको
समयमा संविधान बनाउने हो। जसरी भएपनि जेष्ठ १४ गतेभित्र जनताले चाहेको
संविधान संविधानसभाले दिनर्ुपर्दछ। सोभन्दा पछाडि धकेल्नु भनेको
सभाषदज्यूहरू अक्षम सावित हुनुमात्र होईन् जनतालाई थप ब्ययभार लदाउनु हो,
नयाँ नेपालको गतिमा बाधा पुर्याउनु हो। त्यसो भयो भने प्रतिगमनका मतिहार
भन्दा ठूला मतिहार यी छ सौ एकज्यूहरू हुनेछन्।
संविधानभित्र जनताका विभिन्न विषयमा फरक मत होलान्, दलितका सवालमा पनि
विभिन्न दृष्टिकोण आएका छन्। कतिले चैं वाहिर 'म त दलितकै पक्षमा छु,'
भनेर आन्द्राभुँडी देखाएता पनि तिनका लुकेका दाँत भने साह्रै खराव छन्।
ती तीखा दाँतलाई वोधो पार्न जनताका महामहिमहरू चुक्नु हुदैंन। तिनकै
कारणले गर्दा पनि हाम्रा दलितका सभाषदज्यूहरूसमेत आआफैंमा विभाजित भएका
छन्।
त्यसकारणले, देशका लागि केही गर्छर्ुुजनताका लागि केही दिन्छु भन्ने
माननीयज्यूहरूले संविधान बनाउन नचाहने तर खाली मन्त्री र अरू सुविधा
मात्रै चाहर्दै हिड्ने तथा जनताका सभाषद्हरूलाई जजमान मात्र बनाउन खोज्ने
अर्का कथित सभाषदहरूलाई थुनेर, थेचारेर भएपनि संविधान लेख्नु पर्दछ।
अर्थात पुरानाहरू जो हिजोदेखि नै देश जनताका नाममा खाइपिई आई खाली भाषण र
आसनमा मात्रै गर्व गर्दछन्, त्यस्तालाई गलहत्याउन गोल्छे सार्कीले मुक्का
हानेजस्तो र अल जइदीले वुशलाई जुत्ता हानेजस्तो हान्नसमेत तयार
हुनर्ुपर्दछ। जनताका वास्तविक प्रतिनिधिले गरेको यस्तो हस्तक्षेप जनताले
अनुमोदन गरिदिन्छन्। डराउनु पर्दैन।


0 comments:

Feeds Comments