Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Monday, November 16, 2009

0 सवाल त फेरी पनि उठ्छ

-अ के ला-
अनेकौँ पटकको प्रयास बिफल भएपछि निकासका लागि सडकमा गएको माओवादीले
दोस्रो चरणको आन्दोलनलाई एक हप्ताका लागि बिराम दियो र अझै पनि सरकार
गम्भिर नभए आम हडतालबाटै सरकार ढाल्ने पाँचदिने अल्टिमेटम दिईयो ।
महानिर्वाचनको टस् जितेर सत्तासञ्चालनको ब्याटिङ्ग गर्नुपर्ने
खेलाडीहरुले त्यो नगरी सत्तासञ्चालनको ब्याटिङ्ग छाडी सडक आन्दोलनको
बलिङ्ग रोजेर न केवल माओवादीले सही समयमा, सही निर्ण्र्ाागर्नसकेनन्,
अपितु उन्नाईसदिने जनआन्दोलन तथा महानिर्वाचनको मर्म र भावना मुत्ताविक
खरो पर््रदर्शन पनि गर्नसकेनन् र राजनीतिले यस्तो मोड लिनपुग्योे।
अष्ट्रेलिया र्रर् इण्डिया टिम बीच क्रिकेट सिरीज सुरु हुनुअघिर् इण्डिया
टिमका कप्तान -महेन्द्र सिँह धोनी) ले सिरीजको मैदान आफ्नै होम ग्राउण्ड
भएकाले बाजी मार्ने दावी गरे पनि अनुभवहीन युवा अष्ट्रेलियन खेलाडीहरुबाट
सिकस्त खानुपर्‍यो। सत्रहजार रन् पूरा गरी इतिहास रचेका माष्टर ब्लाष्टर
सचिन तेन्दुलकरले आफ्नो व्यक्तिगत क्यारियर चम्काए पनि इण्डिया टिमलाई
उनले बिजयश्रीको पगरी गुथाउन सकेनन्। किनकि, उनीहरुको टिमवर्क
अष्ट्रेलियन टिमको तुलनामा कमजोर र फितलो थियो। ठूल्ठूलो नाम, शान र
ठूल्ठूला कितावी ठेलीहरुदेखि महङ्गा बिज्ञापनहरुमा छाएर करोडौँको बिजनेस
गरिरहेकार् इण्डियन क्रिकेटरहरुले आफ्ना प्रतिद्वन्द्धी खेलाडीहरुबाट जुन
मात् खाए, त्यसलाई उनीहरुले आफ्नो कमजोरी मान्नर्ुपर्दछ। किनकि, बाजी
मार्न ठूल्ठूलो नाम, ठूल्ठूला हाँक र शानैले मात्रले नपुगी सशक्त
पर््रदर्शनको पनि उत्तिकै खाँचो पर्दछ।
माओवादीको सत्तारोहणपछि खूनखरावाको माहौलबाट दिग्दार जनता र देशी(बिदेशी
शक्तिकेन्द्रहरुलाई झन्झन बढी सशंकित गर्राईनु माओवादीको पहिलो कमजोरी
थियो भने सैन्य सर्वोच्चताका सामु घुँडा टेकेर महानिर्वाचिनद्वारा
अनुमोदित दलद्वारा सत्ताबाट बाहिरिने निर्ण्र्ाागरिनु दोस्रो ठूलो
कमजोरी। ठूल्ठूलो नाम, शान र हाँक एवं शतकीय पर््रदर्शनका बाबजुद पनि
उनीहरु यसरी पछाडि पर्नुमा अरु दल र ताकतहरु मात्र नभै उनीहरुमै निहित
यस्तो ओभर कन्पिmडेन्स पनि थियो, जसलाई आज सच्याउने प्रयास गरिँदैछ र
केही हदसम्म सफलता पनि मिलिरहेको छ। तर यो सफलतालाई जित ठान्ने भूल गरियो
भने अहिलेसम्म एउटै विकेट पनि नगुमाएका माओवादीका न सिर्फसबै विकेट
गुम्नेछन्, बल्कि सब्का सब् महारथीहरु नै खेलमैदानबाट आउट हुनेछन्।
नेपाली राजनीतिमा हावि रहेका माओवादी खेलाडीहरुबाट प्रतिगामीहरु सच्चिने
र उनीहरुमाथिको पकडलाई खुकुलो पार्ने जुन काम भयो, त्यो वास्तवमा
माओवादीकै मात्र गल्ति थिएन, जसको मूल्य आज तमाम जनताले अस्थिर, अराजक र
अन्यौलताबाटै चुकाउनुपरेको छ। किनकि, डर आज प्रतिद्वन्द्धीहरुमा भन्दा
माओवादीमा बढी छ। एकातिर नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमलाई
सच्याएर सत्तामा जान सकिएला/नसकिएलाको डर र गैहाले टिक्न सकिएला/
नसकिएलाको डर। किनकि, घरेलु तथा वाहृय अवस्था उनीहरुको प्रतिकूल हुनुको
साथै प्रतिद्वन्द्धीको टिमवर्क पनि बलियो छ। त्यसको अलावा देशी(बिदेशी
शक्तिकेन्द्रहरुको आशिर्वाद बेग्लै छ।
योद्धाहरुले आफ्नो क्रोधलाई बचाईराख्नर्ुपर्छ। फाल्तु कुरामा क्रोध
खर्चिनु हुँदैन। किनकि, क्रोधबाटै योद्धामा ताकत पैदा हुन्छ र युद्धको
मैदानमा शत्रुमाथि जाईलाग्न काम लाग्दछ। जनयुद्ध, उन्नाईसदिने जनआन्दोलन
र महानिर्वाचन लगायत त्यसपछिका दिनहरुमा माओवादीले प्रतिगामी बिरुद्धको
आफ्नो क्रोधलाई जसरी खर्चे, त्यसबाट उनीहरुमा क्रोधको कमी देखिएको छ।
नागरिक सर्वोच्चताको पर्ुनर्वहाली र असंवैधानिक कदम बिरुद्ध जीवनमरणको
लर्डाईँ लडिरहेकाहरुले बिना कुनै रक्तपात, नाचगान र हर्षोल्लासका साथ जुन
हिसावले दोस्रो चरणको आन्दोलन पूरा गरे, त्यसबाट यो कमी देखिएको हो। त्यो
बाहेक, निरन्तर कसरत र टिमवर्कको पनि जुन अभाव माओवादीमा छ, त्यो अभावलाई
उनीहरुको नीति, कार्यक्रम र समयको स्पिरिट बिपरितका हर्कतहरुबाट पर्ूर्ति
हुनसकिरहेको छैन।
नागरिक सर्वोच्चताको पर्ुनर्वहाली र असंवैधानिक कदम खारेजीको टार्जेट
लिएको माओवादीले गेम जित्न निकै कसरत गर्नुपर्ने हुन्छ। यो उनीहरुको
टेष्ट म्याच हो र त्यसैमा उनीहरुको जीत छ। कलान्तरमा माओवादीले
जित्लान्/नजित्लान्, सिँहदरवारमा पस्लान्/नपस्लान्, माओवादी सुस्ताएनन्
भने त्यसको तय पनि यही आन्दोलनले नै गर्नेछ। परन्तु, आन्दोलन तामझाम र
नाचगानमै सिमित सिमित रहेको यस्तो र्टाईपको आन्दोलनले अपहृत नागरिक
सर्वोच्चताको पर्ुनर्वहाली र राष्ट्रपतिको असंवैधानिक कदम सच्चिनेमा आम
नेपालीलाई शंकै छ। किनकि, जुन कुराका लागि उनीहरु तामझाम एवं नाचगानको
आन्दोलन गर्दैछन् र जुन शक्तिसँग जीवनमरणको लर्डाईँ लडिदैछ भन्दैछन्,
तिनीहरु न सिर्फताकतवर छन्, बल्कि माहिर पनि उत्तिकै छन्।
त्यसोत, नागरिक सर्वोच्चताको मुद्धा ज्यादै नै मार्मिक र हृदयस्पर्शी
शब्द हो। किनभने, यो मुद्धा उर्ठाईएदेखि नै सरकार लगायत तमाम
प्रतिगामीहरुको शिर झुक्दै आएको छ। परन्तु, नागरिक सर्वोच्चता भनेको
कस्तो र्टाईपको सर्वोच्चता हो भन्नेवारे चाहीँ माओवादीबाट कहीँ कतै
उल्लेख भए गरिएको पाईँदैन। जुन सर्वोच्चताका निम्ति उनीहरु लड्दैछन्,
त्यो सर्वोच्चतालाई न केवल सैन्य सर्वोच्चतासँग दाँजेर हेरिएको छ, अपितु
माओवादीको पुनः सत्ताप्राप्तिको मोहसँग समेत जोडेर हेरिएको छ।
उसोभए, के हो त नागरिक सर्वोच्चता भनेको - आम नागरिकलाई के हुन्छ यसबाट -
जथाभावी जङ्गल फाँडेर सालका गोलियाहरुको तस्कर गर्नपाईने आजादी हो कि -
अर्थात, कर्मचारीलाई जस्ले पायो त्यस्ले ठटाउन पाउने स्वतन्त्रता हो कि -
अर्थात, खानसम्म घुस खाएर डकार्नै नपर्ने आजादी हो कि - अर्थात, जतिसुकै
हुलहुज्जत, शोरशरावा र खूनखरावा गरे पनि कसैले केही गर्न नसक्ने ताकत हो
कि - अर्थात, ग्राहकसँग मनपरी दाम असुल्ने छूट हो कि - देशीबिदेशी
शक्तिकेन्द्रहरुको चाकडीमा मुलुकको राजनीति गर्नु र सत्तामा टिकिरहने
बेमिशाल तिडगम हो कि - कानून, व्यवस्था तथा मुलुककै राजनीतिलाई औँलामा
नचाउनसकिने दैवीशक्ति हो कि - के हो नागरिक सर्वोच्चता भनेको - के हो
त्यसको अर्थ -
मानिसलाई भेँडाबाख्रासरी जता मनलाग्यो त्यतै डोर्‍याउन, मोलतोल र किनबेच
गर्नबाट रोक्छ यो सर्वोच्चताले - कर्मचारी, व्यापारी, उद्योगी, किसान,
मजदुरलाई दास ठान्ने प्रवृत्तिको अन्त गर्नसक्छ यो सर्वोच्चताले - यो
सर्वोच्चताले थेप्चा नाकहरुमाथि चुच्चा नाकवालाहरुको, कालो छालाहरुमाथि
गोरा छालाहरुको, हुँदाखाने गरिव निमुखाहरुमाथि मुठ्ठभिर हुनेखाने
सभ्रान्तहरुको, निमुखा कार्यकर्ताहरुमाथि हाईकमाण्डहरुको,
कारिन्दाहरुमाथि हाकिम साब्हरुको र शासितहरुमाथि स्वयँ शासकहरुकै
दादागिरीलाई रोक्नसक्छ - यो सर्वोच्चताको बहालीपश्चात के कुरा शान्त,
स्थिर र दिगो हुन्छन् - यी वितण्डाहरु रोकिन्छन्् - आशँका छ अझै पनि।
राजनीतिमा एउटा कहावत छ(भन्नर्ुपर्छ एउटा कुरा, अर्थ निस्कनर्ुपर्छ अर्कै
कुराको। असत्य कुरो अपत्यारिलो हुनेहुँदा सत्य त बोल्नैपर्ने हुन्छ,
परन्तु अर्धसत्य। अर्थात, कुरो गर्दा कहिल्यै पनि पूरा सत्य बोल्नु
हुँदैन, ताकि आवश्यक परेका बखत त्यसको दोहोरो अर्थ निकाल्न सकियोस र
जोरीखोज्न पाईयोस। जुन सर्वोच्चताका निम्ति अहिले देश ठप्प छ र मुलुककै
राजनीतिलाई दाउमा राखिएको छ, त्यो कतै अर्धसत्यमा आधारीत यस्तो सत्य त
होईन, जसमार्फ मुलुकमा जनगणतन्त्र स्थापित गर्नखोजिँदैछ र स्वयँमा
महत्वपर्ूण्ा रहेको यो अपर्ूण्ा सत्यभित्र कतै भिडतन्त्र स्थापित गर्ने
अर्धसत्य तथ्य त छैन - छैन भने नागरिक सर्वोच्चता जस्तो गम्भिर मुद्धालाई
केवल सैन्य सर्वोच्चतासँग मात्रै जोडेर किन ब्याख्या गरिँदैछ -
कदाचित, नागरिक सर्वोच्चताको पर्ुनर्वहाली भयो, राष्ट्रपतिको असंवैधानिक
कदम पनि सच्चियो र सहमतिबाटै माओवादी नेतृत्वकै अर्को राष्ट्रिय सरकार
समेत बन्यो भने त ठीकै छ, अर्ढाईसय वर्षेखिको भेदभावक सकिने छ र
माओवादीद्वारा इतिहास रचिने छ। परन्तु, त्यत्तिभाँति हुँदा पनि दर्ुइ
सेनाको मिलन गराउन सकिएन भने - अर्ढाई शताब्दिदेखि बिभेदको मुआब्जा
मागिरहेका मातृका यादव लगायतका मधेसवादी दलहरुकै चित्त बुझाउन सकिएन भने
- बिखण्डको आगो ओकलिरहेका तर्राईका सशस्त्र समूहहरुलाई राजनीतिको
मूलधारमा ल्याउन सकिएन भने - विगतमा जस्तै फेरी पनि महिनौँ महिनौँसम्म
मधेसका नाकाहरु ठप्प भए भने - पहाडियाहरुको हलुवा र्टाईट होला कि नहोला -
सात महिनामा नयाँ संविधान लेख्नसकिएन र मुलुकलाई नयाँ दिशा दिन सकिएन भने
मुलुक गृहयुद्धमा जाला कि नजाला - फेरी पनि मानिसहरु विभिन्न बिभेदहरु
बिरुद्ध, बिभिन्न प्रवृत्तिहरु बिरुद्ध र बिभिन्न दादागिरीहरु बिरुद्ध
हतियारै उठाउनुपर्‍यो भने - सवाल त फेरी पनि उठ्छ। अस्तु।


0 comments:

Feeds Comments